Nagarik News - समाज http://nagariknews.nagariknetwork.com/feed/social-affairs https://staticcdn.nagariknetwork.com/images/default-image.png https://staticcdn.nagariknetwork.com/images/default-image.png Nagarik News - समाज http://nagariknews.nagariknetwork.com/feed/social-affairs np Sun, 14 Dec 2025 21:13:39 +0545 <![CDATA[बेरुजु घटाउने अभियानमा तातोपानी गाउँपालिका]]> https://nagariknews.nagariknetwork.com/social-affairs/tatopani-rural-municipality-in-a-campaign-to-reduce-waste-62-47.html https://nagariknews.nagariknetwork.com/social-affairs/tatopani-rural-municipality-in-a-campaign-to-reduce-waste-62-47.html

जुम्लाको तातोपानी गाउँपालिकाले वर्षौँदेखि स्थानीय तहलाई गाँज्दै आएको बेरुजुको समस्या समाधान गर्न कडाइका साथ अभियान थालेको छ ।

बेरुजु शून्यमा झार्ने लक्ष्यसहित गाउँपालिकाले बेरुजु फछ्र्यौट समिति गठन गर्ने र निष्क्रियजस्तै बनेको सार्वजनिक लेखा समितिलाई पूर्ण रूपमा चलायमान बनाउने निर्णय गरेको हो ।

आइतबार सम्पन्न १८ औँ हिउँदे गाउँसभाले बेरुजु नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै स्पष्ट कार्ययोजना अघि सारेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।

उनका अनुसार यसपटक पनि वैशाख महिनाभित्रै अन्तिम भुक्तानी टुंग्याएर योजना सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याइएको छ ।

तथ्यांकअनुसार २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकालमा १९ करोड रुपैयाँ बेरुजु निस्किएको थियो । हालका जनप्रतिनिधिको साढे तीन वर्षमा भने ५ करोड रुपैयाँ बेरुजु देखिएको छ ।

पछिल्लो बेरुजुमा असुल गर्नुपर्ने रकमभन्दा पनि कागजात अपुरो, नियमित नभएको र प्रक्रियागत कमजोरी बढी देखिएको गाउँपालिकाले जनाएको छ । अहिलेसम्म ४२ लाख रुपैयाँ असुल भइसकेको छ ।गाउँपालिकाले अब बेरुजु सम्परीक्षणका लागि सबै कर्मचारी खटाउने तयारी गरेको छ ।

असुलउपरमा ढिलाइ गर्ने, कागजात नपेस गर्ने वा बेरुजु नियमित नगर्ने सेवाग्राही तथा फर्मलाई लिखित जानकारी गराइनेछ । अन्तिम चेतावनीपछि पनि अटेरी गरे कालोसूचीमा राखेर कुनै पनि सेवा लिन नपाउने गरी कारबाही गरिने जनाइएको छ ।सार्वजनिक लेखा समितिका संयोजक रत्नचन्द्र उपाध्यायका अनुसार बेरुजु घटाउने अभियान अब घोषणामा सीमित रहने छैन ।

]]>
गोल्डेन बुढा Sun, 14 Dec 2025 21:13:39 +0545
<![CDATA[आकर्षक तलबको झुटो सपना]]> https://nagariknews.nagariknetwork.com/social-affairs/the-false-dream-of-an-attractive-salary-55-76.html https://nagariknews.nagariknetwork.com/social-affairs/the-false-dream-of-an-attractive-salary-55-76.html

आइटी क्षेत्रमा आकर्षक तलबसहित रोजगारीको अवसर रहेको भनी प्रलोभन देखाएर पछिल्लो समय सयौं नेपाली युवायुवतीलाई साइबर स्क्यामिङमा लगाउने गरिएको छ ।

गाउँका सोझा, इमानदार युवायुवतीलाई विदेशमा राम्रो तलब र सेवासुविधासहित आइटीमा रोजगारीको अवसर दिलाइदिने भन्दै एजेन्ट तथा दलालहरूले लाओस, म्यानमार, कम्बोडियाजस्ता विभिन्न देशमा पुर्‍याई साइबर स्क्यामिङमा लगाउने गरेका घटना बढ्दै गएका छन् ।

त्यहाँ पुर्‍याइएका नेपालीलाई आइटी कम्पनीमा काम नलगाई जबर्जस्ती साइबर स्क्यामिङजस्तो गैरकानुनी गतिविधिमा संलग्न गराउने गरिएको पाइएको हो । पीडितहरूलाई एआई प्रविधि तथा विभिन्न माध्यमको प्रयोग गरेर अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता विकसित मुलुकका नागरिकलाई लक्षित गरी अनलाइन म्यासेजमार्फत पैसा असुल्ने काममा लगाउने गरिएको छ ।

काठमाडौं उपत्यकाकै रामलाल सिलवाल (नाम परिवर्तन) लाई ८० हजारदेखि एक लाख रुपैयाँसम्म मासिक तलब पाइने प्रलोभन देखाएर म्यानमार पुर्‍याई अनलाइन ठगीमा लगाइएको थियो । गत वर्ष मंसिर पहिलो सातातिर वैदेशिक रोजगारीको खोजीमा रहेका रामलालले काठमाडौंस्थित एक खाजा घरमा राजनारायण महतोलाई भेटेका थिए ।

पछि उनको चिनजान राजनारायणका छोरा रञ्जितकुमार महतोसँग पनि भयो । काठमाडौं उपत्यकाकै रामलाल सिलवाल (नाम परिवर्तन) लाई ले आफू म्यानमारको ‘फ्युजन एन्ड रुद्र’ नामक चिनियाँ कम्पनीमा कार्यरत रहेको र उच्च आम्दानी भइरहेको भन्दै रामलाललाई पनि अनलाइन सेल्सको आकर्षक प्रस्ताव राखेका थिए ।

प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँ लागतमा सबै प्रक्रिया मिलाइदिने आश्वासन एजेन्ट रञ्जितकुमारले रामलाललाई दिए ।

एजेन्ट रञ्जितकुमारको विश्वासमा परेका रामलालले ऋण खोजेर दुई लाख ५० हजार रुपैयाँ नगद बुझाए । एजेन्टले रामलाललाई म्यानमार जाने सबै कागजात एयरपोर्टमै दिने भने । त्यसपछि उनलाई भारतको नयाँ दिल्ली हुँदै म्यानमार पुर्‍याइयो । टन्न पैसा कमाउने भन्दै गएका रामलालले म्यानमार पुगेपछि मात्र कामको वास्तविकता थाहा पाए ।

उनलाई अमेरिकी नागरिकलाई बिट क्वाइनमा लगानी गराउन फसाउने अनलाइन स्क्याम गर्न बाध्य पारियो । उनले कहिले पनि नसोचेको काम त्यहाँ भयो । आफूले लाखौंलाख पैसा हालेर यस्तो झुटो काम नगर्ने भन्दै उनी पन्छिए । तर सुख खोज्न गएका उनको दुःखको दिन यहीँबाट सुरु हुन्छ ।

उक्त काम गर्न अस्वीकार गरेपछि रामलालमाथि कुटपिट हुन थाल्यो । त्यति मात्रै होइन, उनले करेन्टको झट्का पनि सहनुपर्‍यो । काम नगरेको भन्दै उनलाई भोकभोकै राखियो । अन्ततः उनी उनी काम गर्न बाध्य भए । १४–१५ घण्टा जबर्जस्ती काममा खटिनुपर्दा उनी शारीरिक तथा मानसिक यातनामा पनि परे । उनलाई तलब पनि दिइएन । घर फर्किन खोज्दा उनीसँग उल्टै सात हजार डलर मागियो ।

आफ्नो वैदेशिक यात्रा नरकजस्तो हुँदै गएपछि नेपाल फर्कन पटक–पटक गुहार गर्दा पनि रञ्जितकुमार महतो र नेपालमा रहेका राजनारायण महतोले बेवास्ता गरेको उनी बताउँछन् । तर उनको दिन सधैं बन्द कोठामा मात्रै बितेन । सौभाग्यवश त्यो कोठामा उज्यालो किरण बनेर म्यानमारका सेनाहरू पुगे । उनीहरूले पीडितहरूको उद्धार गरे । रामलाल पनि उद्धारमा परे ।

उनले मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बताएअनुसार म्यानमारका सेनाले कम्पनीमा छापा मार्दा त्यहाँ रहेका सयौं पीडितले मुक्तिको सास फेर्न पाएका थिए ।

‘हामीलाई धेरै शोषण थियो,’ पीडित रामलालले भने, ‘एकाएक त्यहाँको सेना आएपछि बल्ल बाँच्न सकिन्छ कि भन्ने आँट आएको थियो । त्यहाँ नेपाली मात्र नभएर अन्य देशका नागरिक पनि धेरै थिए । म्यानमार सेनाले छापा मारेपछि हाम्रो कम्पनीको सञ्चालक फरार भएको हो ।’

त्यसअघि कम्पनीमा काम गर्ने सबै कामदार पीडित नै भएर काम गर्ने गरेको उनले बताए । म्यानमार सेनाले जबर्जस्ती काममा लगाइएका सबै कामदारलाई उद्धार गरेपछि उनी पनि यही मंसिर २४ गते नेपाल फर्कन सफल भएका हुन् ।

यो घटना केवल वैदेशिक रोजगार ठगी होइन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार गम्भीर अपराध पनि हो । पीडित रामलाल नेपाल आउनेबित्तिकै ब्युरोमा आफूबाट असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कानुनी कारबाहीको मागसँगै उजुरी दिएका थिए ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसएसपी कृष्ण पंगेनीका अनुसार आइटी सेक्टर र होटेल क्षेत्रमा आकर्षक तलबसहितको रोजगारी दिलाइदिने प्रलोभन देखाई नेपाल, भारत र थाइल्यान्ड हुँदै म्यानमार पुर्‍याई नेपाली युवालाई साइबर स्क्यामिङमा संलग्न गराउने घटना बढ्दो छ ।

आइटी सेक्टरमा रोजगारी दिने भन्दै साइबर तथा अनलाइन स्क्यामिङमा फसाइएका नेपालीको संख्या झन्डै दुई सयदेखि तीन सयको हाराहारीमा पुगेको उनको अनुमान छ । ‘यस किसिमका घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन्, घट्ने कुनै संकेत देखिएको छैन,’ उनले भने, ‘पीडितहरू आउनेको संख्या कम छैन । त्यसअनुसार हामीले पीडकलाई पनि छाडेका छैनौं ।’

साइबर स्क्यामिङबारे पंगेनीका अनुसार पीडितहरूलाई दलाल तथा एजेन्टले थाइल्यान्डबाट करिब ३६ घण्टाको यात्रा गराई म्यानमारको ‘के के वान पार्क’ पुर्‍याउने गरेका छन् । त्यहाँ पुगेपछि उनीहरूलाई बिट क्वाइनमार्फत विभिन्न देशका मानिसहरूसँग कुराकानी गरी प्रेम सम्बन्धमा पारेर लगानीका लागि प्रेरित गर्ने काममा लगाइन्छ । कम्पनीभित्र कस्टोमर खोज्ने, च्याट कसरी रिप्लाई गर्ने, कसरी ग्राहकलाई ट्र्यापमा पार्ने भन्ने विषयमा तालिम दिइने गरेको ब्युरोका एसएसपी पंगेनीले नागरिकलाई बताए ।

‘त्यहाँ कामका क्रममा दैनिक टार्गेट तोकिने र टार्गेट पूरा गर्न नसके कडा शारीरिक सजाय दिइने रहेछ,’ उनले नागरिकसँग भने, ‘सजायस्वरूप पानीको जार बोकेर भर्‍याङ उक्लन–ओर्लन लगाउने, कुटपिट गर्ने, करेन्ट लगाउने, अँध्यारो कोठामा थुन्ने तथा फ्रग जम्प गर्न लगाउनेजस्ता अमानवीय व्यवहार गरिएको पाइएको छ ।’

काम छाड्न वा त्यहाँबाट निस्कन खोजे उल्टै आठ लाख रुपैयाँ तिर्नुपर्ने र नतिरेसम्म जान नदिने भन्दै बन्धक बनाउने र बाध्यकारी रूपमा काममा लगाउने गरिएको छ । साथै पीडितहरूलाई दिनको १८ घण्टासम्म काम गर्न बाध्य पारिएको अनुसन्धानबाट खुलेको ब्युरोले जानकारी दिएको छ । पीडितको जाहेरी दरखास्तका आधारमा सर्लाहीका पीडक रञ्जितकुमार महतोलाई मंसिर २४ गते पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएको प्रहरी एसएसपी पंगेनीले बताए ।

त्यस्तै खोटाङका मणिराज राईलाई पनि सोही मितिमा पक्राउ गरी अनुसन्धानका क्रममा थुनामा राखिएको छ । दुवै प्रतिवादीमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । ब्युरोको तथ्यांकअनुसार विगतका आर्थिक वर्षहरूमा साइबर स्क्यामिङसँग सम्बन्धित १६ वटा मुद्दा दर्ता भएका छन् ।

तीमध्ये म्यानमारसँग सम्बन्धित नौ, कम्बोडिया चार र लाओस तीन वटा मुद्दा छन् । अनुसन्धानपछि हाल म्यानमारबाट डिपोर्ट भई आएका ४७ जनामध्ये दुई जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ भने बाँकी व्यक्तिका हकमा थप अनुसन्धान भइरहेको ब्युरोको जानकारी छ ।

]]>
सविता खड्का Sun, 14 Dec 2025 20:42:17 +0545
<![CDATA[ट्याक्टरको ठक्करले किशोरको निधनपछि अवरुद्ध भएको सडक सुचारु]]> https://nagariknews.nagariknetwork.com/social-affairs/road-blocked-after-teenager-dies-in-tractor-accident-reopens-70-42.html https://nagariknews.nagariknetwork.com/social-affairs/road-blocked-after-teenager-dies-in-tractor-accident-reopens-70-42.html

सवारी दुर्घटनापछि भएको विवादले अवरुद्ध सडक सञ्चालनमा आएको छ । अघिल्लो साँझ ६:३० बजे दुर्घटनामा परि एक किशोरको निधन भएपछि उत्पन्न विवादले रोकिएको मदन भण्डारी लोकमार्ग सुचारु भएको हो ।

बेलका नगरपालिका ३ नयाँ टोलस्थित रामपुर–भागलपुर खण्डको भित्री सडकमा अनटेस्ट ट्याक्टर दुर्घटनामा परि बेलका ३ कालीखोलाका बाबुराम माझीका छोरा १६ वर्षीय समिर माझीको निधन भएको थियो । घट्नामा परि किशोरको ज्यान गएपछि पीडितका आफन्तको किटानी जाहेरीसँगै सो ठाउँका स्थानीयबासीले दुर्घटना गराउने सवारी साधनसहित चालक पक्राउ गरि कारबाहीको माग गर्दै सडक अवरुद्ध गरेका थिए ।

घट्नालगत्तै फरार चालकको खोजतलास गरि पक्राउ गर्नुपर्ने, सख्त कानुनी कारबाही गर्नुपर्ने तथा उचित क्षतिपूर्ति भराउनुपर्ने मागसहित डेढ २ सय स्थानीयबासी भेला भएर आईतबार दिउँसो १ बजेदेखि मदन भण्डारी लोकमार्ग अवरोध गरेका थिए । प्रारम्भिक अनुसन्धान तथा पीडितको आफन्तको किटानी जाहेरीको आधारमा दुर्घटना गराउने बेलका ३ कालीखोलाका बिक्रम पाण्डेको अनटेस्ट टेयाक्टर रहेको पुष्टि भएको छ ।

खेजतलासको क्रममा ट्याक्टर र चालक २२ वर्षीय बिशाल पाण्डेलाई पक्राउ गरेपछि स्थानीयले सडक सुचारु गर्न दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी र स्थानीयबीच सहमति भएपछि साँझ ५ बजेदेखि अवरोध लोकमार्ग सुचारु भएको छ ।

पक्राउ ट्याक्टर र चालक पाण्डेलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताएका छन् ।

]]>
महेश्वर चामलिङ राई Sun, 14 Dec 2025 20:32:10 +0545
<![CDATA[खगेन्द्रप्रसाद र रूद्रकली भोलि सौराहाबाट कतार जाँदै]]> https://nagariknews.nagariknetwork.com/social-affairs/khagendra-prasad-and-rudrakali-are-leaving-for-qatar-from-sauraha-tomorrow-19-35.html https://nagariknews.nagariknetwork.com/social-affairs/khagendra-prasad-and-rudrakali-are-leaving-for-qatar-from-sauraha-tomorrow-19-35.html

नेपालले कतारलाई उपहारस्वरूप पठाउने दुईवटा हात्तीलाई सोमबार सौराहाबाट बिदाई गरिने भएको छ । कानुनी र प्राविधिक प्रक्रियाका कारण सम्झौताको म्यादभन्दा ढिला गरी चितवनमा हात्तीलाई कतार पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्जका अनुसार सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते भैरहवा विमानस्थलबाट कतार उड्नेछन् ।

त्यसभन्दा अगाडि सौराहामा एक कार्यक्रमको आयोजना गरी सोमबार हात्तीलाई विदाई गरिन चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरले जानकारी दिए । ‘एक दिन हात्तीलाई रेष्ट हुनेगरी यहाँबाट भोलि (सोमबार) भैरहवा पठाइने छ,’ उनले भने ‘पुस २ गते त्यहाँबाट उड्नेछन् ।’

२०८१ वैशाख ११ र १२ गते भएको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा हात्ती पठाउने भनिएको थियो, तर कानुनी तथा प्राविधिक प्रक्रिया नमिलेपछि हात्ती पठाइएको थिएन । हात्ती लोपउन्मुख वन्यजन्तुअन्तगर्त पर्दछ । यस्ता वन्यजन्तुको ओसारपसार गर्दा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) पालना गर्नुपर्दछ । यी सबै प्रकृया पुरा गरेर हात्ती पठाउन लागिएको निकुञ्जले जानकारी दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा हात्ती उपहार दिने निर्णय सरकारले गरेको थियो । नेपालले चितवनमै जन्मिएर हुर्केका खगेन्द्रप्रसाद र रुद्रकली नाम गरेका दुई हात्ती कतार पठाउने छ ।

खगेन्द्रप्रसाद २०७६ माघमा पूर्वीचितवनको खगेन्द्रमली पोस्टमा जन्मिएका हात्तीको भाले छावा हो । अहिले सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्रमा छ ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा हुर्कंदै गरेकी रुद्रकली छ वर्षको भई। हात्ती प्रजनन केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली तीन महिनाको छँदा पूजाकलीको मृत्यु भएको थियो। पूजाकलीको मृत्युपछि उसलाई माउतेले रेखदेख गरेर हुर्काएका थिए। दुवै चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा तालिम दिइएका हात्ती हुन्।

नेपालमा वन्यजन्तु संरक्षण गर्न थालिएयता विभिन्न देशलाई अरू जनावर उपहार दिइए पनि पहिलोपटक हात्ती दिन लागिएको हो। कतार पठाउन लागिएका दुवै हात्तीको स्वास्थ्य अवस्था राम्रो रहेको सूचना अधिकारी थापाले जानकारी दिए । यी हात्ती कतार पठाउनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट विज्ञ टोली कतार पुगेर हात्ती राख्ने स्थान एवं त्यहाँको वातावरण अध्ययन गरेर फर्किएको थियो। अध्ययन टोलीले हात्ती राख्न बनाइएको ठाउँ उपयुक्त रहेको निचोड निकालेको थियो । हात्तीको स्वास्थ्य अवस्था, तिनका आनीबानी एवं यहाँको वातावरणबारे बुझ्न कतारबाट आएको प्राविधिक टोलीसमेत फर्किसकेको थियो। टोली दुई हात्तीको लम्बाइ तथा चौडाइका साथै तौलसमेत लिएर फर्किएको छ।

निकुञ्जका अनुसार चार महिनाअघि कतार पठाउन तयारी अवस्थामा राखिएको खगेन्द्रप्रसादको तौल एक हजार एक सय ९० किलो र रुद्रकलीको तौल एक हजार दुई सय किलो रहेको थियो । नेपालमा निजी घरपालुवा हात्ती ७२ छन् भने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती रहेका छन्। जङ्गली हात्ती ६५ वटाको हाराहारीमा रहेको अनुमान छ ।

हालसम्म नेपालले विभिन्न देशलाई ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ भने एक सय २० वटा घडियाल र मगर गोहीका अन्डा उपहार दिएको छ । सरकारले हालसम्म चीनसहित भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियालगाय देशलाई २६ वटा गैंडा उपहार दिइसकेको छ । नेपालले पहिलोपटक सन् १९८५ मा विदेशी राष्ट्रलाई गैंडा उपहार दिएको थियो ।

]]>
वसन्त ढुंगाना Sun, 14 Dec 2025 18:34:15 +0545
<![CDATA[पूर्वसांसद् सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा]]> https://nagariknews.nagariknetwork.com/social-affairs/corruption-case-of-rs-36-8-million-against-former-mp-santosh-chalise-40-69.html https://nagariknews.nagariknetwork.com/social-affairs/corruption-case-of-rs-36-8-million-against-former-mp-santosh-chalise-40-69.html

नेपाली कांग्रेसका पूर्वसांसद् सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगर प्रमुखसमेत रहेका विघटित प्रतिनिधिसभा सदस्य चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा तीन करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो। उनी काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन्।

सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक सम्पत्ति जोडेको दाबी अख्तियारको छ ।

प्रतिनिधि सभाको अर्थ समिति सभापति पनि रहेका चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेयर रहँदा (२०७४ जेठ ८ देखि २०७९ असार ३२ सम्म) लाई आधार मानेर अख्तियारले अनुसन्धान गरेको थियो। सोक्रममा ४ करोड ८८ लाख ३५ हजार ८ सय ३३ रुपैयाँको मात्र आयस्रोत देखिएको अख्तियारको दाबी छ।

घर निर्माण, आन्तरिक सजावट, जग्गा खरिद, सेयर खरिद, कर्जा भुक्तानी, जीवन बिमा र विभिन्न कम्पनीमा लगानी गर्दा उनले ८ करोड ५६ लाख ८३ हजार ५ सय ९५ रुपैयाँ खर्च गरेको पाइएको अख्तियारद्वारा दायर मुद्दामा उल्लेख छ। कुल आय र खर्च तथा लगानीबीच ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बढी देखिएकाले पदमा रहँदा चालिसेले भ्रष्टाचार गरेको ठहर अख्तियारको छ।

आरोपपत्रमा अख्तियारले सोही रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाहीको माग गरिएको छ।

]]>
नागरिक Sun, 14 Dec 2025 17:08:34 +0545
<![CDATA[घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी]]> https://nagariknews.nagariknetwork.com/social-affairs/the-daily-lives-of-women-in-korikha-are-changing-due-to-the-housing-crisis-65-53.html https://nagariknews.nagariknetwork.com/social-affairs/the-daily-lives-of-women-in-korikha-are-changing-due-to-the-housing-crisis-65-53.html

पहिलाको रिखा गाउँकाका अधिकांश महिला खेतीपातीमा रमाउँथे । महिलाको दैनिकी घर, परिवार र खेतीपाती सम्हाल्ने हुन्थ्यो । तर पछिल्लो समय होमस्टे (घरबास)सञ्चालनमा आएपछि गाउँमा आयआर्जन गर्ने नयाँ माध्यम बन्नुका साथै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका-५ मा रहेको कोरिखा सामुदायिक घरबास विसं २०७५ देखि सञ्चालनमा आएको हो । सुरुआतमा गाउँका २४ मध्ये ११ परिवारको सहभागितामा सञ्चालनमा ल्याइएको घरबास अहिले विस्तार हुँदै गएको छ ।

सामुदायिक घरबासको आफ्नै भवन निर्माण सम्पन्न भइसकेको जनाउँदै घरबासकी अध्यक्ष सावित्री गुरुङले ५० जना पाहुना सहिजै बस्न मिल्नेगरी संरचना बनाइएको बताइन ।

गाउँमा रोजगारीको अभावका कारण युवा वैदेशिक रोजगारीमा जान बाध्य भएका उल्लेख गर्दै उनले भनिन्, ‘युवालाई गाउँमै रोक्न सकियोस् भन्ने उद्देश्यले आफ्नै ठाउँमा केही गरौँ भन्ने सोचबाट होमस्टे सुरु गरेका हौँ ।’

बन्दीपुर-५ को कोरिखा क्षेत्रमा घरबास सञ्चालन गरिरहेकी सोममाया गुरुङले भनिन्, ‘पहिला घरधन्दा र खेतीपातीमै समय बित्थ्यो । होमस्टे सुरु भएपछि पाहुनालाई सेवा दिन पाउँदा सानो भए पनि आम्दानीको बाटो खुलेको छ । आफ्नै घरबाट आम्दानी हुन थालेपछि आत्मविश्वास पनि बढेको छ ।’

घरबास सञ्चालक चिनिमाया गुरुङले आम्दानीको स्रोत स्थापित हुँदै गएपछि आत्मविश्वास बढ्नुका साथै गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाएको बताइन । कम आम्दानी भए पनि घरखर्च चलाउन सहज भएको उनको भनाइ छ । पाहुनासँग घुलमिल हुँदा हाम्रो संस्कृति, कला, परम्पराका चिनाउन पाउँदा खुसी लाग्ने उनको अनुभव छ ।

घरबासमा आउने पाहुनालाई बेलुकाको खाजा, खाना र बास तथा बिहानको खाजासहित प्रतिव्यक्ति ८०० को एकमुष्ट योजना (प्याकेज) उपलब्ध गराउने गरिएको चिनिमायाले जानकारी दिइन । ‘यहाँ विशेषगरी स्थानीयस्तरमा उत्पादित ढिँडो, लोकल कुखुरा, खसी तथा बोकाको मासु, कोदोको रोटी र मह खुवाउने गरिन्छ । साथै स्थानीय संस्कृति झल्कने कौरा, चुड्का र घाटु नृत्यसमेत प्रस्तुत गरिन्छ’, उनले भनिन् ।

पर्यटन पहुँचका हिसाबले पनि कोरिखा सहज स्थानमा पर्दछ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पाबाट करिब छ किलोमिटर दूरीमा रहेको कोरिखा सवारीसाधनबाट करिब १५ मिनेटमा पुग्न सकिन्छ । त्यस्तै, डुम्रेबाट बन्दीपुर हुँदै वा बन्दीपुर बजारबाट बाहुन भञ्ज्याङ पार गरी करिब १५ मिनेटको सवारीयात्रामा कोरिखा पुग्न सकिन्छ ।

]]>
नागरिक Sun, 14 Dec 2025 17:02:48 +0545
<![CDATA[आगोले लियो वृद्धको ज्यान]]> https://nagariknews.nagariknetwork.com/social-affairs/fire-claimed-the-life-of-an-elderly-man-67-51.html https://nagariknews.nagariknetwork.com/social-affairs/fire-claimed-the-life-of-an-elderly-man-67-51.html

चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो ।

आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँ बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए ।

]]>
संवाददाता Sun, 14 Dec 2025 16:24:33 +0545
<![CDATA[स्थानीयको सक्रियतामा बनेको प्रहरी वृत्त बौद्धको भवन हस्तान्तरण]]> https://nagariknews.nagariknetwork.com/social-affairs/handover-of-the-building-of-the-police-circle-bouddha-built-with-the-active-participation-of-locals-93-77.html https://nagariknews.nagariknetwork.com/social-affairs/handover-of-the-building-of-the-police-circle-bouddha-built-with-the-active-participation-of-locals-93-77.html

गत भदौ २४ गतेको जेनजी आन्दोलनमा पूर्णरुपमा क्षतिग्रस्त प्रहरी वृत्त बौद्धको भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरीएको छ। प्रहरी वृत्त बौद्ध चौकी पूनर्निर्माण समितिले सो भवनको र्निर्माण गरेको हो।

स्थानीय बौद्धबासीको पहलमा विभिन्न संघसंस्था तथा व्यक्तिद्वारा रकम संकलन गरि सो भवनको पूनर्निमाण गरिएको हो। भवनको आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, प्रहरी परिसर काठमाडौंका प्रमुख बरिस्ठ प्रहरी उपरीक्षक रमेश थापा, प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष कार्की एवम् गोकर्णेश्वर नगर प्रमुख दीपक रिसाल, काठमाडौं महानगपालिका वडा नं ६ का अध्यक्ष भुवन लामा लगायतको उपस्थिति थियो।

सोही अवसरमा भवन निर्माणका लागि करिव १ करोड खर्च लागेको निर्माण समितिका कोषाध्यक्ष सोनम लामाले जानकारी दिए।

भवन उद्घाटन कार्यक्रममा प्रहरी वृत्त बौद्धले पूनर्निर्माणमा सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान समेत गरेको थियो।

]]>
नागरिक Sun, 14 Dec 2025 15:48:37 +0545
<![CDATA[कञ्चनजंघा संरक्षण क्षेत्र घुम्ने विदेशीको संख्या बढाउने रणनीति बनाइँदै]]> https://nagariknews.nagariknetwork.com/social-affairs/a-strategy-is-being-formulated-to-increase-the-number-of-foreigners-visiting-the-kanchenjunga-conservation-area-65-93.html https://nagariknews.nagariknetwork.com/social-affairs/a-strategy-is-being-formulated-to-increase-the-number-of-foreigners-visiting-the-kanchenjunga-conservation-area-65-93.html

अबको १० वर्षमा कञ्चनजंघा हिमाल र कञ्चनजंघा संरक्षण क्षेत्रमा आउने बिदेशी पर्यटकको संख्या वार्षक ८ हजार पुर्‍याउने लक्ष्यसहित पर्यटन रणनीति तर्जुमा गर्न थालिएको छ । समृद्ध पहाड परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पर्यटन रणनीति तर्जुका लागि विषयविज्ञद्धारा अनुसन्धनात्मक अध्ययन सुरु गरेको हो ।

परार्मशदाता सुमित बराल र उनको टोली अध्ययनमा सक्रिय रहेको छ । टोली संयोजक बरालका अनुसार अहिले कञ्चनजंघा संरक्षण क्षेत्रमा वार्षक करिव दुई हजार पर्यटक आइरहेका छन् ।

१० वर्षमा उक्त संख्यालाई चार गुणाले बृद्धि गर्ने र त्यसका लागि आवश्यक पर्ने पूर्वाधार सहितका सबै संरचना र सामग्रीले पर्याप्त बनाउने के कसरी अघि बढ्ने भन्ने बारेमा विज्ञ बरालले सरोकारवालाको राय मागेका छन् । सरोकारवालाबाट प्राप्त सुझावलाई समेत समेटेर आफुहरुले रणनीतिक योजना तर्जुमा गरी समृद्ध पहाड परियोजना र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई हस्तान्तरण गर्ने बरालले सुनाए ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले नीति,रणनीति,कार्यनीति,गतिविधि र उपलब्धीको सूचक तयारी पारी अघि बढ्न सुझाव दिए । फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पाले भर्जिन ल्याण्ड मानिने याङ्मा बस्ती सहितका दूर क्षेत्रलाई समेत समेटेर पर्यटन रणनीति तर्जुमा गर्न सुझाव दिए ।

उनले भौतिक चिजलाई मात्र पर्यटनको आधार बनाउने नभई संरक्षण क्षेत्रभित्रको संस्कार, संस्कृति, रहनसहन, जीवन शैली र परम्परालाई समेत बिक्री योजना बनाउन सुझाए । उनले बाह्यसंगै आन्तरिक पर्यटन प्रवद्र्धनलाई ध्यान दिएर अघि बढ्नुपर्ने बताए । सिरिजङ्गा गाउँपालिका वडा नं ७ का वडा सदस्य दावाछिरिङ शेर्पाले आन्तरिक र बाह्य दुबै पर्यटकलाई एकसाथ स्वागत गर्न पाउने अवस्था निर्माण गर्नेगरी रणनीति तय गर्नुपर्नेमा जोड दिए ।

हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि केदेम सुब्बाले पदमार्ग व्यवस्थापन र आन्तरिक पर्यटन प्रवद्र्धन अबको एजेण्डा बन्नुपर्ने बताए । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले पर्यटकीय क्षेत्रका न्यूनतम् पूर्वाधारहरु सडक र पदमार्गको व्यवस्थापन, उचित र प्रभावकारी किसिमका होटल तथा लज, अतिथि सत्कारका योजनालाई प्राथमिकता दिनुपर्ने बताए । पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले बाह्य पर्यटकको रोजाईका बिषयबस्तुलाई प्राथमिकता दिदैं नयाँ पर्यटकीय मार्गको खोजीमा समेत ध्यान दिन आग्रह गरे ।

सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले कञ्चनजंघा संरक्षण क्षेत्र आन्तरिक पर्यटकका लागि समेत सम्भावनाको बलियो क्षेत्र भएकोले यसलाई समेत उचित ध्यान दिएर पर्यटन रणनीति तयार गर्नुपर्ने सुझाव दिए । पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार महत्पूर्ण हुने भएकोले सामाजिक सञ्जालसहितका सार्वजनिक सञ्चार माध्यमको उचित पहुँच स्थापना र प्रयोग गर्नुपर्ने सुझाव उठेको छ ।

रणनीति तर्जुमा कार्यका लागि विज्ञ समूहको नेतृत्व गरेका बरालले सरोकारवाला माझ तीनवटा बिषयको सुझाव मागेका थिए । त्यसमा कञ्चनजंघा संरक्षण क्षेत्रको सबैभन्दा ठूलो अवसर के हो,मुख्य चुनौति के हुन् र संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई मुख्य गन्तव्य व्यवस्थापक मानेर अघि बढ्न अरु निकायले कसरी सघाउन सक्छन् भन्ने थियो ।

सरोकारवालाले पूर्वाधार र पर्यटन सेवा सुधारका लागि संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई प्रमुख गन्तव्य व्यवस्थापक मानेर अरु निकायले पनि सहयोग गर्न सक्ने आशय व्यक्त गरे । परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले कञ्चनजंघा संरक्षण क्षेत्र पर्यटनको बलियो सम्भावना बोकेको क्षेत्र भएकोले थप प्रवद्र्धन गर्दै उक्त क्षेत्रका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुने पर्यटन रणनीति तयार हुने विश्वास लिए । समृद्ध पहाड परियोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जिव न्यौपानेले संरक्षण क्षेत्रका नागरिकलाई वित्तीय पहुँचमा स्थापित गर्न २०७० साल देखि सुरु भएको परियोजनाले पछिल्लो समय मुख्य ५ क्षेत्रलाई आधार लिएको बताए । उनका अनुसार पर्यटन तथा जैविक विविधता संरक्षण,पर्यटन पूर्वाधार सुधार,पर्यटनमार्फत स्थानीय अर्थतन्त्रमा योगदान,सुरक्षित पर्यटन गतिविधि र संरक्षण क्षेत्रमा पर्यटक आवागमनमा बृद्धि गर्ने योजनाका साथ पर्यटन रणनीति तर्जुमाको तयारी गरिएको हो ।

]]>
खगेन्द्र अधिकारी Sun, 14 Dec 2025 15:24:34 +0545
<![CDATA[खोरसोरका दुई छावा कतार उड्दै]]> https://nagariknews.nagariknetwork.com/social-affairs/two-khorsoor-tents-flying-in-qatar-65-88.html https://nagariknews.nagariknetwork.com/social-affairs/two-khorsoor-tents-flying-in-qatar-65-88.html

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ। प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा हरिभद्र आचार्यका अनुसार यही डिसेम्बर १७ तारिखमा कतार पठाउन लागिएको हो। भैरहवा विमानस्थलबाट हात्ती पठाउन लागिएको हो। चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उनले बताए। जहाजको समय मिलाएर बाटोको अवस्था हेरी सौराहाबाट अघिल्लो दिन हात्ती लगिने तयारी छ।

कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो। रुद्रकली सात वर्ष र खगेन्द्र प्रसाद छ वर्षका छावा हुन्। रुद्रकली पूजाकली र खगेन्द्र कोशीकलीको बच्चा हो। खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीले जानकारी दिए।

हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन्। सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माण गरेको छ। खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ। लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ। हात्तीसँगै निकुञ्जका पशु प्राविधिक दिनेश ढकालको नेतृत्वमा दुई जना हात्तीका माउते पनि कतार जाँदै छन्।

उनीहरूले हात्तीले त्यहाँ व्यवस्थापन मिलाएर फर्कनेछन्। यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एकसिंगे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ। दुई देशबिचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तर्राष्ट्रिय स्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिइँदै आइएको छ। आचार्यका अनुसार पहिलो पटक नेपालले हात्ती उपहारस्वरूप अन्य देशमा पठाउन लागिएको हो।

विसं २०४४ मा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ हात्तीलाई जन्म दिइसकेको छ। यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ। यहाँ जन्मिएकामध्ये छको मृत्यु भएको छ।

यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ गैँडा, १० घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ मा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो। सोपश्चात् कतार सरकारको कूटनीतिक निकायबाट माग भएअनुसार प्रक्रिया अघि बढाएर हात्ती पठाउन लागिएको हो।

]]>
नागरिक Sun, 14 Dec 2025 13:48:36 +0545
<![CDATA[पुसे मेलाका लागि मेरिङदेनले दियो दुई दिन स्थानीय बिदा]]> https://nagariknews.nagariknetwork.com/social-affairs/meringden-grants-two-days-of-local-holiday-for-puse-mela-54-56.html https://nagariknews.nagariknetwork.com/social-affairs/meringden-grants-two-days-of-local-holiday-for-puse-mela-54-56.html

५२ वर्षदेखि लगातार लाग्दै आएको ऐतिहासिक पुसे मेलाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार गाउँ कार्यपालिकाको निर्णय अनुसार पुस ३ र ४ गते दुई दिन स्थानीय बिदा दिइएको हो। उक्त दुई दिन आकस्मिक सेवा बाहेक गाउँपालिका मातहतका सरकारी कार्यालय, सामुदायिक विद्यालय एवं संघसंस्थाहरूमा स्थानीय बिदा लागु हुने छ।

पुस १ देखि ५ गतेसम्म मेरिङदेन गाउँपालिकाको वडा नं ३ खाम्लुङ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ५ चाँगेको संगम स्थल दोभान बजारमा पुसे मेला लाग्दै छ। सो अवसरमा अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता तथा साँस्कृतिक उत्सव समेत हुने पुसे मेला सञ्चालन समिति अध्यक्ष हेम चोङवाङले जानकारी दिए। उनका अनुसार पुसे मेला लाग्न थालेको यो वर्ष ५२ औं वर्ष हो।

]]>
खगेन्द्र अधिकारी Sun, 14 Dec 2025 12:48:09 +0545
<![CDATA[चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या]]> https://nagariknews.nagariknetwork.com/social-affairs/the-problem-of-cholera-in-cattle-and-buffaloes-in-chitwan-54-52.html https://nagariknews.nagariknetwork.com/social-affairs/the-problem-of-cholera-in-cattle-and-buffaloes-in-chitwan-54-52.html

यहाँ गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो।

पशु सेवा कार्यालय प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको गाई फार्ममा यो रोग पुष्टि भएको छ। रत्ननगरमा रहेका गाई फार्ममा खोरेतको लक्षण देखिए पनि प्रयोगशालाबाट नतिजा आएको छैन। मङ्सिर ११ गते भरतपुर महानगर क्षेत्रका गाईको नमूना खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा पठाइएको र १६ गते नतिजा आएको उनले बताए।

कार्यालय प्रमुख डा न्यौपानेले हाल रोग देखिएका क्षेत्रमा खोरेतविरुद्धको खोप लगाउने काम भइरहेको जानकारी दिए। उनले भने, 'रोग लागेको क्षेत्रमा खोप लगाउने काम भइरहेको छ। अब जिल्लाभरिनै अभियान चलाउने योजना छ।'

भाइरसका कारण सर्ने यो रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भवती भए गर्भ तुहिने, दूध उत्पादन घटाउने, खुट्टामा घाउ हुने, दानापानी नखानेजस्ता लक्ष्यण देखिने गरेको छ। यो रोग बढी मात्रामा गाईभैँसी र बुङ्गुरमा देखिने गरेको कार्यालय प्रमुख डा न्यौपानेले बताए।

जिल्लाका सबै पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको भए पनि बाहिरबाट खरिद गरेर ल्याइएका पशुमा यो रोग देखिएको हुनसक्ने जनाइएको छ। बाहिरबाट खरिद गरेर ल्याएका पशुलाई २१ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र आफ्नो बथानमा मिसाउन र सङ्क्रमिण देखिएका पशुलाई समेत छुट्टै राखेर उपचार गर्न कार्यालयले आग्रह गरेको छ।

'जङ्गली जनावरबाट पनि सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा बढी सङ्क्रमण देखिने गरेको छ। यसमा सतर्कताका साथै हरेक फार्ममा जैविक सुरक्षाको विधि अपनाएर वर्षमा दुईपटक खोरेतविरुद्धको खोप लगाउन हाम्रो आग्रह छ,' कार्यालय प्रमुख न्यौपानेले भने। रासस

]]>
नागरिक Sun, 14 Dec 2025 11:50:12 +0545
<![CDATA[लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’]]> https://nagariknews.nagariknetwork.com/social-affairs/tharu-art-exhibition-house-to-preserve-folk-culture-52-93.html https://nagariknews.nagariknetwork.com/social-affairs/tharu-art-exhibition-house-to-preserve-folk-culture-52-93.html

सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ।

सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू कला प्रदर्शनी घर पनि सञ्चालनमा छ। जहाँ उक्त समुदायले प्रयोग गर्ने विभिन्न पहिरन, खेतीपाती तथा दैनिक प्रयोगमा आउने सामग्री, विभिन्न कलात्मक चित्रलगायत सामग्री राखिएका छन्।

यसैगरी, प्रदर्शनी घर परिसरमा थारू समुदायका विभिन्न खानाका परिकार रहेका ३० वटा व्यापारिक कक्ष पनि रहेका छन्। ती कक्षमा थारू समुदायले परम्परादेखि सेवन तथा खानपान गर्ने परिकार बिक्रीका लागि राखिएका छन्। व्यापारिक कक्षमा माछाको सिद्रा, घोँगी, ढिक्री, झिँगा माछा तथा परेवा, मुसा, बङ्गुर, गङ्गटालगायत मासुको प्रकार साझा जस्तै छन्।

प्रदर्शनी घरमा थारू परिकार पाइनुका साथै थारू संस्कृतिका विभिन्न गीत, नाचगान प्रस्तुति गर्ने गरिएको छ। यहाँ अवलोकनका लागि आउने दर्शकले ती लोकगीत सुन्न तथा नाचगानमा झुम्मिन्छन्। सञ्चालक बलीचरण चौधरीले पछिल्लो समय लोप हुँदै गएका थारू जातिका लोककला, संस्कृति तथा खानपानलाई जगेर्ना गर्ने उद्देश्यले थारू कला प्रदर्शनी घर सञ्चालनमा ल्याइएको जानकारी दिए।

उनले प्रत्येक वर्ष महोत्सवस्थलमा प्रदर्शनी घर राख्दै आएका छन्। चौधरीले त्यसको व्यवस्थापनका लागि रु १० लाख जति लगानी गरेको र करिब रु १५ लाखबराबरको कारोबार हुने अनुमान रहेको बताए।

‘यहाँ मात्र नभई अन्य विभिन्न ठाउँमा हुने मेला महोत्सवमा पनि थारू सङ्ग्रहालय तथा थारू कला प्रदर्शनी घर सञ्चालन गर्दै आएको छु। यसले आम्दानीका साथै आफ्नो समुदायको लोकसंस्कृति, खानपान, रहनसहनको प्रचार गर्न पनि सघाउ पुगेको छ’, उनले भने। रासस

]]>
नागरिक Sun, 14 Dec 2025 11:46:38 +0545
<![CDATA[वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो]]> https://nagariknews.nagariknetwork.com/social-affairs/birgunj-metropolitan-municipality-removes-those-who-encroached-on-bp-park-for-business-19-88.html https://nagariknews.nagariknetwork.com/social-affairs/birgunj-metropolitan-municipality-removes-those-who-encroached-on-bp-park-for-business-19-88.html

वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ।

मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए।

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए। 'अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने काम गरेका छौँ। यहाँ व्यापार गर्दै आएकाहरूले सरसमान हटाउने काम गरिरहेका छन्,' महानगर प्रमुख सिंहले भने।

यहाँ अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल र विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा बढीले व्यापार गरिरहेका थिए। महानगर प्रमुख सिंहले अब करिब रु ७० करोड रकम खर्चेर सुन्दर र हरियाली पार्क बनाउने योजना अघि बढाउने बताए। यहाँबाट हटाइएकाहरूका लागि छपकैयाँस्थित रेल्वे सडकमा आवश्यक संरचना तयार गरिएको उनले जानकारी दिए।

आज बिहानैदेखि नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा बजार खाली गराइएको हो।

]]>
रासस Sun, 14 Dec 2025 10:58:52 +0545
<![CDATA[सुदूरपश्चिमका दलित योद्धा टेलरले पाए ‘अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’]]> https://nagariknews.nagariknetwork.com/social-affairs/dalit-warrior-taylor-from-doti-receives-ambedkar-international-award-81-81.html https://nagariknews.nagariknetwork.com/social-affairs/dalit-warrior-taylor-from-doti-receives-ambedkar-international-award-81-81.html

सुदूरपश्चिममा बसेर दलित अधिकारको क्षेत्रको सक्रिय नेता कुमारसिंह टेलर ‘बाबासाहेब डा. भीमराव अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’बाट सम्मानित भएका छन्।

भारतका पूर्वउपप्रधानमन्त्री जगजीवन रामको ५४औँ विजय दिवसका अवसरमा शनिबार टेलर पनि सम्मानित भएका हुन्। नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा लोकसभाका पूर्व अध्यक्ष मीरा कुमारले टेलरलाई पुरस्कारबाट सम्मान गरेकी हुन्।

टेलर नेपाली कांग्रेस डोटीका नेता पनि हुन्। कांग्रेसनिकट नेपाल दलित संघ डोटीको उनले लामो समय नेतृत्व गरेका छन्।

उनी पञ्चायत कालदेखि नै लोकतन्त्र, दलित तथा पछाडि पारिएको समुदायको हक अधिकारका क्षेत्रमा अनवरत संघर्ष गरिरहेका पात्र हुन्।

सोही कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष बनेका सन्तोष परियार पनि पुरस्कृत भएका थिए।

]]>
नागरिक Sun, 14 Dec 2025 10:02:44 +0545
<![CDATA[बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’]]> https://nagariknews.nagariknetwork.com/social-affairs/kodoko-selroti-is-the-choice-of-guests-at-beldhunga-households-64-43.html https://nagariknews.nagariknetwork.com/social-affairs/kodoko-selroti-is-the-choice-of-guests-at-beldhunga-households-64-43.html

पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन्।

घरबास पुग्नुभएका सामाजिक व्यक्तित्व डा सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताउछन्। यहाँ पाउने अन्य परिकारसँगै धेरैको रोजाइमा कोदोका परिकार बढी रहेका छन्। पाठकलाई पनि आतिथ्यता, सांस्कृतिक कार्यक्रमसँगै बिहानको खाजामा दिइने कोदोका परिकारले झनै मोहित बनाएको थियो।

उनले कोदोको ढिडो र रोटी खाए पनि सेलरोटी पहिलोपटक खान पाएकामा खुसी व्यक्त गरे। ‘सामाजिक काममा धेरै स्थानमा पुगियो, धेरै घरबासमा खानाका परिकार चाखियो, तर कोदोबाट बनेको सेलरोटी बेलढुङ्गा सामुदायिक घरबासमा देख्न र चाख्न पाइयो। यो निकै मन पर्यो’, डा पाठकले भने, ‘घरबास चल्नका लागि खानाको परिकार, संस्कार, संस्कृति र प्रकृतिको संयोजन हुन आवश्यक रहेछ, जुन कुरा बेलढुङ्गा आएपछि देखियो। यहाँको आतिथ्यता र बेलढुङ्गाबाट आँखैअगाडि देखिने हिमालले मोहनी नै लगायो।’

पाठकलाई मात्रै होइन गरिबको खान्की भनेर चिनिँदै आएको कोदोका परिकार सामुदायिक घरबास आउने अधिकांश पाहुनाको रोजाइमा पर्न थालेका छन्। घरबासमा कोदोको रोटी, सेलरोटी, कोदो र फापरको ढिडोसँग लोकल कुखुरा र खसीको मासु तथा भाँगो राखेको आलुको अचार मुख्य परिकारका रूपमा रहेका छन्।

आगन्तुक पाहुनाले ढिडो, सेलरोटी, फापरका परिकार, उसिनेको आलु, सिल्टुमरको चटनी, आलु चिप्स, अचार, आलुको रोटीलगायत परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको हो। घरबासमा प्रगतिशील आमा समूहले पाहुनाको स्वागत तथा सांस्कृतिक कार्यक्रमको व्यवस्था मिलाउँदै आएको छ।

आमा समूहका अध्यक्ष माया घर्तीले पाहुनालाई घरबासको सभाहलमा स्वागत तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको बताउछिन्। ‘राति पाहुनालाई सांस्कृतिक कार्यक्रमसहित सत्कार गर्छौं, खानाको कुरा त भइनै हाल्यो। पाहुनाले बिहानै बेलढुङ्गामा पुगेर सूर्योदय र हिमाल हेर्छन्। घरबासमा चितवन, पोखरा, म्याग्दी, पर्वत तथा बागलुङबाट पाहुना आउने गरेका छन्।’

यो स्थान काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा अवस्थित छ। सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि यहाँ पर्यटक आगमनमा वृद्धि भएको छ, जसको फाइदा धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासलाई भएको छ। दुई हजार ६१४ मिटरको उचाइमा रहेको बेलढुङ्गा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ।

विसं २०७५ मा यो स्थापित सामुदायिक घरबास हाल १० घरमा सञ्चालित छ, जहाँ एक रातमा ३० जनासम्म राख्न मिल्छ। घरबास सञ्चालक गोपाल श्रीस घरबासमा आयातित खाद्य सामग्रीलाई निषेध गरी स्थानीयस्तरमा उत्पादित खानाका परिकारलाई विशेष रूपमा प्रवद्र्धन गर्ने गरिएको बताउछन्।

‘गाउँमै उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, साग तथा फापरको व्यावसायीकरण र अन्य उत्पादनलाई समेत प्रवद्र्धन गर्न अब गाउँलाई ‘अग्र्यानिक भिलेज’का रूपमा स्थापित गर्ने योजना छ’, उनले भने, ‘गाउँमा रासायनिक मल निषेध गरिएकाले अग्र्यानिक कृषि उपजले पाहुनालाई स्वागत गर्न सहज भएको छ।’ रासस

]]>
नागरिक Sun, 14 Dec 2025 08:13:59 +0545
<![CDATA[कम्पनीले मुआब्जा नदिएको भन्दै फेरि जलविद्युत् आयोजना बन्द]]> https://nagariknews.nagariknetwork.com/social-affairs/hydropower-project-shut-down-again-after-company-fails-to-pay-compensation-57-18.html https://nagariknews.nagariknetwork.com/social-affairs/hydropower-project-shut-down-again-after-company-fails-to-pay-compensation-57-18.html

प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन्। विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन्।

यही मंसिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबिच मंसिर २५ गतेभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। दुई पक्षबिच गरिएको लिखित सहमति प्रवर्द्धक कम्पनीले कार्यान्वयन नगरेपछि जग्गाधनीले सोही दिनदेखि पानी टरबाइनबाट हटाएर खोलातिर फर्काइदिएका थिए। लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले गत चैतमा पनि उक्त जलविद्युत् आयोजना बन्द गराएका थिए। जग्गाधनीले मुआब्जा नदिएसम्म जलविद्युत् आयोजनाको उत्पादन बन्द गर्ने चेतावनी दिएका छन्।

सुङ्देल र केपिलासगढी गाउँपालिका–६, दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको आयोजना २०७७ भदौ १६ गते नेसनल ग्रिडमा जोडिएको थियो। कम्पनीले पोल गाडिएका जग्गाको क्षतिपूर्ति दिए पनि तार र पाइपलाइनले ओगटेको जग्गाको क्षतिपूर्ति नदिएको स्थानीयले बताएका छन्। जलविद्युत् आयोजना सञ्चालन भएको वर्षौं वित्दा पनि रावा इनर्जी डेभलपमेन्ट प्रालिले उपयोग गरेको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएका कारण आयोजना बन्द गरेको स्थानीय माइतीराज राईले जानकारी दिए।

‘गत चैतमा पनि स्थानीयले उक्त जलविद्युत् आयोजना बन्द गराएका थिए। मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपश्चात् सञ्चालनमा आएको थियो’, उनले भने, ‘सहमति कार्यान्वयनमा नआएपछि उपभोक्ताले पुनः आयोजना बन्द गराएका हुन्। यस विषयमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।’

स्थानीय जग्गाधनीले आयोजना सञ्चालन गर्न ओगटिएको सम्पूर्ण जग्गाको निष्पक्ष मूल्याङ्कनसहित तुरुन्त क्षतिपूर्ति दिनुपर्ने, जालपादेखि विद्युत् गृहसम्मको सडक मर्मत, सोलिङ तथा ढल व्यवस्थापन गर्नुपर्ने, हिउँदमा खोलामा १०–१५ प्रतिशत पानी अनिवार्य छाड्नुपर्ने, सरकारी जग्गा प्रयोग गर्दा कानुनी अनुमति लिनुपर्ने, प्रभावित स्थानीयलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्नुपर्नेलगायत माग राखेका छन्।

आयोजनाका सञ्चालक समितिका सदस्य राजन दाहालले अहिले उठाइएका कतिपय माग सम्बोधन गर्न नसकिने बताए। केपिलासगढी गाउँपालिकाको समन्वयमा रावा इनर्जी डेभलपमेन्ट कम्पनी र निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण संघर्ष समितिबिच २०८१ चैत ५ गते बसेको बैठकमा मुआब्जा समन्वय समिति गठन गरिएको थियो। स्थानीय पटनबहादुर राईको संयोजकत्वमा गठित समितिले रावा इनर्जी डेभलपमेन्ट कम्पनीसँग समन्वय गरेर ३५ दिनभित्र जग्गादातालाई मुआब्जा उपलब्ध गराउने सहमति गरेको थियो।

गाउँपालिकाको कार्यालयमा बसेर गरिएको सहमति कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालयलाई समेत ज्ञापनपत्र बुझाएका थिए। गत वैशाख ३० गते ज्ञापनपत्र बुझ्नुहुँदै तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी सागर साहले समस्या समाधान गर्न पहल गर्ने बताएका थिए। तर हालसम्म प्रशासनले कुनै पहल नगरेको स्थानीयवासीको आरोप छ। रासस

]]>
नागरिक Sun, 14 Dec 2025 07:11:17 +0545
<![CDATA[होटेलमा लुकाइएको पेस्तोल पड्किँदा एक जना घाइते]]> https://nagariknews.nagariknetwork.com/social-affairs/one-injured-when-a-pistol-hidden-in-a-hotel-explodes-94-77.html https://nagariknews.nagariknetwork.com/social-affairs/one-injured-when-a-pistol-hidden-in-a-hotel-explodes-94-77.html

दाङको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन्।

लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल आज पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिशम गौतम घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए।

उनका अनुसार एसीमाथि लुकाएर राखिएको पेस्तोल कोठा सफा गर्ने क्रममा पड्किँएको हो। गौतमको अवस्था सामान्य रहेको जनाउँदै उनले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए।

यसअघि गत शनिबार लमहीस्थित एक सुनचाँदी पसलमा गोली चल्दा एक जना घाइते भएका थिए।

]]>
नागरिक Sat, 13 Dec 2025 21:01:14 +0545
<![CDATA[रैथाने परिकारको स्वाद चाख्न कृषि प्रदर्शनी]]> https://nagariknews.nagariknetwork.com/social-affairs/agricultural-exhibition-to-taste-local-dishes-83-23.html https://nagariknews.nagariknetwork.com/social-affairs/agricultural-exhibition-to-taste-local-dishes-83-23.html

स्याउ र मार्सी चामलले मात्रै जुम्लाको पहिचान पूरा हुँदैन। फापर, कोदो, कागुनो, चिनो, उवा, गहत, सिमीदेखि जडीबुटी र तिनबाट बनेका परिकारसम्म जुम्लाको खाद्य संस्कृति गहिरो छ ।

No description available.

यही पहिचानलाई पुनः जोगाउन जुम्लामा ‘कृषि जैविक विविधता तथा रैथाने खाद्य परिकार प्रदर्शनी मेला’ आयोजना गरिएको छ । मेला केवल परिकार चाख्ने थलोमा सीमित छैन । बदलिँदो खाद्य प्रणाली, बढ्दो आयातित खाद्यान्नको प्रयोग र लोपोन्मुख बालीको भविष्यबारे गम्भीर बहस र पैरवी बनेको छ ।

No description available.

एकातर्फ खेतीयोग्य जमिनको ठूलो हिस्सा बाँझो छ, अर्कोतर्फ बजारमा आयातित चामल, पिठो र प्याकेट खाद्यवस्तुको खपत बढ्दो छ । स्थानीय रूपमा उत्पादन हुने पोषिलो अर्गानिक बाली हुँदाहुँदै बाहिरको खाद्यान्नमा निर्भर हुनु जुम्लाको विरोधाभास हो ।

यही यथार्थलाई देखाउँदै मेलाले ‘आफैं उत्पादन गरौं, आफैं खाऔं, बाँकी बजारमा बेचौं’ भन्ने सन्देश प्रवाह गरेको छ ।जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यका अनुसार रैथाने बाली केवल खाद्यान्न होइनन्, खाद्य सुरक्षाको आधार हुन् ।

No description available.

‘विषादीयुक्त आयातित खाद्यान्नले स्वास्थ्य जोखिम बढाइरहेको छ । रैथाने बाली संरक्षण गर्नु भनेको स्वास्थ्य र आत्मनिर्भरता दुवै जोगाउनु हो,’ उनले उद्घाटन समारोहमा भने ।

यसअघि जुम्लामा सडक नाटक, देउडा र गोष्ठीमार्फत रैथाने बाली संरक्षणको सन्देश दिइँदै आएको थियो । तर यसपटक मेलाले चेतनालाई स्वादसँग जोडेको छ ।

फापरको सेलरोटी, कोदोको रोटी, कागुनोको खिर, मार्सी चामलको सेल, ढटेलोको तेल, जडीबुटीजन्य अचार र घुच्ची च्याउले दर्शकलाई हेर्ने मात्र होइन, चाख्ने र बुझ्ने अवसर दिएको छ ।यता चन्दननाथ नगरपालिका कृषि विकास शाखा प्रमुख सरद पोखरेल भन्छन्, ‘पोषणका हिसाबले यहाँका खाद्यवस्तु बलिया छन् । तर हामी आफैं उत्पादन गरेका वस्तु बाहिर पठाएर आयातित खाद्यान्न खाइरहेका छौं । यो प्रवृत्ति बदल्न मेला एउटा सांकेतिक तर महत्वपूर्ण कदम हो ।’

No description available.

मेलाको अर्को महत्वपूर्ण पक्ष लोप हुँदै गएका बालीका बीउ प्रदर्शनीमा राखिनु हो । बीउ हराउनु भनेको संस्कृतिको एक पुस्ता हराउनु जस्तै भएको कृषकहरूको बुझाइ छ । उत्पादन भए पनि बजार नपाउँदा किसान रैथाने बाली छाड्न बाध्य भएको उनीहरूको गुनासो छ । उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष बालकृष्ण बुढाले गुणस्तर, प्याकेजिङ र ब्रान्डिङमा जोड दिए ।

‘निर्यात भइरहेको छ, तर मूल्यअनुसारको गुणस्तर छैन । आफ्नै उत्पादनलाई हेला गर्ने प्रवृत्ति अन्त्य नगरेसम्म रैथाने बालीले बजार पाउँदैन,’ उनले भने ।

No description available.

कृषि विकास कार्यालय जुम्लाका तथ्यांकले जिल्लामा खाद्यान्न उत्पादनको ठूलो सम्भावना देखाउँछन् । जुम्लाको कुल क्षेत्रफल २ लाख ५३ हजार १ सय ६ हेक्टरमध्ये ३८ हजार ४ सय ८६ हेक्टर (१५.२१ प्रतिशत) खेतीयोग्य जमिन छ । तीमध्ये १२ हजार ५१ हेक्टर (३१.३१ प्रतिशत) जमिन बाँझो छ ।

आर्थिक वर्ष २०८०/८१ मा १४ हजार ५ सय ३३ हेक्टरमा खाद्यान्न खेती भई २४ हजार २ सय ३१ मेट्रिक टन उत्पादन भएको छ । धान २ हजार ८ सय ९० हेक्टरमा ५ हजार ९ सय ८७ मेट्रिक टन, मकै ४ हजार ४ सय ५० हेक्टरमा १० हजार ५ सय मेट्रिक टन, कोदो २ हजार ७ सय ४० हेक्टरमा ३ हजार ८ सय ५० मेट्रिक टन र जौँ १ हजार ९ सय ३५ हेक्टरमा ३ हजार ५ सय १५ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

No description available.

फापर, उवा, चिनो र कागुनो जस्ता रैथाने बाली अझै सानो क्षेत्रमै सीमित छन् । कृषि विज्ञहरूका अनुसार यस्ता मेला एक–दुई दिनको उत्सवमा सीमित भए पर्याप्त हुँदैन । बीउ बैंक स्थापना, न्यूनतम समर्थन मूल्य, स्थानीय विद्यालयको मध्याह्न भोजनमा रैथाने खाद्य प्रयोग र स्थानीय तहबाट सुनिश्चित बजारजस्ता दीर्घकालीन उपाय आवश्यक छन् ।

किसान, उपभोक्ता र सरकारबीच समन्वय हुन सके मात्र जुम्लाका रैथाने बाली र स्वादले पुनर्जागरण पाउने विज्ञहरूको निष्कर्ष छ ।

No description available.
]]>
गोल्डेन बुढा Sat, 13 Dec 2025 19:05:48 +0545
<![CDATA[नागरिककर्मी किसी सम्मानित]]> https://nagariknews.nagariknetwork.com/social-affairs/civilian-worker-honored-14-60.html https://nagariknews.nagariknetwork.com/social-affairs/civilian-worker-honored-14-60.html

नागरिककर्मी कृष्ण किसी सम्मानित भएका छन् । शव्दयात्रा प्रकाशन धुलिखेल नेपालले शव्दयात्रा प्रकाशन हरि गोपाल प्रधान कदरपत्र २०८२ बाट किसीलाई शनिबार सम्मान गरिएको हो ।

संस्थाका संस्थापक हरि मञ्जुश्री, चयन समिति सदस्य निर्मला श्रेष्ठ, कदर व्यवस्थापक हरिगोपाल प्रधानलगायतले उनलाई संयुक्त रुपमा कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

No description available.

किसीसँगै दुई जना पत्रकारहरु तुल्सी गिरी र शुभराज अधिकारीलाई पनि सम्मान गरिएको थियो । साथमा डा इन्दुल केसीद्धारा लिखित भूस्वर्गको सुवास र केदारनाथ तिमल्सिनाको भागवत एक परिचय पुस्तक पनि विमोचन गरिएको थियो ।

]]>
नागरिक Sat, 13 Dec 2025 17:50:56 +0545