coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

यो स्तनको ट्याटु मात्र, होइन एक सन्देश हो

सिड्नी– स्तन क्यान्सरको समस्याबाट जुधिरहेकी एलिसन हेबलाई सँधै एउटै चिन्ताले सताई रहन्थ्यो, क्यान्सरको उपचारपछि उनको शरीरमा त्यसको कस्तो असर पर्ने हो ।

उनलाई लाग्थ्यो किमोथेरापीपछि उनको कपाल झर्नेछ, अप्रेशनपछि उनले आफ्नो स्तन गुमाउने छिन् र स्तनमा सँधैका लागि दाग रहने छ।  उनका आफन्तले उनलाई अप्रेशनपछि प्लास्टिक सर्जरी गरेर दाग हटाउन सकिने सल्लाहपनि दिएका थिए।  तर, उनलाई शरीरको अन्य कुनै भागको मासु काटेर आफ्नो स्तनमा राख्न मन लागेन।  यसका लागि उनले नयाँ तथा अनौठो सोच अपनाउने निर्णय लिइन् ,त्यो हो स्तनमा ट्याटु बनाउने।

यसका लागि उनले बिरामी भएर घरमा बसिरहेको समयमा इन्टरनेटमा ट्याटु आर्टिस्टको खोजी गर्न थालिन् । धेरै खोजी पश्चात उनले न्युजल्याण्का एक २४ वर्षीय माइकल रोज नाम गरेका एक ट्याटु आर्टिस्ट फेला पारिन्।

रोजले १३ घण्टा लगाएर एलिसनको स्तनमा एक अकर्षक तथा रंगीन ट्याटु बनाए । त्यो ट्याटु देखेर एलिसन धेरै खुशी भइन् र तत्कालै उनले आफ्नो स्तनमा कुदिएको ट्याटुको तस्बिर सामाजिक संजाल फेसबुक तथा इन्ट्राग्राममा पोस्ट गरिन्।

त्यसपछि सोही ट्याटुको तस्बिर सामाजिक संजालमा भाइरल भयो, सबैले उक्त तस्बिर र उनको प्रशंशा गरे। इन्ट्राग्राममा उनको त्यो तस्बिर लाइक गर्नेको संख्या २३ हजार छ र उक्त तस्बिर शेयर गर्नेको संख्या पनि अत्याधिक छ ।

एलिसनले भनिन्,  ‘मेरा आफन्त, साथीभाइ तथा अन्य मानिसहरु आजकाल मलाई तिम्रो स्तन खोई भनेर सोध्ने गर्छन,मेरो जवाफ हुन्छ, मेरो स्तन छैन म निर्धक्कका साथ आफ्नो टपलेस फोटो सामाजिक संजलमा पोस्ट गर्न सक्छु र यो तस्बिर सेन्सर पनि हुदैन।’ उनको सिको गर्दै महिलाहरु स्तन क्यान्सरको अप्रेशनपछि आफ्नो स्तनमा ट्याटु बनाउने चलन चलेको छ। यस्ता खाले ट्याटु बनाउनेमा भर्खरका युवतीहरु धेरै छन् ।

तर, एलिसनको ट्याटुले सबैको ध्यान खिचेको छ। उनको भनिन्, ‘प्राय महिलाले स्तनमा ट्याटु कुदाएर तस्बिर सामाजिक संजालमा पोस्ट गर्दैनन्, गरिहाले भने पनि मुस्कुराउँदैनन् । तर म मुस्कानका साथ स्तनको ट्याटुको तस्बिर निर्धक्का साथ सामाजिक संजालमा पोस्ट गर्न सक्छु।’
 

 

प्रकाशित: १२ भाद्र २०७३ ०७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App