Nagarik News - अन्तर्राष्ट्रिय http://nagariknews.nagariknetwork.com/feed/international Nagarik News - The Most Comprehensive No. 1 News Portal of Nepal - Breaking News, Latest, Politics, World, Economy, Entertainment, Sports, Technology, Blog, Cartoon, Opinion, Science, Interview, Health, Photo en-US hourly 1 Copyright 2020 Wed, 08 May 2024 13:36:14 +0545 चालक दलका सदस्यहरू एकाएक बिरामी भएपछि... https://nagariknews.nagariknetwork.com/international/1435227-1715154674.html Wed, 08 May 2024 13:36:14 +0545 https://nagariknews.nagariknetwork.com/international/1435227-1715154674.html चालक दलका सदस्यहरू एकाएक बिरामी भएपछि एयर इन्डिया एक्सप्रेसका ७० भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू रद्द गरिएका छन्।...

चालक दलका सदस्यहरू एकाएक बिरामी भएपछि एयर इन्डिया एक्सप्रेसका ७० भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू रद्द गरिएका छन्।

बुधवार एयर इन्डियाका वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परेर बिदामा बसेका कारण ७० भन्दा बढी उडान रद्द वा ढिलाइ भएका छन्।

एयर इन्डिया एक्सप्रेसले बुधवार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ। लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य बिरामी भएको कारण रद्द वा ढिलाइ भएको थियो।

भारतीय नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार मङ्गलवारदेखि सुरु भएको यो समस्या बुधवार बिहानसम्म जारी रहेको थियो।

नागरिक उड्डयन अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्।

स्वास्थ्य समस्यालाई उद्धृत गर्दै उडान अघि केही वरिष्ठ चालक दलका सदस्यहरूले आफ्नो मोबाइल फोन बन्द गरेको स्रोतहरूले बताएका छन्।

वैकल्पिक पाइलटहरु उपलब्ध नभएका कारण उडानहरू रद्द गर्नु परेको थियो। एयर इन्डिया एक्सप्रेसले परिस्थितिको मूल्याङ्कन गरिरहेको जनाउँदै प्रभावित यात्रुहरूसँग माफी मागेको छ।

एयर इन्डिया एक्सप्रेसका प्रवक्ताले केबिन क्रूको टोलीले मङ्गलबार राति बिरामी भएको रिपोर्ट गरेको परिणामस्वरूप उडानमा ढिलाइ र रद्द भएको बताए। घटनाका कारणहरू बुझ्नका लागि चालक दलका सदस्यहरूसँग एयर इन्डिया एक्सप्रेसको टोलीले छलफल गरिरहेको छ।

यस्तै घटना अप्रिल १ मा भिस्तारा एयरले पनि सामना गर्नु परेको थियो। त्यसबखत पाइलटहरू बिरामी भएकाले सयभन्दा बढी उडान प्रभावित भएका थिए। रासस

]]>
इजराइललाई पठाउने बमको खेपमाथि अमेरिकाले लगायो रोक https://nagariknews.nagariknetwork.com/international/1435212-1715150594.html Wed, 08 May 2024 12:28:14 +0545 https://nagariknews.nagariknetwork.com/international/1435212-1715150594.html अमेरिकाले पटकपटक रफाहमा शरण लिएर बसिरहेका नागरिकलाई जबसम्म सुरक्षित हटाउने योजना बन्दैन तबसम्म त्यहाँ आक्रमण नगर्न चेतावनी दिँदै आएको थियो।...

अमेरिकाले इजराइल पठाउने बमको खेपमा रोक लगाएको छ। इजराइलले रफाहमाथि आक्रमण सुरु गरेसँगै अमेरिकाले पठाउने भनेको बमको खेपमा रोक लगाएको बीबीसीले जनाएको छ।

बाइडन प्रशासनका एक अधिकारीका अनुसार एक खेपमा १८ सय बम ९०७ किलोग्रामका र १७०० बम करिब २२० किलोग्रामका थिए।

इजराइलले गाजाको दक्षिणी क्षेत्र रफाहमाथि आक्रमण सुरु गर्ने भन्दै त्यहाँका नागरिकलाई अन्तै जान भनेको छ। इजराइली चेतावनी पछि करिब १ लाखभन्दा बढी मानिसले रफाह छाडिसकेका छन्।

अमेरिकाले पटकपटक रफाहमा शरण लिएर बसिरहेका नागरिकलाई जबसम्म सुरक्षित हटाउने योजना बन्दैन तबसम्म त्यहाँ आक्रमण नगर्न चेतावनी दिँदै आएको थियो। तर, इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको अन्त्य नभएसम्म आक्रमण रोक्ने बताउँदै आएका छन्।

अमेरिकी सहयोग रोकिएपछि अब इजराइलले युद्धलाई कसरी अघि बढाउँछ भन्ने हेर्न बाँकी छ।

]]>
हमासले दिएको प्रस्ताव इजराइलद्वारा अस्विकार, रफाहमा आक्रमण सुरु https://nagariknews.nagariknetwork.com/international/1435110-1715057043.html Tue, 07 May 2024 10:29:03 +0545 https://nagariknews.nagariknetwork.com/international/1435110-1715057043.html इजराइलले अर्को चरणको वार्ताका एक प्रतिनिधिमन्डल इजिप्टको काहिरा पठाउने तयारी गरेको छ।

इजराइलले हमाससँगको युद्धविराम सम्बन्धी प्रस्ताव अस्विकार गरिदिएको छ। इजराइलले अर्को चरणको वार्ताका एक प्रतिनिधिमन्डल इजिप्टको काहिरा पठाउने तयारी गरेको छ।

इजराइलले हमासले सहमति जनाएको विषयमा आफू असहमत रहेको भन्दै नयाँ वार्ताका लागि प्रतिनिधिमन्डल काहिरा पठाउने बताएको हो।

हमासले प्रस्तुत गरेको प्रस्तावमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेको छ। तर, उक्त प्रस्तावमा के कस्ता विषयहरू समावेश गरिएका छन् भन्नेबारे कुनै जानकारी दिइएको छैन।

जानकारहरूका अनुसार उक्त प्रस्तावमा इजराइली बन्धकहरूलाई रिहा गर्नुको साटो इजराइली जेलमा बन्द रहेका प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने विषय हुन सक्छ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजराइल सरकार र हमासलाई एउटै सम्झौतामा सहमत हुनका लागि अपील गरेका छन्।

यसैबीच, इजराइली सेनाले दक्षिणी गाजास्थित रफाहमाथि आक्रमण सुरु गरेको छ। आइतवार त्यस क्षेत्रमा शरणार्थी भएर बसिरहेका प्यालेस्टिनीलाई खान युनिस र अन्यत्र जान भनेको इजराइलले सोमवारबाट रफाहमा आक्रमण सुरु गरेको हो।

इजराइली आक्रमण हुने भएपछि १ लाखभन्दा बढी मानिसले रफाह छाडिसकेका छन्। गाजामा युद्ध सुरु भएपछि रफाहमा करिब १० लाख प्यालेस्टिनी बस्दै आएका छन्।

]]>
भारतमा आज तेस्रो चरणको निर्वाचन, केन्द्रीय गृहमन्त्रीदेखि यी दिग्गज नेता मैदानमा https://nagariknews.nagariknetwork.com/international/1435079-1715042581.html Tue, 07 May 2024 06:28:01 +0545 https://nagariknews.nagariknetwork.com/international/1435079-1715042581.html भारतीय चुनाव आयोगका अनुसार आज ८३ लोकसभा क्षेत्रमा मतदान हुन लागेको छ। जसमा १७ करोड २४ लाखभन्दा बढी मतदाताले भाग लिनेछन्।...

भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत तेस्रो चरणका लागि मतदान हुँदैछ। भारतीय चुनाव आयोगका अनुसार आज ८३ लोकसभा क्षेत्रमा मतदान हुन लागेको छ। जसमा १७ करोड २४ लाखभन्दा बढी मतदाताले भाग लिनेछन्।

अहिले बिहान भारतीय समय अनुसार ७ बजेबाट मतदान सुरु हुने बताइएको छ।

चुनाव आयोगका अनुसार ९३ क्षेत्रका लागि १ हजार ३ सय ३१ जना उम्मेदवार मैदानमा छन्। आज हुने निर्वाचनमा वर्तमान सरकारका गृहमन्त्री अमित शाह, ज्योतिरादित्य सिन्धिया, मनसुख माण्डवीया, प्रह्लाद जोशी, मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान, कांग्रेस नेता दिग्विजय सिंह, एसपी सिंह बघेल लगायतका चर्चित र ठूला नेताको पनि भविष्य तय हुनेछ।

त्यस्तै उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवकी श्रीमति डिम्पल यादव, महाराष्ट्रका पूर्व उप मुख्यमन्त्री अजित पवारकी श्रीमति सुनेत्रा पवार, सरद पवारकी छोरी सुप्रिया सुले पनि मैदानमा छिन्।

मतदानका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ भने गर्मीलाई ध्यानमा राखी खानेपानीको पनि व्यवस्था गरिएको छ।

आज हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातबाट मतदान गर्नेछन्। मतदानका लागि उनी गुजरात पुगिसकेका छन्। उनले अहमदावादको रानीपस्थित निशान विद्यालयमा रहेको मतदान केन्द्रमा गएर मतदान गर्नेछन्।

]]>
इजराइली सेनाले रफाहबाट मानिसहरूलाई निकाल्न थाल्यो https://nagariknews.nagariknetwork.com/international/1435034-1714980058.html Mon, 06 May 2024 13:05:58 +0545 https://nagariknews.nagariknetwork.com/international/1435034-1714980058.html इजराइली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई निकाल्न सुरु गरेको छ।

इजराइली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई निकाल्न सुरु गरेको छ। गाजामा युद्ध सुरु भएपछि रफाहमा १० लाख प्यालेसिटनी शरण लिएर बसिरहेका छन्।

इजराइली सीमा नजिकै पूर्वी क्षेत्रमा बसोबास गर्दै आएका मानिसहरूलाई खान यूनिस र अल–मवासी तर्फ जानका लागि भनिएको बीबीसीले जनाएको छ।

इजराइली सेनाले खान यूनिस र अल–मवासीमा त्रिपाल, खाद्यान्न, पानी र औषधिको व्यवस्था गरिएको दावी गरेको छ।

इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको अन्त्यका लागि रफाहमा आक्रमण गर्नु आवश्यक रहेकाले त्यहाँ बसोबास गर्दै आएका शरणार्थीलाई अन्तै जान भनिएको बताएका छन्।

तर, विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकार सङ्गठनहरूले इजराइललाई रफाहमाथि आक्रमण नगर्न अपिल गर्दै आएको छ।

]]>
ब्राजीलको दक्षिणी क्षेत्रमा बाढीका कारण ५५ जनाको मृत्यु https://nagariknews.nagariknetwork.com/international/1435001-1714963408.html Mon, 06 May 2024 08:28:28 +0545 https://nagariknews.nagariknetwork.com/international/1435001-1714963408.html ब्राजीलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ। बाढीका कारण अन्यय ७४ जना बेपत्ता भएका छन्।...

ब्राजीलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ। बाढीका कारण अन्यय ७४ जना बेपत्ता भएका छन्।

बीबीसीका अनुसार शनिवार आँधीसँगै आएको वर्षा र बाढीका कारण २५ हजारभन्दा बढी मानिसलाई घर छाड्नु परेको थियो।

स्थानीय प्रशासनका अनुसार आगामी केहीदिन अझै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढीका कारण झन्डै ६ लाख मानिसलाई शुद्ध खानेपानीको अभाव देखिएको छ भने विद्युत आपूर्ति बन्द हुँदा समस्या भइरहेको छ।

बाढीका कारण २५० सहर प्रभावित बनेका छन् भने विभिन्न सडकहरू भाँसिएका छन्।

]]>
भारतले प्याज निर्यातमाथि लगाएको प्रतिबन्ध हटायो https://nagariknews.nagariknetwork.com/international/1434892-1714874854.html Sun, 05 May 2024 07:52:34 +0545 https://nagariknews.nagariknetwork.com/international/1434892-1714874854.html भारत सरकारले प्याज उत्पादनमा वृद्धि भएको भन्दै निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।...

भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। भारत सरकारले प्याज उत्पादनमा वृद्धि भएको भन्दै निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

बीबीसीका अनुसार शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै उपभोक्ता विभागका सचिव निधि खरेले भारत सरकारले प्याज निर्यातमाथि लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिइन्।

उपभोक्ता विभागका सचिव निधिका अनुसार उत्पादन वर्ष सन् २०२४ को सुरुआती चरणमा प्याजको उत्पादन १९१ लनद टन भएको र सुक्खा मौसममा पनि प्याजको उत्पादन वृद्धि हुने अनुमान गरिएको छ।

भारत सरकारले गत वर्षको डिसेम्बरदेखि प्याज निर्यातमा रोक लगाइदिएको थियो।

]]>
पाकिस्तानमा ७७ वटा आतंकवादी हमलामा परी ७० जना मृत्यु https://nagariknews.nagariknetwork.com/international/1434852-1714808790.html Sat, 04 May 2024 13:31:30 +0545 https://nagariknews.nagariknetwork.com/international/1434852-1714808790.html पाकिस्तानमा ७७ वटा आतंकवादी हमलामा परी अप्रिल महिनामा मात्रै ७० जनाको मृत्यु भएको छ।

पाकिस्तानमा ७७ वटा आतंकवादी हमलामा परी अप्रिल महिनामा मात्रै ७० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ जना सर्वसाधारण, ३१ सुरक्षा बलका कर्मचारी र चार विद्रोही रहेका छन्। ६७ जना घाइते भएका पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडीजले जनाएको छ।

जसमा मार्च २०२४ मा ५६ वटा आतङ्ककारी हमला भएको र ७७ जनाको मृत्यु भएको जनाइएको छ। यस्तै ६७ जना घाइते भएका थिए। जसले लडाकु हमलाको संख्यामा ३८ प्रतिशतले वृद्धि भएको संकेत गर्दछ।

यद्यपि मृत्युमा ९ प्रतिशतले कमी आएको छ। प्रतिवेदनले अप्रिल महिनामा धेरै सम्भावित आक्रमणहरूलाई विफल पार्न पाकिस्तानी सुरक्षा बलहरूको प्रयासलाई पनि जोड दिएको छ।

कम्तीमा ५५ संदिग्ध आतङ्ककारीहरू मारिएका छन् भने अन्य १२ जनालाई गिरफ्तार गरिएको छ। मार्चको तुलनामा लडाकुहरूको मृत्युमा ५५ प्रतिशतले वृद्धि भएको छ।

]]>
सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्षको रुपमा मनाइने https://nagariknews.nagariknetwork.com/international/1434778-1714720216.html Fri, 03 May 2024 12:55:16 +0545 https://nagariknews.nagariknetwork.com/international/1434778-1714720216.html संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गरेको छ।...

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गरेको छ।

बिहीबारको महासभाले सो प्रस्ताव पारित गरेको हो।

प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीहरूमा सामना गर्ने बाधा तथा चुनौतीहरू, लगायतका मुद्दाहरूलाई सम्बोधन गरी लैङ्गिक समानता र कृषिमा महिलाहरूको सशक्तीकरणमा प्रयासरत रहने बताइएको छ।

राष्ट्रसङ्घले प्रभावकारी नीति र कार्यहरूबारे चेतना जगाई नीतिगत ध्यान केन्द्रित गर्ने उद्देश्यका गतिविधिहरू मार्फत् अन्तर्राष्ट्रिय वर्षको विश्वव्यापी अवलोकनलाई आमन्त्रित पनि गरेको छ।

साथै, महासभाले खाद्य र कृषि सङ्गठन समेत रोममा रहेका अन्य संयुक्त राष्ट्रसङ्घीय निकायहरुसँग मिलेर प्रस्तावको कार्यान्वयनलाई सहजीकरण गर्न तथा अन्तर्राष्ट्रिय वर्ष प्रभावकारी रुपमा मनाउन निर्देशन दिएको छ। रासस

]]>
यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २१ घाइते https://nagariknews.nagariknetwork.com/international/1434773-1714718773.html Fri, 03 May 2024 12:31:13 +0545 https://nagariknews.nagariknetwork.com/international/1434773-1714718773.html पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।...

पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। साँघुरो पहाडी सडकमा बस दुर्घटना भई खोलामा खस्दा कम्तीमा २१ जना घाइते भएका छन्।

प्रहरीका अनुसार शुक्रबार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको हो। रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा कम्तीमा ३८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुर्घटनास्थलमा उद्धार टोली पठाइएको छ भने घाइते तथा शवलाई चिलासको अस्पतालमा लगिएको छ। स्वास्थ्य विभागका निर्देशकका अनुसार मृतकमा तीन जना महिला रहेको बताइएको छ।

डायमरका उपायुक्त फयाज अहमदले कम्तीमा पाँच जना घाइते यात्रुको अवस्था गम्भीर रहेको र दुई जनालाई गिलगिट सहरमा सारिएको बताए। अहमदले दुर्घटनाका पीडित परिवारसँग नियमित सम्पर्कमा रहेको जानकारी दिए।

तिव्र गतिका कारण मोड लिने क्रममा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्। रासस

]]>
गाजा युद्धः महिनौंको द्वन्द्वपछि भोकमरीबाट ग्रसित हुँदै स्थानीय https://nagariknews.nagariknetwork.com/international/1434759-1714711761.html Fri, 03 May 2024 10:34:21 +0545 https://nagariknews.nagariknetwork.com/international/1434759-1714711761.html महिनौंको बम बिष्फोट र नाकाबन्दीपछि गाजापट्टी एक डरलाग्दो मानवीय संकटमा डुबेको छ।

महिनौंको बम बिष्फोट र नाकाबन्दीपछि गाजापट्टी एक डरलाग्दो मानवीय संकटमा डुबेको छ।

भोकमरी यसका बासिन्दाहरूको लागि सबैभन्दा महत्वपूर्ण मुद्दाको रूपमा देखापरेको छ। गत वर्ष इजरायल र हमास बीचको द्वन्द्वको प्रकोपपछि उत्तरी गाजापट्टीमा भूमिबाट अत्यावश्यक आपूर्तिहरू पठाउन गाह्रो भएको छ। स्थानीयहरू वैकल्पिक माध्यमहरू जस्तै एयरड्रपहरूमा धेरै निर्भर छन्।

स्थानीय जुहायर मुहम्मदले एक गास खान पनि खाद्यान्न सामग्री नुहँदा निकै समस्या भइरहेको बताए। उनले राहत सामग्री पनि सबैको घरसम्म नपुग्ने अवस्था रहेको हुँदा आफू र आफ्नो परिवारलाई भोकमरीबाट कसरी जोगाउने कुनै पत्तो नभएको बताए।

त्यस्तै अर्का स्थानीय जिहाद अल सुल्तानले आफूहरु खानाको खोजिमा हिँडिरहेको र भोकमरी ठूलो समस्या रहेको बताए। उनले जागिरको सट्टा खानेकुरा लिन आफूहरु भेला हुने गरेको बताए।

उनले सहायताका लागि झगडा गर्नुपर्नेदेखि विभिन्न समस्याहरु भmेलिरहेको बताए।

]]>
टर्कीएद्वारा इजराइलसँगको सबै प्रकारको व्यापारमा रोक https://nagariknews.nagariknetwork.com/international/1434742-1714704092.html Fri, 03 May 2024 08:26:32 +0545 https://nagariknews.nagariknetwork.com/international/1434742-1714704092.html टर्कीएको व्यापार मन्त्रालयका अनुसार जबसम्म गाजामा बिना कुनै अवरोध पर्याप्त राहत सुनिश्चित गरिँदैन तबसम्म इजराइलसँगको व्यापार बन्द रहने छ।...

टर्कीएले इजराइलसँगको सबै प्रकारको व्यापारमा रोक लगाएको छ।

बीबीसीका अनुसार टर्कीएले गाजामा बिग्रदो मानवीय संकटका लागि इजराइललाई दोषी मान्दै उसँग गर्दै आएको सबै प्रकारको व्यापारमा रोक लगाएको हो।

टर्कीएको व्यापार मन्त्रालयका अनुसार जबसम्म गाजामा बिना कुनै अवरोध पर्याप्त राहत सुनिश्चित गरिँदैन तबसम्म इजराइलसँगको व्यापार बन्द रहने छ।

गत वर्ष दुबै मुलुकबीच करिब ७ अर्ब डलरको व्यापार भएको थियो।

इजराइलका विदेश मन्त्री इजराइल काट्जले भने टर्कीए सरकारको उक्त निर्णयप्रति आपत्ति जनाउँदै राष्ट्रपति रेचेप तैय्यप अर्दोआनमाथि तानाशाहको आरोप लगाएका छन्।

]]>
गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको संयुक्त आग्रह https://nagariknews.nagariknetwork.com/international/1434672-1714621920.html Thu, 02 May 2024 09:37:00 +0545 https://nagariknews.nagariknetwork.com/international/1434672-1714621920.html गाजामा तत्काल युद्धविरामका लागि इजिप्ट र कुवेतले संयुक्त रुपमा आग्रह गरेका छन्।

गाजामा तत्काल युद्धविरामका लागि इजिप्ट र कुवेतले संयुक्त रुपमा आग्रह गरेका छन्।

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले मङ्गलबार गाजा पट्टीमा तत्काल र दिगो युद्धविराम गर्न आग्रह गरेका हुन्।

इजिप्टको राजधानी कायरोमा भएको भेटवार्तामा दुवै नेताले प्यालेस्टिनी जनतालाई अतिक्रमित क्षेत्रमा सुरक्षित, पर्याप्त र दिगो मानवीय सहायता उपलब्ध गराउने र संयुक्त राष्ट्र सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावहरू कार्यान्वयन गर्ने आवश्यकतामा जोड दिए।

दुवै नेताहरुले गाजापट्टी भित्र मानवीय सहायताको प्रवेशलाई सहज बनाउनको लागि संयुक्त राष्ट्र संयन्त्र स्थापना गर्न आह्वान गरे। इजरायली अभ्यासले द्वन्द्वलाई विस्तार गर्ने र क्षेत्रको सुरक्षा र स्थायित्व र अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिलाई खतरामा पार्ने भन्दै दुवै नेताले यस्तो कदमबाट निम्त्याउने गम्भीर मानवीय परिणामबारे चेतावनी दिए।

दुवै नेताले प्यालेस्टिनी समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले दुई–राज्यीय समाधान कार्यान्वयन गर्न र सन् १९६७ सीमानामा रहेको प्यालेस्टिनी राज्यलाई पूर्वी जेरुसेलमको राजधानी बनाएर आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए।

]]>
विश्वविद्यालय भित्र प्रदर्शन गरिरहेका झन्डै ३ सय विद्यार्थी पक्राउ https://nagariknews.nagariknetwork.com/international/1434658-1714615185.html Thu, 02 May 2024 07:44:45 +0545 https://nagariknews.nagariknetwork.com/international/1434658-1714615185.html अमेरिकाको कोलम्बिया यूनिभर्सिटी र द सिटी यूनिभर्सिटी अफ न्यूयोर्कका झन्डै ३ सय विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

अमेरिकाको कोलम्बिया यूनिभर्सिटी र द सिटी यूनिभर्सिटी अफ न्यूयोर्कका झन्डै ३ सय विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

युनिभर्सिटी भित्र छात्रछात्राहरूले गाजाको समर्थनमा प्रदर्शन गरेका कारण उनीहरूलाई नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ।

न्यूयोर्कका मेयर एरिक एडम्सले शान्तिपूर्ण आन्दोलनको नाममा यूनिभर्सिटी भित्र तोडफोड गरेका कारण विद्यार्थीहरूलाई नियन्त्रणमा लिइएको बताए।

विगत केही दिनदेखि अमेरिकाको विभिन्न विश्वविद्यालय र सहरहरूमा प्यालेस्टाइनको समर्थनमा प्रदर्शन हुँदै आएको छ।

]]>
किन खाली हुँदैछन् जापानका घरहरू ? https://nagariknews.nagariknetwork.com/international/1434653-1714612083.html Thu, 02 May 2024 06:53:03 +0545 https://nagariknews.nagariknetwork.com/international/1434653-1714612083.html यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।...

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ। यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।

उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३.८ प्रतिशत हुन आउछ। जापानमा औषतमा सात घरमध्ये एक घर रिक्त रहेको मङ्गलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टले पुष्टि गरेको छ।

स्रोतले घरहरू खाली हुनुलाई विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घरहरू उनीहरूको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन्।

खाली घरहरू मध्ये, ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि छन्। त्यसैगरी तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समय प्रयोग गरिने गर्छ। खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन्।

जापानमा सन् १९८४ देखि प्रत्येक पाँच–पाँच वर्षमा आवास र भूमि सर्वेक्षण गरिन्छ।

सन् १९७३ मा खाली घरहरूको सङ्या एक लाख ७२ हजार थियो, जुन कुल घरहरूको ५.५ प्रतिशत हो। मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९९३ मा यो सङ्ख्या बढेर चार लाख ४८ हजार पुगेको थियो। ३० वर्षको अवधिमा यो सङ्ख्या बढेर दोब्बर भएको छ। रासस

]]>
युद्धविरामको वार्ता चलिरहँदा बेन्जामिनले भने:रफाहमा आक्रमण रोकिँदैन https://nagariknews.nagariknetwork.com/international/1434554-1714530654.html Wed, 01 May 2024 08:15:54 +0545 https://nagariknews.nagariknetwork.com/international/1434554-1714530654.html इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविरामको वार्ता भइरहँदा रफाहमा आक्रमण नरोक्ने बताएका छन्।...

इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविरामको वार्ता भइरहँदा रफाहमा आक्रमण नरोक्ने बताएका छन्।

बीबीसीका अनुसार हमाससँग युद्धविरामको वार्ताको प्रयास भइरहँदा र विभिन्न चरणमा जारी वार्तालाई बेवास्ता गर्दै नेतन्याहूले दक्षिणी गाजाको रफाह सहरमाथि आक्रमण गर्ने चेतावनी दिएका हुन्।

बन्धक बनाइएका व्यक्तिहरूको परिवारसँग भएको एक छलफलको क्रममा उनले सम्झौता भएपनि नभएपनि आक्रमण नरोकिने बताए।

रफाहमाथि इजराइली आक्रमणलाई लिएर अमेरिकाले पनि चेतावनी दिइसकेको छ।

]]>
पतञ्जलीको १४ उत्पादनमाथि प्रतिबन्ध https://nagariknews.nagariknetwork.com/international/1434496-1714463463.html Tue, 30 Apr 2024 13:36:03 +0545 https://nagariknews.nagariknetwork.com/international/1434496-1714463463.html योग गुरु रामदेवको आयुर्वेद औषधि उत्पादन गर्ने पतञ्जलीको १४ उत्पादनमाथि प्रतिबन्ध लगाइएको छ।

योग गुरु रामदेवको आयुर्वेद औषधि उत्पादन गर्ने पतञ्जलीको १४ उत्पादनमाथि प्रतिबन्ध लगाइएको छ।

भारतको उत्तराखन्ड सरकारले १५ अप्रिलमा एक आदेश जारी गर्दै पतञ्जलीको १४ उत्पादनको लाइसेन्स रद्द गरिदिएको बताएको छ।

\बीबीसीका अनुसार उत्तराखन्ड सरकारले ड्रग्स एन्ड म्याजिक रेमेडिज एक्टको उल्लङ्घन गरेको भन्दै रामदेव, आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध आपराधिक उजुरी पनि दिएको छ।

उत्तराखन्ड सरकारले पतञ्जलीको स्वासारि गोल्ड, स्वासारि वटी, ब्रोन्कोम, स्वासारि प्रवाही, स्वासारि अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडवान्स, लिवोग्रिट, आईग्रिट गोल्ड र पतञ्जली दृष्टि आईड्रपमाथि प्रतिबन्ध लगाएको हो।

भ्रामक विज्ञापन गरेको भन्दै पतञ्जली विवादमा आएको थियो।

]]>
श्रीलङ्कामा घट्दै जन्मदर, बढ्दै मृत्युदर https://nagariknews.nagariknetwork.com/international/1434476-1714452861.html Tue, 30 Apr 2024 10:39:21 +0545 https://nagariknews.nagariknetwork.com/international/1434476-1714452861.html श्रीलङ्काको रजिस्ट्रार जनरल विभागका अनुसारसन् २०२० देखि वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढेको छ।...

श्रीलङ्कामा जन्मदर निरन्तर घट्न थालेको छ। श्रीलङ्काको रजिस्ट्रार जनरल विभागका अनुसारसन् २०२० देखि वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढेको छ।

विभागका वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहेको तर हाल सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको जानकारी दिए।

उनले वार्षिक मृत्यु बढेर एक लाख ८० हजार पुगेको बताए। सन् २०२० अघि यो सङ्ख्या एक लाख ४० हजार थियो। यो प्रवृत्तिले श्रीलङ्काको जनसङ्ख्या वृद्धिमा प्रतिकूल असर पार्ने उनले बताए। रासस

]]>
'कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड खोपले गम्भीर साइड इफेक्ट्स' https://nagariknews.nagariknetwork.com/international/1434465-1714448341.html Tue, 30 Apr 2024 09:24:01 +0545 https://nagariknews.nagariknetwork.com/international/1434465-1714448341.html कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।...

कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।

बेलायती औषधि उत्पादनकर्ता एस्ट्राजेनेकाले बेलायतको उच्च अदालतमा कोभिड–१९ खोपका कारण थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम जस्ता साइड इफेक्ट्स देखिन सक्ने स्वीकार गरेको हो।

थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमका कारण शरीरमा रगत जम्न (फाल्सा÷ब्लड क्लट) जम्न थाल्छ वा शरीरमा प्लेटलेट्स तीव्र गतिमा कम हुन थाल्छ। शरीरमा ब्लड क्लटका कारण मस्तिष्कघात या कार्डिएक अरेस्ट हुन सक्ने जोखिम बढेर जान्छ।

एस्ट्राजेनेकाले यसै वर्षको फेब्रुअरीमा बेलायतको उच्च अदालत समक्ष खोपको साइड इफेक्ट्स सम्बन्धी आरोपलाई स्वीकार गरेको थियो। युनिभर्सिटी अफ अक्सफोर्डसँग मिलेर एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्धको खोप तयार गरेको थियो।

एस्ट्राजेनेकाले आरोप स्वीकार्दै विभिन्न अध्ययनमा यो खोप कोरोनाभाइरसविरुद्ध उपयोगी भएको र थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम निकै दुर्लभ रुपमा देखा परेको पनि बताएको छ।

एस्ट्राजेनेकाले उत्पादन गरेको कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड र भ्याक्सजेवरिया नामले बिक्री गर्दै आएको छ।

]]>
हमासलाई ४० दिने युद्धविरामको प्रस्ताव, होला त सहमति? https://nagariknews.nagariknetwork.com/international/1434453-1714443967.html Tue, 30 Apr 2024 08:11:07 +0545 https://nagariknews.nagariknetwork.com/international/1434453-1714443967.html गाजा युद्धविरामका लागि इजराइलले हमाससमक्ष ४० दिने युद्धविरामको प्रस्ताव प्रस्तुत गरेको छ।

गाजा युद्धविरामका लागि इजराइलले हमाससमक्ष ४० दिने युद्धविरामको प्रस्ताव प्रस्तुत गरेको छ।

बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र ‘सम्भावित हजारौं’ प्यालेस्टिनी कैदीहरूको रिहा गर्ने प्रस्ताव गरिएको बताएका छन्।

मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा प्यालेस्टिनी लडाकू समूहलाई ४० दिनको युद्धविराम र बन्धकहरूको रिहाईको बदलामा हजारौं प्यालेस्टिनी कैदीहरूको रिहाई गरिने प्रस्ताव गरिएको जानकारी दिए।

हमासको एक प्रतिनिधिमण्डल सोमबार इजिप्ट पुगेको छ। यसले गाजामा युद्धविराम र लगभग सात महिनाको युद्धपछि बन्धकहरूको रिहाईको लागि पछिल्लो प्रस्तावको जवाफ दिने अपेक्षा गरिएको छ।

इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच भएको सम्झौतामा मध्यस्थता गर्ने प्रयास महिनौंदेखि गरिरहेका छन्। पछिल्ला दिनहरूमा कूटनीतिको उतारचढावले शत्रुतालाई रोक्ने दिशामा नयाँ धक्का दिएको देखिन्छ।

पछिल्लो समय इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि विश्व दबाब पर्नुका साथै आफ्नै मुलुक भित्र पनि दबाब पर्न थालेको छ।

इजराइलले रफाह क्षेत्रमा आक्रमणलाई अघि बढाउने तयारी गरिरहँदा उक्त प्रस्तावले सकारात्मक नतिजा आउनेमा सबैले अपेक्षा गरेका छन्।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले पनि गाजा र इजराइल युद्धसँग सम्बन्धित विषयमा अरब देशका नेताहरूसँग छलफल गरेका छन्।

]]>