Nagarik News - कला/साहित्य
भुवन केसीको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘बाटुलो जुन’ को पहिलो गीत ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ घटस्थापनाको अवसर पारेर सार्वजनिक भएको छ।
गीतमा युग भुसालको शब्द तथा सङ्गीत, तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ। म्युजिक भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन्।
गीतमा देखिने आकर्षक खोला किनार, घुम, डन्डिबियो र मकैघारी जस्ता छायांकनस्थलले दर्शकलाई पुरानो समयको सम्झना गराउँछ।
गीतमा मुख्य दुई कलाकार, नायक अनमोल केसी र डेब्यु अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। यसअघि चलचित्रको ट्रेलर तथा टिजरले राम्रो चर्चा पाएको थियो।
भुवन केसीको दोस्रो निर्देशकीय भूमिका रहेको यस चलचित्रमा भुवन केसी र गरिमा पन्तको पनि अभिनय छ। चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पाश्र्व सङ्गीत रहेको छ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको यो चलचित्र कार्तिक २६ देखि प्रदर्शको तयारीमा छ।
बलिउड अभिनेता अनिल कपूरले आफ्नो चर्चित फिल्म ‘मिस्टर इन्डिया’सँग जोडिएको एउटा रोचक किस्सा साझा गरेका छन्। उनले फिल्ममा लगाएको ज्याकेट मुम्बईको चोर बजारबाट किनेको खुलासा गरेका छन्। बक्स अफिसमा सुपरहिट भएको चलचित्रमा उनले चोर बजारबाट किनेको ज्याकेट लगाएका थिए।
रोचक कुरा के छ भने, ३९ वर्ष बितिसक्दा पनि उक्त ज्याकेट उनलाई अझै मिल्छ। अनिलले ‘मिस्टर इन्डिया’को पहिरनमा आफूलाई प्रस्तुत गरेका छन्।
अनिल कपूरले एउटा कार्यक्रमको छायाङ्कनका क्रममा आफ्नो पुरानो फिल्म ‘मिस्टर इन्डिया’को समयलाई फेरि सम्झिए। उनले सन् १९८७ मा रिलिज भएको उक्त फिल्ममा लगाएका उही कपडा पुनः लगाएका थिए।
यस विषयमा कुरा गर्दै उनले भने, “मेरो विचारमा, सर्ट अझै पनि मलाई फिट हुन्छ। ट्राउजर पनि मिल्छ र ज्याकेट पनि फिट हुन्छ। ३९ वर्षपछि पनि सबै कपडा मलाई मिलिरहेका छन्।”
उनले ‘मिस्टर इन्डिया’मा लगाएको उक्त पहिरन अझै सुरक्षित राखेका छन्। अनिलका अनुसार उनले फिल्ममा लगाएको ज्याकेट मुम्बईको चोर बजारबाट किनेका थिए।
उनले भने, “फिल्मबाट के सिक्न सकिन्छ भने हरेक व्यक्ति ‘मिस्टर इन्डिया’ बन्न सक्छ।”
‘मिस्टर इन्डिया’ शेखर कपूरको निर्देशनमा बनेको चर्चित विज्ञानकथामा आधारित सुपरहिरो फिल्म हो। यसमा अनिल कपूरले अरुण वर्माको भूमिका निर्वाह गरेका छन्। अरुण एक साधारण भायोलिन वादक तथा समाजसेवी हुन्। उनले एउटा यस्तो उपकरण प्राप्त गर्छन्, जसको सहायताले उनी अदृश्य हुन सक्छन्।
फेसन, शक्ति, सौन्दर्य र नारी एकताको अविस्मरणीय साँझ ‘बाहुबलीः राइज आफ द क्वीन्स’ समारोह सम्पन्न भएको छ। शनिवार साँझ बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीको रिभिजिटमा ‘बाहुबलीः राइज आफ द क्कीन्स’ पनाचे रनवे भएको हो।
श्वेता सिरोहिया रोक्का द्वारा डिजाइन, स्टाइल गरिएको पनाचे रनवे को उद्देश्य कैयौँ थियो, त्यसमध्ये एक हो सुरुमा बाढी पीडितलाई आर्थिक सहयोग गर्ने। समारोहबाट उढेका सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने आयोजकको भनाइ छ।
विभिन्न कलाकार तथा कन्टेन्ट क्रिएटर, समाजसेवी लगायतका व्यक्ति पनाचे रनवेमा सहभागी भएका थिए। सहभागी प्रतिस्पर्धीहरू दक्षिण भारतीय चलचित्र ‘बाहुबली’ लाई आफ्नो थिममा राखेर पहिरन तथा तलवार, तीरलगायत सामाग्री हातमा बोकेर रनवेमा देखिए।
रनवेमा सहभागी कुल २३ जनामध्ये ९ जना पुरुष र १४ जना महिला रनवेमा ‘बाहुवली क्वीन्स तथा किंङ’ अवतारमा देखिएका थिए। सहभागी प्रतिस्पर्धीमा उद्यमी शोभा ज्ञवाली बाहुबलीकी पात्र राजमाता शिवगामीको अवतारमा देखिएकी थिइन्। मोडेल प्रशान्त ताम्राकार कटप्पाको भूमिकामा प्रस्तुत भए। अभिनेता आयुष जोशी अमरेन्द्र बाहुबली, देवसेनाको भूमिकामा दीपमाला ढकाल, वरुण राणा भने महेन्द्र बाहुबली, अभिनेत्री आना शार्मा रिभिल क्वीन्स, रितु सिंह वैध क्राउन क्कीन, नीति शाह बेहुली, यसै गरी रुपाली सवागी, इभा गिरी, पविना खड्का, डा. ज्योती रायमाझी राणा, रुपी सिंह, डाक्टर अपर्णा शाह, नामग्याल, देवान्स राणा, समर्पन कार्की, पराकरम राणा, कुन्साङ तामाङ बोमजन, विजय लामा, भवानी राणालगायतका व्यक्तित्वहरु र्‍याम्पमा देखिएका थिए।
२३ जना सहभागीलाई हिमानी राणाद्वारा उपहार तथा डाक्टर अमित कुमारको तर्फबाट नि:शुल्क स्वास्थ्य सेवाको कुपन हस्तान्तरण गरियो।
र्‍याम्पमा सहभागी समाजसेवी तथा उद्यमी शोभा ज्ञवालीले बाहुबलीः राइज आफ द क्वीन्स’ बारे खुलाउँदै भनिन्, ‘रसुवा बाढीमा प्रभावित व्यक्तिहरूको आर्थिक सहयोगका लागि हामीले यो प्रयास गरेका हौँ। यसमा महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेका छौँ। विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरूको यसमा सहभागी रहनेछन्। राष्ट्रलाई प्राकृतिक प्रकोपले दुःख दिइरहेका बेला हामीले यसको माध्यमबाट अलिकति भए पनि जनतामा सकारात्मक सन्देश जाओस् भन्ने उद्धेश्य राखेका छौं।’
बाहुबलीः राइज आफ द क्वीन्स’ की माया राणा, भावना राणा र श्वेता सिरोहिया रोक्काद्वारा गरिएको रनवेको मुख्य उद्देश्य भने रसुवा बाढी पीडितलाई सहयोग गर्ने रहेको थियो।
यो सँगै उक्त शोबाट सङ्घर्ष र मन्दाकिनी किताबबाट उठेको ५० प्रतिशत बाढी पीडितलाई सहयोग गर्ने किताबकी लेखक शोभा ज्ञवालीले घोषणा गरेकी थिइन्।
बलिउडका भाइजान अभिनेता सलमान खानले आफ्नो आधिकारिक युट्युब च्यानल ‘बिइङ द सलमान खान’ सुरु गरेका छन्।
सलमान खान हाल आफ्नो चर्चित रियालिटी शो ‘बिग बोस २०’ को सञ्चालन गरिरहेका छन्। यसैबीच उनले नयाँ युट्युब च्यानल सुरु गरेका हुन्। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले आफ्नो च्यानलको उद्देश्य तथा सामग्रीबारे बताएका छन्।
सलमानले आफ्नो च्यानलमा राखिने सामग्री सबै दर्शकलाई मन नपर्न सक्ने उल्लेख गर्दै यो च्यानल विशेषगरी साना बालबालिकालाई ध्यानमा राखेर तयार गरिएको हो। यसमा मनोरञ्जनसँगै परिवार, प्रेम र शिक्षासम्बन्धी सामग्री पनि समावेश गरिनेछ।
एक्समा उनले लेखेका छन्, 'मेरो युट्युब च्यानल हेर्नुभएकोमा धन्यवाद। मलाई थाहा छ, यहाँको सामग्री अहिले तपाईंहरूका लागि नहुन सक्छ। तर यो तपाईंहरूका साना बालबालिकाका लागि हो भन्ने कुरा पनि बुझ्नुहुन्छ होला। हेरौँ, यो कस्तो हुन्छ। थोरै रमाइलोसँगै प्रेम, परिवार र शिक्षासमेत बालबालिकाका लागि आवश्यक छन्, होइन र?'
‘बिइङ द सलमान खान’ च्यानलको पहिलो भिडियोमा सलमान खानका दुई फरक रूप प्रस्तुत गरिएको छ। भिडियोमा एक सलमान प्रशिक्षकको भूमिकामा छन् भने अर्को विद्यार्थीको रूपमा देखिएका छन्।
विद्यार्थीको भूमिकामा रहेका सलमानले प्रशिक्षकबाट आफ्नो विशेष शैली, हाउभाउ, शरीरको भाषा र संवाद बोल्ने तरिका सिकिरहेको देखाइएको छ।
यसरी अभिनेताको पर्दामा देखिने लोकप्रिय व्यक्तित्वलाई रमाइलो र सिकाइसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरिएको छ। च्यानलमा बालबालिकाले मनोरञ्जनसँगै केही नयाँ कुरा सिक्न सक्ने खालका सामग्री राख्ने उद्देश्य देखिन्छ।
कथाकार रत्न प्रजापतिको ‘आलोपालो’ बालचित्रकथा प्रकाशित भएको छ। यस पुस्तकलाई बालसंसार प्रालिले प्रकाशन गरेको छ।
समय परिवर्तनशील छ र जीवन पनि परिवर्तनशील छ भन्ने मूल मर्ममा आधारित यो बालचित्रकथामा कथाकार प्रजापतिले सामाजिकीकरणमा बाजे र नाति पुस्ता बीचको सम्बन्धको महत्त्व देखाउन खोजेका छन्।
समयअनुसार नातिलाई बाजेको र बाजेलाई नातिको सहयोगको आवश्यकता पर्छ भन्ने यथार्थ यो बालचित्रकथामा निकै सरल ढङ्गले प्रस्तुत गरिएको छ।
साना बाबुनानीको रुचिलाई ध्यानमा राखेर लेखिएको यो पुस्तकले पठनको आनन्दसँगै जीवनमूलक सन्देश पनि दिनेछ। पुस्तकमा रश्मी श्रेष्ठले बनाएका कथा सुहाउँदा चित्रहरू छन्।
ऊ जन्मिँदा
आँगनमा कुनै उत्सव थिएन,
सानैदेखि उसका खुट्टामा
मर्यादाका डोरीहरू बाँधिए
र पखेटामा
“यति मात्रै उड्नू” भन्ने
सिमा रेखा कोरियो
ऊ भने
क्षितिजभन्दा परको नीलो आकाश
आँखाभरि बोकेर हुर्किन चाहन्थी
ऊ छोरी थिई, दिदी थिई,
बुहारी बनाइयो, आमा बनाइयो,
तर
कतै पनि
ऊ  “ऊ” भएर बाँच्न पाइनँ।
उसका हातहरूले
चुल्होको आगो सल्काए,
बाल्यकालका सपना सुम्सुम्याए,
बुढा आमाबुबाका काँपेका हात समाते,
घरका भित्तामा माया पोते,
तर उसका आफ्नै सपनाहरू
धुलो लागेको ऐनाझैँ
एक कुनामा टाँसिएर बसे।
उसको हाँसो, उसको खुशी
आफ्नै चिहानमाथि फुलेको
फूलझैं बनिदियो।
उसले
अनेक अपमान
तिलहरीझैं गलामा झुण्ड्याई
र मौनतालाई
आफ्नो सबैभन्दा विश्वासिलो भाषा बनाई।
समाजले भन्यो
“त्याग गर,
यही नै नारीको गहना हो।”
उसले त्याग गरिरही
तर कसैले सोधेन
त्यागको भारले
उसको मेरुदण्ड कतिचोटि भाँचियो?
ऊ आधा आकाश थामिरही,
तर
उसलाई जमिनको एउटा कुनासमेत
आफ्नो भन्न दिइएन।
उसले संसारलाई जन्म दिई,
तर आफ्नै जन्मको अर्थ
सधैँ अरूको नाममा लेखियो।
एक दिन
ऊ आफ्नै मौनतासँग ठोक्किई।
आँखाभित्र दबिएका वर्षौंदेखिका
आँधीहरू
एकैचोटि बोल्न थाले।
त्यस दिन
उसले कसैसँग युद्ध गरेकी थिइन,
उसले केवल
आफ्नो डरमाथि विजय प्राप्त गरेकी थिई।
उसले सिकी
उन्मुक्ति कसैले दिने पुरस्कार होइन,
आफ्नै आत्माको ढोका हो
आफ्नै हातले खोल्ने साहस हो।
तब
उसका पाइला
अनुमतिको प्रतीक्षामा हिँड्दैनन्।
उसका पखेटा
मर्यादाको नाममा काटिएका तारहरू
आफैँ उखेलेर उड्न थालेका छन्।
ऊ आज पनि
आधा आकाश थामेकी छे
तर फरक यति मात्र छ
पहिले
उसले अरूका लागि मात्र आकाश थाम्थी,
आज
त्यही आकाशमुनि
आफ्नो नाम,
आफ्नो सपना,
आफ्नो अस्तित्व
निर्भीक भएर लेख्दै छे।
र भोलि अझ निर्भीक भरेर
लेखनु छ
महिलाले विजयी गाथाहरू।
नारीको विजय
पुरुषको पराजय होइन,
हुँदै होइन
त्यो विजय त
मानवताको
सबैभन्दा उज्यालो बिहान हो।
र त्यो बिहानमा,
आधा आकाश थामेका ती हातहरूले
पहिलोपटक
आकाशलाई होइन,
आफ्नै स्वतन्त्रतालाई अँगालो हाल्नेछन्।
बलिउड अभिनेता आमिर खानका भाञ्जा इमरान खान, उनकी प्रेमिका लेखा वाशिङ्टन र जैन खान मुम्बईमा भएको प्रदर्शनका क्रममा हिरासतमा परेपछि रिहा भएका छन्। मुम्बई प्रहरीले शनिबार उनीहरूलाई हिरासतमा लिएको थियो। केही घण्टापछि तीनै जना रिहा भएका हुन्।
उनीहरू मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै क्रकोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको प्रदर्शनमा सहभागी भएका थिए। मुम्बईको अगस्त क्रान्ति मैदानबाहिर भएको प्रदर्शनमा ठुलो संख्यामा मानिसहरू सहभागी थिए।
लेखा वाशिङ्टनले शनिबार राति सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो साझा गर्दै आफूहरू सुरक्षित रहेको र हिरासतबाट रिहा भइसकेको जानकारी दिएकी थिइन्। उनको इन्स्टाग्राम स्टोरीमा इमरान, लेखा र जैन घर पुगेपछि एक अर्कालाई अँगालो हालिरहेको देखिएको थियो।
लेखाका अनुसार रिहा भएपछि घर फर्किन ट्याक्सी पाउनसमेत कठिन भएको थियो। मुम्बई प्रहरीले ट्याक्सी चालकहरूलाई धम्क्याएको उनले आरोप लगाएकी छन्।
जैन खानले पनि इन्स्टाग्राम स्टोरीमार्फत हिरासतका क्रममा भएका घटनाबारे जानकारी दिएकी छन्। उनले साझा गरेको भिडियोमा प्रहरीले उनीहरूलाई जबर्जस्ती प्रहरी भ्यानमा राखेर लगेको देखिन्छ।
जैनका अनुसार, प्रहरीले उनीहरूलाई कहाँ लैजान लागेको हो भन्ने जानकारीसमेत दिएको थिएन। प्रहरी भ्यानभित्र रहँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहविरुद्ध नारा लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेकी थिइन्। सडकमा हिँडिरहेका केही व्यक्तिले पनि उनीहरूको नारामा साथ दिएका थिए।
प्रदर्शनमा सहभागी अन्य व्यक्तिहरूले पनि सामाजिक सञ्जालमा विभिन्न भिडियो साझा गरेका छन्। तीमध्ये एउटा भिडियोमा इमरान खानले आफू, लेखा र जैनलाई करिब दुई घण्टासम्म प्रहरी भ्यानमा यताउता घुमाइएको बताएका छन्।
उनका अनुसार हिरासतमा लिनुको कारणबारे उनीहरूलाई स्पष्ट जानकारी दिइएको थिएन।
कविता क्लबले बडा दसैँको अवसर पारेर शनिवार पोखरामा नौ नारी कविको सामूहिक कविता वाचन सम्पन्न गरेको छ।
‘नवदुर्गा कविता उत्सव’ नाम दिइएको कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, रीता अधिकारी ‘ऋतु’, छन्दिका त्रिपाठी, चन्द्रावती वाग्ले, गीता तिवारी, प्रतिमा गुरुङ, बिर्सना बस्नेत, लक्ष्मी थापा र जुना थापाले नारीशक्ति र नारी अधिकारबारे कविता सुनाएका थिए।
कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदैमा मक्ख नपर्न नारीहरूलाई नै आह्वान गरेका थिए। उनीहरूले दसैँ, नारी अधिकार, नारीशक्ति र समसामयिक विषयमा कविता सुनाएका थिए।
कार्यक्रमका अध्यक्ष तथा क्लबका समेत अध्यक्ष विम्बकवि रमेश श्रेष्ठले कविता क्लबले नेपाली कविताको उत्थानका लागि साठीको दशकदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताए। वाचित कविताहरूको सङ्क्षिप्त समीक्षा गर्दै उनले कवितामा प्रस्तुत विचारले नारीभित्र बर्सौँदेखि जकडिएर रहेका पीडा प्रस्तुत भएको बताए। आगामी दिनमा कविताको विकासका लागि ‘स्कुलमा कविता’ कार्यक्रम आयोजना गर्न विभिन्न विद्यालयसँग कुरा भइरहेको पनि श्रेष्ठले बताए।
क्लबका उपाध्यक्ष पदमराज ढकालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए।
कोठामा पस्दै मैले साेधें, "बडी सञ्चै हुनुहुन्छ?"
"को, नेत्र होस्!" बडीले आवाज ठम्याउनुभयो।
"हजुर बडी, म नेत्र हो।"
"माया मारिस् बाबै! आज कसरी बाटो बिराइस्?"
"आआफ्नो काम, आआफ्नो समस्या, भियाइँदैन।"
"आज कसरी भियाइस्?"
"दशैंदेखि आउन नपाएकाले आज त बिदा लिएरै आएको।"
बडीछेउमा आएर बस्नुभयो। मेरो टाउकोमा हात राखेर निकैबेर मलाई सुम्सुम्याउनुभयो अनि भन्नुभयो, "कान्छा, माथ्लो फ्ल्याट पूरै खाली छ, भाडा तिर्नु पर्दैन। केटाकेटी ल्याएर राखिदे।"
म विगतमा हराउन पुगेँ। बडीका दुवै छोरा, मेरा दाजुहरू सपरिवार अमेरिकामा बस्थे, उसैबेला देखिनँ। बडी एक्लै हुनुहुन्थ्यो घरमा। म पहाडबाट नयाँ दुलही लिएर पुगेको थिएँ बडीको यही घरमा।
काठमाडौं मलाई नौलो थियो। कुनै कामको ठेगान थिएन। मैले एउटा क‍ोठा भाडामा दिन अनुरोध गरेको थिएँ। बडीले त्यसबेला भनेको अझै बिझिरहेको थियो।
`तँ अनपढलाई  कसरी राख्न सक्छु मेरा घरमा। मेरा सबै आफन्त पढेलेखेका छन्। प्रायः सबैको बसाइ र आवतजावत अमेरिकामै छ। जा बरु गोरु किन्ने पैसा लगाइदिन्छु पहाडमा गएर हलो जोत्नु।´
बडीले टाउकाको हात हटाउँदै भन्नुभयो, "किन टोलाएको कान्छा?"
मैले पनि भनेँ, "अब त मेरो आफ्नै घर छ त बडी।"
प्रतिस्पर्धाको विभिन्न चरण पार गर्दै जिराफ, उँट र हात्ती फाइनल राउन्डमा पुगे।
निर्णयकर्ताहरूले ती तीन जन्तुलाई पालैपालो एक वाक्यमा आआफ्नो विशेषताबारे बोल्न लगाए।
पहिलो पालो परेको जिराफले गर्दन तन्काउँदै भन्यो, "मेरो सुन्दर शरीर कलात्मक बुट्टाले सजिएको छ।"
दोस्राे प्रतिस्पर्धी, उँटले जुरो हल्लाउँदै भन्यो, " म मरुभूमिको जहाज हुँ।"
अन्तिममा हात्तीले सुँड उचाल्दै गर्वका साथ भन्यो, "मेरा दाह्रा बहुमूल्य छन्।"
निर्णायक मण्डललाई निर्णय गर्न हम्मे पर्यो। नतीजा घोषणा स्थगित गरियो। फुर्सदिला भएका ती जन्तुहरू वनमा विचरण गर्न थाले।
खजुर, नरिवल र मसलाको रुखहरूको फेदमा पुगेका ती जन्तुहरू सिँयालमुनि आआफ्नो छायाँ खोज्न थाले।
- नर पल्लव
‘अब जेसुकै होस्, म जसरी पनि त्यही केटासँग नै विवाह गर्छु। अन्यथा म आत्महत्या गर्छु।’ गान्धारीले सबैका सामु भनिन्।
गान्धार नरेशले छोरीको हठका अगाडि केही नचल्ने देखेर कुलगुरुलाई आग्रह गर्दै भने, ‘गुरु, नेत्रहीन नै भए पनि हस्तिनापुरसँग सम्बन्ध गाँस्न पाउनु ठूलो कुरा हो तर यिनको ग्रहले पहिलो पति पिर्ने दशा शान्त पार्ने उपाय खोज्नुस्।’
गान्धारीको हठभन्दा पनि उनको ‘पति पिर्ने ग्रह’ शान्त पार्ने उपाय खोज्नु गान्धार नगरका पण्डितहरूको टाउको दुखाइको विषय भएको थियो। सबैको बैठकपछि गान्धारीको पहिलो विवाह बलि दिन योग्य बोकासँग सम्पन्न गराइयो। विवाहपछि बोकाको बलि दिइयो। गान्धारी विधवा भइन्। यो कुरा हस्तिनापुरमा थाहा भएन। पछि धृतराष्ट्रसँग धुमधामका साथ विवाह गरेर गान्धारी हस्तिनापुर गइन्।
महाभारतको यो एपिसोट युट्युबमा खोजेर रविले आमालाई देखाउँदै भन्यो, ‘भगवानकाे पालादेखि यस्तो कुरा चलिआएको छ। विधवाले विवाह गर्न हुन्थ्यो। जाबो लिभिङमा बसेकी केटीले विवाह गर्न हुन्न भनिसिन्छ। विधवा हैन नि! आजको जेनेरेसनमा यो त नर्मल हो नि, मामु।’
किरण बिमारी हेर्न भनेर अस्पताल गएका थिए। आफूले भेट्न चाहेको बिमारी हेरेर फर्कन लागेका के थिए, उनले केही परिचित अनुहारहरू अस्पतालमा आइरहेको देखे।
किरणले त्यहाँ आफ्नो छिमेकी विशाल चौधरीलाई देखे। उनी एकछिन त्यहाँ रोकिए। उनमा जिज्ञासा उत्पन्न भयो। सोधपुछ गरे उनले।
“के कति कामले अस्पताल आएको भाइ?”
“यहाँ सुनिता दिदीलाई भर्ना गरिएको छ। उहाँको हेरचाहका लागि आएको। ”
विशालको भनाइसँगै किरणले सुनितालाई भेट्न चाहे।
“मलाई सुनिता भएको ठाउँमा लगिदेऊ भाइ।” उनले विशाललाई आग्रह गरे।
सुनिता चुपचाप बेडमा पल्टेकी थिइन्। किरण र विशाललाई आफ्नो कक्षमा आएको देखेर उनी बिस्तरमा बसिन्।
”कहिलेदेखि बिमार भयौ बहिनी?” किरणले जिज्ञासा राखे।
”सामान्य रूपमा पेट दुख्ने काम त पहिलेदेखि हो तर पछिल्लो महिना अलि बढी दुखेर जाँच गराएकी थिएँ। धनगढीको उपचारले खासै काम गरेन। त्यसपछि काठमाडौं आएकी हुँ।” सुनिताले सविस्तार वर्णन गरिन्।
”अब राम्रो ठाउँमा आइसकेकी छौ। उपचार राम्रै होला।” किरणले ढाहस दिँदै भने।
”मेरो कति काम थियो। सब लथालिंग हुने भयो।” सुनिताले चिन्ता व्यक्त गरिन्।
“अब निको नहुँदासम्म उपचारमा लाग्नु राम्रो। काम गर्नु त जीवनभर छँदैछ।” किरण सान्त्वना दिने भावमा बोले।
उनले विशाललाई भने, “दिदीको राम्रो ख्याल राख्नु, केही आपतविपत परेमा भन्नु।”
यति भनेर किरण आफ्नो घरतिर लागे। उनी बाटामा रहँदा पनि सुनिताको विगत आँखामा घुमिरह्यो।
किरण र सुनिताको घर एउटै ठाउँमा थियो। पश्चिम तराईमा एक विपन्न परिवारमा जन्म भएको थियो सुनिताको।
सुनिताका बाबु मेवाराम सामान्य खेतीमजदुरी गरेर जीवन बिताउँथे। किरणको घर नजिकै थियो। मेवाराम किरणको घर आउनेजाने गर्दथे। किरणका बाबु दिनदयालसँग उनको राम्रो सम्बन्ध थियो।
”आफ्नो अवस्था जेजस्तो भए पनि पछिल्लो पुस्ताको जीवनप्रति हेलचक्रयाँइ नगर्नु है मेवा भाइ।” एक दिन दिनदयालले मेवारामलाई सम्झाएका थिए।
“कुरा त राम्रै हो। हामीले अज्ञानता र अन्धविश्वासमै जीवन बितायौं। आफू कमजोर भए सबैले हेप्दा रहेछन्, आफूले पाएको हेपाइ सन्तानले नभोगुन भन्ने त लाग्छ तर के गर्नु?” मेवाराम बोले।
“किन त्यस्तो के भयो र?” दीनदयाल बोले।
“संसारमा इच्छा मात्र भएर नपुग्दाे रहेछ। आखिरमा सबै थोकका लागि पैसा चाहिँदो रहेछ।” बिसरामको आवाजमा एक प्रकारको लाचारी भाव थियो।
“यसरी चित्त नदुखाऊ भाइ! मानिसको हिम्मतका अघि कसैको केही लाग्दैन। आफूले हिम्मत राख्नुपर्छ, परिस्थिति आफैं अनुकूल बन्दै जान्छ।” दीनदयालको आवाजमा ओज थियो।
“यो कुरा कतिको सम्भव छ?” मेवाराममा अझै आशंका कायम थियो।
“यो मैले हावा तालमा भनेको होइन। हाम्रै जीवन अनुभवबाट सिकेर भनेको। हिजोको दिनमा हाम्रो दिन कति असहज थियो, मेहनत र संघर्षले हामी यो अवस्थासम्म आइपुगेका छौं।” दीनदयाल बोले।
मेवाराम आफैमा संघर्षशील पात्र। मेहनत गर्न नडराउने। कामप्रति विश्वास भएका मानिस।
उनले आफूले पाएको दुःख देखेर होला, छोराछोरीको पढाइका लागि कुनै कमी गरेका थिएनन्। जेठी छोरी सुनिता टाठी थिइन्। उनलाई बाबुको दुःख थाहा थियो। उनी मेहनत गर्दै पढ्दै गइन्।
“मैले सके जति गर्छु है। तिमीहरूले ममाथि पूरा आशा नराख। आफ्नो बाटो आफै बनाउँदै गर्।” बाबुको यो भनाइ सुनिताका कानमा गुञ्जिरहन्थ्यो।
प्रारम्भमा बाबुले लगानी लगाए पनि पछि त घरबाट कुनै लगानी लगाउनु परेन। उनले कक्षा प्रथम भएर नाम निकालेपछि जेहन्दार विद्यार्थीको छात्रवृत्ति पाउन थालिन्।
सुनिताको भाइ विशाल पढाइमा कम मन लगाउँथ्यो। ऊ खेल्न, कुद्नमै रमाउँथ्यो।
मेवाराम छोरीको उदाहरण दिएर सम्झाउँथे, “दिदीले कक्षा प्रथम भएर छात्रवृत्तिमा पढिरहेकी छ। दिदीको जति नभए पनि केही न केही त मेहनत गर्नुपर्ला बाबु। अहिले दुःख गर्‍यौ भने पछि सुख होला नत्र...।”
“नत्र के बुबा।” विशालको आवाजमा जिज्ञासा थियो।
“गाउँका तिम्रा दाजुहरू जस्तै धेरै मेहनत गर्नुपर्ने काममा लाग्नुपर्ला। समाजमा हेलामा बाँच्नुपर्ने अवस्था आउला।” बाबु मेवाराम बोले।
“हाम्रो समाजमा श्रमको काम गर्नेलाई किन हेला गरिन्छ बुबा?” विशालको अचानकको प्रश्नले मेवाराम केही बेर चुप लागे।
केहीबेर सोच्दै भने, “खै बाबु। शरीरको श्रम गर्नेलाई सम्मान गर्नुपर्ने हो तर अपमान गरिन्छ। हाम्रो समाजको अवस्था यस्तै छ।”
विशालको मनमाजीवन यसै गरेर चल्छ भन्ने थियो। बाबुको कुराले उसमा एक प्रकारको भय उत्पन्न भयो। ऊ पढाइप्रति संवेदनशील बन्न पुग्यो।
सुनिताले एसईई पास गरेकी के थिइन्, गाउँका मानिस मेवाराममाथि दबाब बनाउन थाले।
”हाम्रो गाउँमा पढेलेखेकी केटीमा पर्छे तिम्री छोरी। अब छोरीका लागि योग्य वर खोजेर विवाह गराइदेऊ।” गाउँको धनी मानिस कृष्णकान्तले भने।
”म छोराछोरीले पढ्न सक्ने अवस्थासम्म उनीहरूको बाधक बन्दैन। उनीहरूले पढन सकेनन् वा बिचैमा छोडे भने उनीहरूको कुरा हो।” मेवाराम बोले।
”धेरै पढाएर के गर्छौ। अहिलेको जमानामा सोर्सफोर्सबिना कुनै काम पाइँदैन। पढ्दा पढ्दै उमेर ढल्कियो भने विवाह गर्ने केटा पनि पाइँदैन।” कृष्णकान्तले भविष्यका सम्भावित कष्टका बारेमा वर्णन गरे।
“म यस कुरामा कुनै दवाब दिन चाहन्न। जस्तो परिस्थिति आउला, टर्दै जाला।” मेवाराम दृढ देखिए।
मेवारामका छोराछोरीको प्रगति देखेर जल्ने मानिस कुनै न कुनै नाममा उनीहरूको पढाइ अवरुद्ध गराउन चाहन्थे। आफ्ना छोराछोरीका असफलताले उनीहरूको अहंकार निस्तेज भइसकेको थियो।
गाउँका हुनेखाने, जमिन्दार परिवारका केटाकेटी कमजोर हुनु अनि सामान्य श्रम गरेर बाँच्ने मेवारामका छोराछोरी बलिया बन्नु उनीहरूका लागि असह्य थियो।
संसार जतासुकै जाओस्, मेवारामलाई मतलब थिएन।
“कसरी छोराछोरीको भविष्य राम्रो बनाउने?” यही एक मात्र उद्देश्य थियो।
सुनिताले आफ्नो बाबुआमाको नाम राखिन्। उनले इन्जिनियरिंगमा नाम निकालिन्। केही छात्रवृत्ति अनि बाबुआमाको बलले उनले आफ्नो अध्ययनलाई पुरा गरिन्। दिदीको सफलतालाई पछ्याउने क्रममा भाइ पनि अघि बढ्दै थियो।
अध्ययनपछि राम्रो जागीर पाएर उनको जीवन अघि बढिरहेको थियो। आफ्नो क्षेत्रमा लगनशीलताका कारण उनको नाम देशविदेशमा फैलिँदै थियो।
उनको एक गति थियो। त्यो गतिले उनलाई सफल बनाएको थियो। एक सुरमा, एक लयमा काम गर्नु अनि आफूले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु उनको परिचय नै बनिसकेको थियो। उनका कतिपय साथी आफ्नै काम र पेशासँग मात्र जोडिएका थिए। उनी साहित्यकलाका क्षेत्रमा पनि आफ्नो दक्षता हासिल गर्दै थिइन्। उनी देशकै एक सुविख्यात लेखिकाका रूपमा स्थापित भइसकेकी थिइन्।
अलग–अलग क्षेत्रमा प्रसिद्ध भएपनि एक क्षेत्रको कामले अर्को क्षेत्रको कामलाई प्रभावित नभएर काम गर्नु सहज छैन। उनी जतिबेला जुन काम गर्नुपर्दथ्यो, त्यो काममा दक्षता हासिल गरेर अघि बढ्दै थिइन्। उनी एक सुरमा काम गर्थिन, एक लयमा काम गर्थिन्।
अचानक उनलाई पेटको बिमारले ग्रसित तुल्याएपछि उनको काम बन्द भयो। एक दिन किरण भेट्न जाँदा उनले यस विषयमा चिन्ता व्यक्त गरेकी थिइन्।
“मैले विद्यावारिधिका लागि पनि फर्म भरेकी थिएँ। सारा काम रोकिने भयो।”
“जीवनमा सधैँ काम मात्र भनेर हुँदैन। काम भन्दाभन्दै स्वास्थ्य खराब हुन्छ। पहिले स्वास्थ्य अनि काम गरेन भने जीवनमा दुःख पाइन्छ।” इन्जिनियर किरण बोले।
“ठिक भन्नुभयो दाजु! म पनि कामकाम भनेर दौडिरहेंं। कामको चक्करमा आफैले आफूलाई भुलेकी रहेछ। अब भने केही समय उपचारमा लाग्ने भयो।” सुनिताले आफ्नो सुस्त आवाजमा भनिन्।
उनको उपचारको क्रम चलिरह्यो।
डाक्टरले भने, “नियमित उपचार, स्वस्थ खानपिन र दृढ इच्छाशक्तिले रोग निको हुन्छ। यस बिचमा कुनै अप्ठ्यारो काम नगर्नुहोला।”
उनले सहमतिमा टाउको हल्लाइन्।
उनको जीवनको लय केही समयमा लागि भंग भएको छ। जीवन गतिमा केही समय अवरोध आएको छ। अब भने चुपचाप चुपचाप बस्नु छ। केही समय आराम गर्नुछ। त्यसपछि पुनः आफ्नो कर्मक्षेत्रमा अघि बढ्नु छ। उनमा एक किसिमले जीवनप्रतिको आशा पलाउँदै गयो। उनमा बाँच्ने रहर अझ मौलाउँदै गयो।
एक वर्षको उपचारपछि उनलाई क्रमशः निको हुँदै गयो।
उनी क्रमशः काममा आबद्ध हुँदै गइन। जीवनको लय केही समयका लागि भंग भएपनि त्यो क्षणिक हो। जीवन छ त आशा छ। आशामुखी चिन्तनले बाँच्न सकिन्छ। अब उनी क्रमशः जीवन बाँच्न थालेकी छिन्। उनमा जीवनप्रतिको आशावादिता अझ बढेको छ। उनको जीवन लयबद्ध भइसकेको छ।
“जतिसुकै उतारचढाव भएपनि निरन्तर गतिशील हुनु र आशावादी जीवन बाँच्नुमा नै जीवनको सार्थकता रहेछ।” आजकल उनको मनमा यही भाव आइरहन्छ। जीवनप्रतिको सकारात्मक सोचले उनलाई उर्जा भरेको छ।
दिल्ली हाई कोर्टले बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ।
सन् २०२२ मा दायर गरिएको व्यक्तित्व अधिकार संरक्षणसम्बन्धी मुद्दामा सहमति हुन नसकेमा उनले आगामी सुनुवाइमा व्यक्तिगत रूपमा उपस्थित हुनुपर्ने अदालतले जनाएको हो।
न्यायाधीशले शुक्रबार यस्तो निर्देशन दिएको हुन्। अदालतमा दुवै पक्षका तर्फबाट छलफलका क्रममा बच्चनको व्यक्तित्व अधिकार संरक्षणका लागि सन् २०२२ मा एकपक्षीय अन्तरिम आदेश जारी गरिएको जानकारी गराइएको थियो। त्यसपछि पक्षहरूबीच आपसी सहमतिबाट विवाद समाधान गर्ने प्रयाससमेत भएको थियो।
अमिताभले सन् २०२२ मा आफ्नो नाम, तस्बिर, आवाज र व्यक्तित्वसँग सम्बन्धित अधिकारको संरक्षण माग गर्दै दिल्ली हाई कोर्टमा मुद्दा दायर गरेका थिए।
मुद्दामा केही मोबाइल एप विकासकर्ताले बच्चनको नाम, तस्बिर र आवाजलाई ‘कौन बनेगा करोडपति’ (केबीसी) कार्यक्रमसँग अवैध रूपमा जोडेर चिठ्ठा तथा लटरी सञ्चालन गरिरहेको आरोप लगाइएको थियो।
यसका अतिरिक्त पुस्तक प्रकाशक, टीसर्ट विक्रेता तथा अन्य व्यवसायीले पनि आफ्नो पहिचान र व्यक्तित्वको दुरुपयोग गरेको भन्दै उनले त्यस्ता गतिविधि रोक्न अदालतसँग माग गरेका थिए।
सोही वर्षको नोभेम्बरमा अदालतले बच्चनको व्यक्तित्व तथा प्रचारसम्बन्धी अधिकार उल्लङ्घन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। आदेशमा उनको पहिचानको अनधिकृत प्रयोगले प्रतिष्ठामा क्षति पुग्न सक्ने र अपूरणीय नोक्सानी हुन सक्ने विषयलाई ध्यानमा राखिएको थियो।
अदालतमा सुनुवाइका क्रममा केही प्रतिवादीसँग आपसी सहमति भएको जानकारी दिइएको थियो। तर, अमिताभ बच्चनका तर्फबाट केही व्यावहारिक कठिनाइका कारण सहमतिसम्बन्धी सम्झौतामा औपचारिक हस्ताक्षर हुन सकेको थिएन।
त्यसपछि बच्चनका वकिल ध्रुव आनन्दले आवश्यक कानुनी प्रक्रिया पूरा गर्न र सम्झौतालाई अदालतको अभिलेखमा समावेश गर्न थप समय मागेका थिए।
अदालतले नोभेम्बरसम्मको समय दिँदै सहमति प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। यदि सहमति हुन नसकेमा र अमिताभ बच्चनले मुद्दामा उठाइएका दाबी तथा विषयलाई अगाडि बढाउन चाहेमा आगामी सुनुवाइमा व्यक्तिगत रूपमा अदालतमा उपस्थित हुनुपर्नेछ।
यस मुद्दाले कलाकारको नाम, तस्बिर, आवाज र पहिचानलाई अनुमति बिना व्यावसायिक प्रयोजनमा प्रयोग गर्ने विषयमा कानुनी संरक्षणको महत्त्वलाई पुनः चर्चामा ल्याएको छ।
१) मुक्तक
कसैले सम्हालदिनुस् भनेर आग्रह गरेका थिए जब
नत्र के खाँचो थियो सम्हाल्न आग्रह सरेका थिए तब
फलेको हाँगामा फल देखिनुपर्ने टुप्पाबाटै किन झार्‍या,
लाज हुनेलाई लाज छैन सुझाव आग्रह छरेका थिए अब।
२) मुक्तक
साहित्यमा त्रुटिगत भयो भने ओइरो खन्छन्
मुक्तक हो कि गजल हो सोधीसोधी भन्छन्
अरे बाबा, भावना आफ्नो हुन्छ विकृति समाजको,
प्रतिभा छ कसैसँग शब्द चयन ह्रस्वदीर्घ गन्छन्।
३) मुक्तक
देखेपछि त समाजकै लेखी दिई हालुम जस्तो लाग्छ
एकएक गरी अक्षर समाजकै सिई हालुम जस्तो लाग्छ
जेजे गर्नु यो आँखामा कुनै पनि विकृति नछाओस्,
बन्दैछ समाज देश, आँखामा लिई हालुम जस्तो लाग्छ।
४) मुक्तक
कसैका आँखा बल्न थाल्छन् एकता चलेको देखेपछि
कोही जिउँदै जल्छन् समाजमा दियो बलेको देखेपछि
पश्चातको अग्निमा दिनदिनै जलिरहने आरिसेहरूले नै,
रूखमा झटारो हान्छन् लटरम्म फल फलेको देखेपछि।
५) मुक्तक
सुपर्णखाहरूले साथी पनि सुरसा भेट्छन्
आफ्ना आँखालाई कालो पर्दाले छेक्छन्
सधैं मनमा अरूप्रति नराम्रो सोच राख्दै,
आँखा पल्टाएर हेर्नेले खै के पो देख्छन्।
भारतीय फिल्मका चर्चित अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। हिन्दी र मराठी फिल्ममा करिब पाँच दशक बिताएका पाटेकरको बिहीबार भारतको गोवास्थित निवासमा कार्डियक अरेस्ट भएपछि निधन भएको हो।
अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले करिब ४५ मिनेटसम्म बचाउने प्रयास गरेका थिए तर उपचार सफल हुन सकेन। बिहान ५ बजेर २० मिनेटमा उनलाई मृत घोषणा गरिएको थियो। उनको निधनले भारतीय फिल्म क्षेत्रलाई स्तब्ध बनाएको छ। अभिनयमा आफ्नो छुट्टै पहिचान बनाएका पाटेकर पर्दामा जति प्रभावशाली थिए, पर्दाबाहिर सामाजिक काममा पनि उत्तिकै सक्रिय थिए।
नानाको निधनले भारतीय फिल्म क्षेत्रले फरक शैलीका एक अनुभवी कलाकार गुमाएको छ। उनी परम्परागत नायकको छविमा मात्र सीमित थिएनन्। खलनायक, प्रहरी अधिकारी, सामाजिक अन्यायविरुद्ध आवाज उठाउने पात्र, परिवारका सदस्य र हास्य चरित्रसम्म उनले उत्तिकै प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए। उनको आवाज, संवाद बोल्ने शैली, अनुहारको भाव र पात्रअनुसार आफूलाई बदल्न सक्ने क्षमताले उनलाई अरू कलाकारभन्दा अलग बनाएको थियो। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘सलाम बम्बे’, ‘अग्नि साक्षी’, ‘अब तक छप्पन’, ‘नटसम्राट’ र ‘वेलकम’जस्ता फिल्ममा उनले निर्वाह गरेका भूमिका दर्शकमाझ लामो समयसम्म सम्झिइनेछन्।
अन्तिम रातको सन्देशपछि आएको दुःखद खबर
भारतीय सञ्चारमाध्यमका अनुसार निधन हुनुभन्दा केही घण्टाअघि नानाले आफ्ना एक साथीलाई आफूलाई अस्वस्थ महसुस भइरहेको सन्देश पठाएका थिए। राति करिब २ः३० बजे पठाइएको उक्त सन्देश साथीले तत्काल देखेनन्। पछि सन्देश हेरेपछि उनी बिहान करिब ४ बजे नानाको गोवास्थित निवास पुगेका थिए। त्यतिबेला नाना असहज अवस्थामा थिए। उनलाई पसिना आएको र सास फेर्न गाह्रो भइरहेको बताइएको छ।
त्यसपछि स्वास्थ्यकर्मी बोलाएर उनलाई अस्पताल पुर्‍याउने व्यवस्था गरिएको थियो। गोवास्थित मणिपाल अस्पतालमा चिकित्सकले उनलाई बचाउने प्रयास गरे। करिब ४५ मिनेटसम्म उपचार र पुनर्जीवित गराउने प्रयास गर्दा पनि उनको अवस्थामा सुधार आएन। अन्ततः बिहान ५ः२० बजे उनलाई मृत घोषणा गरिएको थियो। अस्पतालका चिकित्सकले उनको मृत्यु कार्डियक अरेस्टका कारण भएको बताएका थिए। उनको निधनबारे छोरा मल्हार पाटेकरले पनि पुष्टि गरेका थिए।
उनको पहिचान अभिनयमा मात्र सीमित थिएन। किसानका समस्या, खडेरी प्रभावित गाउँ र पानी संरक्षणका विषयमा उनले गरेको कामका कारण फिल्म क्षेत्रबाहिरका मानिससँग पनि उनको सम्बन्ध जोडिएको थियो।
महाराष्ट्रमा जन्म, रंगमञ्चबाट अभिनयको सुरुआत
नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर थियो। उनको जन्म सन् १९५१ जनवरी १ मा महाराष्ट्रमा भएको थियो। उनी सानैदेखि कला र अभिनयमा रुचि राख्थे। फिल्म क्षेत्रमा प्रवेश गर्नुअघि उनले रंगमञ्चमा काम गरेका थिए। मराठी नाटकमा अभिनय गर्दै उनले पात्रको मनोविज्ञान बुझ्ने, संवाद प्रस्तुत गर्ने र भावनालाई स्वाभाविक रूपमा व्यक्त गर्ने अनुभव हासिल गरे। यही अनुभव पछि फिल्ममा उनको अभिनयको आधार बन्यो।
रंगमञ्चबाट पाएको अनुभवले उनलाई संवादमा विशेष पकड दिएको थियो। उनी संवाद बोल्दा आवाजको उतारचढाव, शब्दमा दिने जोड र अनुहारको भावलाई पात्रको अवस्थाअनुसार प्रयोग गर्थे। त्यसैले उनका केही संवाद फिल्म प्रदर्शन भएको धेरै वर्षपछि पनि दर्शकमाझ चर्चित रहे। अभिनयमा वास्तविकता खोज्ने र पात्रलाई गहिराइका साथ प्रस्तुत गर्ने शैलीले उनलाई गम्भीर फिल्मका निर्देशकहरूको रोजाइमा पुर्‍यायो।
नानाले सन् १९७८ मा प्रदर्शनमा आएको हिन्दी फिल्म ‘गमन’बाट फिल्मी यात्रा सुरु गरेका थिए। त्यसपछि उनले हिन्दी र मराठी दुवै भाषाका फिल्ममा काम गरे। सुरुआती समयमा उनले साना भूमिका र गम्भीर विषयवस्तु भएका फिल्ममा अभिनय गर्दै आफ्नो क्षमता प्रमाणित गरे। तत्काल ठुलो स्टारका रूपमा स्थापित नभए पनि उनले निरन्तर काम गरेर दर्शक र फिल्म निर्माताको ध्यान आकर्षित गरे।
गम्भीर भूमिकादेखि हास्य पात्रसम्म
नानाको अभिनय यात्रा गम्भीर फिल्ममा मात्र सीमित थिएन। उनले ‘अग्नि साक्षी’, ‘खामोशीः द म्युजिकल’, ‘अपहरण’, ‘अब तक छप्पन’ र ‘ट्याक्सी नम्बर ९२११’ जस्ता फिल्ममा पनि उल्लेखनीय भूमिका निर्वाह गरे।
‘अग्नि साक्षी’मा उनको अभिनयले दर्शकको ध्यान खिचेको थियो। ‘खामोशीः द म्युजिकल’मा उनले बोल्न र सुन्न नसक्ने पात्रको भूमिका निर्वाह गरेका थिए। यस भूमिकामा संवादभन्दा अनुहारको भाव र शारीरिक हाउभाउमार्फत भावना व्यक्त गर्नुपर्ने भएकाले उनको अभिनय क्षमताको अर्को पक्ष देखिएको थियो।
‘अब तक छप्पन’मा उनले अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका थिए। यस फिल्ममा उनको पात्र कठोर र व्यावहारिक थियो। अपराधसँग जोडिएको संसारमा काम गर्ने प्रहरी अधिकारीको मनोविज्ञान र व्यक्तिगत जीवनबिचको द्वन्द्वलाई उनले आफ्नै शैलीमा प्रस्तुत गरेका थिए। ‘अपहरण’मा पनि उनले प्रभावशाली भूमिका निर्वाह गरेका थिए। फरक कथावस्तु र पात्रमा काम गर्दा पनि उनले आफ्नो अभिनयलाई एकै ढाँचामा दोहोर्‍याएनन्।
सन् २००७ मा आएको ‘वेलकम’ले नानालाई फरक किसिमको लोकप्रियता दिलायो। यस फिल्ममा उनले उदय शेट्टी नामक पात्रको भूमिका निर्वाह गरेका थिए। गम्भीर र हिंसात्मक भूमिकामा परिचित नानाले यसमा हास्य अभिनयबाट दर्शकलाई मनोरञ्जन दिए। उनको संवाद, अनुहारको भाव र पात्रको आत्मविश्वासले उदय शेट्टीलाई फिल्मको चर्चित चरित्र बनायो। उनले हास्य भूमिकामा पनि आफूलाई सहज रूपमा प्रस्तुत गर्न सक्ने प्रमाणित गरे।
‘वेलकम ब्याक’मा पनि उनले यही पात्रलाई निरन्तरता दिएका थिए। हास्य फिल्ममा उनको उपस्थितिले दर्शकलाई फरक अनुभव दिएको थियो। यसले नाना केवल गम्भीर अभिनय गर्ने कलाकार होइनन् भन्ने कुरा स्थापित गर्‍यो। व्यावसायिक मनोरञ्जनात्मक फिल्म र सामाजिक विषयवस्तु भएका सिनेमामा समान प्रभाव छोड्न सक्नु उनको करिअरको उल्लेखनीय पक्ष थियो।
‘नटसम्राट’ र मराठी फिल्ममा योगदान
मराठी फिल्ममा नानाको योगदान पनि हिन्दी फिल्मको जत्तिकै महत्त्वपूर्ण थियो। ‘नटसम्राट’मा उनले गणपत बेलवलकर नामक वृद्ध रंगकर्मीको भूमिका निर्वाह गरेका थिए। आफ्नो जीवनको ठुलो हिस्सा रंगमञ्चमा बिताएको कलाकार वृद्ध भएपछि परिवार र समाजसँगको सम्बन्धमा आउने परिवर्तन यस फिल्मको मुख्य विषय थियो। नानाले यस पात्रको पीडा, आत्मसम्मान र एक्लोपनलाई भावनात्मक रूपमा प्रस्तुत गरेका थिए।
‘नटसम्राट’मा उनको अभिनयले रंगमञ्चबाट आएको अनुभवलाई पर्दामा उपयोग गरेको देखिन्छ। संवादको गति, मौन क्षण र अनुहारमा देखिने भावमार्फत उनले पात्रको भित्री संघर्ष प्रस्तुत गरेका थिए। फिल्मले परिवार, बुढ्यौली, सम्मान र मानिसको जीवनमा आउने उतारचढावबारे प्रश्न उठाएको थियो। उनको अभिनयलाई मराठी सिनेमाका उल्लेखनीय प्रदर्शनमध्ये एक मानिन्छ।
‘प्रहार’बाट निर्देशनमा प्रवेश
नाना पाटेकर अभिनयमा मात्र सीमित रहेनन्। उनले निर्देशनमा पनि हात हालेका थिए। सन् १९९१ मा आएको ‘प्रहार’ उनले निर्देशन गरेको फिल्म हो, जसमा उनले अभिनयसमेत गरेका थिए। फिल्ममा सैनिक अनुशासन, तालिम, हिंसा र समाजमा देखिने अन्यायजस्ता विषय समेटिएका थिए। यसले उनको रुचि केवल अभिनयमा नभई फिल्ममार्फत विचार र सामाजिक विषय प्रस्तुत गर्न पनि रहेको देखायो।
‘प्रहार’ तयार गर्दा उनले सैनिक तालिम र अनुशासनबारे अध्ययन गरेको बताइन्छ। फिल्ममा पात्रलाई वास्तविक देखाउन शारीरिक अभ्यास र तालिममा पनि ध्यान दिइएको थियो। निर्देशनमा उनको दृष्टिकोण अभिनयसँग जोडिएको थियो। पात्रको व्यवहार विश्वसनीय बनाउने र कथालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने कुरामा उनले जोड दिएका थिए।
नाना पाटेकरले आफ्नो अभिनयका लागि तीनवटा राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेका थिए। उनका पुरस्कारले हिन्दी र मराठी दुवै फिल्ममा गरेको कामको कदर भएको देखाउँछन्।
सन् २०१३ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो। यो भारतका प्रमुख नागरिक सम्मानमध्ये एक हो र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिन्छ।
किसानका समस्या देखेपछि समाजसेवामा सक्रिय
नानाको जीवनको महत्त्वपूर्ण पक्ष समाजसेवा थियो। महाराष्ट्रका किसानले भोगिरहेका आर्थिक समस्या, खडेरी र आत्महत्याका घटनाले उनलाई प्रभावित पारेका थिए। किसानले उत्पादन गरेको अन्नमा देशको ठूलो हिस्सा निर्भर भए पनि उनीहरू आफैं आर्थिक संकटमा पर्ने अवस्था उनलाई चिन्ताजनक लागेको थियो। त्यसपछि उनले समस्यामा परेका किसान परिवारलाई सहयोग गर्ने काममा सक्रियता बढाए।
सुरुआतमा नानाले व्यक्तिगत रूपमा किसान परिवारलाई आर्थिक सहयोग गरेका थिए। किसानको आत्महत्यापछि परिवारले सामना गर्ने आर्थिक र सामाजिक कठिनाइ कम गर्न उनले सहयोग जुटाएका थिए तर व्यक्तिगत सहयोगले मात्र समस्या समाधान नहुने कुरा उनले बुझे। किसानलाई तत्काल राहत दिनु आवश्यक भए पनि पानीको अभाव, खेतीको जोखिम र ग्रामीण क्षेत्रमा अवसरको कमी जस्ता मूल समस्यामा काम गर्नुपर्ने आवश्यकता थियो।
नाम फाउन्डेसन र पानी संरक्षणको अभियान
नाम फाउन्डेसनले महाराष्ट्रका खडेरी प्रभावित क्षेत्रमा पानी संरक्षण र ग्रामीण विकासका काम अघि बढाएको छ। यसअन्तर्गत पुराना नहर र पानीका संरचना पुनःस्थापना गर्ने, नदी तथा खोलाको पुनर्जीवन गर्ने, पानी जम्ने स्थानको मर्मत गर्ने र भूजलको उपलब्धता बढाउने काममा ध्यान दिइएको छ। खेतीका लागि पानी उपलब्ध नहुँदा किसानले आर्थिक संकट सामना गर्नुपर्ने भएकाले पानी संरक्षणलाई दीर्घकालीन समाधानका रूपमा हेरिएको छ।
नाना पानी संरक्षणबारे सार्वजनिक रूपमा बोल्थे र यसलाई सरकारी परियोजनामा मात्र सीमित राख्न नहुने बताउँथे। गाउँका मानिस, किसान र स्थानीय समुदायले पनि पानी बचाउने काममा सक्रिय भूमिका खेल्नुपर्ने उनको धारणा थियो। उनको विचारमा किसानको समस्या समाधान गर्न तत्काल राहतका साथै खेतीको आधारभूत अवस्था सुधार्नु आवश्यक थियो। यही सोच नाम फाउन्डेसनको काममा पनि देखिएको छ।
तनुश्री दत्ताको आरोप र ‘मीटू’ विवाद
सन् २०१८ मा अभिनेत्री तनुश्री दत्ताले सन् २००८ मा फिल्म ‘हर्न ओके प्लीज’को छायांकनका क्रममा नानाले अनुचित व्यवहार गरेको आरोप लगाएकी थिइन्। उनले फिल्मको एक नृत्य दृश्यको छायांकनका क्रममा नानाले आफूलाई असहज बनाउने व्यवहार गरेको दाबी गरेकी थिइन्। उक्त आरोप सार्वजनिक हुँदा भारतमा ‘मीटू’ अभियानले फिल्म क्षेत्रसहित विभिन्न क्षेत्रमा यौन दुव्र्यवहार र शक्ति दुरुपयोगबारे बहस चर्काइरहेको थियो।
तनुश्रीको आरोपपछि फिल्म क्षेत्रका कलाकारको व्यवहार, छायांकनस्थलमा महिला कलाकारको सुरक्षा र उजुरी गर्ने व्यक्तिको भनाइलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा चर्चा भएको थियो। उनको आरोपले पुरानो घटनालाई फेरि सार्वजनिक बहसमा ल्याएको थियो। यसले फिल्म क्षेत्रमा काम गर्ने महिलाले सामना गर्नुपर्ने चुनौतीबारे पनि प्रश्न उठाएको थियो।
७५ वर्षको उमेरमा निधन भएका नाना पाटेकरले भारतीय फिल्ममा विशिष्ट छाप छोडेका छन्। उनको अभिनय शैली र संवाद प्रस्तुत गर्ने क्षमता आगामी पुस्ताका कलाकारका लागि अध्ययनको विषय बन्न सक्छ।
सामाजिक काममा उनले देखाएको सक्रियता पनि उनको परिचयको अभिन्न हिस्सा रहनेछ। उनको जीवन उपलब्धि र विवाद दुवैबाट बनेको भए पनि भारतीय फिल्ममा उनको योगदान र किसानका लागि सुरु गरेका अभियानले उनलाई लामो समयसम्म सम्झाइरहनेछन्।
खै! नेपालमा बसेर यो चालक पेशाबाट खासै चमत्कार गर्न सकिएला जस्तो छैन, विदेशतिर पो हानिनुपर्छ कि क्या हो! अचेल यस्तै विचारमा छु म त!
छोटो गफगाफको क्रममा छेवैमा बसेका यात्रुसँग चालक पूर्णलालले गुनासो पोखे।
"गोदावरी - लगनखेल - रत्नपार्क - जमल" लेखिएको चिटिक्क परेको हरियो विद्युतीय साझा बस कार्यालय समयको ट्राफिक व्यस्तताले सातदोबाटोमा लामो जाममा परेको बेला चालकको यो कुरा सुनेर ती अधवैंसे यात्रुले पछाडिको सिटमा बसिरहेका यात्रुहरूतर्फ देखाउँदै भने, "हेर्नुस् त! तपाईंले चालक बनेर आफ्नै देशका नागरिकलाई कति सहयोग र खुशी दिँदै हुनुहुन्छ। दिनहुँ सबैलाई गन्तव्यमा पुग्न सहयोग गर्दै हुनुहुन्छ। यो देखेर तपाईंलाई कत्ति पनि सन्तुष्टि र खुसी मिल्दैन?"
यो सुनेर पूर्णलालले अलि गहिरिएर सोचे जस्तो गरी पछाडितिर हेरे। उनले देखे: स्कुल कलेजका विद्यार्थीहरू, नवदम्पतिहरू, प्रेमिल जोडीहरू, बिरामीहरू, निजामती जागिरे, शिक्षक लगायत विभिन्न उमेर समूह र पेशाका व्यक्तिहरूलाई आफ्नै गाडीको सीटमा देखेर उनी निकै गम्भीर र भावुक भई चुपचाप लागेको देखेपछि ती अधबैंसे यात्रुले भने, "देख्नुभयो त! तपाईंले त सिंगो नेपाल नै सँगै बोकेर हिँडिरहनुभएको छ। तपाईं कति भाग्यमानी! अब आफैं भन्नुस्, के सेवा र आत्मसन्तुष्टिभन्दा ठूलो कुरा संसारमा अरू केही होला र!"
बुद्धले २५०० वर्षअघि नै ‘संसारमा दुःख छ, दुःखको कारण छ, दुःखलाई समाधान गर्न सकिन्छ र यसको उपाय छ’ भनेका थिए। उक्ति सुन्दा जति सरल छ, त्यत्ति नै मार्मिक पनि छ। संसारको दुःखको त्यही ब्यहोरा यही भदौ १० गते आएको भोटेकोसीको बाढीबाट र हालैको अति वर्षाबाट सबै नेपालीलाई र खास गरी रसुवा, नुवाकोट र धादिङवासीलाई अझ गहिरोसँग महसुस भएको छ। आशा गरौं, बुद्ध वाणीअनुसार यो दुःखको निरोधका उपायहरू छिटो जुटून्।
गौतम बुद्ध विश्वकै निधि हुन्। उनी सगरमाथाको मुलुक नेपालको लुम्बिनीको राजपरिवारमा जन्म लिएर युवा अवस्थामै राजपाठ सबै त्याग गरी सगरमाथाजस्तै उच्च विश्वकै हितमा चिन्तनरत अलौकिक मानव हुन्। बुद्ध सम्भवतः मानवताकै लागि जन्मिएका महानतम व्यक्तित्व हुन्। त्यसैले होला, उनलाई देवताको श्रेणीमा राखिएको।लुम्बिनी धर्मस्थल मात्र होइन, मानवतालाई मार्ग दर्शनको थलोका रूपमा मानव समाजले स्विकार्नुपर्छ। उनले पृथ्वीमा जन्म लिएर लगाएको गुनको दुर्भाग्यवश पर्याप्त मात्रामा मनुष्य र अन्य चराचरले पूर्णतः उपभोग पनि गर्न पाएका छैनन्। तसर्थ नेपालले उपरोक्त उद्देश्य हासिल गर्न आफ्नो हैसियतको उपयोग गरोस् भन्नेमा यो लेखको विषयवस्तु केन्द्रित छ।
‘सार्वभौम लुम्बिनी’ थलो
स्पष्ट भन्नुपर्दा, लुम्बिनीलाई एक पवित्र बुद्ध स्थलमा मात्र सीमित नराखी उक्त क्षेत्रलाई मानवताको हितका लागि नै चिन्तन, मनन र कार्यान्वयन गर्ने अन्तर्राष्ट्रिय स्थलका रूपमा विकास गर्ने हो कि भन्ने सोच हो। यसै पनि बढी नै तथ्यपरक देखिने ‘निकट’ इतिहासका गौतम बुद्धको नाम र लुम्बिनी नै मानवताका साथै चराचर/स्थाबरजंगमको हितका लागि विश्व प्रयासको उपयुक्त र योग्यतम छनोट हो।
संयुक्त राष्ट्र संघका ‘लोकप्रिय’ महासचिव उथान्तले २०२४ वैशाख १ गते लुम्बिनीको भ्रमण गरी लुम्बिनीको अन्तर्राष्ट्रिय महत्त्व उजागर गरी दिएका मात्र होइनन्, लुम्बिनीले विश्वलाई दिन सक्ने र दिनुपर्ने योगदानबारे स्पष्ट औंल्याएका हुन्।उथान्तले हालिदिएको जगमा अब नेपालले अग्रसरता लिनुपर्छ।
लुम्बिनी, तिलौराकोट, निगलिहवा, रामग्राम र आवश्यक देखिएका वरपरका केही क्षेत्रलाई समेटी एक ‘सार्वभौम लुम्बिनी’ थलो (विमर्शका लागि मात्र प्रस्तुत नमुना– भ्याटिकन सिटी) तोक्नु त्यसका लागि आवश्यक हुन्छ। उपर्युक्त केन्द्रको काम मुख्यतः विश्व शान्ति स्थापना, मौसमी परिवर्तनको कारक तत्त्वहरूको न्यूनीकरण, गरिबी निवारण, हातहतियार प्रसारको रोकथाम तथा आणविक हतियारको उन्मूलन र विश्व तनाव तथा संघर्षका मुद्दामाथि निरन्तर विमर्श गर्नु र ‘सर्वमान्य’ निचोड निकाल्नु हुनुपर्छ।
वर्तमान विश्व
मानव जाति अहिले यस्तो नियतिमा पुगेको छ कि अब उसले आफ्नो विचार, शक्ति र साधनलाई सर्वजनहिताय प्रयोग गर्ने कि, समाप्तितिर लम्किने ? हालैका दिनमा भएका प्रविधिको विकासले स्पष्ट पारेको छ कि अब यो विनाशको बाटोमा पनि सजिलै जान सक्छ र यसमा अब बढी दुःख पाउने तेस्रो विश्व नै हुनेछ। अर्थात्, बुद्धको सन्देशलाई अझ स्फूर्त र प्रभावकारी बनाउन नेपालले केही अग्रसरता र जमर्काे देखाउने बेला भई सक्यो भन्ने हो।‘विश्व निशस्त्रीकरण’का नाममा आफूले चाहेका मुलुक/समूहलाई आणविक ज्ञानमा पहुँच दिइँदै छ– लहडका भरमा।अमेरिकाले सन् १९७०/८० देखि हालसम्म पनि गर्दै गरेका गल्तीहरू हेरौं– ठट्टैठट्टामा सत्तासिनको लहड र व्यापारिक हितका लागि मुलुककै नीतिनियम र साख तिलाञ्जली दिइँदै छ। विश्वमै बौद्धिक नेतृत्वको दाबी गर्ने मुलुकका प्राज्ञ र सर्वसाधारण अहिले आफैं टुलुटुल हेर्दै निरीहतासाथ सबै ब्यहोरिरहेका छन्। यो स्थिति धेरै नटिक्ला तर अकल्पनीय हानि पुर्‍याइसकेपछि त्यसलाई फर्काउन त सकिँदैन ! मानवता आज ठिक त्यही सँघारमा छ।
बुद्ध सन्देश
बुद्धका ‘चार आर्य सत्य’को पालना यति बिघ्न प्रगति गरिसकेको मानवतालाई विनाश हुनबाट जोगाउने एउटा अचुक उपाय हो। ‘सम्यक संकल्प सही विचार हो र यसले हरेक व्यक्तिले हिंसा, लोभ, द्वेषबाट मुक्त भई मैत्री र करुणाको भावना राख्नुपर्छ’ भन्छन् डा. तेजबहादुर कार्की। विभिन्न अध्ययनले जनाएका छन्, अहिले पनि विश्वको साधनस्रोत विद्यमान जनसंख्यालाई पाल्न पर्याप्त छ।समस्या केवल इच्छाशक्तिको कमी तथा साधन र स्रोतको उचित वितरणको मात्र समस्या हो।
इतिहासका एक सपुत गौतम बुद्धको जन्मस्थल रहेको लुम्बिनी क्षेत्रलाई ‘सार्वभौम लुम्बिनी’ थलो दस्ताबेज तयार गर्दै नेपालले लुम्बिनी क्षेत्रको सीमांकन गरी मानवताको शान्ति, प्रगति र निरन्तरताका लागि अन्तर्राष्ट्रिय विश्वभूमि घोषणा गर्न एउटा खाका दस्ताबेज तयार गर्ने जमर्काे गर्नुपर्छ। सो खाका तयार गर्न प्रथमतः हालसम्म लुम्बिनीमा चासो राखी त्यसको विकासमा संलग्न राष्ट्र तथा बुद्धका सन्देशलाई अँगाली आएका बहुल संख्याका मुलुकहरूलाई नै नेपालले आह्वान गर्नुपर्छ। त्यसो गर्दा प्रक्रिया अलमलिने वा अनावश्यक बहसमा पर्ने चिन्ता हुँदैन।
दशकौंदेखि विश्व धर्म अँगालेका मात्र होइन, अन्य मुलुकका प्रबुद्ध व्यक्ति तथा पदाधिकारीले पनि लुम्बिनीबाट केही आशा गरेका सन्देश प्रवाहित भइरहेका छन्। बुद्ध ज्ञानमा गहिरो रुचि राख्ने लेखक लाच्लान ब्राउन, भिक्षु सुगन्ध (डा. अनिलमान शाक्य), भिक्षु मैत्री महास्थविर, भिक्षु सिरी बजीर, प्राध्यापक त्रिरत्न मानन्धर, लुम्बिनीको विकासमा योगदान पुर्‍याउनु हुने जापानी विद्वान्, वास्तुकार तथा अन्य महानुभावहरू, तिलौराकोटको उत्खननमा ठुलो योगदान पुर्‍याउनुहुने बेलायतको डर्हाम विश्वविद्यालयका प्राध्यापक रवीन कनिंगहामहरूको उपर्युक्त रायमा के सोच होला?
भन्नु नपर्ला, नेपालका दुवै निकटतम छिमेकी भारत र चीन नेपालको यस कदममा खुसी नै होलान् किनभने दुवै मुलुकमा बुद्धका सन्देशहरूलाई मार्गदर्शनका रूपमा पालना गर्ने जनसंख्या अत्यधिक नै छ। त्यस्तै विश्व शक्तिका रूपमा स्थापित भइसकेको उत्तरी मित्र राष्ट्र चीन तथा क्षेत्रीय शक्ति छिमेकी भारतलाई पनि लुम्बिनीमा हुने कार्यकलापले प्रत्यक्ष, अप्रत्यक्ष फाइदै पुग्छ।
नेपालको त यसबाट चौतर्फी श्रीवृद्धि हुनेछ नै। लुम्बिनीलाई ‘असाधारण जीवन्तता क्षेत्र’ मान्ने विश्वकै सवभन्दा ठुलो बौद्ध जनसंख्या भएको, विश्वको झन्डै एक्काइस प्रतिशत जनसंख्या ओगटेको हवाई छिमेकी थाइल्यान्डले त यसमा ठुलो हर्ष मनाउने नै छ।
नेपाललाई निर्विवाद आधुनिकतम मानव संस्कृति (धर्म होइन) को प्रारम्भ भूमि रहेको श्रेय त छँदै छ, यसले त्यसको विश्वव्यापी अनुपुरणमा भूमिका निभाउने दायित्व र हक पनि छ। नेपालीहरू त्यस मानेमा भाग्यमानी पनि हुन्।
नेपालले वर्षाैंदेखि संघर्ष स्थलहरूमा सेना पठाई शान्ति कायममा योगदान गर्दै आएको छ। त्यस अर्थमा पनि अब नेपालले विश्वबाट गरिबी, अशिक्षा, भोक र शोक मुक्त विश्व समाजको सिर्जनामा योगदान निर्विवाद स्वाभाविक छ। गौतम बुद्धले हामीलाई त्यस हकमा दाबेदार हुन युगौंअघि नै ‘सक्षम’ बनाएका हुन्।
थप चिन्तन
उपर्युक्त चिन्तनलाई सार्थकता दिन लुम्बिनीबारे गर्नुपर्ने कार्य धेरै छन्।हाल चालु कैयन् कार्यलाई पुनः अवलोकन गर्नु नै पर्ने छ। विश्व बैंकको हालैको सहयोगको घोषणालाई पनि पुनः उपर्युक्त दृष्टिकोणमा ढाल्नुपर्नेछ। अर्थात् लुम्बिनीबारे पुनः समष्टि रूपमा नयाँ शिराबाट चिन्तन हुनुपर्ने नै हुन्छ - कानुनी, भौतिक विकास आदि सन्दर्भमा। नबिर्साैं, सम्राट अशोकले लुम्बिनीमा स्तम्भ स्थापना गरी उक्त क्षेत्रलाई ‘कर मुक्त क्षेत्र’समेत त्यतिबेलै घोषणा गरिसकेका थिए।
लुम्बिनी विकासकै आयोजनामा केही महिनाअघि भएको इकोमोस सम्मेलनमा तिलौराकोटको सत्यको प्रचार, सोही सम्मेलनले आह्वान गरेको विश्व शान्ति सन्देश, स्थानीय गैरसरकारी पर्यटन प्रवर्धन निकायहरूबाटै भएको विभिन्न बौद्ध स्थलहरूको सामूहिक प्रवर्धन, आरवाइआर्ईका नियमित गतिविधि सबै उत्साहवर्धक कार्य हुन्।
‘लुम्बिनी विकास’सम्बन्धी यो धारणाबारे मुलुकमै छलफल चलाउनाका साथै बुद्ध धर्म अँगालेका बहुसंख्यक मुलुकमा पनि यस्तो छलफल अगाडि बढाउँदा कसो होला ? त्यस्तो राष्ट्रिय/अन्तर्राष्ट्रिय बहसले विश्व शान्तिका लागि नेपालले गर्दै आएको योगदानको सकारात्मक चर्चा हुनाका साथै सानातिना सम्भाव्य अड्चन त्यसैबाट समाधान हुने नै छ।
अन्तर्राष्ट्रिय आधिकारिकता प्राप्त गरेको लुम्बिनीबाट भएका निर्णयको स्थानगत प्रभावले समष्टिमा मानवताको हितप्रवर्धन गर्ने मात्र होइन, मानवलाई नै परिष्कृततातर्फ डोर्‍याउने छ भन्छन् लेखक लाच्लान ब्राउन, उनको पुस्तक ‘बुद्धिज्म’मा। ‘उच्चतम प्रभाव तथा न्यूनतम अहंका साथ जीवन यापन कसरी ?’ भन्ने दर्साउँदै उनी भन्छन्– व्यक्तिगत लाभ र उपलब्धीको अंशप्रति ध्यान कम गरी अरू तथा विश्वलाई योगदान गर्नुमा नै सच्चा आनन्द आउँछ।
मानवले जसै थप चिन्तन गर्छ, बुद्धको आदर्श अझ गहिरो, लाभदायी र सर्वहिताय प्रमाणित हुँदै जानेछ।बुद्धले मानव हितका लागि पृथ्वीमा पदार्पण गरेको भूमिस्वरूप लुम्बिनीको अन्य कुनै स्थलसँग तुलना हुन सक्दैन।
हालसालै लुम्बिनीमा भएका भेलाहरूमा विद्वान्हरूबाट व्यक्त भएका विचारहरूबाट पनि अब नेपाल त्यसतर्फ अघि बढ्न ढिलो गर्नु हुँदैन। लुम्बिनी मानव जातिकै उच्चतम आदर्श शान्ति, समृद्धि र सहअस्तित्वको प्रवर्धनका लागि अतुलनीय स्थल हो ।
अन्य ग्रहहरूसम्म पुग्न उन्मुख वर्तमान मानव समुदाय अब पृथ्वीकै विग्रहमा अल्झिनु हुँदैन। यो हास्यास्पद छ। साधन स्रोतको उचित उपयोग र न्यायोचित वितरण मनुष्य समाजले अब सम्हाल्न नसक्ने विषय होइन। अन्यथा मानव समुदायकै समाप्तिको सम्भावनासमेत टड्कारो रूपमा औंल्याइँदै छ।भएकाहरू (ह्याभ्स/सम्पन्नहरूले) अब यो कुरा छिटो बुझ्नुपर्छ र त्यसतर्फ अग्रसर हुनुपर्दछ। विश्वले २५०० वर्षअघि जन्माएका शान्ति दूतका सन्देशको मनन आजको मानवको सबैभन्दा ठुलो आवश्यकता हो।
विषय प्रवेश :
“कवि कविता होस्
कविता कवि होस्
तब पो कविता हुन्छ
शब्द थुपारीकन के हुन्छ
भाव भए पो हुन्छ।”
– पारसमणि प्रधान
माथिका पाँच हरफमा उल्लिखित भनाइलाई सम्झिँदै कवितासङ्ग्रह हावामा अल्झिएको स्वरभित्र प्रवेश गर्दै छु। समकालीन नेपाली कविताको भिडमा सिजन श्रेष्ठ एक सचेत र बौद्धिक शिल्प बोकेर आएका प्रखर युवा कवि हुन्। विसं २०४९ सालमा सङ्खुवासभा जिल्लाको वानामा जन्मिएका श्रेष्ठ हाल नेपाल सरकारको अधिकृतस्तरको पदमा कार्यरत छन्। उनको कवितासङ्ग्रह हावामा अल्झिएको स्वर २०८१ सालमा इटर्नल पब्लिकेसनले प्रकाशित गरेको हो। यो सङ्ग्रह उनको पहिलो कविताकृति हो। दुई दशकदेखि कविता विधामा सशक्त कलम चलाउँदै आएका श्रेष्ठका राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकाहरूमा रचनाहरू प्रकाशित भएका छन्। उनको यस कविताकृति पहिलो सङ्ग्रहका रूपमा प्रकाशित भए पनि परिपक्व काव्यात्मक चेतना र अब्बल भाषिक शिष्टता प्रदर्शन गरेका कारण यस कृतिले गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार, २०८१ समेत पाइसकेको छ।
यस कवितासङ्ग्रहको सबैभन्दा सबल पक्ष भनेकै विविध आयाम एउटै केन्द्रीय काव्यदृष्टिभित्र बाँध्न सक्ने कविको अद्‌भूत क्षमता हो। यस प्रकृतिमय कवितासङ्ग्रहमा जम्मा ५३ थान (कभर पृष्ठमा राखिएको ‘बुकमार्क’ कवितासमेत गरेर) कविताका थुँगाहरू फुलेका छन्। ती थुँगाहरू प्रकृतिका बाह्य दृश्य मात्र होइनन्। प्रकृतिभित्र हुने प्रेम, प्रणय मात्र होइनन्। गाउँ भौगोलिक सिमाना मात्र होइन। विज्ञान आधुनिक शब्दहरूको आडम्बरी विकास मात्र होइन। यी सारा तत्त्वहरू कविका अन्तरमनमा पग्लिएर बनेको सर्वथा नयाँ र गहिरो अर्थको सिर्जना नै हावामा अल्झिएको स्वर हो भन्न सकिन्छ। त्यसैले यस सङ्ग्रहलाई छुट्टाछुट्टै कविताको सँगालो भन्नुभन्दा पनि चेतनाका अनेकौँ उकाली, ओरालीहरू पार गर्दै अघि बढेको एक सघन र आत्मिक यात्रा भन्नु बढी न्यायसङ्गत हुन्छ।
यस कृतिको शीर्षक स्वयम्‌ले यसको दार्शनिक गहिराइ सङ्केत गर्छ। हावामा अल्झिएको स्वर, कुनै एउटा कविताको नाम होइन। यो त सिङ्गो कृतिको प्राणवायु हो। स्वर जसलाई महसुस गर्न सकिन्छ तर अदृश्य छ। सामान्य नियममा स्वर हावामा बिलाएर जानुपर्ने हो तर यहाँ स्वर अल्झिएको छ। यही विरोधाभासपूर्ण अवस्थाले केही गम्भीर दार्शनिक प्रश्नहरू जन्माउँछ। के बोलिएका शब्दहरू समयसँगै सकिन्छन् त? के स्मृतिहरू साँच्चै अतीत बन्छन्? के भौतिक रूपमा अनुपस्थिति हुनु भनेको पूर्ण रूपमा समाप्त हुनु हो? कि त्यसको पनि एउटा सूक्ष्म उपस्थिति बाँचिरहन्छ? प्रकृतिका अवयवहरू केवल जड वस्तु हुन् कि, तिनको भित्री तहमा मानवीय चेतना र स्मृतिको गहिरो पाटो लुकेको छ? यस सङ्ग्रहका कविताहरूले यस्ता प्रश्नहरूको सजिलै उत्तर त दिँदैनन् तर पाठकका मनमा अर्थका अनन्त तरङ्गहरू पैदा गरिदिन्छन्।
कविताको वास्तविक सामर्थ्य कहिलेकाहीँ शब्दहरूले व्यक्त गरेका अर्थमा भन्दा पनि तिनले उत्पन्न गरेका मौनताको रिक्ततामा लुकेको हुन्छ। हावामा अल्झिएको स्वर कवितासङ्ग्रहको मुख्य काव्यिक विशेषता पनि यही हो। किनकि यस सङ्ग्रहमा उपस्थित काव्यिक अभिव्यक्तिले अपूर्णतालाई पनि नयाँ अर्थको सम्भावनामा बदल्ने सामर्थ्य राखेको छ। अब केही बुँदागत रूपमा चर्चा गरौँ।
प्रकृतिको दृश्यबाट चेतनाको भूगोलतर्फ :
कवि सिजन श्रेष्ठको कवितासङ्ग्रहभित्र प्रकृतिको उपस्थिति परम्परागत काव्यलेखन जस्तो बाह्य सजावट वा पृष्ठभूमिको दृश्यचित्रमा मात्र सीमित छैन। यस सङ्ग्रहमा खोलो, झरी, हावा, पहाड, हुस्सु र बाटो जस्ता प्राकृतिक अवयवहरू जड वस्तुका रूपमा छैनन्। बरु कविको आन्तरिक, मानसिक संसारका सक्रिय र गतिशील पात्रका रूपमा एकाकार भएर उभिएका छन्। यसको जीवन्त उदाहरण ‘उड्ने खोलो’ कविता हो। जहाँ खोलो बग्ने पानीको भौतिक स्वरूप मात्र नभएर, बालचेतनाले आफ्नो असीमित कल्पनाशक्तिद्वारा रूपान्तरण गर्न खोजेको एक उज्यालो संसार बनेर उभिएको छ। विज्ञान र भौतिक यथार्थको साँघुरो बाटोमा खोलो उड्न सक्दैन तर बालमनको अतियथार्थवादी कल्पना शिल्पले त्यसलाई आकाशमा उडाउन खोज्छ। यही असम्भवभित्रको सम्भावना नै कविको मुख्य काव्यिक सौन्दर्य हो। यस कवितामा उभिएको एक हरफ हेर्दा पनि थाहा हुन्छ,“आकाशमा चराझैँ उडिदिएहुन्थ्यो नि यो डुम्रे खोलो पनि?” (उड्ने खोलो, पृ. २)
‘उड्ने खोलो’ कवितामा बाल्यकालीन स्मृतिको पुनराविष्कार गरिरहँदा कविमा फगत विगतको रोदन वा सतही अतीत स्मृति मात्र भेटिँदैन। बरु त्यहाँ बालमनको नैसर्गिक विद्रोही स्वभाव, प्रकृतिसँगको सघन आत्मीय र स्थापित नियमहरूलाई प्रश्न गर्ने चेतना एकैसाथ मुखरित भएर आउँछ। जस्तै, ‘झरी किन खस्छ ?’, ‘खोलो किन बाटो छेक्छ?’ वा ‘पानीको मामाघर हुँदैन र?’ जस्ता कौतूहलपूर्ण प्रश्नहरूले बाल्यकाललाई केवल सम्झनाको तस्बिरमा मात्र सजाउँदैनन्। बरु मानवीय चेतनाको नवीन क्षण पुनर्निर्माण गर्छन्। यहाँ कुनै प्रौढ कविले बालकलाई बाहिरबाट नियालेर कृत्रिम सहानुभूति दर्शाएका होइनन्। कवि श्रेष्ठ स्वयम् बालक चेतनाको गर्भगृहभित्र प्रवेश गरेर वर्तमानलाई नियालिरहेका छन्।
यसकारण प्रकृति र स्मृतिको अन्तरसम्बन्ध यस सङ्ग्रहमा बाह्य दृश्य र आन्तरिक भावको साधारण सम्मिश्रण मात्र होइन। यहाँ त प्रकृति नै स्मृतिको विशाल भण्डार बनेर आएको छ। एउटा खोलाले सिङ्गो बाल्यकाल बगाएर ल्याउँछ भने एउटा झरीले विगतको घर आँगन जुरुक्कै उचालेर वर्तमानमा राखिदिन्छ। ‘बाटोका पैतालाहरू’ शीर्षक कविता आफैँमा निर्जीव वस्तुमाथि चेतनाको मानवीकरण गर्ने एउटा विशिष्ट र सबल काव्यविम्ब हो। बाटोमा मानिस हिँड्नु स्वाभाविक हो तर बाटोकै पैतालाको परिकल्पना गरेर कविले गतिशीलताको नयाँ आयाम दिनु भनेको काव्यिक वैशिष्ट्य पनि हो। वस्तु र चेतनाबीचको यही परम्परागत सीमालाई भत्काउनु नै यस सङ्ग्रहको विम्बचेतना र काव्यिक मूल प्रवृत्ति हो।
स्मृतिको पुनर्निर्माण र अनुपस्थितिको उपस्थिति :
यस सङ्ग्रहभित्र सङ्ग्रहित प्रणयपरक कविताहरूमा स्मृतिको भूमिका, विगतको धमिलो तस्बिर वा फगत सम्झनामा मात्र सीमित छैन। यहाँ स्मृति नै वर्तमानलाई निरन्तर उद्वेलित र प्रभावित गरिरहने एक सक्रिय एवम् जीवन्त शक्तिका रूपमा क्रियाशील छ। सङ्ग्रहका शीर्षक ‘तिम्रो नाम’, ‘मौन संवाद’, ‘आफ्नै छायाँलाई खसाइहिँडेर’ र ‘शोकाकुल फूलहरू’ जस्ता कविताहरूले मानवीय सम्बन्धमा निर्मित अनुपस्थिति, सम्झना र आत्मसंवादका अनेकौँ गहन तहहरूलाई उजागर गर्छन्। यी कविताहरूमा प्रेमको परिभाषा, मात्रै प्रिय पात्रको भौतिक प्राप्ति वा सामीप्यता मात्र खोजिएको छैन। बरु उसको सघन अनुपस्थितिभित्र पनि आत्मीय सम्बन्धको निरन्तरता र जीवन्त यादलाई स्थापना गरिएको छ। मौन संवादको यस कविता हरफले के भन्छ त!
“फरफराउन छाडेर
किन चुपचाप छ यो लुङ्दर?
तिम्रो कालो कालो कपालजस्तो
यो चिलाउनेको सेतो फूल
किन छ ठ्याक्कै–
तिम्रो नाकको चम्किलो फुलीजस्तो...।” (मौन संवाद, पृ. १४)
कविका लागि प्रिय वस्तु वा पात्रको नाम उच्चारण गर्नु सामान्य र औपचारिक सम्बोधन मात्र होइन। त्यो त अनुपस्थित व्यक्तिलाई स्मृतिको विशाल क्यानभासमा पुन: सशरीर उपस्थित गराउने एउटा काव्यात्मक अनुष्ठान हो। भौतिक शरीर जतिसुकै टाढा भए पनि आन्तरिक स्मृतिको दूरीले आफ्नै अभौतिक भूगोल निर्माण गर्छ। जहाँ प्रेम, शरीरको निकटताबाट माथि उठेर आत्मिक सामीप्यमा रूपान्तरित हुन्छ। यही कारण हो कि, कवि श्रेष्ठका प्रेमिल कविताहरूमा स्थूल स्पर्शभन्दा बढी स्मृतिको सुवास, भौतिक भेटभन्दा बढी प्रतीक्षाको व्याकुलता र प्रत्यक्ष उपस्थितिभन्दा बढी अनुपस्थितिको सौन्दर्य र महिमा प्रखर रूपमा भेटिन्छ।
यस विशिष्ट काव्यचेतनाको अब्बल उदाहरण ‘पानीमा प्रेम’ कवितामा देख्न सकिन्छ। यहाँ बगिरहेको नदीमा पानी छोएर प्रियसम्म आफ्नो भावना प्रवाह गर्ने जुन काव्यात्मक सम्भावना खोजी गरिएको छ, त्यसले पानीलाई केवल प्राकृतिक पदार्थ वा जड तत्त्वमा मात्र सीमित राख्दैन। पानी यहाँ भौगोलिक दूरीलाई विस्थापित पार्ने एउटा अदृश्य र संवेदनशील माध्यम बन्न पुगेको छ। आफूले स्पर्श गरेको पानी प्रियसम्म पुग्छ कि पुग्दैन भन्ने कविको अनुत्तरित प्रश्नले कवितालाई भौतिक यथार्थको धरातलबाट उठाएर अभौतिक र शाश्वत आयाम प्रदान गर्दछ। यही अनिश्चितता नै यस सङ्ग्रहको वास्तविक सौन्दर्य हो।
अझ प्रेमको बहुआयामिक स्वरूप ‘प्रेयसी जाडोलाई’ कवितामा भिन्न ढङ्गले विम्बित हुन्छ। जाडो महिनाको कठोर मौसमलाई प्रेयसीका रूपमा परिकल्पना गर्नु सामान्य मानवीकरण होइन। यो त कविद्वारा ऋतु र मानवीय संवेदनाबीचको दूरी मेटाउने सफल कलात्मक प्रयत्न हो। यहाँ जाडो कुनै मौसमी चक्रवात मात्र नभएर कविको स्मृति र प्रेमसँग एकाकार भएको एक जीवन्त व्यक्तित्व बन्न पुगेको छ। यसरी प्रकृति र मानवीय प्रेमबीचको सघन अन्तरघुलन र संवेदनात्मक सादगीले नै कवि श्रेष्ठको काव्यचेतनालाई परम्परागत र सतही प्रेमकविताको घेराभन्दा निक्कै माथि उठाएर विशिष्ट पहिचान दिएको छ भन्ने प्रष्ट हुन्छ।
मिथकको पुनर्पाठ र वर्तमानको अर्थ :
कवि सिजन श्रेष्ठको कवितासङ्ग्रहमा मिथक, इतिहास र प्राचीन सांस्कृतिक सन्दर्भहरूको उपस्थिति बलियो छ। यस सङ्ग्रहमा अतीतका सम्झना वा ज्ञानलाई काव्यात्मक विम्ब निर्माणमा सजाउन मात्र खोजिएको छैन। कविले प्रयोग गरेका महादेव, भगीरथ, ईश्वर, अशोक चल्ल, सुनकेशरी रानी र पुनखु मैंचा जस्ता पौराणिक तथा ऐतिहासिक विम्बहरू वर्तमान युगको सङ्कट र मानवीय संवेदनासँग जीवन्त संवाद गर्नका लागि नवीन कलेवरमा प्रयोग भएका छन्। प्राचीन आख्यानहरूलाई परम्परागत रूपमै जस्ताको तस्तै दोहोरयाउनु पुनरूक्ति मात्र हो। तर तिनलाई वर्तमान समयका ज्वलन्त सरोकारका ऐना अगाडि उभ्याएर पुन: व्याख्या गर्नु पुन:सिर्जना हो। श्रेष्ठका कवितामा स्थापित मिथकहरू यसै उत्तरआधुनिक पुनर्पाठ र अर्थनिर्माणको दिशातर्फ सचेत हुँदै उन्मुख भएको देखिन्छ।
यस प्रवृत्तिको उत्कृष्ट नमुना ‘उड्ने खोलो’ कवितामा फेला पर्छ। जहाँ पौराणिक मान्यताअनुसार महादेवको जटाबाट गङ्गा अवतरण भएको र देवत्वको मिथकलाई सामान्य मानवको आँसु, सङ्घर्ष र श्रमको ऊर्जायुक्त धरातलसँग नजिक गराइएको छ। यस प्रयोगले पौराणिक आख्यानलाई आधुनिक मानवीय सङ्कल्प र आत्मसम्मानको उचाइमा रूपान्तरित गरिदिएको छ। यस सङ्ग्रहमा देवत्व वा शक्तिको स्रोतलाई कुनै अलौकिक चमत्कारका रूपमा आकाशतर्फ खोजिएको छैन। बरु भुइँमान्छेको निरन्तर कर्मशीलताभित्र अन्वेषण गरिएको छ। पौराणिककालमा भगीरथले कठोर तपस्याद्वारा धर्तीमा गङ्गा अवतरण गराएझैँ, आधुनिक मानवले पनि आफ्ना आँसु र श्रमका झरनाहरूलाई समेट्न सक्ने कडा साधनायुक्त जटा उमार्ने जुन काव्यात्मक परिकल्पना छ, त्यो मिथकको परम्परागत पुनरावृत्ति होइन। त्यो त देवत्वलाई जनस्तरमा ओरालेर गरिएको मिथकको लोकतान्त्रीकरण हो। जसले साधारण मानिसको आत्मबललाई स्थापित गर्छ।
त्यसैगरी ‘काँक्रेविहार’ कवितामा मध्यकालीन सिंजा साम्राज्यका राजा अशोक चल्लसँग जोडिएको ऐतिहासिक स्मृति र भग्नावशेषको सन्दर्भलाई भूकम्पको महाविनाशकारी विम्बसँग अन्तरसम्बन्ध गराएर कविले इतिहासलाई स्थिर, अपरिवर्तनीय र मृत स्मारक मात्र रहन दिएका छैनन्। इतिहास कुनै दस्तावेजमा मात्र सीमित नभइ वर्तमानको काल परिस्थितिसित साक्षात्कार हुनुपर्छ भन्ने गहिरो सन्देश दिएका छन्।
वास्तवमा मिथक तब मात्र कविताको शिल्पभित्र सार्थक रूपमा जीवित र चलायमान हुन्छ जब त्यसले समकालीन युगका विकृति र भोगाइहरूमाथि कठोर प्रश्न उठाउने सामर्थ्य राख्छ। अतीतका कथाहरूले वर्तमानको छातीलाई नछोएसम्म र वर्तमानको स्वरसँग लय नमिलाएसम्म ती केवल निर्जीव दन्त्यकथा वा ऐतिहासिक तथ्य मात्र रहन्छन्। तर कवि श्रेष्ठको समकालीन चेतनामा, मिथकहरूले कविताको पुनर्जन्म गराउँछन् भन्ने विश्वास देखिन्छ। जब मृत समयबाट ब्युँझिएर मिथकले नयाँ जीवन पाउँछ तब दूरगामी अर्थको खोजी गतिशील हुन्छ भन्ने कविको सङ्कल्प कविताका हरफहरूमा पाइन्छ।
विम्बहरूको विस्तार र अर्थको बहुस्तर :
कवि श्रेष्ठको कवितासङ्ग्रहमा सबैभन्दा उल्लेखनीय र बलियो शिल्पगत विशेषता भनेको विम्बविधान हो। तर एउटा विषय के पनि हो भने कविताहरूमा विम्बहरूको बाहुल्य हुनु मात्रै पनि गहन कविताको स्वरूप होइन। यस कवितासङ्ग्रहमा कविले निक्कै सोचविचारका साथ विम्बको स्थान कहाँ र कसरी गर्ने भन्ने पनि ज्ञान दिएका छन्। यहाँ ध्यान दिनुपर्ने गहिरो पक्ष के छ भने प्रयोग भएका विम्बहरू भाव वा विचारको अभाव छोप्न सजाइएका छैनन्। बरु तिनले कविताको मूल भावलाई अझ व्यापक र बहुआयामिक तहमा पुर्‍याउने गतिशील माध्यमको भूमिका निर्वाह गरेका छन्।
यसको एउटा बलियो उदाहरण ‘ईश्वर फल्ने रूख’ कवितामा देख्न सकिन्छ। जहाँ रूख, फल, भीर, जिन्दगी, सपना र ईश्वर जस्ता बिल्कुलै भिन्न अवयवहरूलाई एउटै कल्पनात्मक र कलात्मक संरचनामा उनिएको छ। ईश्वर फल्ने रूख सतही रूपमा सुन्दा आफैँमा एक अव्यावहारिक र असम्भव दृश्यचित्र हो। तर कविताको आन्तरिक संसारमा यही असम्भव नै नवीन अर्थनिर्माण गर्ने आधार बन्न पुगेको छ। भीरजस्तै ठाडो र कष्टकर जिन्दगी भीरकै रूखहरूमा फल्छ। अनि हावामा बहने तरल सपनाहरू हावाकै रूखमा फल्छन्। यो भनाइको तात्पर्य, भौतिक यथार्थलाई चुनौती हो। यहाँ वस्तुहरूको परम्परागत वा स्वाभाविक सम्बन्धलाई उल्टाइएको छ र त्यही उल्टाइको गर्भबाट कविको नवीन काव्यिक दृष्टि जन्मिएको छ।
वस्तुहरूबीचको यही उल्टो वा अस्वाभाविक सम्बन्ध नै कवि श्रेष्ठको विम्बचेतनाको विशिष्ट र मौलिक प्रवृत्ति हो। सामान्य र परिचित वस्तुहरूलाई जब कविले असामान्य सम्बन्धको परिधिमा राखेर हेर्छन्, तब ती वस्तुहरूको स्थापित र परम्परागत परिचय भत्किन्छ र पाठकका सामु नयाँ अर्थको क्षितिज खुल्छ। त्यसैले सङ्ग्रहभित्रका कवितामा आउने हावाको रङ, पातालमा जून, घामको लगाम, बाटोका पैतालाहरू, समयका खुट्टाहरू र पानीमा कोरेका रेखाहरू जस्ता पदावलीहरू मात्रै सुन्दा प्रिय लाग्ने आकर्षक शब्दसंयोजन होइनन्। यी विम्बहरू त वस्तुको स्वाभाविक आयाममाथि गम्भीर प्रश्न उठाउँदै पाठकलाई एउटा नयाँ बौद्धिक र संवेदनात्मक क्षेत्रमा प्रवेश गराउने कडीका रूपमा कार्य गरेका छन्।
यद्यपि, कवितामा विम्बको अत्यधिक प्रयोग सधैँ गुणात्मक मात्र हुँदैन। यदि विम्बले कविताको अन्तरनिहीत भावलाई थप प्रष्ट र उज्यालो बनाउन सकेन भने, त्यो सिर्जना सहज प्रवाहका लागि गह्रौँ बोझ बन्न जाने खतरा रहन्छ। कवि श्रेष्ठको यस कृतिमा पनि केही ठाउँमा कविता यस्तै शिल्पगत जोखिमको किनारसम्म पुगेको महसुस हुन्छ। विम्बहरू लगातार सघन रूपमा आउँदा कहिलेकाहीँ केन्द्रीय भावलाई पटकपटक दोहोर्या्इरहेको जस्तो भान हुन्छ। तर सङ्ग्रहका अधिकांश र प्रभावकारी कविताहरूमा विम्ब र आन्तरिक भावको दूरी निकै सन्तुलित छ। यही कारणले गर्दा यहाँ विम्ब अर्थ लुकाउने बाहिरी आवरण मात्र नभएर बरु आफैँमा नयाँ अर्थ उत्पादन गर्ने एक जीवन्त गतिशील संयन्त्र बन्न सफल भएको सङ्ग्रह हो भन्न हिचकिचाउनु पर्दैन।
विज्ञान, आधुनिकता र कविको कल्पनाशक्ति :
कवितासङ्ग्रह हावामा हल्झिएको स्वरको एक विशिष्ट आयाम विज्ञानका बहुआयामिक अवधारणा र शब्दावलीसँगको सचेत संवाद हो। कवि सिजन श्रेष्ठका कवितामा इलेक्ट्रोन, कार्बन, म्याग्मा, पोटासियम सायनाइड, आरडिएक्स र टिएनटि जस्ता रूखा र कठोर रासायनिक तत्त्वहरू जब काव्यिक परिधिभित्र प्रवेश गर्छन्, तब ती मात्रै प्राविधिक प्रयोगशालाका नाम र पदार्थ भएर रहँदैनन्। बरु ती वैज्ञानिक तत्त्वहरू मानवीय भोगाइ, संवेग, अस्तित्ववादी छटपटी र भावनाका अनौठा प्रतीकात्मक क्षेत्रहरूमा रूपान्तरित भएर नयाँ अर्थ अलङ्कारको सञ्चार गर्छन्। यही चिन्तन र युगीन चेतनाको द्वन्द्वलाई प्रष्ट पार्दै कवि लेख्छन्–
“उपहारमा कसैले पोटासियम सायनाइड
दिएर गएको होस्
म त्यो पनि पिइदिनेछु।” (मुटु नभएको मानिस, पृ. ९९)
यहाँ कविको यो अभिव्यक्ति केवल कठोर विम्ब मात्र होइन। बरु जीवनप्रतिको एक गहिरो दार्शनिक चेत पनि हो। जसरी पोटासियम सायनाइडको वास्तविक स्वाद र गुण के हुन्छ भन्ने कुरा आजसम्म कसैले पत्ता लगाउन सकेका छैनन् र यो सधैँ रहस्यकै गर्भमा छ ठीक त्यसै गरी मानव जीवनको वास्तविक स्वाद र परिभाषा के हो भन्ने कुरा पनि ठोस रूपमा ठम्याउन कसैले सकेका छैनन्। जीवनको यही अज्ञात, रहस्यमयी र जटिल स्वरूपलाई कविले सायनाइडको विम्बमार्फत प्रस्तुत गरेका छन्। जीवन जस्तोसुकै तीतो वा रहस्यमयी भए पनि त्यसलाई सहर्ष स्वीकार गर्ने र भोग्ने कविको अस्तित्ववादी साहस माथिका पङ्क्तिहरूमा देखिन्छ।
यस्ता नवीन प्रयोगहरू सङ्ग्रहका ‘शत्रुले जिताएर गएको ठाउँमा’, ‘तरङ्गमा प्रेम’ आदि शीर्षकका कवितामा पढ्न पाइन्छ। यी वैज्ञानिक तत्त्वहरूको मिसावटले कवितामा के कुरा स्थापित गर्छ भने, कविका लागि कविता लेख्नु भनेको प्रकृति, प्रेम वा कुनै स्मृतिमा मात्र सीमित हुनु होइन। बरु आधुनिक जीवन र प्रविधिले विकास गरेका वैज्ञानिक शब्दावली तथा चिन्तनहरू पनि उच्चस्तरको काव्य सामग्री बन्न सक्छन् भन्ने पुष्टि गर्नु पनि हो। साथै कवि हुनका लागि कति फराकिलो अध्ययन, साधना र ज्ञानको जरुरत पर्छ भन्ने उदाहरण पनि हो।
विज्ञानले कुनै वस्तुको भौतिक एवम् रासायनिक संरचनाको खोजी गर्छ भने कविताले त्यही वस्तु वा संरचनालाई मानिसको आन्तरिक संसारभित्र पैदा हुने गुणात्मक अर्थको खोजी गर्छ। कवि श्रेष्ठका कविताले यी दुई बिल्कुलै फरक देखिने खोजहरूबीच एउटा बलियो र तार्किक सेतु निर्माण गर्ने सफल प्रयत्न गरेका छन्।
गाउँ, भूगोल र अदृश्य मानिस :
कवितासङ्ग्रहमा उल्लिखित गाउँ कुनै सतही, रोमान्टिक स्मृतिभूमि वा प्राकृतिक सौन्दर्यको परम्परागत पाटो मात्र होइन। गाउँको भूगोलभित्र उपेक्षा, चरम विस्थापन, आधुनिक विकासको असमान चरित्र र समाजका आँखामा पछाडि परेका अदृश्य मानिसहरूको वास्तविक जीवन पनि प्रखर रूपमा प्रवेश गराइएको छ। यस सङ्ग्रहको कविता शीर्षक ‘नभएजस्तै भएकाहरू’ यही सन्दर्भमा विशेष अर्थ राख्ने शक्तिशाली कविता हो। राज्यको संरचनामा नभएजस्तै हुनु भनेको भौतिक अस्तित्व समाप्त हुनु होइन। बरु समाजमा उपस्थित भएर पनि राज्य, सत्ता र केन्द्रीय सामाजिक दृष्टिबाट निरन्तर अदृश्य बनाइनु हो। राज्यका यसै उपेक्षा र सिमान्तीकृत भूगोलको छटपटीलाई उजागर गर्दै ‘नभएजस्तै भएकाहरू’ कवितामा कविले यसरी लेखेका छन्–
“संसदका बजेट भाषणहरूमा कहिल्यै नपर्ने
राष्ट्र र राष्ट्रियताका धूनभन्दा धेरै टाढा
धर्तीभन्दा केही माथि
र आकाशभन्दा केही तल
ठ्याक्कै बादलको बीच भागमा घुमिरहने
एउटा निस्तब्ध गाउँ छ
त्यो गाउँ मेरो हो।” (नभएजस्तै भएकाहरू, पृ. ८९)
भन्दै शासक वर्गको संवेदनाहीनतामाथि कविले कडा प्रहार गरेका छन्। कुनै समय गाउँलाई राक्षसको पञ्जाबाट मुक्त गराउने आत्मीय तिमी अर्थात् युवाशक्तिको पलायन वा अनुपस्थितिले गर्दा आज गाउँका बोटबिरुवा, जीवजन्तु र नानीहरूसहितको सिङ्गो अस्तित्व नै नभएजस्तै, शून्य, मूक र गाउँ प्रतीक्षालय जस्तो बनेको छ। यस्तो गहन धारणा कविले राजनीतिक उपेक्षा र मानवीय विस्थापनको अन्तरसम्बन्धलाई निकै कसिलो प्रतीकात्मक शिल्पमा प्रस्तुत गरेका छन्।
त्यसैगरी अर्को कविता शीर्षक ‘सडक विस्थापनको तयारीमा’ पनि उत्तिकै सशक्त रहेको छ। यस कवितामा देश चरम राजनीतिक ध्रुवीकरण र त्यसको असर राष्ट्रिय अस्तित्वमाथि परेको छ भन्दै कविले देशको साझा धरातल र यसका दुई किनारालाई परस्पर विरोधी राजनैतिक शक्तिका रूपमा सडकलाई प्रतीकात्मक बनाएका छन्। शक्तिको होडबाजीमा कसरी क्षणिक शत्रुता, स्वार्थप्रेरित मित्रता र दाउपेचको खेल खेलिन्छ भन्ने दलहरूको चरित्र स्पष्ट रूपमा मुखरित गरेका छन्। निरन्तर आपसी खिचातानी, अहङ्कार र फुटको राजनीतिले अन्तत: देशको जग अर्थात् सडक नै समाप्त पारिदिन्छ। र भोलिका सन्तति हिँड्ने बाटो नै अन्धकारमय बनाउन सक्छ भन्ने सत्यलाई कविले सामाजिक चेतनाका रूपमा कवितामा उतारेका छन्।
कवि सिजन श्रेष्ठ नाराभन्दा कविता लेख्छन्। चाहे देशप्रेमका लागि वा एक आमाका लागि उत्तिकै मार्मिक शब्दमा प्रस्तुत हुन्छन्। उनको ‘नीलो आयतन’ शीर्षक कवितामा दुर्गम पहाडी भेगकी एक श्रमजीवी आमाको कठोर सङ्घर्ष र उनका छोराको बालकल्पनालाई मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्। जहाँ आमाको असीमित मातृत्व र अभावका बीच पनि बेलुनभित्र हरियो देश देख्ने बालकको सुन्दर सपनालाई कलात्मक रूपमा बुनिएको छ।
ईश्वर तथा मृत्युको छेउमा जिजीविषा :
कवि सिजन श्रेष्ठले कवितासङ्ग्रहमा विम्बात्मक रूपले ईश्वरलाई तीन शीर्षकमा समेटेका छन्। उनका ‘ईश्वर भएँ भने...’, ‘ओढारमा ईश्वर’, ‘ईश्वर फल्ने रूख’ शीर्षक कविताहरूमा पनि उत्तिकै कलात्मक शिल्प सौन्दर्य भेट्न सकिन्छ। ईश्वर सधैँ शक्तिमान र भाग्यवादी खोजको विम्ब मात्र हुँदैन। यथार्थसँग पनि ईश्वरको कल्पना गर्न सकिन्छ।
कविले परम्परागत धार्मिक सङ्कीर्णता र अस्तित्वको असीमित गहिराइलाई उजागर गर्न ईश्वरलाई एक सशक्त र नवीन ब्रह्माण्डीय विश्वका रूपमा प्रयोग गरेका छन्। ‘ईश्वर भएँ भने’ कवितामा प्रकाशको गति र सर्वोच्च उचाइ चुम्ने मानवीय चाहनासँगै अन्यायविरुद्ध सजाय दिने न्यायप्रिय चेत उजागर गरेका छन्। अर्को कविता ‘ओढारमा ईश्वर’ मा जीवनका तमाम आरोहअवरोह र अवरोध छिचोल्दै अघि बढ्ने दृढतालाई प्रस्तुत गर्दै युवतीको गालाको सुन्दरता र ईश्वरको काल्पनिक मुटुलाई एकाकार गरी प्रेम र सौन्दर्य नै वास्तविक ईश्वर हो भन्ने दार्शनिक विचार स्थापना गरेका छन्।
कविले यी तीन शीर्षकमा ईश्वर शब्दको विम्ब प्रयोग गर्नुको मूल आशय, ब्रह्माण्डको विशालता र मानव मनको रहस्यलाई व्यक्त गर्न सामान्य शब्दले नपुग्ने भएपछि ईश्वरलाई माध्यम बनाएका हुन्। जसका माध्यमबाट उनले स्थापित मिथकलाई मानवीय धरातलमा झारेर हरेक संवेदना र त्यसको उचाइलाई ईश्वरसरहकै गरिमा प्रदान गर्दै उत्कृष्ट स्वच्छन्दतावादी शिल्प प्रस्तुत गरेका छन्।
कवि श्रेष्ठले ईश्वरपछि ‘जिजीविषा’ शीर्षक कवितामा भिड र व्यक्तिको अन्तरसम्बन्धलाई प्रष्ट बनाएका छन्। मानव जीवनका लागि सङ्घर्ष, उत्साह, सामाजिक गतिविधि र समाजमा आफ्नो उपस्थिति वा आवाज बुलन्द गर्ने अभिलाषालाई यस कविताले सङ्केत गरेको छ। यो कविताले समाजमा मानवीय जीवनको निरन्तरता, आपसी निर्भरता र मानिसको बाँच्ने अदम्य चाहनालाई सरल तर गम्भीर ढङ्गले प्रस्तुत गरेको छ।
गद्य कविताको अन्तर्लय :
कवि श्रेष्ठका कविताहरूमा बाह्य छन्दको परम्परागत विधान अनुशासन र संरचना छैन। तर त्यसको अर्थ कवितामा लयहीनता व्याप्त हुनु भनेको पनि होइन। यस सङ्ग्रहमा निरन्तरका प्रश्न, सचेत पुनरुक्ति, वाक्यगत विराम, विशिष्ट पदावलीको क्रमिकता, दृश्यहरूको आकस्मिक परिवर्तन र वाक्यगत आरोहअवरोहका माध्यमबाट एउटा शक्तिशाली अन्तर्लयको निर्माण गरिएको छ।
विशेषत: प्रश्नात्मक संरचना कविको प्रिय र निकै बलियो शिल्पका रूपमा देखा परेको छ। कवितामा उठाइएका प्रश्नहरू रेडिमेड उत्तर खोज्नका लागि मात्र राखिएका छैनन्। बरु तिनले पाठकलाई कविताको आन्तरिक अर्थनिर्माणको प्रक्रियामा सक्रियतापूर्वक सहभागी गराएका छन्। ‘पहेँलो नक्सा’ कविताले प्रश्नहरूको निरन्तर पुनरावृत्ति र बाह्य दृश्यको चित्रणभन्दा पनि गहिरो अस्तित्वगत बेचैनी र छटपटी पैदा गर्छ। यसै प्रश्नात्मक अन्तर्लय र अस्तित्वको खोजीलाई पुष्टि गर्दै पहेँलो नक्सा कवितामा कवि लेख्छन्–
“एउटा मानिसले यसरी
कहिलेसम्म गर्न सक्छ– एकतर्फी प्रेम?
सात दिन?
छयालीस महिना?
त्रिसट्ठी वर्ष?
तीन दशक?
एक शताब्दी?
कि गर्न सक्छ– पूरै चौरासी जुनी?” (पहेँलो नक्सा, पृ. ८१)
यद्यपि, कवितामा प्रश्नहरूको अत्यधिक चाङ लाग्यो भने त्यो कविता फगत प्रश्नावली बन्ने जोखिम हुन्छ भन्ने गरिन्छ। तर प्रश्नहरूको वास्तविक काव्यिक सौन्दर्य त्यसको उत्तर नहुनुमा मात्र होइन। बरु उत्तरको सम्भावित क्षितिज पाठकको चेतनामै जन्मिनुमा हुन्छ। त्यसैले कवि श्रेष्ठका अधिकांश प्रभावकारी कवितामा ठ्याक्कै यही शिल्प भेटिन्छ। जहाँ प्रश्न समाप्त भइसकेपछि पनि पाठकको मस्तिष्कमा एउटा गम्भीर कम्पनका रूपमा बाँकी रहिरहन्छ।
यस सङ्ग्रहका छोटा कविताहरूमा पनि संरचनागत सघनताका दृष्टिले निकै महत्त्वपूर्ण छन्। माथि उल्लिखित ‘जिजीविषा’, ‘वसन्तपुर’, ‘मृत्यु’, ‘मित्रता’ आदि अत्यन्तै छोटा आयतनका कविताहरूमा भौतिक आकारभन्दा भाव र अर्थको सघनता कति ठूलो कुरा हो भन्ने अर्थ प्रमाणित हुन्छ। अर्कोतर्फ ‘मुटु नभएको मानिस’ जस्तो दीर्घ कविताले कविको नयाँ आयाम, संरचनागत क्षमता, काव्यिक साहसलाई परिचय दिएको छ। यसले कविको काव्य चेतना, अध्ययन र साधना बहुआयामिक धारतर्फ छ भन्ने पुष्टि गर्छ।
कृतिगत एकत्व र सीमाहरू :
जम्मा ५३ थान कविताहरूको सङ्ग्रहमा विषयगत विविधता हुनु स्वाभाविक प्रक्रिया त हो तर यस्तो व्यापक विविधताका बीच पनि सिङ्गो कृतिमा आन्तरिक एकत्व कायम हुनु चाहिँ कवि र कवितासङ्ग्रह हावामा अल्झिएको स्वरको सफलता हो। यस कृतिको एकत्व मुलत: विशिष्ट विम्बचेतना, प्रकृतिसितको आत्मीयता, स्मृतिको जीवन्त पुनर्निर्माण, निरन्तरको प्रश्नात्मक परिवेश र गहन अस्तित्वगत जिज्ञासाका साझा स्तम्भहरूबाट निर्मित भएको देखिन्छ।
यही आन्तरिक एकत्व र स्वरकै सामञ्जस्यताका कारण ‘पानीमा प्रेम’ शीर्षक कवितादेखि ‘उड्ने खोलो’, ‘ईश्वर फल्ने रूख’, ‘नभएजस्तै भएकाहरू’, ‘नीलो आयतन’, ‘पानीमा कोरेका रेखाहरू’, ‘काँक्रेविहार’, ‘पहेँलो नक्सा’ र ‘मुटु नभएको मानिस’ सम्म आइपुग्दा विषय र सन्दर्भ बिल्कुलै फरक भए तापनि कविको केन्द्रीय वैचारिक स्वर कतै पनि हराएको पाइँदैन। यसै कृतिगत सुगठन र सीमाको यथार्थलाई समेट्दै ‘मुटु नभएको मानिस’ कवितामा कवि लेख्छन् :
“आखिर जीवन गल्तीहरूको यात्रा त रहेछ
म मेरा सम्पूर्ण ऊर्जाहरू खर्चेर
एकपछि अर्को गल्तीहरूको काँडाघारीमा
यात्रा गरिरहन सकूँ!” (मुटु नभएको मानिस, पृ. १०१)
तर यति हुँदाहुँदै पनि यो कवितासङ्ग्रह पूर्ण रूपमा दोषरहित र अभेद्य भने छैन। मेरो आफ्नै दृष्टिले हेर्दा, कतिपय कवितामा एकै खालको केन्द्रीय भाव, वा विम्बचेतना दोहोरिएको अनुभूति हुन्छ। जसले कताकता खल्लो गराउन खोज्छ। केही ठाउँमा विम्बहरूको अत्यधिक बाहुल्यले भावको स्वाभाविक र कसिलो गतिलाई छोपेको पो हो कि भन्ने लाग्न सक्छ। कुनै कवितामा भाषा सम्पादनमा कमीकमजोरी पनि देखिएको छ। जसले कविताको ओजनलाई अलिक हलुका बनाएको पनि छ।
तर यी सीमा र कमजोरीहरू कृतिको मूल काव्यिक सम्भावना, शिल्पगत विशिष्टता र वैचारिक उचाइलाई अस्वीकार गर्ने कारण भने बन्न सक्दैनन्। बरु यिनले कविको आगामी काव्ययात्रालाई अझ बढी परिष्कृत, शिल्पगत रूपमा संयमित, भाषिक रूपमा कसिलो बनाउन मार्गनिर्देशन गर्नेछन्।
निष्कर्ष :
हावामा अल्झिएको स्वर कवितासङ्ग्रहलाई विम्बचेतनाको सङ्ग्रह त भनियो तर विम्बहरूको मात्रै सङ्ग्रह भनेर पढ्नु, बुझ्नु चाहिँ यसको काव्यगत सम्भावनालाई सीमित गर्नु हुनेछ। विम्ब यस सङ्ग्रहका कविताको प्रमुख शिल्प अवश्य हो तर विम्बका पछाडि स्मृति छ। स्मृतिका पछाडि विस्थापन छ। विस्थापनका पछाडि अस्तित्वको प्रश्न छ र अस्तित्वका पछाडि जीवनलाई अर्थपूर्ण बनाइरहने जिजीविषा छ।
कवि सिजन श्रेष्ठका कविताको मौलिकता यही अन्तरसम्बन्धमा खोजिनुपर्छ। उनी प्रकृतिलाई मानिसबाट अलग राख्दैनन्। प्रेमलाई केवल प्रणयमा सीमित गर्दैनन्। मिथकलाई इतिहासमा थन्क्याउँदैनन्। विज्ञानलाई प्रयोगशालामै छोड्दैनन्। यी सबै विषयलाई कविको संवेदनाले एउटै काव्यभूमिमा ल्याएर राख्छ।
कविता मात्रै नयाँ विषयमा सीमित हुँदैन। पुरानो संसारलाई नयाँ आँखाले देख्न सक्नु चाहिँ कविता हुन्छ। सिजन श्रेष्ठमा सायद तिनै नयाँ आँखाहरू छन् र यो सङ्ग्रह तयार भएर आएको छ।
हावामा अल्झिएको स्वर, अन्तत: हराएको आवाजको कथा होइन। यो त सुन्न नसकिएको आवाजलाई कविताको माध्यमबाट पुन: सुन्न सकिने बनाउने प्रयत्न हो। यो सङ्ग्रह त्यसैले स्थिर छैन। यो त स्मृतिमा चलिरहेको छ। प्रकृतिमा प्रतिध्वनित भइरहेको छ। प्रेममा बाँचिरहेको छ। गाउँको मौनतालाई शहरसम्म सुनिरहेको छ। अझ भनौँ सुनाइरहेको छ।
कविता त्यही हो जहाँ दृश्य समाप्त भएपछि पनि अदृश्य शब्द बोलिरहन्छ। त्यसैले त–
कवि कविता होस्
कविता कवि जस्तो होस्।
छवि वैरागी घिमिरे
अहो! पूरै गाउँ नै सहरमा परिणत भइसकेछ। गाउँ परिवर्तन भए जस्तै मानिसहरू पनि परिवर्तन भए कि भएनन्?
तीस वर्षअघिको गाउँ खोज्यो तर उसले भेटेन। मानिस खोज्यो त्यो पनि भेटेन। गोरेटो र घोडेटो खोज्यो ती पनि कतै भेटिएनन्। अन्तिममा उसले मन्दिर खोज्यो। उसले बल्लतल्ल मन्दिर भेट्यो तर हिजोको रूप परिवर्तन भइसकेको अवस्थामा।
आश्चर्य मान्दै मन्दिरमा टाँगिएको शिशामा उसले आफूलाई हेर्‍याे, म्वाइँ खाने गालामा झ्याउ पलाइसकेको रहेछ। केश अन्तै बसाइ सरिसकेछ। अहो, जीवनको साढे तीन दशकमा सबै परिवर्तन भइसकेछ। जागीरको सुरुवाती दिन। प्रयोगात्मक तालिममा भेटिएका थुप्रै स्थानीय र सहकर्मी मानसपटलमा नाच्न थाले तर स्थिर कोही भएनन्।
हिजो यही गाउँमा आउँदा ऊ एक्लो थियो तर आज आफन्तहरूको भीडमा ऊ एक्लिएको छ। श्रीमती नभएपछि छोराछोरी भएर पनि नभएकै बराबर। घर छ परिवार छैन। आफन्त छन् तर साथमा कोही छैनन् तर ऊ यहाँ किन आयो त? कसलाई भेट्न आयो त? यहाँ आउनुको उद्देश्य के हो त? निरूत्तर हुनुको विकल्प थिएन।
तालिमको सिकाइ। तालीमपछिको रमाइलो। पैसा, यौवन र मस्तीको मिश्रण। रमाइलो कतिकति। तालिमको छ महिना त मिलिक्कै बितेको पत्तै भएन। भेटमा रमाइलो बिदाइमा मन भारी। आज साढे तीन दशकपछि उही ठाउँ तर रंगरोगन नयाँ। मन्दिरमा दर्शन गरेर उसले पुजारीलाई हेर्‍याे, "जूनमाया, तिमी!"
"अहँ, जूनमाया त मरिसकी। म त साध्वी अनुसुया।" अनुसुयालाई हेर्ने एकजोर विस्फारित नयन।
"हाकिम सा'ब, तपाईको छोरा आउँदैछ। तीस वर्षपछि भए पनि अब उसलाई लिएर जानुस्। ओम नम: शिवाय।"
त्यही बेला मन्दिरमा बजेको घण्टीको टङटङ आवाजले अरू केही सुनिएन।
१) मुक्तक
कहिले सुनाउनुपर्छ अनि कहिले सुन्नुपर्छ
उही फूल कहिले च्यात्नु कहिले उन्नुपर्छ
परिस्थिति सधैँ समान अनि अनुकूल हुँदैन,
आवश्यकता अनुसार मुख कान थुन्नुपर्छ।
२) मुक्तक
आफैँलाई खाने त हो आखिर पिरले पनि
जेनतेन जीवन निर्वाह गर्ने हो जागिरले पनि
शान्त र खुशी मनले पेटभर खान पाए हुन्छ,
उही एक छाक टर्ने हो ढिँडो वा खीरले पनि।
३) मुक्तक
निश्चित हुँदैन फल लाग्ने भमरा डुल्दैमा
विश्वास गर्न सकिँदैन कुराकानीमा खुल्दैमा
जान्नेसँग नै हो सिक्ने, सिक्न लजाउनु पर्दैन,
ज्ञान, सीप, ढङ्ग पुग्दैन मात्र कपाल फुल्दैमा।
४) मुक्तक
नाम पो फुटबल तर टाउकोले पनि गोल हुन्छ
मासुमासु भने पनि खान मीठो त झोल हुन्छ
नमिलौँ भन्ने कसलाई होला र एक आपसमा,
बीउ धेरै चाहिँदैन मात्र बिचमा एक पोल हुन्छ।
५) मुक्तक
सेट मात्र भएर चल्दैन फोन सिम चाहिन्छ
परिणाम आउनलाई काम गर्ने टिम चाहिन्छ
आफन्त हुँदैमा आफ्नो हुन सक्दैन कोही,
उनलाई उज्यालो तर मलाई डिम चाहिन्छ।