१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आखाँ जाँचबाटै पार्किनशन रोग पत्ता लाग्ने

लण्डन–बेलायतका अनुसन्धानकर्ताहरुले आखाँ जाँचबाटै पार्किनशन रोगको पहिचान गर्न सकिने जनाएका छन्।

दि युनीर्भसिटी कलेज अफ लण्डन युसिएलका वैजानीकहरुले गरेको अध्ययन अनुसार आखाँमा आउने परिवर्तनले नै मानिसमा पार्किनशन रोग भए नभएको पत्ता लागाउन सकिने बताएका छन्। उनीहरुले यसको प्रारम्भिक अनुसन्धानका लागि आफुहरुले मुसाको प्रयोग गरेको जनाएका छन्।

बेलायतको दि च्यारिटी पार्किनशनले वैज्ञानीकहरुले पत्ता लगाएको यस नयाँ प्रविधिको स्वागत गरेको छ।

अध्ययनमा सहभागी प्रोफेसर फ्रान्सिस्का कोर्डिरोले भने ‘हामीले आखाँको जाँच बाटै पार्किनशन रोग लागे–नलागेको पक्ता लाग्ने नयाँ प्रवधिको विकास गरेका छौ र यो पार्किनशन रोगको उपचारका लागी एक नयाँ आयामको सुरुवात हो। उनले आखाँमा आउने परिवर्तनबाटै पार्किनशन रोगको सुरुवाती चरण पक्ता लगाउन सकिने बताए।

उनले दिमागको सेलहरु मरेपछि मात्र पार्किनशन रोगको लक्ष्यण देखा पर्ने बताए ।उनले भने ‘ यो जाँचको अर्थ भनेको हामीले प्रारम्भिक अवस्थामा नै पार्किनशन जस्तो भयानक रोग पत्ता लगाउनु हो जसबाट मानिसलाई यस रोगको लक्ष्यण देख्ना साथ उपचार सुरु गर्दै उसलाई स्वास्थ पार्नु हो।

विश्वमा प्रत्येक ५ सय मानिस मध्ये एक जनामा पार्किनशन रोग लाग्ने बताइएको छ।

 

 

 

प्रकाशित: ४ भाद्र २०७३ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App