coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बिरामी भएपछि वर्षमानलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

विभिन्न कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अकस्मात बिरामी परे पछि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

सुनछहरी गाउँपालिकाको पोबाङमा न्यानो कपडा वितरणका लागि त्यहाँ पुगेका पुनलाई धेरै असजिलो भए पछि श्री एयरलाइन्सको हेलिकप्टरबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।  

उनको सचिवालयका अनुसार अहिले पुनको ललितपुर स्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनी बुधबार रोल्पा पुगेका हुन।  वंशाणुगत जन्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि गत मंसिर १६ गते चीन गएका थिए। स्वास्थ्यमा सुधार आएपछि पुस ५ गते उनी काठमाडौं फर्किएका हुन।

बर्समान काठमाडौँ गए पनि पूर्व सभामुख समेत रहेको पुनकी श्रीमती ओनसरी घर्ती कार्यक्रममा सहभागी भएको गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले बताए । ‘अलि असजिलो भयो गाडीमा बस्न असहज हुने भए पछि हेलिकप्टरबाट जानू भएको हो।’  उनका अनुसार जिल्ला अध्यक्ष गुणेन्द्र घर्ती र स्वकीय सचिव सन्तोष पुन वर्षमान सङै काठमाडौँ गएका हुन।

प्रकाशित: ३० पुस २०७९ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App