Nagarik News - ग्राहक विशेष http://nagariknews.nagariknetwork.com/feed/Grahak-Bises https://staticcdn.nagariknetwork.com/images/default-image.png https://staticcdn.nagariknetwork.com/images/default-image.png Nagarik News - ग्राहक विशेष http://nagariknews.nagariknetwork.com/feed/Grahak-Bises np Tue, 04 Nov 2025 06:31:38 +0545 <![CDATA[प्रकृतिसँगको सामीप्यमा नेपाल विश्वमै पहिलो]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/nepal-ranks-first-in-the-world-in-proximity-to-nature-10-50.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/nepal-ranks-first-in-the-world-in-proximity-to-nature-10-50.html

मानव–प्रकृतिबिचको सुमधुर सम्बन्धका हिसाबले नेपाल विश्वमा पहिलो राष्ट्र बनेको छ। विश्वका ६१ राष्ट्रमा गरिएको अध्ययनले ‘नेचर कनेक्टेड’ राष्ट्रको सूचीमा नेपाल सबैभन्दा अगाडि देखिएको हो।

विश्वका ६१ राष्ट्रका ५७ हजार सहभागी रहेको सो अध्ययनमा सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक कारकहरूले कसरी मानिसको प्रकृतिप्रतिको दृष्टिकोणलाई असर गर्छ भन्ने विषय विश्लेषण गरिएको थियो। वातावरण तथा समाजसम्बन्धी वैज्ञानिक जर्नल ‘एम्बिओ’मा शनिवार प्रकाशित उक्त प्रतिवेदनअनुसार सबैभन्दा बढी प्रकृतिसँग जोडिएका राष्ट्रको सूचीमा नेपालपछि दोस्रो, तेस्रो, चौथो र पाचौं राष्ट्रमा क्रमशः इरान, दक्षिण अफ्रिका, बंगलादेश र नाइजेरिया छन्। कुल ६१ राष्ट्रमध्ये प्रकृतिसँग सबैभन्दा न्यून सम्बन्ध जोडिएका राष्ट्रको सूचीमा अन्तिमतिर अर्थात् ६१औँ स्थानमा स्पेन, ६०औँ स्थानमा जापान र ५९औँ स्थानमा इजरायल छन्।

‘प्रकृति–सामीप्य’लाई एक स्थापित अवधारणा मानिन्छ, जसले कुनै व्यक्तिको प्रकृतिसँगको संज्ञानात्मक र भावनात्मक सम्बन्धलाई झल्काउँछ। यो मनोवैज्ञानिक अवधारणाअन्तर्गत कुनै व्यक्तिको अन्य जीवजन्तुसँगको सम्बन्ध मापन गरिने अध्ययन प्रतिवेदनमा उल्लेख छ। विभिन्न अध्ययनले प्रकृतिसँगको सम्बन्ध बलियो हुँदा व्यक्तिको मानसिक स्वास्थ्य राम्रो हुने र ऊ वातावरण–मैत्री व्यवहारमा बढी संलग्न हुने देखाएका छन्। यसैगरी प्रकृतिसँगको कमजोर सम्बन्धका कारण सम्बद्ध व्यक्तिले व्यक्तिगत भौतिक लाभलाई प्राथमिकता दिने हुँदा यसलाई जैविक विविधताको ह्राससमेत निम्त्याउने कारकसमेत मानिन्छ।

बेलायत र अस्ट्रियाका अनुसन्धानकर्ताको टोलीले गरेको उक्त अध्ययनले समाजमा उच्च ‘आध्यात्मिकता’को स्तरलाई प्रकृतिसँगको गहिरो सम्बन्धको सबैभन्दा बलियो ‘सूचक’ भनी देखाएको छ। अध्ययनले धर्म र आस्थालाई महत्त्व दिने समाजमा प्रकृतिसँगको सम्बन्ध पनि बलियो रहने देखाएको छ। अध्ययनको नेतृत्व बेलायतको डर्बी विश्वविद्यालयका प्राध्यापक माइल्स रिचर्डसनले गरेका थिए। प्रकृतिसँग सम्बन्धलाई कमजोर पार्ने कारकमा उच्च सहरीकरण, औसत आम्दानी र इन्टरनेट प्रयोगको दर रहेको अध्ययनमा उल्लेख छ।

‘प्रकृतिसँगको सम्बन्ध केवल हामीले के गर्छौँ भन्ने होइन तर हामीले कसरी महसुस गर्छौँ, सोच्छौँ र जीवित संसारमा आफ्नो स्थानलाई कति मूल्य दिन्छौँ भन्ने हो,’ अध्ययनका नेतृत्व गरेका रिचर्डसनलाई उद्धृत गर्दै बेलायती पत्रिका गार्जियनले लेखेको छ। अत्यधिक सहरीकरणको दौडमा रहेको समाजमा सहरभित्रै प्रकृति भित्र्याए मानिस र प्रकृतिबिचको सम्बन्ध पुनर्जीवित गर्न सकिने उनको दाबी छ। ‘तर यो केवल पार्क बनाउने विषय मात्र होइन। कसरी पवित्र सहरी प्रकृति सिर्जना गर्ने भनेर पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। केवल पार्क बनाउनु सजिलो छ तर हामी त्यसको गहिराइमा पुग्नुपर्छ,’ रिचर्डसनले भनेका छन्।

मानव–प्रकृति सम्बन्धका प्रमुख समष्टिगत कारकहरू र तिनलाई परिवर्तन गर्न सक्ने अन्य सहायक कारक बुझ्न वस्तुनिष्ठ र व्यक्तिपरक कारकको विश्लेषणसहित प्रारम्भिक अवधारणगत ढाँचा प्रस्ताव गर्ने र मानव–प्रकृति सम्बन्धको सूचकका रूपमा ‘प्रकृति–सामीप्य’ र दिगो विकास लक्ष्यका सूचकांकका बिचको तुलना गर्ने र त्यसको परीक्षण गर्ने उद्देश्य अध्ययनले लिएको थियो। विश्वका राष्ट्रको ‘आध्यात्मिकता’ र ‘प्रकृति–सामीप्य’बिचको सम्बन्धलाई धार्मिक आस्था र विश्वाससम्बन्धी तथ्यांकको विश्लेषणका आधारमा पहिलो पटक ‘वर्ल्ड भ्यालुज सर्भे’ अर्थात् ‘विश्वव्यापी मान्यता सर्वेक्षण’ले केही दशकअघि पुष्टि गरेको थियो।

शीर्ष १० स्थानमा भएका राष्ट्रहरू

१. नेपाल
२. इरान
३. दक्षिण अफ्रिका
४. बंगलादेश
५. नाइजेरिया
६. चिली
७. क्रोएसिया
८. घाना
९. बुल्गेरिया
१०. ट्युनिसिया

]]>
श्रीराम सुवेदी Tue, 04 Nov 2025 06:31:38 +0545
<![CDATA[‘सगरमाथा संकटमा छ, बचाऔं’]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1472333-1744854028.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1472333-1744854028.html

दुई दशकअगाडि पिचएचडी शोधकार्य गरेदेखि आजसम्म उनी हिमाल र हिमनदीसँग जोडिएका छन्। सगरमाथा क्षेत्रमा सात पटकसम्म पुगेर उनले विभिन्न अध्ययन गरेका छन्। उनी र उनको टोली खुम्बु हिमनदीमा अन्यत्रभन्दा किन छिटो हिउँ पग्लिरहेको छ भन्ने विषयमा अध्ययन गर्न गत साता सगरमाथा क्षेत्रमा पुगिसकेका छन्। उनी हुन्, बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डंकन क्विन्से। एक महिना लामो सगरमाथा अध्ययन मिसनमा जानुअघि नागरिक दैनिकका स्पेसल एसायनमेन्ट इडिटर श्रीराम सुवेदीले उनीसँग काठमाडौंमा उक्त मिसन, जलवायु परिवर्तनले सगरमाथालाई पारेको प्रभाव र अन्य विषयका कुराकानी गरेका छन्। प्रस्तुत छ– उनीसँग गरिएको कुराकानीको सारसंक्षेप ः

बेलायतदेखि हजारौँ माइलको यात्रा गरेर सगरमाथा क्षेत्रको अध्ययन गर्न आउनुभएको छ। सगरमाथासँग तपाईको साइनो के हो?

म सन् २००४ देखि नेपाल आइरहेको छु र त्यहीबेला मैले पिएचडी गर्दै थिएँ। मलाई त्यतिबेला हिमालका हिमनदीहरू जलवायु परिवर्तनसँगै कसरी परिवर्तन भइरहेका छन् भन्नेमा रुचि थियो। त्यसबेलादेखि म हिमालहरूको सर्वेक्षण, हिमनदीहरूको अध्ययन र जलवायु संकटका कारण हिमनदीहरू कसरी प्रभावित भइरहेका छन् भन्ने थाहा पाउन लगातार नेपाल आइरहेको छु। सगरमाथा भ्रमण यो पटक सातौं हो।

मलाई नेपाल संस्कृतिका हिसाबले धनी लाग्छ। हामीले अध्ययन गरिरहेका विषयसँग यहाँका मानिस र वातावरण प्रत्यक्ष जोडिएका छन्। नेपालको पहाडी क्षेत्रमा हामीले देखेका परिवर्तनहरू ऐतिहासिक दृष्टान्तभन्दा बाहिर छन्। यो परिवर्तनले पर्वतीय क्षेत्र र तल्लो तटीय क्षेत्रमा बस्नेलाई वास्तविक हिसाबले प्रभाव पारिरहेको छ।

मेरा लागि र विज्ञानको हिसाबले यो एकदमै महत्त्वपूर्ण पक्ष हो। किनभने अहिले भइरहेको वातावरणीय परिवर्तन र मानिसमा यसले पारेको प्रत्यक्ष प्रभावलाई हामी यहाँ जोड्न सक्छौं। हुन पनि हामी नेपालमा गाउँ, पर्वतीय शृंखला र हिमनदीहरू एकआपसमा जोडिएका छन्। मानिस र वातावरणबीचको त्यो सम्बन्ध धेरै विशेष छ र यसले मलाई बारम्बार नेपाल फर्काइरहन्छ। हामी पछिल्ला वर्षहरूमा भइरहेका परिवर्तनलाई मात्रात्मक रूपमा निर्धारण गर्न सक्षम भएका छौं। यिनै हिसाबले सगरमाथाले मेरो हृदयमा विशेष स्थान ओगटेको छ।

विज्ञानका हिसाबले सगरमाथाको समग्र स्वास्थ्य कस्तो छ? साँच्चै चिन्तित हुनुपर्ने अवस्था आएको हो?

पछिल्ला वर्षमा देखिएका घटनाक्रम र प्रमाणका आधारमा यो स्पष्ट रूपमा ‘संकट हो’ भन्न सकिन्छ। नेपालका हिमालको स्वास्थ्य राम्रो छैन। हिमाल शृंखलाको स्वास्थ्य समयसँगै साँच्चै खस्कँदै गएको छ। अहिले हामी तपाईंले भने झै एक संकटको बीचमा छौं।

हामीले प्रत्येक वर्ष गर्ने हिमनदीको मापनबाट त्यो देख्न सक्छौं। त्यो मापन भूउपग्रहका माध्यमबाट गर्न सकिन्छ। यसले हामीलाई देखाउँछ कि सगरमाथा हुँदै बग्ने हिमनदीहरू लगातार संकुचित (ग्लेसियर रिट्रिट) हुँदै छन्। कतिपय स्थानमा यो संकुचन केही मिटरले भएको छ। त्यसैले हामी देख्न सक्छौं कि अहिले हिउँ हराउने दर समयसँगै बढ्दै गइरहेको छ र त्यसको प्रभाव हामी हिमनदीहरूको सतहमा देख्न सक्छौं।

यसअघि जमेका हिउँ र बरफको ठाउँमा अहिले जताजतै पग्लेको पानी देख्न सकिन्छ। भूपउपग्रहबाट अहिले ती स्थानमा कतै पोखरी र कतै ताल देख्न सकिन्छ। यसले भित्री तहमा जमेका हिउँका तहहरू सतहमा देखिन थालेका छन्। हिउँ पग्लँदा पर्वतीय धारहरू अस्थिर हुँदै गएका छन्। यसले हिमपहिरोको जोखिम बढाएको छ।

संक्षेपमा, हामी भन्न सक्छौं कि हामी अहिले संकटको बीचमा छौं। हिमालहरूको स्वास्थ्य खस्कँदै गइरहेको छ। यसलाई रोक्न हामीले तत्काल केही कदम चाल्नुपर्छ।

तपाईंहरूको यस पटकको अध्ययन मिसनको उद्देश्य के हो? मिसन पूरा भएपछि हामी के आशा गर्न सक्छौं?

हामीले यसअघि पनि खुम्बु हिमनदीमा बरफको तापक्रम पत्ता लगाउन अध्ययन गरेका थियौं। पृथ्वीको सबैभन्दा उच्च स्थानबाट तल झर्दै गरेको यो हिमनदीमा बरफ धेरै चिसो हुनेछ भन्ने हामीले अपेक्षा गरेका थियौं। जब हामीले सगरमाथा आधारशिविर र त्यसभन्दा तलको हिउँको तहमा १९० मिटरसम्म ड्रिल गर्‍यौं र तापक्रम मापन सेन्सरहरूमार्फत तापमान लियौं, त्यहाँ सबैभन्दा चिसो हिउँ पनि मात्र माइनस ३.३ डिग्रीमा थियो। त्यो हाम्रा लागि आश्चर्यजनक नतिजा थियो। जुन वातावरणमा यो थियो त्यो त्यसअनुरूप थिएन। यो एक प्रकारको हामीलाई जाग्नका लागि घण्टी (वेक अप कल) थियो।

अहिलेको मिसनले त्यही अप्रत्याशित नतिजाको गहिराइसम्म पुग्न र गुत्थी पत्ता लगाउने उद्देश्य लिएको छ। सगरमाथाको ६ हजार मिटर उचाइमा रहेको पश्चिमी क्षेत्र ‘वेस्टर्न सिडब्लुएम’को सतही तापक्रम माइनस ५, माइनस १० अथवा माइनस १५ डिग्री सेल्सियस हुँदासमेत हामीले त्यहाँ पग्लेको पानी देखेका छौं।

यो त्यो उचाइमा हुने कडा सूर्यको तापले हुन सक्छ।

यसरी पग्लिएको पानी अपेक्षाकृत तातो हुन्छ। जब यो सतहमा रहेको हिउँ र बरफमा प्रवाहित हुन्छ, यो पुनः जम्छ र यो प्रक्रियामा यसले ताप छोड्छ। हामीलाई लाग्छ कि त्यो तापले बरफलाई गठन हुने बिन्दुमै तातो बनाइरहेको छ।

यसरी हिउँ तल बग्नुअघि नै तातो बनेको हुनुपर्छ। त्यसैले यो अध्ययनको क्रममा हामी गुत्थी पत्ता लगाउने प्रयास गर्नेछौं। यो अहिले एउटा हाइपोथेसिस (परिकल्पना) हो र हामी यसलाई परीक्षण गर्न गइरहेका छौं। यो प्रक्रिया कति महत्त्वपूर्ण छ भनेर हामी परीक्षण गर्नेछौं र मिसनले यो विषयमा थप ‘बुझाइ’ दिनेछ। सँगसँगै हामी भविष्यमा यी हिमनदीहरू कसरी विकसित हुनेछन् भनेर आकलन मोडेल बनाउन र ‘सिमुलेट गर्न’ सक्षम हुनेछौं।

यदि हामीले यो प्रक्रियालाई अहिल्यै यो सही हिसाबले बुझ्न सक्यौं भने यो अत्यन्त ठुलो विषय हुनेछ। हामीले धेरै राम्रो भविष्यवाणी गर्न सक्छौं। अनि सन् २०५०, २०७५, २१०० सम्म हिउँ र हिमनदी कति समयसम्म टिक्नेछन् भन्ने विषयमा आकलन गर्न धेरै सजिलो हुनेछ।

सगरमाथा। फाइल तस्बिर: सौजन्य इसिमोड

पग्लिनुभन्दा पनि सूर्यको उच्च तापका कारणले हिउँ सिधै वाष्पीकरण, उध्र्वपातन भइरहेको भनिन्छ। के तपाईंको तर्क यही हो?

हो, यो प्रक्रियाको एक भागको रूपमा उध्र्वपातन पनि रहेको छ। तर अहिले हाम्रो मिसनको प्रमुख उद्देश्यमा यसलाई हेरेका छैनौं। हामीलाई लाग्छ कि हिउँ र बरफभित्र पग्लिएको पानी प्रवेश गर्दा कस्तो प्रक्रिया र प्रतिक्रिया देखिन्छ भन्ने कुरा हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण विषय हो। यसले हिमनदीहरू भविष्यमा कति समयसम्म टिक्नेछन् भन्नेमा सबैभन्दा ठुलो प्रभाव पार्नेछ। त्यसैले हामी त्यही प्राथमिक उद्देश्यमा केन्द्रित छौं।

हो, हामीले पर्याप्त तथ्यांक पनि संकलन गर्नेछौं, जसले हामीलाई सगरमाथा क्षेत्रमा उध्र्वपातन प्रक्रिया र वाष्पीकरणले कसरी बरफका पिण्डको तापक्रमलाई प्रभाव पारिरहेका छन् भन्ने विषयमा थप जनाकारी मिल्नेछ।

नेपालले जलवायु परिवर्तनबारेमा विश्वको ध्यान आकृष्ट गर्न आगामी मे महिनाको १६ देखि १८ गतेसम्म ‘सगरमाथा संवाद’ आयोजना गर्दैछ। त्यसमा हिमाल र हिमनदीको सन्दर्भलाई नेपालले कसरी अधिकतम पैरवी र वकालत गर्न सक्छ?

मलाई लाग्छ नेपालले सगरमाथाको विषय विश्वव्यापी मञ्चमा राख्नुपर्छ। यो संवाद त्यसो गर्ने उत्तम अवसर हो। यो विषयमा गरिने कार्यशाला अथवा सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरूले सरकारका मन्त्रीहरूले हिमालले भोगेको वर्तमान संकट बुझ्न सक्छन् र उनीहरू विश्वका अन्य नेताहरूसँग यसबारेमा कुरा गर्न सक्छन्।

यसरी नेपालले नेतृत्व तहमा र निर्णय गर्न सक्ने तहलाई प्रभाव पार्न सक्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने, हामी यस्तो यात्रामा अथवा बाटोमा छौं, जहाँ आगामी एक पुस्ताभित्रै केही क्षेत्र लगभग बस्न अयोग्य हुनेछन्। हामी त्यही चरम परिदृश्यको संघारमा छौं। त्यसैले हामी निर्णय गर्न सक्ने मानिसलाई प्रभाव पार्न सक्षम हुनुपर्छ।

विश्वका लागि महत्त्वपूर्ण वातावरण र हिमालको अवस्थाबारे नेपालले आफ्ना कुरा विश्वव्यापी मञ्चमा राख्नुपर्छ। त्यसो गर्दा तथ्यांकसहित प्रस्तुत हुुनु पर्छ। यसले विषयको गम्भीरतालाई प्रष्ट पार्न सहयोग पुग्छ।

सगरमाथा विश्वव्यापी सम्पदा हो, साझा सम्पत्ति हो। यसको संरक्षण गर्न विश्वको भूमिका हुनु पर्दैन?

हो, विश्व समुदाय यसमा एकसाथ आउनुपर्छ। ठुला राष्ट्रहरू विशेषगरी जी–२० देशहरूले आफ्नो ऊर्जा उत्पादनको प्राथमिक स्रोतलाई जीवाश्म इन्धनबाट ऊर्जाको अन्य स्रोतमा जानु पर्छ। नवीकरणीय ऊर्जालाई प्राथमिक स्रोतको रूपमा प्रयोग गर्नुपर्छ। हामीले यो तत्काल गर्नुपर्छ। हामीले यो पहिले नै गरिसक्नुपर्थ्याे। जलवायु संकटसँग लड्ने यो एकमात्र तरिका हो। त्यससँगै मलाई लाग्छ, हामीले नेपाल जस्ता देशहरूले अन्यत्र भएको कार्बन उत्सर्जनबाट सामना गरिरहेका क्षतिको क्षतिपूर्ति र समायोजनका लागि माग गर्नु पर्छ। जलवायु परिवर्तनका लागि सबैभन्दा कम योगदान गर्ने समुदाय यसबाट सबैभन्दा बढी प्रभावित छन्।

मेरो मतलब हो, नेपालको हिमालमा, पहाडमा बस्ने मानिसले आफैंले धेरै कम प्रदूषण उत्पादन गर्छन्। तर उनीहरू प्राकृतिक वातावरणसँग अत्यन्त धेरे जोडिएका छन्। हिमाली क्षेत्रमा हामीले देखेका ती साना तथा ठुला परिवर्तनले ती मानिसलाई सबैभन्दा धेरै असर गर्छ। त्यसमा ठुलो अन्याय छ। त्यसैले जी–२० देशहरूले आज यो मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्ने बेला अहिले नै हो। त्यसो त यो वर्षौं पहिले हुनुपर्थ्याे।

हामीले आजै हामीलाई परिवर्तन गरे पनि हिमाल क्षेत्रका हिमनदीहरूले शताब्दीको अन्त्यसम्ममा २० देखि ३० प्रतिशतसम्म पिण्ड गुमाउनेछन्। यदि हामीले समयलाई पछाडि फर्काउन सकेको खण्डमा र कार्बन उत्सर्जन अपेक्षित हिसाबले घटाउन सकेको खण्डमा पनि हामी त्यो क्षति पहिले नै निम्त्याइसकेका छौं। त्यसैले सकारात्मक परिवर्तनका लागि जीवाश्म इन्धनहरूबाट तुरुन्तै टाढा रहनुपर्छ र नवीकरणीय ऊर्जामा लगानी गर्नुपर्छ। सँगसँगै हामी यो संकटबाट प्रभावित मानिससँग मिलेर काम गर्नुपर्छ, जसका कारण उनीहरू अल्पकालीन र दीर्घकालीन रूपमा भोग्नुपर्ने परिवर्तनमा अनुकूलन र समायोजन हुन सक्छन्।

यो संकट समाधानका अल्पकालीन र दीर्घकालीन उपाय के हुन सक्छन्?

अल्पकालीन भनेको अनुकूलन क्षमता बढाउने कार्य गर्नु हो। स्थानीयले अहिलेनै त्यस्ता परिवर्तन देखेका छन्। उनीहरूले भविष्यवाणी गर्न नसकिने हिसाबले मौसम परिवर्तनशील भएको देखेका छन्। पानी पर्ने र खेतीपाती गर्ने नियमिततामा उनीहरू पहिला अभ्यस्त थिए तर अहिले भरपर्दो हिसाबले बाली उब्जाउन सकेका छैनन्। एक वर्ष धेरै भारी वर्ष हुन्छ, अर्को वर्ष धेरै कम। त्यसैले अल्पकालीन भनेको निःसन्देह यिनै स्थानीयसँग मिलेर काम गर्नु हो। यसका लागि केही वित्तीय कोष हुनु पर्छ, जसले उनीहरूलाई ती परिवर्तनप्रति समायोजन हुन सक्षम बनाउने छ।

यो संकटको दीर्घकालीन सम्बोधन भनेको विश्वव्यापी रूपमा कार्बन उत्सर्जन घटाउनु हो। यसमा नेपालबाहेक अन्य देशको भूमिका अहं छ। निःसन्देह नेपालले पनि आर्थिक विकास गर्दै जाँदा र नयाँ उद्योगहरूमा लगानी गर्दै जाँदा त्यसलाई सकेसम्म जलवायुमैत्री बनाउनुपर्छ र वातावरणलाई स्वच्छ राख्नु पर्छ। विश्वव्यापी तापमान वृद्धि र कार्बन उत्सर्जन सन्दर्भमा र हिमालमा कालो कार्बन जम्मा भएको सन्दर्भमा नेपाल यो विषयमा झन् धेरै सचेत हुनुपर्छ।

नेपाल दुई ठुला कार्बन उत्सर्जक देशहरू भारत र चीनको बीचमा पर्छ। यो पृष्ठभूमिमा हामीले सगरमाथा बचाउन यी छिमेकी राष्ट्र र विश्व समुदायलाई एकसाथ ल्याउन सक्छौ?

मलाई लाग्छ नेपालले सर्वप्रथम विश्वव्यापी रूपमा परिवर्तनका लागि वकालत गर्नुपर्छ। सगरमाथा संवाद कार्यक्रमको आयोजना गर्नु यसका लागि उत्कृष्ट तरिका हो। निःसन्देह एक देशको रूपमा देश विकासका लगि नयाँ उद्योगहरूमा लगानी गर्नुपर्छ। यो आवश्यक छ। तर यसो गर्दा विद्यमान समस्या झन् बढाउने कार्य गर्नु हुँदैन। निःसन्देह नेपाल जस्तो देशलाई भारत, चीन जस्ता देशले गर्ने कार्बन उत्सर्जनलाई प्रभाव पार्ने हिसाबले काम गर्न धेरै गाह्रो छ। तर आफनै देशभित्रै यसले निःसन्देह आफ्नो वातावरणको ख्याल राख्न सक्छ। यस अभियानमा सहरव्यापी स्तरमा हुने कार्बन उत्सर्जन कम गर्ने पहल हुन सक्छन्।

काठमाडौंमा पनि सरसफाई अभियान चलाउन सकिन्छ। अहिले सयौं पर्यटकले यात्रा गर्ने कतिपय हिमालमा सरसफाइ भैरहेको छ। स्थानीयले वातावरणसँग प्रत्यक्ष काम गर्दा कसरी सकेसम्म दिगो पार्न सकिन्छ भनेर सुनिश्चित गर्न उनीहरूसँग मिलेर काम गर्नुपर्दछ।

जलवायु परिवर्तन अब कूटनीतिक विषय बनेको छ। यसका लागि नेपालले आफ्नो प्रयासलाई कसरी प्रभावकारी बनाउन सक्छ?

हो, जलवायु परिवर्तन मुख्यतया राजनीतिक मुद्दा हो। त्यसैले नेपालका राजनीतिज्ञहरूले निःसन्देह यी ठुला राष्ट्रका सम्बन्धित राजनीतिज्ञहरूसँग संवाद गर्नुपर्छ। तीमध्ये केही राजनीतिज्ञलाई नेपाल भ्रमणमा ल्याउनुपर्छ, उनीहरूलाई पहाडी वातावरणमा लैजानुपर्छ। उनीहरूलाई हाल भैरहेको घटनाक्रमलाई स्पष्ट रूपमा देखाउनुपर्छ। स्थलगत रूपमा हामी वर्षौंदेखि हिमालहरूमा कस्तो परिवर्तन भइरहेको छ भनेर देख्न सक्छौं।

हामीले चीन, भारत वा धेरै कार्बन उत्सर्जन गर्ने देशका निर्णयकर्तालाई साँच्चै प्रभाव पार्न सक्यौं भने दीर्घकालीन रूपमा परिवर्तन गर्ने त्यो नै सबैभन्दा उत्तम उपाय हुनेछ।

तर स्थानीय आफैंले यो चुनौती सम्बोधन गर्न पहल गर्न सक्छन्। उनीहरूले वातावरणमा आफ्नो प्रभाव कम गर्न सक्छन्। त्यतिबेला, स्थानीयस्तरमा भारत वा चीन जस्ता ठुला देशले गर्ने सहयोगबाट भन्दा ठुलो काम हुन सक्छ। नयाँ पुस्ताले हामीले सामना गरिरहेका चुनौती महसुस गरिसकेको छ। उनीहरूले आफूलाई समायोजन गर्न र समस्याको दीर्घकालीन समाधानका लागि धेरै मात्रामा कार्बन उत्सर्जन गर्नेलाई प्रभाव पार्न थालिसकेका छन्। यो राजनीतिक चुनौती भएकाले यसका लागि छिमेकी देशहरूसहित विश्वव्यापी हिसाबले प्रभाव पार्न नेपालभित्र बलियो नेतृत्व चाहिन्छ।

जलवायु कार्यका लागि जलवायु वित्त आवश्यक हुन्छ। तर त्यसलाई सुनिश्चित गर्न के गर्नुपर्ला?

जलवायु न्यायतर्फ अहिले ठुलो अभियान र आन्दोलन भैरहेको छ। यही कारणले हामीले धेरै मात्रामा कार्बन उत्सर्जन गर्ने देशहरूलाई अन्तर्राष्ट्रिय अदालतभित्र देखिरहेका छौं। त्यहाँ कानुनी कारबाही भइरहेको छ। केही ठुला र औद्योगिक संगठनलाई उनीहरूले वातावरणलाई पहिले नै पुर्‍याएको क्षतिका लागि क्षतिपूर्ति तिर्न लगाउने प्रयास भइरहेको छ। त्यसैले यो एउटा अगाडिको बाटो हो। ठुला राष्ट्रहरू क्षतिपूर्ति दिन सहमत हुनु पर्छ। यो न्यायपूर्ण समाज र विश्वका लागि आवशयक छ।

हामीले आज सामना गरिरहेका चुनौतीसँग जुध्न वित्त पोषण आवश्यक छ। त्यसैले जलवायु कोषको महत्त्व अधिक छ। मलाई लाग्छ, जी ७ र जी २० देशहरू यसमा अगाडि आउनुपर्छ। यसो हुन सकेमा नेपाल जस्ता देशहरूले अन्यत्र सिर्जना भएका समस्यासँग जुध्न र आफूलाई समायोजन गर्न सक्छन्।

हामीले कुरा गर्न छुटेको कुनै विषय छ?

नेपालसँग अझै पनि विश्वका सबैभन्दा सुन्दर पर्वत शृंखला छन्। यी सानदार छन्। यिनले आतिथ्यभाव अत्यधिक भएका पर्वतीय सर्वसाधारणलाई बाँच्ने आधार दिएका छन्। मलाई लाग्छ, पर्यटन उद्योग नेपालका लागि धेरै महत्त्वपूर्ण छ। पर्यटन उद्योगका केही वातावरणीय प्रभाव भए पनि म अझै पनि विश्वका मानिसलाई नेपाल आउन र यहाँको वातावरणको आनन्द लिन भन्न चाहन्छु। किनभने केही पुस्तामा नेपालका पहाडी क्षेत्रहरू धेरै फरक देखिनेछन्।

]]>
श्रीराम सुवेदी Thu, 17 Apr 2025 07:25:28 +0545
<![CDATA[सगरमाथा बचाउन एक वैज्ञानिक 'मिसन']]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1471764-1744381795.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1471764-1744381795.html

अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको ७ सदस्यीय टोली सगरमाथाको खुम्बु हिमनदीको हिउँ ‘पग्लिने बिन्दु (मेल्टिङ पोइन्ट) तर्फ किन उन्मुख छ भनेर पत्ता लगाउन शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ।

बेलायतका लिड्स, अवेरीस्टिथ, लेनक्यास्टर विश्वविद्यालय, किंगस कलेज लन्डन, नर्वेको बर्गन विश्वविद्यालयका यी वैज्ञानिकहरूले उक्त क्षेत्रमा एक महिना लामो स्थलगत अध्ययन गर्नेछन्। बेलायतका लिड्स विश्वविद्यालयका प्राध्यापक डंकन क्विन्सेले नेतृत्व गरेको टोलीले ६ हजार मिटर उचाइको ‘वेष्टर्न सिडब्लुएम’ क्षेत्रमा र लिड्स विश्वविद्यालयकाका अर्का प्राध्यापक लि ब्राउनको नेतृत्वमा अर्काे टोलीले वेस क्याम्प र उक्त हिमनदीको तल्लो तटमा हिमनदी खुम्चिँदा त्यहाँको जलीय जैविक विविधतामा परिरहेको असरका बारेमा अध्ययन गर्नेछन्।

क्विन्सेको टोलीले सगरमाथामा पश्चिमी क्षेत्र ‘वेष्टर्न सिडब्लुएम’को ६ हजार मिटर उचाइमा रहेको हिउँमा १५ मिटर ड्रील गरेर गहिराइमा रहेको हिउँमा जलवायु परिवर्तनले पारेको प्रभावका बारेमा अध्ययन गर्ने तयारी छ।

ड्रील गरेर बनाइएको उक्त प्वाँलमा ‘३६० डिग्री’ भिडियो क्यामरा राखेर गहिराइमा रहेका हिउँ र बर्फको संरचनागत अध्ययन गरिनेछ। सतहमा पग्लेको पानी भित्री तहमा छिरेर पुन: जम्दा छुटै तह (लेयर) कायम गर्ने भएकाले भिडियो इमेजमार्फत भित्री तहमा ‘पग्लेको पानी’ कुन मात्रामा पुगेको छ भन्ने हेरिने क्विन्से बताउँछन्।

यी प्वाँलमा तापक्रम मापन गर्ने ‘सेन्सर’ राखेर आगामी १२ महिनासम्म दैनिक रूपमा भूउपग्रहमार्फत तथ्याङ्क सङ्कलन गरिनेछ। यसो गर्दा केही समस्या आएमा अर्काे वर्षको बसन्त याममा वैज्ञानिक टोलीले स्थलगत भ्रमण गरेर यी उपकरणले रेकर्ड गरेका तथ्याङ्क सङ्कलन गरिनेछ।

यो तथ्याङ्कले सतहमा हिउँ र बरफका तह कति तातो छन्, कुन तीव्रतामा ‘पग्लेको पानी’ भित्र छिर्छ र पुन: जम्छ भन्ने जानकारी दिइनेछ। सतहमा रहेको मौसम केन्द्र (वेदर स्टेसन) ले उपलब्ध गराउने तथ्याङ्कले उक्त उचाइमा सौर्य विकीरणको शक्ति र हिमनदीको पग्लने क्रममा रहेको अन्तर्सम्बन्धलाई प्रष्ट पार्ने क्विन्सी बताउँछन्।

‘यो पग्लने र पुन: जम्ने प्रक्रियाले हिउँ र बरफलाई कति स्तरमा तातो बनाएको छ भन्ने आकलन गर्न सहज हुनेछ,’ उनले सगरमाथातर्फ जानुअघि नागरिकसँग भने।

सगरमाथामा हालसम्म ७ पटक अध्ययन भ्रमण गरेका क्विन्सेलगायतको टिमले यसअघि सगरमाथाको आधार शिविर र त्योभन्दा तल रहेको हिउँको तहमा ड्रील गरेर १९० मिटर गहिराइमा तापक्रम सेन्सर राखेर अध्ययन गर्दा त्यति भित्र पनि सबैभन्दा चिसो बरफको तापक्रम माइनस ३.३ डिग्री मात्र रहेको पाएको थियो। वैज्ञानिकका लागि त्यो आश्चर्यजनक नतिजा थियो।

‘हामीले त्यो बरफ त्योभन्दा धेरै चिसो हुने अपेक्षा गरेका थियौँ। विशेषगरी जुन चिसो वातावरणमा हामीले यसलाई भेट्टाएका थियौँ, त्यो हिसाबले यो आश्चर्यजनक थियो। यसको स्थानीय जलवायुसँग सामञ्जस्यता थिएन,’ उनले भने ।

त्यही नतिजाको गुत्थीमा पुग्न अहिले यो अध्ययन गर्न लागिएको चर्चा गर्दै उनले यो अध्ययनले भविष्यमा हिमनदीहरू भविष्यमा कसरी विकसित हुनेछन् भनेर मोडेल गर्न अथवा सिमुलेट गर्न आधार दिने बताए।

‘परिवर्तित अवश्थामा उच्च हिमाली क्षेत्रमा आगामी कति वर्षसम्म हिउँ टिक्न सक्नेछन् भन्ने विषयमा अध्ययन महत्त्वपूर्ण हुनेछ,’ उनले भने। जलवायु परितर्वनको कारण सगरमाथालगायत हिमालय क्षेत्रमा हिउँनदी पग्लने क्रममा तीव्रता आएको कैयन् वैज्ञानिक अध्ययनले देखाएका छन्।

सगरमाथाको धारमा हिउँ जम्दा यसले स्थिरता दिने तर, पग्लँदा यो अस्थिर बनेर हिउँ पहिरो जाने प्राध्यापक क्विन्से बताउँछन्। ‘विज्ञानका हिसाबले सगरमाथा अहिले संकटको बिचमा छ। यसलाई संरक्षण गर्न तत्काल पहल गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘सगरमाथा विश्वव्यापी सम्पदा हो, एक सम्पत्ति हो। यसको संरक्षणमा विश्व समुदाय एक हुनैपर्छ।'

जलवायु परिवर्तनका लागि खनिज इन्धनको प्रयोगले गर्ने कार्बन उत्सर्जन प्रमुख कारण रहेको मानिन्छ। विश्वको कुल कार्बन उत्सर्जनमा जी-२० समूहका राष्ट्रको हिस्सा ८० प्रतिशतभन्दा बढी छ ।

‘यी राष्ट्रहरूले ऊर्जा उत्पादनको मुख्य स्रोतमा रहेको जीवाश्म इन्धनबाट टाढा रहनुपर्छ र नवीकरणीय ऊर्जामा रूपान्तरण हुनुपर्छ। त्यसो गर्न सकेमा मात्र जलवायु सङ्कटसँग जुध्न सकिनेछ,’ उनी भन्छन्।

अन्यत्र भएको कार्बन उत्सर्जनबाट क्षति बेहोरिरहेका नेपालजस्ता राष्ट्रलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने बताउँदै प्राध्यापक क्विन्से भन्छन्, ‘यो विषय जलवायु न्यायसँग प्रत्यक्ष सम्बन्ध राख्दछ। जलवायु न्याय नेपालको नैसर्गिक अधिकार हो।’

जलवायु परिवर्तन मुख्यतया राजनीतिक मुद्दा रहेको प्रसङ्ग उद्धृत गर्दै उनले त्यसैले नेपालका राजनीतिज्ञहरूले अन्य राष्ट्रहरूका सम्बन्धित राजनीतिज्ञहरूसँग संवाद गर्नुपर्ने उनको सुझाव छ । नेपालसँग अझै पनि संसारको सबैभन्दा सुन्दर पर्वत श्रृङ्खला रहेको चर्चा गर्दा उनले भने, ‘म विश्वका पर्यटकलाई नेपाल आउन र यहाँको वातावरणको आनन्द लिन आग्रह गर्दछु। किनभने किनभने केही पुस्तामा पहाडी क्षेत्रहरू धेरै हिसाबले फरक देखिनेछन्।'

]]>
श्रीराम सुवेदी Fri, 11 Apr 2025 20:14:55 +0545
<![CDATA[एकीकरण पदमार्ग: इतिहास हस्तान्तरणको यात्रा]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1464658-1739273980.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1464658-1739273980.html

नेपाली सेनाले भावी पुस्तालाई इतिहास हस्तान्तरण गर्ने लक्ष्य र उद्देश्यसहित एकीकरण मार्ग–पदयात्रा सञ्चालन गर्दै आएको छ। नेपाल एकीकरणका दौरान अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवर्द्धन गरी ‘ट्रेकिङ ट्रेल’का रूपमा विकसित गर्ने योजनासहित नेपाली सेनाले एकीकरण मार्ग पदयात्रा गर्न थालेको ५ वर्ष पुगेको छ । पाँच वर्षको अवधिलाई नियाल्ने हो भने सेनाले इतिहास पुस्ता हस्तान्तरण मात्र होइन संरक्षणको काम पनि गरिरहेको छ।

कोरोना भाइरसको महामारीकै बेलामा पनि नेपाली सेनाले लकडाउन र निषेधाज्ञालाई जनचेतनाकै रूपमा एकीकरण मार्ग सञ्चालन गरेको थियो । त्यसयता यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । नेपाल एकीकरणका बेला प्रयोग भएका बाटो र गढी–किल्लाहरूको संरक्षणका लागि सेनाले एकीकरण मार्ग कार्यक्रम सञ्चालन गरेको हो । नेपाली सेनाका सहायक रथी एव प्रवक्ता गौरव केसीले यो पदयात्रालाई इतिहास र भूगोल एकसाथ जोडेको बताउँछन् । ‘अहिलेको पुस्तामा इतिहासको पढाइ लेखाई कमजोर देखियो । विश्वविद्यालयमा हेर्ने हो भने इतिहासका विद्यार्थी निकै कम छन् । पहिलो मानविकी अध्यापन गराउने क्याम्पसमा इतिहासको पढाइ हुन्थ्यो । अहिले त्यो कम छ छदै छैन भन्ने होइन तर कम छ । कुनै पनि पुस्ताले हाम्रो इतिहासको बारेमा पर्याप्त जानकारी हुनुपर्छ । इतिहास भनेको हरेकले जानकारी राख्नुपर्छ र यो इतिहास मात्र होइन भूगोल पनि भएकाले नेपालको भूगोलको बारेमा पनि नयाँ पुस्ताले थाह पाउनुपर्छ’, सहायक रथी केसीले भने ।

यही क्रममा नेपाली सेनाले नेपालका गढी, किल्ला र युद्धस्थलहरुको परिचयात्मक पुस्तकहरू पनि तयार गरेको छ । नेपाली सेनाले ऐतिहासिक एवं पुरातात्त्विक महत्वका वस्तु, सम्पदा, स्थल एवं दस्ताबेजहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले जारी गरेको ‘प्रधानसेनापति कमान्ड मार्ग निर्देशन–२०७५’ को लक्ष्य नं. ६ मा नेपाल, नेपाली र नेपाली सेनाको इतिहास प्रवर्द्धन गर्ने विषय उल्लेख छ । यही कार्यक्रम अन्तर्गत सिन्धुलीमा गढी संग्राहलय र बारामा इतिहास झल्कने गरी एकता पार्क निर्माण भैसकेको छ।

‘एकीकरण पदमार्ग’ नेपाली सेनाले तयार गरेका धेरै महत्त्वपूर्ण काममध्ये एउटा हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा सयौँ पहाड, खेत, नदी र खोला तरेर गोर्खाबाट काठमाडौँसम्म पैदल यात्रा गरेका इतिहास विश्वमै परिचित छ । यो विषय नयाँ पुस्तालाई पनि जानकारी गराउने उद्देश्य राखिएको छ । पृथ्वी नारायण शाह बिस वर्षको उमेरमा राजा भएपछि भोगविलास, परिवार सबै बिर्सेर राष्ट्र एकीकरणमा अविराम अभियानमा लाग्दा भोगेको दुःखको सँगालोको रूपमा पनि नयाँ पुस्तालाई जनाकारी यो पदमार्ग यात्राले दिएको छ ।

नेपाल एकीकरण क्रममा युद्ध लड्न बनाइएका गढी, किल्ला र कोटहरू लामो समयसम्म संरक्षणविहीन रहेका थिए । सरकारले ऐतिहासिक गढी संरक्षणमा चासो नदेखाउँदा सामरिक महत्व राख्ने गढी अवशेषमा सीमित भएको र कतिपयको त अवशेष पनि हराउने अवस्था पुगेपछि नेपाली सेनाले यसको महत्वलाई ध्यान दिएर संरक्षण गर्न थालेको छ।

काठमाडौं, दहचोकस्थित नौ वटा ऐतिहासिक गढी अन्तर्गत दह चोक गढीमा पृथ्वीनारायण शाह आफैँ बसेका थिए भन्ने गरिन्छ । एकीकरण क्रममा लडाइँ लड्न सामरिक महत्वका स्थानमा अस्थायी या स्थायी रूपमा किल्ला खडा गरेर गढी बनाइएका थिए । धेरैजसो गढीहरू त्यस बेलाको समय अनुसार काठ, माटो र ढुङ्गा प्रयोग गरी बनाइएका थिए । पृथ्वीनारायण शाहको पालामा गोरखाबाट गढी बनाउने काम सुरु भई हाल भारतको टिस्टा नदीसम्म पुर्‍याइएको इतिहासविद्हरूको दाबी छ । पृथ्वीनारायण शाहपछि पनि नेपाल एकीकरण अभियान जारी रह्यो । त्यसपछि पूर्वको टिस्टादेखि काँगडासम्म गढी बनाइए । यस्ता गढी करिब ३ हजार भएको इतिहासकार बताउँछन् । पृथ्वीनारायण शाहको पालामा मात्रै विभिन्न स्थानमा करिब एक हजार गढी बनाइएका थिए ।

इतिहासकारका अनुसार पृथ्वीनारायण शाहको निधनपछि उनकी जेठी बुहारी एवं प्रतापसिहं शाहकी पत्नी राजेन्द्र लक्ष्मीको पालामा लमजुङ, कास्की र तनहुँमा गढी बनाइएका थिए । त्यसपछि बहादुर शाहको पालामा कास्कीलगायत स्थानमा गढी बनाइए । रणबहादुर शाहको पालामा काँगडासम्म गढी बनाइएका थिए।

२०४६ अघिसम्म गढीको संरक्षण र सुरक्षाको जिम्मा रक्षा मन्त्रालयअन्तर्गत थियो । त्यसपछि गढीको सुरक्षा जिम्मा स्थानीय विकास मन्त्रालयले लियो । गढी सुरक्षाको जिम्मा स्थानीय विकास मन्त्रालयमा आएपछि गढी र किल्लाको सुरक्षा गर्ने जिम्मेवारी सम्बन्धित गाविस र नगरपालिकालाई दिइयो । गढी सुरक्षा जिम्मा गाविस र नगरपालिकामा आएपछि अलपत्र हुने क्रम सुरु भएको नेपाली सेनाका अधिकारीले बताएपछि यसलाई संरक्षण गर्नुपर्ने आवाज सर्वत्र उठ्न थालेको थियो । त्यसपछि नेपाली सेनाले यसलाई महत्त्व दिएर हरेक वर्ष एकीकरण मार्ग पदयात्रा गर्न थालेको हो । २०७६ पुस १८ देखि २७ गतेसम्म गोरखा–काठमाडौँबिच पृथ्वीनारायण हिँडेको पदमार्गमा नेपाली सेनाले सयौँलाई पहिलो पटक पदयात्रा गरायो।

पृथ्वी नारायण शाहले वि.सं १८०३ देखि १८२० सम्म काठमाडौँ र काभ्रेपलान्चोक जिल्ला एकीकरण अभियानमा गोरखापछि प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान भएका थिए । पहिचान भएका छ पद मार्गमध्ये १८२० कात्तिक १० गते धुलिखेल विजय पश्चात् चौकोट–शारदा कोट–गोरखनाथ हुँदै सोही कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गमा पदयात्रा भएको सैनिकहरूले जनाएका छन्।

विभिन्न अभिलेखअनुसार सेनाद्वारा पहिचान गरिएका अन्य पदमार्गमा १८०३ मा नगरकोट कब्जा गरेपश्चात् १८१६ मा नगरकोट–अनेकोट–लामिडाँडा हुँदै पलान्चोक कब्जा गर्न प्रयोग भएका बाटो, १८१८ मा पलान्चोक विजय पश्चात् भमरकोट–काभ्रेकोटसमेत विजय गरी सोही असार ३० गते चौकोटमाथि हमला गर्दा प्रयोग भएको बाटो, चौकोट विजय पश्चात् फस्कोट–फूलबारी कोट–बुचाकोट–मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमाल कोट कब्जा गर्न प्रयोग गरिएको बाटो, तेमाल कोट विजय पश्चात् १८२० कात्तिक १० गते धुवाँकोट–दाप्चा–नमो बुद्ध–फस्कोट हुँदै पुनः चौकोट विजय र सोही दिन कोट खेल हुँदै धुलिखेल विजय गर्दा प्रयोग भएको बाटो र धुलिखेलबाट गोसाईं स्थान–नाल कोट–साँगा हुँदै बनेपा पनौतीबाट नागी डाँडा–साँगा हुँदै बनेपा आउन प्रयोग गरिएका बाटो रहेका छन् ।

नेपाली सेनाका अवकाशप्राप्त उपरथी ताराबहादुर कार्की भने यो पदयात्रा इतिहास भूगोल मात्र नभई त्यति बेलाको सामरिक मार्गको महत्त्व बुझाउने त्यसले नयाँ पुस्तालाई एकीकरण कसरी भएको रहेछ भन्ने जानकारी दिने बत्ताउँछन् । ‘ नेपाल एकीकरणको सफलता र एकताको प्रतीक भएको, त्यति बेलाको सैन्य रणनीतिको विषय, पदमार्गको छनौट विषय पनि अध्ययन अनुसन्धान पाटो हो ।

त्यस कारण नेपाली सेनाले यसको सुरुवात गरेको हो । साथै एकीकरणको रणनीतिक योजना र सामरिक महत्त्व पनि भएकाले यसको स्मरण हुने भएकाले नेपाली सेनाले पछ्याउँदै आएको छ । भावी पुस्तालाई नमुना होस भन्ने भावना सेनाको छ’, अवकाशप्राप्त उपरथी कार्कीले भने।

यसै गरी पृथ्वीनारायण शाहले काठमाडौँसम्म यात्रा गरेको बाटो गोरखा–धादिङ–नुवाकोट हुँदै काठमाडौँसम्म टर्च बालेर पदयात्रा गरेको थियो । नेपाल एकीकरणको सुरुवात गोरखाबाट भएको र इतिहासका हरेक घटनामा गोरखा जोडिएकाले सेनाले गर्ने एकीकरण सम्बन्धी कार्यक्रम र गतिविधि गोरखाबाटै हुने गरेको छ । अर्कोतर्फ गोरखादेखि तनहुँ, पाल्पा हुँदै रुपन्देहीको जितगढी महत्त्वपूर्ण पदयात्रा हो।

जितपुरगढीलाई युद्ध संग्रहालयको रूपमा पनि विकास गरिदैछ । पृथ्वीनारायण शाहपछि पनि यस्ता पदमार्गहरू प्रयोग भएका पाइन्छन् । इतिहासकारहरूले यो पदमार्ग यात्रालाई पछिल्लो वस्तुस्थितिलाई नेपाली एकीकरण सम्झाउने सांस्कृतिक, सामाजिक र भौगोलिक एकताको सन्देश बोकेको कार्यक्रमको रूपमा चित्रण गरेका छन् । यो एकीकरण पदयात्रामा स्थानीय तहको पनि संलग्नता रहेको छ ।

जहाँ जहाँ एकीकरण पदमार्ग रहेका छन् ती पदमार्ग पर्ने स्थानीय तहले नेपाली सेनालाई स्थानीय तहका जनता, जनप्रतिनीधिहरुले बाजागाजा सहित साथ दिएका छन् । त्यसमध्येका तनहुँ भानु नगरपालिका मेयरले यसलाई सांस्कृतिक, सामाजिक सद्भाव यात्राको रूपमा पनि अर्थ्याएका छन् । ‘इतिहास जान्ने अधिकारी हाम्रो नै हो । इतिहासको संरक्षण गर्ने पुरातात्त्विक महत्वका ठाउँलाई देशव्यापी चिनाउने र अहिले भड्किँदै गएको सामाजिक सद्भावलाई कायम गर्ने जिम्मेवारी पनि हाम्रो हो । त्यस कारण नेपाली सेनाले यो एकीकरण पदमार्ग अन्तर्गतको पदयात्राले सांस्कृतिक, सामाजिक र भौगोलिक रूपमा एकीकरणको सन्देश दिएको छ’, मेयर त्रिपाठीले भने ।

गढी किल्लाहरू

नेपाल एकीकरणकर्ता राजा पृथ्वीनारायण शाह र उनले युद्ध लडेका विभिन्न गढी र किल्लाको विषयमा नेपाली सेनाका सहायक रथी (बृगेडियर जनरल) प्रेमसिंह बस्न्यातले खोज अनुसन्धान गरी ‘नेपालका गढी–किल्ला दर्पण’ (सैनिक इतिहास) नामक अलग्गै पुस्तक लेखेका छन्।

उनले नेपालभित्र रहेका र नेपाली सेनाले युद्ध लडेका तर हाल नेपालबाहिर (भारतका विभिन्न इलाकामा समेत) पारिएका गढ, गढी, गड, गौँडा, किल्ला, क्वाथ, कोत (कोट), खलङ्गा, चोकहरूमा आफैँ पुगेर, ती स्थानमा पहिले भएका युद्ध, हाल ती स्थलहरूको अवस्था, तिनको महत्त्व र मर्मत सम्भार एवम् संरक्षणबारेमा अध्ययन गरेको पाइन्छ।

नेपाली भूमिमा नेपाल राष्ट्र निर्माण अभियानको सिलसिलामा पछिल्ला दिनमा लडिएका युद्ध विवरणहरूको रहेको छ । पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका भूमिमा लडिएका युद्ध विवरण र युद्धस्थलहरुको शाब्दिक चित्रण गरिएअनुसार नै गढीहरू उल्लेख गरिएका छन्।

पूर्वको हतुवा गढी, उदयपुर गढी, चौदण्डी गढी, चैनपुर गढी, सिद्धिपुर गढी, संगुरी गढी, विजयपुर गढी, गढी थुम्का (इलाम), सिन्धुली गढी, सिन्धुलीको पोैवा गढी, सिन्धुपाल्चोकको दुगुना गढी, लिस्तिकोट, कप्तान पाटी, साँगा चोक गढी, पलान्चोक गढी, भंवरकोट गढी, फूलबारी कोट, जहरसिंह पौवा, नालदुम तथा महादेव पोखरी, नालदुम गढी, कपन गढी, दह चोक, रसुवागढी, नुवाकोट, बेलकोट, समनपुर, बारा गढी, सिम्रौनगढ, तिमालकोट, अम्बास गढी, ढुङ्गे गढी, मकवानपुर गढी, हरिहरपुर गढी, डढुवा गढी, चिसापानी गढी, पर्सा गढी, कान्द्राङ्ग गढी, लिगलिग कोट, गोर्खा दरबार कोट, लमजुङ दरबार कोट, लमजुङको पुरानो कोट, तुर्लुङ कोट, रागीनास कोट, कास्की कोट, सिन्च्याङ गढी, प्याहुली गढी, उपर दाङ गढी, कबिलासका गढी, सुमेश्वर गढी चितवन, पाल्पाको जितगढी, स्याङ्जाको सतहुं (कोट) गढी, नुवाकोट (पल्लो) गढी, शिवराज (स्युराज) गढी, छिल्लिकोट, बयलकाटा गढी, मङ्गल गढी, दुल्लु गढी, दैलेख गढी, जोरायल (डोटी) गढी (कोट), अमरसिंह गढी डडेलधुरा, अजयमेरु कोट (दरबार), तिखा गढी डोटी, समेत हाल नेपालभित्र रहेका गढीहरू उल्लेख गरिएका छन् । सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, रसुवा, सिन्धुली, इलाम, धनकुटा, भोजपुर, उदयपुर, मकवानपुर, लमजुङ, चिसापानी, चितवन, रुपन्देही, कपिलवस्तु, दैलेख र डडेलधुराका गढी समेटिएको छ ।

'नयाँ पुस्तालाई इतिहासको जानकारी दिनुपर्छ'

सहायक रथी गौरव केसी, प्रवक्ता (नेपाली सेना)

एकीकरण मार्ग पदयात्राको महत्त्व के रहेको छ ?

पृथ्वीनारायण शाहको फौजले तत्कालीन समय र परिस्थितिमा एकीकरणको क्रममा पैदल बाटो कसरी प्रयोग गरियो र कुन–कुन बाटो प्रयोग भएको थियो भनेर नयाँ पुस्ताले एकीकरण मार्ग पदयात्रा मार्फत थाह पाउनुपर्छ । त्यो बाटो उजागर होस, सर्वसाधारणलाई जानकारी होस, लडाइको बेला फौजहरू कसरी ‘मुभ’ भएका थिए । नेपाली सेनाले विशेष गरी पहिलो पटक गोरखाबाट काठमाडौँमा गरेका थियौ । यसपछि देशका विभिन्न भागमा भएको छ । अहिलेको पुस्तालाई त्यति बेला कुन कुन बाटो प्रयोग भएका थिए भनेर जान्नुपर्नेछ ।

यसबाट भावी पुस्तामा कसरी इतिहास हस्तान्तरण हुन्छ ?

अहिलेको पुस्तामा इतिहासको पढाइ लेखाई कमजोर देखियो । विश्वविद्यालयमा हेर्ने हो भने इतिहासका विद्यार्थी निकै कम छन् । पहिलो मानविकी अध्यापन गराउने क्याम्पसमा इतिहासको पढाइ हुन्थ्यो । अहिले त्यो कम छ छदै छैन भन्ने होइन तर कम छ । कुनै पनि पुस्ताले हाम्रो इतिहासको बारेमा पर्याप्त जानकारी हुनुपर्छ । इतिहास भनेको हरेकले जानकारी राख्नुपर्छ । कतिपय मुलुकको इतिहास छोटो छ र उनीहरूले आफ्ना पुस्तालाई कला,संस्कृति, भाषा इतिहासको बारेमा जानकारी गराउँछन् । हाम्रो मुलुकको एकीकरण लामो छ, यसलाई भावी पुस्ताले नेपालीबाटै थाह पाउनुपर्छ । अझ अहिलेको पुस्ताले राष्ट्र र राष्ट्रियताबारे जानकारी राख्नु आवश्यक छ । त्यसकै अनुपम उदाहरण हो एकीकरण मार्ग पदयात्रा हो । यो कार्यक्रमका लागि नेपाली सेनाले सरकार, स्थानीय तह र जनताबाट अथाह सहयोग पाएको छ।

यो कहिलेसम्म चल्छ ?

नयाँ नयाँ पदमार्ग खोजेर गरिरहन्छौ । गोरखा, काठमाडौँ, गोरखा जितपुर अहिले पूर्वतिर पनि चलेको छ । स्थानीय तहको पनि सहभागिता छ । नयाँ पुस्ताको पनि सहभागिता छ । त्यस कारण यस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको हुन्छ । पूर्वतिरबाट पनि अहिले उत्सुकता पूर्वक एकीकरण मार्ग पदयात्रा चलिरहन्छ ।

'रणकौशलको मार्ग हो'

ताराबहादुर कार्की, पूर्व उपरथी(नेपाली सेना)

एकीकरण मार्गमा किन पदयात्रा गरियो ?

नेपालको एकीकरणको दौरानमा पृथ्वीनारायण शाहले जुन बाटो प्रयोग गर्नुभयो र नेपाल एकीकरणको अभियान सञ्चालन गर्नुभयो त्यो बाटो महत्त्वपूर्ण छ । नेपाल एकीकरण कसरी भयो भनेर बुझ्न नयाँ पुस्ताले इतिहासको पाना मात्र पल्टाउने होइन पदयात्रा नै गरेर थाह पाउनुपर्‍यो । भोलीका दिनमा यस्ता मार्गहरू हराउँदै जानेछन् र इतिहासको महत्त्वपूर्ण पाटो लोप हुनसक्छ ।

नेपाल एकीकरणको सफलता र एकताको प्रतीक भएको, त्यति बेलाको सैन्य रणनीतिको विषय, पदमार्गको छनौट विषय पनि अध्ययन अनुसन्धान पाटो हो । त्यस कारण नेपाली सेनाले यसको सुरुवात गरेको हो । साथै एकीकरणको रणनीतिक योजना र सामरिक महत्त्व पनि भएकाले यसको स्मरण हुने भएकाले नेपाली सेनाले पछ्याउँदै आएको छ । भावी पुस्तालाई नमुना होस भन्ने भावना सेनाको छ ।

यसलाई किन सामरिक महत्त्व भनिएको हो ?

त्यति बेलाको अवस्थालाई हेर्दा त्यो रणनीतिक मात्रै नभएर सामरिक महत्वको मार्ग छनौट भएको छ । रणनीतिक महत्वको मात्र देखिँदैन सामरिक महत्वको मार्ग छनौटले कतिपय स्थानको विजयलाई सुनिश्चित गरेको छ भने कतिपय स्नानमा बैरीको सेनालाई पराजित गर्न सफल भएको देखिन्छ । त्यति बेला रणनीति कौशल थिएन भने वैरीका फौजलाई त्यति बेलाको सैनिकलाई अप्ठेरो पनि पर्न सक्थ्यो तर जुन ढङ्गले एकीकरण पदमार्गको छनौट भएको छ त्यो सामरिक दृष्टिकोण र रणनीतिक कौशलको महत्वको छ भन्ने पुष्टि हुन्छ । केही ठाउँमा रहँदा अङ्ग्रेजहरूको फौजको आक्रमणलाई समेत विफल बनाएको देखिन्छ । त्यस कारण पनि यो रणनीतिक हुनुका साथै रण कौशलको रूपमा पनि अब्बल पदमार्ग हो ।

यो पदयात्रा भावी पुस्तालाई इतिहास हस्तान्तरणको कार्यक्रम कसरी बन्यो त ?

नेपाली सेनाले विगत केही वर्षदेखि एकीकरण मार्ग पदयात्राको कार्यक्रम सञ्चालनमा अहिलेको पुस्ताको रुचि देखिन्छ । हाम्रो नेपाल कसरी एकीकरण भएको रहेछ, कुन बाटोको प्रयोग भएको रहेछ भन्ने जानकारीका लागि सेनासँग सर्वसाधारणको सहभागिताले पुष्टि गरेको छ । पदमार्गमा पर्ने स्थानीय तहहरूले पनि यसलाई साथ दिएको देखिन्छ । साथै अहिलेको पुस्ताले यसबारेमा जानकारी लियो भने भावी पुस्तालाई त्यही कुरा जानकारी हुँदै जान्छ अर्थात् अहिले जे सिकायो र सिकाइयो र इतिहासको यथार्थ चित्रण गराइयो भने पछिल्लो पुस्तामा हस्तान्तरण हुँदै जाने हो । जुन काम नेपाली सेनाले गरेको छ यसलाई नै इतिहास हस्तान्तरणको रूपमा हेर्न सकिन्छ । साथै यो साहसिक दूरदर्शी रणनीतिको इतिहास हस्तान्तरण पनि हो । यो विषयलाई हामीले भावी पुस्तालाई जानकारी दिनुपर्छ । त्यति बेलाको सैनिकमा रण कौशलको जानकारी दिनुपर्छ ।

'पदयात्राले सांस्कृतिक एकिकरणको सन्देश दिएको छ'

आनन्दराज त्रिपाठी, मेयर (भानु नगरपालिका)

नेपाली सेनाले ल्याएको एकीकरण पदमार्ग नयाँ पीढीलाई इतिहास र भूगोल दुवै चिनाउने एउटा राम्रो कार्यक्रम हो । एकीकरण पदमार्गमा पर्ने सबै स्थानीय तहहरूले सहयोग गरेका छन् । सहयोग गर्नुको उद्देश्य नेपाल एकीकरणमा त्यति बेला सेनाहरू कसरी लडाइमा सहभागी भएका थिए भनेर नयाँ पुस्ताले थाह पाउनुपर्छ, जानकारी राख्नुपर्छ र उनीहरूमा इतिहासको मात्र नभएर भूगोलको अवस्थाबारे पनि थाह पाउनुपर्छ भन्ने नै हो । यो अभियानमा म आफू पनि सहभागी भएको छु । मैले पनि कतिपय विषय बस्तुबारे जानकारी लिने अवसर पाएको छु । यसले भूगोल चिनाएको छ, देश चिनाएको छ, नागरिकहरूबिच समन्वय गर्ने र एकताको सन्देश दिने काम गरेको छ । पूर्वजहरूले लडेर मुलुक एकीकरण गर्दा भोगेको दुःखको जानकारी पनि यो एकीकरण पदयात्रा मार्फत नयाँ पुस्ताले थाह पाएका छन् । उनीहरूले इतिहास पल्टाउने खोतल्ने र अध्ययन गर्ने साथै संरक्षणको जिम्मेवारी लिने अवसर पनि हो।

इतिहास जान्ने अधिकारी हाम्रो नै हो । इतिहासको संरक्षण गर्ने पुरातात्त्विक महत्वका ठाउँलाई देशव्यापी चिनाउने र अहिले भड्किँदै गएको सामाजिक सद्भावलाई कायम गर्ने जिम्मेवारी पनि हाम्रो हो । त्यस कारण नेपाली सेनाले यो एकीकरण पदमार्ग अन्तर्गतको पदयात्राले सांस्कृतिक, सामाजिक र भौगोलिक रूपमा एकीकरणको सन्देश दिएको छ । यो निरन्तर जारी राख्नुपर्छ र पुराना विषयहरूको पुर्न ताजगी बनाइरहनुपर्छ भन्ने मेरो धारणा छ । यो पदयात्रा हरेक वर्ष यसरी भएमा नेपालीहरूले आफ्ना पुरानो परिवेशलाई बुझ्ने मौका पाउने छन्।]

भिडिओमा हेर्नुहोस्

]]>
टपेन्द्र कार्की Tue, 11 Feb 2025 17:24:40 +0545
<![CDATA[नेपालीमा बढ्दो अध्ययनशैली, फस्टाउँदै पुस्तकको किनबेच]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1464214-1738976345.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1464214-1738976345.html

कुनै पनि देश कति विकसित तथा जागरुक छ र नयाँ कुराप्रति कति उत्साहित छ भन्ने थाहा पाउने एउटा माध्यम पुस्तक प्रकाशन हो। अहिले ज्ञान लिने अनेक माध्यम उपलब्ध भए पनि संसारलाई यसप्रतिको चाह घटेको छैन। युनेस्कोले जारी गरेको सन् २०२३ को तथ्यांकअनुसार संसारभर १३८.३५ अर्ब डलरको किताब किनबेच भएको थियो। सन् २०३० सम्म किताबको बजार करिब २ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

पहिले पुस्तकको व्यापार मुद्रित किताबमा मात्र सीमित थियो, अहिले मुद्रितसँगै ई–बुक र अडियो बुकमा विस्तार हुँदै जान थालेको छ। यो विस्तारमा अमेरिका सबैभन्दा अगाडि रहेको युनेस्कोले सन् २०२३ मा गरेको सर्भेले देखाएको छ। ३० अर्ब डलर बराबरको बजारका साथ किताब बेच्नेमा अमेरिका सबैभन्दा अगाडि छ। २५ अर्बको व्यापारका साथ चीन दोस्रोमा छ। यसपछि युरोपले सबैभन्दा बढी पुस्तक पढ्ने गर्छ। युरोपले वार्षिक ४० अर्ब डलरभन्दा बढीको किताब बेचिरहेको छ।

सबैभन्दा तीव्र गतिमा किताब व्यापार बढाइरहेका मुलुकमध्ये भारत एक हो। उसले १० अर्ब डलरबराबरको किताब हरेक वर्ष बेचिरहेको छ र यो हरेक वर्ष बढ्दो क्रममा छ। पुस्तक बजार विस्तारमा पछिल्लो समय अडियो बुक र ई–बुकले पनि भूमिका खेलिरहेका छन्। सन् २०२३ मा डिजिटल पुस्तक बजार हिस्सा १५ प्रतिशत थियो। यो भनेको ५.३ अर्ब डलरभन्दा बढी हो। धेरैजसो डिजिटल र अडियो बुक अमेरिकामा पढिने तथ्यांक छ।

कसले सबैभन्दा बढी किताब छापिरहेको छ भन्ने मापन गर्ने एउटा माध्यम आइएसबिएन पनि हो। यो अन्तर्राष्ट्रिय पुस्तक नम्बर हो। अमेरिकाले सबैभन्दा बढी आइएसबिएन जारी गर्ने गरेको देखिन्छ। जापान दोस्रो नम्बरमा छ। दक्षिण कोरिया पनि पुस्तक प्रकाशनमा अगाडि बढ्दै छ।

भनिन्छ, यहाँ ७५ हजारभन्दा बढी प्रकाशक छन्। यिनले वार्षिक ३० हजारभन्दा बढी शीर्षकका पुस्तक प्रकाशन गर्ने गरेका छन्। कोरियालीले आफूलाई सबैभन्दा धेरै प्रकाशकहरू भएको मुलुकका रूपमा चिनाउँदै आएको अन्तर्राष्ट्रिय प्रकाशक संघ (आइपिए) को भनाइ छ।

किताब प्रकाशन उद्योग अझै पनि ठुला अर्थतन्त्रमध्ये एक हो। मुद्रित पुस्तकको माग यथावत् भए पनि डिजिटल प्रविधिले यसलाई नयाँ स्वरूपमा लैजाँदै छ। विशेष गरी ई–बुक्स, अडियो बुक्स र सेल्फ–पब्लिसिङ जस्ता प्रविधिले यो उद्योगको स्वरूप परिवर्तन गरिरहेका छन्। किताब पहिले ज्ञानको स्रोत थियो। अहिले यो करोडौं डलरको उद्योगमा पनि परिणत भइसकेको छ।

किताबले ज्ञान मात्र नदिई, एउटा यस्तो चक्रीय उद्योग चलाउँछ कि जसले करोडौंलाई रोजगारी दिइरहेको छ। नेपालमा पुस्तक राम्रोसँग बिक्री भयो भने के हुन्छ भन्ने उदाहरण उपन्यासकार सुविन भट्टराई र कुमार नगरकोटी छन्। भट्टराईलाई निजी गाडीमा हुइँकिन पुस्तकको व्यापारले नै सम्भव बनाएको छ। उता नगरकोटीले लामो समयदेखि कुनै जागिर खाएका छैनन्।

कोभिड महामारीका बेला सबै व्यापार ठप्प भइरहेका बेला पाठकहरू केही नयाँ पढ्न छटपटाइरहेका थिए। ठीक यही बेला सुविन भट्टराईको ‘इजोरिया’ बजारमा आयो। यो पुस्तक त्यो बेलाको बेस्टसेलर बन्न पुग्यो। एक महिनाभित्र नै किताबकिरोका तारानिधि रेग्मीले यो उपन्यास नौ हजार प्रति बिक्री गरे।

रेग्मी भन्छन्, ‘त्यो बेला मेरा बुवा बिरामी भएर उपचारका लागि काठमाडौं आउनुभएको थियो। त्यस्तो अप्ठेरो बेला इजोरिया मेरा लागि उद्धारकर्ता बनेर आइपुग्यो। बुवाको सम्पूर्ण उपचार यही किताब बेचेर गरें।’ तर सबै किताबको भाग्य सुविनको उपन्यासको जस्तो हुँदैन। उनका सबै उपन्यास बेस्टसेलर बनेका छन्। सबैलाई उनको किताबझैं बिक्री भइदिए हुन्थ्यो भन्ने चाहना त छ तर बिक्रीको पाटो अलि क्लिष्ट छ।

बिक्रीको चाहना लेखक मात्र होइन, प्रकाशकदेखि खुद्रा बिक्रेतासम्मलाई हुन्छ। किनभने एउटा किताब चल्दा लेखक, प्रकाशक, डिजाइनरदेखि प्रेससम्म चलायमान बन्छन्। अरू त अरू खुद्रा बिक्रेताका दुःखसमेत यसले भुलाइदिन्छ। नेपालमा हरेक वर्ष कम्तीमा १० हजार शीर्षकका पुस्तक छापिने गरेको अनुमान छ।

नेपालमा छापिने ती किताबको नम्बर वितरण गर्ने काम त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयस्थित आइएसबिएन विभागले गर्छ। सो विभागका अधिकृत रोशन पोखरेलका अनुसार पछिल्लो समय पुस्तक दर्ता गर्ने चलन बढ्न थालेपछि नेपालमा प्रकाशनको मोटामोटी आकार देखिन थालेको बताउँछन्।

हाल दर्ता हुने पुस्तकहरूको संख्या वार्षिक ६ हजार हाराहारीमा रहेको उनी बताउँछन्। दर्ता नगरी पनि पुस्तक प्रकाशन भइरहेका कारण हरेक वर्ष कम्तीमा १० हजार शीर्षकका पुस्तक प्रकाशन हुने उनको अनुमान छ। पोखरेल भन्छन्, ‘यो संख्या हेर्दा पछिल्लो समय पुस्तक प्रकाशनमा राम्रै उत्साह देखिन्छ।’

आइएसबिएनमा सूचीकृत हुनेको संख्या वार्षिक रूपमा बढ्दै गइरहे पनि तिनको व्यापार आँकडाबारे भने कसैसँग पनि यकिन तथ्यांक छैन। यसबारे न सरकारी न त गैरसरकारी क्षेत्र कसैले सर्वेक्षण गरेका छन्। एकातिर पुस्तक दर्ता उत्साहप्रद देखिन्छ। अर्कातर्फ केही प्रकाशकचाहिँ अबका केही वर्षमा बजार नसुध्रने हो भने चर्चित प्रकाशन गृहहरूसमेत बन्द हुने अवस्थामा पुग्ने केहीको दाबी छ।

अहिले नेपालमा किताबको बजार वार्षिक दुई अर्ब रूपैयाँ हाराहारीमा रहेको कतिपयको आकलन छ। यो व्यापारमा विद्यालयका पाठ्यपुस्तक, सन्दर्भ सामग्री, कोरियाली, जापानी भाषा प्रशिक्षण पुस्तकदेखि लोकसेवा, शिक्षकसेवा आयोगका पुस्तकसमेत पर्ने गरेका छन्।

प्रकाशन गृहहरू पारदर्शी नभएका कारण पनि बजार अनुमानको भरमा चलिरहेको छ। बिक्री कहाँ कसरी भइरहेको छ भन्ने जानकारी लिनेदिने आधिकारिक ठाउँ नभएका कारण नेपालका प्रतिष्ठित सञ्चार गृहहरूले सुरु गरेको ‘बेस्टसेलर’ सूची निकाल्न सकिरहेका छैनन्। किताबको बिक्रीको एउटा मोटामोटी अनुमान भने गर्न सकिन्छ।

न्युरोडका पुस्तक बिक्रेता राजेश गजुरेलले खुद्रामा पुस्तक बिक्री गर्न थालेको डेढ दशक बढी भइसकेको छ। आफूले सडकमा बेच्दा पनि पुस्तक राम्रै बिक्री गर्ने गरेको र अहिले आकर्षक पसल खोल्दा पनि घाटामा नरहेको बताउँछन्। काठमाडौंभित्र पुस्तकको व्यापार सन्तोषजनक रहे पनि बाहिरको अवस्था भने दयनीय रहेको बिएन पुस्तकका सूर्य बिसी बताउँछन्।

हालै साहित्यको बजार कत्रो छ भनी उनी मेची महाकाली यात्रामा थिए। यो यात्राबाट आफू निराश भएर फर्किएको उनी बताउँछन्। उनले गएको मंसिर र पुसमा इलामदेखि कञ्चनपुरसम्मको यात्रा गरेका थिए। त्यहाँ उनले पुस्तक बजारको पारम्परिक मान्यता भत्किएको देखे।

उनी भन्छन्, ‘अब किताब पढ्न पुस्तक पसल जानुपर्ने अवस्था रहेन। पढ्ने नयाँ पुस्ताले अनलाइन मगाउने गरेको देखियो। नपढ्नेहरूको सिधा रुचि कसरी विदेश जान सकिन्छ भन्ने किताब पढ्न व्यस्त भएको पाइयो।’

फाइनप्रिन्टका अजित बराल धेरै छनोट भएका कारण पहिलेजस्तो जे निस्किए पनि पाठक घट्दै गएको बताउँछन्। ‘केही समयअघि भारतको पेइन्गुइनले बुद्धिसागरको कर्नाली ब्लुजको अंग्रेजी अनुवाद पाँच हजार प्रति बिक्री गर्‍यो। अंग्रेजी अनुवाद नेपालभित्रै यति धेरै प्रति बिक्री हुँदा उनीहरू ज्यादै उत्साही देखिए,’ उनी भन्छन्।

उता बुढाथोकी भने परम्परागत पुस्तक पसल धेरै बन्द भएको र भएकाहरू पनि आफू बाँच्न छेउमा केही न केही व्यापार चलाइरहेको यात्राका क्रममा देखेको बताउँछन्। उनी भन्छन्, ‘नयाँ किताब पसलेले राख्नै मान्न छाडिसके। त्यसैले नयाँ पुस्तक निकाल्दा पनि सचेत हुनुपर्ने बेला भयो। पछिल्लो समय पुस्तकालय निर्माण र सञ्चालनका लागि सरकारले दिँदै आएको सहयोग नभएको भए धेरै प्रकाशन गृहहरू बन्द भइसक्थे।’

उता गजुरेल भने नेपाली पुस्तकको मूल्य अचाक्ली बढेकामा क्रुद्ध देखिए। ‘मेरा पाठक प्रायः विद्यार्थी छन्,’ उनी भन्छन्, ‘उनीहरूसँग पैसा कम हुन्छ। सात सयदेखि ११ सयसम्म मूल्य पर्ने पुस्तक किन्नुभन्दा त विद्यार्थीले त्यति नै रकम थपेर ग्यास र चामलजस्ता आवश्यक चिज किन्छ नि, होइन?’

उनी न्युरोडबाट दैनिक ८० देखि ९० वटा पुस्तक बिक्री गर्छन्। दुई हजारदेखि २५ सयसम्म शीर्षकका किताब बेचिरहेको दाबी उनको छ। पहिला सडकमा दैनिक चार सय वटासम्म पुस्तक बिक्री गर्ने गरेकामा अहिले कम भए पनि आफूलाई दुःख मनाउ नभएको उनी बताउँछन्।

उपत्यकाबाहिर भने नयाँ पुस्ताले नेपाली पुस्तक नपढ्ने, नेपाली भाषामा पढ्न चाहने पुस्ता हरेक दिन वैदेशिक रोजगारीका लाइनमा भेटिने हुनाले नेपाली साहित्यको पाठक लगभग सकिएको बिसी बताउँछन्।

किताब पढ्ने ठुलो संख्यामा युवा पाठकहरू विदेश लागेको खुद्रा बिक्रेता मानबहादुर तामाङ स्विकार्छन् तर बिक्री घटेको भन्ने तर्कलाई पत्याउँदैनन्। उनी अहिले अनलाइनमार्फत राम्रै पुस्तक बिक्री गरिरहेको बताउँछन्। युवापुस्ताले पढ्न चाहेजस्तो पुस्तक बजारमा नभएकाले पाठक नदेखिएको उनको बुझाइ छ। पुस्तकहरू धेरै छन्, छनोट पनि धेरै भए। पहिले जुनसुकै विषयका किताब पढ्नेहरू अहिले छानेर मात्र पढ्ने गरेको उनको अनुभवले देखाएको छ।

बुढाथोकीको नजरमा त नयाँ पाठक निर्माण नगरे अब नेपाली भाषामा किताब पढ्ने पाठक पाउन गाह्रो हुने बताउँछन्। त्यसका लागि अब बाल पाठक निर्माण गर्न विद्यालयहरूमा पठन संस्कृति निर्माण गर्नुपर्ने आवश्यकता उनी देख्छन्। यसका लागि देशले राष्ट्रिय पुस्तक नीति बनाउनुपर्ने लेखकदेखि प्रकाशकसम्मको माग छ। यही बनाउन नेपाल सरकारले पटकपटक पुस्तक नीति बनाउने भनी विभिन्न सभा आयोजन गर्‍यो। यसका लागि नै राज्यकोषबाट लाखौं खर्च भइसकेको छ तर बन्न सकेको छैन। २०६५ देखि लगातार पुस्तक नीति बनाउन छलफल, गोष्ठी, प्रतिवेदनमा लगानी गरिए पनि त्यो आउन सकेको छैन।

यो नीतिका लागि बनेका विभिन्न मस्यौदाले नेपालमा पुस्तक नीति चाहिएको स्वीकार गर्छन् तर यो प्रस्तावित नीतिलाई व्यवहारमा उतार्न र उपलब्धिपूर्ण बनाउन कसैको ध्यान गएको देखिन्न।

लाग्छ, कसैलाई यही नीतिमार्फत जागिर खानु छ, कसैलाई नियन्त्रण गर्नु छ, कसैलाई अनुदान र ऋण चाहिएको छ, कसैलाई कर छुट चाहिएको छ। के उसो भए नीति नभई पुस्तक र यससम्बन्धी कुनै काम अघि बढ्न सक्तैन र? हिमाल किताबका सञ्चालक वसन्त थापा भन्छन्, ‘हाम्रो देशले पुस्तक नीति बनाउनु भनेको भविष्यमा हामी कहाँ पुग्छौं भनी लक्ष्य तयार गर्नु हो। यसले हामीलाई गोरेटो बनाउन सघाउँछ।’

थापाको भनाइअनुसार यो उद्योग प्रभावशाली र नाफामूलक पनि भएका कारण धेरै देशले बिक्री बढाउन आफ्नो देशमा पुस्तक नीति बनाउने गरेका छन्। संसारका विभिन्न मुलुकले पुस्तक नीति बनाएर भविष्यमा कहाँसम्म पुग्ने भन्ने लक्ष्य राख्ने गरेका छन्।

‘किताब व्यापार हो तर व्यापार मात्र होइन,’ थापा भन्छन्, ‘यो देशको सफ्ट पावरको पुँजी पनि हो। त्यसलाई व्यापक अर्थमा कसरी उपयोग गर्ने भन्ने आँखा खोल्ने, बाटो देखाउने काम पुस्तक नीतिले गर्नुपर्छ।’

पुस्तक नीतिले प्रकाशक, लेखक, सम्पादक, अनुवादकहरूलाई आर्थिक र संस्थागत सहयोग दिने भएकाले यसले प्रकाशन, वितरण र पाठकको पहुँच वृद्धि गर्न भूमिका खेल्न सक्छ। ज्ञानको प्रसार, साक्षरता वृद्धि र सांस्कृतिक प्रभाव विस्तारमा पनि योगदान दिने हुनाले अधिकांशले पुस्तक नीति बनाउँछन्।

पुस्तकले पार्ने प्रभाव कस्तो हुन्छ भन्ने कुरा सोभियतकालीन पुस्तकहरूको पहुँचका कारण नेपालमा बढेको कम्युनिस्ट प्रभावबाट बुझ्न सकिन्छ। अहिले चीनले नेसनल पब्लिसिङ डेभलपमेन्ट प्लानजस्ता नीतिहरू बनाएको छ। प्रकाशन उद्योगलाई देशभित्र मात्र नभएर बाहिर विस्तार गर्न विभिन्न किसिमको सरकारी सहयोग दिने गरेको छ।

नेपालमा पछिल्लो समय ठुलो संख्यामा चीन चिनाउने पुस्तकहरू देखा पर्नुको कारण यही हो। पुस्तक नीति नबनाउने एक मात्र विकसित मुलुकमा अमेरिका पर्छ। ठुला व्यावसायिक प्रकाशकले नै त्यहाँ सरकारलाई नीति बनाउनबाट रोक्छन्। बजारलाई नै यसको नियन्त्रण गर्ने अधिकार दिइनुपर्ने सिद्धान्तका कारण सरकारी तवरबाट यसबारे कुनै नीति बनाइएको छैन। तर त्यहाँ सरकारले पठन संस्कृति बढाउन कलिलै उमेरबाट विभिन्न गतिविधि सञ्चालन गर्ने गर्छ।

बेलायतले भने पब्लिसिङ इन्डस्ट्री टास्क फोर्स बनाएको छ। प्रकाशन गृहहरूलाई नीतिगत सहयोग गर्न यो सधैं तत्पर रहने गर्छ। सबैभन्दा रोचक चाहिँ जर्मनीमा बुक प्राइस फिक्सिङ ल छ। यो कानुनले नयाँ पुस्तक प्रकाशन गर्दा कुनै पनि पसलेले भारी छुट दिन पाउँदैन। यसो गर्दा पुस्तक पसलेहरूले राहत पाउने विश्वास छ।

विकसित मुलुकले खास कानुन र नीतिमार्फत आफ्नो देशमा पठन संस्कृति बढाउने गरेका छन्। अस्ट्रेलिया, ग्रिसजस्ता देशले त पठन संस्कृति भाँडियो भन्दै १६ वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक नै लगाउने गरी काम थालेका छन्।यी सारा गतिविधिबिच भारतले पनि बल्ल पुस्तक नीति बनाउनेतर्फ ध्यान दिन थालेको छ। २०२३ जनवरीमा व्यापक सर्भेपछि भारत सरकारले पुस्तक नीति बनाउन एउटा प्रारूप बनाएको थियो। नेपाल कहाँ छ?

नेपालमा पुस्तक प्रकाशन हुन थालेको दुई सय वर्ष पूरा भयो । पुस्तक प्रकाशनको महत्त्व के हो भन्ने जंगबहादुरले बेलायत र फ्रान्स भ्रमणका बेला बुझेका थिए। त्यसपछि नेपालबाट बेलायत पुग्ने राणाहरूले ज्ञानको महत्त्व बुझ्दै नेपालमा पनि प्रकाशन उद्योगलाई खुला गर्नुपर्ने आशयका साथ १९६० कात्तिक ३० मा किताब तर्जुमा अड्डा स्थापना गरेको विज्ञहरू बताउँछन्।

त्यसअघि नै १८६९ भदौ १५ मा पुस्तक चिताई तहबिल नामक पुस्तकालय बनाएर पृथ्वीनारायण शाहका दिव्योपदेशलगायतका अन्य ग्रन्थहरूलाई संरक्षण गर्न गिर्वाणयुद्ध विक्रमले लालमोहर जारी गरेका थिए।

पछि १९७० सालमा गोरखा भाषा प्रकाशिनी समिति स्थापना गरियो। १९९० सालमा सोही संस्थाको नाम परिवर्तन गरी नेपाली भाषा प्रकाशिनी समिति बनाइयो। कालान्तरमा यही समिति नै साझा प्रकाशन बन्न पुग्यो।

२०३२ सालमा पुस्तकको विकासलाई प्रोत्साहित गर्न र सरकारी तथा गैरसरकारी तवरबाट पुस्तक प्रकाशनलाई समन्वय गर्न नेपाल राष्ट्रिय पुस्तक विकास समिति आदेश जारी भयो। त्यसयता चार पटक पुस्तक नीति बनाउने प्रयासहरू भए पनि सफल हुन सकेको छैन।

पछिल्लो पटक २०८१ असोजमा व्यापक छलफलपछि चर्चामा ल्याइएको पुस्तक नीति पनि हतारमा ल्याइएको भन्दै विरोध गरिएको थियो। रोचक त यसलाई रोक्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता समेत भएको छ। अख्तियारमा सम्पर्क गर्दा प्रवक्ता नरहरि घिमिरेले आफूलाई त्यसबारे केही थाहा नभएको बताए।

मदन पुरस्कार पुस्तकालयका कार्यकारी दीपक अर्याल नेपाली प्रकाशन उद्योगले दुई सय वर्षमा जम्माजम्मी एक लाख शीर्षकका पुस्तक मात्र प्रकाशन गरेको देखिएकाले प्रकाशनको बाढी आउनुपर्ने धारणा राख्छन्। लेखन तथा प्रकाशनको बाढी आउनुपर्ने ठाउँमा सरकारले बनाउन लागेको पुस्तक नीति भने नियन्त्रणमुखी बनाउनेतर्फ उद्यत रहेको उनको बुझाइ छ।

पुस्तक नीति २०८१ को मस्यौदा र त्यसअघि २०७३ मा ल्याइएको मस्यौदा दुवैमा एउटा परिषद् बनाउने र परिषद्ले सबै कुराको व्यवस्थापन गर्ने अमूर्त कुराहरू राखिएको छ। जबकि दुवै मस्यौदामा नेपालमा पुस्तक प्रकाशनको अवस्थाको कुनै सर्भे छैन। कसले किताब लेख्न पाउने, कसले नपाउनेजस्ता नियन्त्रणमुखी नीतिले पुस्तकको संसारलाई फाइदाभन्दा बढी बेफाइदा पुर्‍याउने उनी देख्छन्। दुःखको कुरा त नीति बनाउनुअघि नेपालमा कति पुस्तक छापिन्छन्, ती पुस्तक कस्ता पाठकले पढिरहेका छन्, छापिएका अधिकांश पुस्तकहरूको अवस्था के छ, कुनै सर्वेक्षण छैन।

‘नेपालको साक्षरता दर ७७ प्रतिशत पुगे पनि पुस्तकप्रतिको झुकाव कस्तो छ मस्यौदाले कुनै दिशा दिँदैन,’ हिमाल किताबका थापा भन्छन्, ‘जबसम्म नेपालीहरूको पठनको अवस्था थाहा हुँदैन, तिनलाई कसरी पठनमा रुचि बढाउने भन्ने थाहा पाउन सकिँदैन।’

जबकि भारतले गएको वर्ष जारी गरेको पुस्तक नीतिको मस्यौदामा भारतमा पठन संस्कृति बढाउन र नीति तयार पार्न चाहिने पृष्ठभूमिमा देशव्यापी सर्भे गरेको थियो। सो सर्भेमा उमेर समूहअनुसार तिनको पठन झुकाव, देशको कुन भागमा बढी पुस्तक पढिन्छन्, कुन भागमा कम पढिन्छन्, हिन्दी, अंग्रेजी, बंगाली, गुजरातीसँगै दक्षिण भारतका राज्यमा कस्ता भाषामा कति प्रतिशतले किताब पढिरहेका छन् भन्ने विस्तृत अध्ययन विश्लेषण गरिएको थियो।

पुस्तक नीतिका दुवै मस्यौदामा त्यस्ता कुनै विश्लेषण पढ्न पाइँदैन। ‘यस्तो लाग्छ, नेपाल सरकारका कर्मचारीहरूलाई एउटा परिषद् बनाउन हतार थियो,’ थापा भन्छन्, ‘त्यो बनाएर जागिर खाने हतार भएजस्तो छ।’

२०८० को तथ्यांकअनुसार देशभरि ३५ हजार आठ सय ७६ विद्यालय ७२ लाख र उच्च अध्ययन गर्ने करिब आठ लाख विद्यार्थी छन्। त्यस्तै नौ सय २८ पुस्तकालय छन्। देशभरिका विद्यालय, कलेज तथा विश्वविद्यालयमा रहेका पुस्तकालय, तिनमा नियमित सहभागी हुने पाठकको सर्वेक्षण नगरी देशको पठन अवस्था कस्तो छ भन्ने बुझ्न गाह्रो छ। यस्तो अभेद्य विषयमा बनाइएको नीतिले जतिसुकै राम्रो लेखिएको भए पनि त्यसले गम्भीर काम गर्न नसक्ने बुझाइ सिकाइ समूहका सुदर्शन घिमिरेको छ।

पछिल्लो समय घिमिरेले पठन संस्कृतिको विकासका लागि देशभरिका विभिन्न विद्यालयहरूसँग सहकार्य गरिरहेका छन्। निजी स्तरमा भएका पठन संस्कृतिको विकासलाई यस्ता नीतिले सघाउनुपर्ने घिमिरे बताउँछन्।

एक दशकदेखि पठन संस्कृतिमा काम गरिरहेका घिमिरे भने साँच्चिकै देशले पुस्तकका क्षेत्रमा काम गर्न चाहेको हो भने हरेक विद्यालयले उसका बालबालिकाले होमवर्कमा भन्दा पुस्तक पढेनपढेकोमा जाँच गर्नुपर्ने बताउँछन्। उनको भनाइ छ, ‘बालबालिकालाई वास्तविक किताबको स्वाद चखाउने काम गर्नुपर्छ। त्यसका लागि गुणस्तरीय पुस्तक लेखिनुपर्छ। लेख्न ठुलो समय, श्रम र लगानी चाहिन्छ। त्यो कसैसँग पनि छैन। अनि किन पाठकले किन्छन् ?’

यसको उपाय पनि उनी देख्छन्, ‘देशले अबका केही वर्ष देशको बजेटको केही न्यून प्रतिशत कन्टेन्ट लेखकमाथि लगानी गर्नुपर्छ। मानौं, वार्षिक दुई अर्ब हाराहारीमा देशले लगानी गर्‍यो भने लेख्नेले मिहिनेत गर्छन्। जब लेख्ने कुरामा मिहिनेत हुन्छ, छाप्नेले पनि उत्तिकै मिहिनेत गर्छन्। मिहिनेत गरिएको कुरा भएपछि पाठकले पनि पढ्छन्।’ तर प्रयास इमानदार हुनुपर्ने उनको सर्त छ। इमानदार प्रयास नभए त्यो कृषि अनुदानजस्तो बन्न पुग्ने र वास्तविक कृषकको साटो अरूले नै फाइदा उठाउने जुन परिपाटी छ, त्यो लेखनमा पनि देखिने उनको भनाइ छ।

अझ गुणस्तरीय प्रेसको उदाहरणका रूपमा भारतको थमसन प्रेसलाई देखाए। ठुलो लगानी गरिएको उक्त प्रेसको गुणस्तर यति छ कि भारतमा छापिएका पुस्तक संसारभर पुग्ने गरेका छन्।

नेपालले लोक्ता र नेपाली कागजलाई व्यापक स्तरमा उत्पादन गर्न सके, त्यसमा किताब छाप्न सके, त्यो विश्वस्तरको गुणस्तरको पुस्तक बन्न सक्ने उनी देख्छन्। यसैगरी नेपाली पुस्तक प्रवद्र्धन गर्न करको दायरा कम गर्नुपर्ने अर्याल ध्यानाकर्षण गराउँछन्। आयात र निर्यातलाई व्यवस्थित गर्ने, प्राविधिक सिप, पुस्तक मेला, प्रदर्शनजस्ता कुरालाई प्रोत्साहित गर्नेतर्फ यस्ता नीतिले बढीभन्दा बढी ध्यान दिनुपर्ने उनको बुझाइ छ।

त्यसो त नीतिमा यी सबै उल्लेख छन्। यस्तो गरिनेछ, उस्तो गरिनेछ भनेर लेखिएको भए पनि तिनमा प्रायः प्रकाशन उद्योगमा संलग्नहरूले त्यो हुने कुरामा ठ्याक्कै विश्वास गरिरहेका छैनन्। नागरिकले रिपोर्टिङका क्रममा भेटेकाहरूमध्ये अधिकांशको अवस्थाचाहिँ, यो नीतिले आफूलाई के फाइदा हुन्छ भन्नेमा मात्र ध्यानदिएको पाइयो।

पुस्तक बिक्रीको अवस्था नराम्रो छैन

मानबहादुर तामाङ

पाँच वर्षदेखि अनलाइनमार्फत पुस्तक बिक्री गर्दै आएका मानबहादुर तामाङ अहिले मासिक दुई हजारजति पुस्तक बेच्छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश।

नेपालका प्रकाशकहरू किताब बिक्री हुन छाड्यो, पाठक छैनन्, विदेश गए भन्छन् नि?

नेपाली जहाँ गए पनि नेपालीमै किताब पढ्न रुचाउँछन्। जसलाई अंग्रेजीमा सहज हुन्छ, उसले पनि नेपालमा उत्पादित अंग्रेजी नै पढ्न रुचाउला। मेरो अनुभवमा पाठक घटेका छैनन्, झनै बढेका छन्।

प्रकाशकहरूले घटे भन्नुको अर्थ?

पहिला पाठकहरू पुस्तक पसलसम्म पुग्थे, अहिले अनलाइनले उनीहरूलाई किनमेलमा सहज बनाइदिएको छ। पाठक अनलाइनमा बढी छन्। अहिले ७० प्रतिशत पाठकले अनलाइनबाटै किन्न थालेका छन्। पाठक छैनन् भनिरहेकाहरूले पुस्तक पसलको मात्र कुरा गरेका हुन्।

उसो भए नेपाली पुस्तकको पाठक घटेका हुन्?

होइन, पाठक बिल्कुलै घटेका छैनन्। तर जसरी अंग्रेजी किताबका पाठक ह्वात्तै बढे, त्यसको तुलनामा नेपाली भाषाका किताबको बिक्री बढेन। नेपाली भाषामा पुस्तक प्रकाशन गरिरहेकाहरू आत्तिनुको कारण नै यही हो।

अनि प्रकाशकहरू त टाउकोमा हात राखेर बसिरहेका छन् नि?

पाठक किन बढेनन् भन्ने खोजी हुनुपथ्र्यो। आफू चाहेको पुस्तक ननिस्केर पनि पाठक बजारमा नदेखिएका हुन्। पाठकले जुन पायो त्यही पढ्दैनन् नि ! अहिले औसतमा दैनिक १५ पुस्तक छापिइरहेका छन्। लेखकले पाठकका लागि भन्दा पनि आफ्ना लागि लेखिरहेका छन् । त्यही भएर कम बिक्री भइरहेको हो।

पुस्तक नीति बनाउने सरकारको तयारी तपाईंलाई कस्तो लाग्छ?

यसले व्यापक रूपमा पुस्तकको व्यापारलाई छुनुपर्छ। जति बढी व्यापार हुन्छ, त्यसले प्रकाशकदेखि बिक्रेतादेखि लेखकसम्मलाई छुनुपर्छ। त्यो गर्न सकियो भने नेपाली पुस्तकको बिक्री पनि अंग्रेजीमा जस्तो ह्वात्तै बढ्न सक्छ।

बिक्रेताका रूपमा तपाईंले के–कस्तो झमेला बेहोरिरहनुभएको छ त?

अहिले मूल समस्याचाहिँ अंग्रेजी किताबको छ। धेरैले नक्कली किताब ल्याएर बेचिरहेका छन्। त्यो नक्कलीका कारण सक्कली किताब ल्याएर बेच्नेहरूलाई समस्या परिरहेको छ। एउटै किताबको दुई वटा मूल्य किन भन्ने जवाफ पाठकले पाउन सकिरहेका छैनन्। भारतबाट आएका नक्कली र सक्कली पुस्तक छुट्याउन गाह्रो भइरहेको छ। यस्ता समस्यालाई पुस्तक नीतिले समेट्यो भने राम्रो हुन्छ।

नेपाली किताब बजारको नराम्रो पक्ष के देख्नुहुन्छ?

लेखक आफैंले प्रकाशकलाई पैसा दिएर छाप्नु खराब पक्ष हो। यसले प्रकाशकको गरिमा घटाएको छ। पहिला प्रकाशकले लेखकमाथि लगानी गर्थे, अहिले लेखकले किताबमाथि दोहोरो लगानी गरिरहेको छ। नगरे उसको किताब बजारमा जाने सम्भावना हुँदैन।

]]>
अच्युत कोइराला Sat, 08 Feb 2025 06:44:05 +0545
<![CDATA[त्यो युद्धमा मरें, यो युद्धमा बाँचें]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1462627-1737771222.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1462627-1737771222.html

‘माओवादी जिन्दावाद ! महान् जनयुद्ध जिन्दावाद !’ १६ वर्षको उमेरमै सिन्धुलीकी रेखाले लगाउने गरेको नारा हो यो। ‘लौ आयो ताजा बन्दा र तरुल। काउली र फर्सी। गोलभेंडा र प्याज।’

योचाहिँ उनको अहिले फेरिएको नारा हो । यही नारा काठमाडौंको मूलपानीमा बस्दै आएकी ३६ वर्षीया सावित्री खड्काको जीवन जिउने बाटो बनेको छ।

खासमा रेखा र सावित्री एकै हुन्। सावित्री खड्का माओवादी युद्धमा लागेपछि पार्टीले दिएको नाम हो– रेखा। रेखा नाम लिएर उनी ११ वर्ष बाँचिन्। हो, त्यही अवधिमा उनी जनमुक्ति सेनाको भरपर्दो लडाकु बनिन्। यिनै रेखाले अन्ततः २०६९ सालतिर जनमुक्ति सेनाबाट बिदा लिइन्। अहिले सावित्री ठेलामा तरकारी बेचेर बाँच्दै छिन्। हो, उनले त्यही बेलादेखि रेखालाई बिर्सने उपक्रम थालिन्। ‘अहिलेको आएर सम्झँदा युद्धमा बिताएको क्षण बेकार लाग्न थालेको छ,’ पुरानो एल्बमको पानामा रेखालाई देखाउँदै उनले भनिन्, ‘त्यो युद्धमा रेखा मरी। अहिलेको युद्धमा सावित्री बाँचेकी छे।’

सिन्धुली झाँगाझोली घर भएकी सावित्रीले सानैदेखि दुःख झेल्नुपर्‍यो। सानैमा आमाको मृत्यु भयो। बुबा रोगी भएकाले सानो भाइलाई हुर्काउने जिम्मा उनैमा थियो। त्यसैले उनी लहलहैमा लागेर त्यतिबेला माओवादीमा लागिन्। माओवादीमा लागेपछि भने उनलाई खासै रुचि लागेन तर फर्कन पनि सकिनन्। ‘एक पटक युद्धमा होमिएपछि पछाडि फर्कन पनि सकिन्नथ्यो, किनकि माओवादीसँगै राज्यको पनि डर हुन्थ्यो,’ उनले भनिन्, ‘त्यही भएर बाध्य भएर लडियो।’

किशोर उमेरमै युद्धमा होमिएकी उनले नजिकैका सिन्धुपाल्चोक, दोलखा, काभ्रे, मकवानपुर मात्र होइन, टाढाका रुकुम, रोल्पा, हुम्ला, कालिकोटसम्म पुगिन्। आन्दोलनमा लागिसकेपछि मरिए मरिएला भनेर लड्यौं,’ उनले भनिन्, ‘मर्न त मरिएन तर बाँचेर पनि केही गर्न सकिएन।’

विभिन्न स्थानमा एम्बुसमा परेकी उनले सिन्धुपाल्चोकको चौतारामा भएको लडाइँमा घाइते भएको सुनाइन्। ‘ज्यान हत्केलामा राखेर लागिएको थियो,’ उनले भनिन्, ‘अहिले सम्झँदा डर लाग्छ।’ चौताराको युद्धमा घाइते भएकी उनले आफूजस्ता थुप्रैले जीवन गुमाएको सुनाइन्। ‘युद्धका घाइते र अपांगता भएकाको अवस्था दयनीय छ,’ खुट्टामा रहेको गोलीको दाग देखाउँदै उनले भनिन्, ‘कति साथी त शरीरमा लागेको बमका छर्राले अहिले पनि पीडामा छन्।’

युद्धको समाप्तिसँगै लडाकु शिविरमा बसेकी उनले सहज जीवनमा फर्किने बाटो रोजिन्। ‘मैले नबुझीकन लागेको त्यो युद्ध मलाई मन परेको थिएन, त्यसैले फर्किएँ,’ उनले भनिन्, ‘फर्किएपछि पहिलेकै सावित्री बनें।’

जनमुक्ति सेनामै रहँदा वैवाहिक जीवनमा बाँधिएकी उनले पतिको लडाइँ पनि खेर गएको सुनाइन्। ‘देश हाँक्ने आँट बोकेर हिँडेका मेरा श्रीमान् अहिले गाडी हाँक्दै हुनुहुन्छ,’ उनले भनिन्, ‘युद्धले नेतालाई महलमा पुर्‍यायो, हामीजस्तालाई सडकमा।’ युद्धमा नलागी ठेला बोकेर हिँडेको भए जीवनमा परिवर्तन आइसक्ने अनुभव उनको रह्यो। ‘ग्रिनेड बोकेर हिँडेको भन्दा अहिले काउली बोकेर हिँड्दा खुसी लागेको छ,’ उनी भन्छिन्, ‘यही खुसीको जगमा सुन्दर भविष्य देख्दैछु।’ नेताहरूमा पलाएको शक्ति, सम्पत्ति र नातावादको रोगले पार्टी मूल मुद्दाबाट विमुख हुँदै गएको उनको बुझाइ छ। ‘त्यो युद्धले केही नेतालाई माथि पुर्‍याए पनि हामीजस्तालाई सडकमा पुर्‍यायो,’ उनले भनिन्, ‘कैयौंले आफ्ना सन्तति गुमाएर ल्याएको गणतन्त्रमा कुनै सम्मानसम्मको पनि अनुभूति हुन सकेको छैन।’

उनले भनेजस्तै माओवादी युद्धको सुरक्षित राजनीतिक अवतरण भए पनि माओवादी ‘जनयुद्ध’ले जन्माएका हजारौं नेता–कार्यकर्ताको अवस्था भने अहिले झन् दुःखद दयनीय बनेको समाजशास्त्री विदुर लामिछाने सुनाउँछन्। ‘जनयुद्धका मुद्दा, मूल्य, मान्यता बिर्सिएका छन्,’ उनी भन्छन्, ‘जसका कारण हजारौं सावत्रीहरू अन्योलमा परेका छन्।’

एक वर्ष माओवादीका अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासको सुरक्षामा समेत खटिएको सावित्रीले बताइन्। ‘प्रचण्ड (पुष्पकमल दाहाल) सत्तामा पुगे, हामी सडकमा पुग्यौं,’ उनले भनिन्, ‘हामी कसैका लागि साधन भएको महसुस भएको छ।’ पार्टीमा आफ्ना मान्छेको पकड बढ्दै गएको र साँच्चिकै दुःख गर्ने ओझेलमा पर्दै गएको उनले सुनाइन्।

‘नेताहरूले हामीलाई त अब केवल चुनावमा मात्र चिन्छन्,’ उनले भनिन्, ‘अघिपछि हामीलाई कसैले वास्ता गर्दैनन्।’ नेताहरूको ताल देखेर आफूहरूलाई आक्रोश बढ्ने गरेको उनी सुनाउँछिन्। उनीहरूको असफलताका कारण आफूहरूको जीवन चर्किएको उनले सुनाइन्। ‘पुराना एल्बमका पानाहरू पल्टाउँदै जाँदा शरीर निकै तात्छ,’ उनले आक्रोश पोखिन्, ‘नेताहरूको चिल्ला गाडी फुटाइदिऊँ, घरमा आगो लगाइदिऊँ जस्तो लाग्छ।’

जीवन जस्तोसुकै कठिन अवस्थामा पनि चल्छ। अहिले उनको जीवनमा ठेलाको सहाराले चलेको छ। कक्षा ३ मा पढ्ने छोरी र युकेजीमा पढ्ने छोराको भविष्यका लागी सावित्री बाँचेकी छन्। ‘अब मेरो अर्को युद्ध सुरु भएको छ,’ माओवादीबाट निराश उनी भन्छिन्, ‘आशा गर्छु यसमा भने कसैले धोका दिनेछैन।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले केही समयअगाडि चितवनमा आयोजित एक कार्यक्रममा माओवादी निराश भए आजसम्मका सम्पूर्ण उपलब्धि ध्वस्त हुने बताएका थिए।

नेकपानिकट श्रमिक समुदाय मोर्चाद्वारा आयोजित ‘सी’ जातिको अवधारणा विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महासचिव चन्दले माओवादीहरू निराश हुनुनपर्ने, माओवादीहरू निराश भए आजसम्मकै उपलब्धि ध्वस्त हुने बताएका हुन्। ‘अहिले चारैतिर माओवादीहरूमा निराशाजस्तो देखिने, हीनताबोध गर्ने र व्यर्थमा १० वर्ष खेर फालिएछ भनेजस्तो दृश्य देखिएको छ,’ उनले भनेका थिए, ‘यसमा हामी माओवादीहरू निराश हुन आवश्यक छैन। यदि हामी निराश भयौं भने आजसम्मकै सम्पूर्ण उपलब्धि ध्वस्त हुनेछन्।’

ठेलामा तरकारी बेच्दै सावित्री खड्का।

समाजशास्त्री विदुर लामिछाने लामो समयदेखि सावित्रीको दिन चर्या नियाल्दै छन्। माओवादी जनमुक्ति सेनाकी लडाकुले ठेला गुडाएर जीवन चलाउनुलाई उनी परिवर्तनको संज्ञा दिन्छिन्। ‘समाज युद्धले होइन, आर्थिक उपार्जनले बदलिन्छ,’ उनी भन्छन्, ‘ढिलै भए पनि सावित्रीले सही बाटो रोजेकी छन्।’

ठुलो परिवर्तनका लागि नेतृत्व गरेर हिँडेकाहरू फेरिए पनि सावित्रीहरूको अवस्था यस्तै हुने उनले बताए।

के हो माओवादी सशस्त्र द्वन्द्व?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २०५२ सालमा सरकारविरुद्ध सुरु गरेको युद्ध २०६३ सालसम्म चलेको थियो। सशस्त्र द्वन्द्वकालका रूपमा परिचित यो अवधिमा १७ हजारभन्दा बढीको मृत्यु भएको थियो भने लाखौं प्रभावित बनेका थिए। दसौं हजार अंगभंग बने भने अझै पनि हजारौं बेपत्ता छन्।

२०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देशका साथ सुरु भएको यो युद्ध यसको सुरुआत २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग समाप्त भएको थियो। माओवादी र सरकारबिचको बाह्र बुँदे सहमतिअनुरूप माओवादीहरू शान्ति प्रक्रियामा आएपछि पूर्वलडाकुहरूलाई नेपाली सेनामा समायोजनको प्रक्रिया थालिएको थियो।

माओवादी लडाकु शिविरमा अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६ सय २ लडाकु मध्ये १५ हजार ६३० जना लडाकु ‘स्वैच्छिक अवकाश’ रोजेर घर फर्किए भने एक हजार ४२१ जनाको नेपाली सेनामा समायोजन भयो। घर फर्किने लडाकुमध्ये एक हुन् सावित्री खड्का। यो तिनै हजारौं लडाकुहरूको प्रतिनिधि कथा हो।

]]>
उपेन्द्र लामिछाने Sat, 25 Jan 2025 07:58:42 +0545
<![CDATA[मकर संक्रान्तिको माहोलः टोखा चाकुको गुलियो इतिहास]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1461421-1736779806.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1461421-1736779806.html

११ वर्षअघि टोखा महोत्सवमा पुग्दा दुई वर्षका रेनिश नापित परम्परागत नेवार पहिरनमा थिए र चाकु खाँदै थिए । त्यो अनुपम दृश्यले एउटा पत्रकारलाई आकर्षित नगर्ने कुरै भएन । मैले धमाधम तस्बिर खिचें– क्लिक क्लिक ।

टोखा महोत्सवका अवसरमा २०७० सालमा खिचिएको तस्बिरमा चाकु खाँदै गरेका दुई वर्षीय रेनिश नापित ।

ढाका टोपी लगाएका रेनिशको तस्बिर पत्रिकामा छापियो । त्यतिबेला सो तस्बिर सामाजिक सञ्जालमा खुबै चल्यो । कतिपय चाकु उद्योगले त उनको तस्बिर राखेर आफ्नो व्यवसायको प्रचारसमेत गरे । तिनै ‘पोस्टर ब्वाई’को तस्बिर लिएर पछ्याउँदै जाँदा १३ वर्ष पुगेका उनी टोखा तलेजु मन्दिरको परिसरमा चाकु खाइरहेको बेला भेटिए ।

‘चाकु मलाई सधैं मिठो लाग्छ,’ कक्षा ७ मा अध्ययनरत रोनिशले भने, ‘बजारको सबै चकलेटभन्दा यही मिठो लाग्छ ।’ बाल्यकालको आफ्नो फोटो देखेर मुस्कुराएका उनले बजार जाँदा पोस्टरमा आफ्नो तस्बिर पहिल्यै देखेको उनले सुनाए । ‘म तस्बिर देखेर खुसी हुन्थें तर कसैलाई भन्थिन्,’ उनले भने, ‘त्यो तस्बिरको मान्छे मै हुँ ।’

माघे संक्रान्तिको दुई दिनअघि आइतबार टोखास्थित तलेजु मन्दिरअगाडि बसेर चाकु खाँदै गरेका १३ वर्षीय तिनै रेनिश नापित ।

रोनिशकी आमा शकुन्तला नापितले सानैदेखि छोराले चाकु मन पराउने गरेको सुनाइन् । ‘मेलामा भुलाउन मैले चाकु खान दिएकी थिएँ,’ उनले भनिन्, ‘अहिले आफैं खोजेर खान्छ ।’ आफूलाई पनि सानोमा बाआमाले चाकु खान दिएको सम्झना गर्दै उनले चाकु टोखाको चकलेटजस्तै भएको सुनाइन् । उनी मात्र होइनन्, यहाँ चाकु मन पराउनेको संख्या निकै बढेको छ । टोखाको परम्परागत चाकुको माग देशको सरहद नाँघेर विदेशसम्म पुगेको व्यवसायीहरू बताउँछन् । ‘हामीबाट उत्पादित चाकु विदेशमा पनि जान्छ,’ टोखा चाकु उद्योगका राजकाजी श्रेष्ठले नागरिकसँग भने, ‘यसबाट हामीलाई चाकु बनाउन थप हौसला मिल्छ ।’

टोखा अर्थात् उखु खेत । यति बेला टोखामा उखुबारी होइन, अपार्टमेन्ट ठडिएका छन् । तैपनि चाकु बनाउन छाडिएको छैन । उखु नरोपे पनि सक्खर किनेर किसानले माघे संक्रान्तिका लागि धमाधम चाकु बनाउँदै छन् ।

रेनिशको तस्बिर सामाजिक सञ्जालमा भेटेको बताउँदै राम्रो लागेर आफूले चाकुको प्रचारमा प्रयोग गरेको उनले बताए । ‘परम्परागत पहिरनमा परम्परागत मिठाई खाँदै गरेको बालकको तस्बिर निकै राम्रो लाग्यो,’ उनले भने, ‘त्यसैले हामीले प्रचारमा प्रयोग गर्‍यौं ।’

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ सो क्षेत्रमा वार्षिक ६–७ करोडको चाकु कारोबार हुने बताउँछन् । यसपालि पाँच हजार केजी सक्खर संखुवासभा, गुल्मीलगायत ठाउँबाट ल्याएको उनी बताउँछन् । टोखा क्षेत्रको चाकु उद्योगमा झन्डै ६ सयले रोजगारी पाएको उनी बताउँछन् । उनका अनुसार हाल नेपालभर ५० भन्दा बढी चाकु उद्योग छन् । ‘तीमध्ये टोखा नगरपालिका–२ र ३ मा पर्ने बजारभित्र अहिले १४ कम्पनीले चाकु उत्पादन गर्दै आएका छन्,’ उनले भने, ‘यहाँ बनेका चाकु असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर, उपत्यकाबाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा बिक्री हुँदै आएको छ । टोखाकै चाकु अस्ट्रेलिया, जर्मन, जापानलगायत देशमा पुग्ने उनी बताउँछन् ।

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ ।

नापतौलले गुणस्तर प्रमाणित नगर्दा आफूहरूले चाकु निर्यात गर्न नपाएको उनको गुनासो छ । ‘पुष्टकारीले चाहिँ गुणस्तर पाएको छ,’ उनले भने, ‘चाकुले नपाउँदा एजेन्टमार्फत विदेश पठाउनुपरेको छ ।’ टोखामा चाकु उत्पादनसम्बन्धी तालिमका लागि धेरै जना आउने गरेका उनी बताउँछन् । यहाँ तालिम लिएर देशका विभिन्न स्थानमा उद्योग सञ्चालन गरी काम गर्ने गर्नेहरू पनि धेरै रहेको टोखा परम्परागत चाकु संरक्षण समाजले जनाएको छ । टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेसल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का सांसद एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल टोखाको चाकुलाई गुणस्तरीय रूपमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारसम्म लैजान आफूले उद्योग मन्त्रालयलाई ध्यानाकर्षण गरिरहेको बताए । ‘टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो । यहाँ राज्यबाटै चाकु उत्पादनको पहल गर्न सके हजारौंले रोजगारी पाउनेछन्,’ उनले भने, ‘त्यसका लागि सम्बन्धित क्षेत्रमा पहल गरिरहेको छु ।’ मन्त्री पौडेलले टोखाको चाकुलाई नेपालको चकलेट भनेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सकिने बताए ।

उखुबारीमा अपार्टमेन्ट, मगमगाउँदो टोखा

टोखा अर्थात् उखु खेत । यतिबेला टोखामा उखुबारी होइन, अपार्टमेन्ट ठडिएका छन् । तैपनि चाकु बनाउन छाडिएको छैन । उखु नरोपे पनि सक्खर किनेर किसानले माघे संक्रान्तिका लागि धमाधम चाकु बनाउँदै छन् । टोखा चाकुको सुगन्धले मगमगाएको छ ।

‘टोखामै चाकु बनेन भने अरूले के भन्लान्,’ चाकु उद्योगी न्हुँच्छेनारायण भन्छन्, ‘उखु नरोपे पनि सक्खर किनेर चाकु बनाउँदै आएका छौं ।’ उनी मंसिर र पुसमा निकै व्यस्त हुन्छन् । आफूले चाकु बनाउन थालेको झन्डै पाँच दशक भएको उनी बताउँछन् ।

न्हुँच्छेनारायणले सक्खरबाट चाकु बनाएको सुनाउँदै गर्दा कतिपयले उखुबाट सक्खर बनाएर चाकु बनाएको अनुभव पनि सुनाए । उनीहरूको समयमा सक्खर किनेर होइन, उखु पेलेरै चाकु बनाएको समेत बताए । ‘सानो छँदा उखुको रस पकाएर चाकु बनाएको याद छ,’ ७९ वर्षीय सानकान्छा श्रेष्ठ भन्छन्, ‘त्यति बेला टोखाका बारी उखुले ढाकिएका हुन्थे ।’ उखुका लाँक्रा चुसेर चाकु बनाउँदै गरेको याद उनमा अझै ताजा छ । ‘त्यतिबेलाको चाकु अहिलेभन्दा निकै स्वादिलो हुन्थ्यो,’ उनले भने, ‘समयसँगै चाकुको स्वाद पनि फेरिएको छ ।’

टोखामा वार्षिक ६–७ करोडको चाकु कारोबार हुन्छ । यहाँ ५ हजार केजी सख्खर संखुवासभा, गुल्मीलगायतका ठाउँबाट आयात गरिन्छ । टोखा नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने बजारभित्र अहिले १४ कम्पनीले चाकु बनाउँदै छन् । जसमा झन्डै ६ सयले रोजगार पाएका छन् ।

टोखाको चाकु व्यवसायलाई सहयोग पुर्‍याउन नगरपालिकाले पनि चासो देखाउन थालेको छ । चाकुकै नामले चर्चित टोखामा उखु खेती पनि हुनुपर्ने माग बढेपछि नगरपालिकाले किसानलाई सहयोग गर्न चासो देखाएको हो । ‘उखु खेतीका लागि यस पटक बजेटमै डेढ लाख छुट्याइएको छ,’ कृष्ण भन्छन्, ‘चाकु स्तम्भका लागि पनि १५ लाख विनियोजन गरिएको छ ।’ उखु किसानलाई सहुलियत दिने व्यवस्था गरिएको टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी बताउँछन् । ‘यसतर्फ केही किसानले चासो देखाउनुभएको छ,’ उनी भन्छन् ।

टोखालाई भ्याइनभ्याइ

कोही सक्खर पकाउँदै थिए, कोही खुदो मस्काउँदै । कोही हत्केलामा राखेर चाकुलाई आकार दिँदै थिए । उनीहरू सबैलाई भ्याइनभ्याइ छ । चाकु बनाउन मात्र होइन, चाकुको खबर सम्प्रेषण गर्न आएकालाई अन्तर्वार्ता दिन पनि टोखावासी उत्तिकै व्यस्त छन् । ‘यो केही महिनाको व्यापारले वर्षभर हामीलाई पाल्छ,’ न्हुँच्छेनारायणले हाँस्दै भने, ‘त्यसैले अहिले खेताला लगाएर भए पनि चाकु बनाउँदै छौं ।’

चाकु दिवस

ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको टोखामा अघिल्लो वर्ष पहिलो पटक ‘चाकु दिवस’ मनाइएको थियो । नेवाः गुठी टोखाको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा माघे संक्रान्ति पर्वको अवसर पारेर आज ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गरिएको हो ।

टोखा नगरपालिकाका प्रकाश अधिकारी ।

कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगर प्रमुख अधिकारीले टोखाको चाकुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजान नगरपालिकाले पहल गरिरहेको बताए । उनले टोखाको नेवार समुदायले आफ्नो संस्कृति जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सराहना व्यक्त गरे । नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापितले टोखाभित्र उत्पादित सामग्रीलाई चाकु दिवसमा प्रदर्शन गरिएको जानकारी दिए । उखु खेती हुने टोखामा लिच्छविकालको ५१९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ । चाकु दिवसलाई निरन्तरता दिनु जरुरी छ,’ नापितले भने, ‘यसतर्फ पनि सरोकारवालाको ध्यान पुगोस् ।’

नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापित

नेवार संस्कृतिमा माघ १ गते चाकु खाने चलन छ । नेवार समुदायमा काजकिरियाको बेला पनि चाकु खाइन्छ । चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ । सक्खरलाई पकाएर बनाएको चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने र बालबालिकादेखि बुढाबुढीलाई जाडोमा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।

‘टोखा चाकु लगायतका पुरानो संस्कृति जोगाउन सधैं तत्पर छ,’ अध्यक्ष नापित भन्छन्, ‘यसका लागि राज्यले सहयोग गर्नुपर्ने खाँचो छ ।’

टोखाको चाकु र ‘पोस्टर ब्वाई’ (भिडियाेमा हेर्नुहाेस्र)

]]>
उपेन्द्र लामिछाने Mon, 13 Jan 2025 20:35:06 +0545
<![CDATA[इमानसिंहका पशुवत् ३२ वर्ष: जो बल्ल मान्छे बन्न पाए]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1461200-1736606537.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1461200-1736606537.html

‘१८ नम्बर, इमानसिंह आइज !’ उनले तनक्क छाती तन्काएर खुट्टा भुईँमा बजार्दै सलाम ठोके। जाँचकर्ताले फ्याट्ट उनको छाती हिर्काए, र भने–‘तेरो हाइट पुगेन। आउट !’

भएको यत्ति हो। तर, इमानसिंहको मस्तिष्कमा भने यो शब्द, शब्दका रूपमा पुगेन, गोली समान भएर वर्षियो। एकाएक झट्का लाग्यो। उनी लर्‍याकलुरुक भएर त्यही क्षण भुईँमा ढले। त्यो पल केवल उनको शरीर मात्र ढलेन, मन र आत्मा पनि ढल्यो। आशा बोकेर बुनिएका सबै सपना ढले।

अहिले फर्किएर हेर्दा उनको जीवन नै त्यही क्षण ढलेको थियो।

यो कथा लमजुङको दोर्दी गाउँपालिका–९ हिले टक्सार माझगाउँका ५४ वर्षीय इमानसिंह गुरुङको हो। घटना भने उनी १८ वर्ष हुँदाको हो।

त्यहीँ घटनापछि इमानसिंहको जीवन असामान्य बन्यो। उनको जीवनमा त्यसपछि कहिल्यै उज्यालो आएन। सपना, आशा र खुसीका कुनै रङ्ग उनीसम्मुख झुल्किएनन्। उनले जीवनका ३२ वर्ष पशु सरह बिताए, कठोर यातना झेले।

इमानसिंहको जीवन न त स्वतन्त्र थियो, न त मानवतूल्य। उनी आफ्नै घरको खम्बामा साङ्लोले ३२ वर्ष बाँधिए। न राम्ररी खुला आकाश हेर्न पाए, न त मान्छेसँग संवाद गर्न पाए। गोठजस्तो अँध्यारो कोठामा नारकीय जीवन गुजारे।

इमानसिंहका साथी थिए त केवल परेवा, कुकुर र झिँगा। उनीहरूसँगै इमानसिंहले एउटै थालमा खाना र पानी खाएर आफ्नो भोकप्यास मेटाए, पीडा बाँडे। दिनभर परेवाले गुँड लगाएको, बच्चा कोरलेको र उड्दै गरेको हेरिरहे। तर, साङ्लामा बाँधिएका इमानसिंह आफैँ कहिल्यै उड्न सकेनन्।

अपराध कर्ममा जन्मकैदको सजाय पाएको व्यक्तिले पनि २० वर्षपछि स्वतन्त्रता पाउँछ। तर इमानसिंहले कुनै अपराध नै नगरी ३२ वर्ष घरमै जेलजीवन बिताउनुपर्‍यो।

तेजस्वी बाल्यकाल र त्यो लाहुरे सपना

विसं २०२७ सालमा बुवा वीर सुब्बा गुरुङ र आमा गोमाया गुरुङको कान्छा छोराका रूपमा इमानसिंह जन्मिएका हुन्। सानैदेखि उनी खेलकुदप्रति असाधारण रुचि राख्थे। गाउँमा आयोजित मेला महोत्सवका खेलकुद प्रतियोगितामा भाग लिन उनी सधैँ उत्साहित रहन्थे। खेल हुने दिन बिहानै वार्मअपका लागि दौडनु उनको दिनचर्या जस्तै थियो।

इमानसिंहका भतिज कृष्ण गुरुङ पनि प्रायः इमानसँगै खेल्न जान्थे। ‘इमानसिंह नाताले मेरो काका हो। उमेरले भने हामी सँगसँगैका हौँ। उहाँको बुवा र मेरो बुवा दाजुभाइ,’ बाल्यकालका यादहरू सुनाउँदै कृष्णले भने, ‘स्कुल सँगै जान्थ्यौँ, फुटबल, भलिबल खेल्थ्यौँ। मेला महोत्सवमा रमाइलो गर्न जान्थ्यौँ।’

खेलकुदमा इमानको अद्भुत लगाव थियो। विशेषगरी हाई जम्प र लङ जम्पमा उनी गाउँकै उत्कृष्ट खेलाडी थिए। उनको फुर्ती देखेर गाउँलेहरू उनलाई ‘यो त लाहुरे हुन्छ’ भनिदिन्थे। त्यही कुराले इमानसिंहमा ‘लाहुरे बन्ने सपना देख्न’ प्रेरित गरेको हो।

इमानसिंहको उमेर १८ वर्ष पुगिसेको थियो। उनी ८ कक्षामा पढ्दै थिए। एक दिन घरमै बसिरहेका बेला भेना नाता पर्ने व्यक्ति घरमै आएर सुझाव दिए, ‘घरमै बसेर के हुन्छ इमान ? लाहुरे जानु पर्छ पैसा कमाउन।’ सँगै उनी आफै पनि जाने भएकाले ‘जाने हो ?’ भनी प्रश्न तेर्स्याए। इमानका लागि त्यो क्षण ‘ढुङ्गा खोज्दा देउता भेटेको’ जस्तै थियो।

त्यसपछि इमानले आफूलाई लाहुरे बनेर आमाबाबुलाई सुख दिने सपना देख्न थाले। त्यतिबेला घरमा उनको बिहेको चर्चा सुरु भइसकेको थियो। तर, इमानसिंह भने ‘लाहुरे सपना’ पूरा गरेर मात्रै बिहे गर्न चाहन्थे। लाहुरे बनेर बुबाआमा पाल्ने, सँगै बिहे गर्ने र छोराछोरी जन्माएर उनीहरूको सुनौलो भविष्य कोर्ने सपना इमानसिंहले बुनिसकेका थिए।

अनि, इमानसिंह घरमा समेत थाहा नदिई ती भेनासँगै जंगल, भन्ज्याङ हुँदै देशको सीमा पार गरेर भारततर्फ प्रस्थान गरे।

***

भारत पुगेपछि इमानसिंह प्रारम्भिक अभ्यासमा सहभागी भए। त्यहाँ भारतीय गोर्खा रेजिमेन्टमा भर्ती हुन इमानसिंह पुगेका थिए। आवेदन दिइसकेका थिए।

छनोटको दिन आयो। गाउँमा हुने खेलकुद, दौडधुप, शारीरिक स्फुर्ती सबै कुरामा तेजतर्रार इमानसिंहमा आफू छनोट हुनेमा ढुक्क थिए। सँगै उनका मनमा एक आम नेपाली युवामा तैरिरहने जस्तै भविष्यका सपनाहरू तैरिरहेका थिए।

ठ्याक्कै त्यहीँबेला जाँचकर्ताले भनेका हुन्, ‘तेरो हाइट पुगेन। आउट !’

त्यो ‘आउट’ भन्ने शब्द कुनै संगीन गोलीझैँ इमानसिंहको दिल र दिमाग छेडेर पड्कियो। उनी बेहोस भएर भुईँमा ढले।

होसमा आउँदा उनी गाडीमा थिए। कसैले उनलाई गाडीमा चढाइदिएका रहेछन्। तर, त्यो ‘आउट’ भन्ने शब्द फेरीफेरी उनको दिमागमा बज्रिरहन थाल्यो। उनी आफूलाई सम्हाल्नै सकिरहेका थिएनन्। गाडीमै रहँदा इमानसिंहले आत्महत्याको कोसिस समेत गरे। गुडिरहेको गाडीबाट हाम फाल्ने खोजे। खलासीले रोकेर घरसम्म पुर्‍याइदिए।

एकातिर सपनाको अवसान हुँदा इमानसिंह आफूलाई सम्हाल्न सकिरहेका थिएनन्, अर्कातिर आफू घरबाट नभनी हिँडेको दिनदेखि आमा बिरामी परेको कुरा घर पुगेपछि थाहा पाउँदा थप स्तब्ध बने। बिरामी आमा छोरालाई देखेपछि जुरुक्क उठिन्। तर ‘लाहुरे सपना’ टुटेका छोरा इमानसिंह भने मानसिक रूपमा उठ्नै नसक्ने भइसकेका थिए।

इमानसिंह घर फर्किएपछि परिवारले बिहे गरिदिन खोजेको थियो। तर, उनले मन पराएकी केटीले अर्कैसँग बिहे गरिन्। त्यसपछि उनी झनै विक्षिप्त हुँदै गए।

इमानसिंहको मानसिक विक्षिप्तता झन्झन् बढ्दै गयो। उनी आफैलाई कष्ट दिन थाले। कहिले खोलामा हाम फाल्न थाले, कहिले घाँटीमा पासो लगाउन थाले। खोलामा हाम फाल्दा माझीले बचाए, पासो लगाउँदा घाँस काट्नेले डोरी काटिदिए।

एकदिन गाउँ नजिकै खर बारीमा इमानसिंह कृष्ण र उनका साइँला दाइ कर्णसँग गाई चराउन गएका थिए। ‘त्यस दिन उहाँ जङ्गलको एक कुना बसिरहनु भएको थियो। उहाँले साइँलो दाइलाई हातको इसाराले बोलाउनु भयो,’ त्यसदिनको घटना कृष्ण सम्झन्छन्,‘त्यतिखेर उहाँको हाउभाउ बदलिएको थियो। उहाँका कुराहरू अनौठा थिए।’ कृष्ण खै के काम परेर अर्कै ठाउँ गएका रहेछन्। ‘बेलुका खाना खाने बेलामा पो थाहा भयो। इमान काकालाई त बोकेरै घर ल्याउन परेको रैछ। त्यही दिनदेखी हामीले उहाँको अवस्थाबारे थाहा पायौं। उहाँको मानसिक अवस्था धरै बिग्री सकेको रहेछ’, कृष्ण सम्झन्छन्।

त्यसपछि परिवारले झाँक्री देखाए, पण्डित बोलाए, तर सीप लागेन। अन्ततः उनलाई उपचारका लागि काठमाडौं पुर्‍याइयो। उनका साइला र माहिला दाइले मानसिक अस्पतालमा भर्ना गराए। नियमित औषधि सेवनको दुई महिनापछि उनको अवस्थामा थोरै भए पनि सुधार आयो।

त्यसपछि गाउँ फर्किए, केही दिन पुरानै लयमा पनि फर्किए। आफ्ना साथीभाइसँगै पुनः खेलमा रमाउन थालेको पनि कृष्ण बताउँछन्। त्यसैबीचमा गाउँमा भएको एक फुटबल प्रतियोगितामा इमानसिंहले टिम कप्तान बनेर प्रतियोगिता नै जितेको कृष्ण स्मरण गर्छन्।

इमानसिंहले नियमित औषधि खानुपर्थ्यो। उनी आफूले खाने औषधि लिन आफै काठमाडौं आउजाउ गर्थे। एकाएक राम्रो हुँदा हुँदै पनि उनले बिचमा औषधि खान छाडिदिएछन्। औषधि छाड्न उनको मानसिक अवस्था पुनः बल्झियो।

कृष्णकाअनुसार रूढीग्रस्त समाजका कारण इमानले औषधि खान छाडेका हुन्। गुम्बाका ठूला लामाहरूले ‘दिएको बली नखाने यस्तो औषधि खाने’ भन्न थालेपछि उनले औषधि छाडेका थिए। ‘यती बेलासम्म उहाँको बाबुआमा जीवित हुनुहुन्थ्यो। उहाँहरूले थप उपचारका लागि भारतको राँची समेत लैजानु भयो,’ कृष्ण भन्छन्, ‘तर ढिला भइसकेको थियो। हर सम्भव कोसिस गर्दा पनि काकालाई पुरानै अवस्थामा फर्किनबाट रोक्न सकिएन।’ अब भने इमानसिंहले आफ्नो पुरै होस गुमाइसकेका थिए। बच्चाहरू उनलाई पागल भन्दै लखेट्थे। जवानहरूले बहुला भन्दै कुट्थे।

छिमेकीहरू पागल भनेर हेप्थे। आमाले छोरालाई यसो नभनिदिन बिन्ती गर्दा उल्टै ‘बोक्सी बुढी’ भन्दै हकार्ने गरेको कृष्णले देखेका छन्।

..अनि साङ्लामा बाँधिए

समयले इमानसिंहलाई बहुला बनायो। मानसिक सन्तुलन गुमेपछि उनको व्यवहार खतरनाक बन्दै गयो। परिवारमाथि आक्रमण गर्ने, जे देख्यो त्यही भत्काउने, घरको सामान फाल्ने उनको स्वभावले गाउँ नै त्रसित बनायो। गाउँलेहरूले उनीलाई घरमै बाँधेर राख्न दबाब दिए। त्यसपछि सुरु भयो उनको ३२ वर्षे पशुवत् जीवन।

उनका जेठा दाइ बेनीराम गुरुङ (पञ्च) का अनुसार इमानलाई स्वतन्त्र छाड्दा परिवारका सदस्यलाई घाइते बनाउने, घरको ढोका र पर्खाल भत्काउने गर्थे। यही कारण बाध्य भएर फलामको साङ्लाले बाँध्न थालेको बेनीराम बताउँछन्। सुरुमा डोरीले बाँध्ने प्रयास गरियो, तर उनले डोरी फुस्काएर भाग्न थाले। अन्ततः दाहिने हातमा फलामको साङ्लाले खाँबोमा बाँधियो।

‘हामीलाई पनि गाह्रो भएको थियो। बलियो, लक्का जवान मान्छे, कसैले समात्न सक्दैनथ्यो। रिस उठ्यो भने ढोका भत्काइदिन्थ्यो, पर्खाल ढाल्थ्यो,’ बेनीराम भन्छन्, ‘बाध्य भएर हामीले यसो गर्नुपर्‍यो।’

त्यसपछि इमानसिंहले सामान्य जीवन जिउने अवसर कहिल्यै पाएनन्। कहिले खाना खाइदिन्थे, कहिले भोकै बसिदिन्थे। भात राखिदिए झिँगासँगै खान्थे, पानी राखिदिए कुकुरसँगै खाने उनको दैनिकी बन्यो।

इमानले ३२ वर्षसम्म मान्छेसँग संवाद गरेनन्। उनलाई कहिले भैँसी बाँध्ने फलामको साङ्लो त कहिले कुकुर बाँध्ने फलामको साङ्लोले दायाँ हात बाँधेर कोठामै थुनेर राखियो।

थुनिएका इमानसिंह।

समय बित्दै गयो। इमानसिंहका बुवा बिते। छोराको अवस्था देखेर उनकी आमा कमजोर हुँदै गइन्। छोराको पीडाले ग्रसित आमाले पनि धर्ती छाडिन्।

आमाबुबाले मृत्यु भएपछि इमानसिंहको हेरचाहको जिम्मा जेठो दाई बेनीराम र जेठी भाउजू दबलकुमारीको काँधमा पुग्यो। उनीहरूले नै त्यसपछिका दुई दशक इमानसिंहलाई सम्हाले।

‘उपचारका सबै बाटा बन्द भइसकेका थिए। सक्दो गरिसकेका थियौँ। केही सीप नलागेर बाँधेर राख्नुपरेको थियो,’ भाउजू दबलकुमारी सम्झन्छिन्, ‘उहाँलाई बाँधेर राख्नुपर्दा दिनहुँ विरक्त लाग्थ्यो। हामीसँग अर्को कुनै विकल्प पनि थिएन।’

अन्धकारबाट उज्यालोतर्फ

२०७७ मंसिर १८ गते मानव सेवा आश्रमको लमजुङ शाखाले एक समाचारका माध्यमबाट इमानसिंहको दर्दनाक अवस्थाबारे थाहा पायो। त्यसपछि जिल्ला प्रशासन र प्रहरीको समन्वयमा आश्रमका अभियन्ताहरू उनको अवस्था बुझ्न गए।

मानव सेवा आश्रमको टोली घर पुग्दा बेनीरामका पतिपत्नी घरमा थिए। इमानसिंह उहीँ दर्दनाक अवस्थामा बाँधिएका थिए।

‘उहाँ उभिन समेत सक्नुभएको थिएन। वर्षौँसम्म कुँजिएर बस्नुपरेकाले खुट्टाले काम गर्दैनथ्यो,’ आश्रमकी प्रदेश संयोजक अनिता अधिकारी भन्छिन्, ‘घुँडाहरू पनि सिधा हुँदैनथे। शरीरका कुनै अङ्गले सामान्य काम गर्न सक्दैनथ्यो।’

इमानसिंह पशुलाईझैँ खाँबोमा बाँधिएका थिए। ‘दिसा-पिसाब गर्ने ठाउँ पनि त्यही थियो। खाना पनि त्यहीँ। ‘लुगा पनि थिएन। केवल एउटा कम्बलको सहारामा हुनुहुन्थ्यो। दिएका लुगा पनि च्यातिहाल्ने रहेछन्। यस्तो अवस्थामा उहाँलाई हामीले उद्धार गरेर ल्यायौँ’, अधिकारी भन्छिन्।

इमानसिंहलाई उद्धारपछि लमजुङस्थित मानव सेवा आश्रममा राखियो। त्यहाँ ल्याएर स्वास्थ्य परीक्षण गरी उपचार थालियो। औषधिको प्रभावले स्वास्थ्य अवस्था सुधारोन्मुख देखियो।

मानसिक अवस्थाबाहेक वर्षौँसम्म साङ्लामा बाँधिएकाले इमानसिंहका खुट्टा चल्ने अवस्थामा थिएनन्। जिल्ला अस्पतालमा फिजियोथेरापी गराउन थालियो।

‘उहाँलाई फिजियोथेरापी र औषधिको सहायताले बिस्तारै उभिन र हिँड्न सक्ने बनायौँ। लगभग दुई वर्ष लमजुङमै उपचार गरायौँ। केही औषधिहरू पनि चलायौ,’ अधिकारीले भनिन्।

त्यसपछि उनी बिस्तारै आश्रमको वातावरणमा घुलमिल हुँदै गए। तर स्वभावमा भने धेरै फरक देखिएको थिएन। त्यसपछि उपचारमा थप सहजताका लागि हेटौँडास्थित आश्रमको केन्द्रीय कार्यालयमा लगियो।

हेटौंडामा रहँदा इमानसिंहको जीवनमा उल्लेखनीय परिवर्तन भयो। ‘उहाँ शारीरिक रूपमा अशक्त हुनुहुन्थ्यो। फिजियोथेरापीका लागि र मानसिक स्वास्थ्य सुधारका लागि हेटौंडा ल्याइएको हो,’ आश्रमका अध्यक्ष रामजी अधिकारीका भन्छन्, ‘हाम्रो मुख्य कार्यालयको वातावरण र जमिन फराकिलो भएकाले उहाँको मानसिक र शारीरिक सुधारमा यसले ठूलो सहयोग गर्‍यो।’

अध्यक्ष अधिकारी इमानसिंहलाई हेटौंडा पुर्‍याउँदा सुरुवाती दिनमा स्वभाव र बानी पुरानै जस्तै भएको सुनाउँछन्। ‘नियमित परामर्श, फिजियोथेरापी र सकारात्मक वातावरणले बिस्तारै मानसिक र शारीरिक स्थितिमा सुधार आयो,’ उनी भन्छन्। आफैं हिँड्न सक्ने भएपछि भने इमानसिंहमा आत्मबल र सकारात्मक सोचको विकास हुँदै गएको उनी बताउँछन्। सँगै उनी वातावरणमा रमाउन पनि थालिसकेका थिए।

घरको माया

स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएपछि इमानसिंहलाई लमजुङ फर्काइयो। अब भने इमानसिंहलाई घरको सम्झना आउन थाल्यो। उनले आश्रमका सदस्यसँग जाने इच्छा जाहेर गर्न थाले।

‘उहाँ आफैंले म हिँड्न सक्ने भएँ, घर जान पाए हुन्थ्यो भन्न थाल्नुभयो,’ प्रदेश संयोजक अनिता अधिकारी भन्छिन्। त्यसपछि आश्रमले परिवारसँग सल्लाह गरेर जिम्मा लगाउने आन्तरिक छलफल गर्न थाले। त्यसैबेला इमानसिंहका दाइ बेनीराम भाइको अवस्था बुझ्न र भेट्न आए। ‘उहाँ भाइको अवस्था देखेर साह्रै खुसी र भावुक हुनुभएको थियो। तर, अझैँ पुरानै अवस्था बल्झिने हो कि भन्ने चिन्ता पनि प्रकट गर्नुभयो। त्यही डरले तत्काल लैजान मान्नुभएन,’ अनिता सम्झन्छिन्।

दाइ भेट्न आएपछि इमानसिंहमा घरको माया अझैँ झन् उद्वेलित भयो। त्यसपछि उनी कसैलाई थाहा नदिएर अचानक आश्रमबाट हिँडे। उनका पाइला घरतर्फ लम्किएका थिए। यता आश्रममा भने त्यसको पत्तो थिएन, आश्रमले खोजी गर्‍यो, तर उनी कतै भेटिएनन्।

उता इमानसिंह भने घरतर्फ हिँडेका थिए। ‘उहाँ गाउँ आउने पुरानो बाटो खोज्दै आउनु भएको रहेछ। पुरानो बाटोमा अहिले पहिरो गएको छ, बाटो पनि अप्ठ्यारो थियो,’ उनकी भाउजू दबलकुमारी भन्छिन्, ‘रातभरि खै कहाँकहाँ सुत्नुभएछ। बिहान रोडमा सुतिरहेको अवस्थामा रहेछन्।’ उनले घर जाने बाटोको मेसो नै नपाएर त्यहीँ सुतेका थिए।

सहकारी संस्थामा काम गर्ने एक महिलाले बिहान कार्यालय जाँदा सुतेको देखिन। ‘रक्सी खाएको मान्छे होला’ भनेर वास्ता नगरी हिँडिन्। साँझ अफिस सकिएर फर्किँदा पनि इमानसिंहलाई त्यही देखिएपछि भने गएर ‘तपाईं को हो ?’ भनेर सोधिन्। इमानसिंहले जवाफ दिए, ‘म त कर्णको भाइ हो।’ कर्ण इमानसिंहका साइला दाइ हुन्।

त्यसपछि ती महिला र गाउँका केटाहरूले इमानसिंहलाई स्कुटरमा हालेर घरसम्म पुर्‍याए।

इमानसिंह सन्चो भएर घरको आँगनमा टेक्दा दाजु र भाउजू हर्षविभोर बने। लामो समयपछि परिवारसँग पुनर्मिलन भएको यो क्षण विशेष थियो। इमानसिंह घर पुगेको खबर आश्रमसम्म पुग्यो। आश्रमको टोली औषधि लिएर घरसम्म पुग्यो।

आश्रमबाट भागेर आएको भाइलाई दाजुभाउजुले फेरी फर्काउन चाहेनन्। हाल इमानसिंह आफ्ना दाजुभाउजूसँग घरमै बसिरहेका छन्। आश्रमकी संयोजक अनिता र स्थानीय जनप्रतिनिधिको टोली पनि इमानसिंहलाई भेट्न घरसम्म पुग्यो। अनिताले उनलाई राम्ररी हेरचाह गर्न र औषधि नियमित खुवाउन परिवारलाई अनुरोध गरिन्।

‘ठट्टा गर्दा डर लाग्छ’

इमानसिंह अहिले भने सामान्य जीवन बिताइरहेका छन्। उनी मानिसहरूसँग खुलेर कुरा गर्छन्, ठट्टा गर्छन्। मानसिक अवस्था बिग्रिएर बाँधेर राखिएको समय उनलाई झल्याँस्स सम्झना आउँछ। उनलाई आफू कति समय बाँधिएर बिताए भन्ने कुरा भने ठ्याक्कै थाहा छैन।

पारिवारिक पुनर्मिलनपछि मात्रै उनले आफ्ना बाबुआमाको निधनको खबर पाए। मानसिक रूपमा विक्षिप्त हुँदा बाबुआमाको मृत्युको खबर थाहा पाउन नसकेका उनले दाजु भाउजूबाट यो कुरा थाहा पाएपछि निकै दुःखी भए।

घर पुगेपछि इमानसिंहले आफूलाई भेट्न आउनेहरूसँग खुलेर कुरा गर्न थालेका छन्। उनी आफ्नो विक्षिप्त अवस्थाका ती भयानक क्षणहरू सम्झिन्छन्। आफूलाई साङ्लोले बाँधेर राखिएको स्थान देखाउँदै भन्छन्, ‘म यहीँ बाँधिएको थिएँ। यही खाँबोमा साङ्लो बाँधेर राख्थे।’

आफू ३२ वर्ष बाँधिएर बसेको ठाउँ नियाल्दै इमानसिंह।

भाइको सुधारोन्मुख स्वास्थ्य अवस्था देखेर बेनीराम अहिले खुसी छन्। ‘यसको पनि दिन आउनेछ भन्ने लागेको थियो। आज त्यो दिन आयो,’ उनी भन्छन्।

बुवाआमामा पनि भविष्यमा सुधार हुने आसा रहेको बेनीराम बताउँछन्। उनी भन्छन्, ‘आमाले सधैँ भन्नुहुन्थ्यो–जीवनमा दुःख मात्रै हुँदैन, सुख पनि आउँछ। आज आश्रमको सहयोगले भाइलाई नयाँ जीवन मिलेको छ।’

इमानसिंह अहिले दाजुभाउजुलाई घरायसी काममा सघाउन पनि थालेका छन्। तर, कहिलेकाहीं उनलाई अत्यधिक बोल्न थालेपछि फेरि पुरानै समस्या दोहोरिने हो कि भन्ने डर लाग्ने उनकी भाउजू दबलकुमारी बताउँछिन्।

‘पहिलेभन्दा धेरै सुधार भएको छ। तर, अझै पनि अलि बढी बोल्ने र चञ्चल स्वभाव बाँकी नै छ। धेरै ठट्टा गरेको दिन पुरानै समस्या दोहोरिने हो कि भन्ने चिन्ता पनि लाग्छ,’ उनी भन्छिन्।

इमानसिंहले मानसिक रोगका लागि नियमित औषधि सेवन गर्दै आएका छन्। आश्रमकी प्रदेश संयोजक अधिकारीको बुझाईमा उनले अब नियमित औषधि खाइराख्दा समस्या हुँदैन। ‘यहाँ (आश्रममा) हुँदा उहाँले औषधि पनि नियमित खानुभएको थियो। यो निरन्तरता उहाँले कायम गर्नुपर्छ,’ उनले भनिन्, ‘औषधि खाइरहे पुरानो समस्या बल्झिदैन।’

मानव सेवा आश्रमको एक प्रयासले इमानसिंहको ३२ वर्षे नारकीय जीवनको अन्त्य भएको छ। यो उदाहरणले मानसिक रोगीलाई हेला र तिरस्कार नभएर उचित माया र उपचार गरे पुनर्जिवन सम्भव छ भन्ने गतिलो पाठ दिएको छ।

मनोरोग नेपालमा विकराल समस्या

पछिल्लो समय नेपालमा मानसिक स्वास्थ्य समस्या गम्भीर चिन्ताको विषय बन्दै गएको छ। मानव सेवा आश्रमको सहयोगमा इमानसिंहले नयाँ जीवन पाए पनि तथ्याङ्कहरूले इमानसिंह जस्तै लाखौं मानिस मनोरोगबाट ग्रसित रहेको देखाएको छ।

विभिन्न अध्ययनहरूले नेपालको कुल जनसङ्ख्याको करिब ३० प्रतिशत अर्थात् ८५ लाख मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको देखाउँछन्। यी मध्ये कतिपय सामान्य त कतिपय कडा खाले मानसिक रोगबाट गुज्रिरहेका छन्।

मानसिक अस्पताल लगनखेलका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. अनन्तप्रसाद अधिकारीका अनुसार नेपालमा इमानसिंह जस्तै कडा खाले मानसिक रोगी कुल जनसङ्ख्याको एक प्रतिशत अर्थात् झन्डै तीन लाख छन्।

‘अस्पतालमा उपचारका लागि आउनेमध्ये ३० प्रतिशत मानिस कुनै न कुनै मानसिक रोग लिएर आउनुहुन्छ,’ डा. अधिकारी भन्छन्, ‘मानसिक रोग विभिन्न कारणले हुनसक्छ। बाल्यकालको बेवास्ता, उचित मायाममता तथा संरक्षण नपाएमा, एक्लोपन वा बेसहारा महसुस भएमा, तनाव, सामान्य अप्ठ्यारा तथा बेरोजगारी, आर्थिक संकट, र स्वास्थ्य सेवाको अभाव, लागूपदार्थ सेवन, जुवातास जस्ता कारणले मानिसहरूको मानसिक स्वास्थ्य थप कमजोर बनाएको छ।’

सन् २०२० मा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२०’ अनुसार नेपालमा १८ वर्षभन्दा माथिका १० प्रतिशत वयस्क र १३ देखि १७ वर्ष उमेर समूहका ५.२ प्रतिशत किशोर किशोरीमा कुनै न कुनै प्रकारका मानसिक स्वास्थ्य समस्याबाट पीडित छन्।

परिषद्ले सातै प्रदेशबाट १५ हजार ८८ जनामा उक्त सर्वेक्षण गरेको थियो। जसमा ९ हजार दुई सय वयस्क र पाँच हजार ८८८ जना किशोर/किशोरी समेटिएका थिए। ती मध्ये २ दशमलव ९ प्रतिशत वयस्क र ० दशमलव ६ प्रतिशत किशोरकिशोरी कडा खाले मानसिक रोगसँग जुँधिरहेको पाइएको थियो।

सर्वेक्षणमा १० प्रतिशत वयस्क आफ्नो जीवनकालमा कम्तीमा एकपटक मानसिक मानसिक रोगबाट गुज्रिएको देखाएको छ। सर्वेक्षणको समयमा पनि ४.३ प्रतिशत कुनै न कुनै किसिमको मानसिक रोगमा थिए। यस्तै ५ जनामध्ये एक किशोर किशोरी कुनै न कुनै समय मानसिक रोगमा थिए।

सो सर्वेक्षणले ६ दशमलव ५ प्रतिशतले आत्महत्याबारे सोच्ने गरेको पाइएको छ। १ दशमलव १ प्रतिशतले त आत्महत्याको कोसिस नै गरिसकेको देखिन्छ। यस्तै थप ० दशमलव ३ प्रतिशत भविष्यमा आत्महत्याको कोसिस गर्न सक्ने सर्वेक्षणले औँल्याएको छ।

यस्तै, मानसिक रोगको उपचार गराउनेहरूले औसतमा एकजनाले वार्षिक १६ हजार खर्च गर्ने गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२२ मा गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले चिन्ता र तनाव (डिप्रेसन) जस्ता समस्याहरूको स्थिति पनि केलाएको थियो। जस अनुसार २२ प्रतिशत व्यक्तिहरू उच्च स्तरको चिन्ताबाट पीडित रहेका छन् भने डिप्रेसनको दर १८ प्रतिशत रहेको पाइएको छ।

पछिल्ला केही वर्षयता बढ्दै गएका आत्महत्या सम्बन्धी तथ्याङ्क हेर्ने हो भने अधिकांश आत्महत्या गर्नेहरू कुनै न कुनै मनोरोगबाट ग्रस्त देखिन्छन्।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा हरेक दिन २० जनाले आत्महत्या गर्छन्। आव २०८०/८१ मा नेपालमा कुल ७ हजार २२३ ले आत्महत्या गरेको देखाउँछ। पाँचवर्षअघि ०७५/७६ मा दैनिक औसत १६ जनाले आत्महत्या गर्थे।

यसरी आत्महत्या गर्नेमध्ये ८५ प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्य समस्याग्रस्त देखिन्छन्। डा. अधिकारी पनि आत्महत्याका घट्नामध्ये अधिकांशमा मानसिक असन्तुलन, डिप्रेसन र चिन्ताजन्य समस्या कारण हुने बताउँछन्।

‘८४ प्रतिशत मरोरोगी उपचार नै पाउँदैनन्’

मानसिक अस्पताल लगनखेलका निर्देशक डा. अधिकारीका अनुसार नेपालका करिब ८४ प्रतिशत मनोरोगी अनुकूल उपचार नै पाउन्नन्। १० मध्ये ८ जना मनोरोगीसम्म मनोपरामर्श र औषधिको पहुँच नै पुग्दैन्।

नेपालमा मनोरोग विशेषज्ञ २५० हाराहारीमा मात्रै छन्। जुन नेपालको समस्यालाई हेर्ने हो भने पर्याप्त होइन। नेपालमा १३ वटा सरकारी अस्पतालका १३० शय्यामा मानसिक रोगीको उपचार हुँदै आएको छ।

नेपालमा यो समस्या जटिल भए पनि समाधान सम्भव छ। समयमै उपचार, नीति निर्माण र कार्यान्वयन, तथा सामाजिक समर्थनका माध्यमबाट जस्तो सुकै मनोरोगीहरूको जीवन सहज बनाउन सकिन्छ।

‘मानसिक स्वास्थ्यको उपचारका पद्धतिहरू धेरै छन्। जसमध्ये मनोपरामर्श पनि एउटा हो,’ डा. अधिकारी भन्छन्,‘अलिकति कम गहन खालका विक्षिप्तता उत्पन्न नभइसकेका, एञ्जाइटी, रिलेटेड, माइल्ड खालको डिप्रेसन, तनाव जन्य समस्याहरुलाई मनोपरामर्शले पनि धेरै हदसम्म उपचार गर्न सकिन्छ।’

यसको उपचारबारे नेपाली समाजमा ठूलो भ्रम छ। आम मानिसले मानसिक रोग एकपटक लागे जीवनभर रहन्छ भन्ने बुझ्छन्। उपचार पद्धति खासै प्रभावकारी नहुने, औषधीले लठ्याउँछ, सुस्त बनाउँछ भन्ने भ्रम छ। त्यो गलत धारणा रहेको विज्ञहरू बताउँछन्।

सफल उपचारपछि बिरामीले पहिलेझैँ आफ्नो काम गर्नसक्छन्। समुदाय, परिवारमा पुनः स्थापित भएर सहज जीवनयापन गर्न सक्छन्।

तर, नेपालमा मानसिक समस्या देखिए त्यसको समयमै निदान र उपचारमा सहज पहुँच नहुँदा व्यक्तिको जीवन बर्बाद त हुने गरेको छ नै, परिवारको आर्थिक तथा सामाजिक अवस्था पनि भत्किने गरेको छ। राज्यलाई ठुलो हानी भइरहेको छ।

यसका लागि राज्यले नै गम्भीर भएर ध्यान दिनुपर्ने मानसिक अस्पतालका निर्देशक डा. अधिकारी बताउँछन्। ‘नेपालमा धेरैजसो मानिसले मानसिक स्वास्थ्य समस्या लुकाउने र उपचार खोज्न ढिलो गर्ने प्रवृत्तिले विकराल बन्दै छ’, उनले भने, ‘यसमा राज्य गम्भीर र जिम्मेवार हुनुपर्छ।’ प्रादेशिक अस्पतालसम्म पर्याप्त पूर्वाधारको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीको संख्या थप्ने, सचेतनाका कार्यक्रम ल्याउनेसम्मका काम राज्यस्तरबाट हुनुपर्ने उनी बताउँछन्।

]]>
अमृत थापा Sat, 11 Jan 2025 20:27:17 +0545
<![CDATA[वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-ख]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1460421-1736062886.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1460421-1736062886.html

आमालाई सन्तानको माया नलाग्ने कुरै भएन। १२ वर्षकी छोरी र १० वर्षको छोरा पढाउने सपना बोकेर उनी बिदेसिइन्।

‘म सोच्छु मुढो बन्चरो ताक्छ घुँडो’ भनेजस्तो नियतिलाई उनको त्यो चाहना स्वीकार्य थिएन। यतिबेला छोराछोरीको सुखद भविष्यको उनको कामना अलमलिएको छ। भत्केको घरको छानो टाल्ने सपनालाई बिचैमा आँधीले उडाइदिएको छ।

यतिबेला उनको पेटमा नौ महिनाको अनिच्छित गर्भ खेलिरहेको छ। त्यही अवाञ्छित गर्भले उनलाई आफ्नो सपना बिचैमा थाँती राखेर स्वदेश फर्कनुपरेको छ।

यसअघिका दुई सन्तानको औधी माया गर्ने यी आमा पेटमा खेल्दै गरेको सन्तानप्रति अत्यन्तै क्षुब्ध छन्। ‘मेरो जिन्दगीमा कसैले गरेको खेलबाडले सबै सपना भताभुङ्ग भएका छन्,’ उनले भनिन्, ‘हुर्केका छोराछोरीको औधी माया गर्ने म अहिले पेटमा रहेको सन्तानलाई माया नगर्न बाध्य भएकी छु।’

पेटमा हुर्किरहेको यो पीडा बिसाएर उनी फेरि बिदेसिन चाहन्छिन्। उनका निम्ति प्रत्येक क्षण लम्बिरहेका छन्। यो बच्चा जन्मिने समय चाँडो आओस् र फेरि जीवनको लयमा फर्किन पाइयोस् भन्ने उनलाई लागिरहेको छ।

पेटमा आएको सन्तानको भारी बिसाएर तत्काल बिदेसिन चाहन्छिन्। ‘यो बाबुलाई कसैको जिम्मा लगाएर घरमा भएका नानीहरूलाई एक पटक हेर्ने धोको छ,’ उनले आफ्नो बढेको पेटतिर इसारा गर्दै भनिन्, ‘त्यसपछि म मेरो अपुरो सपना पूरा गर्न फेरि बिदेसिनेछु।’

यो पनि पढ्नुहोस्

किसुनजीको को पर्छिन् कपाली ?

उनका अनुसार कुवेत जानुपूर्व एजेन्टले गरेको यौन शोषणका कारण यो बच्चा पेटमा आएको हो। आफूलाई होटलमा पुर्‍याउनुअघि एजेन्टले चिया खुवाएपछि बेहोस भएको उनले बताइन्। ‘विदेश जाने भनेर गाउँबाट साथमा हजार रूपैयाँ मात्रै बोकेर आएकी थिएँ,’ उनले नागरिकसँग भनिन्, ‘एजेन्टले मसँग पैसा मागेको थियो। मैले पैसा छैन भनेपछि एजेन्टले पठाओमा राखेर होटल पुर्‍याएको हो। त्यसपछि मलाई केही थाहा छैन। कुवेत गएपछि मात्रै पेटमा बच्चा भएको थाहा पाएँ।’

अन्तर्वार्ता सकेर निस्किने बेलामा उनले यो संवाददातालाई भित्र कोठामा बोलाइन् र भनिन्, ‘पेटमा सलबलाइरहेको यो सन्तान मलाई सर्प जस्तै लाग्छ।’

अवाञ्छित गर्भ बिचैमा खेर फाल्न उनले अनेक उपाय पनि गरिन्। ‘कुवेतमा बच्चा मार्ने कुनै औषधी किन्न पाइँदैनथ्यो,’ उनले भनिन्, ‘कुवेत घरमै रहेका विभिन्न किसिमका औषधी पनि खाएँ। बच्चा खेर गएन। आफ्नै पेटमा मुड्कीले धेरै हानेँ। गह्रौं भारी पनि उचालेँ। केही गरेर पनि बच्चा खेर गएन। रातभरि पेट कसिने गरेर पटुकी बाँध्दा पनि बच्चा मरेन।’

सहज सम्बन्धमा फुल्ने एउटा सृष्टिको फूल अहिले उनका निम्ति कहर बनेको छ। त्यही फूल कहिले चुडाएर फ्याकौं भन्ने भएको छ। डाक्टरका अनुसार पेटको बच्चा जन्मिनलाई अब महिना दिन बाँकी छैन। उनलाई गर्भवती महिलालाई देखिने समस्याहरूले सताइरहेको छ। उनको दाँत दुखिरहेको छ। शरीरमा अन्य जटिलता पनि भोग्नुपरेको छ।

उनको रातदिनको सपनाजपना पेटमा हुर्कंदै गरेको बच्चा कहिले बाहिर निस्किएला र झन्झट बिसाउन पाइएला भन्ने छ। हामीले भेटेका बेला नौ महिना लागेको पेटको बच्चा धेरै बोझ भएको उनले बताएकी थिइन्।

‘यो पेटमा भएको बच्चाको केही माया लाग्दैन,’ पीडैपीडाबिच उनले भनिन्, ‘घरमा सासूसँग मेरा छोराछोरी छन्। उनीहरूको मात्रै माया लाग्छ। यो बच्चा जन्मनलाई अझै एक महिना बाँकी भनेको छ। कहिले पाउने होला र घरमा आफ्नै छोराछोरीको मुख हेर्न जाने होला जस्तो भएको छ।’

वैदेशिक रोजगारीमा जाँदा सबैको ध्यान कमाइमा हुन्छ। त्यहाँबाट पारिवारिक गर्जो टार्न सकिने गरी कमाएर फकिन्छन्। राजधानी काठमाडौं नजिकैको एउटा जिल्ला (जिल्लाको नाम गोप्य राखिएको) को दुर्गम गाउँकी यी ३२ वर्षीया महिला त्यहाँ पुगेको आठ महिना नपुग्दै देश फर्किन बाध्य भइन्।

उनी देश फर्के पनि घरपरिवारलाई उनी यहाँ आएको जानकारी छैन। उनले यसलाई गोप्य राखेकी छन्। उनका अनुसार, कुवेतमा काम गर्दै गर्दा करिब सात महिनाको बच्चा पेटमा छ भन्ने घर मालिकले चाल पाएपछि टिकट काटेर नेपाल फर्काइदिएको हो। पेट ठुलो हुँदै गएपछि घर मालिकले नै अस्पताल लिएर गएका थिए।

‘मेरो पेट बढ्दै गएको देखेर म्याडमले तिमी पाउने छौ कि क्या हो भनी अस्पताल पुर्‍याइन्,’ उनले भनिन्, ‘त्यहाँ चेकजाँच गर्दा आफ्नै पेटभित्र छोरा देखेँ। करिब सात महिनाको बेबी छ भनेर डाक्टरले म्याडमलाई भन्नुभएको थियो।’

उनका पति पनि विदेश कमाउन गएका थिएँ। उनी विदेश जाँदाको ऋण पनि उत्तिकै थियो। पति पनि काम गर्न नसकी देश फर्किए। पतिले लिएको ऋण तिर्ने र नयाँ घर बनाउने सपना बोकेर उनी विदेश हिँडेकी थिइन्।

उनले सुस्केरा हाल्दै भनिन्, ‘आज यस्तो अवस्थामा फर्कनु परेको छ।’

कुवेत बस्दा उनले घर खर्च र छोराछोरीको पढाइका लागि करिब डेढ लाख रूपैयाँ पठाएकी थिइन्। बिचैमा गर्भ रहेको थाहा पाएपछि देश फर्कनुपर्‍यो, कमाउने सपना अधुरै रह्यो।

यो पनि पढ्नुहोस्

दुई वर्षपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : स्थानीयमा छैन उत्साह

आफ्नो गर्भमा आएको बच्चा कुवेतमै जन्माएर कतै फाल्ने ध्याउन्नमा उनी थिइन्। यसो गर्दा कस्तो खतरा हुन्छ भन्ने उनलाई लागेको थिएन। डरको अगाडि कसको के लाग्छ र? त्यो बच्चा विदेशमा होइन, नेपालमै जन्माउनुपर्ने नियति रहेछ।

पति फेरि विदेश गएका छन्। नियमित रूपमा कुरा हुने गरेकामा अहिले उनीसँग टाढै रहेकी छन्। बच्चा जन्माएर फेरि विदेश हानिने चिन्ता उनलाई छ।

‘सुरुमा ग्यास्ट्रिक भएजस्तो पेटमा केही हिँड्न थाल्यो,’ उनले भनिन्, ‘बच्चा होला भन्ने त कल्पनै नगरेको कुरा हो। पछि पेट पनि बढ्दै गयो। बच्चा पनि धेरै चल्दै गयो। त्यसपछि मात्रै बच्चा छ भन्ने थाहा पाएँ।’

प्रायः महिलाहरू गर्भवती भएपछि बच्चा खेर जान्छ भनेर ठुलो डरमा हुन्छन्। त्यसका लागि सावधानी अपनाउँछन्। उनले भने गर्भ खेर फाल्न निकै प्रयास गरिन्। बच्चा केही गरेर पनि खेर नगएको उनी बताउँछिन्।

नेपाल फर्केकी उनी अहिले अमृतसरको आवास गृहमा छिन्। उनी भने बच्चाको माया नगरी रातभरि दह्रोसँग पटुका कसेर बस्ने गरेको संस्थाकी एक कर्मचारी बताउँछिन्।

‘उनको पेटमा भएको बच्चा मार्नलाई उनले धेरै प्रयास गरेकी हुन्,’ ती कर्मचारीले नागरिकसँग भनिन्, ‘हामीले यहाँ ल्याएर कति धेरै परामर्श दिँदा पनि उनी मान्न तयार भएकी छैनन्। उनलाई बच्चा नचाहिएको हुँदा पेटमा भएको बच्चा खेर गइदिए हुन्थ्यो भनेर रातभरि पटुका कसेर सुत्ने गरेकी छिन्। एक महिना टिकाउन सके बच्चाले जन्म पाउने थियो। त्यो बच्चाको के दोष र ?’

रातभरि पेट कसेर सुत्ने गरेकाले हुनुपर्छ संवेदनशील अंगबाट रगतसमेत बग्ने गरेको अमृतसर संस्थाकी अध्यक्ष मुना गौतम बताउँछिन्।

उनका अनुसार वैदेशिक रोजगारीमा यस्तो बेथिति घट्नेभन्दा पनि बढिरहेको छ। समाजमा पुरुष धेरै देखिन्छन् तर महिला कम देखिन थालेका छन्। गाउँघरमा रहेका सबै महिला विदेश पुगेसँगै बेतिथिको शिकार भएर देश फर्किरहेका छन्।

उनको अनुभवमा एकल, अविवाहित र पारिवारिक अवस्था उकास्न विदेश पुगेका महिला अहिले झन् धेरै बिचल्लीमा परेका छन्। घरबाट निस्किएदेखि विदेश नपुगेसम्म महिलामाथि यौन हिंसा हुने गरेको उनले बताइन्।

अपरिचित पुरुषसँगको सम्पर्कमा पुगेका महिलाको गर्भको ठेगान हुँदैन। अधिकांश महिला एजेन्टदेखि काम गर्न विदेश गएका ठाउँसम्म यौन शोषणमा परेका हुन्छन्। कसैलाई थाहा नदिई महिला आफैंले जन्माएर बच्चा फाले भने ढुक्कै भयो। पीडित महिलाको सम्पर्कमा आउँदा गौतमको बुझाइ रहेको छ– उनीहरूका लागि विदेशी भूमिमा गर्भमा आएको बच्चालाई पेटमा नौ महिनासम्म हुर्काई जन्माएर फाल्नलाई नौ दिनजस्तो मात्र लाग्छ।

यो पनि पढ्नुहोस्

विश्वास, अविश्वास र परम्पराको कथा : आधुनिक काठमाडौं झारफुके र माताको शरणमा

उनले भनिन्, ‘महिलाको अवैध रूपमा पेटमा बच्चा छ भन्ने विदेशीले थाहा पाएपछि जसरी पनि नेपाल फिर्ता गरिदिन्छन्। ती महिलालाई पनि बच्चा चाहिएको हुँदैन। उनीहरूका लागि त्यो बच्चा बोझ हुन्छ। अनि हामीले पनि यो बच्चाको पिता तपाईं हो भनेर कसलाई समात्न जाने हो र ? धेरै गाह्रो छ बच्चालाई आफ्नो पिता चिनाउन।’

एकातिर महिलाको अवाञ्छित गर्भको पीडा छ। अर्कातिर, यस्ता महिलालाई सम्भावित आम्दानीको स्रोत ठानेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै मेडिकल वा चिकित्सकमा पुर्‍याउने गिरोहसमेत सक्रिय छ। यस्तो गिरोहले आर्थिक लोभले आठनौ महिना पुगेका गर्भसमेत फ्याक्न सक्रिय रहेका छन्।

गौतमका अनुसार अवैध गर्भ रहेका महिला ३/४ महिनामै नेपाल फर्किएर बच्चा फाली पुनः विदेश जाने गर्छन्। तर ६, ७ महिना पार भएका महिला विदेशमै बच्चा जन्माएर फाल्ने सोचमा हुन्छन्। विदेशीले थाहा पाएर नेपाल फर्काइदिएमा उनीहरूलाई एयरपोर्टमा भएका गिरोहले समातेर आफूहरूसँग सम्पर्कमा रहेका डाक्टरकोमा पुर्‍याई बच्चा जन्मनै लागेको छ भने जन्माउने वा मार्ने योजना छ भने मारिदिने गर्छन्।

‘त्यसरी जन्मिएको बच्चालाई गिरोहले बच्चै नभएका बाबुआमालाई दुईचार लाख रूपैयाँमा बेच्ने गर्छन्। विदेशबाट पेटमा बच्चा लिएर आएका महिला बच्चा जन्माएपछि एक दुई साता होटलमा बसेर पुनः बिदेसिने गरेका पनि थुप्रै घटनाहरू छन्,’ उनले भनिन्।

स्वदेश आएर बच्चा फालेर पुनः विदेश गएको खबर परिवारलाई थाहै हुँदैन। केही समय विभिन्न समस्यामा परेको हुँदा सम्पर्कमा आउन नसकेको खबर परिवारलाई विदेश पुगेपछि सुनाउने गरेका पीडितहरूका अनुभव अध्यक्ष गौतमसँग प्रशस्त छन्।

यो पनि पढ्नुहोस्

अनिच्छित आमाहरू: वैदेशिक रोजगारीको कहालीलाग्दो कथा

यो पनि पढ्नुहोस्

वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू (क) (भिडियोसहित)

]]>
गुणराज लुइँटेल,सविता खड्का,उपेन्द्र लामिछाने Sun, 05 Jan 2025 13:26:26 +0545
<![CDATA[वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-क (भिडियोसहित)]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1460268-1735957781.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1460268-1735957781.html

यो बच्चा कहाँको हो ? नेपाल कि कुवेतको ? उनका आँखाबाट अविराम आँसु झरिरहेका थिए। प्रश्नले आँसु अरू थपिए। एउटा हातले बच्चा थुमथुम्याउँदै उनले भनिन्, ‘बच्चा नेपालकै हो।’

नेपालकै विवाहित पुरुषसँग प्रेम सम्बन्धमा रहेपछि गर्भ रहेको दाबी उनको थियो। उनी विदेश गएपछि उक्त विवाहित पुरुषसँग सम्पर्कमा नरहेको उनले बताउन बिर्सिनन्।

‘पेटमा बच्चा छ भन्ने थाहा भएन। विदेश गएपछि उहाँसँग कुराकानी पनि भएन। पछि नेपाल आएर उहाँलाई यो खबर सुनाउँदा यो मेरो बच्चै होइन भन्नुहुन्छ,’ उनले भनिन्।

त्यसपछि उनी केही शान्त भइन्। ‘हुन त, नेपालबाट विदेश जाँदा मेडिकल गर्नुपर्थ्यो। त्यति बेला मेडिकल गर्दा पेटमा बच्चा छ भनेर भनेनन्,’ उनले भनिन्, ‘विदेश गएको सात/आठ महिनामा बच्चा जन्मियो।’

उनले थपिन्, ‘त्यो मान्छे विवाहित हो। उसको परिवार छ। यो बच्चा मेरो होइन, डिएनए गराउँदा हुन्छ भन्नुभएको छ रे ? खै अब के गर्ने हो ? केही थाहा छैन। यो बच्चा अब मै हेर्छु। एक महिना भइसक्यो। अब त माया लाग्ने रहेछ। बरु विदेश अलिपछि जान्छु।’

आफ्नो पेटमा बच्चा छ भन्ने नै थाहा नभएको उनी बताउँछिन्। ‘मलाई थाहै भएन। विदेश जाँदा त्यत्रो मेडिकल गराउँदा केही भनेनन्। डाक्टरले नै सबै चेकजाँच गरेको हो। राम्रै छ विदेश जाऊँ भनेको हो। कुवेतमा गएर पनि मेडिकल गराएको पनि हो। त्यहाँ पनि केही भनेनन्,’ उनले काखमा भएकी छोरीलाई नियाल्दै भनिन्।

परिवारलाई पाल्न परदेश हिँडेकी २१ वर्षकी उनी वर्ष दिन नपुग्दै स्वदेश फर्किन बाध्य भइन्। जाँदा उनी एक्लै थिइन्, फर्किंदा उनीसँगै महिना दिन पनि नपुगेकी शिशु काखमा छन्। उनलाई स्थानीय अमृतसरले संरक्षणमा राखेको छ। उनी विदेशबाट आउँदै गर्दा त्यो संस्थाकी उदारमना सञ्चालकले विमानस्थलबाटै संस्थामा ल्याएकी हुन्। हामी उनलाई भेट्न जाँदा काखमा त्यही शिशुसहित उनी आइन्। उनले हामीसँगको संवादमा जे बताइन्, त्यसले सुन्नेका आङ जिरिङ्ङ पार्छ।

उनी पनि अरू धेरै महिलाजस्तै पारिवारिक अवस्थाका कारण बिदेसिएकी हुन्। घरमा दाजुभाइ कोही छैनन्। बाबुले अर्की पत्नी ल्याए। उनकी आफ्नी आमा भने कुवेतमा छन्।

यो पनि पढ्नुहोस्

बारा, योमरी बेचेरै करोडपति

उनी पनि आमा गएकै देश कुवेत जाँदा नेपालमा मेडिकल गराएकी थिइन्। त्यतिबेला उनी गर्भवती भएको मेडिकल रिपोर्टमा देखिएको थिएन। ‘त्यहाँ गएपछि मैले बच्चा पाएँ,’ ती युवतीले नागरिकसँग भनिन्, ‘अब के भनौं धेरै दुःख पाएँ। धेरै गाह्रो पनि भयो। जुन घरमा काम गर्न बसेको थिएँ, त्यही घरबाट निकालिदिनुभयो।’

काम गर्न बसेकै घरमा उनले बालिकालाई जन्म दिइन्। उनलाई एक महिनाजति अस्पताल राखियो। त्यसपछि उनलाई थुनामा लगियो। धन्य, उनले चार/पाँच दिन मात्रै थुनामा बस्नुपर्‍यो। नेपाली दूतावासले उनलाई नेपाल फर्काउन पहल गर्‍यो।

‘म कुवेतीकै घरमा काम गर्न बसेकी थिएँ,’ उनले भनिन्, ‘उनीहरूले मलाई धेरै राम्रो व्यवहार गर्थे। त्यस्तो नराम्रो केही गर्ने थिएनन्।’

उनलाई कुवेती एक सय १० केडी पारिश्रमिक दिने भनेर कुवेत लगिएको हो। त्यसैअनुसार उनले तलब पनि पाइन्। अस्वाभाविक अवस्थामा घर फर्कनु परेपछि उनले दुई महिनाको तलब पाइनन्।

‘उहाँहरूले त्यो स्यालरी दिनुभएको छैन,’ उनले भनिन्, ‘मलाई अस्पताल पुर्‍याएपछि कुवेती परिवार कोही मलाई भेट्न आउनुभएन। त्यो घरमा मेरा धेरै कपडा थिए,’ काखमा भएको आफ्नो बच्चालाई हेर्दै उनले भनिन्।

वास्तवमा उनी बच्चा जन्मिने बेलासम्म घरको काममै व्यस्त थिइन्। उनलाई बच्चा जन्मिन्छ जस्तो लागेको पनि थिएन। काम गर्दागर्दै व्यथा लागेको थियो। ‘काम गर्दागर्दै बच्चा जन्मियो,’ उनले भनिन्, ‘बच्चा जन्मिएको पाँच मिनेट अघिसम्म म काम गरिरहेकी थिएँ। एक्कासी दाँत र पेट दुख्न थाल्यो। अनि म बाथरुम गएँ। बच्चा निस्कियो।’

उनी एक्लैले बच्चा पाइन्। उनी आफैंले बच्चाको नाभी काटिन्। कुवेती परिवारले थाहा पाएपछि एम्बुलेन्स बोलाएर अस्पताल लगे। अस्पतालमा उनलाई छाडेर फर्केका उनीहरू फर्केर आएनन्। अस्पतालमा उनलाई केही लत्ताकपडा दिएनन् तर बच्चालाई दिएका थिए।

त्यसको तीन सातामा कुवेतस्थित नेपाली दूतावासले उनलाई नेपाल फर्काएको हो। फर्केको करिब महिना दिनमा नागरिकले उनलाई भेटेको थियो। ‘एयरपोर्टमा बच्चा च्यापेर आएकी थिएँ, सोही समयमा अमृतसर सामाजिक संस्थाले यहाँ ल्याएको हो,’ उनले भनिन्, ‘मेरो घरपरिवार कसैलाई पनि थाहा थिएन, तर नेपाल आएपछि सबैले थाहा पाउनुभयो। कुवेतमा भएकी मेरी आमालाई पनि थाहा भयो।’

‘तपाईंको सपना अर्कै थियो होला ? भविष्यमा केही गर्ने सोच थियो होला, अब के भयो त ? कसरी दिनचर्या बिताउने सोच्नुभएको छ ?’ हाम्रा यी प्रश्नमा उनले आँखाबाट आँसुको धारा बगाउँदै भनिन्, ‘खै, अब केही सोचेकै छैन। सपना त थियो नि ? विदेशमा गएर टन्न पैसा कमाएर बाआमा पाल्ने, मेरो घरमा दाजुभाइ कोही छैनन्। हामी दिदीबहिनी मात्रै पाँच जना हो। बहिनीहरू ससाना छन्।’

उनका बहिनीहरू सानै छन्। घरमा कमाउने कोही छैनन्। दिदीहरू बिहे गरेर आफ्नै घरव्यवहारमा लागिसकेका छन्।

बोल्दाबोल्दै उनी धेरैपटक मौन बसेकी छन्। अझ कैयन् पटक उनले सुँक्क सुँक्क रुँदै आफ्ना कथाव्यथा सुनाएकी छन्। ‘बहिनीहरू हजुरबुबा–हजुरआमासँग बस्छन्। बहिनीहरूका लागि मैले पढाइ खर्च दिन पनि सकिनँ।’

आमा यति धेरै पीडामा भए पनि भदौ ८ गते कुवेतमै जन्मिएकी बालिका आमाको काखमा ढुक्क देखिन्थिन्।

कुवेती घरमा काम गर्दा उनले त्यहाँको भाषा जानेकी थिइनन्। यतिकै डर लाग्थ्यो। पढाइ पनि धेरै होइन। नेपाली साथीहरू पनि कोही थिएनन्। एउटी फिलिपिनो साथी पछि थपिएकी थिइन्।

कुवेती घरमा खाना बनाउने, लत्ताकपडा धुनेदेखि सरसफाइसम्मको सबै काम उनले गर्नुपर्थ्याे। ‘घरको काम सबै सकेर मालिकहरूको कपडामा आइरन पनि लगाउनुपर्थ्याे,’ उनले भनिन्, ‘पछि बच्चा जन्मिएर नेपाल आउनुपर्‍यो। पछि सबैले थाहा पाएर कोही बोल्नुभएन। ममी पनि बोल्नुभएन।’

बेसहाराको सहारा: अमृतसर

उनी विमानस्थलमा बच्चा दिएर आएकी थिइन्। कता जाने भन्ने कुनै टुंगो थिएन। विमानस्थलमा उनको सामाजिक संस्था अमृतसरका प्रतिनिधिसँग भेट भयो। ‘हामीहरू तपाईंलाई लिन आएका हौं, अब आत्तिनुपर्दैन भन्नुभयो,’ उनले भनिन्, ‘मलाई पनि कहाँ जाने के गर्ने भन्ने पिरचिन्ता लागेको थियो। पछि उहाँहरूसँगै आएँ।’

विदेशबाट आउँदा उनीसँग दुईवटा फोनबाहेक केही थिएन। कुवेती सरकार र मालिकले केही नदिएको गुनासो उनले गरिन्। कुवेती प्रहरीमा बस्दा उनले धेरै आग्रह गरेपछि मात्र दुईवटा फोन ल्याएर दिइएको थियो।

‘त्यहाँ कमाएको सबै पैसा घर पठाइदिएकी थिएँ,’ उनले भनिन्, ‘एक रूपैयाँ पनि आफूसँग राखिनँ। करिब दुईलाख रूपैयाँ जति पठाइदिएँ होला घरमा।’

तपाईंलाई परेजस्तो समस्या के गरेको भए पर्ने थिएन भन्ने प्रश्नमा उनले भनिन्, ‘अँ, खै यहीं देखेको भए त फालिन्थ्यो होला ? उता गएर देखेको भए पनि मैले केही गर्न सक्दिनथेँ। अरूको ठाउँमा गएर बच्चा फाल्न पनि गाह्रो। फेरि विदेशमा बच्चा मार्‍यो भनेर फाँसी दिन्छ। आफैंले पाएँ अनि नेपाल ल्याएँ।’

कुवेती घरका साहुसाहुनी धेरै राम्रा भएको उनले बताइन्। ‘मलाई राम्रै व्यवहार गर्थे,’ उनले भनिन्, ‘म अस्पताल गएपछि सम्पर्कमा उहाँहरू पनि आउनुभएन।’

अस्पतालले उनकी नवजात छोरीलाई केही कपडा दिए। उनलाई भने केही दिएनन्। ‘जुन कपडामा अस्पताल गएको थिएँ, त्यही कपडामा नेपाल आएकी हुँ,’ उनले भनिन्।

उनले आफ्ना प्रेमी दाबी गरेका पुरुषसँग कुनै कुराकानी नभएको बताइन्। नेपाल आएपछि अमृतसरका प्रतिनिधिले तिनलाई सम्पर्क गरे पनि आफूसँग कुनै कुराकानी नभएको बताइन्। ‘विदेशमा होस् या नेपालमा उहाँसँग कुरा भएको छैन,’ उनले भनिन्, ‘अब के कुरा गर्नु र ? नानीलाई अलि ठुलो बनाएर फेरि विदेश जान्छु।’

विदेशबाट काखमा नानी लिई आउनेलाई सबैले नराम्रो सोच्ने गरेकाले मनमा ठुलो पीडा हुने उनले बताइन्। लामो सुस्केरापछि उनले भनिन्, ‘यहाँ अरूले नराम्रो भन्छन्। गाउँघरका मान्छेले विदेशबाट बच्चा बोकर आ’को छ भन्छन्। बुबाआमाको इज्जत पनि गयो। धेरै नराम्रो लागेको छ। आफैंले पाएको बच्चा फाल्न पनि सकिएन। बच्चा खेलाउँदै र देख्दै गएपछि अब त झन् माया लाग्ने रहेछ।’

यो पनि पढ्नुहोस्

नेपालमा बढ्दै वृद्धवृद्धाको संख्याः सक्रिय रहनु दीर्घ जीवनको रहस्य

उनलाई जस्तै घटना अरूलाई पनि भएको छ। उनी अरूलाई के भयो भन्ने भन्दा पनि आफ्नै दुःखले पीडित छिन्। कमाउन गएकी महिलाले बच्चा लिएर आउनु परेको घटना उनी आफ्नै लागि अपत्यारिलो छ। ‘कमाउन गएको म यसरी बच्चा लिएर आउनुपर्छ भनेर कहिल्यै साचेको थिइनँ,’ उनले भनिन्, ‘खुरुखुरु काम गर्थें र आएको तलब घर पठाइदिन्थेँ। त्यही भएर दुई महिनाको एक्कैचोटि पठाउने भनेर तलब पनि लिएकी थिइनँ।’

घरमालिकले पनि उनलाई तलब एकैचोटि दिन्छु भनेका थिए। दसैंमा परिवारलाई दुई महिनाको तलब पठाउने धोको हुँदाहुँदै उनी पहिल्यै छोरीसहित देश आइपुगिन्।

उनका पिता घरमै छन्। करिब ८५ वर्षका हजुरबुबा–हजुरआमा छन्। चार, १० र १२ वर्षका बहिनीहरू छन्। उनी चिन्तित हुँदै भन्छिन्, ‘बहिनीहरू पढ्दै छन्। तिनीहरूले के सोचिरहेका होलान्।’

के गर्दैछ सरकार?

यस्तो अवस्थामा रहेका महिलालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुनै योजना सरकारको छैन। बच्चासहित देश फर्केका महिलालाई दोहोरो तेहरो जिम्मेवारी पूरा गर्न सहज छैन। ‘मसँग एक रूपैयाँ पनि छैन,’ उनी चिन्तित हुँदै भन्छिन्, ‘खै अब के गर्नु ?’

आखिर सन्तान हो, जेजस्तो परिस्थितिमा जन्मेको भए पनि। सानी नानी हाँस्दा उनलाई खुसी लाग्छ। छोरीसँगै उनी पनि हाँस्छिन्। एकैछिन आफूलाई बिर्सिन्छिन्। आफ्नो अगाडि उभिएका चुनौतीका पहाड देखेर उनी झसङ्ङ हुन्छिन्। फेरि उनका अगाडि अभिभावकीय जिम्मेवारी उभिन्छ। उनी बलियो मन बनाउँदै भन्छिन्, ‘अहँ, अब यसलाई मजस्तै कुवेत पठाउन्न।’

‘जे जस्तो भए पनि ठुलो हुन्जेल पढोस् मेरो छोरीचाहिँ,’ उनी भन्छिन्, ‘मैले जसरी दुःख नपाओस् भन्ने छ। छोरीलाई पढाउँछु।’

आफूसँगै गएका साथीहरूले कमाइरहेको कल्पनाले स्वाभाविक रूपमा उनलाई दुःखी बनाउँछ। आफू भने यस्तो अवस्थामा फर्किनु परेकोमा चिन्तित हुन्छिन्।

कुवेतमा आफ्नै गर्भमा हुर्किंदै गरेको बच्चाबारे उनले केही सोचेकी पनि थिइनन्। बच्चा जन्मेपछि भने नेपाल ल्याउने पक्षमा थिइनन्। बच्चा पाउँदै गरेको अवस्थामा अरू कसैले देखेका कारण पनि उनी त्यसलाई लिएर आउन बाध्य भएकी हुन्।

उनीजस्ता छन् अनेक

आप्रवासी श्रमिकको उद्धार, उत्थान र पुनस्र्थापना क्षेत्रमा काम गर्दै आएको अमृतसर सामाजिक संस्थाकी अध्यक्ष मुना गौतमका अनुसार विदेशमै बच्चा फालेर वा लिएर आएका महिला संख्या ठुलो छ।

कुवेतबाट यी महिलाले शिशु लिएर आउन पाउनुपछाडिको एउटै कारण उनीसँगै रहेकी फिलिपिनो महिलाले बच्चा रोएको आवाज सुन्नु नै हो। उनले दौडँदै गएर ढोका खोलेका कारण आमा र बच्चा नेपाल आउन सफल भएका हुन्। अन्यथा उनले त्यो बच्चा फालेर उम्किने सोच बनाएकी थिइन्।

बच्चा नेपाल आउन सक्ने अवस्था नै नभएको गौतमले बताइन्। ‘यो बहिनीको एब्युजको केस हो,’ उनले भनिन्, ‘नौ महिनासम्ममा पेटमा बच्चा भएको थाहा हुन्छ। तर, उनले आफू गर्भवती भएको लुकाइरहेकी थिइन्। बच्चा पेटमा आएपछि जन्माएर फाल्ने योजना हो। तर, त्यो सम्भव भएन।’

उनका अनुसार ती युवतीलाई यो बच्चाको बुबा नेपालमै छ भन्न लगाएर मात्रै नेपाल आइपुगेको हो। अरबी नागरिकको बच्चा हो भनेमा त्यहाँ प्रहरी मुद्दा र प्रक्रियामा जान्छ। बच्चा ठुलो भएपछि विदेशी आफैंले लिन्छ। त्यसपछि आमासँग बच्चा छुटाउने कानुनी प्रक्रिया सुरु हुन्छ।

‘यसको बाबा नेपालमै छ। यो बहिनीलाई नेपाल पठाइदिनुस् भनेर चिठी पठाएपछि मात्रै स्वदेश आउन सम्भव भएको हो,’ अध्यक्ष गौतमले भनिन्, ‘यी बहिनीलाई पनि कुवेतमा त्यही भन्न सिकाइयो। त्यसपछि मात्रै त्यहाँ विभिन्न प्रक्रिया चालेर नेपाल ल्याउन सफल भएका हौं।’

बच्चा र बच्चाकी आमा नेपाल आएपछि परिवारलाई पनि खबर गरेको उनले बताइन्। ‘गाउँका पूरै ३५÷४० जना मान्छे जम्मा भएसँगै उनीहरू पूरै छक्क परिरहेका थिए,’ उनले नागरिकसँग भनिन्, ‘हामीले पनि जोखिम लिन सक्दैनौं। पछि केही भइहाल्यो भने परिवारलाई खबर त दिनुप¥यो। अब यसलाई प्रहरीमा लिएर जाँदा मुद्दा दायर नै गर्दैनन्।’

परिवार सदस्यलाई उधृत गर्दै गौतम भन्छिन्, ‘हामीलाई मतलब छैन। यसलाई कहाँ लैजाने, के गर्ने तपाईंहरू आफैं गर्नूस्।’

कुवेतबाट बच्चा लिएर फर्किएकी ती आमासँग कुराकानी हुँदै गरेको र कुनै न कुनै रूपमा यसलाई किनारा लगाउने गौतमले बताइन्।

उनका अनुसार यतिबेला कुवेतमा आगो बलिरहेको छ। त्यहाँ धेरै महिलाले दुःख पाएका छन्। अरू देशमा बरू कुवेतमा जस्तो बिचल्ली छैन। धेरै नेपाली महिलाले विदेशमा बच्चा आफैंले जन्माएर ट्वाइलेटमा फाल्ने गरेका छन्। कतिपय महिलाले बच्चा जन्माएर मारिदिने र झोलामा प्याक गरेर बाहिर कतै डस्टबिनमा फालिदिनेसमेत गरेका छन्।

‘बाहिर डस्टबिनको त्यो फोहोर धेरै भएपछि गाडीले उठाएर लैजाने हो,’ उनले भनिन्, ‘त्यसलाई कहाँ पुर्‍याउँछ थाहै हुन्न। कतिपय त कुहिएर मान्छेको बच्चा हो कि अरू जनावरको भन्ने पत्तै लगाउन सक्दैनन्।’

कोभिड–१९ पछि मध्यम वर्गीय परिवारका महिलाले पनि विभिन्न देशमा घरेलु कामदारका रूपमा काम गर्ने क्रम बढेको छ। अहिले आर्थिक विपन्नताका कारण विदेश जाने बढेका छन्। २५ शड्ढयाको आवसगृहसहित सञ्चालित अमृतसरमा अहिले विदेशबाट उद्धार हुने महिलाको चाप बढ्दो छ। दुई वर्षअघिसम्म विदेशमा अप्ठेरोमा परेका केही महिलालाई उद्धार गर्दै आए पनि अहिले दैनिक करिब १५ जना आइरहेको गौतमले बताइन्।

अहिले खाडीमुलुकबाट बिचल्लीमा परेका महिला मध्येरात १२ देखि बिहान तीन बजेसम्म आउँछन्। त्यहाँका एजेन्सी अफिस, घरमालिक तथा साहुले सस्तो फ्लाइटमा उनीहरूलाई नेपाल फर्काउँछन्। त्यसरी फर्किएका पीडित महिलाहरूलाई केही दिइँदैन। परिवारसँग पनि तिनको सम्पर्क हुँदैन। पीडित महिलासँग भएका मोबाइल फरम्याट अथवा डिलिट गरेर पठाइन्छ, जसले सबै प्रमाण मेटाइसकेको हुन्छ।

त्यसरी एयरपोर्टमा धेरै महिलाहरूको गन्तव्य कहाँ हो भन्ने समेत थाहा नहुने अमृतसरकी गौतमले बताइन्। अझै विदेशबाट अवाञ्छित बच्चाहरू लिएर आउने महिलाहरूलाई समाज, परिवार र साथीभाइले समेत तिरस्कृत गरेका कारण पीडितहरूका लागि आवासको व्यवस्था गरिएको हो। विदेशीका बच्चासहित आउने, तिनकै गर्भ बोकेकाहरूको अवस्था झनै भयावह रहेको उनले बताइन्।

यसरी आउने महिला र तिनका बच्चाको बिचैमा मृत्यु भयो भने तिनको अन्तिम सतगतसमेत यही संस्थाले गर्ने गरेको छ। ‘यी सबै महिला आफैंले चाहेर मात्र यति गम्भीर अवस्था सिर्जना भएको होइन। पारिवारिक अवस्था कमजोर भएपछि उनीहरू बिदेसिन्छन्। विदेशमा नसोचेको र नदेखेको पीडा उनीहरूले भोग्नुका साथै पीडादायी अवस्थामा नेपाल फर्किने गरेको उनको अनुभव बताउँछिन्।

यसरी फर्किएका महिलाहरूलाई सरकारले पनि केही सहयोग नगरेको उनको गुनासो छ। ‘हाम्रो पनि सानो आवासगृह छ। त्यसमा उनीहरूलाई हेरचाह गर्नेदेखि बस्ने, खाने व्यवस्था गर्न पनि गाह्रो छ,’ उनले भनिन्, ‘हामीलाई सरकारबाट केही सहयोग छैन। बरू केही मात्रामा प्राइभेट व्यक्ति तथा संस्थाले सहयोग गरिदिएको छ।’

विदेश जानुअघि सामान्य सोच्ने महिलाहरू फर्केर आएपछि सोचजस्तो होइन रहेछ भन्ने निष्कर्षमा पुग्छन्। गौतमका अनुसार कतिले विदेशबाट उद्धारका लागि लाइभ भिडियो कल गरेर हारगुहार माग्छन्।

यो पनि पढ्नुहोस्

अख्तियारबाट जोगिन अदालतमा ‘लेनदेन’ मुद्दा

उनीहरूलाई उधृत गर्दै उनले भनिन्, ‘दिदी यहाँ हेर्नुस् त साहुको छोराले अन्डरवेयर मात्रै लगाई रातभरि ढोका ढकढक्याएर हैरान गर्छ। मैले यसै भनेकी होइन। यहाँको जञ्जालबाट बचाइदिनुहोस्। म नेपाल आउन चाहन्छु।’

आफूलाई रातदिन विदेशमा अलपत्रमा परेका महिलाले फोन गरेको ग¥यै गर्ने गरेको अमृतसरकी अध्यक्ष गौतम बताउँछिन्। ‘नेपाली महिला विदेशीसँग मात्रै होइन, विदेशमै नेपाली एजेन्सी खोलेर बसेका एजेन्टहरूसँग पनि सुरक्षित छैनन्,’ उनले भनिन्, ‘यौन शोषणमा परेर फर्केका महिला त कति हुन्छन् हुन्छन्, तिनीहरूलाई कसरी सरक्षण गर्ने, त्यो नै गाह्रो छ। सम्हालेर सम्हाल्न सक्ने अवस्था छैन। हरेक दिन नेपाल फर्किएका तीनचार जना महिला यौन शोषणमा परेकै हुन्छन्।’

अवैधानिक रूपमा विदेश गएका महिलालाई स्वदेश ल्याउन झनै कठिन छ। त्योभन्दा कठिन यस्ता व्यक्तिको त्यहीं निधन भयो भने लास ल्याउनलाई हुन्छ। कुवेतमा भिजिट भिसामार्फत त्यहाँ पुगेका सबै अवैधानिक हुन्। नेपाल सरकारले घरेलु कामदारका लागि विदेश जान बन्देज गरेको छ। तर, भिजिट भिसामा अत्यधिक महिला त्यहाँ पुगेका छन्। एक अनुमानअनुसार प्रतिमहिना हजारभन्दा बढी महिला अवैधानिक तवरले विदेश जाने गरेका छन्।

नेपालबाट महिलालाई सेटिङमार्फत सहजै विदेश जान हवाई उडान मिलाउने गरिएको छ। ‘एयरपोर्टबाट खाडी जाने महिलालाई रातिको मात्रै उडान छ। राति एयरपोर्टभित्र कसको ड्युटी कहाँ छ भन्ने सबै एजेन्टलाई थाहा हुन्छ। एयरपोर्टका कर्मचारीसँगै सबै सेटिङ भएका कारण यसरी अवैध तवरले दूरदराजका महिला विदेश पुग्ने गर्छन्,’ गौतमले नागरिकसँग भनिन्।

यो पनि पढ्नुहोस्

अनिच्छित आमाहरू: वैदेशिक रोजगारीको कहालीलाग्दो कथा

यो पनि पढ्नुहोस्

वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-ख

]]>
गुणराज लुइँटेल,सविता खड्का,उपेन्द्र लामिछाने Sat, 04 Jan 2025 08:14:40 +0545
<![CDATA[अनिच्छित आमाहरू: वैदेशिक रोजगारीको कहालीलाग्दो कथा]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1460256-1735952484.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1460256-1735952484.html

अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वैदेशिक रोजगारीबाट प्राप्त वार्षिक करिब साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्सको भित्री पाटो त्यति उज्यालो छैन। घरपरिवारबाट छुट्टिएर विदेश जाने सर्वसाधारणले त्यहाँबाट पठाएको रकमप्रति देशले जति गर्व गरिरहेको छ, त्यत्तिकै पीडा त्यहाँ हुने दुर्व्यवहारबाट महसुस गर्न सकिन्छ।

त्यसमा पनि विदेश जाने महिलाले त्यहाँ भोगेका दुर्व्यवहारको कथा कल्पनातीत छ। महिला कामदार कानुनी र गैरकानुनी दुवै बाटोबाट कमाउन विदेश गइरहेका छन्। यसरी जाने दुवैथरीले दुर्व्यवहार भोग्नुपर्छ। फरक यत्ति हो– दुर्व्यवहारको मात्रा कमबेसी हुन सक्छ। कतिपय महिलाले भोग्ने दुव्र्यवहार त निकै भयानक हुन्छ। त्यही दुव्र्यवहारबाट जन्मिने अवाञ्छित सन्तानको जिम्मेवारीसमेत तिनले उठाउनुपर्ने हुन्छ।

घरपरिवारको आर्थिक दायित्व पूरा गर्ने उद्देश्यले महिला घरबाट बाहिर निस्किन थालेका छन्। वैदेशिक रोजगारीमा जानु पनि तिनको त्यही दायित्वको एउटा पाटो हो। तर वैदेशिक रोजगारीमा पुरुषले भन्दा बढी कष्ट तिनले उठाउनुपरेको छ।

वैदेशिक रोजगारीमा जाने कतिपय महिला यौन दुव्र्यवहारमा समेत परेपछि आफू गएको मुलुकका पुरुषका सन्तान लिएर आउन बाध्य भएका छन्। त्यही देशमा बस्दा कानुनी झैझमेलामा परिने भएकाले कमाइभन्दा पनि जीवन रक्षाका लागि पनि तिनले स्वदेश फर्कनु पर्ने बाध्यता छ।

वैदेशिक रोजगारीको यो पाटोबारे नागरिकले गरेको अनुसन्धानमा यस्ता महिला रहेको पाइएको छ। काठमाडौंमा रहेको अमृतसर नामक गैरसरकारी संस्थाले संकलन गरेको सूचीमा मात्र पनि यो संख्या १६ सयभन्दा बढी रहेको पाइएको छ।

अमृतसरले यो तथ्यांक राख्न थालेको जुलाई २०२२ देखि मात्र हो। अझ मार्च २०२३ देखि करिब पाँच महिना यो संस्थाले काम गरेको थिएन। यस हिसाबले पनि दुव्र्यवहारबाट आउने महिला संख्या अनुमान गर्न सकिन्छ।

यो पनि पढ्नुहोस्

वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-क (भिडियोसहित)

यस समाचारमा हामीले भेटेका महिलाको परिचय लुकाएका छौं। तिनको जिल्लासमेत उल्लेख गर्दा थप अप्ठेरो पर्ने भएकाले प्रतिनिधि पात्रका रूपमा ‘आमा क’ र ‘आमा ख’ भनिएको छ।

‘आमा क’ ले बताएअनुसार विदेश जाने बेलामा मेडिकल जाँच गर्दा पेटमा गर्भ नरहेको उनलाई भनिएको थियो। त्यसपछि उनको मेडिकल जाँच गन्तव्य मुलुक कुवेतमा समेत भएको थियो। त्यहाँ पनि पेटमा त्यस्तो केही नदेखिएको उनले बताइन्।

‘नेपालबाट विदेश जाँदा मेडिकल गर्नुपथ्यो,’ ‘आमा क’ले नागरिकसँग भनिन्, ‘त्यतिबेला मेडिकल जाँच गर्दा पेटमा बच्चा छ भनेर भनेनन्। विदेश गएको ७/८ महिनामा त बच्चा जन्मियो।’

उनले आफू गर्भवती भएको चाल पाएपछि पनि कसैलाई बताइनन्। मौका परे सन्तान जन्माएर त्यसको व्यवस्थापन गर्ने उनको उद्देश्य थियो। अनायासै शौचालयमा बच्चा जन्मिएपछि एक फिलिपिनो सहयोगीका कारण उनको उद्धार भयो। त्यसपछि उनलाई नेपालबाटै गर्भ रहेको भन्ने पारेर यहाँ ल्याइयो। अन्यथा, त्यहाँको कानुले अप्ठेरो पर्ने निश्चित थियो।

उनको दुःखका अनेक कारण छन्। एक, उनी परिवारको भरथेग गर्न भनेर विदेश गएकी हुन्। दुई २१ वर्षको कलिलो उमेरमा विदेशबाट अवाञ्छित शिशु बोकेर आएपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने गम्भीर चिन्तामा छन्। उनी विदेश बच्चा जन्मिएको एक महिना पनि नहुँदै स्वदेश फर्कनुपरेको हो।

उनी केही महिनामै यो बच्चा कसैलाई जिम्मा लगाएर फेरि विदेश जान चाहन्छिन्। तर आफूले जन्माएको सन्तानलाई राम्ररी पढाएर योग्य बनाउने अभिभावकीय जिम्मेवारी उनले अहिल्यै महसुस गरेकी छन्। जस्तोसुकै अवस्थामा उनको गर्भ रहेको भए पनि सन्तानको मुख देखिसकेपछि कसलाई माया लाग्दैन ? उनी त्यही मायाले बाँधिएकी छन्।

‘आमा क’ लाई कुबेतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउन्जेल पनि कहाँ जाँदैछु भन्ने थाहा थिएन। धन्य, उद्धारकर्ताले भेटेपछि उनी र उनको बच्चाको बाटो मोडियो। अब सानी नानीलाई छाडेर फेरि विदेश जाने उनको जीजिविषा जीवितै छ। बरु विदेशबाट काखमा नानी लिएर आउनेलाई सबैले नराम्रो सोच्ने गरेकोमा मात्र उनी चिन्तित छन्।

‘आमा क’ को जस्तै दुखान्त कथा छ ‘आमा ख’ को पनि। फरक एउटै छ– उनका दुई सन्तान पहिल्यै देशमा छन्। विदेशबाट अवाञ्छित गर्भ बोकेर देश फर्कनुपरेको छ। उनी जाने बेलामा मेडिकल जाँच गर्दा गर्भ देखिएको थिएन। तर उनी जाने बेलामा दलालबाट उनीमाथि बसपार्कको एउटा होटलमा दुर्व्यवहार भएको थियो। उनको विश्वास त्यही गर्भ हो भन्ने छ। उनी गन्तव्य मुलुकमा पुगेपछि पनि गर्भ भने देखिएको थिएन। उनी आश्चर्यमा छन्– कसरी यस्तो भयो?

गर्भ रहेको थाहा पाएपछि उनलाई नेपालमै सन्तानको बाबु रहेको भन्दै यहाँ ल्याइएको हो। हामीले उनलाई भेट्ने बेलामा बच्चा जन्मने प्रतीक्षामा रहेकी थिइन् उनी। तर उनले यसलाई कति पनि सुखानुभूति गरेकी थिइनन्। एउटी आमाका निम्ति सन्तान प्राप्तिको कति ठुलो महत्त्व छ। उनी भने यो गर्भ खेर जाओस् भनेर कसिलोसँग पटुका कस्नेदेखि अनेकन उपक्रममा लागिन्। तर, उनको सन्तानका रूपमा एक छोराको जन्म भइसकेको छ।

‘मेरो जिन्दगीमा कसैले गरेको खेलबाडले सबै सपना भताभुंग भएका छन्,’ उनले नागरिकसँग बच्चा नजन्मिँदै भनेकी थिइन्, ‘हुर्केका छोराछोरीको औधी माया गर्ने म अहिले पेटमा रहेको सन्तानलाई माया नगर्न बाध्य भएकी छु।’

उनी पेटमा सन्तान हुर्किरहेको होइन, पीडा विस्तारित भएको मात्र सोच्छिन्। उनी पनि ‘आमा क’ जस्तै सन्तान जन्माएर तत्काल विदेश फर्कन चाहन्छिन्। उनले यसबीच परिवारसँग सम्पर्कसमेत गरेकी छैनन्। परिवार सदस्यलाई उनी विदेशमै भएजस्तो लाग्छ।

यी दुई प्रतिनिधि पात्रबाट सहजै बुझ्न सकिन्छ, तिनले अवाञ्छित गर्भ रहेपछि पाउने मानसिक पीडाको कुनै हिसाब हुँदैन। एकातिर पारिवारिक जिम्मेवारी छ भने अर्कोतिर जीवनमा घटेको यो घटनाबाट कसरी पार पाउने भन्ने गहिरो चिन्ता छ।

के सरकारले यसलाई महसुस गरेको छ ? सरकारले घरेलु कामदारका रूपमा विदेशमा जान रोक लगाएको छ। तर, श्रम स्वीकृतिबेगर पनि उनीहरू विदेश गइरहेका छन् भन्ने जानकारी सरकार र यसका निकायलाई छ। तर, कोही विदेशमा र कोही विदेश जाने क्रममा स्वदेशमै दुव्र्यवहारमा परी अनिच्छित आमा बन्न बाध्य छन्।

सरकारले अनुमति नदिए पनि विभिन्न माध्यमबाट महिलाहरू विदेश गइरहेका छन्। ‘नेपाल सरकारले घरेलु कामदार पठाउन अनुमति नदिए पनि हजारौं संख्यामा महिलाहरू घरेलु कामदारका रूपमा विदेश जाने गरेका छन्,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नागरिकसँग भने, ‘त्यसरी अवैध गएका महिला अप्ठेरोमा परेको खण्डमा घर फर्किन पनि मुस्किल र हामीलाई झिकाउन पनि सहज छैन।’

विदेशमा सरकारको स्वीकृतिबेगर जाने महिला संख्याको यथेष्ट जानकारी छैन। सरकारको स्वीकृतिमा विदेश जाने महिलाको मात्र जानकारी छ। यसरी जाने महिलालाई कुनै सुरक्षित ठाउँमा राखेर आठ घन्टा वा तोकिएको काम गर्ने गरी परीक्षण परियोजना (पाइलट प्रोजेक्ट) सुरु गर्न सरकार तयार भएको भने मन्त्री भण्डारीले हामीलाई बताए।

यो पनि पढ्नुहोस्

वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-ख

‘विभिन्न बाटो हुँदै घरेलु कामदारको रूपमा विभिन्न देश पुगेको भन्ने जानकारप् हामीलाई आएको छ,’ मन्त्री भण्डारीले भने, ‘धेरै ठुलो संख्यामा साउदी र कुवेतमा घरेलु कामदार रहेको जानकारी पनि छ। हामीसँग उनीहरूको तथ्यांक मात्रै होइन, त्यसरी गएका महिला को कहाँ छन् भन्ने पनि हामीलाई थाहा छैन।’

आर्थिक वर्ष २०६३/०६४ देखि २०८१/०८२ को मंसिरसम्म साढे पाँच लाखभन्दा बढी महिला श्रम स्वीकृति लिएर विदेश गएका छन्। तर श्रम स्वीकृतिबेगर नै कुबेतलगायतका खाडी मुलुकमा आगामी केही वर्षका लागि पुग्ने गरी महिला लगिसकिएको छ।

सरकारले स्वीकृति नदिए पनि महिलालाई विदेश पुर्‍याएर बिचल्लीमा पार्न अनेकन एजेन्टहरू सक्रिय छन्। विदेशमा बिचल्लीमा परेका महिलालाई त्यहाँ रहेका नेपालका सरकारी संयन्त्रले सम्पर्क गरी अमृतसरजस्ता संस्थालाई संरक्षणका लागि पठाउँछन्।

अमृतसरकी अध्यक्ष मुना गौतमले नागरिकसँग भनिन्, ‘हरेक दिन चारपाँचजना विदेशबाट नेपाल पठाउने भनिएको हुन्छ तर २०–२५ जनाको हुल हुन्छ। कहिले त सयौंको हुल हुन्छ।’ उनले अगाडि भनिन्, ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै अवैधानिक तरिकाले महिलालाई विदेश लैजान सेटिङ हुन्छ। कहिलेकाहीं सेटिङको अवस्था नमिलेर वा एकातिर जानु भनी सिकाइएका महिला अर्को कोठातिर गएपछि चेकिङमा परेर फर्किने गरेका छन्।’

यही सेटिङ नै अन्ततः महिला दुव्र्यवहारको कारक बन्ने गरेको छ। नेपालबाट जान नसके भारतबाट पनि विदेश पुर्‍याउने गरिएको छ। तर, त्यहाँ गएर दुःख पाएपछि भने नेपालमा यसरी नै फर्कनु पर्ने हुन्छ। ‘सबैलाई विदेश पठाउने ध्याउन्न हुन्छ,’ गौतम भन्छिन्, ‘अप्ठेरोमा परेपछि कसैलाई केही मतलब हुँदैन।’

प्रलोभनमा पारेर विदेश पुर्‍याइन्छ

- मुना गौतम, अध्यक्ष, अमृतसर

मुना गौतम, अध्यक्ष, अमृतसर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अवैधानिक तरिकाले महिलाहरू लैजाने ठुलो सेटिङ छ। कहिलेकाहीं सेटिङको अवस्था नमिलेर वा एकातिर जानु भनी सिकाइएका महिला अर्को कोठातिर गएपछि चेकिङमा परेर फर्किने गरेका छन्।

कोभिड–१९ पछिको आर्थिक मन्दीले नेपालको कुनाकन्दराका महिला, जो एक कक्षा पनि पढेका छैनन्, लाई एजेन्टले विभिन्न प्रलोभनमा पारेर खाडी लगायत मुलुक पुर्‍याउने गरेका छन्।

कुवेतका सरोकारवालाहरूले हामीलाई दिएको जानकारीअनुसार अबको चार वर्षपछि कुवेतलाई चाहिने महिला अहिले नै त्यहाँ पुर्‍याइएका छन्। नेपाली महिलाको अवस्था कुवेतमा धेरै भयावह छ। खान नपाएकादेखि आराम नपाएका, मानसिक सन्तुलन गुमाएका महिलाहरू अत्यधिक छन् त्यहाँ। त्यसरी अप्ठेरोमा परेका महिला एजेन्टलाई उल्टै ५/६ लाख रुपैयाँ तिरेर नेपाल फर्किने गरेका छन्।

दूरदराजका त्यस्ता महिलाका लागि एजेन्टहरूले भिजिट भिसा प्रयोग गरेर नेपालकै विमानस्थलबाट दिनहुँ विदेश पठाइरहेका छन्। दैनिक रूपमा विदेशमा दुःख पाएका जति महिलालाई उद्धार गरे पनि यो कमै हुन्छ। विदेशमा धेरै पीडित महिला छन्। उद्धार गरेरै साध्य छैन तर पनि केही नहुनुभन्दा केही भएको छ।

म आफू पनि आप्रवासी महिला कामदार हुँ। नेपालमा आउने बेलामा म एकदमै शून्य थिएँ। त्यही क्रममा आप्रवासीसम्बन्धी काम गर्ने संस्थामा आबद्ध भएँ। अहिले गरिरहेको काम त्यही संस्थाबाट सिकें। विदेशमा कस्ता खाले महिला काम गर्न जाने रहेछन् ? किन महिला विदेश जान बाध्य भए ? विदेश गएपछि महिलाले किन दुःख पाउँछन् ?

त्यहाँबाट फर्किसकेपछि महिलाको अवस्था कस्तो हुन्छ ? भनेर सयौं केश आफैंले ह्यान्डल गरेको भएर पछिल्लो समय आफैं परामर्शकर्ता भएँ। पछि मैले यो बाटो परिवर्तन गर्नै सकिनँ। कतार, कुवेत, ओमान र साउदी अरेबिया मात्रै नभएर अन्य देशमा अलपत्र परेका महिलाका लागि उक्त देशको सम्बन्धित निकायसँग सरसल्लाह गरी चोकचोकमा पुगेर उद्धार गर्ने गरेको उनको अनुभव छ।

अमृतसरले दुई वर्षयता मात्र विदेशबाट करिब १५ सय महिलाको उद्धार गरेको तथ्यांक छ। मानसिक रोगको सिकार भएका महिला धेरै आएको उनले बताइन्। कोरोना पहिला मानसिक रोगी धेरै महिला आउँथे। उनीहरू आफैं कोपारिने, खाना फालिदिने, हामीलाई पिट्ने अवस्था थियो। तर अहिले मानसिक रोगको अवस्था फरक भएर आएको छ।

विदेशबाट फर्केका महिलालाई आफूले कपडा लगाएको छ या छैन कुनै हेक्का नहुने, बोल्दै नबोल्ने, भोक लागेको महसुस नगर्ने, परिवार कहाँ छ थाहा नहुने, ग्यास खोलेपछि खोलेको खोल्यै गरिदिने, धारो खोलेपछि बन्द गर्न बिर्सिने समस्या देखिएका छन्।

यस्ता महिलाको उपचार गर्न धेरै गाह्रो पनि हुने गरेको छ। प्रत्येक महिनामा हजारभन्दा बढी महिलालाई विमानस्थलमा कुराकानी गरेर उनीहरूको अवस्थाका आधारमा धादिङ वा सिन्धुपाल्चोक घर जता भए पनि परिवारसँग कुरा गरेर पुर्‍याइदिने गरेका छौं। घर जाने अवस्था नभएका तथा केही गर्नै नसकेका महिलालाई संस्थामा ल्याउने गरेका छौं। नेपालमै आठ/दस हजारको जागिर पाउने व्यवस्था भए कोही महिला विदेश गएर दुःख पाउनु पर्दैनथ्यो।

यो पनि पढ्नुहोस्

बारा, योमरी बेचेरै करोडपति

अमृतसर संस्थामा आश्रय लिएर बसेकी एक पीडितले मलाई भनेकी थिइन्, ‘हामीलाई नेपालमै सामान्य जागिर खाएर छोराछोरीलाई बिहानबेलुका दालभात मात्रै खुवाउन सके हुन्थ्यो। छोराछोरीको भविष्य खोज्दै विदेश गयो, यस्तो अवस्था हुने।’

पारिवारिक अवस्था बिग्रिएर, गरिबीका कारण महिला बिदेसिन्छन्। त्यति मात्रै नभएर पति विदेश गएको छ भने उतै हराइदिने, छोराछोरीको जिम्मेवारी आमामाथि, एकल महिला, एजेन्टको विभिन्न प्रलोभन जस्ता कारणले धेरै महिला बिदेसिएका छन्। ‘एजेन्टले महिलालाई ठुलो प्रलोभन दिएका हुन्छन्। सामान्य बच्चा हेर्ने हो, विदेशमा केही गाह्रो छैन। खाना बनाउने, सरसफाइ गर्ने र टेबुल पुछ्ने काम हो भनेपछि नेपाली महिला यति काम त घरमा पनि गरेकै हो, विदेशमा पनि गर्न सकिहालिन्छ भन्दै एजेन्टको पछि लाग्छन्। विदेशमा बच्चा हेर्न होस् वा अरू काम गर्न होस्, त्यसबारे राम्रो सिप भएको हुनुपर्छ।

-विदेशमा अलपत्र परेका, दुःख पाएका महिलाको उद्धार र संरक्षणमा क्रियाशील अमृतसर नामक गैरसरकारी संस्थाकी अध्यक्ष गौतमसँग गरिएको कुराकानीमा आधारित।

अवैध रूपमा विदेशमा बसेकालाई वैध बनाउन लागेका छौं

-शरतसिंह भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

शरतसिंह भण्डारीश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

नेपाल सरकारले श्रम सम्झौता नभएका मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा विदेश जान बन्देज लगाएको छ। नेपालको संविधानले भने कुनै पनि किसिमको विभेदलाई प्रोत्साहन गर्दैन। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) प्रोटोकलले पनि श्रमिक रोजगारीका लागि कहीं पनि जान पाउने व्यवस्था गरेको छ।

विभिन्न माध्यमबाट कामका लागि विदेश गएका महिला दिदीबहिनीमाथि दुव्र्यवहार भएकोमा उनीहरूको सुरक्षाका लागि सरकार लागिपरेको छ। दुई पक्षीय श्रम सम्झौता भएका मुलुकहरूसँग विशेष व्यवस्थासहित एउटा प्रोटोकलमा महिला कामदारहरूको हक सुरक्षित हुने गरी काम भइरहेको छ।

नेपाल र युएईबिच दुईपक्षीय सम्झौता भएको छ। त्यसका आधारमा महिला हकहितका लागि पाइलट प्रोजेक्ट (परीक्षण परियोजना) को डिजाइन गरेका छौं। त्यसअन्तर्गत काम गर्ने अवस्थामा पुगेका छौं। वैदेशिक रोजगारीमा जान चाहने महिलालाई तलब, खाने, बस्नेलगायत सेवासुविधासहितको प्रस्ताव अगाडि बढाएका छौं।

महिला कामदारलाई विदेशमा जे कामका लागि जाने भनिएको छ, त्यहीअनुसारको तालिम दिएर दक्ष बनाउने हो। जुन काममा जाने भनिएको हो, त्यहीअनुसारको तालिम दिने, त्यसपछि सम्बन्धित देश गइसकेका महिलालाई होस्टेलमा राखेर आठ घण्टा ड्युटी गर्ने गरी पाइलट प्रोजेक्टका रूपमा काम गर्ने प्रस्ताव अगाडि बढाएका छौं। यसमा युएई सरकारसँग सहमति भए पाइलट प्रोजेक्टका रूपमा लागु गर्ने र सुरक्षित, व्यवस्थित भए अन्य देशमा पनि लागु गर्ने व्यवस्था गर्दै जाने छौं।

आवाञ्छित गर्भ

नेपाल सरकारले घरेलु कामदारका रूपमा महिलालाई विदेश जान अनुमति नदिए पनि हजारौं संख्यामा महिला बिदेसिएका छन्। त्यसरी अवैध रूपमा गएका महिला अप्ठेरोमा परेको खण्डमा घर फर्किन पनि मुस्किल पर्छ। हामीलाई झिकाउन पनि सहज हुन्न।

यो पनि पढ्नुहोस्

जलवायु संकट टार्न भूराजनीति बाधक बन्दैछ?

अवैध रुपमा विदेश गएका श्रमिकको तथ्यांक राख्न पनि सकिँदैन। श्रम स्वीकृति लिएर विदेश जानेको तथ्यांक मात्र सरकारसँग छ। तर महिलालाई घरेलु काममा विदेश जान निषेध गरिएपछि लुकीछिपी विभिन्न माध्यमबाट जाने गरेका छन्। विभिन्न बाटो हुँदै धेरै महिला घरेलु कामदारका रूपमा विभिन्न देश पुगेको भन्ने जानकारी हामीलाई आएको छ।

त्यति मात्रै नभएर धेरै ठुलो संख्यामा साउदी र कुवेतमा घरेलु कामदारका रूपमा नेपाली महिला पुगेको जानकारी पनि छ। हामीलाई उनीहरूको तथ्यांक मात्रै होइन, को कहाँ छन् भन्ने पनि थाहा छैन।

सम्बन्धित देशमा रहेका कूटनीतिक नियोगहरूले विदेशमा समस्यामा परेका महिलाको बारेमा जानकारी गराएको अवस्थामा उद्धार भइरहेको पनि छ। विदेशमा समस्यामा परेका महिलालाई आवश्यकता अनुसारको सहयोग गर्दै आएका छौं।

सरकारले महिलालाई श्रम स्वीकृति लिएर घरेलु कामदारको रूपमा नपठाए पनि सन् २०२४ सेप्टेम्बरभन्दा अघि काम गरिरहेका महिलाले कूटनीतिक नियोगबाट श्रम स्वीकृति लिने व्यवस्था गरेका छौं। जसले गर्दा अवैध रूपमा विदेश गएर बसेका महिलाको संख्या र स्थिति नेपाल सरकारको तथ्यांकमा समेट्न सकिने छ।

विभिन्न देशमा लुकेर बसेका महिलालाई वैधानिक रूपमा श्रम स्वीकृति लिन आउन पाउने व्यवस्था मिलाउन थालेका छौं अर्थात् अवैधानिक रूपमा विदेशमा बसेका महिलालाई वैधानिक बनाउन हामी लागिपरेका छौं।

भिजिट भिसाको दुरूपयोग गरी अवैधानिक रूपमा घरेलु कामदारमा गएका महिला समस्या पर्ने गरेका छन्। भिजिट भिसामा गएका महिला समस्यामा पर्ने भएकाले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको प्रतिनिधि राखेर एक समिति बनाएका छौं। जसले भिजिट भिसाको दुरूपयोग रोक्न सघाउ पुग्ने छ।

भिजिट भिसामार्फत वा अवैध रूपमा विदेश गएका महिलाहरूबाट जन्मिएका सन्तानलाई नागरिकता दिने सम्बन्धमा समस्या परेको छ। त्यसका लागि नेपालमा नै एकल महिलाको नामबाट नागरिकता पाउने व्यवस्था भएको छ।

राज्यको पहिलो दायित्व भनेकै अवैध रूपमा हुने आप्रवासन रोक्नु हो। अवैध आप्रवासन रोक्न हामीले अन्तर्राष्ट्रिय कानुन अनुसरण गरी विभिन्न देशसँग समझदारी गरेका छौं। विदेशमा नेपाली कामदार समस्यामा परेमा तुरुन्त उद्धार गर्नु राज्यको दायित्व हो।

-मन्त्री भण्डारीसँग कुराकानी/

]]>
गुणराज लुइँटेल,सविता खड्का,उपेन्द्र लामिछाने Sat, 04 Jan 2025 06:46:24 +0545
<![CDATA[बारा, योमरी बेचेरै करोडपति]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1459878-1735694572.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1459878-1735694572.html

उनलाई कुनै समय हजार रूपैयाँको मुख देख्न पनि मुस्किल थियो। अहिले योमरी र बारा बिक्रीबाटै उनले छिनमै हजारौं कमाउँछिन्, मासिक लाखौं रूपैयाँ। ती र यी दिनको तुलना गर्दा उनलाई आफ्नै जिन्दगी सपनाजस्तै लाग्छ।

यो कथा हो असन, इन्द्रचोकस्थित ‘आकाश भैरव बारा पसल’ की सञ्चालक ४८ वर्षीया मन्दिरा महर्जनको। काठमाडौंको डल्लुमा माइतीघर भएकी मन्दिराको करिब ३४ वर्षअघि इन्द्रचोकका रूपेन महर्जनसँग पे्रम विवाह भयो। पुरानो घर इन्द्रचोक भए पनि बिहेदेखि नै उनको परिवार स्वयम्भूमा रहेको अर्काे घरमा बस्दै आएको थियो।

मन्दिराका केही वर्ष स्वयम्भूकै घरमा बिते। स्वयम्भूमै छोराछोरी जन्मे र ठुला भए। त्यतिबेला उनी घरमा खाना पकाउने, बालबच्चाको हेरचाह गर्ने गर्थिन्। दिउँसो छोराछोरी स्कुल गएका बेला चोकमा उनीसहित अन्य महिलाहरू जम्मा भएर टोपी, मोजा बुन्दै दिन बित्थ्यो। उसो त यो काम उनले माइतीघरमै सिकेकी थिइन्।

नानीहरू हुर्किंदै गए। परिवार धान्ने खर्चको जोहो गर्न धौधौ हुँदै गयो। उनका श्रीमान्को मूर्ति बनाउने कारखानामा सानोतिनो जागिर थियो। मुस्किलले उनको महिनाको दुई हजार रूपैयाँ कमाइ हुन्थ्यो। त्यो कमाइले महिना दिन धान्न मुस्किल थियोे। जुन दिन उनका श्रीमान्को तलब आउँथ्यो, एक बोरा चामल र प्याज किनिहाल्थिन्। यति जोहोले पनि कम्तीमा परिवारलाई महिनाभर दालभात खान पुर्‍याउनु थियो। दुुःखका दिन जारी थिए। पैसाको दुःखले छाडेको थिएन। आम्दानीको थप बाटो खोज्ने र केही गर्ने उद्देश्यले स्वयम्भूबाट मन्दिरा र उनका श्रीमान् असन मूलघरमा सरे। त्यो सयौं वर्ष पुरानो घर थियो। पानी पर्‍यो कि चुहिन्थ्यो। खासमा माटोले बनेको उक्त घर बस्न लायक थिएन।

असन बस्न सुरु गरेको केही समयमै मन्दिराका पतिले साथीहरूसँग मिलेर इन्द्रचोक मन्दिरअघि बारा बनाएर बिक्री गर्न थाले। साथीहरूले भने बिचैमा छाडे। आम्दानीको यो बाटो पनि रोकिएपछि यो परिवारलाई थप संकट पर्‍यो। अब यो दम्पतीले पसल एक्लै खोल्ने विषयमा सोच्न थालिसकेको थियो।

सोहीअनुरूप २०६० सालतिर महर्जन दम्पतीले एक्लै बारा र योमरी पसल खोल्ने सल्लाह गरे। त्यतिबेला मन्दिरा अगाडि सडकमा गएर व्यवसाय गर्ने भन्ने कुरा लाजको विषय थियो। तर त्यति नै बेला, असनको इन्द्रचोक मन्दिर परिसरमा कसैले चिया, कसैले बारा र योमरी बनाएर बिक्री गर्ने गर्थे। उनका पतिले कैयन्ले पसल थापेर आम्दानी गरेको कुरा सुनाएर मन्दिरालाई हौसाए। अन्ततः उनीहरूले एक्लै व्यवसाय गर्ने निर्णय गरे। उनीसँग बारा पिस्ने मेसिन र केही ठुला भाँडा त थिए तर एकै पटक धेरै बारा बनाउन यथेष्ट सामान थिएनन्।

यो पनि पढ्नुहोस्

किसुनजीको को पर्छिन् कपाली ?

छुटै हिसाबले व्यवसाय सुरु गरेको पहिलो दिन उनले आधा किलो दाल सिलौटोमै पिसिन् र बारा बनाइन् अनि श्रीमान्लाई इन्द्रचोकमा बिक्री गर्न पठाइन्। पहिलो दिन नै एक सय ८० रूपैयाँ कमाइ भयो। त्यो कमाइले उनी दङ्ङ भइन्। ‘सायद म त्यो दिन सबैभन्दा बढी खुसी भएकी थिएँ,’ उनले भनिन्।

यो उत्साहसँगै उनले व्यवसाय जारी राख्ने निधो गरिन्। तर उनीसँग दाल पिस्ने कुनै नयाँ प्रविधि अथवा मेसिन थिएन। सुरुका दिनमा सिलोटोमै पिस्नुपर्ने बाध्यता थियो। उनको दुःख देखेकी उनकी बहिनीले एक दिन दाल पिस्ने हाते मेसिन ल्याइदिइन्। मन्दिराले रातभरि दाल पिसेर बिहानदेखि बारा बनाउँथिन्। दाल पिस्दा हल्ला भयो भनेर कहिलेकाहीं पति रिसाउँथे। तर उनले काम छोडिनन्। भाग्यले, त्यस चोकमा अरूको भन्दा उनको पसलमा बढी बिक्री हुन थाल्यो। यो देखेर आफन्त र छिमेकीले रिस गर्न थालिसकेका थिए। तिनै ईर्ष्यालु छिमेकीले महानगरलाई खबर गरिदिए। महानगरले त्यहाँ पसल राख्न दिएन।

त्यसपछि उनले इन्द्रचोकनजिकै कोठा भाडा लिएर पसल गर्न थालिन्। भाडाको घरमा ग्राहकको भिड हुन थाल्यो। तर त्यहाँ पनि घरबेटीले भिड भयो भनेर बस्न दिएनन्। त्यसपछि २०७० सालतिर आफैं बसेको गल्लीभित्रको घरमा आफ्नो पसल सारिन्। यति भित्र गल्लीमा ग्राहक आउलान् भन्नेमा आशंका उनमा थियो। तर, उनको आशंका विपरीत चोकको पसलमा जत्तिकै घरमा पनि ग्राहकको भिड लाग्न थाल्यो।

‘मलाई खोज्दै ग्राहकहरू घरमै आइपुग्नुभयो, म छक्क परेँ,’ उनले भनिन्। यसरी पसल चलिरहेकै थियो। २०७२ सालको भूकम्पले इन्द्रचोकको घर भत्कियो। त्यसपछि उनले इन्द्रचोकमा अरूको घर भाडामा लिएर बारा र योमरी बिक्री गर्न थालिन्। केही वर्षमै उनले इन्द्रचोकको पुरानो घर भएको ठाउँमा चार तले नयाँ घर बनाइन्।

यो घर बनाउन करिब एक करोड रूपैयाँ खर्च लाग्यो। नयाँ घर बनेपछि २०७४ सालदेखि फेरि आफ्नै गल्लीभित्रको घरमै बारा र योमरी पसल सारिन्। ग्राहकको जिब्रोमा मन्दिराले बनाएका योमरी र बाराको स्वाद बसिसकेको थियो। यसरी मन्दिरा जता जान्थिन् ग्राहक त्यतै आउने भइसकेका थिए।

यसबीच २०७५ सालमा पतिको मृत्यु भयो। तर मन्दिराले आफ्नो सङ्घर्ष छोडिनन्। छोराछोरी हुर्किंदै गए। अहिले छोरीले क्याम्पस पढाउँछिन् भने छोरा एक निजी कम्पनीमा काम गर्छन्। छोरीको हालै विवाह भयो। अहिले मन्दिरा र छोरा त्यही घरको माथिल्लो तलामा बस्छन्। भुइँ र पहिलो तलामा योमरी र बाराको कारखाना छ, जहाँ दैनिक हजारौंको संख्यामा बारा र योमरी बनाइन्छन्।

यस अवधिमा मन्दिरा र ग्राहकबिच एक आपसमा अन्योन्याश्रित सम्बन्ध बनिसकेको छ। आफूलाई ग्राहकले पछ्याएको र विश्वास गरेको मन्दिरालाई राम्रो हेक्का छ। आफूलाई ग्राहकले नै प्रेरणा दिएको र लगातार व्यवसाय गर्न प्रेरित गरेको बुझेकी मन्दिरा बाँचुन्जेल बारा र योमरी बनाएरै खुवाउने बाचा गर्छिन्। ‘हातखुट्टा चलुन्जेल बनाउँछु, नसकेपछि छोडुँला,’ उनी भन्छिन्।

पेसागत इमानदारीमा उनले कहिल्यै सम्झौता गरिनन्। बारा होस् या योमरी बनाउँदा चाहिने सामान र मेहनतमा कहिल्यै कुनै सम्झौता नगरेको उनी सुनाउँछिन्। आफूले दिने सामान कमजोर नभएकाले ग्राहक स्वतः सन्तुष्ट र आकर्षित भएको उनलाई लाग्छ। ‘मैले बारा–योमरी बनाउने दाल–चामल विशेष ठाउँबाट मात्र किन्छु,’ उनी भन्छिन्।

स्थानीय दुई दिदीहरू उनका सुरुदेखिकै ग्राहक रहेका र तिनै दिदीहरूले सुरुमा मन्दिरालाई सडकमा बारा बनाउँदा लाज नमान्न भन्दै व्यवसायका लागि हौस्याएको उनी स्मरण गर्छिन्। यी दुई दिदीबाहेक अन्य कैयन् नियमित ग्राहकले उनलाई निरन्तर काम गर्न सधैं प्रेरणा दिइरहेका छन्।

यही मेहनत र विश्वासका कारण अहिले उनको कमाइ लोभलाग्दो छ। अहिले आफ्नै घरको पसलमा बनेको बारा र योमरीबाट दैनिक औसत ६० हजार कमाइ हुन्छ। यस हिसाबले मासिक १८ लाख आम्दानी हुन्छ भने वर्षमा दुई करोड १६ लाख रूपैयाँ। कमाएको सबै पैसा भने उनीसँग सञ्चित र नाफा भने हुँदैन। ठुलो आकारको बारा कम मूल्यमा बिक्री गर्दा धेरै नाफा नहुने उनी बताउँछिन्। ‘जति मात्रा दैनिक आम्दानी हुन्छ, उति नै सामान किन्न, कारखानामा काम गर्ने सहकर्मीलाई तलब दिन र इन्धनमा खर्च हुन्छ,’ उनी भन्छिन्।

ग्राहकको सन्तुष्टिलाई उनी सबैभन्दा धेरै महत्त्व दिन्छिन्। त्यसैले उनी ठुलो आकारको बारा र यमोरी बनाएर बिक्री गर्छिन्। तर यसबापत उतिसारो नाफा नहुने उनको कथन छ। ‘पैसा यतै घुमिरहन्छ, मुख्य कुरा ग्राहक खुसी छन्’ उनी भन्छिन्।

दैनिक हजारौं ग्राहक उनको पसलमा पुग्छन्। कोही बारा र अचारको स्वाद लिन्छन्, कोही योमरी र अचारको स्वाद लिएर सन्तुष्ट हुन्छन्।

गुणस्तरमा छैन सम्झौता

मन्दिराको बारा पसलमा ग्राहक त्यत्तिकै झुम्मिएका भने होइनन्। मन्दिराको साढे दुई दशकको निरन्तर मेहनत मुख्य कारण हो।

उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगरेको प्रसङ्ग उधृत गर्दै उनी भन्छिन्, ‘गुणस्तरीय चामलको पिठोले राम्रोसँग बनेको योमरी मात्र स्वादिष्ट हुन्छ।’ त्यसैले उनले महँगो र राम्रो चामलको पिठोले मात्र योमरी बनाउँछिन्। ‘पिठो पिस्ने आफ्नै मिल छ, एउटै र खास ठाउँबाट दाल चामल मगाउँछु,’ उनले भन्छिन्।

योमरी र बारा ग्राहक अघाउने आकार र आयतनमा हुने भएकाले पनि ग्राहक खुसी हुने गरेको उनी सुनाउँछिन्। ‘कति त एउटै योमरी खाएर अघाउँछन्,’ उनले भन्छिन्।

पहिला बाध्यताले यो व्यवसाय सुरु गरेकी मन्दिरालाई अहिले ग्राहकको मायाले दैनिक खटिरहन पे्ररित गर्छ। व्रत, विवाहदेखि भोजसम्म उनकै बारा र योमरीको माग भइरहन्छ। यही कारण पनि उनको पसल साताभरि नै खुला रहन्छ।

बन्द गरिहालेमा त्यसपछि खोलेको पहिलो भेटमै उनले ग्राहकको गाली खानुपर्छ। यस्तो गाली गर्नेहरू असन बजार घुमेर आउनेहरू बढी हुन्छन्। यिनै ग्राहककै कारण उनी लगभग सातै दिन खट्छिन्।

यो पनि पढ्नुहोस्

राज्य खोज्दै मुसहर समुदाय : न गाँसको टुंगो न बासको ठेगान

‘अस्ति छोरीको बिहेमा पसल बन्द भयो। ढोका खोल्नेबित्तिकै गाली खानुपर्‍यो,’ उनले भनिन्। मन्दिराका यस्ता पनि ग्राहक छन् जो उनको पसलबाहेक अन्यत्र कतै जान मान्दैनन्। ‘कति ग्राहक त असन बजारमा सपिङको सट्टा बारा–योमरी खाने योजनाले आउँछन्। पसल खुलेन भने उनीहरू दुःखी हुन्छन्,’ उनले भनिन्।

श्रीमान्को मृत्युपछि उनी एकल बनिन्। निरन्तरको व्यस्तताले उनलाई दुःखी बन्न दिएन। व्यवसायको साथले दिन बित्न सहयोग गरेको छ। ‘बिहानदेखि नै व्यस्त हुँदा दिन बितेको पत्तै पाउँदिनँ, नयाँ–पुराना ग्राहकसँग निरन्तर भेट हुँदा रमाइलो लाग्छ,’ उनले भनिन्।

संघर्षसँगै हुर्केका छोरा–छोरी अब सक्षम भइसकेका छन्। एक महिनाअघि छोरीको विवाह भयो। छोरा उनीसँगै बस्छन्। उमेरले ४८ वर्ष पुगेकी मन्दिरा आफ्नो जीवनको आधार काम र सन्तान रहेको बताउँछिन्।

वर्षौंदेखि आफूलाई खोज्दै आउने ग्राहकको मायाले मन जितेको उनी सुनाउँछिन्। ‘मेरै पसलमा बारा–योमरी खाने सोचले आउने हजारौं छन्, उनीहरूलाई कसरी फिर्ता पठाऊँ ? पैसा त जति भए पनि पुग्दैन। ग्राहकको मायाले मलाई बाँधेको छ,’ उनले भनिन्।

२०७५ सालमा श्रीमान्को मृत्यु भएपछि मन्दिराले यो पसल एक्लै सञ्चालन गरेकी छिन्। यो अवधिमा ग्राहकको संख्या र पसलको आयतन दुवै फराकिलो भएको छ। बिहान दश बजेदेखि साँझ सात बजेसम्म मन्दिराको पसलमा ग्राहकको धुइरो लाग्छ। यति भिड हुन्छ कि ग्राहकले लाइनमा बसेर मात्र बारा–योमरी पाउँछन्।

१४ महिलालाई रोजगारी

मन्दिराले रोजगारी दिएकी नरदेवीकी ३५ वर्षीया राधा महर्जनले यो पसलमा काम गर्न थालेको दुइ वर्ष भइसकेको छ। यहाँ जागिर खानुअघि उनी कपडा पसलमा काम गर्थिन्। कपडा पसलमा काम गर्दा उनको नियमित तलब थिएन। कामको मात्राअनुसार आम्दानी निर्धारण हुन्थ्यो। मन्दिराको पसलमा काम गर्न थालेपछि नियमित आम्दानी हुन थालेको राधाले सुनाइन्। यो जागिरले बालबच्चाको पढाइ खर्चसमेत धानेको छ। यो काम गरेबापत उनले मासिक १६ हजार तलब पाउँछिन्। आवश्यकताअनुसार खाजा र अन्य खर्च पनि पाउने गरेको उनले सुनाइन्।

सोही पसलको एक कुनामा अन्डाबारा बनाउन व्यस्त देखिएकी असनकै मिना डंगोलले विगत चार वर्षदेखि नियमित काम गरिरहेको बताइन्। यो काम गर्नुअघि उनी बेरोजगार थिइन्। उनले पनि त्यहाँबाट मासिक १६ हजार कमाउँछिन्। बारा बनाउने काम गर्न थालेपछि सजिलै समय बितेको उनको अनुभव छ। नियमित आउने तलबले आत्मविश्वास बढेको उनी बताउँछिन्। ‘पहिला यत्तिकै समय बिताउँथेँ, अहिले पैसा पनि कमाइ हुन्छ, समय पनि सुटुक्कै बितेको छ,’ उनले भनिन्।

पसलकै अघिपट्टि मन्दिरासँगै अचार र बारा बिक्री गर्न व्यस्त देखिन्छन् इन्द्रचोककै मुना खड्का। उनको यो पसलसँग सम्बन्ध जोडिएको १४ वर्ष भयो। मन्दिरा र उनको पसलमार्फतको सम्बन्ध सिधा जागिरसँग मात्र नभएर आफन्त अर्थात् दिदीबहिनीका रूपमा बढी भएको सुनाइन।

‘जागिरै खान भन्दा पनि दिदीलाई पहिलादेखि नै सघाउँदै आएका छौं। हामी नजिकका नाता पनि हौं,’ उनले भनिन्। ३५ सय रूपैयाँबाट सुरु त्यहाँको आफ्नो कमाइ अहिले धेरै बढेको उनले सुनाइन्।

यी तीन प्रतिनिधि दिदीबहिनीसहित मन्दिराको बारा–योमरी उद्योगमा काममा खट्ने दैनिक १४ जना छन्। जाडोमा बढी माग हुने कारण बढी कामदार हुने र गर्मीमा कामदारको संख्या केही घट्ने गर्छ।

पहिलो स्वाददेखि नै नियमित ग्राहक

गत सोमबार मन्दिराको पसलमा योमरी खाइरहेका बेला भेटिइन् कोटेश्वरकी रन्जना श्रेष्ठ। उनी मन्दिराको पसलमा आउन थालेको पाँच वर्ष भयो। सुरुमा साथीभाइमार्फत थाहा पाएपछि मन्दिराको योमरीको स्वाद लिएकी थिइन्। अहिले पनि उनी असन बजार आयो कि मन्दिराको पसलमा योमरी नखाई फर्किन मनै लाग्दैन। ‘किनमेल सकेर यता पसेँ। यता आएपछि योमरी खाएरै जान मन लाग्छ,’ उनले भनिन्। मन्दिराको पसलमा स्वादिलो ताजा योमरी र सफाइको व्यवस्थापनले खास आकर्षण हुने गरेको श्रेष्ठले सुनाइन्।

योमरी खाइरहेकी अर्की ग्राहक लाम्पाटीकी सलिसा थापा असन बजारमा किनमेल सकेपछि मन्दिराको पसलमा पुग्छिन्। उनी भन्छिन्, ‘बजारमा किनमेल सकेपछि सधैं पस्छु।’ स्वादिलो योमरी र बारा खाँदा मन भरिने गरेको उनले सुनाइन्। ‘सफा पनि छ, मिठो पनि। अरूतिर यति धेरै अनि यति सस्तोमा पाइँदैन,’ उनले भनिन्।

यो पनि पढ्नुहोस्

महिला खेलाडीले सम्हालेको अन्तर्राष्ट्रिय प्रतियोगिता !

रिपोर्टिङको क्रममा मन्दिराको बारा पसलमा अनौपचारिक कुराकानी गर्दै गरेका काठमाडौं जोरपाटीका गोविन्द अधिकारी भेटिए। उनले घरमा लैजानका लागि बारा अर्डर गरिरहेका थिए। अधिकारी र बारा पसलका कर्मचारीहरूबीचको वार्तालाप कुनै परिचित व्यक्ति र आफन्तबीच हुने कुराकानीजस्तो देखिन्थ्यो। तर उनी आफन्त नभएर नियमित ग्राहक थिए। यो पसलमा बन्ने योमरी–बाराको स्वादले नै आफू तानिएको अधिकारी बताउँछन्। ‘माछामासुको लसपस छैन। उहाँहरूको बनाउने तरिका नै भिन्नै छ,’ उनले भने।

मौलिक उत्पादनको प्रवर्धनमा महिला

अर्थशास्त्री कल्पना पौडेलका अनुसार नेपालसहित विश्वभरका महिलाले अनौपचारिक क्षेत्रको आर्थिक गतिविधिमा योेगदान पु¥याएका छन्। तर राष्ट्रिय आयमा समेटिन नसकेका कारण यो योगदानको मूल्यांकन नभएको उनको तर्क छ। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार कुल उत्पादनको ३५ देखि ४० प्रतिशत अर्थतन्त्र अनौपचारिक क्षेत्रले धानेको छ। पछिल्लो तथ्यांकअनुसार नेपालमा ४१ प्रतिशत अर्थतन्त्र अनौैपचारिक क्षेत्रले धानेको अर्थशास्त्रीहरू बताउँछन्।

नेपालमा जमिनमाथि महिलाको स्वामित्व कम छ। ठुला उद्योगमा महिला सहभागिता न्यून छ। यद्यपि कृषि, स्थानीय उत्पादन, मौलिक खाना, लुुगा तथा अन्य सामग्री उत्पादन गर्ने साना तथा कुटिर उद्योगमा महिला सहभागिता बढी भएको अर्थशास्त्री पौडेल बताउँछिन्।

पौडेलेका विचारमा नेपालबाट युवावर्ग वैदेशिक रोजगारीमा जानुको प्रमुख कारण यहाँका उद्योगधन्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने स्थितिमा नहुनु हो। यस्तो स्थितिमा महिलाहरूले सञ्चालन गरेका साना उद्योेग तथा उत्पादन युवावर्गका लागि रोजगारीको विकल्प बनेको छ।

‘यस्ता उद्योगबाट रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्र बढाउने अबको नीति हुनुपर्र्छ। यसका लागि महिलाले खोलेका साना तथा मौलिक उद्योगलार्ई उठ्न नसक्नेगरी करको दायरामा समेट्नु हुँदैन। करमा समेटिहालेमा सुरुमा कडाइ गर्नु हुँदैन। यसका साथै भविष्यमा साना उद्योग ठुलो स्केलमा जाने सम्भावना देखिएमा राज्यले ऋणको व्यवस्था गर्नुपर्छ,’ पौडेल भन्छिन्।

राज्यले दिने विभिन्न अवसर या कार्यक्रमका विषयमा महिलाहरूमा सूचनाको पहुँच कम हुने र पहुँच भए पनि सुविधा लिने प्रक्रिया नजान्ने समस्या महिला उद्यमीहरूमा रहेको उनी बताउँछिन्। राज्यले अर्थतन्त्र विकासका लागि बनाएका नीति तथा कार्यक्रमका विषयमा सूचनाको पहुँच विस्तार गर्ने साथै आवश्यक सहयोग गर्ने संयन्त्र हुनुपर्ने उनको तर्क छ।

]]>
पवित्रा सुनार Wed, 01 Jan 2025 07:07:52 +0545
<![CDATA[‘पाहुना पर्वको नेपाली समाजमा उमंग’]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1459059-1735090883.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1459059-1735090883.html

उनका बुवाआमा बुद्ध धर्मालम्बी हुन् भने ससुरालीचाहिँ हिन्दु। उनले १४ वर्षदेखि इसाई (क्रिस्चियन) धर्म मान्दै आएका छन्। कुनै धर्म मन नपरेर होइन, इसाई धर्म अलि बढी मन परेर अँगालेको उनी सुनाउँछन्। ‘मलाई कुनै धर्म मन नपरेको होइन, क्रिस्चियन धर्म अँगाल्न मन लाग्यो’, क्रिसमसको तयारीमा जुट्दै गरेका जित तामाङले भने, ‘मैले हरेक धर्ममा मानवता र आफ्नोपन पाएको छु।’ दोलखा कालिञ्चोक घर भएका उनी हाल कागेश्वरी मनोहरामा बस्छन्।

उनी धर्मले समाजलाई विभाजित गर्ने नभई एक बनाउने धारणा राख्छन्। ‘सबै आफ्नो धर्मको मागअनुसार चल्ने हो भने समाज झनै सुन्दर बन्छ’, उनले भने, ‘एकले अर्काको धर्मको सम्मान गर्दै अगाडि बढ्न सक्नुपर्छ।’

नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङ पनि बुद्ध धर्मावलम्बी परिवारकै हुन्। २०३१ सालमा इसाई धर्म अँगालेका उनको पनि ससुराली हिन्दु धर्मावलम्बी हुन्। तर एकअर्काप्रतिको सद्भावमा कुनै कमी नआएको उनी बताउँछन्। ‘धर्म फेर्नेभन्दा पनि मानिस भित्रैदेखि धार्मिक भयो भने कुनै समस्या छैन’, उनले भने, ‘धार्मिक मानिस जुनसुकै धर्मको भए पनि सबैको साझा हुन्छ।’ धार्मिक मानिसको समाजलाई हेर्ने दृष्टिकोण सकारात्मक हुने र उसले समग्र मानव जातिको कल्याण चाहने उनले बताए।

तस्बिरमा जित तामाङ

नेपालमा शताब्दीऔंदेखि धार्मिक सद्भाव रहँदै आएको छ। फरकफरक धर्म र आस्था राख्नेहरू पनि जित र हनोक जस्तै एकै छतमुनि बसेका छन्। उनीहरू एक अर्काको धर्मलाई सम्मान गर्दै अगाडि बढेका छन्। यसैले नेपाल धार्मिक सहिष्णुता भएको देशका नामले पनि चिनिन्छ।

भक्तपुरकी निशा थापा र पर्वतकी मीना बरालको मित्रता बसेको १२ वर्षभन्दा बढी भयो। थापा इसाई धर्मावलम्बी हुन् भने बराल हिन्दु। तर उनीहरूबीचको मित्रतामा धर्म बाधक बनेको छैन। बरु एक अर्काको चाडपर्वमा हातेमालो गर्दै रमाउँदै आएको सुनाउँछन् उनीहरू।

क्रिसमसको रमाइलो हेर्न मंगलबार साथीसँगै ललितपुरको भनिमन्डलस्थित क्याथोलिक चर्चमा आएकी बरालले तिहारको दिन साथी थापा आफ्नो घर आएको सुनाइन्। ‘धर्म फरक भए पनि उत्सवको रमाइलोले सबैलाई खुसी दिन्छ’, उनले भनिन्, ‘हामी क्रिसमस सँगै मनाउने योजनामा छौं।’ आफ्नो पर्व क्रिसमसमा साथीले पनि साथ दिएकोमा थापा पनि खुसी छिन्। एक दशकदेखि नै इसाई धर्म मान्दै आएकी उनले आफू पनि हिन्दु धर्म मान्ने साथीको चाडपर्वमा रमाउने गरेको बताइन्।

‘क्रिसमसमा ऊ (साथी) मेरो पाहुना हो,’ उनले भनिन्, ‘दसैंमा म उसको पाहुना हुँ।’ थापा र बरालजस्तै इसाई तथा गैरइसाई दुवै क्रिसमसमा देशभर रमाउँदै छन्। राजधानी काठमाडौंका सपिङ मलमा आयोजित क्रिसमस रमाइलोमा इसाईसँगै गैरइसाईहरू पनि देखिन्थे। टाउकोमा क्रिसमस टोपी र गालामा सान्ता क्लजको चित्र कोरिएका युवाको हँसिलो अनुहारले राजधानीका सपिङ मल तथा रेस्टुरेन्टमा क्रिसमसको उज्यालो छरिएको छ। हुन पनि हो, हरेक धार्मिक उत्सवले अर्थतन्त्रलाई पनि चलायमान पार्छन्।

अन्तरधार्मिक सञ्जाल नेपालकी कार्यक्रम संयोजक नाहिदा बानु

नेपाली समाजमा जस्तो एकले अर्काको धर्मलाई सम्मान गर्ने चलन संसारमै विरलै भेटिने अन्तरधार्मिक सञ्जाल नेपालकी कार्यक्रम संयोजक नाहिदा बानु बताउँछिन्। उनी इस्लाम धर्मावलम्बी हुन्। इस्लाम धर्मले सबैलाई आदर गर्न सिकाउँछ भन्दै उनले अन्य धर्ममा पनि त्यस्तै भाव भेटिएको बताइन्।

‘हामीले मुलुकमा धार्मिक सद्भाव बढाउने कार्य गर्दै आएका छौं’, उनी भन्छिन्, ‘धार्मिक सहिष्णुता र सद्भावका हिसाबले नेपाल गर्वलायक छ।’ इद पर्वका अवसरमा पनि अन्य समुदाय रमाएको सुनाउँदै अन्य समुदायको पर्वमा पनि आफूहरू रमाउने गरेको उनले सुनाइन्। ‘सबै चाडपर्वमा सबै समुदाय रमाउने अवसरले निरन्तरता पाओस्’, उनले भनिन्। क्रिसमसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु।’

गौतम बुद्ध हुन् या जिसस क्राइस्ट सबै आध्यात्मिक चेतनाका जन्मदाता भएको मनोसामाजिक परामर्शदाता एवं हिन्दुधर्मावलम्बी डा. नम्रता पाण्डेको धारणा छ। उनका अनुसार सबै सबैको लक्ष्य मानव शान्ति र करुणा हो। ‘धार्मिक उत्सवले सबै धर्मावलम्बीलाई जीवनप्रति सकारात्मक बोध गराउँछ’, उनले भनिन्, ‘त्यही भएर नेपाली समाज हरेक धार्मिक र समाजको उत्सवमा रमाउने गर्छ।’

बढ्दै इसाई धर्मावलम्बी
झन्डै पाँच दशकअगाडि आफूले इसाई धर्म अँगाल्दा नेपालमा इसाईको संख्या सयौंमा रहेकोमा अहिले लाखौंमा पुगेको नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङले बताए। २०१७ सालमा स्थापना भएको मण्डलीहरूको छाता संगठनका अध्यक्ष तामाङ हाल मुलुकभर करिब १२ हजार चर्च र २० देखि २५ लाखको हाराहारीमा इसाई धर्मावलम्बी रहेको अनुमान गर्छन्। कतिपयले इसाई धर्मावलम्बीको संख्या ४० लाखको हाराहारीमा रहेको दाबी गर्छन्।

नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङ

राष्ट्रिय मण्डली संगतिका अध्यक्ष तामाङ भने दुवै तथ्यांकलाई सही मान्न तयार छैनन्। ‘न जनगणनामा देखिएको जस्तो कम छ न कतिपयले दाबी गरेजस्तो अत्यधिक बढी नै’, उनले भने, ‘मेरो अनुमानमा नेपालमा इसाई धर्म मान्ने २० देखि २५ लाख हाराहारीमा छन्।’

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको झन्डै तीन करोड जनसंख्यामा इसाई धर्मावलम्बीको संख्या पाँच लाख १२ हजार तीन सय १३ छ, जुन कुल जनसंख्याको १.७६ प्रतिशत हुन आउँछ। २०६८ को जनगणनामा यो प्रतिशत १.४ थियो। २०५८ सालको जनगणनामा इसाई धर्मावलम्बीको संख्या एक लाख थियो।

तामाङ धर्म मान्नेको संख्या जति भए पनि मानिस कति धार्मिक भयो भन्ने कुराले मात्र अर्थ राख्ने सुनाउँछन्। ‘धार्मिकताको भाव भयो भने त्यो सार्थक रहन्छ’, उनी भन्छन्, ‘नत्र संख्याले मात्र खासै केही अर्थ राख्दैन।’

सबै धर्मले मानवतालाई नै अँगालेको उनको बुझाई छ। ‘क्रिसमसले दिने सन्देश भनेको असत्यमाथि सत्यको विजय, अँध्यारोमाथि उज्यालोको जित अनि अशान्तिमाथि शान्तिको विजय हो’, उनी भन्छन्, ‘धर्म र जातका नाममा कहिल्यै अशान्ति नछाओस्।’

बधाई र उपहार साटासाट
इसाई धर्मावलम्बीको मुख्य पर्व क्रिसमस बुधबार राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा धुमधामसाथ मनाइँदै छ। अहिले सहरी क्षेत्रका चर्च तथा सपिङ मल, होटल, सुपर मार्केट तथा अन्य पर्यटकीय बजारमा क्रिसमसको रौनक छ। क्रिसमसका लागि भन्दै राजधानीका ठुला सपिङ मल तथा होटलमा साताअघिदेखि नै ‘क्रिसमस ट्री’ बनाइएका छन्।

‘गिफ्ट सप’मा क्रिसमसको उपहार किन्नेको भिड लागेको छ। इसाई तथा गैरइसाई दुवैले एकअर्कालाई क्रिसमसको बधाई दिँदै उपहारसमेत साटासाट गरिरहेका छन्। सूचना प्रविधिको विकाससँगै पछिल्ला दिनमा नेपाली समाजमा पनि क्रिसमस लोकप्रिय हुँदै गइरहेको छ। ललितपुरस्थित एजम्पसन चर्च, ज्ञानेश्वरस्थित नेपाल इसाई मण्डली, पुतलीसडक, दाखबारीलगायत काठमाडौं उपत्यकाका सयौं चर्चमा रौनकता छाएको छ।

अंग्रेजी महिनाको डिसेम्बर २५ तारिखलाई जिसस क्राइस्टको जन्म भएको मानेर क्रिसमस मनाउने गरिन्छ। २०६३ सालमा तत्कालीन व्यवस्थापिका (संसद्) बैठकले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि क्रिसमसमा पनि सार्वजनिक बिदा दिन थालिएको छ।

नेपाल राष्ट्रिय मण्डली परिषद्का महासचिव डा. केबी रोकाया धर्म, विज्ञान र दर्शन कुनै जातजातिको नभई सबैको साझा सम्पत्ति भएको बताउँछन्। भूमण्डलीकरणका कारण पछिल्लो समय नेपाली समुदायमा गैरइसाई धर्मावलम्बीले पनि यो पर्व मनाउन थालेको उनको बुझाइ छ। ‘क्रिसमस मनाउन कुनै धार्मिक विधि, निश्चित ठाउँमा जानु पर्दैन’, उनले भने, ‘त्यही भएर सर्वसाधारण यो पर्वमा रमाउन थालेका छन्।’ पर्वहरूमा एकापसमा घुलमिल हुँदा समाजमा सद्भाव बढ्ने उनले सुनाए। ‘यस्ता घुलमिलले समाजमा भ्रातृत्व, समझदारी र भाइचारा बढाउँछ’, उनी भन्छन्।

के हो क्रिसमस?
कुनै समय पश्चिमी देशहरू अर्थात् इसाई बाहुल्य इलाकामा मनाइने क्रिसमस पर्व अहिले विश्वभरि मनाइन्छ। क्रिसमस डिसेम्बर २५ का दिन मनाउने गरिन्छ। क्रिसमस इसाई समुदायको मुख्य चाड हो।

‘क्रिसमस’ अंग्रेजी शब्द ‘क्राइस्ट मास’ बाट बनेको हो। जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने हुन्छ। मानव विज्ञानी जेम्स जार्ज फ्रेजरले आफ्नो पुस्तक ‘द गोल्डेन बज’ मा जुन दिन येसु ख्रिस्टको जन्म भएको थियो, ठिक त्यसै दिनदेखि क्रिसमसको छुट्टी मनाउने प्रचलनमा आएको लेखेका छन्।

इसाई धर्मका प्रवर्तक येसु ख्रिस्टको जन्मोत्सवको सम्मानमा डिसेम्बर २५ का दिन संसारभरि ‘क्रिसमस डे’ धुमधाम साथ मनाउने गरिन्छ। क्रिसमसको पूर्व सन्ध्यालाई ‘क्रिसमस इभ’ भनिन्छ। यो इभ परिवारमा हर्षोल्लास र खुसीका साथ बिताउने एक उत्तम समय हो।

नेपालमा २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपछि औपचारिक रूपमा क्रिसमस पर्व मनाउने परम्पराको थालनी भएको मानिन्छ। त्योभन्दा अघि नेपाली इसाई क्रिसमस मनाउन भारततिर जाने गर्थे। त्यतिखेर नेपालमा क्रिसमस मनाउन बन्देज थियो।

क्रिसमसमा पर्वमा आआफ्नो रुचि अनुसारका मिठामिठा परिकार बनाएर खाने र खुवाउने गरिन्छ। क्रिसमससँग जोडेर आयोजना हुने विभिन्न कार्यक्रममा येसुले बाँडेको ज्ञान र उपदेशको चर्चा, शुभकामना र उपहार आदानप्रदान, प्रेम प्रकट गर्दै शान्ति, सद्भाव, समृद्धि र सुस्वास्थ्यको कामना गरिन्छ।

त्यस्तै क्रिसमस महोत्सव आयोजना गर्ने, घर सफा राख्ने, सपिङ गर्ने, चर्च जाने, प्रार्थना गर्ने, केक काट्ने, क्रिसमस ट्रीले चर्च घर र मल सजाउने, क्यारोल खेल्ने, सान्ता क्लजबाट उपहार लिने, नाचगान गर्ने आदि नेपाली क्रिसमस पर्वको मुख्य विशेषता हुन्। केही दशक अघिसम्म पाहुना उत्सव मानिने क्रिसमस अहिले नेपाली समाजको अंग बनिसकेको छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय मानवशास्त्र विभागका प्रमुख प्राध्यापक विनोद पोखरेल पछिल्लो समय समाज ‘ग्लोबल भिलेज’को रूपमा विकसित हुँदै गएको र यसले सबै धर्म र जातका संस्कृतिलाई स्विकार्न थालेको बताउँछन्। ‘आयातित भन्ने कुरा हटिसकेको छ, सबैले सबैका पर्वलाई स्विकार्न थालेका छन्’, उनले भने, ‘भूमण्डीलकरणसँगै समाजमा स्वीकारभाव विकसित भएको छ।’

]]>
उपेन्द्र लामिछाने Wed, 25 Dec 2024 07:26:23 +0545
<![CDATA[किसुनजीको को पर्छिन् कपाली ?]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1458778-1734867874.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1458778-1734867874.html

नेपाली कांग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराई (किसुनजी) को निधन (२०६७ फागुन २० गते) पछि ललितपुर बाँडेगाउँस्थित भट्टराई आश्रममा न दलका नेता तथा कार्यकर्ता पुग्छन् न त समाजका अन्य व्यक्ति नै ।

सक्रिय राजनीतिबाट टाढिँदै गए पनि भट्टराईको निधनपूर्व दलका नेता तथा कार्यकर्ता मात्र होइन, विभिन्न स्वार्थ समूहका व्यक्ति यो वा त्यो बहानामा त्यहाँ पुग्ने गर्थे । राज्य सञ्चालन गर्नेहरूको पनि ध्यान पुग्ने गरेका थियो । तर भट्टराई निधनपछि बाँडेगाउँमा शक्ति र स्वार्थ समूहका व्यक्ति मात्र होइन, उनले जीवन दिएको कांग्रेसका नेता तथा कार्यकर्ता पनि आश्रममा पुग्दैनन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता दीपकुमार उपाध्यायका साथै लोकतान्त्रिक समाजवादीका नेता शरतसिंह भण्डारीसहितका केही नेता भट्टराई आश्रम बाँडेगाउँ आक्कलझुक्कल पुग्ने गरेका छन् । तर उनीहरू पनि त्यहाँ नपुगेको वर्ष दिन बढी भइसक्यो भने कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा अहिले पनि यदाकदा आश्रममा पुग्ने गरेका छन् । किसुनजीसहित अन्य नेताहरूप्रति आफ्नो श्रद्धा र सम्मान रहेको बताउँदै खतिवडाले भने– किसुनजी नेपाली राजनीतिको एक आदर्श पुरुष हो । उहाँप्रति मेरो खास सम्मान र सामीप्यता छ । केही अलमल र असामञ्जस्यतामा मात्र होइन, खुसी हुँदा पनि अक्सर आश्रम पुग्ने गर्छु ।

राजनीतिमा धनवाद र डनवादसहित विकृति हावी भएका बेला भट्टराई बालुवाटारबाट टिनको एउटा ट्याङ्का, सुराही र छाता मात्र लिएर बाहिरिएका थिए । कांग्रेसभित्र सन्त नेताको परिचय बनाएका उनै भट्टराईको त्यो सरल र सादगी जीवनको सत्ता र शक्तिको भागदौडमा रहेकाहरूले पनि प्रशंसा गर्छन् ।

प्रजातन्त्रको दीर्घायुका लागि पत्रकारिता बलियो हुनुपर्छ भन्ने मान्यता बोक्ने भट्टराईले २०१२ सालमा नेपाल पत्रकार संघ स्थापना गरे । २०१५ सालमा प्रतिनिधिसभाको सभामुख जिम्मेवारी सम्हाले ।

२०४६ को राजनीतिक परिवर्तनपछि गठन भएको अन्तरिम सरकारको नेतृत्व गरेका भट्टराईले निर्धारित समयमा संविधान निर्माण गर्दै आमचुनाव गराए । पार्टीभित्र घात, प्रतिघात र गुट राजनीतिले पटक–पटक अपमान सहनुको साथै आफू पराजित भएर पनि २०४८ को आमनिर्वाचन गराए । पार्टीलाई विभाजन हुनबाट जोगाएका भट्टराई २०५६ को आमचुनावपछि फेरि प्रधानमन्त्री बने । तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने प्रयासमा जुटेकै बेला पार्टीभित्रैबाट असहयोग हुँदा भट्टराई सत्ताच्युत भए । तर राजनीतिक, आर्थिक र समाजिकरूपमा भट्टराई बेदाग निस्के ।

मुलुकका कतिपय गम्भीर विषय पनि परिस्थितिअनुसार हाँसो ठट्टामै टारिदिन सक्ने भट्टराईलाई सत्ता र शक्तिमा स्थापित हुन धेरैले सिरानी हाले । तर उनले कहिल्यै आग्रह वा पूर्वाग्रह राखेनन् । सबैसँग आफ्नै किसिमले भेटिराखे । र, भेट्न आउनेको स्वागतका साथै उनको स्याहारसुसारमा अमिता कपालीले समय बिताइन् । त्यो पनि सत्ता र शक्तिमा हुँदा मात्र होइन, अन्तिम क्षणसम्म कपालीले नै उनलाई स्याहारिन् ।

यो पनि पढ्नुहोस्

जन्मँदै मरेको एउटा कानुन !

किसुनजीको निधनपछि सत्ताको रोटी सेक्नेहरूको मात्र होइन, भट्टराई आश्रम अरूको पनि प्राथमिकतामा परेन र परेको छैन । उनको महाप्रस्थानपछि रित्तिएको आश्रममा अहिले पनि उनै कपालीले प्राण भर्न समय खर्चिरहेकी छिन् । किसुनजीको निधनपछि एक्लिएकी कपालीको दैनिकी बिहान उठेर आफ्नो नित्यकर्मसँगै सुरु हुन्छ । यतिबेला कपालीको एक्लो र निरस जीवन छ । तैपनि उनी किसुनजी बाँचेकै बेलाजस्तो गरेर अहिले पनि त्यतिबेला उनी सुत्ने कोठामा रहेको सुराहीमा हरेक बिहान पानी भर्छिन् ।

पाइलट बाबाकी भक्त उनी कम्तीमा दुई घन्टा लगाएर पूजापाठ र जप गर्छिन् । पूजा र आरती नित्य उनको जीवनका नित्य कर्म बनेका छन् । आश्रममा राखिएको किसुनजीको तस्बिरअगाडि नियमित बत्ती बल्छ । निरस र एकांकी जीवन भए पनि त्यही बत्तीले जगाएको आशाजस्तै भट्टराईप्रतिको श्रद्धाले कपालीलाई अहिले पनि आश्रममा बस्न प्रेरित गरिहेको छ ।

कपाली बिहानको खाना खानुअघि पकाएका सबै परिकार किसुनजीलाई भोग लगाउँछिन् जसरी भक्तहरूले भगवानलाई आफूले खानेकुरा प्रत्येक क्षण चढाउँछन् । बाहिर कुनै काम र भेटघाटबाहेक खानापछि धार्मिक पुस्तक पढ्ने तथा जप र ध्यानमै उनको दिनचर्या बित्ने गरेको छ । आफ्नै घरमा बसेझँै लामो समय किसुनजीसित बसेकी उनले आश्रम र भट्टराईको जीवनकालका महŒवपूर्ण वस्तुहरूको संरक्षणमै बिताउने गरेकी छिन् ।

किसुनजीलाई हजुरबा सम्बोधन गर्ने कपालीमा कांग्रेस नेता तथा कार्यकर्ता मात्र होइन, आमनेपालीको भट्टराईप्रति सम्मान र श्रद्धा रहेको बुझाइ छ । सबैको आआफ्नै व्यस्तताले आश्रममा आउन नभ्याएको र कतिले चाहेर पनि आउन नसकेको हुन सक्ने उनी बताउँछिन् । किसुनजीप्रतिको श्रद्धा र सम्मान रहेकाले नै त्यतिबेलाको सरकारले आश्रम बनाइदिएको बताउँदै उनले भनिन्– हजुरबालाई बिर्सिएको भन्दा पनि सबै आआफनो काममा व्यस्त भएर आश्रममा चाहिँ आउन नभ्याएको हुन सक्छ ।

अघिल्लो वर्ष गरेका कार्यक्रमहरूको अझै केही पैसा तिर्न बाँकी रहेकाले उनी यस वर्ष औपचारिक कार्यक्रम गर्ने भन्दा विभिन्न आश्रममा रहेका अशक्त र असहायलाई खाना खुवाउने तयारीमा छिन् ।

२०५९ असोज १८ को शाही कदमअघि शेरबहादुर देउवा नेतृत्वमा गठन भएको सरकारले भट्टराईको नाममा आश्रम निर्माणका लागि पाँच रोपनी जग्गा दिने निर्णय गरेको थियो । सोहीअनुसार पछिल्ला सरकारहरूले आश्रम निर्माण गरेका हुन । सरकारले बनाइदिएको आश्रममा भट्टराईले मनाएको अन्तिम जन्म दिनमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले किसुनजीलाई सरकारी गाडी उपहार दिएका थिए । उनको निधनलगत्तै सरकारले त्यो गाडी फिर्ता लगेको छ ।

यो पनि पढ्नुहोस्

चिकित्सकको लापरबाही, महिलाको पिसाब थैलीमा प्वाल

किसुनजीले त्यसअघि प्रयोग गर्दै आएका वा ३ च ७७२१ नम्बरको गाडी आश्रममै थियो । केही समयअघि बिग्रेको गाडी मर्मतका लागि वर्कसपमा छाडिएको छ । तर त्यसबापत तिर्नुपर्ने रकम अभावमा थन्किएको छ । किसुनजीको स्याहारसुसारमा आफ्नो ऊर्वर यौवनकाल खर्चेकी कपालीले गाडी निकाल्न हारगुहार गर्दै आएकी छन् । तर गाडी मर्मतबापत दिनुपर्ने रकम जुटाउन भने सकेकी छैनन् । केही दिनअघि हामी पुग्दा गाडी नभएकै कारण पूर्वसभामुख दमननाथ ढुंगानाको परिवारलाई भेट्न जानसमेत नपाएको गुनासोसहित गाडी मर्मतबापत दिनुपर्ने रकम जोहोका लागि कपालीले टेलिफोनमा आग्रह गरिरहेकी थिइन् ।

चार करोड भन्दा बढी लागतमा निर्माण भएको आश्रमलाई संग्रहालयमा परिणत गर्ने नेता तथा कार्यकर्ता मात्र होइन, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले त्यतिबेला प्रतिबद्धता जनाएका थिए । किसुनजीको सादगीपना नेपालीको राजनीतिमा उदाहरणीय रहेको जनाउँदै उनको निधनपछि पुगेका सबैले त्यहाँ समाधिस्थल पनि बनाउने प्रतिबद्धता जनाएका थिए । त्यही आश्वासन र प्रतिबद्धताअनुसार आश्रम संग्रहालयमा परिणत हुने र किसुनजीले प्रयोग गरेका सबै सामग्री हस्तान्तरणको प्रतीक्षामा छिन् कपाली ।

चौबीसै घन्टा हरप्रकारले सहयोगी बनेकी कपालीको अस्वाभाविक निकटताका साथै अनेक टीका–टिप्पणी पनि भए । तर उनले त्यसको कुनै प्रवाह गरिनन् । आफ्नो कर्ममा निरन्तर जुटेकी कपाली भट्टराई आश्रमलाई संग्रहालय बनाउन र किसुनजीले प्रयोग गरेका सबै सामग्री संरक्षण गरेर बसेकी छिन् । राज्य सञ्चालन गर्नेहरूको ध्यान नपुग्दा आश्रमलाई संग्रहालयमा परिणत गर्ने कार्य अघि बढ्न सकेको छैन् ।

त्यही आश्वासन र प्रतिबद्धताअनुसार आश्रम संग्रहालयमा परिणत हुने र किसुनजीले प्रयोग गरेका सबै सामग्री हस्तान्तरणको प्रतीक्षामा छिन् कपाली ।

केन्द्र, प्रदेश र स्थानीय सरकारमा सहभागी प्रतिनिधिसभाको ठूलो दल कांग्रेसले आफ्ना संस्थापक नेतामध्येका एक भट्टराईको नाममा रहेको आश्रमको स्याहार र सम्भारमा पनि कुनै चासो दिएको छैन । जसले गर्दा आश्रमभित्र निर्माणका कतिपय सामग्री असरल्ल छन् । आश्रम प्रवेशको मूल ढोका बाहिरको पर्खाल किसुनजीबिनाको आश्रम जस्तै फुङ्ग उडेको छ । मूल ढोकाको छेउमै राखिएको किसुनजीले चढ्ने पुरानो वा २ च १८४२ नम्बरको गाडी धुलोले छोपिने अवस्थामा पुगेको छ भने सुरक्षामा चुनौती पनि थपिँदै गएको छ ।

सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी किसुनजीको निधनपछि झण्डै एक वर्षपछि फिर्ता भए । सर्वोच्च अदालतले भूतपूर्व भिआइपीहरूलाई नियमावली बनाएर मात्र सुविधा लिन र दिन सरकारलाई आदेश दिएपछि आश्रममा रहेका सबै सुरक्षाकर्मी फिर्ता भएका थिए । त्यसपछि कपालीले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारलाई टेलिफोन गरी सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरिन् । केही समयपछि एउटा प्रहरी टोली गृह मन्त्रालयले त्यहाँ पठाइदिएको पनि थियो ।

२०७९ को आमनिर्वाचनपछि पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारीमा मन्त्रालय प्रवेश गरे । लामिछानेले भट्टराई आश्रमसहित भूतपूर्व भिआइपीहरूलाई उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता बोलाए । कपालीले फेरि कांग्रेससहित आफ्नो सम्पर्क र सम्बन्धमा रहेकालाई हारगुहार गरिन् । केही दिनमा सुरक्षाकर्मी फेरि फिर्ता भए । एकान्तमा रहेको आश्रमको सुरक्षा चुनौती रहे पनि लामिछाने दोस्रोपटक गृहमन्त्री भएपछि फेरि त्यहाँका सुरक्षाकर्मी फिर्ता भएका छन् । अहिले सशस्त्र प्रहरीका राकेशकुमार मात्र त्यहाँ छन् ।

कसरी जोडिइन् कपाली ?

झन्डै ४० वर्र्षअघि किसुनजीसँग नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यकर्ताका रूपमा भेटेकी कपाली २०४६ सालको राजनीतिक परिर्वतनपछि सहयोगीका रूपमा काम गर्न थालेकी हुन् । काठमाडौँको नक्साल घर भएकी कपालीका बुबा कांग्रेस राजनीतिमा लागेकाले उनको घरमा नेताहरूको आवतजावत भइरहन्थ्यो । किसुनजीसँग भेट भएपछि उनलाई कार्यकर्ताका रूपमा राजनीतिक सहयोग गर्न थालेकी थिइन् । किसुनजी अन्तरिम सरकारका प्रधानमन्त्री बन्नुअघि नै कपालीले घर–परिवार त्यागेर उनको स्याहारमा जुटेको जानकारहरू बताउँछन् ।

कांग्रेस नेता खतिवडा भने कपाली २०४३ मा भएको निर्वाचनमा उनी हालको काठमाडौँ महाननगरपालिका (काठमाडौँ नगरपालिका) को वडा नम्बर १ बाट वडा सदस्य निर्वाचित भइसकेको बताउँछन् । पञ्चायत विरोधी आन्दोलनमा उनको परिवारै लागेको जनाउँदै उनले भने– पञ्चायत विरोधी आन्दोलनमा सक्रिय हुने क्रममै अमिताजीसहित हामी किसुनजीसँग नजिक हुन पुग्यौँ । उहाँले निस्वार्थ किसुनजीको सेवा गर्नुभयो ।

कपाली बिहानको खाना खानुअघि पकाएका सबै परिकार किसुनजीलाई भोग लगाउँछिन् जसरी भक्तहरूले भगवानलाई आफूले खानेकुरा प्रत्येक क्षण चढाउँछन्।

अविवाहित कपाली झण्डै तीन दशक किसुनजीको अभिन्न अंग बनेर रहिन् । भट्टराईको मृत्युपछि पनि कपाली उनकै सेवामा लागिरहेकी छिन् । भट्टराईको जन्मजयन्ती र स्मृति दिवस मनाउने जोहोमा उनी अहिलेदेखि नै लागेकी छन् । अघिल्लो वर्ष गरेका कार्यक्रमहरूको अझै केही पैसा तिर्न बाँकी रहेकाले उनी यस वर्ष औपचारिक कार्यक्रम गर्ने भन्दा विभिन्न आश्रममा रहेका अशक्त र असहायलाई खाना खुवाउने तयारीमा छिन् ।

को हुन् भट्टराई ?

पिता संकटाप्रसाद र माता ललितादेवीका पुत्रका रूपमा १९८१ पुस ८ गते कृष्ण द्वादशीका दिन बिहार (भारत) को चम्पारन जिल्लाको रामनगर रियासतमा जन्मेका भट्टराईले वनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरेका थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा चासो राख्ने कृष्णप्रसाद विश्वविद्यालय अध्ययनका क्रममा सिटी स्टुडेन्ट युनियनको अध्यक्ष चुनिएका थिए । ‘भारत छोडो’ आन्दोलनमा सहभागी भट्टराई ४ मार्च १९४७ मा विराटनगरमा मजदुर हड्तालको घोषणापछि बिपी कोइरालाको आग्रहमा एमए अन्तिम वर्षको परीक्षा छाडेर वनारसबाट विराटनगर हिँडे ।

२००५ सालमा पहिलोपटक काठमाडौँ आएका भट्टराई २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस मिलाएर गठन भएको नेपाली कांग्रेसको सहमहामन्त्री बनेका थिए । प्रजातन्त्रको दीर्घायुका लागि पत्रकारिता बलियो हुनुपर्छ भन्ने मान्यता बोक्ने भट्टराईले २०१२ सालमा नेपाल पत्रकार संघ स्थापना गरे । २०१५ सालमा प्रतिनिधिसभाको सभामुख जिम्मेवारी सम्हाले । र, २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई विघटन गर्दै पञ्चायती व्यवस्थाको सूत्रपात गरेपछि तत्कालीन प्रधानमन्त्री बिपी कोइराला, वरिष्ठ मन्त्री गणेशमान सिंह, भट्टराईसहितका नेताहरूले झण्डै १० वर्ष कारावास भोगे । र, १९७० मार्च २७ मा जेल मुक्त भएपछि भट्टराई देशभित्रै रहेर पार्टीको संगठन निर्माणमा सक्रिय रहे ।

यो पनि पढ्नुहोस्

पर्सेन्टाइल चलखेलले संकटमा चिकित्सा शिक्षा

२०३३ मा भारतको पटनामा भएको सम्मेलनमा बिपी कोइरालाले स्वास्थ्यका कारण उनलाई पार्टीको कार्यबाहक सभापतिको जिम्मा दिए । २०३९ साउन ६ गते बिपीको निधन भएपछि मंसिरमा गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा भएको सम्मेलनबाट भट्टराईले पुनः कार्यबाहक सभापतिको जिम्मेवारी पाए । डेढ दशक भन्दा लामो समय कार्यबाहक सभापति भएर पार्टी चलाए । २०४८ फागुन १ देखि झापाको कलवलगुडीमा सम्पन्न आठौँ महाधिवेशनबाट सर्वसम्मतिमा पार्टी सभापति चुनिएका भट्टराईले २०५३ सालसम्म पार्टीको नेतृत्व सम्हाले । २०५६ सालमा भएको आमनिर्वाचनपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको प्रस्तावमा २०५६ जेठ १३ गते दोस्रोपटक मुलुकको प्रधानमन्त्री भए । एघार महिना सरकारको नेतृत्व गरेका कृष्णप्रसादले पार्टीभित्रैबाट सहयोग नमिलेपछि २०५६ चैत ३ मा प्रधानमन्त्री पदबाट राजीनामा दिए ।

यतिबेला कपालीको एक्लो र निरस जीवन छ । तैपनि उनी किसुनजी बाँचेकै बेलाजस्तो गरेरअहिले पनि त्यतिबेला उनी सुत्ने कोठामा रहेको सुराहीमा हरेक बिहान पानी भर्छिन् ।

आन्तरिक खिचातानी बढेर पार्टी विभाजन भएपछि भट्टराई सक्रिय राजनीतिबाट टाढिए । शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेसप्रति भावनात्मक समर्थन जनाए पनि उनी खुलेर कुनै पक्षमा लागेनन् । २०६४ असोज ८ मा पार्टी एकीकरण समारोहपछि भट्टराई कांग्रेसका कुनै कार्यक्रममा सहभागी भएनन् । उक्त समारोहपछि बसेको कांग्रेसको संयुक्त महासमितिको बैठकले पार्टी विधानमा संशोधन गर्दै संवैधानिक राजतन्त्र हटाएर गणतन्त्रमा जाने निर्णय गर्‍यो । उक्त निर्णयप्रति आपत्ति जनाउँदै भट्टराईले कांग्रेस आफ्नो सिद्धान्त र विचारबाट विचलित भएको भन्दै पार्टीको साधारण सदस्यतासमेत परित्याग गरे । कांग्रेसका एकमात्र जीवित संस्थापक भट्टराई १२औँ महाधिवेशनमा पनि सहभागी भएनन् । व्यक्तिगतरूपमा स्पष्ट वक्ता र विनोदप्रेमी भट्टराई जीवनभर अविवाहित नै रहे ।

प्रतिमा गौतम (केन्द्रीय सदस्य, नेपाली कांग्रेस)

नेपाली कांग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराई मात्र होइन, बिपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधिसहितका हाम्रा अग्रज र पूर्वजप्रति पार्टीका नेता तथा कार्यकर्ताको उच्च सम्मान छ । उहाँले देखाएको बाटो र लिएको नीति हामीले आत्मसात गर्दै आएका छौँ । उहाँहरूको नाम स्थापना भएका संरचना र संगठनहरूलाई पनि पार्टीका नेता तथा कार्यकर्ताले ध्यानमा राख्नुपर्ने पर्छ । किसुनजीको आश्रम होस् वा अन्य ठाउँमा नजानुको मतलब उहाँहरूलाई भुल्यो भन्ने होइन । हामी सबैको आआफ्नो आस्था र विश्वासअनुसार धर्म मान्छौँ । हाम्रा तीर्थस्थल छन् । त्यहाँ हामी सधैँ र सबै पुग्छौँ र ? पुग्दैनौँ नि ।

त्यस्तै, नेपाली कांग्रेसका लागि बिपी कोइराला, किसुनजीसहितका अग्रज र पूर्वजहरू हाम्रो आस्था र विश्वासको धरोहरहरू हुनुहुन्छ । उहाँको नाममा स्थापना भएका संघ, संगठन र आश्रमहरू पुग्न नभ्याए पनि उहाँहरूले छाडेका पदचिह्न हामीले सम्झेका छौँ र त्यसलाई व्यवहारमा उतार्ने प्रयास गरेका छौँ । जसरी हामीले मान्ने भगवानलाई चाहेर पनि बिर्सन सक्दैनौँ त्यसैगरी कांग्रेसजनले पनि उहाँहरूलाई बिर्सने भन्ने कुरा सम्भव नै छैन । तर गर्दा भन्दा पुग्न सकिएको छैन । त्यसलाई भने स्वीकार गर्नुपर्छ ।

]]>
बालकृष्ण अधिकारी Sun, 22 Dec 2024 17:29:34 +0545
<![CDATA[बनेको आधा शताब्धीसम्म पनि कार्यान्वयन हुन नसकेको एउटा कानुन]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1457774-1734092691.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1457774-1734092691.html

धेरैलाई थाहा नहुन सक्छ, नेपालमा एउटा यस्तो कानुन छ जुन बनेदेखि नै मरेतुल्य छ । अर्थात अव्याहारिक हुँदा कानुनमा लेखिएका कुरा कुनै पनि कार्यान्वयन हुन सकेका छैनन् । यो होे– सामाजिक व्यवहार सुधार ऐन २०३३ ।

यस्तो कानुन राखिरहने वा खारेज गर्ने भन्ने विषयमा समय समयमा बहस नभएको पनि होइन तर सरकारको आँखा नपर्दा यो अलपत्रै छ । राजा वीरेन्द्रको शासनकालको सुरूवाती वर्षताका बनेको यो कानुन संशोधन नभएको पनि होइन । संशोधनलाई शाब्दिकरूपमा बाहेक व्यावहारिकरूपमा नहेरिँदा मरेतुल्य नै छ भन्दा फरक पर्दैन ।

बिहेमा कतिजना जन्ती जान पाइन्छ ? बाजागाजासहित ५१ जना । छैटी, न्वारान, जन्म दिन, पास्नी, व्रतबन्ध भोजमा २५ जना भन्दा बढीलाई भोजमा बोलाउन पाइँदैन । यदि बोलाएमा १० हजार रुपियाँ वा ७ दिन कैद सजाय हुन्छ ।

यो सबै कुरा सामाजिक व्यवहार सुधार ऐन २०३३ मा लेखिएका छन् तर यो कानुनअनुसारको बिहे भएको कतै देख्नुभएको छ ? यो कानुनी प्रावधानअनुसार ५१ जना भन्दा बढी जन्ती जान हुँदैन । ११ जना भन्दा बढी बाजावाल राख्न हुँदैन । भाडावाल नाच लान पाइँदैन, आतसबाजी गर्न पाइँदैन ।

हजुरबा, हजुरआमा, काकाकाकी, फुपू फुपाजु, दाजु, भाइबहिनीसहितको संयुक्त परिवार भएको नेपाली समाजमा यस्तै उत्सव, चाडपर्वमा सबैलाई बोलाउने चलन छ । ५१ जना मात्रै बोलाएर अरू आउन नपाउनु ? यो कानुन कति व्यावहारिक छ ? यसको विषयमा समीक्षा गर्ने बेला भएन ? यतिसम्म कि दुलाहा दुलही पक्षबाट आयोजित भोजमा नजिकका नातेदारबाहेक, छरछिमेक इष्टमित्रमध्येबाट ५१ जना भन्दा बढीलाई बोलाउन पाइँदैन ।

तर यो कानुन कसैले टेरेका छैनन् । कानुन बनेको ४७ वर्षसम्म अति विशिष्टदेखि साधारण जनतासम्म कसैले पनि परिपालन गरेको देखिँदैन । सरकारका उच्च पदस्थ व्यक्तिबाट नै यो ऐनको कहिल्यै परिपालना भएन्, गरिएन । २०३३ कात्तिकमा जारी भएको यो ऐनमा २१ वटा दफा छन् । जारी भएलगत्तै मंसिरमा नियमावली पनि आएको थियो । यो ऐन जारी भएपछि देशमा संविधान ३ पटक परिवर्तन भैसकेको छ तर यो ऐनमा भने खासै संशोधन भएको देखिँदैन ।

महान्यायाधिवक्ता कार्यालयका अनुसार पाँच वर्षदेखि यो विषयमा कुनै पनि मुद्दा दर्ता भएका छैनन् । तर यो कानुन उल्लंघन गरेको भेटेमा प्रहरीले अनुसन्धान गरी सरकारका तर्फबाट सरकारी वकिलले मुद्दा दर्ता गर्नुपर्ने प्रावधानचाहिँ छ ।

हेर्दै हाँस्यास्पद

मृत्युपछि गरिने काज किरिया, श्राद्धमा पनि कानुनले संख्यात्मक छेकवार लगाएको छ । यतिसम्म कि पितृकार्यमा पनि मलामीबाहेक २५ जना मात्र बोलाउन पाइने तोकिएको छ ।

आफ्नो घर सजाएमा पनि कैद र जरिवाना तिनुपर्ने व्यवस्था गरिएको छ । कुनै पर्व, काममा चाहिने भन्दा बढी हुनेगरी भड्किलोरूपमा बत्ती बाली घर सजाउन हुँदैन । यो भड्किलोको व्याख्या भने कानुनमा गरिएको छैन । के तिहारमा घर सजाए पनि जेल बस्नुपर्ने ? जरिवाना तिनुपर्ने ?

तडकभडक र फजुल खर्च नियन्त्रणका लागि भनेर बनाइएको कानुन नै मरेतुल्य हुनुले यसको औचित्यमाथि नै प्रश्न खडा गरेको छ । यो बनेदेखि नै कार्यान्वयन भएको छैन । अहिलेसम्म चारपटक संशोधन भए पनि कानुन व्यावहारिक बनाउनेतर्फ कसैको ध्यान जान नजानु विडम्बना नै मान्नुपर्छ ।

‘काठमाडौँमा मलामी जान गुठियार नै सयौँ हुन्छन् । गुठियार भनेकोे समुदाय नै हो । त्यसमा २५ जनालाई मात्रै तोक्दा व्यावहारिक नहोला ।’

विवाह, व्रतबन्ध, चुडाकर्म, पास्नी, न्वारन, जन्म दिवस, छैटी, पितृ कार्यलाई ‘सामाजिक व्यवहार’ का रूपमा व्याख्या गरिएको छ । विवाहमा दुलही पक्षले आफ्ना लागि केही लिन नहुने, दाइजो नियन्त्रण गर्नुपर्ने पनि लेखिएको छ ।

यो पनि पढ्नुहोस्

राज्य खोज्दै मुसहर समुदाय : न गाँसको टुंगो न बासको ठेगान

कानुनलाई शासनको प्रमुख औजार मानिन्छ । कानुनको शासनलाई अर्को भाषामा लोकतन्त्र भनिन्छ । तर यति महŒव बोकेको एउटा कानुन बनेदेखि नै कार्यान्वयन हुन सकेको छैन भन्दा धेरैलाई अचम्म लाग्नु स्वाभाविकै हो । अझ भनौँ, देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिव कसैले पनि यसलाई कार्यान्वयन गर्न सकेका छैनन् । ‘धेरै कानुन, धेरै अन्याय’ भन्ने त उक्ति नै पनि छ ।

सांसदहरूकै अध्ययन भन्छ– खारेज गर

कानुन निर्माण भएको यति लामो समयसम्म पनि यो ऐन कार्यान्वयन नहुनुमा राजनीतिक इच्छाशक्ति नभएको निक्र्योल गरिएको छ । ‘यो कानुन तुरुन्तै खारेज गर्न’ कानुन बनाउने सांसदहरूले नै सुझाव दिएका छन् । यससम्बन्धी एउटा अध्ययन पनि भएको छ ।

‘सामाजिक व्यवहार सुधार ऐन २०३३ को उत्तर–विधायिकी परीक्षण अध्ययन प्रतिवेदन’ मा यसलाई समयसापेक्ष पार्न सुझाव पनि दिइएको छ । राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिले २०७७ सालमा यो कानुन कार्यान्वयनको विषयमा एक अध्ययन गरी प्रतिवेदन पनि सार्वजनिक गरेको थियो तर त्यो प्रतिवेदनसमेत कार्यान्वयन हुनुको साटो थन्किएको छ ।

प्रतिवेदनका अनुसार गृह मन्त्रालयले २०७० सालमा ऐन समयानुकूल नभएको भनी ऐन खारेज गर्ने गरी सामाजिक व्यवहार (सुधार) ऐनको नयाँ विधेयक मस्यौदा तयार गरेको थियो । त्यो विधेयक तत्कालीन व्यवस्थापिका–संसद्को हैसियतमा संविधानसभामा पेस हुन सकेन । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि गृह मन्त्रालयबाट २०७१ जेठमा पुनः पेस भएको थियो । २०७३ सालमा सम्बन्धित समितिमा छलफल गरी प्रतिवेदनसमेत तयार भएको थियो ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सामाजिक व्यवहार सुधार ऐन २०७५ को मस्यौदामा सहमति दिएर गृहमा पठाएको थियो तर हालसम्म संसद्मा दर्ता भएको देखिँदैन । धेरै कारणले यो ऐन कार्यान्वयनको अवस्था शून्य बराबर रहेको सांसदहरूकै अध्ययनले देखाएको हो । कार्यान्वयनमा आउन नसकेको अस्तित्वहीन ऐनबारे प्राप्त तथ्यांकले भविष्यको विकल्पबारे नयाँ शिराबाट सोच्न अभिप्रेरित गरेको छ ।

‘नेपाली समाजको तत्कालीन विद्यमान सांस्कृतिक संस्कारहरूको व्यापक अध्ययन/अनुसन्धानमा आधारित नभएर केवल संस्कारलाई मात्र पहिचान गरी आएको देखिन्छ’, अध्ययन प्रतिवेदनमा भनिएको छ– ‘जस्तै जन्तीमा सहभागी र भोजभतेरमा सहभागी संख्यामा नियन्त्रण, नजिकका नातेदारहरूको परिभाषा नै हचुवा, व्यक्तिगत स्वतन्त्रताको उपभोगको नाममा के/कसरी समाजलाई हानि पुर्‍याइरहेको छ भन्ने कुराको स्पष्ट पहिचान र विश्लेषण अंगीकार गर्न नसकेको, खाली प्रतिस्पर्धा र अनावश्यक खर्च कटौतीको कुरालाई अपराधीकरण गर्न खोजिएका छन् ।

‘ऐनले दाइजो तिलक सम्बन्धमा गरेको व्यवस्था सही कार्यान्वयन भएको पाइँदैन । सामाजिक व्यवहारबारे ऐन निर्माण गर्दाका बखत ध्यान दिनुपर्ने आर्थिक, सामाजिक र सांस्कृतिक सैद्धान्तिक मान्यतालाई हेर्ने दृष्टिकोणमा स्पष्ट धारणा देखिँदैन’ भन्दै ऐन निर्माणको प्रस्थान विन्दुमै अलमलका कारण समेतले ऐनको सामाजिक अस्तित्व वा सामाजिक अंगीकारमा नै गम्भीर प्रश्नचिह्न रहेको सांसदहरूले औल्याएका छन् ।

‘समयको प्रवाहसँगै नेपाली समाजको भुइँ तहमा आएको परिवर्तन, आर्थिक गतिविधिमा आइरहेको आर्थिक परिवर्तन र उपभोक्तावादी संस्कृतिको बढ्दो चापका कारण सामाजिक व्यवहारमा देखा परेको प्रतिस्पर्धात्मक तडकभडकले ऐनलाई आमरूपमै नजरअन्दाज गरेको देखियो’– प्रतिवेदनमा भनिएको छ ।

ऐन कार्यान्वयनमा न्यायिक सक्रियता हुँदाहुँदै पनि व्याहारिक पाटोबाट झिंगोले पनि टेरेको छैन । ‘कानुन नै मरेतुल्य’ भएको प्रवक्ता रेग्मीको टिप्पणी छ । व्यावहारिक पक्ष हेर्दा कार्यान्वयन गर्न नसकिएको उनको अनुभव छ ।

‘तीनपटक संवैधानिक परिवर्तन हुँदा पनि यसलाई समयसापेक्ष बनाउने काम भएन’, प्रतिवेदनमा भनिएको छ– ‘ऐनका अन्तरवस्तु आफैँमा रहेका हचुवाका कारण ऐन कार्यान्वयनमा असहज भएको देखिन्छ ।’ ऐनमा गरिएको व्यवस्थाबमोजिम कारबाहीका लागि प्रमाण जुटाउनै गाह्रो हुँदा ऐन उल्लंघनको मुद्दा सरकारवादी हुने भनिए पनि मुलुकी फौजदारी संहितामा यसको उल्लेख नगरिएको प्रतिवेदनको निष्कर्ष छ । ‘मुद्दाको अनुसन्धान र मुद्दा दायरीको समय व्यावहारिक देखिँदैन । गहिरो खोज गरी सांस्कृतिक संहिता निर्माणको मान्यताका साथ ऐनको तत्काल खारेजी र नयाँ ऐन निर्माणको आवश्यकता देखिन्छ ।’

ऐन कार्यान्वयनमा सक्रियता, फैसला कार्यान्वयनमा पत्रैपत्र

कानुन कार्यान्वयनका लागि नागरिकको तर्फबाट सक्रियता नभएको पनि होइन । सर्वोच्च अदालतमा २०५४ सालमा केशवराज पाण्डेले गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइ कानुन कार्यान्वयनमा जोड दिँदै रिट निवेदन दर्ता गरेका थिए । त्यसपछि २०५६ सालमा सर्वोच्चबाट आदेश भएको थियो ।

‘सामाजिक व्यवहार सुधार ऐन २०३३ लाई लागू गर्नमा विशेष कानुनी दायित्व भएका प्रहरीलगायतका निकायहरू आफ्नो कानुनी कर्तव्य पालना गर्न सक्रियता र तत्परता देखाइ लागू गर्नुपर्ने हुन्छ । अर्कोतर्फ सामाजिक चेतना जगाउने, बढाउने ऐनको व्यवस्थालाई अवबोधन गराइ नागरिकलाई अन्य स्वास्थ्यलाई अहित हुने कार्य नगर्ने कुराको प्रचारप्रसार गरिएझैँ ऐनले निषेध गरेका कार्य नगर्न र गरेमा दण्डसमेत हुने कुराको रेडियो, टेलिभिजन र सञ्चार माध्यमद्वारा गर्ने गराउने आवश्यक देखिन्छ’– सर्वोच्चले भनेको थियो । ‘कानुन बनेर लागू नहुँदा व्यर्थ हुन जाने र सामाजिक व्यवहारका विकृति, विसंगति, उन्मूलन नहुने हुँदा कडाइका साथ लागू गराउन सामाजिक चेतना जगाउन श्री ५ को सरकार गृह मन्त्रालयको नाममा निर्देशनात्मक आदेश हुने ठहर्छ’– २०५६ भदौ २९ मा सर्वोच्चबाट भएको आदेशमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

नेपालमा बढ्दै वृद्धवृद्धाको संख्याः सक्रिय रहनु दीर्घ जीवनको रहस्य

‘सामाजिक व्यवहार सुधार ऐन २०३३ ले निषेध गरेको कार्य नगर्न र गरेमा दण्डसमेत हुने कुराको रेडियो, टेलिभिजन र सञ्चारका माध्यमद्वारा प्रचारप्रसार गर्नु गराउनु आवश्यक देखिन्छ’, सर्वोच्चले भनेको छ– ‘कानुनलाई जीवन्त राख्न कारवाहीको पक्षलाई सशक्त र चुस्त बनाइ ऐनको व्यवस्था कडाइका साथ लागू गर्न गराउन आवश्यक कदम चाल्नु र यस दिशातर्फ सामाजिक चेतना जगाउन, सर्वसाधारणलाई यो ऐनको व्यवस्था जानकारी गराउन उत्प्रेरित गर्न आवश्यक कार्य गर्नू ।’

ऐन कार्यान्वयनका लागि सरकारले खासै पहल गरेको देखिँदैन । सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि फेरि अधिवक्ता प्रकाशमणि शर्माले अदालतको अवहेलनामा कारवाहीको माग गर्दै सर्वोच्चमा २०५८ सालमा मुद्दा दर्ता गराएका थिए । अदालतको आदेश कार्यान्वयन नभएको भन्दै अवहेलनामा कारवाही गर्न माग निवेदकले गरेका थिए ।

मुद्दामा न्यायाधीशहरू मीनबहादुर रायमाझी र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले २०६५ पुस १७ मा महान्यायाधिवक्ता कार्यालयलाई अनुगमन गर्न जिम्मेवार बनाउँदै आदेश जारी गरेको थियो । कानुन कार्यान्वयनमा सरकारले प्रभावकारी कदम नचालेको सर्वोच्चको ठहर थियो । ‘सर्वोच्चको आदेश कार्यान्वयनतर्फ क्रियाशील गराउन महान्यायाधिवक्ताले आवश्यक कार्य अघि बढाउने, त्यस्तो कार्यको प्रगतिको अनुगमन गर्ने गराउने र प्रत्येक ६ महिनामा अदालतमा प्रतिवेदन गर्नू’– सर्वोच्चले आदेशमा भनेको थियो । ‘प्रयास गर्दा पनि ऐन परिपालनामा सरकारले शिथिलता देखाए अदालतको आदेश परिपालन नभएतर्फ कारवाही गर्न सकिने...’ पनि उल्लेख थियो । त्यसपछि फैसला कार्यान्वयन निर्देशनालयले यही आदेशलाई आधार बनाउँदै गृह मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयलाई पत्राचार गर्दैमा ठिक्क छ तर कार्यान्वयन भने हुन सकेको देखिँदैन ।

त्यसपछि फैसला कार्यान्वयन निर्देशनालयले २०६५ सालदेखि पत्र पठाउँदै आएको छ । फैसला कार्यान्वयन निर्देशनालयका प्रवक्ता सरोजराज रेग्मीका अनुसार सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयनका लागि सम्बन्धित गृह मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयलाई पत्राचार गरिँदै आएको छ ।

फैसला कार्यान्वयन निर्देशनालयका प्रवक्ता सरोजराज रेग्मी । तस्बिर : भाषा शर्मा/नागरिक अनलाइन

ऐन कार्यान्वयनमा न्यायिक सक्रियता हुँदाहुँदै पनि व्याहारिक पाटोबाट झिंगोले पनि टेरेको छैन । ‘कानुन नै मरेतुल्य’ भएको प्रवक्ता रेग्मीको टिप्पणी छ । व्यावहारिक पक्ष हेर्दा कार्यान्वयन गर्न नसकिएको उनको अनुभव छ । ‘सैद्धान्तिकरूपमा हेर्दा कानुनको विद्यार्थीले यो कानुन जन्मँदै मृतप्रायः थियो भन्न सकिन्छ । कुनै कानुन जन्मँदै लागू हुन नसक्नु, व्यावहारिकरूपमा लागू हुन नसक्नु प्राज्ञिक विश्लेषण छुट्टै छ’– उनले बताए ।

फैसला कार्यान्वयन हुनुपर्नेमा उनको जोड छ तर व्यावहारिक पक्ष हेर्दा सांस्कृतिक अधिकार पनि छ । आयआर्जनअनुसार खर्च गर्न सक्ने, निमन्त्रणा गर्न सक्ने, खर्चको अधिकारलाई बाध्य बनाएर मात्र नहुने, कानुन प्राध्यापनको क्षेत्रमा विश्लेषण गर्दा ‘स्टिल बर्थ ल’ भनेर विश्लेषण गथ्र्यौँ । कुनै कानुन समाज अनुकूल भएन भने कार्यान्वयन हुन सक्दैन ।

बिहेमा कतिजना जन्ती जान पाइन्छ ? बाजागाजासहित ५१ जना । छैटी, न्वारान, जन्म दिन, पास्नी, व्रतबन्ध भोजमा २५ जना भन्दा बढीलाई भोजमा बोलाउन पाइँदैन । यदि बोलाएमा १० हजार रुपियाँ वा ७ दिन कैद सजाय हुन्छ ।

कानुन आयोगका पूर्वअध्यक्ष एवं पूर्वसचिव माधव पौडेलका अनुसार समाजसापेक्ष नभएकाले यो कानुन कार्यान्वयन हुन नसकेको हो । ‘समाज अघि बढिसकेको छ, कानुन पछाडि भएर काम लाग्दैन । जहिले पनि कानुन र समाज पछि समन्वय हुनुपर्छ । सामाजिक सुधार ऐन समयसापेक्ष छैन’– उनले भने । कानुनमा पूर्णतया संरचनागतरूपमा सुधार हुन जरुरी रहेको उनी ठान्छन् । पञ्चायती शासनका बेला समाजमा बढ्दै गइरहेको तडकभडक, फजुल खर्चमाथि नियन्त्रण गर्ने उद्देश्यले कानुन बनेको देखिन्छ । २०३३ सालमा समाजको बढेको आडम्बर देखासिकीलाई कम गर्न यो कानुन ल्याइएको थियो ।

कानुन आयोगका पूर्वअध्यक्ष एवं पूर्वसचिव माधव पौडेल । तस्बिर : भाषा शर्मा/नागरिक अनलाइन

‘काठमाडौँमा मलामी जान गुठियार नै सयौँ हुन्छन् । गुठियार भनेकोे समुदाय नै हो । त्यसमा २५ जनालाई मात्रै तोक्दा व्यावहारिक नहोला’– पौडेल भन्छन् । अहिले विवाहलगायतका कार्यक्रममा विभिन्नखालका भारतीय संस्कृति भित्रिएकाले यसलाई सम्बोधन गर्नेगरी सुधार्नुपर्ने उनको सुझाव छ । यो ऐन स्थानीय र प्रदेश तहबाट सुधार गरेर कार्यान्वयन गर्न सक्ने भनाइ पनि उनको छ । समयसापेक्ष सुधार हुनुपर्छ । यसलाई कार्यान्वयनको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छ ।

यो पनि पढ्नुहोस्

विश्वास, अविश्वास र परम्पराको कथा : आधुनिक काठमाडौं झारफुके र माताको शरणमा

‘यत्तिकै राख्ने हो भने यो ऐनको सान्दर्भिकता छैन । यो कानुन सुधार गर्न जरुरी छ’, पौडेल थप्छन्– सुधार गरेर प्रदेश र स्थानीय तहलाई कार्यान्वयनको जिम्मेवारी दिनुपर्छ ।

कानुनका तिथि/मिति

२०३३ साल कात्तिक : ऐन जारी

२०४८ जेठ १६ : संशोधन न्याय प्रशासन ऐन २०४८

ऐनको पहिलो संशोधन : गणतन्त्र सुदृढीकरण तथा केही नेपाल संशोधन गर्ने ऐन २०६६ (२०६६ माघ ७)

२०७२ असोज १४ – केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन २०७२

२०७२ फागुन १३ – केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन २०७२

२०५४ सालमा – ऐन कार्यान्वयनको मागमा सर्वोच्च अदालतमा मुद्दा दर्ता

२०५६ भदौ २९ – सर्वोच्चबाट कार्यान्वयनका लागि आदेश

२०५८ – आदेश कार्यान्वयन नभएपछि अवहेलनामा सर्वोच्चमा मुद्दा दर्ता

२०६५ पुस १७ – सर्वोच्चबाट फेरि कार्यान्वयनमा आदेश

२०७७ – संसद्बाटै अध्ययन गरी विधायिकी परीक्षण अध्ययन प्रतिवेदन

अध्ययन प्रतिवेदनको सुझाव : खारेज हुनुपर्छ

]]>
भाषा शर्मा Fri, 13 Dec 2024 18:09:51 +0545
<![CDATA[राज्य खोज्दै मुसहर समुदाय : न गाँसको टुंगो न बासको ठेगान]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1457575-1733920536.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1457575-1733920536.html

हरियो टिसर्ट, काँधमा तौलिया र फूलबुट्टे हाफ पाइन्ट लगाएका प्रकाश सदा हामी टिलहीको मुसहरी टोल पुग्दा आँगनमा साथीसँग गफ गरेर बसिरहेका थिए । तिहार सकेर छठको तयारीका विषयमा उनी आफन्तसँग सल्लाह गर्दै थिए । यसपटकको छठको खर्च र अन्य आवश्यक तयारीका विषयमा केन्द्रित थियो उनको कुराकानी ।

पुर्ख्यौली पेसा माटोको काम गर्ने भएका उनी हिजोआज अर्काको खेतबारीमा काम गरेर गुजारा चलाइरहेका छन् । खास मौसममा काम हुँदा कमाइ हुन्छ, काम नहुँदा उनको दिन यत्तिकै बित्ने गरेको छ । हामीसँगको कुराकानीमा उनले २०६३/६४ मा गाउँमा टोली आउँदा नागरिकता बनाएको बताए तर आफू उमेरले कति पुगेँ भन्ने उनलाई भने थाहा छैन रे ।

उनको ६ जनाको परिवार छ । श्रीमती, आफू र ४ जना छोराछोरी । बाँस र खरको छानोले बनेको घरमा बस्दै आएका प्रकाशका बा, बाजेसँग पनि आफ्नै घर-जग्गा थिएन । आफ्ना पूर्वजसमेत सुकुमबासी रहेको प्रसंग उद्धृत गर्दै उनी अबको पुस्ताको पनि हालत यस्तै हुने बताउँछन् ।

मुसहरहरू पनि सरकारबाट आफ्नो वृत्ति विकासका लागि रोजगारी, शिक्षा, आर्थिक, राजनीतिकलगायत हरेक पक्षमा अधिकार सुनिश्चित गर्न र सम्मानपूर्वक समाजमा बाँच्न पाउने वातावरण निर्माण भइदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् ।

हँसिला प्रकाश दैनिक गुजाराका लागि खास मौसम अर्थात् जेठ महिनाताका भारत जान्छन् । त्यहाँको पञ्जाब÷गुजरात क्षेत्रतिर जेठ महिनामै रोपाइँ हुने भएकाले उनी प्रत्येक वर्ष त्यतै पुग्छन् । भारतमा गरेको कमाइले घर चलाउन सहयोग पुग्छ । असार सुरुसँगै उनी घर फर्कन्छन् । त्यतिबेला मधेसमा धान रोपाइँको मौसम सुरु भैसकेको हुन्छ । रोपाइँको काम सकेपछि उनीसँग खासै काम हुँदैन । कहिलेकाहीँ दैनिक ज्यालादारीमा काम गर्छन् र काम नपाएको अवस्थामा ऋण गरेर भए पनि घर खर्च धान्छन् । कामको मौसम नहुँदा बिहान-बेलुकाको छाक टार्नै उनलाई धौ धौ हुन्छ ।

कामको खोजीमा भारत जान थालेको यकिन मिति उनलाई सम्झना छैन । तर उनी भन्छन्– होस सम्हालेदेखि नै होला, म बुबासँगै भारत जान थालेको । अहिले बुबा बितिसक्नुभयो तर भारत जाने क्रम जारी छ । कहिलेसम्म जारी रहन्छ थाहा छैन ?

टिलहीको मुसहरी टोलका प्रकाश सदा । तस्बिर : सुरेन्द्र यादव/ नागरिक

श्री तपसी बाबा उच्च माध्यमिक विद्यालयको जग्गामा रहेको मुहसरी टोलमा उनको आफ्नै घर भने छैन । सरकारले स्थायी बसोबासका लागि घर नबाइदिएको गुनासो मात्र छ । उनी भन्छन्– 'वर्षौँदेखि बस्दै आएको यो जग्गामा सरकारले घर बनाइदिँदैन । आफूसँग जग्गा छैन । ठूलाबडा भनाउँदाले घर बनाए ठीक नहुने भन्दै धम्की दिन्छन् । के गर्ने, कहाँ जाने भन्ने ठेगान छैन ।'

यो कथा प्रकाशको मात्रै होइन । टिलहीको मुसहरी टोलमा बसोबास गर्ने सबैको अवस्था उस्तै छ । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पूर्वतिर २० किलोमिटरको दूरीको हंसपुर नगरपालिकामा छ टिलही गाउँ जहाँ मुसहरी टोल पनि छ । यो टोलमा करिब ४५ घरधुरी छन् । यहाँको जनसंख्या ३ सयको हाराहारीमा छ ।

नगरपालिकाको वडा नम्बर ६ मा पर्ने यस मुसहरी टोलको कथा र व्यथा भने आफ्नै छ । गाउँमा बसोबास गर्ने ३ सय जनामध्ये ७० जना मतदाता छन् । हरेक चुनावमा मताधिकारको प्रयोग गर्दै आए पनि उनीहरू कसैको पनि आफ्नो घर र जग्गा छैन । सामुदायिक विद्यालयको सम्पत्तिका रूपमा रहेको जग्गामा यो टोल अवस्थित छ ।

यही टोलमा ४८ वर्षीय रामसोगारथ सदा पनि वर्षौँदेखि बस्दै आएका छन् । परिवारमा ९ जना रहेका उनी पनि हरेक वर्ष एक महिनाका लागि भारत जान्छन् । भारतमा छिटै रोपाइँ हुने र तराईमा असार–साउनमा हुने भएकाले उनी पनि टोलका अन्य व्यक्तिझैँ जेठमै भारत गएर असारमा फर्कन्छन् । त्यसपछिको समयमा दैनिक ज्यालादारीअनुसार काम भए गर्ने नभए यत्तिकै दिन बिताउँछन् ।

यो पनि पढ्नुहोस्

नेपालमा बढ्दै वृद्धवृद्धाको संख्याः सक्रिय रहनु दीर्घ जीवनको रहस्य

चार कक्षासम्म पढेको बताउने रामसोगारथको पुर्ख्यौली बास यही मुसहरी टोल हो । उनका बाजे/बा पनि यही टोलमा थिए । तर परिवारका कसैको पनि आफ्नो नाममा जमिन छैन । अर्काको खेतमा काम गर्ने वा आफूले जानेका कुनै काम भएमा त्यो गर्ने अनि जीविकोपार्जन गर्ने परिपाटी रामसोगारथको पनि छ । ‘सिजन नभएको बेला काम पनि हुँदैन र कमाइ पनि हुँदैन । घर परिवार चलाउन मुस्किल हुन्छ । तर के गर्ने जीवन बाँच्नै पर्ने बाध्यता हाम्रो छ’– उनले सुनाए ।

उनले भने– न बाजे/बाको नाममा जमिन थियो न हाम्रो नाममै । आफ्नो घर पनि छैन । भएको झुप्रो पनि भत्काइदिन्छु र यहाँबाट भगाइदिन्छु भनेर बेलाबेला ठूलाबडाले धम्की दिन्छन् । अनि यो सबै तनावले के गर्ने के नगर्ने हुन्छ ।

स्थानीय बूढापाकाका अनुसार करिब सय वर्षअघि टिलहीमा मुसहरी टोल बनाइएको हो । यही टोलमा मूलतः माटो खन्ने र मुसा मारेर दैनिकी चलाउने सदा समुदायको बसोबास छ । पोखरीको डिलमा अवस्थित यस मुसहरी टोलका स्थानीयलाई दैनिक ज्यालादारीमा काम गर्ने वा काम नभएको बेला छाक टार्न पनि समस्या हुने गरेको छ ।

गाउँका अधिकांश अभिभावकले छोराछोरीको १३ देखि १६ वर्ष उमेर पुग्दा/नपुग्दै विवाह गरिदिन्छन् । स्थायीरूपले रोजगारी पाउन नसकेका टिलहीको मुसहरी टोलका नागरिकको पुर्ख्यौली पेसा पनि लोप भइसकेको छ । सिजनमा काम गरे पनि अरू बेला काम नै नहुँदा यहाँका बासिन्दाको दिनचर्या गफिँदै बित्ने गरेको छ । हुन त यस मुसहरी टोलमा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न गैरसरकारी संस्थाले काम नगरेका होइनन् तर यहाँ बसोबास गर्ने प्रायः सबैमा चेतनाको स्तर वृद्धि ठूलो चुनौती बनेको छ ।

सिङ्गो वडामा एक मात्रै मुसहरी टोलमा किन बालबालिका शिक्षाबाट वञ्चित छन् ?, किन ती नागरिकमा चेतनाको अभाव छ ?, किन उनीहरूको वृद्धि विकासका लागि पहल गरिएन ? प्रश्न धेरै छन् । वडा नम्बर ६ का वडाध्यक्ष सुरेन्द्रकुमार मण्डल भन्छन्– 'जति सम्झाउँदा पनि, जति सचेतनामूलक कार्यक्रम गर्दा पनि उनीहरूमा कुनै फरक परेको छैन । हामीले बालबालिकालाई विद्यालय पठाउन बारम्बार आग्रह गर्दा पनि अभिभावकले बुझ्न सकेका छैनन् ।' उनीहरू बसोबास गर्दै आएको स्थानमा घर निर्माणका लागि आफूले संघीय सरकार र प्रदेश सरकारसँग छलफल गरेको तर बजेट अभावका कारण आवास निर्माण गर्न समस्या रहेको उनको भनाइ छ ।

महोत्तरी बलवाकी रामकुमारी देवी । तस्बिर : सुरेन्द्र यादव/नागरिक

मधेसभरका मुसहरको साझा समस्या

धनुषा मात्रै होइन, मधेस प्रदेशका आठवटै जिल्लामा बसोबास गर्ने मुसहरको अवस्था उस्तै छ । हरियोमा रातो बुट्टाले भरिएको सारी पहिरिएकी रामकुमारी देवी, महोत्तरी बलवामा बस्दै आएकी छिन् । उनको घर पनि खर र बाँसले बनेको छ । जम्मा ९ जनाको परिवार रहेको रामकुमारीका श्रीमान् प्रायः कामका लागि भारत गइरहन्छन् तर आम्दानी भने खासै हुँदैन ।

माटोबारे राम्रो ज्ञान भएका मुसहरहरूमा सबै जमिन हामीले बनाएको र सबै जग्गा हाम्रो हो भन्ने बुझाइ रहेकाले उनीहरूले सरकारले व्यक्तिगत सम्पत्तिको अवधारणा ल्याएर हामीसँग भएका सबै खोस्न लागेको र हेपेको भन्ने गलत बुझाइका कारण पनि मुसहर समुदायको उत्थान हुन नसकेको डा. गिरीको भनाइ छ ।

उनी भन्छिन्– 'न आफ्नो घर छ न त शौचालय नै । परिवार चलाउन कत्तिको मुस्किल छ भन्ने कुरा हामीलाई मात्रै थाहा छ । कसले कतिखेर हामीलाई यहाँबाट लखेट्छ भन्ने पनि थाहा छैन । न सरकारले हाम्रा लागि स्थायी बसोबासको व्यवस्था गर्न सकेको छ न त हामी कमाउन सक्ने र आफैंले घर बनाउन सक्ने अवस्थामै हामी छौँ ।' ‘स्थानीय सरकार भनेर चुनावको बेला खुबै हल्ला हुन्छ । तपाईँहरूलाई स्थायी बसोबासको व्यवस्था गरिदिन्छौँ, लालपुर्जा दिलाइदिन्छौँ भन्छन् तर चुनाव भइसकेपछि एकपटक पनि फर्केर कोही आउँदैन’– रामकुमारीको गुनासो छ ।

यसैगरी, बाराको कलैयाकी ललिता.देवी ३ पुस्तादेखि जुन जमिनमा बस्दै आएकी छिन् त्यो जमिन उनको होइन । उनको तीन पुस्ताको बास टहरामै छ । ललिता भन्छिन्– ‘ऐलानी जग्गामा २ वटा कोठा बनाएर बसेका थियौँ, त्यहाँबाट पनि गाउँका मान्छेले प्रहरीलाई भनेर उठाइदिए । परिवारसहित बास बस्ने थलो खोज्दै हिँड्दा बिजोग हुने गरेको छ ।’ बास मात्रै होइन, हरेक क्षेत्रमा विभेदसमेत हुने गरेको उनी बताउँछिन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सन्तोष सदाको ६/७ पुस्तादेखि बासको टुङ्गो छैन । बिरालोले बच्चा सारे जसरी उनको परिवार सडक किनारामा बसाइँ सरिरहन्छ । उनी भन्छन्– ‘सरकारले ऐलानी जग्गामा बास बसाउने काम गर्छ तर हामीलाई सरकारले नै उठिबास गराउँदा उल्टै बिचल्लीमा पर्ने गर्छौँ ।’ स्थानीय सरकारले हाम्रा समस्या समाधान गरिदेला भन्ने आशा थियो तर भोटको बेला मात्रै उनीहरू देखा पर्ने गरेकाले आशा आशामै सीमित छ भन्छन् सन्तोष ।

उनी भन्छन्– 'न बस्ने ठेगान छ न त सरकारले रोजगारी नै दिन सकेको छ । कहिलेसम्म भौतारिँदै बस्ने हो थाहा छैन । हामीले नै बनाएको जग्गामा हाम्रो अधिकार छैन । अहिले ठूला भनाउँदाले हामीले बनाएको जग्गामा राज गर्छन् अनि हामीलाई उल्टै हेला गर्छन् ।'

यो पनि पढ्नुहोस्

दुई वर्षपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : स्थानीयमा छैन उत्साह

२०७४ को स्थानीय तहको निर्वाचनमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ की वडा सदस्यमा निर्वाचित मानती सदा पनि ऐलानी जग्गामै छिन् । उनी भन्छिन्– 'मैले आफ्नै लागि त केही गर्न सकिन्, आफ्नो समुदायका लागि के गर्न सक्छु ? मेरो पहुँच ठूलाबडा नेतासम्म छैन । नेता भेट्नैलाई कति कुर्ने, कति ऋण बोकेर टिकट काट्ने ? वडा सदस्य भएपछि केही गरौँला भन्ने थियो तर मैले मेरो कार्यकालमा केही गर्न सकिन किनकि वडामा बजेट नै हुँदैन । म आफैँ पनि अहिले ऐलानी जग्गामै छु । कतिखेर उठिबास लाग्छ भन्न सकिँदैन ।'

बर्सेनि करोडौँ बजेट विनियोजन तर उपलब्धि न्यून

मुसहर जस्तै भूमिहीनलाई लक्षित गरेर आर्थिक वर्ष २०७५/७६ बाट प्रदेश सरकारको मातहतमा आएको जनता आवास कार्यक्रम अहिले ८ वटै जिल्लामा लागू छ । जसका लागि सरकारले बर्सेनि करोडौँ बजेट विनियोजन गर्दै आएको छ । पछिल्लो ३ आर्थिक वर्षमा प्रदेश सरकारले जनता आवास कार्यक्रमका लागि करोडौँ रकम विनियोजन गरेको तथ्याङ्कले देखाएको छ । आव २०७८/७९ का लागि ८ जिल्लामा ६ अर्ब ७६ करोड ५० लाख रुपैयाँ विनियोजन गरियो जसमध्ये ५ जिल्लामा गरी २१ करोड ३९ लाख ४९ हजार ४१२ मात्रै खर्च भयो भने ३ जिल्लाको खर्च विवरण नै मन्त्रालयमा प्राप्त नभएको मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी उदितकुमार ठाकुरले बताए ।

त्यस्तै आव २०७९/८० मा ६ जिल्लाका लागि ५६ करोड ९४ लाख ४२ हजार रुपैयाँ विनियोजन गरिएकामा ४६ करोड ९८ लाख ३१ हजार ८५७ मात्रै खर्च भयो भने आव २०८०/८१ मा ८ जिल्लाका लागि ३ करोड ५४ लाख विनियोजन गरिएकामा ५ करोड ५४ लाख ६१ हजार ६८९ मात्रै खर्च भयो । सूचना अधिकारी ठाकुरका अनुसार जिल्लास्थित सहरी विकास कार्यालय खारेज भएपछिको तथ्याङ्क सङ्कलनमा समस्या भएकाले सबै जिल्लाको बजेट र खर्च छुट्याउन समस्या भइरहेको छ । त्यसबाहेक जिम्मेवारी पाएका हालका कार्यालयले विवरण नपठाउँदा पनि एकिन तथ्याङ्क संकलनमा समस्या भइरहेको उनले बताए ।

मधेस प्रदेशमा रहेको मुसहर समुदाय । तस्बिर : सुरेन्द्र यादव/नागरिक

सरकारले दलित वर्गको आवास निर्माणका लागि ल्याएको यो कार्यक्रमअन्तर्गत छनोट भएका सेवाग्राहीले तीन किस्तामा रकम पाउँछन् । कुल ३ लाख ५० हजार रुपैयाँमध्ये ४ प्रतिशत कर काटेर ३ लाख ३६ हजार रुपैयाँ उनीहरूले घर बनाउन पाउँछन् । पहिलो किस्तामा घरको जग बनाएपछि ३५ प्रतिशत, दोस्रो किस्तामा झ्यालसम्म हालेपछि ५० प्रतिशत र तेस्रो किस्तामा पूरै घर बनाएपछि बाँकी १५ प्रतिशत रकम पाउँछन् तर सरकारको यस्ता कार्यक्रममा भने मुसहरको पहुँच पुग्दैन । कारण, उनले नेतालाई भेट्नै पाउँदैनन् र नेताले उनलाई भोट दिने बेलाबाहेक मान्छे गन्दैनन् ।

किन मुसहरको पहुँचमा छैन कार्यक्रम ?

घुमन्ते जीवनशैली रहेका मुसहरका लागि बनाइएका पक्की घरमा उनीहरू सुरक्षित छैनन् भन्ने धारणा अझैँ रहेकाले समस्या कायमै रहेको मुसहर समुदायमाथि विद्यावारिधि गरेका डा.मधु गिरीको भनाइ छ । अर्थात् सुरुदेखि नै मुसहर आफ्नो समुदायसँग मात्रै बस्ने र अहिले पनि उनीहरू झुण्डमा छुट्टै बस्ती बनाएर बस्ने र कसैले भगाएमा उनीहरू बस्ती नै छाडेर जाने परिपाटी अझैँ कायमै रहेकाले सरकारको उक्त कार्यक्रमप्रति मुसहर आकर्षित हुन नसकेको डा. गिरीको भनाइ छ ।

त्यस्तै दलितमा पनि अति विपन्न मुसहर भन्दा पहुँचवाला र आसेपासेले बढी लाभ पाउने भएकाले सरकारको उक्त कार्यक्रमको पहुँचमा मुसहर समुदाय खासै आकर्षित नहुने देखिएको डा. गिरीले बताए । त्यसबाहेक जनचेतनाको कमी पनि यसको प्रमुख कारण हो भने मुसहरमाथिको विभेद पनि यसका लागि जिम्मेवार रहेको उनको बुझाइ छ ।

वर्गीय र जातिगत भिन्नता परिवर्तनमा बाधक

‘एकातिर उनीहरूसँग भूमि छैन अर्कातर्फ उनीहरू अहिले बसिरहेको जग्गाबाट समेत बेलाबेला उठिबास लगाउन खोजिन्छ भन्छन्’– मुसहर समुदायमा वर्षाैँदेखि काम गर्दै आएका जयप्रकाश अधिकारीको भनाइ छ । मुसहर समुदायमा परिवर्तन आउन नसक्नुको प्रमुख चुनौतीमध्येको एउटा अन्य समुदायसँग घुलमिल हुन नसक्नु रहेको उनको बुझाइ छ ।

स्थायीरूपले रोजगारी पाउन नसकेका टिलहीको मुसहरी टोलका नागरिकको पुर्ख्यौली पेसा पनि लोप भइसकेको छ । सिजनमा काम गरे पनि अरू बेला काम नै नहुँदा यहाँका बासिन्दाको दिनचर्या गफिँदै बित्ने गरेको छ ।

नवज्योति युवा क्लबका अध्यक्ष समेत रहेका उनी मधेस प्रदेशको धनुषा र महोत्तरीका मुसहर समुदायका लागि विगत ८ वर्षदेखि काम गर्दै आएका छन् तर यो अवधिमा सोचेअनुसारको परिवर्तन मुसहरमा आउन नसकेको उनको अनुभव छ । अधिकारीका अनुसार कथित माथिल्लो र तल्लो जातबीचको भिन्नता मुसहर समुदायमा परिवर्तन ल्याउन चुनौती बनेको छ ।

मुसहर समुदायसँग गफगाफ गर्दं नागरिककर्मी । तस्बिर : सुरेन्द्र यादव/नागरिक

सदियौँदेखि शिक्षा, सामाजिक गतिविधि, राजनीतिक, आर्थिक गतिविधिबाट पछाडि पारिएका मुसहर समुदायलाई अहिले पनि कथित माथिल्लो जातले स्वीकार्न नसकेको अधिकारीको अनुभव छ । उनी भन्छन्– २१औँ शताब्दीमा पनि मुसहर समुदायका नागरिकलाई कथित माथिल्लो जातले समान दर्जा दिन सकेका छैनन् । उनीहरू पनि यसै समाजका नागरिक हुन्, उनीहरूलाई पनि हरेक क्षेत्रमा समान दर्जाको आवश्यकता छ भन्ने कुरा कथित माथिल्लो जातले स्वीकार नगर्दा मुसहर समुदायका नागरिक पिछडिएका छन् ।

अर्को कुरा भने मुसहरहरू बसोबास गर्ने जुनसुकै टोलमा अन्य जातको बसोबास छैन । जसका कारण छोराछोरीलाई विद्यालय पठाउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने जस्ता कुरामा पनि खासै परिवर्तन आउन नसकेको अधिकारीको दाबी छ । उनले थपे– रोजगारीको राम्रो व्यवस्था र अवसर नहुँदा प्रायः मुसहर समुदायका व्यक्ति भारत जान्छन् । सरकारले पनि उनीहरूका लागि रोजगारीको राम्रो व्यवस्था गर्न सकेको छैन । शिक्षाको व्यवस्था पनि राम्रो हुन सकेको छैन । अन्य क्षेत्रमा पनि पहुँच नहुँदा उनीहरूको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन ।

यो पनि पढ्नुहोस्

विश्वास, अविश्वास र परम्पराको कथा : आधुनिक काठमाडौं झारफुके र माताको शरणमा

गिरीको अनुभव पनि उस्तै छ– ‘राज्य र मुसहरबीचको दूरीका कारण उनीहरूको विकास हुन सकेको छैन । फरक पहिचान बोकेका मुसहर सरकारले विभेदजन्य नीति र व्यवस्था ल्याएर आफूहरूलाई कमजोर बनाएको ठान्छन् ।’ डा. गिरीका अनुसार व्यक्तिगत सम्पत्तिबारे सरकारले ल्याएको अवधारणाप्रति मुसहर समुदाय कहिल्यै सन्तुष्ट भएनन् । कारण, वन फँडानी गरेर खेतीयोग्य जमिन बनाउने मुसहरहरूलाई सरकारले जग्गाबिहीन बनाएको उनीहरूको बुझाइ छ ।

डा. गिरीले सुनाए– ‘मुसहरहरूमा कहिल्यै पनि सम्पत्तिमाथिको मोह भएन । अर्को भनेको मुसहर कहिल्यै पनि एक स्थानमा स्थायीरूपले बसोबास गर्नु भन्दा पनि घुमन्ते परिपाटीका कारण पनि उनीहरू जमिनबिहीन भएका हुन् ।’ हरुवा÷चरुवा प्रथा हुँदा मालिक भनाउँदाले नै उनीहरूको खाने/बस्ने जिम्मा लिइदिने गरेकाले पनि मुसहर समुदायले सरकारमाथि कहिल्यै विश्वास नै नगरेको डा. गिरीको भनाइ छ ।

मुसहर समुदायको भान्सा । तस्बिर : सुरेन्द्र यादव/नागरिक

माटोबारे राम्रो ज्ञान भएका मुसहरहरूमा सबै जमिन हामीले बनाएको र सबै जग्गा हाम्रो हो भन्ने बुझाइ रहेकाले उनीहरूले सरकारले व्यक्तिगत सम्पत्तिको अवधारणा ल्याएर हामीसँग भएका सबै खोस्न लागेको र हेपेको भन्ने गलत बुझाइका कारण पनि मुसहर समुदायको उत्थान हुन नसकेको डा. गिरीको भनाइ छ । डा. गिरी थप्छन्– सरकार भनेको मुसहरका लागि कहिल्यै पनि राम्रो गर्ने होइन भन्ने धारणा अझै उनीहरूमा कायमै छ । सरकार भनेको हामीलाई दुःख दिनका लागि हो, सरकारले हामीलाई कहिल्यै राम्रो गर्दैन भन्ने सोच र जनचेतना अभावका कारण पनि समस्या जस्ताको तस्तै छ ।

‘रह्यो शिक्षाको कुरा, शिक्षित भएर के हुन्छ भन्नेबारे मुसहर समुदायका बालबालिका र अन्यले कहिल्यै गम्भीरताका साथ नलिँदा र सरकारको कमजोरीका कारण उनीहरूको साक्षरतामा कुनै सुधार हुन सकेन’, डा. गिरी भन्छन्– संघीयताले उनीहरूको अवस्था फेरिएला वा फेरियो कि भन्ने कतिपयको प्रश्न र बुझाइ होला तर त्यसमा पनि कुनै सुधार हुन सकेको छैन ।

विभिन्न दलले मुसहर समुदायलाई आफ्नो भोट बैँकका रूपमा मात्रै प्रयोग गरिरहेको भन्दै डा. गिरीले सैद्धान्तिक कुरासँग व्यावहारिक कुरा मिलिरहेको अवस्था नरहेकाले समस्या कायमै रहेको बताए । ‘विद्यालयमा जाँदा शिक्षकहरूले पनि तँ पढेर के गर्छस् भनेर निरुत्साहित गर्ने, समाजमा पनि कथित माथिल्लो जातले उनीहरूको अस्तित्व स्वीकार नगर्ने र सरकारले पनि उनीहरूका कुरा नसुनिदिने परिपाटी कायमै छ’, डा. गिरीले भने– मुसहर न शक्तिमा छ न त राजीतिमा । न आर्थिक र न सामाजिक अवस्थामा उनीहरू बलियो छन् । जसका कारण अहिले पनि मुसहर समुदायबाट अध्ययन गरेका व्यक्तिहरूले राम्रो रोजगारी पाउन सकेका छैनन् भने स्नातक र स्नातकोत्तर गरेर पनि घाँस/दाउरा र मजदूरी गर्न बाध्य छन् ।

‘सरकारले न मुसहरका लागि रोजगारीको व्यवस्था गर्न सकेको छ न उनीहरूमा चेतना विकास गर्नका लागि ठोस कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन नै गर्न सकेको छ । जसका कारण उनीहरू शक्तिको पहुँचबाट निकै टाँढा छन्’, डा. गिरी थप्छन्– यी सबको मुख्य कारण भनेको असुरक्षा हो । सरकारले मुसहरलाई विश्वासमा लिन नसकेका कारण दुवै पक्षबीचको खाडल पुरिनुको सट्टा जस्ताको तस्तै छ ।

यो पनि पढ्नुहोस्

महिला खेलाडीले सम्हालेको अन्तर्राष्ट्रिय प्रतियोगिता !

मुसहर समुदायका अगुवा एवं श्री ज्योति आधारभूत विद्यालय देवनगर नवराजपुरका प्रधानाध्यापक रामसफल सदायका अनुसार १५ वर्षअघिको तुलनामा मुसहर जातिमा केही प्रगति र सुृधार भएको छ । पछिल्लो समय बेलाबेला विभिन्न संघ÷संस्थाबाट हुने जनचेतनामूलक कार्यक्रमले उनीहरूमा पनि परिर्वतन आएको भन्दै उनले सोचेअनुसारको परिवर्तन ल्याउन अझैँ सदियौँ लाग्ने बताए ।

‘जनताका लागि भनेका स्थानीय सरकार अझै पनि मुसहरसमक्ष पुग्न सकेको छैन । जसले जमिन बनायो उसैलाई जमिनबिहीन बनाएको समस्याप्रति कसैको ध्यान नै पुग्न सकेको छैन । अनि कसरी मुसहरको उत्थान हुन्छ ?’, रामसफलको दोस्रो प्रश्न छ– सरकारले न स्थायी बसोबासको व्यवस्था गर्न सकेको छ न त रोजगारी सुनिश्चित गर्नै सकेको छ, न अरू समुदायबाट हुने विभेद र उठिबास लगाउने कुरामा कसैको ध्यान पुगेको छ । यो अवस्थामा मुसहर पछि पारिने क्रम कसरी रोकिन्छ ?

को हुन् मुसहर ?

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १४२ जातजाति छन् । जसमध्ये मुसहर एक हो । यो समुदाय प्रायः हरुवा÷चरुवाका रूपमा अर्धदास जीवन बिताइरहेका छन् । धेरैजसोको एक धुर वा त्यो भन्दा कम जमिनमा सानो झुपडी हुन्छ । त्यसैमा संयुक्त परिवार बस्छन् ।

मुसहर बस्ती । तस्बिर : सुरेन्द्र यादव/नागरिक

जमिन खनजोत गरेर अरूलाई अन्न उब्जाइदिने मुसहर आफैँचाहिँ पेट भर्नैका लागि हरदिन सङ्घर्ष गरिरहेका छन् । हावा, पानी, घाम र भूमि जस्ता चारवटा प्राकृतिक स्रोतमाथि भोगचलन गर्नेको मात्र अधिकार हुन्छ । त्यसैले भूमिमा जोत्ने मुसहरको हक हुनुपर्ने वर्षौँदेखिको आवाज कतैबाट सुनुवाइ भइरहेको छैन ।

उनले भने– न बाजे/बाको नाममा जमिन थियो न हाम्रो नाममै । आफ्नो घर पनि छैन । भएको झुप्रो पनि भत्काइदिन्छु र यहाँबाट भगाइदिन्छु भनेर बेलाबेला ठूलाबडाले धम्की दिन्छन् । अनि यो सबै तनावले के गर्ने के नगर्ने हुन्छ ।

मुसहरको जीवन माटोमा आश्रित हुन्छ । सामन्ती सोच र व्यवहारको वर्चस्व रहेको मधेसी समाजमा मुसहर सबैभन्दा पिँधमा परेको अति विपन्न समुदाय हो । मुसहरलगायत मधेसका दलित समुदाय समाज र राज्य दुवैबाट प्रताडित छन् । मुसहर जातिको एकिन उत्पत्ति स्थल हालसम्म जानकारीमा आउन सकेको छैन तर नेपालमा यस जातिको इतिहास भने नयाँ नभएको विभिन्न ऐतिहासिक दस्ताबेजबाट पुष्टि हुन्छ ।

मुसहर जातिमा सदा, मुसहर, सदाय, रिषी, ऋषिकूल, माझी, रिषिदेव, रिषियासन थर प्रायशः लेख्ने गरिन्छ । मुसहर जातिका पुराना कुनै लिखित इतिहास, वंशावली वा प्रामाणिक कागजात भेटिएका छैनन् । अति सीमान्त समुदायका रूपमा रहेका मुसहरहरू नेपालमा मधेस प्रदेशका ८ वटै जिल्ला तथा कोसी प्रदेशको मोरङ र सुनसरी अनि भारतको बिहार र उत्तर प्रदेश राज्यमा बसोबास गर्दै आएका छन् । मुसहरमाथि जारी आर्थिक, सामाजिक र राजनीतिक तीनै प्रकारका विभेदको कारक स्थानीय समाज हो भने राजनीतिक अधिकार, भूमिहीनता र नागरिकतालगायतका समस्याको कारक राज्यका नीति/नियम र नियत हुन् ।

राष्ट्यि जनगणना २०७८ अनुसार नेपालका ३२ जिल्लामा गरी मुसहरहरूको सङ्ख्या २ लाख ६४ हजार ९७४ रहेकामा मधेसमा मात्रै १ लाख ७९ हजार १५३ जना छन् । यसैगरी नेपाल राष्ट्रिय मुसहर संघका अनुसार २०८० मा गरिएको सर्वेक्षणमा ९९ प्रतिशत मुसहर सुकुमबासी छन् भने ६० प्रतिशत मुसहर नागरिकताबिहीन छन् । १ प्रतिशत मुसहर मात्रै साक्षर छन् जबकि ९५ प्रतिशत स्वास्थ्यको पहुँचमा छैनन् ।

यो पनि पढ्नुहोस्

लिलाममा सद्‍भावना !

अर्को ठूलो समस्या, उनीहरू यहाँका मूलवासी भूमिपुत्र हुन् । उनीहरूले नै जंगल फाँडेर यहाँ बस्ती बसाए तर अहिले उनीहरूसँग नै जमिन छैन । सामूहिक बस्तीमा घर छैन । यही कारण पुस्तौँदेखि उनीहरूको परिवार अनागरिक भएर कष्टप्रद् जीवन बाँचिरहेका छन् ।

पौडी खेल्दै मुसहर समुदायका बालबालिका । तस्बिर : सुरेन्द्र यादव/नागरिक

आनीबानीका हिसाबले मुसहर अरू समुदायसँग मिलेर बस्न नरुचाउने देखिन्छ । साथै उनीहरू सधैँ सरकार र अन्य सामाजिक तथा राजनीतिक मुलप्रवाहीकरणबाट टाढा रहने समुदायमा पनि गनिन्छ । यसमा जोडिएको अर्को पक्ष भनेको कथित माथिल्लो जातले पनि उनीहरूलाई माथि उकास्नमा कुनै भूमिका निर्वाह गर्न सकेका छैनन् भने उनीहरूका लागि काम गर्दै आएका विभिन्न गैरसरकारी संस्थाहरूले पनि सचेतना जगाउनमा खेल्नुपर्ने प्रभावकारी भूमिका खेल्न सकिरहेका छैनन् ।

अब के त ?

मुसहरकै लागि छुट्टै कार्यक्रम ल्याउन आवश्यक रहेको मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह खत्रीको भनाइ छ । उनले हाल प्रदेश सरकारले हरुवा/चरुवा कार्यक्रमअन्तर्गत मुसहरहरूको उत्थानका लागि बजेट विनियोजन गरिएको भन्दै कार्यक्रमले मात्रै मुसहरको विकास र समृद्धि हुन नसक्ने औल्याए ।

यता, भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले मुसहरकै लागि भनेर सरकारले कुनै कार्यक्रम नल्याएपछि अति विपन्न वर्गको सूचीमा रहेकाहरूलाई लक्षित गर्दै आवास योजना कार्यक्रम ल्याएको जानकारी दिए । उनले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मधेस प्रदेशका ८ वटै जिल्लाका लागि प्रतिजिल्ला १ करोडका दरले मदन भण्डारी आवास योजना ल्याएको बताए । साथै बजेट अभाव भएमा थप गरेर भए पनि कार्यक्रम पूरा गर्ने उनको भनाइ छ ।

चालु आर्थिक वर्षभित्र ८ जिल्लामा गरी मदन भण्डारी आवास योजनाअन्तर्गत एक सय वटा घर निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको रहेको उनको दाबी छ । मन्त्री यादवले भने– ‘प्रदेश सरकारले ल्याएको मदन भण्डारी आवास योजनामा मुसहर समुदायका नागरिक पनि समेटिने छन् । उनीहरूकै लागि भनेर छुट्टै कार्यक्रम नभए पनि आगामी दिनमा उनीहरूको उत्थानका लागि प्रदेश सरकार लागिपरेको छ ।’ उनी मधेसका मुुसहरको हरेक पक्षमा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा अब नयाँ तरिकाले अगाडि बढ्नुपर्ने ठान्छन् ।

के चाहन्छन् मुसहर ?

मुसहरहरू पनि सरकारबाट आफ्नो वृत्ति विकासका लागि रोजगारी, शिक्षा, आर्थिक, राजनीतिकलगायत हरेक पक्षमा अधिकार सुनिश्चित गर्न र सम्मानपूर्वक समाजमा बाँच्न पाउने वातावरण निर्माण भइदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् । जनताका लागि भनेका स्थानीय सरकारले मुसहरको समस्या समाधानका लागि भनेर छुट्टै र विषेशखालको कार्यक्रम ल्याउनुपर्ने, जसले जमिन बनायो उसैलाई जमिनबिहीन बनाएको समस्याप्रति ध्यान दिएर लालपुर्जासहित स्थायी बसोबासका लागि सम्बन्धित निकायले काम गनुपर्ने र मुसहरको उत्थानका लागि को कससँग समन्वय गर्ने र कस्ता कार्यक्रम र योजना ल्याउने हो भन्नेमा पनि विशेष ध्यान दिनुपर्ने नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाको भनाइ छ ।

मुसहर समुदायका घर । तस्बिर : सुरेन्द्र यादव/नागरिक

समग्रमा सरकारले मुसहरलाई स्थायीरूपमा व्यवस्थापन गरी आफू र मुसहरबीच रहेको अविश्वासको वातावरण अन्त्य गर्दै उनीहरूको उत्थानका लागि विशेष ध्यान दिनुपर्ने उनले बताए । उनी भन्छन्– मुसहरका लागि मात्रै भनेर प्रदेश र स्थानीय सरकारले विशेष योजना र बजेट विनियोजन गनुपर्छ । आर्थिक, राजनीतिक, शैक्षिक, सामाजिकलगायत हरेक क्षेत्रमा उनीहरूको स्थान सुनिश्चित गरी कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ । सरकारले मुसहरलाई स्थायीरूपमा व्यवस्थापन गरी आफू र मुसहरबीच रहेको अविश्वासको वातावरण अन्त्य गर्दै उनीहरूको उत्थानका लागि विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

‘सरकारले न मुसहरका लागि रोजगारीको व्यवस्था गर्न सकेको छ न उनीहरूमा चेतना विकास गर्नका लागि ठोस कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन नै गर्न सकेको छ । जसका कारण उनीहरू शक्तिको पहुँचबाट निकै टाँढा छन्’,

मुसहर समुदायका प्रत्येक घरमुलीलाई कम्तीमा ५ कठ्ठा जमिन उपलब्ध गराउनुपर्ने, साथै २०७२ को संविधानमा उल्लिखित हक यथाशीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने, दलितको जमिन खरिद बिक्री पालिकाको रोहबरमा हुने व्यवस्था कायम गर्नुपर्ने, राज्यका प्रत्येक निकायमा संविधानतः (आरक्षण व्यवस्थाअनुसार) भर्ना हुने व्यवस्था लागु हुनुपर्ने, जनसंख्याका आधारमा राज्यका सबै निकायमा सहजरूपमा समानुपातिक-समावेशी सिद्धान्तअनुसार सहभागी गराइनुपर्ने जस्ता सुझाव छ सदाको ।

यो पनि पढ्नुहोस्

अख्तियारबाट जोगिन अदालतमा ‘लेनदेन’ मुद्दा

मुसहरहरू भूमिहीनता मात्र नभई अनेकन समस्याले जकडिएका छन् । यस्तो अवस्थामा उनीहरू पिछडिनु कुनै नौलो कुरा होइन । त्यसैले उनीहरू आजसम्म पनि किन यति कमजोर अवस्थामा छन् भन्नेबारे गहन अध्ययन गरी सोही आधारमा नीति निर्माण गर्नु आवश्यक छ । यस्तो नीति कार्यान्वयनले मात्र मुसहरको विपन्नता, गरिबी र विभेद अन्त्य गर्ने सम्भावना रहन्छ । साथै उनीहरूको शिक्षा, स्वास्थ्य र वृत्ति विकासका अन्य अवसरको मार्ग पनि प्रशस्त हुन सक्छ ।

]]>
सुषमा कर्ण (स्नेहा) Wed, 11 Dec 2024 18:20:36 +0545
<![CDATA[नेपालमा बढ्दै वृद्धवृद्धाको संख्याः सक्रिय रहनु दीर्घ जीवनको रहस्य]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1457361-1733731435.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1457361-1733731435.html

केही साताअघि मात्र विश्वका सबैभन्दा वृद्ध पुरूष (११४ वर्ष) को मृत्यु भयो । वेलायती नागरिक जोन अल्फ«ेड टिनिस उडले दीर्घायुका लागि निरन्तर सक्रिय हुनुपर्ने र हिँड्नुपर्ने बताएका थिए । नेपालमा पनि झण्डै सय वर्ष हाराहारीमा पुगेका वृद्धहरूको धारणा उस्तै पाइएको छ ।

उमेरले एक सय वर्ष काटेका प्युठानका चिन्तबहादुर बस्नेत अझै पनि पुस्तक र पत्रपत्रिका पढ्छन् र कलम चलाउँछन् । आफूलाई लागेका विचार लेख्ने गर्छन् । उनको दैनिकी नै पत्रपत्रिका र पुस्तकहरूसँग बित्छ । १९८० सालको असोज ११ गते प्युठानको खैल्लामा जन्मिएका हुन्, चिन्तबहादुर । परिवार सम्पन्न थियो र उनको बाल्यकाल सुखमय बित्यो । दुःख के हो, उनलाई अनुभव नै भएन ।

उनको बाल्यकाल प्युठानमै बित्यो, पाठशाला गए । पढे । पाठशालामा काठको पाटीमा खरीले कोरेर पढ्ने गरेको केसी सम्झन्छन् । बस्नेत भन्छन्– ऊबेला लेख्ने कागज थिएन । काठको पाटी बनाउँथ्यौँ । पार्टीमा लगाउन अंगार पिसेर मोसो बनाउँथ्यौँ । त्यही मोसो पाटीमा लगाउँथ्र्यौं र त्यसमाथि खरीले लेखेर पढ्ने गथ्र्यौं ।

काठको पाटीमा पढ्नुपर्ने त्यो बेलामा पनि पढाइप्रति अगाध उत्साह हुने गरेको उनी सम्झन्छन् । हरेक गाउँमा ठाउँठाउँमा पढाउने गुरु हुन्थे र पढ्न सक्ने र चाहनेहरू तिनै गुरुसँग गएर पढ्थे ।

प्युठानमै उनले ६ वर्षसम्म पाठशाला पढे । पाठशाला पढेपछि उनी लेसी (कानुन) पढ्न थाले । क्षत्रीको छोराले वेद पढ्न नहुने तत्कालीन मान्यताका कारण आफू लेसी पढ्न गएको बस्नेत सुनाउँछन् । उनी भन्छन्– पाठशाला पढेपछि वेद पढ्न म क्षत्रीको छोराले नहुने भएकाले लेसी पढेँ । ऊ बेलामा लेसी पढ्नु भनेको कानुन पढ्नु हुन्थ्यो । हामीलाई जिल्ला अदालतका डिठ्ठाले लेसी पढाउने गर्थे ।

लेसी पढिरहँदा एक दिन राणा बडा हाकिम आएर उनलाई फौजीमा भर्ना हुन भने । त्यो बेलामा राणाले जे भन्यो त्यही गर्नुपर्ने । चिन्तबहादुरलाई फौजीमा जान मन थिएन । राणाको कुरा काट्न पनि सकेनन् । चिन्तबहादुरमा चिन्ता थपियो । अन्ततः उनी तारा दल पल्टनमा भर्ना भए । पल्टन जाँदा बस्नेत १६–१७ वर्षका मात्र थिए । तर विडम्बना, उनको पल्टने जीवन राम्रो भएन । खान राम्रो पाइँदैनथ्यो र पुग्ने गरी पनि पाइन्थेन । त्यही कारण केही समय काम गरेपछि उनले पल्टनबाट राजीनामा दिए ।

उमेरले एक सय वर्ष काटेका प्युठानका चिन्तबहादुर बस्नेत । तस्बिर : सफलता भण्डारी/नागरिक

त्यसपछि ब्रिटिस आर्मीबाट कुरा आयो । उनी भारत गएर ब्रिटिस आर्मीमा भर्ना भए । त्यो बेला उनी २२ वर्ष जतिका थिए । उनले सम्पूर्ण तालिम ब्रिटिस आर्मीमा नै गरे । बर्मा (हाल म्यान्मार) मा ब्रिटिसलाई जापानले हमला गर्दा आफू त्यहाँ रहेको चिन्तबहादुर सम्झन्छन् । ब्रिटिस आर्मीमा रहेका उनी केही वर्षको सेवापछि नेपाल फर्के ।

छुट्टिमा नेपालमा आएपछि उनी झण्डै ३ महिना प्युठान घरमा बसे । आफ्नो हिसाबकिताब लिन पल्टन जाँदा बस्नेतको भेट नेपाली कांग्रेसका नेता महेन्द्रविक्रम शाहसँग भयो । त्यो बेला नेपाली कांग्रेसका सभापति सुवर्णशमशेर राणा थिए भने सचिव उनै शाह थिए । उनीहरुको बिचार र प्रेरणाले उनी नेपाली कांग्रेसमा काम गर्न थाले ।

२०१२ सालमा राजा महेन्द्रले छुट्टै पुलिस फोर्स स्थापना गरे । यथेष्ठ योग्यता भएका हिसाबले बस्नेतले पुलिस फोर्समा डिएसपी भएर काम गरे । त्यो बेला आफूले धेरै काम गरेको उनी बताउँछन् । प्रहरीमा रहँदा प्रशिक्षण केन्द्रहरू बनाउनेदेखि अन्य कैयन् काम आफूले गरेको उनको दाबी छ । २०२७ सालमा भने उनी प्रहरीबाट सेवा निवृत्त भए ।

यो पनि पढ्नुहोस्

दुई वर्षपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : स्थानीयमा छैन उत्साह

चिन्तबहादुर बस्नेत प्रहरीबाट अवकासपछि खाली बसेनन् । त्यसपछि उनलाई तत्कालीन श्री ५ को सरकारले अर्थ मन्त्रालयको सहसचिव बनाइदियो । त्यो बेला उनले पूरै राजस्व सम्हाल्ने काम गरे । राजस्व र त्यो विषयसँग सम्बद्ध मुद्दा मामिलाको सबै काम आफूले गर्ने गरेको बस्नेत बताउँछन् । उनले अर्थ मन्त्रालयमा १० वर्ष काम गरे ।

अर्थ मन्त्रालयमा १० वर्ष काम गरेपछि उनी फेरि राज परिषद्को सदस्य बने । त्यसपछि भने उनी राजनीतिमा आए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केसीले गाउँ पञ्चायतमा तीनपटक चुनाव लडे तर एकपटक पनि जितेनन् ।

बस्नेतको जीवन राज्य, राजनीति, राष्ट्रसेवा वरिपरिमै बितेको छ । उनलाई कहिल्यै खालि बस्न परेन । एकपछि अर्को संस्थामा रहेर होस् वा राजनीतिमा रहेर सधैँ देशकै सेवामा खटिए । उनी आफूलाई सफल व्यक्ति ठान्छन् । भन्छन्– मान्छेले इमानदारी साथ काम गर्नुपर्छ । त्यो गरे सफल भइन्छ । मैले इमानदारीका साथ काम गरेँ । अनि सफल भएँ ।

एक सय वर्ष पार गरेका बस्नेत स्वस्थ छन् । श्रीमतीले २०६४ सालमा छाडेर गएपनि उनले अहिलेसम्म कुनै औषधि सेवन गेका छैनन् । बेलाबेलामा मुटुको चाल भने जाँच गराउने गरेका छन् । बिहान पाँच बजे उठ्छन् । नुवाउँछन् । घर वरिपरि हिँड्छन् । दिनभर घरमा आउने साथीभाइसँग गफिन्छन् । बस्नेत भन्छन्– ‘स्वास्थ्यको ख्याल गर्ने भनेर त्यस्तो छैन । म आफ्नो समयमा बस्छु । दिउँसो सुत्दिन । राति मात्र सुत्छु । बिहान ११ बजे खान्छु । बेलुका ६ बजे खान्छु । दिउँसो चिया खान्छु । त्यत्ति हो ।’ उनको खानपान पनि त्यस्तो विशेष छैन । घरमा पाकेको खान्छन् ।

‘गर्न सक्ने काम अझै पनि गर्छु’

के खानुहुन्छ त, सय वर्षसम्म बाच्नका लागि भनेर सोध्दा चिन्तबहादुर भन्छन्– त्यस्तो यो खाने भन्ने छैन । घरमा जे पाक्छ त्यही खाने हो । म धेरै अल्छी छैन । एक सय वर्ष दुई महिना पुगेँ तर अल्छी मान्दिन । आफूले गर्न सक्ने काम अझै गर्छु ।

आफ्नै तागतले अहिलेसम्म बाँचेको उनलाई लाग्छ । उनी भन्छन्– मेरो तागतले सय वर्ष बाँचे भन्ने लाग्छ । इमानदार छु । मसँग शक्ति छ । त्यसैले बाँचेँ । म कसैसँग डराउँदिन । आजसमम्म एक पैसा र एउटा सागसमेत मागेर खाएको छैन । मेरो आफ्नै तागत र कमाइले खाइरहेको छु ।

बस्नेतलाई अहिले पनि देशको चिन्ता लाग्छ । उमेरले एक सय वर्ष काट्यो तर देशको चिन्ताले उत्तिकै पोल्छ । देश चलाउन सक्ने नेता उनले देखेका छैनन् । नेपाल राम्रो बनोस्, नेपाली राम्रो हुन् भन्ने उनलाई लाग्छ । उनी भन्छन्– मलाई अहिले पनि नेपाल राम्रो होस्, नेपाल बनोस् भन्ने लाग्छ । नेपाली अरूसँग झुक्न नपरोस्, नेपाली नेपाली भएर बस्न पाउन् भन्ने लागेको छ ।

प्युठानका बस्नेतभन्दा मोरङकी नर्बदा अधिकारी ३ वर्षले कान्छी छिन् तर बस्नेत जस्तो सक्रिय दैनिकी उनको छैन । उनी केही गर्न सक्दिनन् । मोरङको पथरी शनिश्चरे नगरपालिका–८ की अधिकारी ९७ वर्षकी भइन् । १९८५ सालमा ताप्लेजुङमा उनको जन्म भएको थियो । बाल्यकाल घाँस, दाउरा र घरकै काममा बिते ।

पढ्नु भएन त ? अधिकारी भन्छिन्– ऊ बेला केको पढ्नु ? स्कुल थिएन । पाठशाला हुन्नथे । भएका पाठशालामा पनि केटाहरू मात्र पढ्न जान्थे । छोरीहरू त पढ्न हुँदैन, घाँस दाउरा गर्ने हो भन्थे ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–८ की ९७ वर्षीया नर्बदा अधिकारी । तस्बिर : सफलता भण्डारी/नागरिक

खोला किनारा र वनपाखामा दाउरा घाँस काट्न जान्थिन् अधिकारी । उनको ९ वर्षको बालखमै विवाह भयो । उनका श्रीमान् पनि ९ वर्षकै थिए । ताप्लेजुङमा जन्मेकी अधिकारी विवाह गरेर पाँचथर पुगिन् । ९ वर्षमा विवाह भए पनि उनी दुलाहाको घर भने १६ वर्षको उमेरमा मात्र गइन् ।

पाँचथर पुगेकी उनको परिवार राम्रै चलेको थियो तर २०२३ सालको पहिरोले जग्गा सबै बगायो । त्यसपछि उनको परिवार भारतको आसाम बसाइँ स¥यो । आसाममा पनि उनको परिवारले खेती किसानी गरेर गुजारा चलाइरहेको थियो । २०३६ सालमा आसाममा नेपालीलाई फर्काउनुपर्छ भनेर आन्दोलन चल्यो । त्यसपछि उनीहरूको परिवार नेपाल फर्कियो । आसामबाट फर्केका उनको परिवार एकवर्ष जति झापा बस्यो । त्यसपछि भने उनीहरू मोरङ सरे ।

अधिकारीलाई अहिले काम गर्न नसक्दा दिक्क लाग्छ । उनलाई पहिला आफूले काम गर्न सक्दाकै दिनहरू राम्रा लाग्छन् । उनी भन्छिन्– दिनहरू त पहिला काम गर्न सक्दाकै राम्रा । दाउरा घाँस गरिन्थ्यो । भात तिउन पकाइन्थ्यो । ढिक्की कुटिन्थ्यो । हातमा बल थियो । अहिले त थला परियो । के राम्रो हुनु ?

अधिकारीलाई अझै जिन्दगी के हो के हो जस्तो लाग्छ । उनी भन्छिन्– जिन्दगी खै के हो के हो ? जिन्दगीभर बनिबुतो त गर्नुप¥यो । अभागीलाई जस्ताको तस्तै । सधैँ बनी गर्नुपर्‍यो ।

अधिकारीको दैनिकी अहिले घरमै बसेर बित्छ । उनी कुनै काम गर्न सक्दिनन् । कान भने राम्रै सुन्छिन् । आँखा राम्रोसँग देख्दिनन् । उनी ७५ वर्षसम्म भने काम गर्दै थिइन् । घरमा खाना पकाउने, घाँस काट्ने काम गर्दै थिइन् तर उनलाई मधुमेह भएपछि भने काम गर्न गाह्रो भयो । त्यसपछि उनले चटक्कै काम गर्न छाडिन् । उनलाई मधुमेह र दम छ । दही र केरासँग अलिकति भात खाने गर्छिन् । बिहान ९ बजे र बेलुका ८ बजेतिर उनको खाना खाने समय हुन्छ । दिउँसो भने चिया खान्छिन् । खाना पचाउन उनलाई गाह्रो हुन्छ ।

अधिकारी अहिले जमाना कसरी परिवर्तन भयो है भन्ने कुरा बेलाबेलामा छोरा उमाकान्तसँग गर्छिन् । आफ्नो समयमा गरेका दुःखका प्रशंग छोराहरूसँग बिसाउँछिन् । छोरा उमाकान्त भन्छन्– आमा अहिले केही गर्न सक्नुहुन्न । दम र सुगरको बिरामी हुनुहुन्छ । हामीसँग कुरा गर्दा आफूले दुःख पाएका विगत दिनहरूको कुरा गर्नुहुन्छ । हाम्रो जमानामा यस्तो थियो, अहिले फेरियो भन्ने कुरा गर्नुहुन्छ । मेलापातका कुरा गर्नुहुन्छ । घाँस दाउराका कुरा गर्नुहुन्छ ।

मोरङकी नर्बदा भन्दा बैतडीकी लक्ष्मीदेवी अझै ३ वर्षले कान्छी छिन् । लक्ष्मीदेवीको पनि अवस्था नर्बदाको जस्तै छ । काम गर्न सक्दिनन् । लक्ष्मीदेवीलाई मन लाग्छ– घुम्न जाउँ तर शारीरिक कारण बाधक बन्छ ।

यो पनि पढ्नुहोस्

विश्वास, अविश्वास र परम्पराको कथा : आधुनिक काठमाडौं झारफुके र माताको शरणमा

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कटौजपानीकी लक्ष्मीदेवी विष्ट अहिले ९४ वर्षकी भइन् । उनको जन्म भने दोगडाकेदार गाउँपालिका–४ मा भएको हो । विवाहपछि उनी कटौजपानी पुगेकी हुन् । उनको विवाह ८ वर्षको उमेरमा भयो तर उनलाई विवाहबारे झल्याकझुलुकमात्र याद छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कटौजपानीकी ९४ वर्षकी लक्ष्मीदेवी विष्ट । तस्बिर : सफलता भण्डारी/नागरिक

उनको बाल्यकाल दुःखमै बित्यो । बैतडीको एउटा कुनामा घाँस दाउरा र ढिकी जाँतो गर्नु उनको दैनिकी थियो । खानलाई जाँतोमा अन्न पिस्नुपथ्र्यो । पानी बोक्न धेरै टाढा जानुपर्थो । घरमा चाहिने कुरा किन्न भारतको अलमोडा, पिथौरागढ जानुपथ्र्यो । विष्ट भन्छिन्– उबेलामा जाँतोमा अन्न पिसिन्थ्यो । घट्ट थिएनन् । पानी बोक्न धेरै टाढा जानुपथ्र्यो । अन्न लुगा, घरमा चाहिने सामान किन्न भारतको अलमोडा, पिथौरागढ जानुपथ्र्यो ।

अहिले दिन फेरिए तर विष्टका हात चल्दैनन् । चाँडैनै श्रीमानले छाडेर गएपछि लक्ष्मीदेवीको जीवन दुःखको भुमरीमा थप रुमलियो । श्रीमान्को मृत्यु हुँदा जेठो छोरो भर्खर ९ वर्षको थियो । अन्य छोराछोरी त झनै साना । त्यसपछि उनका दुःख झनै बढे । परिवारको जिम्मेवारी एक्लो काँधमा आयो तर पनि उनले हार भने मानिनन् । आफ्नो जिम्मेवारी पूरा गरिन् । पछि छोराहरू ठूला भए । त्यसपछि घर चलाउन सहज भयो ।

विष्टलाई आफ्नो जमाना र अहिलेका दिनहरूमा आकाश–पातालको फरक लाग्छ । खानलाई अन्न पिँध्न ढिकी जाने उनको बाध्यता अहिले हटेको छ । घर नजिकै मिल छ । उनको घरमै बिजुली पुगेको छ । उनलाई अझै घुम्न जान मन लाग्छ । तर खुट्टा बसे । हिँड्न सक्दिनन् । त्यही घरभित्र र बाहिर मात्र गर्छिन् । उनलाई सगुन, झणो, फाग, ढुमारी गाउन मन लाग्छ तर अहिले गाउन सक्दिनन् । उनी भन्छिन्– घरमा बस्दा निकै छट्पटी हुन्छ । मन्दिर जान मन लाग्छ । घुम्न जान मन लाग्छ तर के गर्नु ? सक्दिन । काम गरौँ गरौँ जस्तो लाग्छ तर गर्न नसक्ने भइयो ।

उनलाई आफूभन्दा साना उमेरका मान्छेहरू बितेका देख्दा भने आफू कसरी बाँचिरहेको छु भन्ने लाग्छ । उनी भन्छिन्– आफूभन्दा ठूला पनि गइसके, साना उमेरका पनि गइसके । म भने बाँचिरहेको छु । कसरी बाँचे जस्तो लाग्छ ।

विष्टलाई दम छ । उनलाई सास फेर्न समस्या हुन्छ । दम देखिएको तीन वर्ष भयो तर उनी खान भने राम्रैसँग खान्छिन् । बिहान बेलुका भात, रोटी खाने गर्छिन् । फलफूल पनि खाने गर्छिन् । खाने कुरा त्यस्तो केही पनि नबारेको उनी बताउँछिन् ।

२०७८ अनुसार नेपालकाे ज्येष्ठ नागरिकको तथ्यांक

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ९५ वर्षमाथिका १७ हजार ४ सय ९७ ज्येष्ठ नागरिक छन् । त्यसमध्ये महिला ११ हजार ६ सय ६५ छन् भने ५ हजार ८ सय ३२ पुरुष छन् ।

त्यस्तै ६० देखि ६४ वर्ष उमेर समूहका १.७ प्रतिशत महिला र १.६ प्रतिशत पुरुष छन् । ६५ देखि ६९ वर्ष उमेर समूहका समान १.३ प्रतिशत महिला र पुरुष छन् । ७० देखि ७४ वर्ष उमेर समूहका १.०९ प्रतिशत महिला र १ प्रतिशत पुरुष छन् । ७५ देखि ७९ वर्ष उमेर समूहका ०.६ प्रतिशत महिला र ०.६ प्रतिशत पुरुष छन् ।

त्यस्तै ८० देखि ८४ वर्ष उमेर समूहका समान ०.३ प्रतिशत महिला र पुरुष, ८५ देखि ८९ वर्ष उमेर समूहका समान ०.१ प्रतिशत महिला र पुरुष, ९० देखि ९४ वर्ष उमेर समूहका ०.१ प्रतिशत महिला र ०.०५ प्रतिशत पुरुष तथा ९५ वर्ष माथिका ०.०४ प्रतिशत महिला र ०.०२ प्रतिशत पुरुष ज्येष्ठ नागरिक छन् ।

बढ्दैछ बुढ्यौेली उमेर समूहको संख्या

तथ्यांकअनुसार नेपालमा ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको छ । जनगणनाअनुसार वि.सं. २०४८ मा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या ५.७ प्रतिशत थियो । यो प्रतिशत बढेर वि.सं. २०५८ मा ६.५ प्रतिशत पुग्यो । त्यस्तै २०६८ को जनगणनामा ज्येष्ठ नागरिकको संख्या ८.१ प्रतिशत थियो भने वि.सं. २०७८ को जनगणनामा १०.२ प्रतिशत पुगेको देखिन्छ ।

नेपालमा बुढ्यौेली बढ्नु स्वाभाविक

औसत आयु बढ्दै जाँदा जेष्ठ नागरिकको संख्या थपिनु स्वाभाविक रहेको त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा. योगेन्द्रबहादुर गुरुङ बताउँछन् । मृत्युदर घट्दै जाँदा र औसत आयु बढ्दै जाँदा बुढ्यौली बढ्दै जाने उनको भनाइ छ । गुरुङ भन्छन्– ‘यो बुढ्यौली बढ्नु भनेको देश विकासको क्रम सँगसँगै हुने कुरा हो । देश विकास हुने क्रममा स्वस्थ खानपानका कुरा राम्रो हुँदै जान्छ । सेवा÷सुविधा बढ्दै जान्छ । त्यसैले मान्छेको आयु पनि बढ्दै जान्छ । स्वभावैले स्वास्थ्य सेवा, खानपान राम्रो हुँदै गएपछि देशमा बुढ्यौली बढ्नु स्वाभाविक हो ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा. योगेन्द्रबहादुर गुरुङ ।

पहिला देशमा स्वास्थ्य सेवा राम्रो नहुँदा, राम्रो खान नपाउँदा मान्छेको चाँडै मृत्यु हुने भएका कारण बुढ्यौली जनसंख्या कम भएको उनको भनाइ छ । ‘पहिला देशमा राम्रो स्वास्थ्य सुविधा थिएन । सबै गरिब थिए, उपचार गराउन सक्ने अवस्था सबैको थिएन । त्यसैले अल्पायुमै ज्यान गुमाउँथे । केही रोग नभएकाहरू मात्र बाँच्ने गर्थे । उनले थपे– अहिले त्यो पहिलाको जस्तो अवस्था छैन । देश विकास हुने क्रममा स्वास्थ्य सेवा, मान्छेको जिउने तरिका, खानपान पनि राम्रो हुँदै गएको छ । त्यसैले बुढ्यौली पनि बढेको छ ।

यो पनि पढ्नुहोस्

महिला खेलाडीले सम्हालेको अन्तर्राष्ट्रिय प्रतियोगिता !

देशमा बुढ्यौली बढ्दै जाँदा सरकारले भने ध्यान पु¥याउनुपर्ने उनको उनको सुझाव छ । सरकारले फरक ढंगले सोच्नुपर्ने गुरुङ बताउँछन् । औसत आयु बढ्दै जाँदा सरकारले ज्येष्ठ नागरिक भनेर तोकेको उमेर पनि बढाउनुपर्ने उनी बताउँछन् ।

गुरुङ भन्छन्– ‘सरकारले फरक ढंगले सोच्ने भनेको औषत आयु बढ्दै गएपछि जति वर्षलाई बूढो मान्दै आएका छौँ त्यसलाई बढाउनुपर्छ । अवकाशको उमेर पनि बढाउनुपर्छ । जुन जुन पेसामा अहिले अवकाशको उमेर छ त्यसलाई बढाउनुपर्दछ किनकि अवकाश हुने उमेरमा पनि त्यो मान्छे काम गर्न सक्ने अवस्थाकै हुन्छ । त्यसपछि उसले के गर्ने भन्ने हुन्छ ।

त्यस्तै अर्को अवकाश भइसकेकाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सरकारले सोच्नुपर्ने उनले बताए । अवकाश भइसकेपछि के काम दिने, कस्तो किसिमको उत्पादनशील काममा उनीहरूलाई लगाउने भन्ने कुरा पनि सरकारले हेर्नुपर्छ ।

‘कुनै पनि पेसाबाट अवकाश भइसकेपछि उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सरकारले सोच्नुपर्छ । कस्तोखालको काम गर्न दिने, कुन उत्पादनशील काममा उनीहरूलाई लगाउने भन्ने कुरा सरकारले सोच्नुपर्छ’, उनले थपे– काम गर्न नसक्नेहरूको संख्या बढ्दै जाँदा कसरी सेवा÷सुविधा दिने, कसरी संरक्षण दिने, कसरी सुरक्षा दिने भन्ने कुरा सरकारले सोच्नुपर्छ ।

सरकारले दिने सामाजिक सुरक्षा भत्तामा पनि सरकारले सोच्नुपर्ने उनको भनाइ छ । अहिले जुन उमेरमा दिइरहेको छ त्यसलाई बढाउनुपर्ने सुझाव उनको छ । उनी भन्छन्– अहिले सरकारले दिएको सामाजिक सुरक्षा भत्ताको उमेरमा पनि सरकारले हेरफेर गर्नुपर्छ । ज्येष्ठ नागरिक, लक्षित वर्गहरूलाई दिइराखेको सामाजिक सुरक्षा भत्ताको उमेरमा हेरफेर गर्नुपर्छ ।

स्वास्थ्य र खानपानमा ख्याल राख्न आवश्यक

टेकु अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा.विमल चालिसे ज्येष्ठ नागरिकहरूले आफूलाई स्वस्थ राख्न खानपान र स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउँछन् । बूढो हुँदै जाँदा बुढौलिपन नै एउटा रोग बनिदिन्छ । त्यसैले खानपान र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । चालिसे भन्छन्– बूढो हुँदै जाँदा शरीरमा रोगसँग लड्न सक्ने क्षमता कम हुँदै जान्छ । त्यसैले खानेकुराहरू सन्तुलिनरूपमा खानुपर्छ । मद्यपान, धूमपानलगायतका लागुपदार्थ सेवन गर्नुहुन्न भने त्यस्ता खानेकुरा छाड्नुपर्छ ।

टेकु अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा.विमल चालिसे

खानेकुरामा यही वा समयभन्दा पनि आफूलाई रुचेअनुसारका, मन लागेको समयमा खानुपर्ने उनको सुझाव छ । ‘यही खानेकुरा भन्ने छैन । हाम्रो नेपाली खाना दाल, भात, मासु, दूध, दही, घिउ जस्ता खानेकुरा खाँदा हुन्छ । त्यसलाई नै मात्रा मिलाएर मन लागेको समयमा खादा हुन्छ’– उनले भने ।

दीर्घ रोगका बिरामी भएमा भने खानेकुराहरूमा अझै ध्यान पु¥याउनुपर्ने उनको भनाइ छ । सुगर, दम र प्रेसरका बिरामी तथा एलर्जीको समस्या हुनेहरूले सोहीअनुसार खाना खानुपर्ने पनि उनले सुझाए ।

चालिसे भन्छन्– दीर्घ रोगका बिरामीहरूले खानेकुरामा अलि बढी ध्यान दिनुपर्छ । मधुमेहको बिरामी छन् भने गुलियो खानेकुराहरू धेरै खानुहुँदैन । उच्च रक्तचाप भएका व्यक्तिले धेरै चिल्लो खानुभएन । एलर्जी हुने मान्छेलाई केबाट एलर्जी हुन्छ, त्यस्तो खानुभएन । खानाको सन्तुलन मिलाउने भनेको त्यसरी हो ।

नियमित खाइरहेको औषधि भएमा नछुटाइ खानुपर्ने पनि उनले बताए । आफूले देखाइरहेको चिकित्सकहरूको सल्लाहमा औषधि सेवन गनुपर्ने चालिसेको भनाइ छ । जाडो महिनामा भने ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउनुपर्ने थप सुझावसमेत उनले दिए ।

उनले भने– ‘जाडो महिनामा ज्येष्ठ नागरिकलाई श्वास÷प्रश्वासको समस्या बढ्ने, मुटुको समस्या बढ्ने, निमोनिया हुने आदि समस्या आउन सक्छ । त्यसैले चिसोबाट बचाउनुपर्छ । कतिपय ज्येष्ठ नागरिकलाई खोप लगाउनुपर्ने भनिएको हुन्छ । त्यस्ता खोप पनि लगाउनुपर्छ ।’ खाना खान मन नलाग्ने, खाएको कुराले पेट दुख्ने, नपच्ने भएमा चिकित्सकलाई देखाउन पनि उनको सुझाव छ ।

]]>
सफलता भण्डारी Mon, 09 Dec 2024 13:48:55 +0545
<![CDATA[दुई वर्षपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : स्थानीयमा छैन उत्साह]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1457004-1733402782.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1457004-1733402782.html

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए) सन् २०२२ मे १६ तारिख एक विशेष समारोहबीच उद्घाटन हुँदा भैरहवाका व्यापारी, होटल व्यवसायी र सर्वसाधारणमा ठूलो उत्साह छाएको थियो ।

कुवेतको जजिरा एयर र नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले उद्घाटन उडान गरेका थिए । विमानस्थलको निर्माण कार्य सुरु भएसँगै कैयन् होटलको निर्माण सुरु गरेका लगानीकर्तालाई हवाई सेवा सुरुवातले थप लगानी गर्न हौस्याएको थियो ।

तर यो नयाँ गन्तव्यमा उडान भर्ने एयरलाइन्सले केही महिनामै उडान बन्द गरेपछि र अन्य एयरलाइन्सले पनि यो विमानस्थलमार्फत सेवा सञ्चालनमा चासो देखाएनन् । त्यसपछि स्थानीय तथा व्यवसायीको आशा निराशामा बदलिएको थियो । होटल तथा अन्य पर्यटकीय पूर्वाधारमा लगानी गर्न थालेका धेरै लगानीकर्ताले निकट भविष्यमा प्रतिफल नदेखेपछि निर्माण कार्य बन्द गर्न बाध्य भएका थिए ।

यही नोभेम्बर ८ देखि आधा दर्जन अन्तर्राष्ट्रिय एयरलाइन्सले यो विमानस्थलमा आफ्ना उडान सञ्चालन गर्न थालेका छन् तर होटल व्यवसायी र स्थानीय व्यवसायीहरूमा २ वर्षअघिको जस्तो उत्साह छैन । लामो पर्खाइपछि पुनः सुरु भएका यी अन्तर्राष्ट्रिय उडान दीर्घकालीनरूपमा टिक्ने हुन वा होइनन् भन्नेमा धेरैलाई शंका छ ।

त्यसो त, भारतसँग अतिरिक्त हवाई प्रवेश मार्गहरूका लागि वार्ता वर्षौंदेखि जारी छन् तर कुनै सफलता प्राप्त भएको छैन । पछिल्लो समय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणका क्रममा थप हवाई रुटको मुद्दा उठाएकी थिइन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अत्यावश्यक मर्मत सम्भारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) दैनिक १० घण्टा बन्द गर्ने निर्णय गरेपछि विकल्पस्वरूप जिबिआइएबाट अन्तर्राष्ट्रिय हवाईसेवाहरूले उडान सुरु गरेका हुन । काठमाडौँ विमानस्थल १० घण्टा बन्द हुँदा धेरै एयरलाइन्स नेपालका लागि आफ्नो उडान कटौती गर्नुपर्ने अवस्था सिर्जना भएसँगै उनीहरू विकल्प खोज्न बाध्य भएका छन् । क्यानले टिआइमा स्तरोन्नतिको काम सम्पन्न गर्न र नियमित सेवा सञ्चालन गर्न मार्च ३१ सम्म लाग्ने बताएको छ ।

‘टिआइएको सञ्चालन समय घटेका कारण जिबिआइएमा उडानहरू पुनः सुरु भएका प्रष्ट छ । यस विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुनु आफैंँमा सकारात्मक प्रगति हो । तर यो विमानस्थल छिट्टै पूर्णरूपमा सञ्चालनमा आउने हो कि होइन भन्नेमा अझै शंका छ’– लुम्बिनी होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले भने ।

सीमित सेवा सञ्चालनले पर्यटन पूर्वाधारमा गरेको लगानी जोखिममा

ज्ञवालीले विमानस्थल पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा होटललगायत आतिथ्य क्षेत्रमा लगानी गर्ने लगानीकर्ता सबैभन्दा बढी मारमा परेको बताए । २०२२ मा औपचारिक उद्घाटन हुँदा त्यहाँ धेरै तारे होटल निर्माणाधीन थिए र अन्य धेरैले नर्माण कार्य गर्न शिलान्याससमेत गरेका थिए– उनी थप्छन् ।

सन् २०१० देखि अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे चर्चा सुरु भएपछि विशेषगरी आतिथ्य क्षेत्रमा ठूलो मात्रामा पूर्वाधारको विकासलाई प्रोत्साहित गरेको थियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र र औद्योगिक क्षेत्रहरू जस्ता प्रमुख परियोजनाहरूले यस क्षेत्रलाई परिवर्तन गरेको छ । थप कलकारखाना र विस्तार हुँदै गएको यातायात सञ्जालले बुटवल–भैरहवा क्षेत्रलाई समृद्ध आर्थिक हबमा परिणत गरेको छ ।

एसियाली विकास बैंक (एडिबी) को ३७ मिलियन अमेरिकी डलर र अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोषबाट करिब ११ मिलियन अमेरिकी डलरको आर्थिक सहयोगमा कुल ७६ मिलियन अमेरिकी डलरको लागतमा यो विमानस्थल निर्माण भएको हो । बाँकी रकम नेपाल सरकार आफैँ बेहोरेको हो ।

विमानस्थल निर्वाध सञ्चालनका लागि जनशक्ति, भिसा, चिकित्सा सेवा तथा यथेष्ठ म्यानपावर कम्पनीहरूको आवश्यकता त छँदैछ, त्यो भन्दा बढी यो क्षेत्रमा जाडो महिनामा भिजिबिलिटी कमजोर हुँदा हवाई सेवा उडान गर्न प्राविधिक कठिनाई देखिएको छ ।

विमानस्थल वरपरका होटल र पूर्वाधार निर्माणमा उल्लेख्य लगानी छ जसमा करिब ८० अर्ब रुपियाँ खर्च भइसकेको हानले जनाएको छ । अन्य क्षेत्रमा पनि अर्बौँं रुपियाँ लगानी भइसकेको छ भने विमानस्थलका कारण बुटवल–सिद्धार्थनगर क्षेत्र वरपर व्यापक शहरीकरणसमेत भएको छ ।

यो पनि पढ्नुहोस्

महिला खेलाडीले सम्हालेको अन्तर्राष्ट्रिय प्रतियोगिता !

जिबिआइएका प्रवक्ता दीपककुमार वज्राचार्यले विमानस्थलले पूर्ण क्षमतामा दैनिक ३६ उडान गर्न सक्ने बताए । क्यानले नोभेम्बर ८ देखि १० घण्टाका लागि टिआइए बन्द गर्ने घोषणा गरेपछि नेपाल एयरलाइन्स, थाइ एयर एसिया, जजिरा एयरवेज, फ्लाइ दुबई र कतार एयरवेजलगायत पाँच अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले जिबिआइबाट उडान भर्न थालेका छन् ।

जिबिआइका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार युएईस्थित विज एयरले समेत यो गन्तव्यमा उडान भर्नका लागि वार्ता भैरहेको छ ।

‘हरेक साता २४ उडान गर्न सहमति भैसकेको छ । यात्रुको अभावमा २२ उडान भैरहेका छन्– उनी भन्छन् । त्यसो त, सन् २०२२ को मे महिनामा विमानस्थलको उद्घाटन भएपछि जजिरा एयर र सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले आफ्नो सञ्चालन बन्द गर्नुअघि केही महिना उडान गरेका थिए । सिद्धार्थ चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष नेत्र आचार्यले भने– टिआइएले स्तरोन्नतिको कार्य पूरा भएपछि यो विमानस्थलको सेवा सुचारु हुनेमा शंका छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बारम्बार स्थानीय व्यापारी र उद्योगीहरूलाई पूर्ण क्षमतामा विमानस्थल सञ्चालन गर्न सरकार प्रतिबद्ध छ भनी आश्वासन दिँदा पनि उनीहरू आश्वस्त हुन सकेका छैनन ।

टिआइए रनवे विस्तार पूरा भएपछि धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सहरू यात्रु संख्याका कमीका कारण अझै पनि भैरहवाबाट आफ्ना उडान सञ्चालन गर्न अनिच्छुक देखिन्छन् । भैरहवा विमानस्थलको पूर्ण सञ्चालनमा अनिश्चितता बढ्दै गएपछि स्थानीय व्यापारी र लगानीकर्ताहरू थप लगानी गर्न हिच्किचाएका छन् ।

यस विषयमा जानकारी राख्ने वरिष्ठ सरकारी अधिकारीका अनुसार भारतले गोरखपुरमा रहेको आफ्नो वायुसेनाको बेस जिबिआइए नजिक रहेकाले यो रुट उपलव्ध गराउन नचाहेको हो ।

‘लुम्बिनीमा यसअघि नै १० वाट तारे दर्जाका होटल सञ्चालनमा छन् र अन्य तीनवटा निर्माणाधीन छन् । लुम्बिनीमा मात्रै कुल होटलको संख्या ११५ नाघेको छ तर विमानस्थलको अनिश्चितताले लगानीकर्तालाई यस्तो असर गरेको छ कि धेरै जारी निर्माण नै रोक्ने सोचमा छन्’– ज्ञवालीले भने ।

विमानस्थल चलायमान बनाउन बुद्धमार्गी देशबाट उडान आवश्यक

न्यून यात्रु संख्याका कारण अन्तर्राष्ट्रिय एयरलाइन्सहरू यहाँबाट उडान सेवा सञ्चालन गर्न अनिच्छुक देखिन्छन् । थाइल्यान्ड, म्यानमार, कम्बोडिया, श्रीलंका, भुटान, जापान, दक्षिण कोरिया र चीन जस्ता बौद्ध धर्मावलम्बी भएका देशबाट हुने उडानलाई सुनिश्चित गर्न सके विमानस्थलको दिगोपन सुनिश्चित हुने स्थानीय होटल व्यवसायी र अन्य उद्यमी ठान्छन् ।

यो विमानस्थल भगवान बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र तीर्थस्थलको प्रवेशद्वार मानिन्छ । लुम्विनी क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा समेत छ । धेरै बौद्ध पर्यटकहरू बौद्ध धर्मको उद्गमस्थल लुम्बिनीको आध्यात्मिक महŒवको अनुभव गर्न चाहन्छन् ।

‘विमानस्थललाई व्यावसायिकरूपमा सञ्चालन गर्न हामीले बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता भएका देशहरूमा सिधा उडान गर्नुपर्छ । धार्मिक पर्यटनको प्रवद्र्धनले स्थानीय व्यवसाय र थला परेको आतिथ्य उद्योगलाई पुनरुत्थान गर्न मद्दत गर्नेछ’– ज्ञवालीले भने ।

स्थानीय व्यवसायी र उद्योगीहरू पूर्णरूपमा सञ्चालनमा आएपछि आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने विश्वास गर्छन् । आफ्ना स्थानीय उत्पादनहरू विभिन्न बजारमा निर्यात गर्न अवसर सिर्जना हुने उनीहरू ठान्छन् । सँगसँगै, पर्यटकको बढ्दो प्रवाहले त्यहाँको सुस्त व्यापारिक गतिविधिमा उल्लेखनीय सुधार आउनेमा उनीहरू आशावादी छन् ।

‘विमानस्थलहरूको पूर्ण सञ्चालनले स्थानीय अर्थतन्त्रमा गुणात्मक प्रभाव पार्नेछ । यसले ठूला उद्योगका अतिरिक्त साना तथा मझौला उद्योगको आर्थिक अवस्था सुधार्न पनि महत्त्वपूर्ण मद्दत गर्नेछ । स्थानीय उद्यमीले पनि कार्गोमार्फत आफ्नो उत्पादन विदेश पठाउन सक्नेछन् । पर्यटकको बढ्दो चापले ट्याक्सी र अन्य यातायातका साधनलाई पनि थप आयको अवसर हुनेछ’– सिद्धार्थनगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष आचार्यले भने ।

पूर्णस्तरमा सञ्चालन गर्न चुनौती नै चुनौती

पूर्ण क्षमताको सञ्चालनमा आउन यो विमानस्थलका कैयन् चुनौती छन् । विमानस्थल निर्वाध सञ्चालनका लागि जनशक्ति, भिसा, चिकित्सा सेवा तथा यथेष्ठ म्यानपावर कम्पनीहरूको आवश्यकता त छँदैछ, त्यो भन्दा बढी यो क्षेत्रमा जाडो महिनामा भिजिबिलिटी कमजोर हुँदा हवाई सेवा उडान गर्न प्राविधिक कठिनाई देखिएको छ ।

त्यसपछि स्थानीय तथा व्यवसायीको आशा निराशामा बदलिएको थियो । होटल तथा अन्य पर्यटकीय पूर्वाधारमा लगानी गर्न थालेका धेरै लगानीकर्ताले निकट भविष्यमा प्रतिफल नदेखेपछि निर्माण कार्य बन्द गर्न बाध्य भएका थिए ।

नेपालको सबैभन्दा व्यस्त विमानस्थल, टिआइएमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विकल्पका रूपमा डिजाइन गरिएको भैरहवा विमानस्थलमा कुहिरो लागेका दिनमा उडान भर्न हवाई सेवालाई कठिन हुँदा उडान तालिका बनाउनसमेत गाह्रो हुन्छ । क्यानका उपमहानिर्देशक हंसराज पाण्डेले हिउँदमा तराई क्षेत्रमा भिजिबिलिटी कम भएकाले बिहान १० बजेपछि मात्रै उडान अवतरण गर्न सकिने बताए ।

यो पनि पढ्नुहोस्

विश्वास, अविश्वास र परम्पराको कथा : आधुनिक काठमाडौं झारफुके र माताको शरणमा

त्यसो त, यो विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) जडान गरिएको छ । यसले खराब मौसमको अवस्थामा समेत रन–वेमा सकुशल अवतरण तथा उडान गर्न मार्गदर्शन गर्दछ । तर यो प्रणाली अहिले सञ्चालनमा छैन । रन–वे भिजुअल रेन्ज (आरभिआर) अन्तर्गत आइएलएस सञ्चालनका लागि चालकले रन–वेमा रहेका सतह चिह्नहरू वा यसको केन्द्ररेखा पहिचान गर्ने बत्तीहरू देख्न सक्ने दूरी, कम्तीमा ८०० मिटर हुनु आवश्यक छ । तर जाडोको बिहानी समयमा तराई क्षेत्रका एयरपोर्टहरूमा भिजिबिलिटी अर्थात दृश्यता प्रायः १० मिटरसम्म कम हुन्छ । आइएलएस प्रणाली सञ्चालनमा बाधा पु¥याउने मौसमी अवस्थालाई मध्यनजर गरेर यसलाई सम्वोधन गर्न क्यानले अन्तर्राष्ट्रियरूपमा स्वीकृत विकल्पहरू खोजेको छ ।

सम्बद्ध अधिकारीका अनुसार आरएनपी एआर नेभिगेसन यसको समाधान हुन सक्छ । यो नेभिकेसनका सफल कार्यान्वयनका लागि प्राविधिकरूपमा उन्नत विमान र प्रशिक्षित चालक चाहिन्छ । यसका लागि सुरुमा क्यानले प्रशिक्षित पाइलटसहितका उपयुक्त विमान कम्पनीसँग मिलेर प्रमाणीकरण उडान सञ्चालन गर्नुपर्नेछ । सफल प्रमाणीकरण उडान भएपछि, मात्र क्यानले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणले आइकाओलाई रिपोर्ट पेस गर्नुपर्ने प्रावधान छ । आइकाओले ५६ दिनभित्रै स्वीकृति जारी गर्ने व्यवस्था छ ।

क्यान यस प्रकारको उडान प्रमाणीकरणका लागि टेन्डर जारी गर्ने प्रक्रियामा छ । यद्यपि, टेन्डर प्रक्रियाका लागि आवश्यक समय र ५६ दिनको स्वीकृति अवधिका कारण यो हिउँदे मौसममा उडानहरू सञ्चालन हुने सम्भावना अत्यन्त कम छ ।

हवाई प्रवेश मार्ग दिन भारतको आनाकानी

यो विमानस्थल पूर्ण सञ्चालनका लागि भारतमार्फत उपयुक्त हवाई प्रवेश मार्गको अभाव एक महŒवपूर्ण मुद्दा हो । भारतले नेपालका लागि एउटै मात्र हवाई मार्ग उपलब्ध गराएकाले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु हुन नसकेको हो ।

भारतले भारतीय हवाई क्षेत्रबाट भैरहवा विमानस्थलमा अवतरण गर्न नदिने भएकाले सबै आन्तरिक अन्तर्राष्ट्रिय उडान सिमरा वेपोइन्टबाटै हुने गरेका छन् । फलस्वरूप, पश्चिमबाट भैरहवा अवतरण गर्ने उडानले सिमरा हुँदै बढी समय खर्चनुपरेको छ । तर उडान गर्दा भने खास समस्या छैन किनकि बाहिरिने उडानहरूले महेन्द्रनगर वा जनकपुरलाई नेपाली हवाई क्षेत्रबाट निकास विन्दुका रूपमा प्रयोग गर्न सक्छन् ।

यो पनि पढ्नुहोस्

नेपालको नयाँ चुनौती : दैनिक ५०० मेगावाट विद्युत् खेर

त्यसो त, भारतसँग अतिरिक्त हवाई प्रवेश मार्गहरूका लागि वार्ता वर्षौंदेखि जारी छन् तर कुनै सफलता प्राप्त भएको छैन । पछिल्लो समय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणका क्रममा थप हवाई रुटको मुद्दा उठाएकी थिइन् ।

‘अहिले हामीसँग सिमरा रुट मात्रै छ । यो धेरै व्यस्त हुने र भारतीय वायु क्षेत्रमा निर्भर हुने भएकाले हामीलाई दुईवटा थप हवाई मार्ग आवश्यक छ । मैले विकल्पका रूपमा भैरहवाबाट महेन्द्रनगर र लखनउ हुँदै नेपाल प्रवेश गर्ने ब्राभो–३४५ रुट प्रस्ताव गरेको छु’– भारतीय प्रधानमन्त्रीलाई भेटेर फर्केपछि जारी गरेको विज्ञप्तीमा उनले भनेकी छिन् ।

स्थानीय व्यवसायी र उद्योगीहरू पूर्णरूपमा सञ्चालनमा आएपछि आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने विश्वास गर्छन् । आफ्ना स्थानीय उत्पादनहरू विभिन्न बजारमा निर्यात गर्न अवसर सिर्जना हुने उनीहरू ठान्छन् ।

यस विषयमा जानकारी राख्ने वरिष्ठ सरकारी अधिकारीका अनुसार भारतले गोरखपुरमा रहेको आफ्नो वायुसेनाको बेस जिबिआइए नजिक रहेकाले यो रुट उपलव्ध गराउन नचाहेको हो । भारतले सुरक्षा चिन्तालाई उद्धृत गर्दै भैरहवा विमानस्थलको व्यवस्थापन गर्ने जिम्मा आफुलाई दिएमा थप रुट दिन सकिने अनौपचारिक कुराकानीमा भन्ने गरेको कूटनीतिक स्रोतले जनाएको छ ।

सन् २०२३ को जुनमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा पनि हवाई प्रवेश मार्गको मुद्दा उठेको थियो । त्यो भ्रमणका क्रममा भारतले महेन्द्रनगर हुँदै पश्चिमबाट नेपाल प्रवेश गर्ने एल ६२६ रुट प्रयोग गरेर उडान अनुमति दिने सहमति गरेको थियो । तर यो अनुमति १५,००० देखि २४,००० फिटको उचाइमा उड्ने विमानका लागि काम लाग्ने थियो जुन ठूला जेट विमानका लागि निकै कम भएको विज्ञको तर्क छ । नेपालले अन्तर्राष्ट्रिय उडान, विशेषगरी पश्चिम नेपाल हुँदै भैरहवा र पोखराका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा जाने उडानलाई सहज बनाउन महेन्द्रनगरबाट उच्च उचाइको हवाई प्रवेश मार्ग स्वीकृत गर्न भारतलाई आग्रह गर्दै आएको छ ।

‘हामीले हरेक उच्चस्तरीय बैठकमा यो विषय उठाएका छौँ तर भारतीय पक्षले नेपाललाई थप हवाई प्रवेश मार्ग कहिले दिने हो थाहा छैन’– नाम नछाप्ने सर्तमा एक वरिष्ठ सरकारी अधिकारीले नागरिकलाई भने ।

]]>
कोषराज कोइराला Thu, 05 Dec 2024 18:31:22 +0545
<![CDATA[विश्वास, अविश्वास र परम्पराको कथा : आधुनिक काठमाडौं झारफुके र माताको शरणमा]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1456342-1732881777.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1456342-1732881777.html

- ‘ढ्याङ्ग्रो पिट्दैमा सबै झाँक्री हुँदैनन्’

- झारफुकका लागि अनुमतिपत्र दिन विज्ञको सुझाव

- भविष्यको अनिश्चितताले झारफुकमाथि विश्वास

- जब देशमा सामाजिक, राजनीतिक र आर्थिक अस्थिरता बढ्छ तब मानिस जादू/टुनातिर बढी आकर्षित हुन्छन् : विज्ञ

पछिल्ला दशकमा ह्वात्तै बढेको बसाइँ सराइले राजधानी काठमाडौँ हरेक भाषा, संस्कृति र धर्मको संगम बनेको छ । कारण अनेक छन्, विश्वास र आस्था फरक छन् तर राजधानीमा परम्परादेखि चल्दै आएको धामी, झाँक्री र माताहरूले गर्ने झारफुक र उपचारप्रति सर्वसाधारणको अगाथ आस्था कायमै छ । औषधि र चिकित्सा विज्ञानको क्षेत्रमा विश्वमा चामत्कारिक र नयाँ–नयाँ खोज-अनुसन्धान अघि बढिरहेका बेलासमेत परम्परागत र ग्रामीण परिवेशमा रहेको झारफुकप्रति कंक्रिटको जंगल मानिने सहरका मानिसको आकर्षण बढ्नु चाखलाग्दो विषय बनेको छ ।

यो पुरातन विश्वासप्रति शिक्षित र युवा जमातसहित हरेक तह र तप्काका मानिसको झुकाव र विश्वासका कारण राजधानी काठमाडौँ झारफुक (अर्बान समानिज्म) को केन्द्र बनेको छ । चाखलाग्दो के छ भने, सबै भन्दा बढी पढेलेखेका तथा राज्यको उच्च ओहोदामा रहेका व्यक्तिहरूसमेत झारफुकका लागि धामी÷झाँक्री केन्द्र धाउने गरेका पाइएको छ ।

परीक्षामा राम्रो अंकका लागि विद्यार्थी, सत्ता र शक्तिका लागि राजनीतिकर्मी, कार्य सफलताका लागि सेना, प्रहरी, स्वास्थ्यकर्मी मात्र होइन, पत्रकार, पाइलट, नेता, इन्जिनियरलगायतका बौद्धिक व्यक्तित्वसमेत समस्याको गाँठो फुकाउन लुकीछिपी भए पनि धामी÷झाँक्री गुहार्ने गरेको स्थलगत रिपोर्टिङका क्रममा भेटिएका छन् ।

जमिन खरिदका लागि माटो देखाउने वा हराएका चिजविज खोजीका लागि विश्वास गरिएका ठाउँमा पुग्नु सामान्य भैहाल्यो । यस्तै, किशोरावस्थामा पुगेका आफ्ना सन्तानमा भइरहेको मनोसामाजिक र शारीरिक परिवर्तनबाट उब्जिएको समस्याको समाधान खोज्नसमेत डाक्टर भन्दा माता र धामी-झाँक्रीकै भर पर्ने गरेका अभिभावकसमेत भेटिएका छन् ।

यसैगरी ग्रह, नक्षत्र र ज्योतिषिमा विश्वास गर्नेहरूले जीवनमा आउने उतारचढावका गुनासासमेत माताकहाँ पोख्ने गरेको अध्ययनका क्रममा भेटिए । यतिसम्म कि आफ्नो नागरिकता हराएको रिपोर्ट प्रहरीकोमा नदिएर धामीकहाँ फुकाउन आएको र फुकेपछि नागरिकतासमेत भेटिएको दाबीकर्ता पनि फेला परे ।

त्यसो त, विज्ञका अनुसार नेपाल तन्त्र विद्याद्वारा बाँधिएको राष्ट्र हो । यहाँ हुने कतिपय पूजापाठ तान्त्रिक विधिबाटै हुने गरेको तर्क उनीहरूको छ । नेपाल एकीकरणको जग पनि गुरु गोरखनाथसँग जोडिएको संस्कृतविद् बताउँछन् । पछिल्लो समय, गुरु र धामी÷झाँक्री मात्र होइन, विशेषगरी मातासँग झारफुक गराउनेतर्फ सर्वसाधारणको आकर्षण बढेको छ ।

आधुनिक चिकित्सा विज्ञानबाट उपचार गराउँदा निको नभएपछि पुगेको र झारफुकले निको भएपछि त्यसप्रति विश्वास र आस्था बढेको प्रतिक्रिया कतिपयको थियो । अर्काथरी चिकित्सा विज्ञानबाट उपचार पनि गर्ने र औषधि लिएर धामी, झाँक्री र माताकहाँ पुगेर औषधि र बिरामी दुवै फुकाउने पनि भेटिए । यस्तै कोही धामी-झाँक्री र माताकोमा मात्र विशवास गरी फुकाउन पुग्ने गरेका छन् त कोही भने यस्ता झारफुकप्रति विलकुलै विश्वास नगर्नेहरू पनि रहेका देखिएको छ । झारफुकप्रति आफ्नो दृढ विश्वास र आस्था रहेको बताउनेहरू काठमाडौँ महानगर सहरी क्षेत्रमै धेरै भेटिए ।

यो पनि पढ्नुहोस्

खेलकुदमा महिला : अन्तर्राष्ट्रिय साख बचाउँदै खेलाडी

कतिबेला उत्तम ?

धामी, झाँक्री र माताका अनुसार झारफुक गर्ने उत्तम प्रहर बिहानी हो । त्यसपछि साँझलाई राम्रो मानिन्छ । झाँक्रीले दिउँसो १२ बजेपछि भूतप्रेत भगाउने प्रहरका रूपमा मान्ने गर्दा रहेछन् भने माता र धामीले भगवानको विश्राम गर्ने समयका रूपमा व्याख्या गरेका छन् । झारफुकका लागि शनिबार, आइतबार, बिहीबार र मंगलबार मंगल दिनका रूपमा मानिएको पाइयो भने बुधबारलाई अमंगल मानिने काठमाडौँ डल्लुस्थित धामी उमेश राजभण्डारीको भनाइ रह्यो । माताहरूको तथ्यांक नरहे पनि धामी झाँक्रीहरू संगठित हुन संघसमेत खोलेका छन् ।

एकिन तथ्यांक अभाव

नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङ । तस्बिर : रुबी रौनियार/नागरिक

नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङका अनुसार हालसम्म नेपाल सरकारसँग आधिकारिक तथ्यांक नरहे पनि संघमा तीन सय धामी दर्ता छन् । तर राज्यको यसप्रति कुनै कानुन नभएकाले यसको नियमन र ब्यवस्थापनमा चुनौती थपिँदै गएको छ भने अर्कोतर्फ झारफुक सेवा दिने झाँक्री, धामी र माताहरूले लुकीछिपी सेवा दिइरहेको अवस्था छ । कतिपय राष्ट्रमा झारफुक गर्नेहरू समाजमा खुलेरै डाक्टरका रूपमा काम गर्छन् भने नेपालमा झारफुकसम्बन्धी नीति÷नियम र हालसम्म कुनै कानुन नबनेकाले लुकीछिपी झारफुक सेवा जारी छ । यही कारण कुनै समस्या आइपरे कुन निकायमा जाने भन्ने एकिन पनि छैन ।

.........

डाक्टरी उपचारमा थाकेपछि झारफुक

विशेषगरी अधिकांश स्वास्थ्य समस्याको समाधान खोज्न झारफुकमा जाने गरेका देखिएको छ । डाक्टरी औषधि उपचारले काम नगरेपछि ४२ वर्षीया सविना कार्की बिहानै स्वयम्भू धिमिलोमा रहेको माता गुरु बालिकाको आसनमा पुगिन् । आफूले रोगको उपचार चिकित्सा विज्ञानअनुसार डाक्टर कहाँ गराउँदा निको नभएपछि गुरुकहाँ झारफुक गराउन पुगेको उनले सुनाइन् ।

उनी पुग्दा गुरु बालिका पूजामा व्यस्त थिइन् । केहीबेरको पर्खाइमा गुरु बालिका आफ्नो आसनमा बसिन् र धूप बालेर काम्दै मन्त्र उच्चारणका साथ सविनालाई फुक्न थालिन् । शरीरमा रातो सारी र गलामा रुद्राक्षको माला पहिरिएकी गुरु बालिकाको निधारमा कलेजी रंगको विन्दी र शिरमा रातो फूल सजिएको थियो । अनुहारमा शृंगार र हातमा रातो चुरासहितको पहिरनमा सजिएर आसनमा विराजमान गुरु बालिकाले केहीबेर कामेपछि सविनालाई फुकिन् र जलमा खरानी मिसाएर औषधि बनाएर पिउन दिइन् । विश्वासको कुरा न हो, केहीबेरमै सविनाले आफूलाई स्वस्थ महसुस गरिन् र मुस्कुराइन् पनि । केहीबेर अघिसम्म मलिन अनुहारमा देखिएकी सविनाले त्यसपछि सहज महसुस गरिन् ।

खासमा सविनालाई जीवनमा कहिल्यै यस्ता झारफुकमाथि विश्वास लाग्दैनथ्यो । तर उनको जीवनमा घटित एक घटनाले सविनाको विश्वास झारफुकमाथि बढाइदिएको उनी मुस्कुराउँदै सम्झन्छिन् । ‘६ महिनाअघिसम्म मलाई यस्ता माता, गुरु वा धामी-झाँक्रीहरूमाथि कत्ति पनि विश्वास लाग्दैनथ्यो । तर एक दिन बिहान उठ्दा मेरो घाँटी बाँगियो’, सविनाले त्यो घटना सम्झिन् र थपिन्– म काठमाडौँको धेरै डाक्टर र क्लिनिकमा उपचारका लागि पुगेँ । डाक्टरले दिएको औषधिले झनै रोग च्याप्यो । घाँटी सिधा भएन । दुखाइ बढ्यो, त्यसपछि गुरु बालिकाकहाँ पुगेँ ।

गुरु बालिकाकहाँ पुगेपछि सविना बडो आश्चर्यमा परिन् । ‘गुरुको शरीरमा मेरो सासूआमा चढेर बोल्न थाल्नुभयो कि पानी र दही खान मन लगेको छ । घरमा गएपछि मैले सासूको नाममा पानी र दही चढाएपछि मेरो घाँटी सिधा भयो । गुरुले खरानी फुकेर पानीमा मिसाएर खान दिनुभयो, मैले खाएँ । हेर्नूस्, मलाई आफँै विश्वास गर्न गाह्रो भयो कि केहीबेर अघिसम्म चलाउनै नसक्ने घाँटीको दुखाइले पीडित म त्यसपछि एकदमै ठीक भएँ । यो कसरी भयो ? म आफैँसँग प्रश्न गर्न थालेँ ।’ उनलाई त्यसपछि झारफुकमाथि विश्वास नलाग्ने कुरै भएन ।

उनको स्नातक पढ्ने छोरो, १२ पढ्ने छोरी र विदेशमा बस्ने श्रीमान्लाई समेत केही समस्या आउँदा सब भन्दा पहिले उनी गुरुकैमा पुग्छिन् । पुग्छिन् मात्र हैन, निकोसमेत हुने गरेको बताउँछिन् ।

सविना बिरामी वा स्वास्थ्य समस्या मात्र होइन, केही सामान हराएमा वा बालबच्चाको ग्रह नक्षत्रमा कुनै दोष छ कि भन्ने जोखना देखाउनसमेत माताकोमै उपाय खोज्न पुग्छिन् । यति मात्र होइन, सविनाको छोराको बिहे गरेको ५ वर्ष भइसक्दा पनि सन्तान भएनन् । डाक्टरी उपचारले समेत काम गरेको थिएन । तर गुरु बालिकाले खास मन्त्र र विधिसहित फुकेर दिएको जल खाएपछि उनकी बुहारीले सन्तान जन्माएको उनले गर्वसाथ सुनाइन् । ‘गुरुले सम्भावित रोग पनि पत्ता लगाइ दिनुहुन्छ । डाक्टरकहाँ जानुपरे सल्लाह दिनुहुन्छ’– उनी कति विश्वस्त छिन् भन्ने देखाउँछ उनको यो भनाइले पनि ।

सविना मात्र होइन, पंक्तिकारले काठमाडौँका धेरैजसो धामी, झाँक्री र माताकहाँ बिहान, दिउँसो र साँझ तीनै प्रहर पुगेर सेवाग्राही र झारफुक गर्नेसँग भेट्दा त्यहाँ आउने हरेकको यस परम्पराप्रति विश्वास र आस्था अगाध रहेको पाइयो । धामी, झाँक्री, माताहरूले गर्ने उपचारमा एक प्रकारको दैवी शक्ति रहेको आभाष हुने गरेको अनुभव उनीहरूले सुनाए ।

उता, धामी, झाँक्री माताहरूले झारफुकको शक्तिको भिन्दाभिन्दै कारण रहेको बताए । गुरु बालिकाले आफू बिरामीले सिकिस्त भएको बेला उनलाई बचाएकै गुरुले आशीर्वाद दिएर आफू गुरु बालिका बनेको रोचक कथा सुनाइन् ।

.................

२९ वर्षिया पविता श्रेष्ठ शरीरभरि आएको खटिराले आजित भएर काठमाडौँका छाला रोग विशेषहरूकहाँ धाइन् । दिसा, पिसाब, रगत परीक्षणका साथै शरीरको छालासमेत काटेर डाक्टरले ल्याब परीक्षण गरेको र त्यहीअनुसारको औषधि दिएको सुनाइन् । तर औषधिको कुनै असर उनको शरीरमा देखिएन रे । औषधिले शरीरको खटिरा निको हुनुको साटो झनै बल्झिँदै गयो । त्यसपछि आफन्तको सल्लाहमा उनी साँखुको एक धामीकहाँ गइन् । विगतमा स्वास्थ्य स्वयंसेविका रहिसकेकाले पनि उनलाई सुरुमा धामीमाथि खासै विश्वास थिएन तर जब धामीले फुकेर केही खरानीमा केही औषधि मिसाएर दिएको खाएपछि उनको खटिरा हराउँदै गयो । त्यसपछि पविताको विश्वास धामीप्रति बढ्दै गयो ।

यो पनि पढ्नुहोस्

लिलाम बढाबढमा पार्टी : प्रजापरिषद्को हालतमा सद्‍भावना

‘लाखौँ रुपैयाँ खर्च गरेँ । कति डाक्टर धाएँ, कति परीक्षण गरियो तर शरीरभरि फैलिएको खटिरा निको भएन’, दुई सन्तानकी आमा पविताले झारफुकप्रति बढेको विश्वासबारे बताइन्, 'तर जब धामीकहाँ गएँ, धामीले अण्डामाथि झारफुक गर्नुभएपछि त्यो अण्डा नै कालो भयो । मेरो शरीरमा कसैले बिगार गरिदिएको धामीले बताउनुभयो । मन्त्र पढेर झारफुक गरिदिएपछि मेरो शरीरको खटिरा हराए । अनि भन्नुहोस् त कसरी विश्वास नगर्ने ?’– उनको प्रतिप्रश्न थियो ।

..........

४० वर्षिया अस्मिता प्रधानकी जेठी छोरी युवावस्थामा पुगेसँगै शारीरिक परिवर्तन बढेपछि केही हड्बढाउन थालिन् । त्यसपछि उनले छोरीलाई डाक्टरकहाँ लगिन् । तर केही सुधार भएन । त्यसपछि उनी परिवारको सल्लाहअनुसार पहिले माताकोमा गइन् । भाइको सल्लाहअनुसार धामीकहाँ पनि गइन् । यसरी छोरीलाई फुकाएपछि अहिले समस्या हटेको उनले सुनाइन् ।

माता सरस्वतीदेवी । तस्बिर : रुबी रौनियार/नागरिक

बल्खुमा माता सरस्वतीदेवीकहाँ कम्मरको दुखाइ भएर पुगेकी अस्मिताले छोरीलाई फुकाएर ठीक भएपछि आफू त्यसपछि केही समस्या आयो कि सबै भन्दा पहिले माताकहाँ आउने गरेको सुनाइन् । ‘जेठी छोरी ९ कक्षा पुगेपछि उसलाई अचनाक राति सपनामा तर्सिने, डराउने, हड्बढाउने हुन थाल्यो । के भयो भनेर हामी डाक्टरकहाँ जचाउन गयौँ । चार पाँच डाक्टर देखायौँ । पछि मनोवैज्ञानिककहाँ पनि लग्यौँ तर कुनै पनि डाक्टरको औषधिले काम गरेन । रुपैयाँ त धेरै खर्च भयो तर छोरी ठीक भइनन्’, अस्मिताले पीडा पोखिन्, ‘छोरीको अवस्था झनै बिग्रँदै गएपछि आमा र भाइको सल्लाहमा धामी देखाएँ । झारफुकपछि अहिले छोरी पहिले जस्तै स्वस्थ छिन् । छोरी र हामी दुवै खुसी छौँ । कक्षा ११ मा पढ्दैछिन् ।’ माताकहाँ कम्भर दुखेर फुकाइरहेकी अस्मिताले नागरिकसँग भनिन्, 'अहिले त हाम्रो परिवारमा कोही अस्वस्थ भयो या केही हरायो वा कुनै शुभ काम गर्नुपरेमा हामी माताकहाँ नै आउने गरेका छौँ ।'

डाक्टर र झारफुक दुवैमा विश्वास

अध्ययनका क्रममा डाक्टर र माता दुवैकहाँ धाउने गरेका कैयन् सर्वसाधारण भेटिए । डल्लुमा धामी उमेश राजभण्डारीकहाँ साँझ सात बजे पुग्दा त्यहाँ प्रहरी, सेना, व्यापारी, पत्रकार, नेता, शिक्षक र कर्मचारीलगायतका सबैखाले व्यक्ति समस्या लिएर समाधानको खोजीमा आएका भेटिए ।

त्यहाँ आउनेहरू स्वास्थ्य, पारिवारिक र सामाजिक समस्या लिएर समाधानको उपायको खोजीमा पुगेका थिए । कतिपय डाक्टरकहाँ जचाएर सिधै फुकाउन पनि आएका भेटिए । कोही नागरिकता हराएको रिपोर्ट प्रहरीमा गरेर धामी राजभण्डारीकहाँ पनि हराएको नागरिकता खोजी गर्न फुकाउन आएकासमेत भेटिए ।

डाक्टरलाई जाँच गराएर औषधिसहित छोरो लिएर धामी उमेशकहाँ पुगेका प्रकाश दर्जीले औषधिका साथै झारफुक पनि गराएर आफ्नो छोरो निको हुने विश्वासमा पुगेको सुनाए । ‘डाक्टरकहाँ जचाएर औषधि लिएर आएको छु’, प्रकाशले भने, 'डाक्टरको औषधिका साथै धामीकहाँ पनि फुकाउँदा बाबु छिटै निको हुने विश्वासका साथ गुरुकहाँ आएको छु । मलाई डाक्टर र धामी दुवैमाथि विश्वास लाग्छ ।'

धामी उमेशकैमा भेटिएका व्यापारी दम्पती नागरिकता हराएको भन्दै फुकाउन आएका थिए । धामी उमेश राजभण्डारीले मन्त्र उच्चारण गरी फुक्दै जाँदा घरमै काम गर्नेले लुकाएर राखेको भनिदिए । पछि ती दम्पती घर पुगेर सोधपुछ गरेपछि धामी राजभण्डार्रीले भने जस्तै काम गर्नेबाटै नागरिकता फेला परेको सुनाए ।

............

स्वयम्भूमा बिहान भेटिएकी एरोविक प्रशिक्षक राज्यलक्ष्मी स्थापितले पनि स्वास्थ्यमा समस्या आइपर्दा माता र डाक्टर दुवैकहाँ जाने गरेको बताइन् । उनले आफूमाथि विगतमा स्वास्थ्य समस्या आउँदा माताकोमा गएर रोग पहिचान भएपछि डाक्टरकोमा गएको रोचक प्रशंग उल्लेख गरिँन् ।

‘दुई वर्षअघि मलाई हातखुटा चिलाउने, फोका उठ्ने, हातको औला बाँगिएर गाह्रो हुने समस्या थियो । नियमित एरोविक गरिरहेकी म एक्कासि अस्वस्थ भएँ । हातखुटा चल्न छाड्यो । डाक्टरकहाँ गएँ । पूरै शारीरिक परीक्षण गराएँ । औषधि सेवन गरेँ’, प्रशिक्षक स्थापितले नागरिकसँग भनिन्– ‘तर स्वस्थ भएको महसुस भएन । साथीभाइले एकपटक माता देखाउन सुझाउनुभयो । मैले कुरा मानेर माताकहाँ गएँ । माताले फुकिदिनुभयो । केही ग्रहदशा पनि खराब रहेको भन्नुभयो । माताको सुझावअनुसार नागको पूजा गरेँ । त्यसपछि स्वस्थ हुँदै गएँ । त्यहीँ माताले मलाई बाथ रोग लागेको रहेछ भन्नुभयो,’ उनले आश्चर्य मान्दै थपिन्, 'माताको मुखबाट यस्तो कुरा सुनेर म आफैँ अचम्भ भएँ । माताले मलाई फुक्नुभयो र डा. विनित वैद्यकहाँ जान पनि भन्नुभयो । हेर्नूस् त राम्रो सेवा दिने माताले त सत्य कुरा भन्नुहुदोरहेछ नि । अनि म फेरि डा. विनित वैद्यकहाँ गएँ । अहिले स्वस्थ भएर एरोविक सिकाइरहेकी छु । यस कारण म माता र डाक्टर दुवैमा उत्तिकै विश्वास गर्छु ।'

..................

अशोक मगायाँ स्वयम्भूमा सधैँ भगवान् बुद्धको दर्शन गर्न आउने गर्छन् । उनले स्वयम्भू मठमन्दिर, गुम्बा र तन्त्रमन्त्रकै क्षेत्र रहेको बताए । स्वयम्भूकै स्थानीय बासिन्दा अशोकका अनुसार स्वयम्भू क्षेत्र वरिपरि धामी, झाँक्री र माताको साम्राज्य रहेको मानिन्छ । परिवारमा परम्परादेखि नै सबैजना डाक्टर र झारफुक दुवै ठाउँमा जाने भएकाले अशोक पनि झारफुक र डाक्टर दुबैमा विश्वास रहेको सुनाउँछन् ।

‘सानैदेखि हजुरबा-हजुरआमाले भन्नुभएअनुसार पहिले डाक्टर खासै थिएनन् । त्यतिखेर हाम्रो घरमा कोही गर्भवती हुँदा नेवार समुदायमा अजी भन्ने उहाँहरू घरमै आएर सुत्केरी गराउनुहुन्थ्यो । घरको कुनै सदस्यलाई कुनै रोग लागेमा वा केही भएमा झारफुक गरिन्थ्यो । अहिले हाम्रो पालामा चाहिँ कोही कसैलाई सानो बिरामी भए पनि हामी डाक्टरकहाँ जान्छौँ, त्यहाँ निको भएन भनेचाहिँ डाक्टरले नै हामीलाई धामी, झाँक्री, माता, गुर्जुलगायतकहाँ गएर झारफुक गराउनूस् भन्नुहुन्छ । हेर्नूस् त, डाक्टरसमेतले मलाई एकपटक यस्तै फुकाउन सल्लाह दिनुभयो’, उनले अनुभव सुनाए, 'आफू बिरामी हुँदा पहिले अस्पताल र डाक्टरकोमै जचाउनुपर्छ । तर उहिलेदेखि गरिरहेको परम्पराअनुसार चामल पन्छाउने, माता, गुर्जु वा झाँक्री आफूलाई कोमाथि विश्वास लाग्छ, फुकाउनु पनि पर्छ । झारफुक र ओषधि उपचार दुवै गर्नुपर्छ ।'

यो पनि पढ्नुहोस्

अख्तियारबाट जोगिन अदालतमा ‘लेनदेन’ मुद्दा

..........

झारफुकमाथि विश्वास छैन

अर्कोथरी जमात भने धामी, झाँक्री र माताले गर्ने झारफुकमाथि विश्वास नै नगर्ने छन् । अर्थात् यस्ता झारफुक गर्नेहरूबाट ठगिएर यसप्रति विश्वास नगर्नेहरूले झारफुक भन्दा डाक्टरलाई नै विश्वास गर्न सुझाउँछन् ।

काठमाडौँस्थित वनस्थलीका प्रमानन्दप्रसाद पण्डित घरछेउमै धामीले ढ्याङ्ग्रो ठोकेर उपचार गर्ने गरेको उनी दिनहुँ देख्छन् । धेरै ब्यक्ति झाँक्रीकहाँ आएर उपचार गराइरहेका र निको भएर फर्केका सधैँजसो देखे पनि उनी यस्ता झारफुकमाथि कहिल्यै विश्वास नभएको सुनाउँछन् । ‘मैले मेरो घरैछेउको झाँक्रीकहाँ विश्वास लिएर आएका र उपचार गराएर फर्केका मानिस दिनहुँ देख्छु तर म विश्वास गर्दिन’, अविरल वर्षाका बाबजुद पनि मर्निङवाकमा निस्केका पण्डित भन्छन्, 'मलाई स्वास्थ्यसम्बन्धी केही समस्या भएमा डाक्टरकहाँ जान्छु ।'

धामी उमेश राजभण्डारी । तस्बिर : रुबी रौनियार/नागरिक

..............

जुस व्यवसायी राधा ढुंगानालाई पनि झारफुकमाथि फिटिक्कै विश्वास छैन । किनभने उनी यस्तै धामी, झाँक्री र माताबाट विगतमा ठगिएकी रहिछिन् । काठमाडौँ महानगरपालिका–७, चाबहिल निवासी राधाले विगतमा पारिवारिक र स्वास्थ्य समस्याका लागि धामी, झाँक्री र माताकोमा पुगेर हजारौँ रुपैयाँ खर्च गरे पनि कुनै लाभ नभएपछि विश्वास उडेको बताइन् । ‘समस्या पर्दा धामीकहाँ गएर ७० हजार रुपैयाँ खर्च गरेँ । पारिवारिक र स्वास्थ्य समस्या निकै थियो तर केही लाभ भएन’, राधाले आफू ठगिएको पीडा सुनाइन्, 'धेरै धामीकहाँ धाएँ । कतिले यस्तो गर, उस्तो गर, नत्र तेरो घरका मान्छेको मृत्यु हुन्छ भन्दै मलाई तर्साए । यसरी म ठगिएँ । त्यसपछि कहिल्यै गइन । यो अन्धविश्वास हो । त्यसपछि मलाई सामान्य घाउ, चोटपटक लाग्दा पनि डाक्टरकहाँ जान्छु । केही हराएमा पुलिसकहाँ जान्छु ।'

...........

किमडोलमा भेटिएका हरिश कल्पितलाई पनि झारफुकमाथि विश्वास लाग्दैन । उनी केही वर्षअघि समस्या पर्दा परिवारको करकापमा एक दुईपटक झारफुकका लागि धामी र माताकहाँ गए पनि विश्वास भने कहिल्यै नलागेको बताए । ‘म सञ्चो नभएर एक दुईपटक धामी–झाँक्रीकहाँ गएँ । तर त्यहाँ गएपछि जहिले पनि केटीले बिगारेको छ मात्र भन्थ्यो । खासमा ट्रेकिङबाट फर्कँदा भिटामिन बीको कमीका कारण म बिरामी परेको रहेछु । हातखुट्टा चलेको थिएन । परिवारले माताकहाँ, धामी, झाँक्रीकहाँ लगे । एकदिन कीर्तिपुरमा एक गुभाजुकहाँ पनि लगे परिवारले’, हरिशले थपे, ‘त्यहाँ मलाई कुच्चैकुच्चाले बेस्सरी हान्यो । कस्तो दुखेको थियो भन्ने अझै याद छ । अनि केटीले बिगारेको छ भन्यो । जुन धामीकहाँ गए पनि केटीले बिगारेको मात्र भन्थे । यो सुन्दा मलाई हाँसो लाग्थ्यो ।’ लेखक एवं साहित्यकारसमेत रहेका हरिशले हाँस्दै भने, 'होइन, केटीको अरू काम हुँदैन जबकि मलाई बिगार्दै मात्र हिँडून् ? पछि डाक्टरकहाँ जचाउँदा पो भिटामिन बीको कमीले हातखुट्टा नचलेको थाहा पाएँ । त्यसपछि डाक्टरी औषधिले ठीक भएँ ।

............

झारफुकमाथि मात्र विश्वास

एकथरी जमात यस्तो छ जसलाई जस्तोसुकै समस्याको उपचार खोज्न पनि झारफुककै मात्र भर लाग्छ । बल्खुमा माता सावित्रीदेवीकहाँ पुग्दा त्यहाँ आएकी सीता बयलकोटी आफूलाई स्वास्थ्य र अन्य कुनै समस्या पर्दा अन्यत्र कतै नजाने बताइन् । ‘मलाई रिंगटा लागेर विसञ्चो भएर सावित्री माताकहाँ फुकाउन आएको हुँ’, सीताले भनिन्, 'मलाई माताकोमै विश्वास लागेर यहाँ वर्षौँदेखि आउने गरेकी छु । मलाई यहीँ फुकाएपछि सञ्चो हुन्छ । डाक्टरकहाँ त कहिल्यै पनि जान्न ।'

........

यस्तै बालाजु पुल शंकर मन्दिरमा रहेका झाँक्री चेतबहादुर थिङकहाँ दिउँसो झारफुकका लागि पुगेका सेतो सर्ट धारी पनि अस्वस्थ भएर उपचार गराउन आएका थिए । झाँक्रीमाथि मात्र विश्वास लाग्ने हुनाले समस्याको समाधान खोजीमा उनी झाँक्री गुरु थिङकोमा आएको बताए । झाँक्री चेतबहादुरले चामलले फुकेर उपचार गरिदिएपछि शरीर हल्का भएको महसुस हुँदै गएको उनले बताए ।

झाँक्री चेतबहादुरले चामलले फुक्दा सेतो सर्टधारीलाई जंगली र काँचो मसान लागेकाले उपचारको विधि बताएअनुसार सोहीअनुसार उपचारमा लागे । केहीबेरको झारफुकपछि सेतो सर्ट पहिरिएकाले भने, 'कतिपय रोगको उपचार डाक्टरले गर्न सक्दैन । त्यसका लागि धामी र झाँक्री आवश्यक पर्छ । मेरो रोग यस्तै हो । यस कारण म झाँक्रीकहाँ मात्र आउँछु । निको पनि हुन्छ ।'

.............

कसरी बन्छन् धामी, झाँक्री र माता ? अनि कसरी हुन्छ झारफुक ?

अध्ययनका क्रममा धामी, झाँक्री र माता कसरी बन्छन् भन्ने विषयमा पनि बडो रोचक तथ्य पाइयो । विशेषगरी माताहरू आफैं बिरामी भएपछि वा भनौँ संघर्षबाट जुधेर पछि शक्ति प्राप्त गरेको भनाइ पाइयो । माताहरूले घरमै आसनमा बसेर झारफुक गर्ने गरेका पाइयो । आफू केही नभएको तर आसनमा बस्दा उनीहरूको शरीर प्रयोग गरी देवी देवताहरूले सबै गर्ने गरेको दाबी पाइयो । धामी, झाँक्रीहरू भने आसनमा बसेर र आवश्यकताअनुसार बाहिरफेर गएर पनि झारफुक गर्ने गरेका देखियो । माता, धामी र झाँक्री यी सबैको गुरु भने हुने रहेछन् । अधिकांशले गुरुबाट लिएको विद्याबाट झारफुक गर्ने गरेको बताए ।

उपचारका क्रममा चामल र बाटेको धूपको विशेष प्रयोग हुने गरेको देखियो । यसैगरी अण्डा पनि झारफुकको एउटा दरिलै माध्यम रहेको पाइयो । झारफुक गर्ने तरिका भने एउटै अर्थात् आसनमै बसेर मन्त्र जप्दै गर्ने गरेको पाइयो । हुन पनि, यो एउटा विश्वास र आस्थामा टिकेको परम्परागत सेवा रहँदै आएको छ । तर यसप्रति सरकारी तर्फबाट कुनै नियम, कानुन र प्रष्ट दृष्टिकोण नभएकाले कतिपय अवस्थामा झारफुक सेवा लुकिछिपी भइरहेको छ । कोहीले पानीमा फुकेर ओषधि दिने रहेछन् त कोहीले भने चामलमै खरानी मिसाएर फुकेर दिने रहेछन् । कोही समस्या समाधान गर्न अरू उपाय गर्न लाउने रहेछन् । काठमाडौँ महानगरभित्र झारफुक सेवा दिनेहरू गल्ली र चोक–चोकमा छन् । माताहरू प्रायः महिला हुन्छन् भने धामी झाँक्रीमा चाहिँ महिला कम छन् ।

.........

झारफुकबाट उपचार गर्ने गुरु बालिका । तस्बिर : रुबी रौनियार/नागरिक

समस्यामा परेपछि माता बनेँ

स्वयम्भूमा गुरु बालिकाकोमा बिहान सबेरै पुग्दा उनी आफ्नो नित्य पूजामा व्यस्त थिइन् । पूजा सकेर उनी आसनमा बसिन् । उनीकहाँ आएको बिरामीलाई धूप बालेर मन्त्र पढेर झारफुकबाट उपचार गरिन् । गुरु बालिकाले यसरी झारफुकबाट बिरामीहरूको विभिन्न रोगको उपचार गरी निको पार्ने गरेको र यसबाट निको नहुने देखिए डाक्टरकोमा पठाइदिने गरेको बताइन् ।

उनले बिरामी मात्र नभएर अन्य सामाजिक समस्या लिएर आएकाहरूको समेत झारफुकबाटै समाधानको उपाय बताउने गरेकोसमेत सुनाइन् । गुरु बालिकाको वास्तविक नाम उर्मिला शाही हो । १० वर्षअघि उर्मिला सिकिस्त बिरामी परिन् । उनको परिवारले डाक्टरकोमा उपचार गराए पनि निको नभएको र गुरु शिव शर्माकोमा पुगेपछि झारफुक गरी उपचार गरेपछि बल्ल निको भएको बताइन् । यहीबीच गुरुको मृत्यु भयो । यसको चार वर्षपछि उर्मिला फेरि निकै सिकिस्त बिरामी भइन् । डाक्टरको उपचारले काम गरेन । पछि फेरि उर्मिलाले गुरु शिव शर्माको फोटोमा ढोगेर पूजा गरेपछि उनको शरीरमा गुरु चढेको र सोही दिनदेखि उनको नाम गुरु बालिका बनेको उनले आसनबाटै नागरिकलाई बताइन् ।

यो पनि पढ्नुहोस्

चिकित्सकको लापरबाही, महिलाको पिसाब थैलीमा प्वाल

त्यसपछि आफू झारफुकबाटै सामाजिक सेवामा १० वर्षदेखि निरन्तर लागिरहेको पनि उनले सुनाइन् । कुराकानीका क्रममा समेत उनको शरीरमा गुरु चढेको अनुभव भइरहेको थियो । गुरु बालिका घरि शरीर कमाउँथिन्, घरि आँखामा आँसु भरी भावुक बन्थिन् । ६० वर्षिया उनले आफू आसनमा बसेपछि मात्र झारफुकको शक्ति आउने गरेको ‘रहस्य’ समेत खुलाइन् । सुरुका दिनमा शरीरमा शिव भगवान चढ्दा शरीर काम्ने, रुने, कराउने गर्दा परिवारमा त्रास थियो । ‘सुरुमा मेरो छोराले म धेरै बिरामी भएकाले रिसाएर मेरो गुरुलाई नानाथरी भन्यो । गुरुलाई गालीगलौज गरेपछि मेरो छोरो पनि बिरामी भयो । तर पछि मैले र मेरो श्रीमान्ले गुरुसँग क्षमा माग्यौँ । मेरो शरीरमा गुरु आउनुभयो । मैले पानीमा फुकेर दिएपछि मेरो छोरो पहिले जस्तै स्वस्थ भयो’, गुरु बालिकाले आफू झारफुकमा प्रवेश गरेको सुरुवाती दिनको प्रसंग सुनाइन्– यसपछि मेरो परिवारले मलाई विश्वास गर्न थाल्यो । नाति बिरामी पर्दा पनि फुकेर ठीक पारेँ । यसरी परिवारका सदस्यहरू मेरो झारफुकबाट निको हुँदै गएपछि यो कुरा घरबाहिर पनि फैलियो । अनि म गुरु बालिका बनेँ ।

उनले आसनमा काम्दै भनिन्, ‘मेरो गुरुले सही काममा प्रयोग गर्न मात्र मन्त्र दिनुभएको हो । मैले गुरुको आज्ञाअनुसार झारफुक सेवा गरिरहेकी छु । मकहाँ डाक्टर, पाइलट, इन्जिनियर, शिक्षक, कर्मचारी र विदेशबाट समेत भक्तजनहरू रुँदै समस्या लिएर आउनुहुन्छ । समाधान भएपछि हाँस्दै फर्कनुहुन्छ । यो सेवा विश्वास र आस्थामै टिकेको छ ।

............

पुस्तान्तणसँगै झाँक्री, ढ्याङ्ग्रो ठोक्दैमा क्राँक्री बन्दैन

एक दिन दिउँसो बालाजुस्थित शिवमन्दिरमा रहेका झाँक्री गुरु चेतबहादुर थिङको आश्रममा पुग्दा त्यहाँ पनि झारफुक सेवाग्राहीको भिड थियो । थिङका अनुसार झाँक्री संस्कृति प्राचीन कालदेखि नै चलिआएको हो । यो बोन संस्कार हो । उनका अनुसार पुर्खामा कोही झाँक्री छन् भने मृत्युपछि पूर्वजहरू नाति, पनाति वा आफूले रुचाएको व्यक्तिको शरीरमा आएर सबै शक्ति दिन्छन् । र झारफुक गर्ने, भूतप्रेत भगाउनेलगायतका बिरामी निको पार्ने शक्ति सर्दोरहेछ ।

डाक्टर नभएको प्राचीन युगमा बोन संस्कार र सभ्यतादेखि चलिआएको झाँक्री संस्कृति हो । सोही दिन पनि उनी विश्वास गरी आउनेहरूलाई रोगअनुसारको चामलमा मन्त्र जप्दै झारफुक गरिरहेको भेटिए । ‘झाँक्रीले प्रकृतिको पूजा गर्छन् । र, प्राकृतिकरूपमै उपचार गर्छन् । हात भाँचिदा बासको काम्रो बनाएर भाँचिएकामा बाँधेर गर्ने धामी, झाँक्रीको उपचार पद्धतिबाट आज वैज्ञानिक उपचार पद्धतिको विकास भएको हो’, आफ्ना जिजु बाजे झाँक्री रहेको र उनैबाट झाँक्री विद्या सिकेका थिङले नागरिकसँग भने, 'बोन संस्कृतिको झाँक्री सेवा म १३ वर्षको उमेरदेखि नै बाजेबाटै सिकेर गरिरहेको छु । अहिले म ३१ वर्ष पुगेँ। जिजु बाजे झाँक्री थिए । पुर्ख्यौली सेवा हो जुन ममा सर्‍यो । बाजे मेरो शरीरमा धारण गर्नुभयो र म झाँक्री बनेँ ।'

उनले थपे– ‘बिरामी अउनासाथ हामी बिरामीको जोखना हेरेर अस्पतालमा जाने हो कि धामी झाँक्री लगाउनेबारे छुट्याएर मात्र उपचार गर्छौँ । पुर्खाले सिकाएको जडीबुटी औषधि दिन्छौ‌ं । प्राचीनकालको डाक्टर, इन्जिनियर नै हामी धामी, झाँक्री हो । विगतमा अस्पतालको विकास नहुँदा र इन्जिनियर नभएको समयमा हाम्रा बाउबाजेले धामी, झाँक्री नै डाक्टर र इन्जिनियरको काम गर्नुहुन्थ्यो । यति मात्र होइन, पूर्वसमयमा घर बनाउँदा हामी धामी, झाँक्रीकहाँ माटो देखाउने, घर बनाउने शुभसाइत देखाउने, घरभित्र शौचालय, कोठा, भान्छा, मूल ढोका कुन दिशामा राख्ने जस्ता वास्तुकलाका सबै काम धामी झाँक्रीले गर्थे । पुर्वजले दिएका उपायअनुसार नै घर बनाइन्थ्यो ।'

पछिल्लो समय ढ्याङ्ग्रो मात्र ठोकेर फटाहा कुरा गरेर प्रचारका लागि मात्र धामी, झाँक्री बन्ने विकृति पनि उत्तिकै देखिएकोमा राज्यका निकायले यसमा ब्यवस्थापनका लागि पहल गर्नुपर्ने उनको सुझाव छ । ‘भक्तजनले बोलाउनुभयो भने हामी बाहिर गएर पनि उपचार गर्छौँ’, उनले थपे– सेवा गर्न चाहनेलाई गुरु मन्त्र दिएर झाँक्री पनि बनाउने गर्छौँ तर यसका लागि सिक्न चाहने व्यक्तिको शरीरमा देवता आउने र काम्न भने सक्नुपर्छ । उनको आश्रममा काम्दै गरेकी एक महिलालाई झाँक्री बनाउने क्रियाकलाप पनि कुराकानीकै क्रममा देख्न पाइयो ।

...........

वन झाँक्रीको आशीर्वादले धामी सेवा

साँझको करिब सात बजे काठमाडौँको डल्लुमा रहेको उमेश राजभण्डारीकहाँ पुग्दा झारफुक गर्ने आसन भएको कोठा सेना, प्रहरी, व्यापारी, बच्चासहित आएका अभिभावक, शिक्षकले भरिभराउ थियो । शनिबार झारफुकका लागि उत्तम दिन भएकाले पनि निकै भिड थियो । डाक्टर त कुनै एक रोगको विशेषज्ञ हुन्छन् तर विश्वास र आस्था राख्नेका लागि धामी, झाँक्री र माता त हरेक समस्याको समाधान खोजिदिने सबै थोकको विशेषज्ञ हो जस्तो भान हुन्थ्यो । उमेशकहाँ समस्या लिएर आएको एक जोडीलाई देखेर उनले मुस्कुराउँदै भने, ‘के हो आज शनिबार भएको बिदाको मौकाको फाइदा उठाउँदै फौजी दम्पती नै आएका रहेछन् त ।’, त्यसपछि कोठामा उपस्थित फौजी दम्पतीको एकै स्वरमा जवाफ आयो, ‘के गर्ने गुरु, बिदाको समय पारेर दुवैजना आयौँ । समस्या आयो । समाधानको उपाय खोजिदिनुपर्‍यो ।’ यसरी गुरु उमेश हरेकथरीका सेवाग्राहीलाई समस्याअनुसारको मन्त्र जप्दै उपचार गर्दै थिए ।

५४ वर्षीय उमेशलाई २०४४ सालमा वन झाँक्रीले उठाएर लगेको र बनमा उनलाई १४ महिना राखेर धामी ज्ञान दिएर फर्काएपछि आफू धामी सेवामा लागेको दावी गरे । उनका अनुसार धामी विद्या अर्थात् झारफुक सेवा विद्या र ज्ञान भएकाले यो विज्ञानसँग समेत जोडिएको छ । ‘परापूर्व कालमा कुनै डाक्टर नभएको समयमा धामी झँक्रीले नै सबै रोग र समस्याको समाधान गर्थे । यस कारण झारफुक तन्त्रमन्त्र विज्ञनसँग जोडिएको छ’, उमेश भन्छन्, 'म आफ्ना भक्तजनको विश्वास र आस्थामा काम गरिरहेको छु ।'

उनी थप्छन्, ‘मेरा लागि झारफुक व्यवसाय होइन । मेरो सेवाको कुनै दर तोकिएको छैन । भक्तजनले आफुखुसीले सक्दो दान-दक्षिणा दिनुहुन्छ । दिए पनि नदिए पनि ठीक छ । आजसम्म कसैलाई अन्तर्वार्ता दिएको छैन । नागरिकलाई पहिलोपटक अन्तर्वार्ता दिँदैछु । म कामले प्रचार हुनुमा विश्वास गर्छु तर केही गलत प्रवृत्तिका व्यक्तिका कारण यो सेवामा विकृति फैलिएकोेमा भने चिन्ता लागेको छ । सही र सत्यतथ्यमा आधारित तरिकाले गरिने झारफुक सेवा खुलारूपले चल्नुपर्छ । यसका लागि राज्यका सम्बन्धित निकायले धामी, झाँक्री, मातालगायतका झारफुक सेवा दिनेहरूको क्षमता पहिचान गर्न सक्ने संयन्त्र निर्माण गरी नियम र व्यवस्थापन गर्नुपर्छ ।'

‘भगवानको आशीर्वाद र तपस्याले माता’

बल्खुको सतीदेवी सरस्वती माताकहाँ साँझ पुग्दा विभिन्न रोग देखाउन आएका बिरामीले कोठा भरिएको थियो । कोही रातभरि वान्त भएको बच्चालाई लिएर आएका थिए त कोही छोरीलाई ज्वरोले च्यापेर ल्याएको बताउँथे । कोही शारीरिक दुखाइ असह्य भएर आएका थिए त कोही भने अपच भयो र आँखा लागेको भन्दै आएका भेटिए । यतिसम्म कि उनको कोठा भरिएकाले धेरै बिरामी भर्‍याङमा समेत बसेर पालो कुरिरहेका थिए । उनको फुक्ने पद्धति भने सबैलाई उही थियो । बाटेको धूप बालेर काम्ने अनि मन्त्र पढ्दै पन्छाउने । पन्छाएपछि उनले सबैलाई सात दाना चामल फुकेर कचौरामा पिँधेर औषधि बनाएर पिउन दिन्थिन् । यति मात्र होइन, उनी अलि कडा रोग भएका बिरामीलाई फुकेपछि भने केहीबेर काम्थिन् पनि ।

४९ वर्षिया यी माताको शरीरमा सरस्वती माता आउने भएकाले उनको झारफुक गर्दाको नाम सतीदेवी सरस्वती भएको हो । खासमा उनको वास्तविक नाम सावित्रीदेवी रहेछ । तर सबैले माता भन्ने गर्छन् । हुन त सात वर्षको उमेर हुँदा उनको शरीरमा सरस्वती माता आउने गरेको र काम्ने गरेको पनि सुनाइन् । सपनामा माता आउने र आशीर्वाद दिएकै कारण बाल्यकालमै आफूले जडीबुटीसमेत पहिचान गर्न सक्ने भएको उनको दाबी छ ।

‘झारफुक विद्या आएपछि मैले परिवारमा मात्र फुक्ने गर्थेँ तर भुइँचालोपछि सेवाका रूपमा गर्न थालेँ । विश्वास लिएर आउनेहरूको मेरो झारफुकले निको हुँदा उनीहरूको खुसी नै मेरो खुसी बन्यो । मकहाँ धेरैजसो बच्चा फुक्ने, रुन्चे र भूतप्रेत लागेको पन्छाउनेहरू आउनुहुन्छ । सेवाले फाइदा हुन्छ । खुसी भएर जानुहुन्छ’, दुई छोराकी आमा सावित्री थप्छिन्, 'पारिवारिक समस्या समाधानका लागि, पतिपत्नीको सम्बन्ध राम्रो बनाइदिन र कतिपयचाहिँ मोहनी लाउन भन्दैसमेत आउनुहुन्छ । सक्ने काम झारफुकबाट समाधान गरिदिन्छु । नसक्ने अवस्थामा डाक्टरकहाँ पठाइदिन्छु ।'

के भन्छन् विज्ञ ?

संस्कृतविद् प्रा.डा. जगमान गुरुङ । तस्बिर : रुबी रौनियार/नागरिक

खुलारूपमै झारफुकका लागि अनुमति दिनुपर्छ

संस्कृतविद् प्रा.डा. जगमान गुरुङका अनुसार झारफुक सेवा हो । तर अन्धविश्वास र जडसूत्रवादी चिन्तनले नेपालका माता, धामी र झाँक्रीहरूले यो सेवा लुकिछिपी गर्नुपर्ने अवस्था छ । यसकारण योग्यता र क्षमताको परीक्षण गरी अनुमति दिने र खुलारूपमा सेवा गर्ने ब्यवस्था राज्यले गरिदिनुपर्नेमा उनको जोड छ । झारफुक गर्न सक्नेलाई विदेशमा पनि ‘विच डाक्टर’ भन्दा रहेछन् । राज्यले दिने सबैखाले सुविधा तिनले पाउँछन् । यसकारण नेपाल सरकारले पनि यस्ता सेवा गर्नेलाई खुला गरिदिए विकृति हट्ने उनको ठहर छ ।

कसरी मिल्छ झारफुक गर्ने शक्ति ?

प्रा. डा. गुरुङले साधना र भगवानको आशीर्वाद गरी दुई किसिमबाटै झारफुकका लागि शक्ति प्राप्त हुने अनुभव सुनाए । तर यसमा पनि कुटज्ञान र सद्ज्ञान गरी दुई प्रकारको ज्ञान हुने गरेको उनले स्पष्ट पारे । नेपालका गुरुङहरूमा प्रचलित चिनियाँ तिब्बती ज्योतिषशास्त्रमा विद्यावारिधि गरेका गुरुङले कुुटज्ञानमा आधारित झारफुक जसमा मारणमोहनको शक्ति हुने र सद्ज्ञान प्राप्त गरी धामी, झाँक्री र माता बनेकाहरूले बिरामीलाई निको पार्ने र बचाउने सेवामा ज्ञान प्रयोग गर्ने उनले बताए ।

तन्त्रमा बाँधिएको राष्ट्र नेपाल

प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत भइसकेका गुरुङले चिना हेर्ने, झारफुक गर्ने र सकेका बिरामी निको पार्ने झारफुकको ज्ञान आफ्ना जेठो बाबाट पाएको सुनाए । नेपाली संस्कृति झारफुकमै अडिएको उनको दाबी छ । ‘धार्मिक र सांस्कृतिक मान्यताअनुसार देवी-देवताको धामसँग सम्बन्धित धामी हुन्छ । देवी देवता चढेर जुन झाँग आउँछ त्यो झाँक्री हुन्छ’, संस्कृतिविद् गुरुङले नागरिकसँग भने, 'यो हरेक जाति समुदायमा हुन्छ । नाम मात्र फरक हो । नेपाल तन्त्रद्वारा बाँधिएको राष्ट्र हो । नेपालको पुनः एकीकरणको जग नै गुरु गोरखनाथसँग जोडिएको छ । काठमाडौँकै कुरा गर्ने हो भने यो देवी देवताको शहर हो । यस कारण नेपालमा झारफुक परापुर्वकालदेखि स्थापित सेवा हो । म अहिले पनि चिना हेर्ने काम गर्छु ।'

झारफुक विज्ञानमा आधारित

नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयमा स्वर्ण पदक पाएका ७८ वर्षीय गुरुङले श्री १०८ स्वामी देवानन्द वेदान्त केसरीबाट देवीको दीक्षा, रुद्रागिरी गुरुबाट पञ्चाश्री मन्त्रसमेत हासिल गरेका छन् । ‘सत्य युगमा धामी, झाँक्रीको माध्यमबाट देवी देवता र मानिसबीच कुराकानी हुन्थ्यो । कली युगमा पाप बढ्यो, हुँदैन । पहाडमा धामी झाँक्री भन्छ । तराईमा थारू समुदायमा झाँक्री पनि हुन्छ र सोखा पनि हुन्छ । मुस्लिम समुदाय र क्रिस्चियनमा मात्र होइन, विश्वमै धामी, झाँक्री र बोक्सी पनि हुन्छ । यो विज्ञानमा आधारित सेवा हो,’उनको भनाइ छ ।

उनले उदाहरण दिँदै थपे, 'म १६ वर्षको थिएँ । कसैले मलाई भनिदियो कि दाँत दुखेको निको पार्न नाँगै भएर खुर्सानीको जरा खनेर बुटी बनाएर लगाएमा निको हुन्छ । म भन्दा पाँच वर्ष कान्छाको दाँत दुखेको थियो । परीक्षण गर्न म बारीमा गएँ । उसको सबै कपडा खोलेँ । कसैले पनि देखेन । खुर्सानीको जरो उखेलेर बुटी बनाएर लगाइदिएँ । निको भयो । यसकारण यसमा विज्ञान जोडिएको छ । यस कारण पनि यो सेवाको सबैले संरक्षण गर्नुपर्छ ।'

‘आदि अनादि कालदेखि डाक्टर नभएको समयमा धामी, झाँक्री र झारफुक गरेरै सबै रोगको उपचार गरिन्थ्यो । हात खुट्टा भाँचियो भने प्राकृतिक जडीबुटी दिने अनि बाँसको काम्रो बाँधेर धामी, झाँक्रीले फुकेर उपचार गर्थे र गर्छन् ।’ यस कारण यो विज्ञानसँग जोडिएको उनको दाबी छ । डाक्टरले निको पार्न नसकेको बिरामी फुकेर निको हुने भएकाले झारफुक सेवा विज्ञानसँग जोडिने उनको तर्क छ । केही रोग त उनी आफैंले पनि फुकेर निको पार्ने दाबीसमेत गरे । ‘मैले दाँते कीरा झार्ने मन्त्र आफ्नो सासूबाट सिकेँ । मन्त्र त आचावाचा होला भनेको त, फस्स न फुस्स पो रहेछ । र, यो मन्त्र ठीक छ कि छैन भनेर गाउँमा टेस्ट नै गरेँ । निको भयो । त्यसपछि गाउँभरि जगमानले झारफुक गर्छ भन्ने हल्ला चल्यो ।

उनी आफैँले फुकेर दाँते कीरा निको पारेको ५६ वर्षअघिको वृतान्त यसरी सुनाए, 'मेरो गाउँमा नाता पर्ने प्रधानपञ्चको श्रीमतीलाई दाँते कीराले निकै थला पारेको थियो । मलाई बोलाउनुभयो । मैले स्लेटमा खरीले मन्त्र लेखेर फुक्नुपर्ने तर गाउँमा स्लेट र खरी दुवै पाइएन । त्यसपछि फलेकमा रातो माटोले मन्त्र लेखेर झारफुक गरिदिएर घर फर्केँ । त्यसपछि उनकी श्रीमती त निको भएर घरमा भात पकाइरहेको र खाएको पनि देखेँ । यो के हो ? विज्ञान त हो नि ।'

‘म आफैँ यसको उदाहरण हो’, उनले सुनाए, 'तर कली युगमा घरैपिच्छे धामी, झाँक्री र पछिल्लो समय माता भएका छन् । ढ्याङ्ग्रो पिट्दैमा सबै झाँक्री हुँदैनन् । अहिले सहरका गल्ली-गल्लीमा बग्रेल्ती देखिने धामी, झाँक्रीले सेवाका नाममा गलत काम गरेका पनि देखिएको छ । विदेशमा त ‘बोक्सी डाक्टर’ नै भनिन्छ । लाइसेन्स पाउँछन् । उनीहरूले ठूला मल र यातायातमा छूट पाउँछन् । नेपालमा पनि अब यस्ता आदिकालदेखि चलिआएको धामी, झाँक्री, तन्त्रमन्त्र र माताको सेवा संरक्षण गर्नुपर्छ । संस्कृति मन्त्रालयले दक्षता र क्षमता परीक्षण गर्ने संयन्त्र बनाएर लाइसेन्स दिनुपर्छ । अनि मात्र झारफुक सेवा व्यवस्थित र मर्यादित बन्छ ।'

मानव उत्पत्तिको विकासक्रमसँग जोडिएकाले संरक्षण आवश्यक

मानवशास्त्री जनक राईका अनुसार किरात समुदायमा धामी महत्त्वपूर्ण संस्था हो । जन्मदेखि मृत्यु संस्कारसम्मको कार्य गर्न धामी अति आवश्यक पर्ने उनले बताए । मानव उत्पत्ति र यसको विकासक्रमसँग धामी, झाँक्री जोडिएकाले यो सेवालाई सबैले संरक्षण गर्नुपर्नेमा उनको जोड छ ।

धामी उमेश राजभण्डारी । तस्बिर : रुबी रौनियार/नागरिक

धामी, झाँक्री झारफुक विश्वास, परम्परा र प्रथा हो

मानवशास्त्री राईका अनुसार १९७० को दशकदेखि नै स्वदेशी र विदेशी विज्ञहरूले धामी, झाँक्रीबारे अध्ययन गरिरहेका छन् । यो धामी, झाँक्री नेपालमा मात्र होइन, विश्वका हरेक ठाउँमा विश्वास र धर्म/संस्कृतिसँग जोडिएको परम्परा हो ।

‘धर्म र मानिसको स्वास्थ्य बुझ्ने फरक किसिमको विश्वास प्रथा र परम्परा हो धामी झाँक्री’, उनले थपे, 'हिन्दु र गैरहिन्दु सबैमा यो विश्वास परम्परा कायम छ । आदिवासी÷जनजाति समुदायमा धामी महŒवपूर्ण हो । म किराँती संस्कृतिको भएकाले हाम्रा लागि जन्मदेखि मृत्यु संस्कारसम्म धामी महŒवपूर्ण हो । धामी परम्पराबाट चलिआएको एउटा संस्था हो । पछिल्लो समय धामी, झाँक्री र माता फरक फरक किसिमले आएका छन् । मातामा महिला मात्र हुन्छन् भने धामी, झाँक्रीमा चाहिँ पुरुष र महिला दुवै हुनु रमाइलो पक्ष पनि हो । जहाँ चिन्ता बढेको हुन्छ, भविष्य अनिश्चित हुन्छ, अर्थतन्त्र र कारोबारमा गिरावट हुन्छ, त्यहाँ त्यहाँ जादू, टुना र झारफुक जोडिएको हुन्छ ।'

झारफुक संसारका विभिन्न ज्ञानमध्ये एउटा

राईका अनुसार सुदूरपश्चिम र कर्णालीमा धामी परम्परा एकदमै प्रचलनमा छ । संसारका विभिन्न किसिमका ज्ञानमध्ये एउटा विज्ञान हो । यस कारण केलाई अन्धविश्वास मान्ने भन्ने कुरा उठ्छ । जहाँ विश्वासको कुरा आउँछ त्यहाँ अन्धविश्वास र विज्ञानको मानक बनाउन मुस्किल पर्छ ।

यस कारण सबैलाई एउटै डालोमा हालेर हेर्नुहुँदैन । विश्व प्रसिद्ध किताब ‘ह्यारीपोर्टर’, ‘स्पाइडर म्यान’, ‘सुपर म्यान’, यी सबै महाशक्तिमा आधारित छन् । राज्यको निकायमा बस्नेले यो प्रथाले कुनै हिंसा, दण्डहीनता वा विभेद बढाएको छ भने कानुनी उपचार गर्नुपर्छ । तर धार्मिक परम्परासँग जोडिएको विषयलाई अपराधसँग जोडेर हेर्न मिल्दैन । उनको प्रश्न छ– यस कारण राज्यका सम्बन्धित निकायले यसलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्छ । तर यसो गर्दा बुझेर मात्र अघि बढ्नुपर्छ । आफू सातवटा औँठी लगाएर सार्वजनिक कुर्सीमा बस्नेले यो झारफुक सेवालाई अन्धविश्वास भन्न मिल्छ ?

‘मानव सांस्कृतिक प्राणी हो । उसमा विश्वास र आस्था पहिलेदेखि नै हुने विभिन्न अध्ययनले देखाएका छन् । मरेको मान्छे किन सपनामा आउँछ ? राम्रो र नराम्रो सपना किन देखिन्छ । यसका लागि पनि मान्छे विश्वास लिएर धामी, झाँक्रीकहाँ जान्छन् । हाम्रा पुर्खाले यसबारे पनि सोचे । यस्ता धेरै विषय छन् जो मानव संस्कृतिको विकासक्रमसँगै चलिरहेको छ,’ राईको आफ्नै तर्क छ ।

भविष्य अनिश्चितताले झारफुकमाथि विश्वास

मानवशास्त्री राईका अनुसार मानिस सामाजिक प्राणी हो । मान्छेको छनोटको अधिकार हो धामी, झाँक्री, डाक्टर वा वैद्य कसकहाँ जाने भन्ने कुरा । देउतालाई विश्वास गर्ने हो भने अन्य शक्तिलाई किन विश्वास नगर्ने भन्ने पनि प्रश्न छ । अर्कोतिर जब देशमा सामाजिक, राजनीतिक र आर्थिक अस्थिरता बढ्छ तब तब मानिस जादू टुनातिर बढी आकर्षित हुने गरेका मानवशास्त्रका विभिन्न अध्ययनले देखाएका छन् ।

‘सहरीकरण बढ्दै गएपछि गाउँबाट सहर, सहरबाट विदेश जाने क्रम बढ्दो छ । परिवारबाट विछोड हुने क्रममा पीडा र चिन्ता हुन्छ । भविष्य अनिश्चित बनेपछि यस्तो अवस्थामा जोखना देखाउने, देवताको पूजापाठ गर्ने, झारफुकप्रति विश्वास लाग्न थाल्छ मानवशास्त्रीय आँखाले धामी, झाँक्री र माताको झारफुकलाई ‘फेथ हिलर्स’ भन्छ । जोखना हेर्ने चलन पहिले पनि थियो र हालसम्म निरन्तरता पाएकै छ,’ राईको भनाइ छ ।

झारफुक सेवाप्रति मन्त्रालयको चासो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले धामी, झाँक्री, मातालगायतका झारफुक सेवा मानिसको आस्था र विश्वाससँग जोडिए पनि यो व्यवस्थित हुन नसकेको स्वीकार गरे । पूर्वानुमान र अनुमान मिल्ने विषय संयोग हो कि विज्ञान ? यसतर्फ गहन अनुसन्धान हुनुपर्ने मन्त्री पाण्डेको भनाइ छ । ‘झारफुकप्रति मानिसको गहिरो आस्था छ । यही आस्थाका आधारमा मानिस झारफुक गराउन जान्छन् । केही कुरा मिलिरहेकै पनि हुन्छन्,’ उनले सुनाए ।

मन्त्री पाण्डेले नागरिकसँग भने, 'यो मनोविज्ञान वा कुनै विज्ञानमा आधारित हो ? पूर्वानुमान र अनुमान मिल्ने संयोग हो कि विज्ञान हो ? खोज अनुसन्धान गर्नुपर्छ । मन्त्रालयमा संस्कृति महाशाखा छ । धामी, झाँक्री, माता आदिले गर्ने झारफुकको अवस्था के÷कस्तो छ भन्ने मन्त्रालयकै लागि पनि छलफलको विषय हो । अब यसलाई व्यवस्थित गर्न मन्त्रालयले पहल गर्नेछ ।'

]]>
रुबी रौनियार Fri, 29 Nov 2024 17:47:57 +0545
<![CDATA[महिला खेलाडीले सम्हालेको अन्तर्राष्ट्रिय प्रतियोगिता !]]> https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1455952-1732608169.html https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1455952-1732608169.html

सीमित अवसरका बाबजुद महिलाले हरेक क्षेत्रमा सुनौला अक्षरले गर्विलो इतिहास लेखेका उदाहरण प्रशस्तै छन् । नेपालको राजनीति, सामाजिक, आर्थिक र खेलकुद जुनसुकै क्षेत्रमा तुलनात्मकरूपमा महिलाको सहभागिता न्यून छ । यति हुँदाहुँदै पनि समाजमा आफ्ना कामले उनीहरू स्थापित छन् । राष्ट्रपति, प्रधानन्यायाधीश, मुख्य सचिव र अन्य प्रशासनिक क्षेत्रका सर्वोच्च पदमा उनीहरू पुगिसकेका छन् । यी जिम्मेवारीमा उनीहरूको प्रदर्शन पनि अब्बल छ ।

गर्विलो इतिहासको यो शृंखलामा खेलकुद क्षेत्र पनि पर्छ । विशेषगरी नेपाली खेलकुदले हासिल गरेका ऐतिहासिक सफलतामा महिला अग्रपंक्तिमा देखिन्छन् । दीर्घकालीन योजना, न्यून लगानी र प्रोत्साहनबिना पनि अन्तर्राष्ट्रिय स्तरमा महिलाको प्रदर्शन सदैव सम्झनलायक छन् । राज्यले महिलालाई खेलप्रति आकर्षित गराउन कुनै योजना या लगानी नगर्दा पनि स्वःस्फूर्त सहभागिता भएको छ । दक्षिण एसियाली राष्ट्रहरूको प्रतिस्पर्धा एसियाली खेलकुद (साग) होस् वा ओलम्पिकमा नेपाली महिला खेलाडीले इतिहास रचेका छन् ।

ओलम्पिक, एसियन गेम्स (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) यी तीनै विश्व खेलकुद मञ्चहरूमा पुरुषको तुलनामा नेपालका महिलाले इतिहास रच्दै आएका छन् । ओलम्पिक खेल्न छनोट यात्रा होस् वा एसियाड र सागका नतिजा, यी तीनै प्रतियोगितामा महिला खेलाडीको सहभागिता अर्थपूर्ण छ ।

त्यसो त, महिलाको मात्र होइन, व्यावसायिकरूपमा नेपाली खेलकुदकै इतिहास लामो छैन । २०२८ सालमा नयाँ शिक्षा लागु भएसँगै वीरेन्द्र सिल्ड प्रतियोगिता सुरु भएको थियो । त्यसपछि २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । यी प्रतिस्पर्धा सुरु भएसँगै केही मात्रामा महिला खेलाडीको सक्रियता बढ्न थाल्यो । विशेषगरी ब्याडमिन्टन, टेबलटेनिस र भलिबलमा उनीहरूको सहभागिता हुन्थ्यो ।

‘नयाँ शिक्षा लागुपछि वीरेन्द्र सिल्ड प्रतियोगिता सुरु हुन थाल्यो । त्यसपछि पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ सालमा भयो । यसमा महिला खेलाडीको पनि सक्रिय सहभागिता थियो । भलिबल, ब्याडमिन्टन र टेबलटेनिसमा महिलाको सहभागिता हुन्थ्यो’– खेल अनुसन्धानकर्ता दिवाकरलाल अमात्य भन्छन् । तर संस्थागतरूपमा नै खेल आयोजना हुन थाले पनि महिला सहभागिता सन्तोषजनक हुन सकेन । उनीहरूलाई प्रोत्साहित गर्ने योजना र अपेक्षित लगानी आउन नसक्दा खेलप्रति महिलाको आकर्षण बढेन । त्यो अवस्था अहिले पनि छ । लगानी र प्रोत्साहनका पनि पुरुषको तुलनामा महिला खेलाडीलाई कम छ ।

तस्बिर : श्याम चित्रकार

अचम्मलाग्दो पक्ष के छ भने पुरस्कार रकम वा विभिन्न संघले दिने तलब र सबैखाले सेवा÷सुविधामा महिला खेलाडी पछाडि छन् । निजी क्षेत्र र विभिन्न संस्थाले व्यावसायिकरूपमा महिला खेल आयोजना गर्दैनन् । कहीँ कतै प्रयास भए पनि त्यसले निरन्तरता पाएको छैन । व्यावसायिक फ्रेन्चाइज लिग होस् वा घरेलु प्रतियोगिता, पुरुषको तुलनामा महिलाको कमै आयोजना हुन्छ । नेपालमा फ्रेन्चाइज लिग सुरुआतको पनि एक दशक भैसकेको छ । यसबीच क्रिकेट, फुटबल र भलिबलका फ्रेन्चाइज लिग भएका छन् । दशकभित्र क्रिकेट र भलिबलमा एक संस्करण महिलाको फ्रेन्चाइज लिग भए । केही वर्षअगाडि क्रिकेटमा पहिलो संस्करण आयोजना गरिएको थियो तर त्यसले निरन्तरता पाउन सकेन ।

फ्रान्समा सम्पन्न पेरिस पारालिम्पिकमा पलेशाले ऐतिहासिक कास्य पदक जितिन् । काठमाडौँ डिल्लीबजारकी पलेशाले पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौलबाट कास्य जितेकी हुन् । चीनमै सम्पन्न एसियाली पारालिम्पिक छनोटमा स्वर्ण जित्दै पलेशाले पेरिसका लागि स्थान बनाएकी हुन् ।

महिला भलिबलमा यसै वर्षदेखि फ्रेन्चाइज लिग सुरु भएको छ । तर यसको निरन्तरतामा पनि प्रश्न उठ्न थालिसकेको छ । महिला खेलकुद पूर्णरूपमा व्यावसायिक बन्न नसक्दा उनीहरू आकर्षित हुने वातावरण बनेको छैन । न निजी क्षेत्र न त सरकारले नै महिलालाई खेलकुदमा प्रोत्साहित गर्न सकेको छ । खासमा, अहिलेसम्म महिलालाई खेलमा प्रोत्साहन गर्ने कुनै योजना आएका छैनन् । यसो हुँदाहुँदै पनि स्वःस्फुर्तरूपमा खेलकुदमा समर्पित नेपाली महिलाले गर्विलो इतिहास बनाएका छन् ।

यो पनि पढ्नुहोस्

लिलाम बढाबढमा पार्टी : प्रजापरिषद्को हालतमा सद्‍भावना

खेल अनुसन्धानकर्ता दिवाकरलाल अमात्यका अनुसार २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि खेल मैदानमा महिला संख्या अधिक देखिन थालेको हो । त्यसअघि वीरेन्द्र सिल्ड प्रतियोगिताका कारण नेपाली खेलकुदमा महिला सहभागिता देखिन थालेको उनी बताउँछन् ।

प्रतिकूलताबीच सफलता

ओलम्पिक, एसियन गेम्स (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) यी तीनै विश्व खेलकुद मञ्चहरूमा पुरुषको तुलनामा नेपालका महिलाले इतिहास रच्दै आएका छन् । ओलम्पिक खेल्न छनोट यात्रा होस् वा एसियाड र सागका नतिजा, यी तीनै प्रतियोगितामा महिला खेलाडीको सहभागिता अर्थपूर्ण छ । नेपालका लागि पुरुषको तुलनामा महिलाको प्रदर्शन दरिलो रहँदै आएको छ । महिलाले एसियाडका कुनै संस्करणमा पदकबिहीन हुनबाट जोगाएका छन् भने दक्षिण एसियाली खेलकुदमा स्वर्णबिहीन हुन दिएका छैनन् । साथै नेपाली खेलकुदका उपलब्धि र महिलाबीच घनिष्ठ सम्बन्ध देखिन्छ ।

अधिकांश ऐतिहासिक सफलतामा महिला खेलाडीकै विशेष योगदान छ । सीता राई, सविता राजभण्डारी, संगीना वैद्य, आयसा शाक्य, गौरिका सिंह, एरिका गुरुङ, पलेशा गोवर्धन र सावित्रा भण्डारी नेपाली खेलकुदले सदैव सम्झने नाम हुन् । यीबाहेक अन्य खेलाडीको योगदान पनि उत्तिकै सराहनीय छ ।

करातेकी सीता राई

सन् १९५१ मा नयाँ दिल्लीमा भएको पहिलो एसियाडदेखि नै नेपाल सहभागी हुन थालेको हो । तर पदक जित्न भने सन् १९८६ को दसौँ संस्करणसम्म कुर्नुपर्‍यो । यसपल्ट नेपालका ८ खेलाडीले ८ कास्य पदक जितेका थिए । यो संस्करण अहिले पनि नेपाली खेलकुदका लागि यादगार छ किनकि एसियाडको ७२ वर्षे इतिहासमा नेपालले कहिल्यै पनि यो सफलता पाउन सकेन र पदक पाउने सम्भावनको नजिक पनि पुगेन । नेपालका लागि महिला खेलाडीले पहिलोपल्ट सन् १९९४ को एसियाडमा पदक जिते । करातेकी सीता राईले जितेको पदक नै नेपाली महिला खेलाडीले यति ठूलो प्रतिस्पर्धा जितेको पहिलो र ठूलो सफलता रह्यो । त्यसपछि भने महिला खेलाडीको प्रदर्शन सदैव अब्बल रहँदै आएको छ ।

तेक्वान्दो खेलाडी सविता राजभण्डारी । तस्बिर : श्याम चित्रकार

ऐतिहासिक पदक विजेता सविता

तेक्वान्दोकै खेलाडी सविता राजभण्डारी पनि नेपाली खेलकुदले सदैव गर्व गर्ने खेलाडी हुन् किनकि उनले नेपाली खेलकुदलाई सबै भन्दा ठूलो सफलता पहिलोपल्ट दिलाएकी थिइन् । जसले नेपाली खेलकुदकै सबै भन्दा ठूलो सफलता सन् १९९८ मा दिलाइन् । थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाडमा सविताले रजत जितेकी थिइन् । यो नै एसियाली खेलकुदमा नेपालले जितेको पहिलो रजत हो । हालसम्म नेपालले एसियाडमा तीन रजत जितेको छ । त्यसमध्ये दुई रजत पदक नै महिला खेलाडीले दिलाएका हुन् । करातेकी एरिका गुरुङले सन् २०२३ मा चीनको हानझाउमा सम्पन्न एसियन गेम्समा रजत पदक प्राप्त गरेकी थिइन् । सन् १९९८ पछि नेपालले व्यक्तिगत स्पर्धामा जितेको यो दोस्रो रजत थियो ।

तेक्वान्दो खेलाडी संगिना वैद्य । तस्बिर : श्याम चित्रकार

ओलम्पिक छनोट जित्ने संगिना वैद्य

ओलम्पिक यात्रामा पनि नेपालका महिला खेलाडीले नै इतिहास बनाएका छन् । नेपाली खेलकुदले पाएको सबै भन्दा ठूलो नाममध्ये एक हो– तेक्वान्दोकी संगिना । उनी छनोट पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । नेपालको खेल इतिहास सन् २००४ को एथेन्स ओलम्पिकअगाडि यिनै बहादुर महिलाले यो सफलता दिलाइन् । एथेन्स ओलम्पिकअघि नेपालले छनोट पार गरेर ओलम्पिक खेलेको थिएन । ओलम्पिकमा छनोट भएर नेपालले खेल्न सक्दैन भन्ने विश्लेषण हुन्थ्यो । तर संगिनाले सबै अनुमान गलत सावित गरिदिइन् र नयाँ इतिहास रचिन् । संगिनाको यो सफलतापछि खेलकुदमा महिलाको सहभागिता पनि बढेको पाइन्छ । उनीपछि तेक्वान्दोकै दीपक विष्ट, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र तेक्वान्दोकै पलेशा गोवर्धनले छनोट चरण पार गर्दै ओलम्पिक खेलेका हुन् ।

यो पनि पढ्नुहोस्

अख्तियारबाट जोगिन अदालतमा ‘लेनदेन’ मुद्दा

त्यसबाहेक ओलम्पिक खेल्न नेपालले वाइल्ड कार्ड (अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले बिना छनोट खेलमा सहभागी गराउने प्रक्रिया) सहारा लिने गरेको छ । तर संगिनाले नयाँ इतिहास कोरिन् । त्यसपछि मात्र खेलकुदको ठूलो मेला मानिने ओलम्पिकमा नेपालका कुनै पनि खेलाडीले पहिलोपल्ट बलियो आत्मविश्वाससाथ खेलेको थिए । यो सफलतापछि संगिनाले नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याइन् । त्यसैले त नेपाली खेलकुदकै सफल खेलाडीको चर्चा हुँदा संगिनाकै नाम अगाडि आउँछ । २००४ को फेब्रुअरीमा थाइल्यान्डमा भएको एसियन ओलम्पिक क्वालिफाइङ च्याम्पियनसिपमा तेस्रो हुँदै संगिना ओलम्पिकमा छनोट भएकी हुन् । उनले सन् १९९६ मा अस्ट्रेलियामा सम्पन्न एसियन तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् ।

नेपालमा करातेका २ समानान्तर संघ अस्तित्वमा थिए । त्यसैले एउटा कराते टोली राज्यको लगानीमा कोरिया पुगेको थियो । ध्रुवविक्रम मल्लको नेतृत्वमा रहेको अर्को टोली भने आफ्नै लगानीमा त्यहाँ पुगेको थियो । मल्लको टोलीमध्ये विमला तामाङले मात्र कातामा नेपालको तर्पmबाट चुनौती दिन पाइन् ।

कुनै पनि नेपाली खेलाडीले एसियन च्याम्पियनसिपमा जितेको यो नै पहिलो स्वर्ण थियो । अहिलेसम्म कुनै पनि नेपाली तेक्वान्दो खेलाडीले यो सफलता प्राप्त गर्न सकेका छैनन् । संगिनाले साग र एसियन च्याम्पियनसिपमा पनि स्वर्ण दिलाएकी छन् । उनले सन् १९९४ र २००२ को एसियन च्याम्पियनसिपमा पनि रजत र कास्य पदक जितेकी थिइन् । संगिनाको यो सफलतापछि नेपाली खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउने परम्परा नै सुरु भयो । ६-७ वटा विभिन्न संस्थाले लगातार संगिनालाई ब्रान्ड एम्बासडर बनाए । यिनै संगिना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुरुषको तुलनामा सहभागिता कमै भए पनि महिला खेलाडीले धेरै राम्रा नतिजा दिएको स्वीकार्छिन् ।

‘हामीले खेल्ने समयमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका क्रममा महिला भन्दा पुरुष खेलाडी नै धेरै हुन्थे । अहिले पनि त्यही स्थिति छ । पुरुषलाई नै प्राथमिकतामा राखेको देखिन्छ । तर अहिलेसम्मको नतिजा हेर्दा महिलाले नै नेपाली खेलकुदमा ऐतिहासिक नतिजा दिएका सत्य हो’– संंगिनाले भनिन् । उनले भने जस्तै ओलम्पिक छनोटदेखि पाराओलम्पिक, एसियन च्याम्पियनसिप र एसियाडमा ठूलो सफलता र सागमा धेरै पदक ल्याउने महिला खेलाडी नै हुन् ।

कराते खेलाडी एरिका गुरुङ । तस्बिर : लोकेन्द्रकुमार बस्‍नेत

२५ वर्षपछि एरिकाले दोहोर्‍याएको इतिहास

एसियन गेम्समा २५ वर्षपछि अर्थात् सन् २०२३ मा व्यक्तिगत स्पर्धातर्फ सबैभन्दा ठूलो सफलता दोहोरिँदा त्यसमा पनि महिला खेलाडीकै योगदान रह्यो । करातेकी एरिका गुरुङले एसियाली राष्ट्रबीचको प्रतिस्पर्धाको फाइनल दोस्रोपल्ट नेपाली झण्डा फर्फराइन् । सम्भवत् एरिका नेपाली खेलकुदले पाएको सबै भन्दा उत्कृष्टमध्येकी खेलाडी हुन् किनकि एरिकाले पनि एकपछि अर्को ऐतिहासिक सफलताको सूचीमा आफूलाई उभ्याइन् । उनले देशलाई एसियाली खेलकुदमा करातेबाट पहिलो रजत पदक दिलाएकी छिन् । समग्रमा भन्नुपर्दा यो नेपालले एसियाडमा पाएको तेस्रो सफलता हो । चीनमा भएको यस एसियाडमा नेपालले सन् २००६ पछि दुई संख्यामा पदक जितेको थियो । यसमा पनि महिला खेलाडीकै योगदान रह्यो ।

यो पनि पढ्नुहोस्

हिमाली भूमिको मोहनी

एरिकासँगै नेपाली महिला कबड्डी टोलीले कास्य पदक जित्यो । पछि एरिकाले एसियन च्याम्पियनसिपमा पनि इतिहास रचिन् । उनी एसियन च्याम्पियनसिपमा रजत पदक दिलाउने पहिलो कराते खेलाडी बनिन् । नेपाली कराते खेलाडीले एसियन च्याम्पियनसिपमा जितेको यो पहिलो रजत पदक हो । उनले यो सफलता एकै वर्षको अन्तरालमा पाएकी हुन् ।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन

पलेशा गोवर्धनको सनसनी

यसै वर्ष नेपाली खेलकुदकै सबै भन्दा ठूलो पदक प्राप्त भयो । गत भदौमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक कास्य पदक जितिन् । यो नै नेपाली खेलकुदले पाएको सबै भन्दा ठूलो सफलता हो । ओलम्पिक स्तरमा नेपालले पदक जित्ने सपना जस्तै थियो । तर,. चीनमा आर्टिटेक्चर विषयमा अध्ययनरत पलेशाले त्यो सपना साकार पारिन् ।

कुनै दिन नेपाली खेलाडी समय छनोट भएर ओलम्पिक खेल्ने सपना मानिन्थ्यो । संगिनाले त्यसलाई सार्थकतामा बदलिन् । तर पलेशाले पदक नै जितेर संगिनाको सफलतामा इँटा थप्दै इतिहास रचिन् । ओलम्पिक स्तरमा पदक जित्ने पहिलो नेपाली खेलाडी पनि महिला बने । त्यसअघि चीनकै पारा एसियन गेम्समा पनि पलेशाले इतिहास बनाएकी थिइन् । पलेशाले गत वर्ष त्यस पारा एसियन गेम्समा कास्य पदक जितेकी हुन । त्यो पदक नेपालले पारा खेलकुदमा ल्याएको पहिलो पदक थियो । नेपालका महिला खेलाडीले नै दिलाएको एकपछि अर्को ऐतिहासिक सफलतामा पलेशाले पनि ठूलो योगदान दिइन् ।

२०३४ सालमा शरदचन्द्र शाह नेपाली खेलकुदको कार्यकारी निकाय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव भए । त्यतिबेला पनि महिलालाई खेलकुदमा सहभागिता गराउन हुँदैन भन्ने मान्यता थियो । तर शाहले महिला सहभागितालाई प्राथमिकता दिन थाले ।

फ्रान्समा सम्पन्न पेरिस पारालिम्पिकमा पलेशाले ऐतिहासिक कास्य पदक जितिन् । काठमाडौँ डिल्लीबजारकी पलेशाले पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौलबाट कास्य जितेकी हुन् । चीनमै सम्पन्न एसियाली पारालिम्पिक छनोटमा स्वर्ण जित्दै पलेशाले पेरिसका लागि स्थान बनाएकी हुन् । त्यससँगै उनी छनोट भएर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडीसमेत बनिन् । पलेशाले टोकियो पारालिम्पिकमा पनि सहभागिता जनाएकी थिइन् । त्यहाँ उनी कास्य पदक भिडन्तमा पराजित भएकी थिइन् । यद्यपि २ खेल जितेर इतिहास रचेकी थिइन् तर दोस्रो प्रयासमा भने उनले सफलता पाइन् ।

इन्चोन एसियाडमा नेपाललाई पदकविहीन हुनबाट बचाउने कराते खेलाडी विमला तामाङ

एसियाडमा इज्जत

यसबाहेक एसियाडमा पनि नेपाल पदकबिहीन हुने अवस्थाबाट महिला खेलाडीले नै जोगाएका छन् । त्यो पनि राज्यको लगानीबिनाको सहभागिताबाट । सन् २०१६ को इन्चोन एसियाडमा नेपालले एकपछि अर्को खराब नतिजा दिइरहेको थियो । देशको लगानी शून्य जस्तै हुने अवस्थामा दक्षिण कोरिया पुगेका नेपालका खेल पदाधिकारी पनि आलोचित बनिरहेका थिए ।

यो पनि पढ्नुहोस्

विदेशमा डोजर बेच्दै नेपाल

त्यतिबेला नेपालमा करातेका २ समानान्तर संघ अस्तित्वमा थिए । त्यसैले एउटा कराते टोली राज्यको लगानीमा कोरिया पुगेको थियो । ध्रुवविक्रम मल्लको नेतृत्वमा रहेको अर्को टोली भने आफ्नै लगानीमा त्यहाँ पुगेको थियो । मल्लको टोलीमध्ये विमला तामाङले मात्र कातामा नेपालको तर्पmबाट चुनौती दिन पाइन् । मल्लकै प्रशिक्षणमा विमलाले कास्य पदक जित्दा देशमा ठूलो हलचल मच्चिएको थियो । राज्यको लगानीबाट नतिजा शून्य हुँदा प्रशिक्षक मल्लले आफ्नो मोटरसाइकल बेचेर गरेको सहभागिताबाट पदक दिलाएको भन्दै तत्कालीन खेल नेतृत्व आलोचित बन्नुपरेको थियो ।

तस्बिर : श्याम चित्रकार

सागमा महिलाको सनसनी

एसियाडबाहेक सागमा पनि नेपालका महिला खेलाडीले इतिहास रचेका छन् । पौडीकै गौरिका सिंहले एकै संस्करण (सन् २०१९ को १३औँ साग) मा ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जित्दै सनसनी मच्चाइन् । नेपालले सागमा पहिलोपल्ट एकै संस्करणमा यति धेरै स्वर्ण जितेको हो । यसअघि तेक्वान्दोका दीपक विष्टले ४ संस्करण (आठौँ, नवौँ, दसौँ र ११औँ) मा गरेर सागमा ३ स्वर्ण जित्दै कीर्तिमान रचेका थिए तर गौरिकाले एकै संस्करणमा ४ स्वर्ण जित्दै नयाँ इतिहास रचिन् ।

पौडी खेलाडी गौरिका सिंह

गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औँ सागमा १ रजत र ३ कास्य जितेकी थिइन् । व्यक्तिगततर्फ पहिलोपल्ट उनले नै हो सागको पौडीबाट पदक दिलाएको । रियो ओलम्पिक २०१६ मा विश्वकै सबै भन्दा कम उमेरकी खेलाडी बनेर चर्चा बटुलेकी गौरिकाले टोकियो ओलम्पिक पनि खेलिन् । वर्ष २०७६ को नेपाली खेलकुद गौरिकामय भएको थियो । नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा पनि कीर्तिमान रच्दै उनले १० स्वर्ण जितेकी थिइन् । हाल उनी नेपाली खेलकुदमा टाढिएकी छन् । उनी अमेरिकामा प्रशिक्षण र पढाइलाई अगाडि बढाइरहेकी छन् ।

उनकै पहलमा रमा सिंहको कप्तानीमा नेपालको महिला टिम बन्यो । त्यो टोलीमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी र कमला हिराचन थिए । नेपाल टेलिभिजनको समाचार वाचिकासमेत रहेकी सिंहको कप्तानीमा नेपालले २०४३ मंसिरमा हङकङसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

३५ वर्षे सागको इतिहासमा नेपालले टेबल टेनिसमा एक मात्र स्वर्ण जित्न सकेको छ । त्यो सफलता नेपालको महिला टोली (सिजरिन शाह, गीता क्षत्री) ले सन् १९९१ मा भएको पाँचौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (त्यतिबेला साफ, हाल साग) मा जितेका थिए । त्यसपछि नेपालको टेबल टेनिसले सागमा स्वर्ण जित्न सकेको छैन ।

फुटबल खेलाडी सावित्रा भण्डारी 'साम्बा'

युरोपसम्म नेपाली महिला खेलाडीको पाइला

नेपाली खेलकुदमा महिला खेलाडीको चर्चा हुँदा आउने नाममध्ये एक सावित्रा भण्डारी अर्थात् साम्बा हुन् । उनी नेपाली खेलकुदमा युरोपको लिग खेल्ने सफल खेलाडी हुन् । भारत, इजरायलदेखि युरोपसम्म उनले सफलता हात पारेकी छिन् । साम्बा युरोपमा खेल्ने पहिलो नेपाली महिला फुटबलर हुन् । हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । तर अवसर भने कमैले पाउँछन् । यस्तै भाग्यमानी सावित्रा भएकी छिन् । हाल उनी विश्वकै प्रख्यात फ्रेन्च लिग खेलिरहेकी छिन् । उनी एनइभान्टे गुएनगाम्पमा दोस्रो सिजन बिताइरहेकी छन्, त्यसअघि उनी इजरायलको क्लबमा थिइन् । भारतको लिग ३ सिजन खेलेपछि उनको यात्रा युरोपमा पुगेको थियो । उनी नेपालका लागि सर्वाधिक (५५) गोल गर्ने महिला खेलाडी हुन् ।

तेक्वान्दो खेलाडी आयशा शाक्य

आयशा शाक्य (तेक्वान्दो)

नेपाली महिला खेलाडीको नाम लिँदा छुटाउनै नहुने नाम हो आयशा शाक्य । नेपालको तेक्वान्दोले पाएका स्टारमध्ये एक उनी पनि हुन् । उनले एसियाडमा १ कास्य र सागमा ३ स्वर्ण पदक दिलाएकी छन् । बिरलै कुनै पुरुष या महिला खेलाडी यो सफलताको सूचीमा उभिन सकेका छन् । उनले नेपालमै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जितिन् । तेक्वान्दो खेलाडीले एकै प्रतियोगितामा जितेको यो पहिलो २ स्वर्ण थियो । ललितपुर पाटनकी आयशाले ११औँ सागमा स्वर्ण तथा १२औँ सागमा रजत जितेकी थिइन् । २ छोराकी आमा बनेर देशलाई १३औँ सागमा २ स्वर्ण दिलाएपछि आयशाको चर्चा थप चुलिएको थियो । उनी तेक्वान्दोकै सागका ४ स्वर्णधारी दीपक विष्टकी धर्मपत्नीसमेत हुन् ।

भविष्यको बाटो

खेलकुदमा नेपाली महिलाको करिब ८ दशकको यात्रामा उनीहरूको सहभागिता उब्बल रहेकामा दुई मत छैन । खेलकुदमा राज्यको लगानी त्यसै पनि न्यून छ । खेल क्षेत्रमा आउने बजेटको झण्डै ८० प्रतिशत भन्दा बढी तलब, भत्ता र प्रशासनिक क्षेत्रमा खर्च हुन्छ । यस्तो स्थितिमा तल्लो तह (ग्रासरुट) खेलकुदका लागि उचित वातावरण र प्रोत्साहित गर्ने कार्य न्यून देखिन्छ । त्यसमाथि पनि महिलाको सहभागितालाई प्रोत्साहित गर्ने कार्यक्रम आउन सकेका छैनन् । महिलाहरू सुरुआतमा खेलप्रति लाग्दा नेपाली समाजले पनि उनीहरूलाई प्रोत्साहित गरेको पाइँदैन । कमजोर खेलकुद संरचनाको पृष्ठभूमिबाट नेपाली महिलाले नतिजा दिइरहेका छन् ।

तस्बिर : श्याम चित्रकार

संघर्ष गर्दै उनीहरू स्वःस्पूmर्तरूपमा आए पनि केही वर्षपछि महिला खेल क्षेत्रबाट पलायन भएका अवस्था छ । राज्यले र अन्य सरोकारवाला निकायले उनीहरूलाई प्राथमिकताका साथ प्रोत्साहन गर्ने हो भने एक दिन पारालिम्पिक मात्र होइन, ओलम्पिकमा पनि पदक टाढा छैन । यो कुरालाई पलेशा गोवर्धनले नै प्रमाणित गरिदिएकी छन् । नेपाली खेलकुदमा महिला खेलाडीको सफलता पुरुषको भन्दा उच्च छ । नेपाली महिला खेलाडी देशका ऐतिहासिक सफलतामा मुख्य नायक बन्दै आएका छन् । नेपालको महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता पेमा लामा महिलालाई प्रोत्साहित गर्ने राम्रा योजना आउन नसकेको बताउँछिन् ।

करातेकी एरिका गुरुङले एसियाली राष्ट्रबीचको प्रतिस्पर्धाको फाइनल दोस्रोपल्ट नेपाली झण्डा फर्फराइन् । सम्भवत् एरिका नेपाली खेलकुदले पाएको सबै भन्दा उत्कृष्टमध्येकी खेलाडी हुन् किनकि एरिकाले पनि एकपछि अर्को ऐतिहासिक सफलताको सूचीमा आफूलाई उभ्याइन् ।

‘हामीले खेल्दा पनि महिला खेलाडीको सहभागिता राम्रै थियो तर नयाँलाई आकर्षित र पुरानालाई प्रोत्साहित गर्ने काम हुन सकेन । थप राम्रा नतिजा महिला खेलाडीबाट पाउन सक्थ्यो । ‘पुरुष खेलाडीले पनि नतिजा दिएका छन् तर महिलाको अली बढी उत्साहपूर्ण छ’, लामाले भनिन्– ‘महिलाहरू पाएका जिम्मेवारीमा अनुशासित भएर निर्वाह गर्नुहुन्छ । त्यसैले पनि होला राम्रो नतिजा पाएका छौँ ।’ जिम्मेवारी र कर्तव्यका ठूला भारीसँगै सीमित अवसरबाट ऐतिहासिक नतिजा सहज छैन । तर सर्वोच्च शिखर आरोहण वा जुनसुकै जिम्मेवारीमा, जहिल्यै महिला अग्रस्थानमा छन् ।

त्यसो त नेपाल जस्तो पितृसत्तात्मक देशमा महिलाको सहभागिता नै चुनौतीपूर्ण छ । त्यसमाथि चुलोचौका सबैमा महिला उत्तिकै व्यस्त रहन्छन् । तर पनि सीमित अवसरबाटै किन नहोस्, महिलाको योगदान सराहानीय छ । खेलको इतिहासबारे अनुसन्धान गर्दै आएका नवीन अर्याल नेपाली महिला खेलाडीका लागि अहिलेसम्म कुनै पनि योजना आउन नसक्दा पनि यो नतिजा प्राप्त गर्नुले उनीहरूबाट धेरै ठूलो सम्भावना देखिएको बताउँछन् ।

यो पनि पढ्नुहोस्

नेपालको नयाँ चुनौती : दैनिक ५०० मेगावाट विद्युत् खेर

‘जति नेपाली पुरुष खेलाडीमा लगानी गरिएको छ, त्यसको आधा मात्र महिला खेलाडीका लागि लगानी गर्ने हो भने उनीहरूले नतिजा दिन सक्छन् । त्यो उनीहरूले अहिलेसम्म दिएको नतिजाले पनि प्रमाणित भैसकेको छ’, उनले भने– विकसित राष्ट्रबाहेक अरूको अवस्था पनि हाम्रो जस्तै छ । यस्तो अवस्थामा हामीले दीर्घकालीन सोच राखेर लगानी गर्ने हो भने अहिलेसम्मकै ठूलो नतिजा नेपाली महिला खेलाडीले हासिल गर्न सक्छन् ।

इतिहासतर्फ फर्कँदा

इतिहास हेर्ने हो भने राणा शासनदेखि नै महिला खेल गतिविधिमा सहभागी भएका पाइन्छ । २००७ सालको क्रान्तिपछि महिला केही खेलमा देखिए । महिला सहभागिता टेबलटेनिस र ब्याडमिन्टनबाट सुरु भयो । राणा कालमा महिलाहरू टेबलटेनिस र ब्याडमिन्टन खेल्थे । तर दरबार निकटले मात्र खेल्ने, त्यो पनि खुला आकाशमा थिएन । सर्वसाधारण खेलबारे अनविज्ञ हुन्थे । २००८ सालमा नै महिला खेलमा सहभागी भएका पाइन्छ । त्यस साल पहिलोपल्ट टेबलटेनिसको महिला राष्ट्रिय प्रतियोगिता भएको थियो । पहिलो च्याम्पियन थिइन्, गीता राणा ।

पछि ब्याडमिन्टनको महिला प्रतिस्पर्धा २००९ सालमा भयो । रिता थापाले त्यो उपाधि जितेकी थिइन् । टेबलटेनिस च्याम्पियन राणा नेपालको पहिलो गभर्नर हिमालय शमशेरकी आमा हुन् । हिमालयकी आमा गीताले त्रिचन्द्र कलेजभित्र रहेको सरस्वती सदनमा त्यो प्रतिस्पर्धा गरेकी थिइन् । उक्त खेलमा गीताले साडी नै लगाएर खेलेको पुराना खेलकर्मी बताउँछन् । उनको प्रतिद्वन्द्वी पनि दरबार निकट नै थिए । २००७ सालको प्रजातन्त्रपछि केही खेल संघ गठन भए । डिल्लीबजारमा रहेको नेपाल सांस्कृतिका भवनमा भएको बैठकपछि लोकप्रिय खेलहरू फुटबल, ब्याडमिन्टन, टेबल टेनिसलगायत खेल संघ गठन भएका थिए ।

ब्याडमिन्टन खेलाडी रिता थापा । तस्बिर : श्याम चित्र्कार

२००८ सालमा नेपाल प्रहरी प्रमुख नरशमशेर राणा थिए । राणाकै नेतृत्वमा फुटबल संघ गठन भयो । त्यसपछि खुला मैदानमा खेल्न थालियो । तर त्यतिबेला महिलाको सहभागिता थिएन । यो दरबारको चार पर्खालभित्रै सीमित हुन्थ्यो । २०३४ सालमा शरदचन्द्र शाह नेपाली खेलकुदको कार्यकारी निकाय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव भए । त्यतिबेला पनि महिलालाई खेलकुदमा सहभागिता गराउन हुँदैन भन्ने मान्यता थियो । तर शाहले महिला सहभागितालाई प्राथमिकता दिन थाले । उनले नै महिलालाई खेलमा आकर्षित गर्न लगानी पनि बढाए । त्यसपछि बल्ल महिला भलिबल र फुटबल टिम बन्यो ।

उनकै पहलमा रमा सिंहको कप्तानीमा नेपालको महिला टिम बन्यो । त्यो टोलीमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी र कमला हिराचन थिए । नेपाल टेलिभिजनको समाचार वाचिकासमेत रहेकी सिंहको कप्तानीमा नेपालले २०४३ मंसिरमा हङकङसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यो खेलमा नेपाल १–० ले पराजित भएको थियो । शरदचन्द्र शाहको पालामा महिला खेलकुद बढ्न थाल्यो । तर स्वतन्त्ररूपमा महिलाको सहभागिता भने थिएन । व्यावसायिक खेलमा उनीहरूको उपस्थिति खासै राम्रो देखिँदैन ।

तस्बिर : श्याम चित्रकार

रोचक प्रसंग

सन् १९६१ मा नेपालको टेबलटेनिस टोली चीनमा खेल्न जाँदा एउटा रोचक घटना भयो जुन नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता पनि थियो । टेबलटेनिसको आफ्नै पोशाक छ । तर नेपालका महिला त्यतिबेला साडी लगाएर गएका थिए । डे«स कोडमा नै खेल्नुपर्ने भएपछि नेपाली महिलाले कुर्ता सुरुवालमा खेल्न स्वीकृति पाएका थिए । त्यो टिमको सदस्य थिइन्, परासिया राणा र कमल राणा । त्यो नै नेपाली महिलाले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थियो । खेल इतिहासबारे लेख्दै नवीन अर्याल नेपाली महिलाको खेलप्रति लगाव राणाकालदेखि भए पनि आममानिसमाझ आउन भने समय लागेको बताउँछन् ।

‘पहिले महिलाले टेबलटेनिस र ब्याडमिन्टन खेल्न सुरु गरे । टेबलटेनिस त साडी नै लगाएर खेलेका पाइयो । पछि महिलाले फुटबल खेल्न थाले’, नेपाली खेलकुदको वृत्तान्तका लेखक अर्यालले भने– उनीहरूका प्रतिद्वन्द्वी दरबार निकटका नै हुन्थे । आममानिस माझ आउन भने समय लाग्यो ।

]]>
अनिल मल्ल ठकुरी Tue, 26 Nov 2024 13:47:49 +0545