Nagarik News - Home
नेकपा एमाले इलामका नेता उमेश गुरुङले झण्डै ३८ वर्ष लामो एमालेसँगको राजनीतिक यात्रा टुंग्याएका छन्। पार्टी नेतृत्वप्रति लामो समयदेखि प्रश्न उठाउँदै आएका गुरुङले मंगलबार सामाजिक सञ्जालमार्फत एमालेको प्रदेश कमिटी सदस्य र साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।
गुरुङले ‘मनभित्र नअटेका कुराहरू’ शीर्षकमा लामो स्टाटस लेख्दै आफ्नो राजनीतिक यात्राका उतारचढाव, पार्टीका लागि गरेको योगदान, भोगेका संघर्ष तथा पछिल्लो समय पार्टीभित्र आफूले अनुभव गरेको उपेक्षाबारे उल्लेख गरेका छन्।
उनका अनुसार २०४५/४६ सालको जनआन्दोलनको सुरुवाती चरणमा तत्कालीन नेकपा मालेसँग जोडिएका उनी २०४७ असारमा पार्टीको साधारण सदस्य बनेका थिए। त्यसपछि गाउँ कमिटी सदस्यदेखि सचिव, इलाका कमिटी हुँदै जिल्ला कमिटी सदस्य, जिल्ला उपसचिव र सचिवको जिम्मेवारी सम्हालेका गुरुङले आठ वर्ष पूर्णकालीन कार्यकर्ताका रूपमा बिताएका थिए।
२०६७ सालमा नेपाल पत्रकार महासंघ इलामको अध्यक्षसमेत बनेका गुरुङले २०८१ कात्तिकमा भएको एमाले जिल्ला अधिवेशनमा गुटभन्दा बाहिरबाट स्वतन्त्र उपाध्यक्षको उम्मेदवारी दिएको उल्लेख गरेका छन्। त्यसपछि आफू पार्टी नेतृत्वको गुटगत व्यवहारका कारण जिम्मेवारीविहीन हुनुपरेको उनको दाबी छ। करिब १९ महिना जिम्मेवारीविहीन रहेपछि असार ३ गते प्रदेश कमिटी सदस्यमा मनोनीत गरिएको उनले बताएका छन्।
गुरुङले एमालेमा सक्रिय रहँदा आफूले भोगेका राजनीतिक संघर्षसमेत स्मरण गरेका छन्। भारतीय सीमावर्ती गाउँमा एमालेको संगठन निर्माण गर्दा अपमान र आक्रमणसमेत खेप्नुपरेको, जौबारी र मानेभञ्ज्याङमा पटकपटक आफूमाथि आक्रमण भएको तथा २०६० साल जेठमा एमाले भएकै कारण २८ दिन माओवादीको अपहरणमा परेको उनले उल्लेख गरेका छन्।
तर आफ्नो राजनीतिक जीवनको सबैभन्दा पीडादायी प्रसङ्गका रूपमा उनले पार्टीको निर्देशन पालना गर्दा श्रीमती गुमाउनुपरेको घटना सार्वजनिक गरेका छन्।
झलनाथ खनाल प्रधानमन्त्री भएपछि २०६८ चैत २७ गते सुकिलुम्बा विमानस्थल शिलान्यास कार्यक्रममा पार्टीको निर्देशनअनुसार सहभागी हुन आफू इलाम आएको गुरुङले बताएका छन्। त्यसबेला मृत्युशय्यामा रहेकी श्रीमती मीना सिलिगुडीस्थित अस्पतालमा रहेकी थिइन्। छोरी पूजालाई श्रीमतीसँगै छाडेर पार्टीको कार्यक्रममा सहभागी हुन इलाम आएका उनी भोलिपल्ट अस्पताल पुग्दा श्रीमतीको राति नै मृत्यु भइसकेको अवस्थामा भेटेको स्मरण गर्छन्।
त्यसको पीडाले केही समयमै आमासमेत गुमाएको उनले बताएका छन्।
गुरुङले एमाले विभाजनका दुई चरणमा आफू मूलधारमै रहेको र पछिल्ला दुई स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न आकांक्षा राखे पनि टिकट नपाएको उल्लेख गरेका छन्। ‘सेटिङ, नातागोता र कृपापात्र’ बन्न नसकेका कारण अवसर नपाएको उनको दाबी छ।
‘टिकट नपाएकोमा पटक्कै पछुतो छैन,’ उनले लेखेका छन्, ‘पछुतो त सिङ्गो जीवन एमालेमा व्यर्थै बिताएकोमा छ।’
आफूलाई संसदीय कार्यकारी भूमिकामा देख्न चाहने शुभचिन्तकहरूको चाहना पूरा गर्न नसकेको भन्दै गुरुङले क्षमासमेत मागेका छन्।
‘आजदेखि मैले एमाले प्रदेश कमिटी सदस्यको जिम्मेवारी र पार्टीको साधारण सदस्यसमेत त्याग गरेको छु,’ उनले घोषणा गरेका छन्, ‘बाँकी जीवन सामाजिक अभियान र लेखनमा पनि लाग्नेछु।’
बेस गर्नुभयो भन्दै केदार शर्माको समर्थन
गुरुङले एमाले छाडेको घोषणा गरेपछि लेखक केदार शर्माले पनि गुरुङकै फेसबुक टाइमलाइनमा प्रतिक्रिया जनाउँदै उनको निर्णयलाई समर्थन गरेका छन्।
शर्माले ३८ वर्ष हिँडेको बाटो छाड्ने निर्णयलाई ‘बेस गर्नुभयो’ भन्दै अब गुरुङको यात्रा अझ स्वतन्त्र ढंगले अघि बढ्न सक्ने बताएका छन्।
उनले राजनीतिक जीवनमा जिम्मेवारी लिनु जत्तिकै समय आएपछि जिम्मेवारी छाड्न सक्नु पनि महत्वपूर्ण भएको उल्लेख गरेका छन्। पद, संगठन र गुटको निरन्तर दौडमा जीवन बिताउने राजनीतिक संस्कारमाथि प्रश्न उठाउँदै शर्माले समयअनुसार आफूले रोजेको बाटोमा अघि बढ्नु स्वाभाविक भएको तर्क गरेका छन्।
गुरुङको स्टाटसमा उल्लेख भएको श्रीमतीको मृत्युको प्रसङ्गले आफूलाई विशेष रूपमा छोएको शर्माले बताएका छन्। पार्टीको निर्देशन पालना गर्न मृत्युशय्यामा रहेकी श्रीमतीलाई अस्पतालमा छाडेर राजनीतिक कार्यक्रममा सहभागी हुनुपरेको र फर्किंदा उनलाई गुमाइसकेको घटनालाई उनले राजनीतिक प्रतिबद्धताको मानवीय मूल्यको कठोर उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
‘३८ वर्षपछि हिसाब गर्दा पद, टिकट र जिम्मेवारीका खाताभन्दा यस्ता मूल्यहरूको हिसाब धेरै ठूलो हुँदो रहेछ,’ शर्माले लेखेका छन्।
गुरुङले अब सामाजिक अभियान र लेखनमा लाग्ने घोषणा गरेको प्रसङ्ग जोड्दै शर्माले त्यसलाई ‘पदविनाको, उर्दीविनाको र अलि बढी आफ्नै समयको यात्रा’ भनेका छन्।
‘तपाईंको यो स्वतन्त्र अवतारप्रति मेरो सम्मान र बाँकी यात्राका लागि शुभकामना,’ शर्माले गुरुङलाई लेखेका छन्।
बेलायत, न्युजिल्यान्ड, पोर्चुगल र रोमानिया लगायतका देशहरूमा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पीडितहरूबाट २० लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन बनेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा अर्घाखाँची घर भई काठमाडौं महानगरपालिका-१० बस्ने ३१ वर्षीया मनिषा सुनार र ३४ वर्षीय ठाकुर बहादुर सुनार, पाल्पा घर भई तारकेश्वर नगरपालिका-१६ बस्ने ४९ वर्षीय खोप बहादुर शाही, भक्तपुर सूर्यविनायक नगरपालिका-७ बस्ने ४९ वर्षीय दिपेन्द्र खत्री र स्याङ्जा घर भएकी ४८ वर्षीया सिता लुईटेल रहेका छन्।
प्रहरीका अनुसार अभियुक्तहरूले विभिन्न देश पठाइदिने भन्दै प्रतिव्यक्ति लाखौँ रकम असुलेका थिए। जसमध्ये मनिषा र ठाकुर बहादुरले बेलायत पठाइदिने भन्दै एक पीडितबाट १२ लाख रुपैयाँ ठगी गरेका थिए।
त्यसैगरी, खोप बहादुरले रोमानियाका लागि २ लाख, दिपेन्द्रले न्यूजिल्याण्ड पठाइदिने भन्दै ३ लाख ५० हजार र सिताले पोर्चुगल पठाइदिने प्रलोभनमा पारी ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी प्रहरीमा परेको थियो।
पीडितहरूको जाहेरीका आधारमा खटिएको अनुसन्धान टोलीले मनिषा र ठाकुर बहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट शनिबार नियन्त्रणमा लिएको थियो। यस्तै, खोप बहादुरलाई आइतबार तारकेश्वर–१६ बाट तथा दिपेन्द्र र सितालाई सोमबार काठमाडौं–१२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब २७ करोड दुई लाख ६० हजार ६८५ तथा हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ४८ लाख चार हजार ७०२ अमेरिकी डलर मौज्दात छ।
सबै खातामा गरी रु १५ अर्ब छ करोड ५६ लाख २८ हजार १६७ मौज्दात छ।
सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।
नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजीरफोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ।
टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए।
टेलिकमका अनुसार बागमती प्रदेशअन्तर्गत ललितपुरको ललितपुर महानगरपालिका–३ कार्यालय र च्याउन्डाँडामा नयाँ साइट सञ्चालन गरिएको छ।
यस्तै चितवनको मोहनपुर तथा गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यनेपालमा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्।
लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट सञ्चालन गरिएको छ।यसैगरी कर्णाली प्रदेशअन्तर्गत जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोडमा मोबाइल साइट सञ्चालनमा ल्याइएको छ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्।
नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवा गुणस्तरमा सुधार आउने टेलिकमले जनाएको छ।
दूरसञ्चार सेवाको पहुँच नपुगेका तथा सेवा विस्तार आवश्यक रहेका स्थानमा क्रमशः नयाँ साइट थप गर्दै जाने टेलिकमको योजना छ।
कोशी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ।
सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डको करिव १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा चौडा गर्न यातायात बन्द गरिएको गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलले बताए।
खाँदबारीबाट सभाखोला सम्मको सडकखण्ड कालोपत्रे तथा चौडा गर्न असोज ६ गते देखि असोज ३० गते सम्म यातायात बन्द गरिएको कार्यालयले जनाएको छ।
उक्त सडकखण्डमा बिहान ८ः०० बजे देखि १२ः०० बजे सम्म र दिउँसो १ः०० बजे देखि साँझ ६ः०० बजेसम्म कालोपत्रे सडक चौडा गर्न यातायात सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताए।
समयमै काम सम्पन्न गर्नको लागि निर्माण कम्पनीको आग्रहमा यातायात बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।
निषेधित समयमा यातायातका साधन वैकल्पिक सडक प्रयोग गर्न सक्ने बताइएको छ।
उक्त सडकखण्ड बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले सडक दुर्घटना न्यूनीकरणका लागि जरिवाना र कारबाहीमा मात्र केन्द्रित नभई चालकको मनोविज्ञान र सडक प्रयोगकर्ताको व्यवहार सुधारमा ध्यान दिनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गजुरेलले त्रिपुरेश्वरमा भएको पछिल्लो घटनालाई यातायात व्यवस्थापन र सडक सुरक्षाको दृष्टिकोणबाट हेर्नुपर्ने बताए।
उनले चालक तथा अन्य सडक प्रयोगकर्ताको मनोवैज्ञानिक पक्ष सडक सुरक्षाका लागि महत्वपूर्ण हुने बताए।
‘सडक प्रयोगकर्ताले कस्तो मनोवैज्ञानिक धारणा र ज्ञानका साथ सडक प्रयोग गर्ने र चालकको मनोवैज्ञानिक ज्ञान कस्तो हुनुपर्छ भन्ने विषयलाई प्राथमिकताका साथ हेरिनुपर्छ,’ उनले भने।
विकसित देशमा सडक सुरक्षा र चालकको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन जनचेतना तथा मनोवैज्ञानिक कार्यक्रमका लागि ठूलो लगानी गरिने बताउँदै उनले नेपालमा पनि यस्ता कार्यक्रम सञ्चालन हुनुपर्ने बताए।
ट्राफिक प्रहरीको अभाव र अत्यधिक कार्यचापका कारण सडक व्यवस्थापनमा समस्या देखिएको उनको भनाइ थियो।
‘अहिले काठमाडौंमा मात्र हेर्ने हो भने १३ देखि १४ लाख सवारी साधन गुडिराखेका छन् भने त्यसलाई व्यवस्थापन गर्नको लागि हजार जना पनि ट्राफिक प्रहरी हुनुहुन्न’, उनले भने,‘चालक पनि मलाई कहिले कारबाही होला भन्ने एउटा त्रासमा सडक प्रयोग गरेको देखिन्छ भने ट्राफिक प्रहरी पनि दिनरात खटेर प्रेसरले यातायात व्यवस्थापन गर्नुपर्ने अवस्था छ।’
नेपालको नियमले एक चालकले दैनिक ६ घण्टा वा २५० किलोमिटरभन्दा बढी सवारी चलाउन नपाउने व्यवस्था गरेपनि तर उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।
‘नियम कार्यान्वयन गर्नेभन्दा कारबाही मात्र गरिरहेका छौँ,’ गजुरेलले भने, ‘यसमा सुधार हुनुपर्छ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तीन सञ्चार माध्यमका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएपछि ह्वाइट हाउसले आफ्नै अनलाइन स्ट्रिमिङ च्यानल ‘ट्रम्प टिभी’ सुरु गरेको छ।
सोमबार सुरु गरिएको च्यानल २४ घण्टा सञ्चालन हुने ह्वाइट हाउसले जनाएको छ। यसमा ट्रम्पका पुराना भाषण, प्रशासनका गतिविधि, घोषणा तथा अन्य भिडियो सामग्री प्रसारण हुने बताइएको छ। सुरुवाती प्रसारणमा ट्रम्पका भाषण र अमेरिकी सैन्य अभ्यासका दृश्य देखाइएको थियो।
ह्वाइट हाउसले सामाजिक सञ्जालमा ‘विगतका महत्त्वपूर्ण क्षण, घोषणा र प्रशासनका पछिल्ला गतिविधि एउटै ठाउँमा’ हेर्न सकिने बताएको छ। सुरुवातमा भने मौलिक समाचार वा पत्रकारिता कार्यक्रम राखिएको थिएन।
‘ट्रम्प टिभी’ सुरु हुनु केही दिनअघि ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएका थिए। ट्रम्पले यी सञ्चार माध्यमले गलत समाचार फैलाएको आरोप लगाएका छन्।
प्रतिबन्धपछि तीन वटै सञ्चार माध्यमले सोमबार ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गर्दै ह्वाइट हाउसको निर्णयले पत्रकारको पहिलो संशोधन अधिकारमा असर पारेको दाबी गरेका छन्।
यसैबिच, एबीसी, सीबीएस, फक्स न्युज र एनबीसीसहित अमेरिकी टेलिभिजन समाचार सञ्जालले ट्रम्पका गतिविधिको टेलिभिजन भिडियो कभरेज रोक्ने निर्णय गरेका छन्। अन्य केही सञ्चार माध्यमले पनि प्रतिबन्धित संस्थाको समर्थनमा ह्वाइट हाउस फोटो पुलबाट प्राप्त तस्बिर तत्काल प्रकाशित नगर्ने बताएका छन्।
यसको प्रभाव सोमबार ट्रम्पको ह्वाइट हाउस हेलिप्याड उद्घाटन कार्यक्रममा देखिएको थियो। ह्वाइट हाउसले प्रत्यक्ष प्रसारण गरे पनि व्यावसायिक अडियो उपकरण नहुँदा हेलिकोप्टरको आवाजका कारण ट्रम्पको भनाइ स्पष्ट सुनिएको थिएन। एजेन्सीको सहयोगमा
नेपाली कांग्रेसको इतर समूह (देउवा पक्ष) ले कर्णालीका जिल्लामा केन्द्रीय प्रतिनिधि र जिल्ला इन्चार्ज तोकेसँगै चुनावी गतिविधि तीव्र बनाएको छ। कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा समेत जिल्ला संयोजक र केन्द्रीय प्रतिनिधि तोकिएपछि देउवा पक्षका नेता-कार्यकर्ताको चहलपहल बढेको हो।
देउवा पक्षले कर्णालीका अधिकांश जिल्लामा आगामी पार्टी अधिवेशन तथा चुनावी अभियानलाई लक्षित गर्दै आफ्‌ना प्रतिनिधि खटाएको छ। सुर्खेतमा जिल्ला संयोजकको जिम्मेवारी ललित भट्टराईलाई दिइएको छ भने केन्द्रीय प्रतिनिधिको जिम्मेवारी महेन्द्र शाहीले पाएका छन्।
केन्द्रीय प्रतिनिधि तोकिएसँगै देउवा पक्षका नेता-कार्यकर्ताको जमघट वीरेन्द्रनगरमा बाक्लिन थालेको छ। मंगलवार देउवा पक्षले सुर्खेतमा भेला आयोजना गर्दैछ। वडा तहमा निर्वाचन समिति गठन तथा अधिवेशनको तयारीसमेत अघि बढाइएको केन्द्रीय प्रतिनिधि महेन्द्र शाहीले बताए। उनका अनुसार जिम्मेवारी पाएलगत्तै सुर्खेतका सबै वडामा अधिवेशनको तयारी थालिएको छ।
‘१५ गतेदेखि हुने वडा अधिवेशनलाई लक्षित गरेर वडा तहमा निर्वाचन समिति गठनलगायतका तयारी अघि बढाइएको छ।’ शाहीले भने, ‘क्रियाशील सदस्यहरू पनि उत्साहका साथ निर्वाचन प्रक्रियामा सहभागी हुन तयारी गरिरहेका छन्।’
सुर्खेतसहित कर्णालीका अन्य जिल्लामा समेत १५ गतेदेखि हुने वडा अधिवेशनलाई लक्षित गरेर कांग्रेसभित्र गतिविधि बढेको छ। देउवा पक्षले जिल्ला संयोजक तथा केन्द्रबाट प्रतिनिधिहरु खटाएर संगठन परिचालन र चुनावी तयारीलाई तीव्रता दिएको हो।
सुर्खेतमा यसअघि पार्टी सस्थापन (गगन पक्ष) संग कुनै पनि कार्यक्रममा  सहभागी नभएका पूर्णबहादुर खड्कानिकट कतिपय नेता-कार्यकर्तासमेत पछिल्लो समय कांग्रेसको संस्थापन पक्षसँग आबद्ध भएर असोज ३ गते हुने निर्वाचनमा होमिएका थिए। यसले सुर्खेत कांग्रेसभित्र आगामी अधिवेशनलाई लिएर नयाँ राजनीतिक समीकरण र प्रतिस्पर्धाको वातावरण समेत बनाएको कांग्रेसका नेताहरू बताउँछन्।
प्रतिनिधिसभा सदस्य आरन राईले जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माणमा ढिलाइ भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले जेनजी आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भए पनि क्षतिग्रस्त संरचनाहरू अझै जस्ताको तस्तै रहेको बताए।
‘दुःखका साथ भन्नुपर्छ, जेनजी आन्दोलनमा देशभर ठूलो क्षति भयो। तर अझै पनि क्षति भएका संरचनाहरू सबै जस्ताको तस्तै छन्। पुनर्निर्माण कहिले हुने हो ?’ उनले प्रश्न गरे।
युवाले नयाँ भविष्यका लागि आन्दोलन गरे पनि अहिले आम नागरिकमा निराशा देखिएको राईको भनाइ थियो। ‘यत्रो आन्दोलन युवाले नयाँ भविष्यका लागि गरे। तर अहिले हरेक मान्छेमा निराशा छ। यो किन भइरहेको छ ?’ उनले प्रश्न गरे।
राईले पछिल्ला महिनामा भएका आत्मदाहका घटनालाई समेत राज्यप्रति नागरिकको निराशासँग जोडेर अध्ययन गर्नुपर्ने बताए। केही दिनअघि मोटरसाइकल चालक र त्यसपछि बस चालकले आत्मदाह गरेको घटनालाई उदाहरण दिँदै उनले सार्वजनिक रूपमा देखिएका यस्ता पात्रबाहेक समाजमा अरू कति नागरिक निराश अवस्थामा छन् भन्ने विषयमा समेत सरकारले अध्ययन गर्नुपर्ने बताए।
साथै ट्राफिक प्रहरीको कार्यशैली र त्यससँग जोडिएका विवादबारे निष्पक्ष ढंगले छानबिन गर्नुपर्ने उनले बताए। आत्महत्या तथा आत्मदाहका घटना बढ्नुका कारणबारे सरकारले गम्भीर अध्ययन गर्नुपर्ने र सडक, भौतिक पूर्वाधार तथा सामाजिक संरचनामा रहेका समस्याको पहिचान गर्नुपर्ने उनले बताए।
‘कहाँ कहाँ हामीले त्रुटि गर्‍यौँ, कहाँ कहाँ हाम्रा समस्या छन्, नीतिगत समस्या हो कि अरू के समस्या छन्, कम्तीमा यससम्बन्धी सरकारले विशेष पहल गरोस्,’ राईले भने।
जिल्लाको पश्चिमी भेग कटारीक्षेत्रबाट फेरि भारी मात्रामा जडीबुटीजन्य प्रतिबन्धित गाँजा बरामद भएको छ।
केही दिनअघि दुई पटकमा ठुलो मात्राको गाँजा फेला परेकै ठाउँको जंगलबाट १८२ किलो गाँजा बरामद भएको हो। कटारी नगरपालिका ६ स्थित शिखर सामुदायिक बन उपभोक्ता समूहको जंगलक्षेत्र झाडीबाट सोमबार राति प्रहरीले सो परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
गाँजा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले राति खोजतलास गर्दा झाडीमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। सुराकीले दिएको जानकारी अनुसार सम्भावित क्षेत्रमा प्रहरी टोली परिचालन गर्दा प्लास्टिकले बेरेको अवस्थामा ९ बोरा बेवारिसे अवस्थाको गाँजा बरामद भएको हो। जंगलको झाडीमा भेटिएको गाँजा कसको र कहाँबाट ल्याइएको भन्ने बारे भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ।
गाँजा ओसारपसार गर्ने व्यक्तिहरू भने कोही नभेटिएकाले उनीहरूको खोजतलास भइरहेको प्रहरी भनाइ छ।
कटारी ६ कै अर्को एक सामुदायिक वन क्षेत्रको जंगलबाट सात दिनअघि मात्र सशस्त्र प्रहरी बल बेसक्याम्प कटारीको टोलीले १ सय ३० किलो गाँजा बरामद भएको थियो। त्यस्तै ३ साताअघि पनि जंगलमै लुकाई छिपाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय कटारको टोलीले खोजतलास गर्दा १ हजार १ सय २२ किलो गाँजा बरामद गरेको थियो।
सो जंगलमा गाँजा कहाँबाट आइरहेको छ भन्ने यकिन नभएको प्रहरी भनाइ छ। पहाडी भेगबाट तराईका सप्तरी सिराहा लाने गरी चोरी निकासी गर्ने क्रममा प्रहरीको आँखा छल्न जंगलमा लुकाइराख्ने र सुरक्षित अवस्था भयो कि जिल्ला सीमा पार गर्ने उदेश्यले जंगलक्षेत्र रोजाइमा पर्ने गरेको अनुमान गरिएको छ।
यसबारे अनुसन्धान भइरहेको र ढिलो चाँडो अपराधी पक्राउ पर्ने अपेक्षा प्रहरीले गरेको छ।
काठमाडौंको बागबजारस्थित पद्मकन्या कलेजका आंशिक शिक्षकहरूले सात महिनादेखि पारिश्रमिक पाएका छैनन्।
सात महिनादेखि पारिश्रमिक नपाउँदा परिवार चलाउनै मुस्किल परेको भन्दै आंशिक शिक्षकहरू आन्दोलनमा उत्रने तयारीमा छन्। पीडित शिक्षकका अनुसार क्याम्पस प्रशासनको कमजोरीका कारण आंशिक शिक्षकहरू मारमा परेका हुन्।
‘हामीले काम गरेबापत हाजिर गरेबापत आफ्नो मजदुरी विगत सात महिनादेखि पाएका छैनौं’, पीडित आंशिक शिक्षकले भने, ‘तत्काल कलेजले रकम उपलब्ध नगराए क्याम्पस बन्द गर्नेसम्मको आन्दोलनको तयारी भइरहेको छ।’ ती पीडित आंशिक शिक्षकले भने, ‘भोको पेटले कसरी काम गर्ने? ‘कलेजले पारिश्रमिक नदिएर हामीमाथि ठुलो अन्याय गरेको छ।’
त्रिभुवन विश्वविद्यालयको आंगिक कलेज पद्मकन्यामा डेढ सयको हाराहारीमा आंशिक शिक्षक कार्यरत छन्। ‘हामीले सात महिनादेखि तलब पाएका छैनौं। बारम्बार कलेज प्रमुखलाई निवेदन दिए पनि सुनुवाइ भएन। प्राध्यापक संघलाई निवेदन दिएका छौं।’ पीडित आंशिक शिक्षकहरूको भनाइ छ, ‘हामीले पढाएवापतको पारिश्रमिक माग गरेका हौं। कक्षा लिएबापत पिरियडअनुसार रकम पाउनुपर्ने हाम्रो माग हो।’
पद्मकन्या प्राध्यापक संघका सभापति जगदीश वलीले वास्तवमा आंशिकले समयमै पारिश्रमिक नपाउनु उनीहरूमाथि आर्थिक अन्याय भएको प्रतिक्रिया दिए। उनले आंशिक शिक्षकहरूको पीडामा प्राध्यापक संघको पूर्ण साथ रहेको बताउँदै बेरुजु ननिस्कने गरी तलब व्यवस्थापनमा संघ जुटेको समेत दाबी गरे।
‘त्रिविले आंशिकका लागि एक घण्टा बराबर एक पिरियड तय गरेको छ। एक घण्टाको कक्षा बिहानदेखि लिँदा दिउँसो १२ बज्ने भयो’, सभापति वलीले भने, ‘यसले दिउँसोको कक्षालाई प्रभावित पार्ने भएकाले ५० मिनेटको एक पिरियड गरिएको छ, तर त्रिविले १० मिनेटको बेरुजु निकालेको छ।’ उनले थपे, ‘यसकारण संघले क्याम्पस र त्रिविसँग समन्वय गरी विनाबेरुजु तलब व्यवस्था गराउने प्रयास गर्दा ढिलाइ हुन गएको हो।’
त्रिविका एक जना आंशिक शिक्षकले बढीमा तीन पिरियड लिन पाउने व्यवस्था छ। गत वर्ष तीन पिरियड हुनेको ९२ हजार रुपैयाँसम्म बेरुजु निकाल्यो। कलेजले १९ लाख बेरुजी असुली गरिसकेको छ। तीन सय दरबन्दी रहेकोमा हाल १५५ मात्र पूर्णकालीन शिक्षक कार्यरत यस कलेजमा आंशिककै बलमा विषय चलेका छन्।
बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा ८ हजार ५ सय विद्यार्थी अध्ययनरत छन्। मानवकी र व्यवस्थापनका विषयमा मुख्य आकर्षण रहेको यस कलेजमा हाल कक्षाकोठासमेत अभाव छ। अर्कातिर आक्रोशित आंशिक शिक्षकहरूले आगामी साताभित्र पारिश्रमिक नपाए सडक आन्दोलनमा उत्रने र कलेज बन्द गर्नेसम्मको चेतावनी दिएका छन्।
उपप्रा.डा. रमेश थापाले कलेजले आंशिकका समस्या समाधान गर्न पहल गरिरहेको दाबी गरे। दुई दिनअघि मात्र सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाले पनि उनी आफू यही कलेजको शिक्षक पनि रहेकाले आंशिक शिक्षकका समस्यासँग जानकार रहेको जनाउँदै छिटै समस्या समाधान गरिने जनाए।
‘मैले सहायक प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै पहिलो कामै आंशिक शिक्षकका समस्या समाधानबारे बुझेको छु’, सहायक प्रमुख थापाले नागरिकसँग भने, ‘सबै एचओडीसँग छलफल गरी दसैंअगावै सबै पारिश्रमिक चुक्ता गर्ने गरी प्रक्रिया बढाउन लागेको छु।’ उनले थपे, ‘आगामी दिनमा आंशिकको तलबमा ढिलाइ हुँदैन।’
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनले एमाले जनतासँग टाढिएको विषय स्पष्ट पारेको बताएका छन्।
ललितपुरमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठकको दोस्रो दिनमा बोल्दै उनले यस्तो बताएका हुन्। जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न पार्टीभित्र एकताबद्ध नेतृत्व र बलियो संगठन निर्माण आवश्यक रहेको उनले बताए।
पौडेलले पार्टीलाई पुनर्गठित गर्दै जनतासँगको सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिएको सचिव महेश बस्नेतले बताए। पौडेलको भनाइ उद्दत गर्दै बस्नेतले सरकार संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अघि बढिरहेको आरोप लगाएको बताए।
सोही क्रममा पौडेलले ट्रेड युनियन अधिकारमाथिसमेत प्रहार भइरहेको बताएका छन्। उनले पछिल्लो निर्वाचनमा एमालेले पराजय बेहोरेको उल्लेख गर्दै अब पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुपर्नेमा जोड दिए। जनताको बहुदलीय जनवादलाई मार्गदर्शन बनाएर पार्टी निर्माणको अभियान अघि बढाउनुपर्ने उनको भनाइ छ।
'सरकार संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत चलिरहेको छ। ट्रेड युनियन अधिकारमाथि समेत प्रहार भइरहेको छ। पछिल्लो निर्वाचनमा एमालेले पराजय बेहोरेको छ। पार्टीलाई पुनर्गठित गर्दै जनताको बहुदलीय जनवादलाई मार्गदर्शन बनाएर अघि बढ्नुपर्छ,' पौडेलको भनाइ उद्दत गर्दै बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, 'निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनले एमाले जनतासँग टाढिएको कुरा स्पष्ट पारेको छ।  जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न एकताबद्ध नेतृत्व र बलियो संगठन निर्माण गर्नुपर्छ।'
भारतले श्रीलंकालाई १४७ रनले पराजित गर्दै एसियाली खेलकुदको महिला क्रिकेटमा स्वर्ण पदक जितेको छ।
निसिनमा आज भएको फाइनलमा भारतले दिएको २१७ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.४ ओभरमा ६९ रनमै अलआउट भयो। श्रीलंकाका लागि कप्तान चामारी अटापट्टुले सर्वाधिक २९ रन बनाइन्। कौशिनी नुथ्याङ्गानाले १४ तथा कविशा दिलहारीले ११ रन जोडिन्।
भारतका लागि दीप्ति शर्माले चार ओभरमा ६ रन खर्चेर तीन विकेट लिइन्। श्रेयांका पाटिल, शफाली वर्मा र श्रेया चारानीले समान २-२  विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१६ रन बनाएको थियो। भारतका लागि स्मृति मन्धानाले ४५ बलमा ७९ रनको उत्कृष्ट इनिङ्स खेलिन्। उनले पाँच चौका र सात छक्का प्रहार गरिन्। शफाली वर्माले २९ बलमा ४८ रन बनाइन्।
रिचा घोषले २२ बलमा अविजित ४९ रन जोडिन्। उनले ६ चौका र तीन छक्का प्रहार गरिन्। कप्तान हरमनप्रित कौरले १९ रन बनाइन्।
श्रीलंकाका लागि सुगन्धिका कुमारी, कविशा दिलहारी र चामुडी प्रभोदाले एक-एक विकेट लिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले ट्राफिक प्रहरीले गरेको कारबाही चित्त नबुझेमा उजुरी गर्नुपर्ने कानुनी प्रक्रिया सर्वसाधारणका लागि व्यवहारिक नभएको भन्दै आपत्ति जनाएकी छिन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ ले ट्राफिक प्रहरी वा प्रहरीले गरेको कामकारबाही चित्त नबुझे ३५ दिनभित्र यातायात व्यवस्था विभागका महानिर्देशकसमक्ष उजुरी दिन सकिने व्यवस्था गरेको उल्लेख गरिन्।
उनले दार्चुलाका कुनै चालकलाई ट्राफिक प्रहरीले ५०० रुपैयाँ जरिवाना गरेको अवस्थामा उक्त कारबाही चित्त नबुझे काठमाडौं आएर महानिर्देशकसमक्ष उजुरी दिनुपर्ने अवस्था कत्तिको न्यायोचित हो भन्दै प्रश्न गरिन्।
‘दार्चुलाको चालक ५०० रुपैयाँको जरिवाना चित्त बुझेन भनेर ५० हजार रुपैयाँ खर्च गरेर काठमाडौं धाउन सक्छ?’ उनले प्रश्न गरिन्।
सांसद तामाङले ट्राफिक नियम कार्यान्वयन र कारबाहीको प्रक्रियालाई हरेक जिल्लामा अनलाइन प्रणालीमार्फत व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताइन्।
उनले भनिन्,‘हामीले हरेक जिल्लामा ट्राफिक नियमको काम कारबाही अनलाइन सिस्टमबाट चुस्त दुरुस्त पार्न सक्नुपर्यो। होइन भने जनता मार्ने दफा उपदफा तुरुन्त खारेज गरिनुपर्यो’।
उनले पछिल्लो समय ट्राफिक कारबाहीका क्रममा भएका घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्। पार्किङको विषयमा एक युवाले ज्यान गुमाउनुपरेको घटनाको उल्लेख गर्दै उनले ट्राफिक प्रहरीको कार्यशैलीमा थप पारदर्शिता आवश्यक रहेको बताइन्।
सांसद तामाङले ट्राफिक प्रहरीलाई अनिवार्य रूपमा बडी क्यामरा जडान गर्नुपर्ने माग समेत गरिन्।
‘प्रत्येक ट्राफिक प्रहरीले अनिवार्य रूपमा आफ्नो शरीरमा क्यामरा जडान गर्नुपर्छ,’ उनले भनिन्, ‘फोटो–भिडियोको रेकर्डका आधारमा तथ्यपरक कामकारबाही अघि बढाउन सकियोस्।’
पातारासी गाउँपालिका-६ घोडेसिनकी ६४ वर्षीया चुक्की महताराले जीवनभर खेतमा चिनो, कागुनो, फापर र तिलखुरो फलाउँदै आएकी छन्।
चन्दननाथ नगरपालिका-८ की ६७ वर्षीया प्याउरी थापाको खेतमा पुग्दा रैथाने बालीको ओरालो यात्रा प्रस्ट देखिन्छ। दुई दशकअघि एउटै वर्ष आठ क्विन्टलसम्म चिनो फलाउने उनको खेतमा अहिले मुस्किलले २५ देखि ३० किलो उत्पादन हुन्छ। ‘पहिले चिनोकै भात खाने चलन थियो’, थापा भन्छिन्, ‘आयातित चामल आएपछि सबैले चिनो खानै छाडे, खेती पनि गर्न छाडे।’ अहिले उनले चिनो व्यापारका लागि होइन, पुरानो बीउ जोगाउनका लागि मात्र लगाउँछिन्।
गाउँमा चामल सहज हुन थालेपछि स्थानीय अन्नप्रतिको निर्भरता घट्दै गयो। त्यससँगै रैथाने अन्न खाने मानिसलाई हेप्ने सामाजिक मनोविज्ञान पनि विकास भयो। ‘१०–११ वर्षअघि भात खानेहरूको सानै बेग्लै हुन्थ्यो’, थापा भन्छिन्, ‘चामल पाइन थालेपछि धेरैले यस्ता बाली लगाउनै छाडे।’ उनका अनुसार अहिले कागुनो र फापरसमेत पाउन मुस्किल छ।
अर्की स्थानीय सरिता चैलागाईं पनि यही अवस्था सुनाउँछिन्। ‘हिजोआज घर–घरमा मसिनो चामल पुगेको छ। चिनो, कोदो, फापर र कागुनो खाने दिन त गइसकेजस्तो लाग्छ’, उनी भन्छिन्, ‘हाम्रोतिर त बीउ खोजे पनि पाइँदैन।’ त्यस्तै ७३ वर्षीया रमा उपाध्यायलाई भने खेती हराउनु मात्र होइन, रैथाने बालीको नाम नै नयाँ पुस्ताबाट हराउने चिन्ता छ। ‘यस्ता बालीको खेतीपाती त अचेल कसले गर्छ र?’, उनी भन्छिन्, ‘सायद धेरैले नामैसमेत बिर्सिसकेका होलान्।’
कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा रैथाने बालीको खेती पूर्णरूपमा हराइसकेको देखिँदैन, तर किसानका अनुभवले यसको अर्को तस्बिर देखाउँछन्, खेतीको निरन्तरता कमजोर छ, बिउ जोगाउने किसान घटेका छन् र बजारको सुनिश्चितता छैन। आर्थिक वर्ष २०८०/८१ मा जुम्लामा २ सय हेक्टरमा चिनो खेती भएको र २ सय ५० मेट्रिक टन उत्पादन भएको कार्यालयको तथ्यांक छ। कागुनो १३ हेक्टरमा खेती हुँदा १३ मेट्रिक टन उत्पादन भएको छ। कोदो ३ हजार हेक्टरमा खेती हुँदा ४ हजार ५० मेट्रिक टन र फापर ८७ हेक्टरमा खेती हुँदा ९६ मेट्रिक टन उत्पादन भएको छ। आर्थिक वर्ष २०७८/७९ मा चिनो ५० हेक्टरमा खेती हुँदा ६५ मेट्रिक टन उत्पादन भएको थियो। कागुनो १५ हेक्टरमा १५ मेट्रिक टन र फापर ९० हेक्टरमा ९९ मेट्रिक टन उत्पादन भएको थियो।
क्षेत्रफल र उत्पादनको तथ्यांक वर्षअनुसार घटबढ भए पनि वास्तविक संकट अंकमा मात्रै देखिँदैन। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारी रैथाने बालीलाई बदलिँदो जलवायुको अवस्थामा अझ महत्वपूर्ण मान्छन्। ‘परिवर्तन हुँदै गएको जलवायुमा अनुकूलन हुन सक्ने क्षमता उन्नत जातको भन्दा रैथाने बालीमा बढी हुन्छ’, अधिकारी भन्छन्।
रैथाने बालीको अर्को बलियो पक्ष किसानको बिउमा रहेको आत्मनिर्भरता हो। हाइब्रिड तथा उन्नत जातका बिउका लागि बाह्य स्रोतमा निर्भर हुनुपर्ने भए पनि स्थानीय बालीको बिउ किसान आफैंले उत्पादन र संरक्षण गर्न सक्छन्। ‘उन्नत र हाइब्रिड बिउ उत्पादन गर्न सबैले सक्दैनन्, तर रैथाने बालीको बिउ सामान्य किसानले पनि सजिलै उत्पादन गर्न सक्छन्’, अधिकारी भन्छन्। उनका अनुसार तत्काल विशेष संरक्षित क्षेत्र घोषणा गरेर रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक छ।
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।
प्रधानमन्त्री शाह आफू राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन्।
उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हन्।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उनी यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ।
प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धितालले चालकको आत्मसम्मान, सेवा सुविधा तथा शारीरिक र मानसिक स्वास्थ्यबारे अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै धितालले चालकहरूको तलब, खानपान, काम गर्ने समय, आराम तथा मानसिक स्वास्थ्यजस्ता विषयलाई बेवास्ता गर्न नहुने बताइन्।
उनले भनिन्, ‘उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन।’
न्यून तलब र कमजोर आत्मसम्मानका कारण चालकहरूमा आक्रोश तथा निराशा बढिरहेको हुन सक्ने उनको भनाइ थियो। धेरै घण्टा काम गराउने, पर्याप्त आराम नदिने र चालकले कति कमाएर ल्यायो भन्ने विषयलाई मात्र प्राथमिकता दिने प्रवृत्तिमाथि पुनर्विचार आवश्यक रहेको उनले बताइन्।
‘न्यून तलब अनि कमजोर आत्मसम्मान हामीले उनीहरूलाई छाडिदिएका कारण पनि यस्तो भएको हो कि उनीहरू कहिलेकाहीँ त्यत्तिकै रिसाइरहेका, झर्किरहेका जस्ता देखिन्छन्,’ धितालले भनिन्।
उनले त्रिपुरेश्वरमा भएका पछिल्ला दुई घटनाबाट यातायात व्यवसायी, चालक तथा उनीहरूका परिवार र ट्राफिक तथा प्रहरी निकायले समेत पाठ सिक्नुपर्ने बताइन्।
धितालले ट्राफिक प्रहरी र प्रहरीको कार्यशैलीबारे पनि पुनर्विचार गर्नुपर्नेमा जोड दिइन्। घटनामा चालकलाई मात्र दोषी देखाएर समस्या समाधान नहुने उनको भनाइ थियो।
‘खाली चालकलाई मात्र दोष थोपरेर समस्या समाधान होला भन्ने मलाई फिटिक्कै लाग्दैन,’ उनले भनिन्।
उनले चालकहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मनोपरामर्शको आवश्यकता बढ्दै गएको बताइन्। चालकको व्यवहारमा देखिने आक्रोश, तनाव र असहजताका कारण पहिचान गर्न सम्बन्धित निकायले मनोसामाजिक पक्षलाई समेत अध्ययन गर्नुपर्ने उनको भनाइ छ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू र अध्यक्ष केपी शर्मा ओलीबिच फाटो ल्याउन खोजिएको बताएका छन्।
ललितपुरमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठकको दोस्रो दिनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले पार्टी पुनर्गठन र ‘कोर्स करेक्सन’ सम्बन्धी सुझावलाई गलत रूपमा व्याख्या गरिएको बताए।
'अध्यक्षले मैले हटाउन खोजेको रूपमा बुझ्नुभएछ। कार्यदलमा आएको सुझावका आधारमा अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ भनेका हौँ। उहाँ र मेरो बीचमा फाटो ल्याउन खोजियो, दूरी बढाइयो,' उनले भने।
बैठकमा उपस्थित एक नेताका अनुसार पोखरेलले अध्यक्ष ओली र आफूबिच फाटो ल्याउने प्रयास भएको दाबी गर्दै त्यसलाई वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत गरिएको भनाइ राखे।
साथै, 'तपाईं र मेरो दूरी छैन,' महासचिव पोख्रेलको भनाइ उदृत गर्दै एक नेताले भने, 'पार्टीभित्र समस्या छन् रियलाइजेसन गरौं, अनि मात्रै समाधान हुन्छ।'
एमाले केन्द्रीय कमिटी बैठकको अध्यक्षता अध्यक्ष ओली स्वयंले गरिरहेका छन्। बैठकको सुरुआतमा उनले पदाधिकारीहरूलाई धारणा राख्न समय दिएका थिए। प्रत्येक पदाधिकारीलाई १५ मिनेट समय छुट्याइए पनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले मात्रै आफ्नो धारणा राखेका छन्।
हाल बैठकमा केन्द्रीय सदस्यहरूले वर्णानुक्रमअनुसार बोलिरहेका छन्। केन्द्रीय सदस्यहरूलाई आफ्ना धारणा राख्न तीन–तीन मिनेट समय निर्धारण गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्क शहरका मेयर जोहरान ममदानीबीच सोमबार न्यूयोर्कस्थित मेयरको निवासमा भेटवार्ता भएको छ।
बन्द ढोकाभित्र करिब एक घण्टा भएको छलफलपछि दुवै जना सँगै बाहिरिएका थिए।
भेटपछि ट्रम्प र ममदानी केहीबेर अनौपचारिक रूपमा कुराकानी गर्दै देखिएका थिए। त्यसपछि उनीहरू मेयरको नाम अंकित लेक्चररनजिक पुगेका थिए, जहाँ राष्ट्रपतिको औपचारिक रूपमा पत्रकार सम्मेलनमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम नभए पनि संयुक्त रूपमा सञ्चारकर्मीसँग कुराकानी गरिएको थियो।
यसअघि ह्वाइट हाउसमा भएका दुई भेटमा जस्तै यसपटकको भेट पनि तुलनात्मक रूपमा न्यानो र सम्मानजनक देखिएको थियो। दुवै पक्षबीच भएको छलफलले केही विषयमा सहकार्यको सम्भावना देखाएको समेत बताइएको छ।
यसै क्रममा ट्रम्पलाई ह्वाइट हाउस परिसरबाट केही सञ्चारमाध्यमका पत्रकारलाई प्रतिबन्ध लगाउने प्रयासबारे प्रश्न गरिएको थियो। जवाफमा ट्रम्पले सञ्चारमाध्यमका केही सदस्यले आफूलाई बहिष्कार गर्ने बताएको दाबी गरे। उनले आफूलाई कहिल्यै बहिष्कार नगरिएको पनि बताएका थिए।
तर, सोमबार धेरै टेलिभिजन नेटवर्कले ट्रम्पका कार्यक्रमहरू कभर गर्न आफ्ना क्यामेरा पठाएका थिएनन्।
सीएनएनले समेत स्थानीय केबल च्यानल स्पेक्ट्रम १ बाट प्राप्त फिड प्रयोग गरेको थियो, जुन राष्ट्रपतिको सार्वजनिक उपस्थितिको प्रत्यक्ष प्रसारणका लागि असामान्य मानिन्छ।
त्यस्तै, ह्वाइट हाउसमा ट्रम्पले गरेको टिप्पणीसमेत पत्रकारहरूले प्रत्यक्ष रूपमा सुन्न नसकेको रिपोर्टमा उल्लेख गरिएको छ।
ममदानी र ट्रम्पबीच यसअघि ह्वाइट हाउसमा पनि दुई पटक भेट भइसकेको छ। पछिल्लो भेटमा न्यूयोर्कका विभिन्न विकास परियोजना तथा शहरका महत्वपूर्ण विषयमा छलफल भएको बताइएको छ।
ट्रम्पले यसअघि समर्थन जनाएका न्यूयोर्कको बहुचर्चित ‘सन्नीसाइड यार्ड’ विकास परियोजना भने अझै अघि बढ्न सकेको छैन।
फेब्रुअरीमा वासिङ्टनमा भएको भेटका क्रममा ट्रम्पले क्वीन्समा रहेको सन्नीसाइड यार्ड परियोजनालाई अगाडि बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। तर त्यसयता केही महिना बितिसक्दा पनि परियोजनाको ठोस प्रगति हुन सकेको छैन।
सन्नीसाइड यार्ड परियोजनाअन्तर्गत लङ आइल्याण्ड सिटीमा रहेको करिब १८० एकड क्षेत्रफलको रेल यार्ड र मर्मतसम्भार केन्द्रमाथि नयाँ संरचना निर्माण गरी करिब १२ हजार आवासीय एकाइ बनाउने योजना छ।
प्रतिनिधिसभा सदस्य युवराज दुलालले त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालकको मृत्यु भएको घटनालाई चालकको आवेग वा उत्तेजनाको घटनाका रूपमा मात्र नहेर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले घटनाले राज्यप्रति नागरिकको निराशा, श्रमिक र नियमनकारी निकायबीचको विवाद तथा नियमन प्रणालीमा रहेका कमजोरीलाई समेत उजागर गरेको बताए।
उनले चालकले ट्राफिक प्रहरीसँग विवाद भएपछि आफूलाई थप दबाब दिइए आफ्नो ‘लास हुने’ चेतावनी दिएको विषय सम्बन्धित व्यक्तिमार्फत प्रहरीसम्म पुगेको दाबी गर्दै त्यसपछि पनि राज्यले संवेदनशीलता नदेखाएको बताए।
‘राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो,’ दुलालले भने, ‘अन्ततः उनको शरीरमाथि आगलागी भयो र उनले आफ्नो जीवन गुमाउन विवश भए।’
दुलालले सरकारलाई नागरिकको संवेदना सुन्ने कि घटना हेरेर मात्रै बस्ने भन्ने प्रश्नसमेत गरे। उनले भने, ‘सरकार अब के गर्छ ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो?’
उनले केही महिनाअघि गणेश नेपालीसँग काठमाडौं महानगरको ट्राफिक प्रहरीसँग पार्किङको विषयमा विवाद भएको घटनासँग त्रिपुरेश्वरको घटनाको प्रसंग जोड्दै नियमनकारी निकाय र नागरिकबीचको व्यवहार तथा विवाद समाधानको प्रक्रियामाथि प्रश्न उठाए।
त्रिपुरेश्वर घटनामा बसले हर्न बजाएको वा अन्य ट्राफिक नियम उल्लंघन गरेको विषयलाई लिएर ट्राफिक प्रहरीले कारबाही गर्न खोजेको र चालकले आफूले नियम उल्लंघन नगरेको दाबी गरेको उनले बताए।
उनले नेपाल प्रहरीअन्तर्गतको ट्राफिक प्रहरी बल कुन सरकारको मातहतमा पर्छ भन्दै गृहमन्त्रीसँग जवाफ मागे। ‘म माननीय गृहमन्त्रीजीलाई प्रश्न सोध्न चाहन्छु,नेपाल प्रहरीअन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो? नेपाल सरकार कसको हो र नेपाल प्रहरी चलाउने मन्त्री को हो?’ उनले भने।
दुलालले घटनाले लाखौँ बेरोजगार तथा अस्थायी रोजगारीमा रहेका युवाको पीडासमेत अभिव्यक्त गरेको बताए। श्रमिक र नियमनकारी निकायबीच हुने अमर्यादित व्यवहार तथा कानुन कार्यान्वयनमा देखिएका विवादलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ।
उनले ठूला सवारीको चालक अनुमतिपत्रसम्बन्धी व्यवस्थामा समेत पुनरावलोकन आवश्यक रहेको बताए। हाल ठूला बसको लाइसेन्स लिन २२ वर्ष उमेर पूरा भएको हुनुपर्ने र साना सवारीको लाइसेन्स नलिई ठूला सवारीको लाइसेन्स लिन नपाइने व्यवस्थाले क्षमता र योग्यता भएका व्यक्तिलाई समेत समस्या परेको उनले बताए।
सडक पूर्वाधार सुरक्षित र व्यवस्थित नभएसम्म तथा राज्यका नियमनकारी निकाय मर्यादित र अनुशासित नभएसम्म श्रमिकबाट मात्र मर्यादित व्यवहारको अपेक्षा गर्न नसकिने दुलालको भनाइ छ।
उनले नियमनकारी निकायलाई मर्यादित र अनुशासित बनाउन आवश्यक काउन्सिलिङ तथा सुधारका कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरे। साथै सरकार र व्यवसायी दुवैलाई सामाजिक सुरक्षा कोष कार्यान्वयनमा ल्याएर श्रमिकको सुरक्षा सुनिश्चित गर्न पनि उनले आह्वान गरे।
‘आफ्नो जीवन जोखिममा राखेर यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने श्रमिक चालकहरूको वर्तमान र भविष्यलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक छ,’ दुलालले भने।