१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

भक्तपुरमा उत्कृष्ट ३ सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

१९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०७९ को अवसरमा सोमबार भक्तपुरमा उत्कृष्ट ३ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन्।

'महिला सामुदायिक स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवद्र्धनमा हाम्रो ऐक्यबद्धता' नाराका साथ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा भएको कार्यक्रममा उनीहरु सम्मानित भएका हुन्।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाका विभिन्न वडामा खटिरहेका उत्कृष्ट ३ जना उनीहरुलाई प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरेका हुन्।

सम्मानित हुनेमा भक्तपुर नपा वडा नं. १० का रामलक्ष्मी दुवाल पहिलो, भनपा ५ का सजना कवां दोस्रो र भनपा १ का शिवलक्ष्मी दुवाल तेस्रो रहेका छन्।  

प्रकाशित: १९ मंसिर २०७९ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App