२८ असार २०७७ आइतबार
स्वास्थ्य

याैन सम्पर्कमा जी स्पटकाे भूमिका

सम्भोगमा सन्तुष्ट हुन ‘जी स्पट’को भूमिका महत्वपूर्ण हुन्छ भन्ने सुनेँ । यो जी स्पट भनेको के होला ?
आर

‘जी स्पट’ जर्मन गाइनाकोलोजिस्ट अन्स्र्ट ग्राफेनबर्गका नामबाट राखिएको हो । त्यसैले यसलाई ग्राफेनबर्ग स्पट पनि भनिन्छ । यो महिलाको योनीको दुई इन्च भित्र हुन्छ । क्लिटोरिसको पछाडितिर योनीको अगाडिको भित्तातिर हुन्छ । यो सिमी आकारको हुन्छ । महिलाको योनीभित्र औँला छिराएर यसलाई पत्ता लगाउन सकिन्छ । सिमी आकारको र स्पन्जजस्तो हुन्छ यो ।

सम्भोगको बेला ‘जी स्पट’ उत्तेजित हुनेगर्छ । ‘जी स्पट’ रगतका नसा र स्नायुहरूको जालोले बनेको हुन्छ । यो अति नै संवेदनशील हुन्छ । सम्भोगको बेला पुरुषको लिंगको घर्षणले यो चरम उत्तेजित हुन्छ र महिलालाले चरम सुख पाउने गर्छन् । एकदुईचोटिमै ‘जी स्पट’ पत्ता लगाउन गाह्रो पर्ला । तपाईंकी पार्टनरसँग खुलेर कुरा गर्नुभयो भने यो पत्ता लगाउन सकिन्छ र पार्टनरलाई पूर्ण यौनसन्तुष्टि दिन तपाईं सफल हुुनुहुनेछ ।

प्रकाशित: २६ श्रावण २०७३ ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App