१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

जुम्लामा ५ स्वयंसेविका पुरस्कृत

१९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा जुम्लाका ५ जना महिला स्वयंसेविकालाई पुरस्कृत गरिएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका भित्रका ५ जना महिला स्वयंसेविकाहरु पुरुस्कृत भएका हुन्। चन्दननाथ नगरपालिका अन्तरगतको स्वास्थ्य शाखाले पुरुस्कृत गरेको हो।

कमला देवकोटा,करिश्मा महत,पार्वती रावल,रिता उपाध्याय र ज्वालादेवि न्यौपानेलाई पुरुस्कृत गरिएको चन्दननाथ नगरपालिका अन्तरगतको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक क्षेत्रबहादुर महतले बताए।

उनीहरुलाई दोसला,नगद १ हजार रुपैयाँ र प्रमाणपत्र दिइएको थियो। निरिक्षक महतका अनुसार नगरपालिका भित्र १० वडा पर्दछन्। १,३,५,९ १० वडा भित्रका स्वयंसेविका पुरुस्कृत भएका हुन्। ९० जना महिला स्वयंसेविका छन्। उनीहरुलाई काम गर्ने कार्यशैलीका आधारमा सम्मानित गरिएको हो। 

वडा नम्बर- ४ का वडा अध्यक्ष तथा कार्यवाहक मेयर नवराज देवकोटा,प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले सम्मान गरेका थिए। दिवसको अवसरमा सबैले स्वयंसेविकाहरुको सहभागीता रहेको थियो भने र्यालीसहित जुम्ला बजार परिक्रमा गरि नगरपालिकाको प्राङ्गणमा गएर कार्यक्रम गरिएको थियो। यस्तै जुम्लाका सबै स्थानीय तहमा महिला स्वयंसेविका दिवस मनाइएको छ।

प्रकाशित: १९ मंसिर २०७९ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App