८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

भक्तपुरमा नाकोटिक औषाधिहरु जथाभावी विक्री

भक्तपुरमा नाकोटिक औषाधिहरु जथाभावी विक्रीवितरण गरेको पाइएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिबाट नगरको त्रिपुरासुन्दरीमा औषाधि पसलहरु बुधबार अनुगमन गर्दा यस्तो भेटिएको देखिएको हो।  

अनुगमनमा भक्तपुर हर्ट एण्ड डावेटिज सेन्टर औषाधि विभागको अनुमतिपत्र नभएका व्यक्ति पसलमा बसिराखेकोले अनुमतिपत्र विना पसलमा नराख्न निर्देशन दिइयो। साथै  नाकोटिक औषाधि एकै व्यक्तिलाई लोरी १ एमजि, लोरी २ एमजि, क्लोजेप ०.२५, र क्लोजेप ०.५ चार थरीको औषाधि छोटो समयमा धेरै दिइराखेको भेटिएकोले रिटेलर्स रिकर्ड फारममा देखिएकोले लागु पदार्थको रुपमा प्रयोग हुने जनाइयो। त्यसो भएकोले डाक्टरको प्रिक्रिप्सन अनुसार मात्र दिन र त्यसरी जथाभावी नवेच्न निर्देशन दियो। भक्तपुर फर्मेसी नविकरण गर्न र म्याद नाघेको बच्चाहरुको खोकीको औषाधि नेपेक्स ८ वटा जफत गरी नष्ट गरिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताए।

अनुगमनमा अनुगमन समितिका भनपा श्यानिटेशका नगर.निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक.रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजु, महानगरीय प्रहरी प्ररिसरका प्र.ना..नि. राजु प्रसाईं, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद बाटी, ख्वप अस्पतालका मनिष ज्याख्व सहभागी थिए।

प्रकाशित: ११ माघ २०७९ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App