coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

ओमिक्रोन सब भेरियन्ट बीएफ ७ प्रभावः नेपालमा फैलिने/नफैलिने भारतको अवस्थामा भरपर्छ

पछिल्लो समय चिनमा ओमिक्रोनको सब भेरियन्ट बी एफ ७ फैलिरहेको छ। अहिले चिनका अस्पतालहरुमा कोभिडका बिरामी भरिएका विवरणहरू सार्वजनिक भइरहेका छन्।

तर चिनले कोभिड संक्रमणबारे आधिकारिक जानकारी भने दिएको छैन्। यता भारतमा पनि ओमिक्रोनको सब भेरियन्ट बी एफ ७ देखिएको छ। भारतले कोरोनाभाइरसका नयाँ संक्रमितहरुबाट सबै नमुनाको जीन सीक्वन्सिङ गर्न निर्देशन दिइसकेको छ।

भारतमा क्रिस्मस र नयाँ वर्षका बेला संक्रमण फैलिन सक्ने भन्दै केन्द्रीय सरकारले राज्य सरकारहरूलाई कोभिड नियन्त्रण गर्न उपयुक्त कदम चाल्न निर्देशन दिएको हो।

सरुवा रोग बिशेषज्ञ डा शेर बहादुर पुन भारतमा ओमिक्रोनको सब भेरियन्ट बी एफ ७ फैलने र अस्पताल भर्ना हुनेको संख्याले नेपालमा कति फैलने भन्ने कुरा निर्धारण गर्ने बताउँछन्।  

‘भारतमा अहिले फाटफुट बी एफ ७ देखिएको भनिएको छ। त्यसको कारक चिनमा संक्रमण फैलनु मानिएको छ। यदि भारतमा संक्रमण फैलियो, अस्पताल भर्ना हुने दर बढ्यो, मृत्यु हुनेको संख्या बढ्यो भने नेपालमा पनि संक्रमण आउन सक्ने सम्भावना बढ्छ। बिगतमा पनि भारतमा संक्रमण देखिएपछि नेपालमा पनि तरङ् हुन्थ्यो नै,’ उनले भने

बी एफ ७  भेरियन्ट अन्य देशमा देखिसकेको र चिनमा मात्र त्यसरी किन फैलियो भन्ने कुरा बुझ्नुपर्ने पुन बताउँछन्। चिनमा खोप लगाएको वा नलगाएका, कस्ता व्यक्तिहरुलाई देखिएकोे, उमेर समूहले कतिको प्रभाव पारेको छ, चिनमा धेरै जेष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छैनन् भन्ने कुरालाई अध्ययन नगरिकन बी एफ ७  भेरियन्ट यसै हो भन्न नसकिने उनको भनाइ छ।

चिनमा र अन्य देशमा बी एफ ७ भेरियन्टको संक्रमण अवस्था फरक भएकाले कस्ता कुराहरुले फरक पारे भन्ने कुराको अध्ययन नगरी नेपालमा पनि संक्रमणको अवस्था भन्न नसकिने पुनले बताए।

पुन भन्छन्, ‘चिनमा बी एफ ७  भेरियन्ट संक्रमणले अस्पताल भर्ना हुने दर र मृत्युदर बढ्यो भन्ने समाचारमा आएको छ। अन्य देशहरु बेलायत, अमेरिका, जर्मनी, फ्रान्स जस्ता देशहरुमा बी एफ ७  संक्रमणले अस्पताल भर्ना हुने दर,मृत्युदर बढ्यो भन्ने सुनेका छैनौं। त्यसैले भारतमा बी एफ ७ को संक्रमणदर कस्तो हुन्छ भन्ने कुराले नेपालमा संक्रमणको अवस्था निर्धारण गर्छ।’

कोरोनाविरुद्धको बुस्टर डोजले थप सुरक्षित हुने पुन बताउँछन्। कोरोनाविरुद्धको खोपले संक्रमणबाट जोगाउदैन् भने संक्रमणबाट आउने जटिलताई कम गराउने गर्दछ। चिसो समयमा घाँटि दुख्ने र टाउको दुख्ने भइरहने र ओमिक्रोनको लक्षण पनि त्यहि भएको कारण थप सजगता अपनाउन पर्ने पुनको सुझाव छ।    

कोरोनाबाट बच्न मात्र नभएर सिजनल प्लुबाट बच्न पनि स्वास्थ्य मापदण्ड अपनाउन आवश्यक रहेको उनको भनाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ओमिक्रोनको सब भेरियन्ट बी एफ ७ नदेखिएको बताएको छ। मन्त्रालयले विभिन्न स्थानबाट संकलित ४८ नमुनाको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन भेरियन्ट अन्य सब भेरियन्ट पुष्टि भएको बताएको थियो। तर मन्त्रालयले स्वास्थ्य सर्तकता अपनाउन भने आग्रह गरेको छ।  

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ओमिक्रोन भेरियन्ट बीए–२, बीए. २.७५, बीए. २.७५.१, बीए. २.७५.२, बीए. २.७५.३, बीए.२.७५.५, बीए.२.७५.६, बीए. २.७६, बीए.५.२, बीए.५.२.१,बी.एम.१, बिएम १.१.३, बिएन १.३,बी क्यूब १.१,बिक्यूव १.२, बि.वाइ.१ पुष्टि भएका छन्।

प्रकाशित: ११ पुस २०७९ १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App