४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

१६-२४ वर्षका युवाले किन कन्डम प्रयोग गर्न मान्दैनन् ?

लन्डन- एक अनुसन्धनका अनुसार बेलायतमा १६ देखि २४ वर्षका युवाहरुले आफ्ना पार्टनरसँग यौन सम्पर्कका लागि कन्डम प्रयोग गर्दैनन्। जसका कारण उनीहरु यौनजन्य रोगका शिकार बन्ने गरेका छन्। त्यस्ता रोगहरुबाट बच्नका लागि अहिले त्यहाँ नयाँ अभियान सुरु भएको छ।  स्वास्थ्यसम्बन्धी यो अभियान आठ वर्षपछि गरिएको बीबीसीले जनाएको छ।

बेलायतको स्वास्थ्य विभागका अनुसार १६ देखि २४ वर्ष उमेरका युवाहरु आफ्ना नयाँ साथीसँग कन्डम प्रयोग गर्दैनन्। तथ्यांकका अनुसार दसमध्य एक जनाले अहिलेसम्म कन्डम प्रयोग नै गरेका छैनन्। यस अभियान सुरु गर्नुअघि बेलायतको स्वास्थ्य विभागका अनुसन्धानकर्ताले सोही उमेरका युवाहरुसँग कुराकानी गरेका थिए।

ती युवाहरुले कन्डम बिना नै सेक्समा बढी मजा आउने भएकाले यसको प्रयोग नगरिएको उल्लेख गरेका छन्। तर सेक्सपछि उनीहरुलाई असुरक्षित सेक्सबारे त्रास पैदा हुने र स्वास्थ्य परीक्षणका लागिसमेत जाने गरेको तथ्यांकमा उल्लेख छ।

युवतीहरुलाई भने यौन संक्रमणभन्दा पनि बिना कन्डम सेक्स गर्दा प्रेगनेन्ट हुने डर बढी हुने  गर्छ। युवतीहरु गर्भनिरोधक औषधि खाने सजिलो उपायका कारण पनि केटाहरु कन्डम प्रयोग गर्न नमानेको तर्क युवतीहरुको छ।

सन् २०१६ मा गरिएको एक अनुसन्धानमा करिब डेढ लाखमा यौनजन्य समस्या देखएको थियो।

 

प्रकाशित: ११ पुस २०७४ ०७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App