१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

खानपान नबुझ्दा कुपोषण

आव २०७९/८० मा अर्घाखाँचीका १७३ बालबालिका कुपोषित

गरिबीका कारण आहारविहारको कमीले बच्चाहरू कुपोषित हुन्छन् भन्ने आम बुझाइ छ। तर यो पूर्ण सत्य भने होइन। अन्य विभिन्न कारणले बालबालिका कुपोषणको सिकार हुने गरेका विभिन्न तथ्यांकले देखाउँछ। गरिबी एउटा कारण भए पनि त्योभन्दा बढी बुझाइको कमी र हेलचेक्र्याइँ प्रमुख कारण देखिएको छ।

गरिबीले भन्दा पनि अज्ञानताका कारण कुपोषण बढेको बताउँछन्, छत्रदेव गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख बुद्धिराम न्यौपाने। उनका अनुसार स्थानीय तहले कुपोषण रोक्न विभिन्न कार्यक्रम बनाएर अभियानकै रूपमा अगाडि बढाएको छ।

बालबालिकाको उचित आहार, खानपिन र स्वास्थ्यका विषयमा गम्भीर भएर अघि बढ्दा समेत यसलाई शून्यमा झार्न सकस भइरहेको उनले बताए। ‘हामीले कुपोषण रोक्न अभियानकै रूपमा कार्यक्रम बनाएका छौं,’ उनले भने, ‘सरकारको एक्लो प्रयासले सम्भव नहुँदो रैछ, अभिभावकहरू पनि उत्तिकै सचेत हुनु जरुरी छ।’

अर्घाखाँचीका सबै स्थानीय तह कुपोषण रोक्न नियमित बालबालिकाको तौल गर्ने, सामान्य, मध्यम र गम्भीर कुपोषण लागेकालाई विभाजन गरेर हेरचाह गर्ने, उचित सरसल्लाह दिने गर्दै आएका छन्। केही स्थानीय तहले गरिब तथा पिछडिएको क्षेत्रमा पौष्टिक आहार प्रदान समेत गर्दै आएका छन्। तर अभिभावकले कुपोषणलाई बुझ्न नसक्दा अधिकांश बालबालिका त्यसको शिकार बन्न पुगेका छन्।

गरिबीले भन्दा पनि अज्ञानताका कारण कुपोषण बढेको बताउँछन्, छत्रदेव गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख बुद्धिराम न्यौपाने। उनका अनुसार स्थानीय तहले कुपोषण रोक्न विभिन्न कार्यक्रम बनाएर अभियानकै रूपमा अगाडि बढाएको छ।

जंकफुडको प्रयोग, ६ महिनासम्म आमाको दुध नखुवाउनु र पौष्टिक आहारको मात्रा नमिलाउँदा बालबालिकामा कुपोषणको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताए।

‘पौष्टिक आहार किन्न नसकेर भन्दा प्रयोग गर्न नजानेर पनि समस्या निम्तिएको पाएका छौं,’ उनले भने, ‘बेवास्ता र हेलचेक्र्याइँ बढी देखिन्छ। व्यस्तताका नाममा बालबालिकालाई ध्यान पु¥याइरहेका छैनौं।’

अर्घाखाँचीका १७३ बालबालिका अहिले कुपोषित छन्। आव २०७९/८० को तथ्यांक अनुसार अर्घाखाँचीका ६ स्थानीय तहमा १७३ जना बालबालिकामा कुपोषण भएको पाइएको हो। अन्य कुनै प्रविधि उपलब्ध नभए पनि तौलका आधारमा स्थानीय तहहरूले सामान्य, मध्यम र गम्भीर कुपोषण छुट्टाउने गरेका छन्।

आव २०७८/७९ मा ७९ जना कुपोषित बालबालिका भेटिएकोमा गएको आवमा बढेर १७३ पुगेका छन्। आव २०७९/८० मा जिल्लाको सदरमुकामसमेत रहेको सन्धिखर्क नगरपालिकामा नौजना कुपोषित बच्चाबच्ची फेला परेका छन्। अघिल्लो आवको तुलनामा यस वर्ष कुपोषितको संख्या बढेको पाइएको हो।

जंकफुडको प्रयोग, ६ महिनासम्म आमाको दुध नखुवाउनु र पौष्टिक आहारको मात्रा नमिलाउँदा बालबालिकामा कुपोषणको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताए।

यस्तै देशकै ठुलो नगरपालिका शीतगंगा नगरपालिकामा ७४ जना कुपोषित छन्। शीतगंगामा पनि अघिल्लो वर्षका तुलनामा यस वर्ष कुपोषित बालबालिकाको संख्या बढेको छ। यस्तै गत वर्ष भूमिकास्थान नगरपालिकामा ५२, पाणिनी गाउँपालिकामा १९, छत्रदेव गाउँपालिकामा ४, मालारानी गाउँपालिकामा १५ जना कुपोषित बालबालिका फेला परेका छन्। तथ्यांक हेर्दा मालारानी गाउँपालिकाबाहेक अन्य पाँच स्थानीय तहमा कुपोषण बढेको छ।

यीमध्ये ३९ जना गम्भीर प्रकृतिका बिरामी छन्। बालबालिकाको उमेरअनुसार तौल नभएका, रोगले सताइरहने, हड्डी र छाला बाहिरै देखिने, सुन्निने प्रकृतिका कुपोषित बालबालिकालाई गम्भीर प्रकृतिमा राख्ने गरिएको छ। कुपोषणको चपेटामा परेका बालबालिकामध्ये अधिकांश मध्यम खालका कुपोषित छन्।

कार्बोहाइट्रेड, प्रोटिन, चिल्लो पदार्थ, माइक्रोन्युटे«न, मिनरल र पानीको मात्रा नमिल्दा वा अभाव हुँदा बालबालिका कुपोषित हुने गरेका पाणिनी गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद घिमिरेले बताए। यो एक कारणले मात्र नभई अनेक कारणले हुने गरेको उनको भनाइ छ। ‘गरिबीका कारण कुपोषण हुन्छ भन्ने भाष्य गलत हो,’ उनले भने, ‘आमा गर्भवती बन्नु धेरै अघि किशोरावस्थादेखि नै यो प्रक्रिया सुरु भएको हुन्छ।’

यीमध्ये ३९ जना  छन्। बालबालिकाको उमेरअनुसार तौल नभएका, रोगले सताइरहने, हड्डी र छाला बाहिरै देखिने, सुन्निने प्रकृतिका कुपोषित बालबालिकालाई गम्भीर प्रकृतिमा राख्ने गरिएको छ।

किशोरावस्थामा आवश्यक पोषण नहुँदा समेत त्यसको असर जन्मिने सन्तानसम्म पुग्छ। त्यस्तै गर्भवती तथा सुत्केरी अवस्थामा पौष्टिक आहारको कमी, बच्चा जन्मेपछि उचित स्तनपान, २० वर्षअघि नै बिहे गर्नु, तयारी खानेकुरा (जंक फुड), सन्तुलित खाना नखुवाएका कारण बालबालिकामा कुपोषण बढेको सरोकारवाला संस्थाले बताउने गरेका छन्।

प्रकाशित: १५ भाद्र २०८० ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App