१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जिल्ला अस्पताल हुम्ला भुक्षयको जोखिममा

जिल्ला अस्पताल सिमकोटको दक्षिणी भागमा स्थानीयले जथाभावी ढुुंगा तथा बालुुवा निकाल्ने गरेको अति जोखिम क्षेत्र । तस्बिर : नागरिक

हुम्ला– जिल्ला अस्पताल हुम्ला भुक्षयको जोखिममा परेको छ। जिल्ला अस्पताल सिमिकोटको दक्षिणी भागमा पर्ने पाखोमा स्थानीयबासीले जथाभावी ढुुंगा तथा बालुुवा निकालेर बिक्री गर्दा अस्पताल क्षेत्रमा भुक्षय हुने जोखिम बढेको हो। 

अस्पतालको दक्षिणी क्षेत्रमा पर्ने करिब ४० रोपनी पाखो जमिनमा स्थानीय वासिन्दाले  आफुुखुुसी बालुुवा र ढुुगां निकाल्ने गरेका छन्। उक्त क्षेत्र भिरालो भएको कारण बाढीपहिरो गएर अस्पताल नै उच्च जोखिम पर्ने देखिएको जिल्ला अस्पतालका डाक्टर रन्जित कुुमार यादवले बताए। जमिनको धेरै ठाँउमा बालुुवा र ढुुंगा निकालेर भ्वाङ पारिएको छ। यसका कारण वर्षातको समयमा पानी धेरै परे पहिरो जाने संभावना बढेको छ। भिरालो भागको छेउमै जिल्ला अस्पतालको पोष्टमार्टम घर, शौचालय, स्टोरजस्ता संवेदनशील संरचना रहेको र यसको संरक्षणका लागि आफूुले अस्पतालको तर्फबाट पहल गर्ने डाक्टर यादवले बताए। 

अस्पतालसंग जोडिएको उक्त क्षेत्रको सार्बजनीक जग्गालाई केही वर्ष अगाडि जिल्ला वन कार्यालय हुम्लाले ४० वर्षका लागि कबुुलियती बनको रुपमा सामुहिक जडिबुटी खेतीका लागि  समुूहलाई दिएको भएपनि अहिले उक्त जग्गा प्रयोगबिहिन अवस्था छ। सो क्षेत्रमा सिमिकोटका स्थानीयले ढुुगां र बालुुवा निकालेर बिगत ३÷४ बर्षदेखि बिक्री गर्दै आएका छन्। तर, सार्वजनिक क्षेत्र यसरी मनपरी तरिकाले ढुङ्गा र बालुवा निकाल्दा जिल्ला अस्पताल समेत भुक्षयको जोखिममा पर्दासम्म पनि त्यो क्षेत्रमा न त स्थानीय प्रहरी प्रशासनको आँखा गएको छ, न त जिल्ला वन कार्यालय, गाउँपालिकाले पनि त्यसको संरक्षण तथा रोकथाम गर्नेतिर ध्यान दिएको छैन्। सबै पक्ष मौन बसेका छन्। 

प्रकाशित: ४ वैशाख २०७५ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App