coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रिम्याचुर शिशुका अभिभावकलाई सचेतना

समय नपुगी जन्मिएका (प्रिम्याचुर) शिशुका अभिभावकलाई विराटनगर अस्पताल  (विराट नर्सिङ होम)ले हेरचाह र उपचार सम्बन्धी सचेतना गरेको छ। कार्यक्रममा विराट नर्सिङ  होमका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह  कार्कीले २८ देखि ३७ हप्ताकाबीचमा जन्मेका र कम तौल भएका शिशुहरूको हेरचाह र उपचारमा विशेष ध्यानदिनु पर्ने बताए।

कार्कीले समय नै नपुगी बच्चा जन्मनु जोखिमपूर्ण हुने बताए। उनले शारिरीक परिपक्क नहुदा राम्रो स्वास्थ्य उपचार भएन भने बच्चाको मृत्यको जोखिम हुने स्पष्ट पारे।  यस्ता नवजात शिशुहरूलाई  साबधानिका साथ सघन उपचारमा राखेर बचाउन उपकरण र विशेषज्ञ डाक्टरबाट सम्भव रहेको डा कार्कीले बताए।  

‘२८ देखि ३७ हप्ताबीच २ केजी भन्दा कम तौलमा बच्चा जन्मनुलाई प्रिम्याच्युर अवस्थामा जन्मनु हो’ कार्कीले भने ‘यस्ता बच्चालाई जन्मे पछि उपचार र हेरचाहका लागि उच्च स्तरीय बाल सघन कक्ष चाहिन्छ।’  डा कार्कीले विराट नर्सिङ होममा पुर्बाञ्चलमै सबै भन्दा प्रविधियुक्त लेभल–आइ भी  नवजात शिशु सघन कक्ष सञ्चालनमा रहेको उनले बताए।  

विराट नर्सिङ होममा मात्रै मासिक ८ देखि १० जना प्रिम्याचुर बच्चाहरु बिराट नर्सिङ होममा मात्रै जन्मने गरेको कार्कीले जानकारी दिए। अन्य अस्पतालमा जन्मिएका प्रिम्याचुर शिशुहरू पनि यहि अस्पतालमा रिफर भएर आउने गरेको कार्कीले बताए। केहि दिन पहिले जन्मेका कमतौल भएका तिम्लिया शिशुहरूको पनि यहि अस्पतालमा उपचार भइरहेको र उनीहरू स्वास्थ्य अवस्था राम्रो रहेको कार्कीले बताए। यस्ता शिशुहरुमा आइपियो (अन्धोपना) को जोखिम बढी हुने गरेको उनले जानकारी दिए।  

कमतौल भएका र प्रिम्यचुर नवजात शिशुको हेरचाह र उपचारका विषयमा अभिभावक जानकार भए  यस्ता शिशुहरूमा अन्धोपनाको जोखिम समेत कम गर्न सकिने अस्पतालका बाल रोग विशेषज्ञ डा दिपराज उपाध्यायले बताए।  विराट नर्सिङ होमले समय अघि जन्मेका र कम तौल भएका बच्चाहरूको स्वास्थ्यसँगै हुनसक्ने अन्धोपनाको जोखिम कम गर्न विराट आँखा अस्पतासँग सहकार्य गरेको डा उपाध्यायले जानकारी दिए। ६ सय बच्चाहरु मध्ये १ सय ४० जनामा यस्तो अन्धोपन हुने गरेको तथ्याङकले देखाएको विराट आँखा अस्पतालका डा ललित अग्रवालले जानकारी दिए।  

प्रकाशित: २ मंसिर २०७९ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App