७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अस्पतालमा मौसमी फ्लुका बिरामी

काठमाडौं- जाडो मौसम सुरु भएदेखि नै राजधानीमा सिजनल फ्लु (मौसमी रुघाखोकी)देखा परेको छ । दैनिक औसत १५ जना मौसमी फ्लुका बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आउने गरेको अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए ।

हाल देखिएको फ्लु कात्तिकको तेस्रो साता देखा परेको फ्लुकै निरन्तर रहेको बताइएको छ । ‘मौसम फेरिँदा देखापर्ने फ्लुकै निरन्तरता हो,’ डा. पुनले भने, ‘रोगका बिरामी थुपै्र भए पनि सबै अस्पताल नआइपुगका छैनन् ।’

चिकित्सकका अनुसार अहिले देखा परेको यो फ्लु इन्फुएन्जा एच ३ र एच २ हुन् । यो भाइरसले आक्रमण गरेका व्यक्तिमा रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । कात्तिकको तेस्रो सातादेखि देखा परेको यो इन्फ्लुन्जा मानिसको एक ठाउँबाट अर्को ठाउँमा आवात–जावात भएकाले समयमै नियन्त्रण हुन नसकेको हो । ‘ चुनावमा आवात–जावात बढेकोले समयमै नियन्त्रण नभएको हो,’ डा.पुनले भने ।

जाडो मौसममा देखिने यो इन्फ्लुएन्जा सुन्दा सामान्य लागे पनि वृद्ध–वृद्ध, दम, श्वास–प्रश्वासका रोगी र विभिन्न अंग प्रत्यारोपण गरेका व्यक्ति भने अस्पतालमै पुगेर उपचार गराउनु पर्छ । यस्ता व्यक्तिहरू समयमै अस्पताल नपुगेमा रोगले गम्भिर रूप लिन सक्ने भएकोले यो समूहका व्यक्तिहरू अस्पताल जानु पर्ने चिकित्सक सुझाउँछन् । ‘समयमा अस्पताल नपुगेमा कतिपयलाई आइसियुमै भर्ना गर्नुपर्ने अवस्था आउँछ,’ डा.पुनले भने ।

अन्य समूहका व्यक्तिमा यसको सामान्य आक्रमण भएमा भने झोल खाने कुरा प्रशस्त पिएर र आरम गरेर पनि बस्न सकिन्छ । बाहिर ननिस्की केही दिन  प्रशस्त झोल खाने कुरा पिएर बसेमा आफैं निको पनि हुन सक्ने चिकित्सकको सुझाव छ । तर सामान्य व्यक्तिमा पनि ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएको अवस्थामा भने चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्न उनले सुझाए । ‘सकेसम्म आफुखुशी औषधी किनेर नखानु,’ पुनले भने ।
लक्षणहरू
– ज्वरो आउने
– श्वास फेर्न गाह्रो हुने
– रुघाखोकी लाग्ने
– घाँटी दुख्ने

प्रकाशित: १२ मंसिर २०७४ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App