५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

कालिकोटमा स्वास्थ्यकर्मीले पाएनन् तलब

‘म पलाँता अस्पतालमा अनमिनको रूपमा काम गर्थे। त्यो पलाँता गाउँपालिकाले अस्पतालका करार कर्मचारी  हटायो। अहिलेसम्म तिन महिनाको हाजिर गरेर त्यतिकै रर्याे। अब मैले तलब कहाँबाट खाने?’

पलाँता अस्पतालका एक जना अनमिनले दुःखेसो पोखिन्। उनी सँगैका अर्का कर्मचारीको पनि उस्तै व्यथा छ। ‘तलब पनि पाएको छैन्,काम गर्न पनि पाएका छैनन्,‘उनीसँगैका अर्का कर्मचारीले थपे,‘हाम्रो त यस्तो अवस्था छ भने अरु कर्मचारीको अवस्था के होला?

‘पलाँता गाउँपालिकाले करार कर्मचारी हटाउदा १५ जनापलाँता अस्पतालका स्वास्थ्यकर्मीलाई तलब नदिएको उनीहरुको गुनाशो छ। ‘हामीले पहिले पनि काम गर्यौं। कोभिड–१९मा पनि सबै भन्दा बढी मारमाहामी नै परेका थियौं।,‘पलाँता अस्पतलाका एक कर्मचारीले भने,‘हिजो सबै  सेवा हाम्रो भरमा चलेको थियो। तर,आज जनताको सरकार आयो भनिरहँदा खाइपाइ आएको तलब नपाउने अवस्था आयो।’ उनी संगैका धेरैले तलाब नपाएको बताएका छन्।

यो समस्या दुर्गमका कर्मचारीलाई मात्र होइन,पालिकामा रहेका करार कर्मचारीहरूई धेरै छ। जसका कारण आफ्नो तलब भत्ता पाउदैनन्। तलब नपाउँदा घर फर्कन समस्या भएको एक कर्मचारीले बताए।

‘पलाँता जस्तो ठाउँमा यही बसुन्जेलसम्म त साहुले उधारो खाद्यान्न दिइरहेका थिए। अब  घर पनि जानुपर्यो र तीन–चार महिनादेखिको रकम पनि तिर्नुपर्यो। तर,अझै तलब आउने÷नआउने निश्चित छैन्।, ‘ती कर्मचारीले गुनासो पोखे। दसैँ,तिहार चुनाव पनि गई सक्यो,कुराकै टुंगो नलाग्दा अन्योलमा छौं।’ करार कर्मचारी हटाएर गाउँपालिकामा नयाँ कर्मचारी राखेर समयमै मिलान गर्न नसक्दा यस्तो अवस्था आएको हो।

यस विषयमा पलाँता गाउँपालिकाका अध्यक्ष्य विष्णुबहादुर रोकायाले नियुक्ती पत्र नभएकालाई दिन नसकिने बताएका छन्। उनले भने ‘नियुक्ती पत्र भएकाहरुको हकमा उनीहरुलाई कति महिनाको तलब,भत्ता बाकी छ,हेरेर दिने प्रयासमा छौैं। कर्मचारीको नियुक्ती पत्र कलेक्शनको तयारी थालेका छौं। अबको केहि दिनमा नियुक्ती पत्र भएका कर्मचारीले तलब,भत्ता पाउने छन्।’

पलाँता अस्पतालमा मात्रै होइन,जिल्ला अस्पताल कालिकोटको अवस्था पनि उस्तै छ। जिल्ला अस्पताल मातहतको पहिलेको कोभिड–१९ अस्पताल,अहिलेको सरुवारोग अस्पतालमा कोभिडको समयमा काम गरेका स्वास्थ्यकर्मीले पनि चार महिनाको तलब नपाएपछि कर्मचारी चिन्तामा छन्। 

तलब,भत्ता नपाउँदा दसैं,तिहार पनि खल्लो भएको उनीहरूको पिरलो छ। बैशाखदेखि तलब नपाएको उनीहरू बताउँछन।् कोभिड अस्पतालमा काग गरेका स्वास्थ्यकर्मी अशोक शाही,मनिसा शाही,लिलराज शाही र कार्यालय सहयोगी अर्जुन पाण्डेले चार महिनादेखिको तलब नपाएको गुनासो गरेका छन्।

‘पटकपटक  तलब,भत्ता माग्न जाँदा दिएनन्। काम गर्दै आएका एक जना साथी अहिले विदेश गएका छन्। तर उनले पनि चार महिनाको पारिश्रमिक पाएका छैनन्। अशोक शाहीले भने ‘अहिले केसव नेपाली र बिनोद नेपालीले फेरि जिल्ला अस्पतालमा कामसुरु गरेको कारण आवज उठाएका छैनन्।

यो विषय कोभिड महामारिमा काम गरेका स्वास्थ्यकर्मीहरुको हो। ‘कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले नपठाए पछि उनीहरुले तलब भत्ता हामिले कसरी दिने ?कार्यालय प्रमुख रत्नविर सुनारले भने।

‘आफुहरुले पटकपटक मन्त्रालयमा बजेट माग गर्दा  मन्त्रालयका सचिवले सबै कुरा कालिकोटलाई  किन भनेर ? प्रश्न गरेको सुनाए। उनले भन,े‘उनले अस्पतालले साउनदेखि असोजसम्मको तलब भत्ता दिननसकेको बताएका छन्। तर आफूले कोभिडको मारमा काम गरेका कर्मचारिलाई अनिवार्य रुपमा दिनुपर्ने बताउदै आफूले पटक,पटक मन्त्रालयमा चिठ्ठि पठाएको बताए। सामाजिक बिकास मन्त्रालयले बजेट नपठाउदाँ यस्तो समस्या भएको उनको भनाइ छ।

मन्त्रालयले बजेट नपठाउदा अन्योल

कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले दुर्गमका अस्पतालको बजेट नपठाउँदा तलब,भत्ता राकिएको छ। २०७७ को कोभिड १९ महामारीमा डटेर काम गर्ने स्वास्थ्यकर्मीले तलब नपाएको बताएका छन्। जिल्ला अस्पताल कालिकोटले कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले बजेट नपठाउँदा समस्या भएको बताएको छ।

जिल्ला अस्पताल कालिकोटका  करारका कर्मचारीहरूको समस्या झन् जटिल बन्ने भएको छ। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेको  कोभिड १९ अस्पतालमा करारमा काम गरेकामध्ये २४ जना करारका कर्मचारीहरूको तलब नपाएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ।

करारमा भर्ना गरिएका अहेव,अनमि,स्वास्थकर्मी तथा कार्यालय सहयोगीहरूले कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयबाट बजेट नआउँदा तलब,भत्ता नपाएका हुन्। कार्यालयका पुराना कर्मचारी हटाएसंगै उनीहरूले कहाँ तलब खाने भन्ने समेत थाहा छैन।

दशै तिहार आउदा पनि कर्मचारीको  तलब समेत नपाउएको उनीहरुले बताएका छन्। आफूहरुले तलब भत्ता दिँदा आर्थिक कार्यविधि अनुसार लेखाले प्रक्रियान पुर्याई खर्च पनि नदिने भएकाले वैकल्पिक व्यवस्थाहरू गर्न नसकिएको अस्पतालले स्रोतले जनाएको छ।

प्रकाशित: १८ मंसिर २०७९ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App