८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सिभिल अस्पतालमा हड्डी परीक्षण गर्न बोन डेन्सिटोमेट्री

हड्डी परिक्षण गर्ने बोन डेन्सिटोमेट्री मेसीन। तस्बिर :सिभिल अस्पताल

तपाईँ पचास वर्ष पुग्नु भयो ? तपाईँको हड्डी पातलो भएको हुन सक्छ या हड्डीमा कुनै तत्त्वको कमी हुँदै गएको हुन सक्छ ! यी  कुरा थाहा पाउने मेशिन सिभिल अस्पतालमा हालै बोन डेन्सिटोमेट्री (डेक्सा) मेशिन आठ  महिनादेखि सञ्चालनमा आएको छ।

गत जेठदेखि  सिभिल अस्पतालमा भित्रिएको यो मेशिनले हड्डीको बिभिन्न रोग पत्ता लगाउँछ । अस्पतालका निर्देशक डा बिधाननिधी पौडेलका अनुसार यो मेशिनले हड्डी खिइँदै गएको, हड्डी टुक्रिने जोखिम भएको, स्टियोपोरोसिस भएको या नभएको जस्ता समस्याको पहिचान  पत्ता लगाउँछ।

‘हड्डीमा समस्या भएका जो सुकैले पनि हड्डीको परीक्षण गर्नु पर्छ, पचास वर्ष कटेका सबैले गर्नु पर्छ’ उनले भने।

सिभिलमा हाडजोर्नी रोगको पर्याप्त उपचार भएकोले पनि हाडजोर्नीका बिरामी बढी मात्र आउने गरेको डा पौडेलले बताए।उनका अनुसार यो अस्पतालमा दैनिक हाडजोर्नीको मात्र २ सय जना बिरामी उपचारको लागि आउँछन्। साथै अस्पतालमा बिग्रेको  घुँडा र हिप प्रत्योपण हुँदै आएको छ।यो मेशिन सरकारी तहमा भने राष्ट्रिय ट्रमा सेन्टरमा  पहिलो पटक सुरुवात भएको हो।

सिभिल अस्पतालमा यो मेशिन पहिलो पटक आएको हो।यो मेशिन सरकारी तहमा भने राष्ट्रिय ट्रमा सेन्टरमा  पहिलो पटक सुरुवात भएको हो।

यो मेशिन सञ्चालनमा आएसँगै हाडजोर्नीको बिरामीले राहत पाएको डा पौडेलले बताए।अस्पतालका अनुसार दैनिक १५ जनाको हड्डीको परीक्षण गरिन्छ।यो परीक्षणको लागि २ हजार रुपैंया लाग्छ।मेशिन अमेरिकाबाट ८० लाख रुपैंया खर्चमा लिइएको हो।

प्रकाशित: ११ पुस २०८० ०९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App