१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

कञ्चनपुरमा १५ सय महिलाको स्वास्थ्य परीक्षण

कञ्चनपुर- खानेपानी मन्त्री बिना मगरको निर्वाचन क्षेत्र कञ्चनपुर १ मा सञ्चालित स्वास्थ्य शिविरमा १५ सय ६६ महिलाले स्वास्थ्य परीक्षण गराएका छन्।

स्तन तथा पाठेघरको मुखको क्यान्सर जाच शिविरमा स्वास्थ्य परीक्षण गराएका महिलामध्ये ६ जनामा पाठेघरको मुखको क्यान्सरको आशङ्का गरिएको शिविर संयोजक सरु दाहाल अधिकारीले जानकारी दिए। उनका अनुसार २ सय २३ जनामा पाठेघरको मुखको संक्रमण र ७७ जनाको स्तनमा गाठा देखिएका छन्। चैत १८ गते पुनर्वासबाट सुरु भएको शिविर बेलौरी, बेल्डाँँडी हुँदै २१ गते लालझाडीमा पुगेर सम्पन्न भएको छ।

मन्त्री बिना मगरको पहल र वीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुरको सहयोगमा क्रान्तिकारी महिला सञ्जाल कञ्चनपुरले दिवङ्गत प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको हो। शिविरमा हस्पिटलको क्यान्सर रोकथाम विभाग प्रमुख किशोर प्रधानाङ्ग नेतृत्वको ७ सदस्यीय टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। 

क्यान्सरका कारण दिवङ्गत हुनुभएकी दिदी ज्ञानु दाहालको स्मृतिमा स्वास्थ्य शिविर सञ्चालन गर्ने पति प्रकाश दाहालको सपना पूरा गर्न तथा आफ्नो क्षेत्रका महिलालाई अल्पायु मृत्युबाट बचाउन शिविर सञ्चालन गरिएको मन्त्री मगरले बताइन। 

सरसफाईमा ध्यान नदिने र आर्थिक अवस्था कमजोर भएका महिलामा पाठेघरको मुखको संक्रमण बढी देखिएको शिविर संयोजक सरु दाहाल अधिकारीले बताइन। पुनर्वासमा ४२ जना, बेलौरीमा १०२ जना, बेल्डाडीमा ८८ जना र लालझाडीमा १२ जना महिलामा समस्या देखिएको छ। शिविरमा पाठेघरको मुखको क्यान्सर, संक्रमण, मासु पलाएको र स्तनमा गाठा परेको परीक्षण गरिएको थियो। ‘समस्या देखिएका महिलालाई सेती अञ्चल अस्पताल, कोहलपुर मेडिकल कलेज र भरतपुर क्यान्सर अस्पतालमा रेफर गरेर थप उपचारको लागि पहल भइरहेको छ’, उनले भनिन, ‘सामान्य समस्या देखिएका महिलालाई शिविरमै औषधि वितरण गरिएको छ।’ 

प्रकाशित: २२ चैत्र २०७४ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App