Nagarik News - स्वास्थ्य http://nagariknews.nagariknetwork.com/feed/health Nagarik News - The Most Comprehensive No. 1 News Portal of Nepal - Breaking News, Latest, Politics, World, Economy, Entertainment, Sports, Technology, Blog, Cartoon, Opinion, Science, Interview, Health, Photo en-US hourly 1 Copyright 2020 Sat, 27 Apr 2024 14:04:08 +0545 भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव https://nagariknews.nagariknetwork.com/health/1434171-1714205948.html Sat, 27 Apr 2024 14:04:08 +0545 https://nagariknews.nagariknetwork.com/health/1434171-1714205948.html नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन्।

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन्। सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाउन बाध्य भएका हुन्।

विपन्न तथा गरिब परिवारका सर्वसाधारणले निजी मेडिकलबाट चर्को मूल्यमा रेबिजविरुद्धको खोप किन्नुपर्दा मर्का परेको बताएका छन्।

‘दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दैआएको छु, कुकुरले टोकेपछि निःशुल्क सुई पाइन्छ भनेर यहाँ आएँ, तर यहाँ सुई छैन, किनेर ल्याउन भने’, कुकुरले टोकेपछि खोप लगाउन भेरी अस्पताल आएका नेपालगञ्ज उपमहानगरपालिका–१७ परसपुरका ४१ वर्षीय यासिन अलिले भनिन्, ‘मजस्तो दैनिक ज्यालादारी गरेर जीवन चलाउने मान्छे यति महँगोमा सुई किनेर लगाउन पर्दा मर्कामा छु।’

अलिले अस्पताल बाहिर मेडिकलबाट रेबिजविरुद्धको एउटा खोपको छ सय २५ तिरेर किनेको बताए। निःशुल्क रुपमा सरकारले प्रदान गर्ने खोपलाई सर्वसाधारणले यति धेरै मूल्यमा किन्नुपर्दा मर्कामा परेको उनको भनाइ छ।

त्यसैगरी राजापुर नगरपालिका–९ इश्वरीगञ्ज बर्दियाका हरिलाल थारुले पनि त्यति टाढाबाट नेपालगञ्ज आउँदा पनि निःशुल्क खोप नपाउँदा दुःख लागेको बताए।

अस्पतालको एआरभी विभागमा कुकुर बिरालोले टोकेका दैनिक एक सयभन्दा बढी सर्वसाधारण नागरिक रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन्।

‘दैनिक ४० देखि ५० जना नयाँ बिरामी आउँछन्, त्यति नै सङ्ख्यामा पुराना बिरामी पनि आउँछन, दैनिक सयभन्दा बढी कुकुरले टोकेका बिरामी यहाँ आउँछन्’ भेरी अस्पतालका एआरभी विभागका सिनियर अहेब कृष्णबहादुर बुढाथोकीले भने, ‘अस्पतालमा खोप छैन, सबैलाई बाहिरबाट किनेर ल्याउन भन्छौँ।’

उनका अनुसार गत चैत २२ गतेदेखि नै अस्पतालको एआरभी विभागमा रेबिजविरुद्धको खोप सकिएको छ। कुकरले टोकेपछि तीनवटा रेबिजिविरुद्धको खोप लगाउनुपर्ने उनको भनाइ छ।

अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको र हाल सो स्थानमा पनि मौज्दात शून्य भएको जानकारी प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ।

]]>
लैंगिक तथा यौनिक अल्पसंख्यकलाई स्वास्थ्यसेवामा पनि विभेद https://nagariknews.nagariknetwork.com/health/1434129-1714184973.html Sat, 27 Apr 2024 08:14:33 +0545 https://nagariknews.nagariknetwork.com/health/1434129-1714184973.html लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि स्वास्थ्य सेवा सहज नभएको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ।...

लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि स्वास्थ्य सेवा सहज नभएको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ। उनीहरूको यौन अंग र यौनिकता फरक भएकै कारण स्वास्थ्यकर्मीहरूबाटै विभेदमा परेको, यौनिक अल्पसंख्यकमैत्री स्वास्थ्य सेवाको कमी रहेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ। तान नेपालले हालै गरेको ‘क्वेयर समुदायको यौन तथा प्रजनन स्वास्थ्यमा अधिकारको पहुँच’ विषयमा गरेको अध्ययन प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो।

तान नेपालका अन्तर्राष्ट्रिय सल्लाहकार सन मार्टिनेजले प्रतिवेदन प्रस्तुत गर्दै क्वेयर समुदायका व्यक्तिहरू स्वास्थ्य संस्थामा सेवा लिन जाँदा स्वास्थ्यकर्मीवाटै लाञ्छना लगाउने गरी प्रश्न सोध्ने, लैंगिक तथा यौनिक अल्पसंख्यकमैत्री व्यवहार नहुने, गोपनीयताको कमी, सूचना प्रवाहमा कमी, पुर्वाग्रह र संवेदनशीलताको कमी भएको महसुस गरेको पाइएको बताए।

अध्ययनका लागि सहभागीहरूको अन्तवार्ता, छलफललगायत विधिमा अपनाइएको थियो। अध्ययनमा ५९ जना लैंगिक तथा यौनिक अल्पसंख्यकसँग अन्तर्वार्ता लिइएको थियो।

संविधानको धारा ३५ मा राज्यले हरेक नागरिकका लागि आधारभूत निःशुल्क स्वास्थ्य सेवा दिने, कुनै पनि नागरिकलाई आकस्मिक स्वास्थ्य सेवावाट वञ्चित नगर्ने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारबारे सूचना पाउने अधिकार हुनेलगायत व्यवस्था गरे पनि यौनिक तथा लैगिक अल्पसंख्यकका हकमा त्यो असफल भएको प्रस्तोता मार्टिनेजको भनाइ थियो।

तान नेपालकी अध्यक्ष ज्योत्सना मास्केले नेपालका स्वास्थ्य संस्थामा महिला र पुरुषका आधारमा मात्र स्वास्थ्य संस्थामा सेवा दिने गरेको, यी लैंगिकतालाई मात्र प्राथकितामा राखेर यौन तथा प्रजनन अधिकार दिनुले लैगिक तथा यौनिक अल्पसंख्यक मारमा परेको बताइन्। ‘क्वेयर महिला, पुरुष पारालिंगी लगायतले यौन प्रजनन स्वास्थ्य सेवा लिन जाँदा विभेद महसुुस गरेका छन्,’ उनले भनिन्।

लैंगिक तथा यौनिक अल्पसंख्यक अभियन्ता प्रजनन स्वास्थ्य सेवा भन्नेबित्तिकै गर्भधारण र महिलाले मात्र लिने सेवाका रूपमा स्वास्थ्यकर्मीहरूको बुझाइ रहेको उनले बताइन्। कार्यक्रममा सहभागी डा. भगवान् अर्यालले बृहत् यौनिकता, लैगिक तथा यौनिक अल्पसंख्यकको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषय विद्यालयस्तरमै हुनुपर्ने सुझाए।

नगरपालिकाभित्र लैंगिक तथा यौनिक अल्पसंख्यकमैत्री स्वास्थ्य नीति तथा कार्यक्रम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव रामहरि गैरेले लैंगिक तथा यौनिक अल्पसंख्यकको प्रजनन, यौन तथा स्वास्थ्य अधिकारको विषयमा पाठ्यक्रममे समावेश गर्न पहल गर्ने बताए।

]]>
हात्तीपाइले रोगविरुद्धकाे औषधि आइतबारदेखि https://nagariknews.nagariknetwork.com/health/1434085-1714123102.html Fri, 26 Apr 2024 15:03:22 +0545 https://nagariknews.nagariknetwork.com/health/1434085-1714123102.html सरकारले वैशाख १६ गते (आइतबार) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ।

सरकारले वैशाख १६ देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ। हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए।

यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो। अभियान दुई हप्तासम्म सञ्चालन हुने छ। अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन्।

निर्देशक डा. मरासिनीका अनुसार सात जिल्लाका एक सय एक स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो। दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उनले बताए।

गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने निर्देशक डा.मरासिनीले बताए।

हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भएको उनको भनाइ छ। हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ।

यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने निर्देशक डा. मरासिनीको भनाइ छ।

हात्तीपाइले रोगको धेरैजस्तो सङ्क्रमण लक्षणबिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ। त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्णरुपमा निको हुन आम औषधि सेवन गर्न जरुरी छ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण रोकिएको बताए। उनका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ। -रासस

]]>
सुदूरपश्चिम प्रदेशमा औलोका बिरामी बढी https://nagariknews.nagariknetwork.com/health/1434074-1714117804.html Fri, 26 Apr 2024 13:35:04 +0545 https://nagariknews.nagariknetwork.com/health/1434074-1714117804.html सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै बढी रहेको छ।

सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै बढी रहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार आयातित औलोका बिरामीको सङ्ख्या एक सय ३९ रहेको छ भने स्थानीय औलोका बिरामीको सङ्ख्या ११ रहेको छ।

प्रदेशमा औलोका बिरामीको कूल सङ्ख्या एक सय ५० रहेको छ। गत वर्ष आयातित औलोका बिरामीको सङ्ख्या एक सय ८४ र स्थानीय बिरामीको सङ्ख्या ३९ रहेको थियो। आयातित औलोका बिरामीमा अधिकांश भारतबाट फर्केकाहरु रहने गरेका छन्। ‘भारतमा कमाउन जानेहरु औलोको सङ्क्रमणमा परेपछि घर फर्कने गर्दछन्’, अधिकृत जोशीले भने, ’औलोको परजीवी बोकेर भारतबाट फर्कनेलाई लामखुट्टेले टोकेर, त्यसपछि अरुलाई टोक्दा परजीवी सारेर सङ्क्रमण गराउँदछ।’

खुला सीमा क्षेत्र भएकाले औलोको सङ्क्रमणमा परेका सिधै घर पुग्ने गर्दछन्। सीमा क्षेत्रमा रक्त परीक्षणको भरपर्दो व्यवस्था नहुँदा पनि औलो रोकथाममा समस्या रहेको उनको भनाइ छ। उनका अनुसार आयातित औलोको सङ्क्रमण रोक्नका लागि समुदायमा खोजपडतालको कार्य गरिँदै आएको छ।

‘समुदायमा भारतलगायत अन्य क्षेत्रबाट औलोको सङ्क्रमण भएर आएका व्यक्तिबारे अध्ययनको कार्य गर्छौं’, उनले भने, ‘बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाइने गरिन्छ, औलो सार्ने लामखुट्टेबारे अध्ययन र अनुसन्धानको कार्य पनि गर्दै आएका छौँ।’ यसै कारणले औलोका बिरामीको सङ्ख्या विगतको तुलनामा घट्दै गएको उनले जानकारी दिए।

जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रममा वृद्धि भएसँगै र सडक यातायातको व्यवस्थाले तराई क्षेत्रमा पाइने लामखुट्टे हाल पहाडीदेखि हिमाली जिल्लामा पनि पाइन थालेको उनले उल्लेख गरे। औलोका दुई किसिमका परजीवी पाइने गरेको जानकारी दिँदै उहाँले जसमा प्लाज्मोडियम फाल्सीपारम र प्लाज्मोडियम भाइभेक्स रहेका छन्।

त्यसमध्ये प्लाज्मोडियम फाल्सीपारम परजीवीलाई जटिल प्रकृतिको मानिन्छ। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा फेला परेका एक सय ५० औलोका बिरामीमध्ये प्लाज्मोडियम फाल्सीपारम परजीवीको सङ्क्रमण भएका बिरामीको सङ्ख्या २० रहेको छ। अन्य एक सय ३० मा प्लाज्मोडिम भाइभेक्स परजीवी फेला परेको अधिकृत जोशीले बताए।

जोशीले सबैभन्दा बढी औलोका बिरामी ७४ जना कैलालीमा देखा परेकामा त्यसपछि कञ्चनपुरमा २७, अछाममा २०, बाजुरामा ११, डोटीमा सात, बझाङमा दुई, बैतडीमा तीन र डडेल्धुरामा छ जना औलोका बिरामी देखा परेको जानकारी दिए।

उनका अनुसार सुदूरपश्चिममा औलोको उच्च जोखिममा रहेको जनसङ्ख्या २४ लाख ८६ हजार रहेको छ। औलोका बिरामी पत्ता लगाउन ९५ हजार तीन सय ५० जनाको रक्त नमूना परीक्षणको कार्य गरिएको छ। औलोको उच्च जोखिम क्षेत्रमा रहेका ८५ हजार पाँच सय ५३ समुदायमा कीटनाशक झुल वितरणको कार्य गरिएको छ।

गर्भवती तथा जोखिम समूहका लागि ११ हजार सात सय ४६ कीटनाशक झुल वितरण गरिएको छ। औलोको सङ्क्रमण रोक्नका लागि विषादी छिड्काउबाट ५१ हजार दुई सय १७ जना लाभान्वित भएका छन्। औलो सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ। औलोबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु रहेको छ।

औलो लागेमा टाउको दुख्ने, वाकवाकी हुने, वान्ता हुने हातखुट्टा तथा जोर्नी दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्ने गर्दछन्। लामखुट्टेको टोकाइबाट बच्नका लागि पूरा शरीर छोप्ने लुगा लागाउने, सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, घर वरिपरिको पानीका खाल्डाखुल्डी पुर्ने, घर वरिपरिको घाँसलगायतको झाडी सफा गर्ने, धुप बाल्ने लगायत गर्नुपर्दछ।

औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार देशलाई सन् २०२५ सम्म औलो मुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ। यस अवधिमा औलो निवारणका लागि गुणस्तरीय सेवामा समुदायको पहुँच अभिवृद्धि गर्ने, औलो रोकथाम तथा महामारीमा तत्काल प्रतिकारात्मक कार्य गर्ने रहेको छ।

]]>
म्याग्दीमा उन्मूलन भयो औलो https://nagariknews.nagariknetwork.com/health/1434070-1714115981.html Fri, 26 Apr 2024 13:04:41 +0545 https://nagariknews.nagariknetwork.com/health/1434070-1714115981.html म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ। नेपालमा दुई दशकअघिसम्म औलो रोग महामारीका रूपमा रहेको थियो।

म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ। नेपालमा दुई दशकअघिसम्म औलो रोग महामारीका रूपमा रहेको थियो। सरकारले नेपाललाई सन् २०२५ सम्म औलो उन्मूलन राष्ट्र बनाउने लक्ष्य राखेको छ।

पछिल्लो तीन वर्षयता औलाका रोगी फेला नपरेकाले औलो उन्मूलन भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए। ‘मापदण्डअनुसार म्याग्दीमा वार्षिक एक हजार चार सय जनामा लक्षण देखिएका बिरामीको औलो परीक्षण गरिंदै आएको छ’, उनले भने, पछिल्लो तीन वर्षयता औलोका बिरामी नभेटिएकाले औलो उन्मूलन भएको घोषणा गर्न सकिने आधार बनेको छ।’

सचेतनामूलक कार्यक्रम, समुदाय स्तरमा सावधानी, उपचारमा पहुँच वृद्धि, स्वास्थ्यचौकी तहमा परीक्षण गरी औलोका बिरामी पहिचान गर्न थालेपछि औलो उन्मूलन हुन थालेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताए।

उनका अनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा २६, २०७८/७९ मा १३ र २०७७/७८ मा १२ जना औलोका बिरामी भेटिएका थिए। उनीहरू सबै आयातित औलोका बिरामी हुन्। विदेश अथवा जोखिमयुक्त ठाउँबाट आएका व्यक्तिलाई ४५ दिनभित्र देखिने औलोलाई आयातित र एकै ठाउँमा रहेका व्यक्तिमा देखिने औलोलाई स्थानीय भन्ने गरिएको छ।

तापक्रम वृद्धिको असर, विदेशी मुलुकमा हुने आवतजावत, पर्यटक, जोखिमयुक्त ठाउँमा यातायात सम्बन्ध आदि कारणले आयातित औलोको जोखिम रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र सापकोटाले बताए।

‘औलोको जोखिम रहेको भारतका धेरै नागरिक तीर्थयात्रीका रूपमा म्याग्दी र मुस्ताङ आउने भएको हुँदा उनीहरूसँगै आयातित औलो भित्र्ने जोखिम छ’, उनले भने, शङ्कास्पद बिरामीको परीक्षण र अभिलेख व्यवस्थापनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन आवश्यक छ।’

ज्वरो आउने, कमजोरी हुँदै जाने, एक दिन बिराएर वा दुई दिनमा ज्वरो आउने, जाडो भएजस्तो हुने, सिरक ओढ्दा तत्काल पसीना आउने आदि औलोका लक्षण हुन्। फाल्सीफोरम परजीवीका कारण हुने औलोमा इन्सेफ्लाइटिस या मेनेन्जाइटिसको जस्तो दिमागमा असर गर्ने र मिर्गौलामा असर गर्ने हुँदा पिसाबमा रगत मिसिएर आउन सक्छ।

औलोबाट बच्नका लागि घरभित्र लामखुट्टे मार्ने औषधि छर्कने, झुल लगाएर मात्र सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरिदिने या पानी जम्न नदिने, घरवरपर सरसफाइ राख्ने, घरमा कसैलाई औलो लागेको छ र अरुलाई पनि लक्षण देखिएमा तत्काल जाँच गराउन चिकित्सकले आग्रह गरेका छन्।

]]>
भारतबाट आउनेले फैलाए औलो https://nagariknews.nagariknetwork.com/health/1434048-1714103932.html Fri, 26 Apr 2024 09:43:52 +0545 https://nagariknews.nagariknetwork.com/health/1434048-1714103932.html धेरैको मनमा नेपालबाट औलो उन्मुलन भइसक्यो, अब औलो लाग्दैन भन्ने सोच छ। यही सोचका कारण न हामी सधैं झुल प्रयोग गर्छौं न अस्पतालले औलो परीक्षण नै गर्छन्।...

धेरैको मनमा नेपालबाट औलो उन्मुलन भइसक्यो, अब औलो लाग्दैन भन्ने सोच छ। यही सोचका कारण न हामी सधैं झुल प्रयोग गर्छौं न अस्पतालले औलो परीक्षण नै गर्छन्। यी दुवै काम रोकिएपछि पछिल्लो समय मुलुकका औलोको जोखिम बढ्दै गएको विज्ञहरूले बताएका छन्। बिहीबार विश्व औलो दिवसका अवसरमा उनीहरूले सबै नेपाली अहिले पनि औलोको जोखिममा रहेको बताए।

विशेषगरी खुला सिमानाका कारण दैनिक भारत आवात–जावात गर्नेहरू औलो संक्रमित भई नेपाल आउने र उनीहरूबाट अरूमा संक्रमण फैलिने जोखिम बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले बताए।

उनका अनुसार भारतको महाराष्ट्र र गुजरातबाट नेपाल आउनेहरूमा बढी मात्रामा औलो संक्रमण पाइएकोे छ। आर्थिक वर्ष २०८०/८१ मा पहिचान भएका पाँच सय ७४ जना संक्रमितमध्ये पाँच सय ५६ जना अन्य मुलुकबाट आउनेमा संक्रमण छ। बाँकी १८ जना स्थानीय औलाका बिरामी छन्।

सन् २०२३ को तथ्यांकअनुसार नेपालमा ६ सय ६५ जना औलो संक्रमितमध्ये पाँच सय १९ जना भारतबाट मात्र आएका थिए। महाराष्ट्रबाट आउनेमा दुई सय ८८ जना, गुजरातबाट आउने एक सय ३८ जना र उत्तर प्रदेशबाट आउने ३८ जनामा औलो संक्रमण पाइएको छ। २०७९/८० मा पाँच सय आयतित र २३ जना स्थानीय संक्रमित थिए।

पछिल्लो वर्षको तथ्यांकअनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा औलो संक्रमित देखिएका छन्। आर्थिक वर्ष २०७९/८१ मा यस प्रदेशमा दुई सय ३०, सुदूरपश्चिममा एक सय ७१, मधेसमा ७२, बागमतीमा ४१ कर्णालीमा २८ र गण्डकीमा १९ जनामा संक्रमण पुष्टि भएको छ।

खुला सीमानाको कारण भारतबाट आउने–जाने क्रममा संक्रमित हुने र संक्रमित व्यक्ति विभिन्न जिल्लामा पुगेपछि मात्र लक्षण देखापर्ने कारण स्थानीय तहमा अरू संक्रमित हुने गरेको चिकित्सकहरूको दाबी छ।

कसरी सर्छ औलो?

एनोफिलिज नामको पोथी लामखुट्टेले संंक्रमित व्यक्तिलाई टोकेर स्वस्थ व्यक्तिलाई टोकेमा औलो सर्छ। औलो संक्रमण भएपछि दिन बिराएर या दैनिक काम ज्वरो आउने, पसिना आउने, वान्ता आउने, कडा टाउको दुख्ने जस्ता लक्षण देखिन्छ। यसको समयमै उपचार नभएमा बिरामीको मृत्युसमेत हुन्छ।

२० वर्ष पहिला बर्सेनि हजारौंको संख्यामा नेपालमा औलोको कारणले मृत्यु हुन्थ्यो भने पछिल्लो समय मृत्यु हुने क्रम कम भइसकेको छ। समयमै उपचार हुन नसकेपछि सन् २०२१ मा कञ्चपुरमा र सन् २०२३ मा स्याङ्जामा आयतित औलोको कारण मृत्यु भएको थियो।

नेपालका सबै जिल्लामा औलो सार्ने लामखुट्टेको प्र्रजाति रहेकाले सबैजसो जिल्ला जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।

‘धेरैजसो जिल्लामा यो लामखुट्टेको प्रजाति छ, बाहिर गएर आउने संक्रमितलाई यो लामखुट्टेले टोक्यो भने स्वतः औलो फैलिन्छ,’ उनले भने। आयातित औलोकै कारणले नेपालमा औलो निवारण हुन नसकेकेको चिकित्सकहरूले बताए। ‘सन् २०२५ भित्रै नेपालमा स्थानीय औलो संक्रमण शून्य र औलोले हुने मृत्यु शून्य बनाउने योजना हो सफल भएनौं,’ महाशाखाका निर्देशक डा. मरासिनीले भने।

अर्को वर्षको लक्ष्य पूरा नभएपछि नेपालले सन् २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिएको छ। भारतमा निवारण भएमा मात्र नेपालमा यसको निवारण सम्भव देखिएको चिकित्सकहरूले बताएका छन्। तर, स्थानीय औलोलाई शून्यमा पुर्‍याउने लक्ष्य भने सम्भव भएको डा. दाहाल बताउँछन्।

खुला सिमानाबाट नेपाल आउने सबैको परीक्षण हुन नसक्नु, स्वास्थ्यकर्मीले औलो परीक्षणको सट्टा अन्य उपचारतिर लाग्नु र निजी स्वास्थ्य संस्थाबाट संक्रमितको रिपोर्टिङ प्रक्रियामा नहुने, प्रभावित क्षेत्रमा झुल वितरण अपुग हुनु जस्ता कारण औलो निवारण अहिले पनि चुनौतीको विषय बनेको महाशाखाले जनाएको छ।

सरकारले भारतसँगको १६ वटा सीमानाकामा परीक्षण गर्ने, प्रभावित ठाउँमा औषधि छर्किने तथा झुल वितरण गर्ने र जनचेतनामूलक अभियान जारी राखेको भए पनि त्यो पनि बजेटको कमीले अपर्याप्त भएको महाशाखाले जनाएको छ।

लामखुट्टको टोकाइबाट सर्ने भएकोले हरेक व्यक्ति लामखुट्टेको टोकाइबाट बच्ने, सुत्दा झुलको प्रयोग गर्ने, घर वरपर सफा राख्ने, लामखुट्टेविरुद्धको मलम शरीरमा दल्ने जस्ता उपाय अपाउन चिकित्सकले सुझाएका छन्।

]]>
कलेजो प्रत्यारोपण गर्ने बढ्दै https://nagariknews.nagariknetwork.com/health/1434027-1714097366.html Fri, 26 Apr 2024 07:54:26 +0545 https://nagariknews.nagariknetwork.com/health/1434027-1714097366.html भक्तपुरको दुधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कलेजो फेर्र्नेे बिरामी संख्या ह्वात्तै बढेको छ।...

भक्तपुरको दुधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कलेजो फेर्ने बिरामी संख्या ह्वात्तै बढेको छ। सात आर्थिक वर्षसम्म फाटफुट रूपमा मात्रै कलेजो प्रत्यारोपण गर्नेहरू रहेकोमा चालु आर्थिक वर्ष २०८०/८१ मा ह्वात्तै बढेर १२ जना पुगेको हो। केन्द्रले राखेको तथ्यांकअनुसार केन्द्रले हालसम्म २४ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ। तीमध्ये आधाआधी भन्दा बढी अर्थात् १३ जना चालू आर्थिक २०८०/८१ को नौ महिनाभित्रैका हुन्।

तथ्यांकअनुसार केन्द्रले आर्थिक वर्ष २०७३/७४ देखि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो। सुरुको आर्थिक वर्षमा दुई जनाले कलेजो प्रत्यारोपण गरेका थिए। त्यसपछि क्रमशः आर्थिक वर्ष २०७४/७५, २०७५/७६, २०७६/७७ र २०७७/७८ मा एक आर्थिक वर्षमा एकएक जनाले मात्रै सेवा पाएका थिए। आर्थिक वर्ष २०७८/७९ मा तीन जना र २०७९/८० मा दुई जनाले कलेजो प्रत्यारोपण गरेका थिए।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स, प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचारी, सुरक्षा गार्ड, सरसफाइका कर्मचारीहरूको निरन्तरको प्रतिबद्धता र योगदानबाट मात्र छोटो समयमा केन्द्रले उचाइ चुमेको बताए। फलस्वरूप चालु आर्थिक वर्षमा मात्रै १३ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको उनले बताए।

केन्द्रले २०८० वैशाखदेखि चैत मसान्तसम्म मात्रै एक सय ८४ जनाको मृर्गौला प्रत्यारोपण गरेको तथ्यांक छ। स्थापना भएको १२ वर्षमा एक हजार दुई सय जना भन्दा बढीको मिर्गौला प्रत्यारोपण गरी नयाँ जीवनदान दिएको केन्द्रले बतायो।

१२ वर्षको छोटो अवधिमा नै मानिसलाई नयाँ जीवनदान दिएर उल्लेख्य काम गर्न सफल भएको केन्द्रले थोरै समयमा सफलताको लामो फड्को मारेको केन्द्रको दाबी छ।

]]>
गर्मीसँगै बढ्यो ‘फुड पोइजन’ https://nagariknews.nagariknetwork.com/health/1434022-1714095050.html Fri, 26 Apr 2024 07:15:50 +0545 https://nagariknews.nagariknetwork.com/health/1434022-1714095050.html गर्मी सुरु भएसँगै मानिसमा स्वास्थ्य समस्या बढ्दै गएको छ। खासगरी काठमाडौंमा विवाह, व्रतबन्धलगायत भोजभतेरमा खाँदा बिरामी हुने क्रम बढेको छ।...

गर्मी सुरु भएसँगै मानिसमा स्वास्थ्य समस्या बढ्दै गएको छ। खासगरी काठमाडौंमा विवाह, व्रतबन्ध लगायत भोजभतेरमा खाँदा बिरामी हुने क्रम बढेको छ। सामूहिक रूपमै बिरामी हुँदा मेडिकलबाट औषधि किनेर खाए पनि निको नभएपछि उपचारका लागि अस्पताल आउन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ।

गत साता उपचारका लागि पुगेका एक युवकले घटनाबारे जानकारी दिएको अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए। उनका अनुसार भोजको पहिलो दिन खाना खाने सबैजसो बिरामी परे। दोस्रो दिनको भोजमा कोही सहभागी भएनन्। भोज खाएकामध्ये २२ जना बिरामी परेका हुन्। उनका अनुसार ११ जनाको अवस्था गम्भीर छ। ती युवक आइतबार थप उपचारका लागि टेकु अस्पताल पुगेका थिए।

डा. पुनका अनुसार गत साता उपचारका लागि युवक अस्पताल पुगेका थिए। ती युवक फलोअपका लागि अस्पताल आएका थिए। उनीसहित २२ जनालाई पेट दुख्ने, बान्ता हुने, झाडापखाला लाग्ने समस्या भएको थियो। उनीहरू सबैले व्रतबन्धको भोज खाएका थिए। गर्मी मौसममा प्रायः ‘फुड पोइजन’को समस्या हुने र त्यसमा पनि विवाह, व्रतबन्ध लगायतको भोजमा सहभागी भएकाहरूमा यस्तो समस्या बढी देखिने चिकित्सक बताउँछन्।

गर्मी बढेसँगै फुड पोइजनका समस्या लिएर दैनिक औसतमा एक दर्जन बिरामी उपचारमा आइरहेको वीर अस्पताल मेडिसिन विभागले जनाएको छ। विभागका प्रमुख डा. धुव्र गैरेका अनुसार विवाह, व्रतबन्धमा सहभागी भएकाहरूमा फुड पोइजनको समस्या बढी आएको देखिन्छ। उनीहरूमा वाकवाकी लाग्ने, झाडापखालाले सताउने र पेट दुख्ने समस्या देखिएका छन्। गाह्रो परेपछि उनीहरू उपचारका लागि अस्पताल आउने गरेका हुन्।

चिकित्सकहरूका अनुसार उपत्यकामा गर्मी लागेपछि हरेक वर्ष फुड पोइजनको समस्या देखा पर्छ। उपत्यकामा पिउने पानी, खाजा तथा खानाको सेवा दिने खाजा पसल, क्याटरिङहरूले खाना र पानीको उचित सफाइ कायम नराखेका कारण यस्तो समस्या आउनुको मुख्य कारण हो।

उपत्यकामा गरिने भोजभतेरमा प्रयोग हुने सलाद, धनियाँ लगायत काँचै खाइने वस्तु प्रायः नजिकैको दूषित खोलामा पखालेर ल्याइएका हुन्छन्। त्यस्ता वस्तु प्रयोगअघि राम्रोसँग नपखालिँदा त्यो खाने मानिसमा जीवाणुको संक्रमण हुन्छ। खानेपानी पनि सफा नहुने समस्या छ। गर्मीले खाना पनि छिट्टैे बिग्रन्छ। यी विविध कारणले गर्दा भोजभतेरका खानेकुराबाट फुड पोइजनको समस्या हुने गरेको डा. गैरेले बताए।

‘दूषित खोलामा पखालेर ल्याइएका मुला, गाजर, धनियाँ आदिलाई बाँड्नुअघि राम्रोसँग पखालिँदैन, त्यस्तै खान दिइन्छ,’ उनले भने। धनियाँ, गाजरसँगै खोलाको दूषित पानीमा हुने जीवाणु पेटमा पर्छ र मानिसहरू बिरामी हुन्छन्। गर्मी मौसममा उपत्यकाका खाजाघरहरूमा पर्याप्त सरसफाइको व्यवस्थापन गरिएको पाइन्न। यसले गर्दा गर्मीसँगै ‘फुड पोइजन’को समस्या देखिने गरेको डा. पुन बताउँछन्।

‘खाजा पसलमा प्रयोग हुने पानी जारका हुन्छन्। जारमा राखिने सबै पानीको गुणस्तर राम्रो हुन्छ भन्ने हुन्न,’ उनले भने। नेपालमा पहिलेको तुलनामा यस्ता बिरामी कम आउने गरे पनि झाडापखालाका बिरामी भने आइ नै रहेको हेल्पिङ हेन्ड्स अस्पतालका निर्देशक डा. गुप्ताबहादुर श्रेष्ठले बताए।

खाद्य तथा गुण नियन्त्रण विभागले खाना तथा खाजाको सेवा दिने निकायहरूको अनुगमन तथा मापदण्ड पालनाको कमीले अहिले पनि कतिपय ठाउँमा स्वच्छ पानी र खाना उपलब्ध हुने नगरेको डा. गैरे बताउँछन्। ‘खाद्य तथा गुण नियन्त्रण विभागले यसलाई हेर्नुपर्ने हो तर कडा नियमन भएको पाइन्न,’ उनले भने।

खाद्य तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन भने विभागले गुनासो आए स्थानीय सरकारसँग मिलेर प्राविधिक तहमा अनुगमन गर्ने गरिएको बताए। खाद्य निर्देशिकाअनुसार खाजाखाना उपलब्ध गराउने रेस्टुरेन्ट, खाजा पसल, ब्यांक्वेट आदिको अनुगमनका लागि विभिन्न २० वटा विधाभित्र रहेर भान्छा, भाँडाकुँडा, भण्डारण, सरसफाइ, पानी, कच्चा पदार्थलगायतको अवस्थाबारे अनुगमन गरिन्छ।

हरेक वर्ष विभागले देशभरमा ६ हजार पटक यस्तो अनुगमन गर्ने गरेको बताए। तर यस्ता खाद्यान्न पसल सञ्चालनका लागि अनुमति तथा दर्ता दिने प्रक्रिया स्थानीय निकायबाट हुने गर्छ।

यस्तो गर्मीजन्य रोगको नियन्त्रणका लागि उपभोक्तामा स्वच्छता र सफाइको जनचेतना आवश्यक छ नै, खानाको सेवा दिनेहरूले मादपण्ड कडाइपूर्वक पालना गर्नुपर्ने चिकित्सकले सुझाएका छन्। यसका साथै गर्मी याममा बासी सडेगलेका खाना नखाने, उमालेको पानी पिउने, सलाद तथा धनियाँ या काँचै खाने खानेकुरा राम्रोसँग पखालेर मात्र खाने, हातको सफाइमा ध्यान दिने गरे यस्ता संक्रामक रोगबाट बच्न सकिने चिकित्सकहरू सुझाउँछन्।

]]>
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ? https://nagariknews.nagariknetwork.com/health/1433883-1713947865.html Wed, 24 Apr 2024 14:22:45 +0545 https://nagariknews.nagariknetwork.com/health/1433883-1713947865.html गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ (कोल्डडिङ्क्स) को खपत बढ्ने गर्दछ।...

डा. अरुणा उप्रेती

गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ (कोल्डडिङ्क्स) को खपत बढ्ने गर्दछ। अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन्।

मानिसहरुले दूध, दहीजस्ता पोषिला पेय पदार्थ बेचेर विभिन्न ब्राण्डका पेयपदार्थ सेवन गरिरहेको देखिन्छ। चिसो पेय पदार्थहरु अहिले गाउँघरमा छ्यापछ्याप्ती छन्। यस्ता वस्तुहरु अहिले शान, मान र सगुन सामग्री नै बनिसकेको देखिन्छ। यी पेय पदार्थहरुले मोही, सर्वतजस्ता नेपाली शैलीका कैयौँ पेय पदार्थलाई विस्थापन गर्दै लगिरहेका पनि छन्।

अति गुलिया र रसायन मिसिएका यी पदार्थका कारण भविष्यमा उपभोक्ताहरुको दाँत, पेट, हाडजोर्नीलगायत शरीरका अन्य अङ्गहरुमा रोगहरुले घर बनाउँछ। यी पेयहरुले मोटोपनको समस्या निम्त्याउँछ। जतिजति यी पेयहरुको उपभोग बढ्दै जान्छ, त्यति नै तिनीहरुको सेवनबाट हुने स्वास्थ्य समस्याहरु पनि थपिदै गएको छ तर उपभोक्ताहरु के कारणले आफूलाई स्वास्थ्य समस्या भइरहेको छ भन्ने कुरा खुट्याउन सकिरहेका हुँदैनन्।

रेडियो, टेलिभिजन र ठाउँठाउँमा राखिएका विज्ञापन बोर्डहरुमा गरिएका भ्रम पार्ने विज्ञापनहरुका कारण उनीहरु त्यस्ता पेयले आफूलाई राम्रै गरिरहेको होला भन्ने विश्वास हुन्छन्। यसरी पिउँदापिउँदै कतिपयलाई त नसालु पदार्थ जस्तै लत नै लागिसकेको हुन्छ।

प्रसिद्ध खेलाडीले आफ्नो सफलतापछि विभिन्न ब्राण्डका पेय पदार्थ घ्वाटघ्वाट पिएर आनन्द लिएको देखाउने टेलिभिजनको आकर्षक विज्ञापनले युवायुवतीलाई हरेक खुसीमा यसै गर्न प्रेरित गरिरहेको हुन्छ।

अर्धनग्न नर्तकीले डान्सवार वा डिस्को थेकमा पसिना पुछ्दै बोतलबाट हल्का पेय पिइरहेको देखेपछि यो पिउनै पर्ने पेय पदार्थ रहेछ भन्ने युवा मस्तिष्कमा छाप बस्छ। वास्तवमा उपभोक्तालाई आकर्षित गर्ने यस्ता चिसो पेयको विज्ञापनले धेरैलाई झुक्याइरहेको छ।

बजारमा जताततै पाइने चिसो पेय अहिले नेपालका त्यस्ता दुर्गम स्थानहरुमा पनि पुगेका छन्, जहाँ दूधका पाकेट र औषधिहरु पनि पुग्न सकेका छैनन्। यी वस्तुहरुको तडकभडकयुक्त प्रचारप्रसार र पहुँचका कारण दुर्गम ग्रामीण क्षेत्रका मानिसले पनि अहिले यी वस्तुहरुलाई फेसन र आधुनिकताको प्रतीकका रुपमा स्वीकार गरिरहेका छन्।

अधिकांश उपभोक्तालाई ती चिसो झोलमा भएका तत्वहरु र तिनीहरुले शरीरलाई पार्ने हानी वारे कुनै जानकारी नै भएको हुँदैन। वास्तवमा यी पेय पदार्थहरु रङ्ग, बास्ना, गुलियो अमिलो स्वाद घोलेर फिँज उठ्ने बनाई आकर्षक बोतलमा बन्द गरिएका चिसो पेय हुन्, जुन धेरै महङ्गा र हानीकारक हुन्छन्।

यस्ता चिसो पेयमा चिनीको मात्र अति नै बढी हुन्छ। भविष्यमा विभिन्न स्वास्थ्य समस्याका कारण पनि बन्न सक्छन्। ती तत्वहरुले मानिसको हाड कमजोर हुने, शरीर मोटो पार्ने, दाँत खियाउने, र क्यान्सरजस्ता रोगहरु लगाउन सक्छन्।

अमेरिकन डायविटिक एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसनले चिनी भएको सोडाको हाल भइरहेको उपभोग घटाउन आग्रह गरेका छन्। अमेरिकन डायबिटिज एसोसिएसनले डायबिटिजको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुरा खाना नै हो।

साथै, शरीरको तौल बढाउन र रगतमा ग्लुकोजको मात्रा बढाउनका लागि पेय पदार्थको भूमिका उत्तिकै हुन्छ। सो एसोसिएसनले यदि डायविटिज भइसकेको छ वा हुने जोखिम छ भने पिउनका लागि पानी, बिनाचिनीको चिया, कफी वा अरु कुनै कम क्यालोरी भएको पेय पदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ।

कोल्डड्रिङ्क्समा हुने हानीकारक तत्वहरु

चिसो पेय पदार्थहरुमा स्वास्थ्यलाई हानि गर्ने विभिन्न तत्वहरु पाइएका छन्। यी पेयहरुमा एकक्षणका लागि मात्र स्फूर्ति दिने र लत बसाउने तत्वहरु पनि हुन्छन्।

ती तत्वहरुले हाम्रो स्वास्थ्यमा दीर्घकालीन रुपमा विभिन्न असरहरु पार्छन्। केटाकेटीहरुलाई यस्तो पेय पदार्थ दिँदा यी झोलहरुमा हुने चिनीले मोटो बनाउँछ। चिसो झोलमा फोस्फोरिक अम्ल धेरै मात्रामा हुन्छ र यस अम्लले केटाकेटीको हाडलाई कमजोर पार्छ।

चिसो पेय पदार्थमा पाइने क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो। यसले कृत्रिम रुपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगती बढाउँछ। यस्तो उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको, र थकाई मेटिएको अनुभव हुन्छ। तर यस्तो अवस्था क्षणिक हुन्छ। यतिमात्र होइन, चिसो पेय पदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन्।

चिसो पेयहरुलाई ताजा राख्न र स्वादिलो बनाउन साइटिक एसिड, फोस्फरिक एसिड र कहिलेकाहीँ म्यालिक र टारटारिक अम्लहरु राख्ने गरिन्छ। यी अम्लहरुले झोललाई सड्नबाट रोक्दछन् र मिठासलाई सन्तुलनमा राख्ने मद्दत गर्छ।

अम्लहरुको कारणले नै चिसो पेय पिउँदा तिर्खा मेटिएको महशुस हुन्छ। चिसो पेय पिउँदा माथि तैरिएका फोका तथा फिँजले नै आनन्द दिन्छ। यी फोका र फिँज फोस्फोरिक अम्ल र कार्वन डाइअक्साइडबीचको प्रतिक्रिया भएर बन्दछन्।

यी तत्वहरुका कारणले पेट पोल्ने र घाउ हुने गर्दछ। फोस्फोरिक अम्ललाई क्रोम धातुको खिया र मोटरको ब्यार्टी सफा गर्न प्रयोग गरिन्छ। यो कुराले नै यो अम्ल निकै पोल्ने खालको छ भन्ने स्पष्ट गर्दछ। धातुको खिया पखाल्ने अम्लले हाम्रो शरीरको मासुलाई सजिलै पोल्न सक्दछ।

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी

गर्मीयाममा तीर्खा मेट्नका लागि बजारिया चिसो पेय पदार्थ नै सेवन गर्नुपर्छ भन्ने छैन, वर्षैभरि पाइने कागती गर्मीमा वा जाडो जुनसुकै बेलामा, तातो वा चिसो जे पदार्थमा मिलाएर खान सकिन्छ। स्वाद र स्वास्थ दृष्टिकोणले पनि यो अति राम्रो तत्व हो।

म व्यक्तिगत रुपमा कागतीलाई ‘औषधिको डल्लो’ भन्छु। बिहान उठ्नेबित्तिकै चिनी नहालेको कागती चिया खान्छु। दालमा मिलाएर खान्छु। यसैले मैले कहिले पनि भिटामिन ‘सी’ को गोली त खानै परेको छैन। कागतीमा पाइने एउटा महत्वपूर्ण तत्व हो भिटामिन ‘सी’। भिटामिन ‘सी’ को महत्वको बारेमा अहिले त धेरै जनाले थाहा पाइसकेका छन्। विज्ञानले पुष्टि गरेको छ कि भिटामिन ‘सी’ ले रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्छ।

हाम्रो भान्छामा खाइने अचार पनि भिटामीन ‘सी’ ले युक्त हुन्छ। गर्मी सुरु हुने बेलामा अक्षय तृतीयामा सार्‍है कागतीको सर्बत र जौको सातु खान दिने हाम्रा पुर्खाहरुले चलाएका चलन पनि कागतीको महत्व बुझेर नै होला।

गर्मीको बेलामा कागतीसँग सातु पिउँदा पेट भरिन्छ र गर्मीको बेलामा हुने विभिन्न पेटको गडबडीबाट बच्न सकिन्छ। गर्मीमा शरीरलाई चाहिने ऊर्जा पनि पर्याप्त हुन्छ। सातु र कागती सर्बत पिउने प्रचलन हराउँदै गएर आजकाल त अक्षय तृतीयको दिनदेखि जन्म दिनमा पनि प्याकेटका फलफूलको महँगो तर स्वास्थ्यलाई हानी गर्ने फलफूलको नक्कली रस, चिसो पेय पदार्थहरु खाइन्छ। यसले नेपाली संस्कृतिलाई नष्ट गर्छ, स्वास्थ नष्ट गर्छ, पैसा नष्ट गर्छ। यस्तो चलन कम गर्न नक्कली रसको सट्टा कागतीको रस प्रयोग गर्न सकिन्छ।

कति स्वास्थको बारेमा जाने बुझेका व्यत्तिले नै बट्टाको जुस खान्छन्, कागती बर्सत पिउँदैनन् । नेपालको प्रायः सबै ठाँउमा कागती फल्छ । विभिन्न प्रकारको कागतीको स्वाद भिन्दै भए पनि पौष्टिकता भने सबैमा हुन्छ । कागतीको महत्व कति छ भन्ने कुरा आयुर्वेद कितावमा लेखिएको छ, ‘कागती र अदुवा दिनदिनै खाने व्यक्तिको घरमा रोगले प्रवेश पाउँदैन’।

नेपालमा महिलाहरूलाई रगतको कमी भयो भनेर अनेक औषधि दिइन्छ। तर कागतीमा रहेको भिटामिन ‘सी’ले भोजनमा रहेको लौह तत्वलाई शोषण गर्नमा मद्धत गर्छ भन्ने कुरा प्रचार भएको छैन। कतिपय स्वास्थ्यकर्मीहरुले रक्तअल्पता भएका महिलालाई भिटामिन ‘सी’को चक्की दिन्छन् र खानासँग खानु भन्छन्।

सायदै कुनै स्वास्थकर्मीले कागतीको रस भोजनसँग मिसाएर खानु भन्ने गर्छन्। ‘कागतीको रस मिसाएर’ भोजन खाउभन्दा औषधि कम्पनीहरुको फाइदा हुँदैन र त्यसैले यस्तो जानकारीलाई बढावा दिने चलन छैन। तर मासको वा कुनै दालसँग कागतीको रस वा गोलभेडाको अचार खाँदा दालमा रहेको लौहतत्व राम्रोसँग सोसिन्छ। फलामको भाँडोमा पकाएको कुनै पनि दाल, तरकारीमा कागतीको रस मिसाएर खाँदा गर्भवती महिलालाई रगतको कमीबाट रोक्न प्रोटिन प्राप्त हुन्छ।

साइट्रिक एसिड विभिन्न फलफूलमा पाइन्छ भन्ने जानकारी वैज्ञानिकहरुले १७ औँ शताब्दीमा पत्ता लगाएका हुन्। शरीरको अतिरिक्त क्रियाकलापहरुलाई सञ्चालन गर्न यो एसिडको महत्व छ र कागतीमा यो सहजै पाइन्छ। आजकल कागतीको रस हालेर चिया, सर्वत खान वा पाहुनालाई सत्कार गर्ने चलन बढेको छ। गर्मीको बेलामा पनि स्वास्थ्यकर कागतीको सर्बत हामी दिन हिच्किचाउनु पर्दैन। बालबालिकालाई पनि बट्टाको ‘जुस’ होइन कागतीको सर्बत दिनुपर्छ।

यति मात्र होइन, कागतीको रसको प्रयोगले दाँतको गिजाबाट रगत बग्ने समस्यालाई कम गर्न पनि मद्दत गर्छ। त्यसैले गर्भवतीलाई कागती खाने सल्लाह दिने चलन गाउँघरमा अझै पनि छ। रुघाखोकी लाग्दा कागती पानी र मह खानुपर्छ भनेर धेरैले थाहा पाएका छन्। कागतीलाई दैनिक भोजनको नै प्रयोग गरियो भने रोग प्रतिरोधात्मक शक्ति बलियो हुन्छ र हरेक चोटी मौसम बदलिदा रुघाखोकी लाग्न कम हुन्छ भन्ने पनि थाहा पाउनु पर्छ। गाउँघरमा गर्भवती महिलालाई वाकवाक लाग्दा कागती र नून खानु भनेर सल्लाह दिइन्छ र यसले वास्तवमा नै वाकवाक कम गर्छ।

कागतीको प्रयोगले कब्जियतबाट पनि बचाउँछ। जाडोको बेलामा कागतीको रस मनतातो पानीमा हालेर खान दिने चलन पुर्खाहरुले थालनी पहिलादेखि नै ल्याएका हुन्। मुख गन्हाउने व्यक्तिको यदि दन्तसम्बन्धी अन्य रोग छैनन् भने कागतीको रस र तातो पानीले फाइदा गर्छ। कागती पानीको कुल्लापछि पुनः पानीले एकचोटी कुल्ला गर्नुपर्छ, ताकी कागतीको अमिलोले दाँतमा असर नपरोस्। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानबाट गरिएको अनुसन्धानमा ‘कागतीको रसले हैजाको किटाणु वृद्धि हुन रोक्छ’ भनेर पुष्टि भएको छ तर यो अनुसन्धानको व्यावहारिक प्रयोग हुन सकेको छैन।

कागतीको रसको मात्र नभएर बोक्राको उपयोगिताबारे पनि कमैलाई मात्र थाहा हुनसक्छ। केही अनुसन्धानले कागतीको बोक्राको नियमित प्रयोगले कब्जियतको समस्या समाधान गर्छ भनेर देखाएको छ। कागती धोएर काटेर रस निकालेपछि बोक्रालाई सानोसानो टुत्रा पारेर सलादमा हालेर खान सकिन्छ। यदि तीतो स्वाद मन पर्दैन भने कागतीको बोक्रालाई राखेर सिसीमा नून हालेर केही दिन घाममा राखेपछि त्यो बोक्रा अचारमा बदलिन्छ।

कागतीसँगै गर्मीमा प्रयोग गर्नुपर्ने बाबरी वा पुदिना पनि हो। बाबरी (मधेसतिर पुदिना पनि भन्छन्) को अचार बनाएर खाने चलन त पहिलेदेखि नै हो। गर्मीको बेलामा त यो पानीमा हालेर खाए हुन्छ। जुन तरिकाले खाए पनि स्वास्थ्य र स्वस्थ दुवै दिन्छ। वीरेनून र कागती हाली पिसेर बनाइएका पुदिनाले खाना रुचाउनुका साथै पाचन प्रक्रियामा पनि सहयोग गर्दछ। पानीमा बाबरी र कागतीको टुक्रा भिजाएर राख्ने र त्यो पानी पिउनाले धेरै नै लाभ पुग्दछ।

-लेखक डा. अरुणा उप्रेती जनस्वास्थ्यविद् हुन्। (रासस)
]]>
वैशाख ३१ मा ५ वर्ष मुनिका बालबालिकालाई छुट खोप लगाइने https://nagariknews.nagariknetwork.com/health/1433881-1713946740.html Wed, 24 Apr 2024 14:04:00 +0545 https://nagariknews.nagariknetwork.com/health/1433881-1713946740.html स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि वृहत्त खोज र खोप अभियान सञ्चालन गर्न लागेको हो।...

सरकारले वैशाख ३१ गते वृहत्त खोज र खोप अभियान सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि वृहत्त खोज र खोप अभियान सञ्चालन गर्न लागेको हो।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइने मन्त्रालयले जनाएको छ।

]]>
ताप्लेजुङमा भेटिए ३९ नयाँ क्षयरोगी, सबैभन्दा बढी फुङलिङमा https://nagariknews.nagariknetwork.com/health/1433874-1713940512.html Wed, 24 Apr 2024 12:20:12 +0545 https://nagariknews.nagariknetwork.com/health/1433874-1713940512.html ताप्लेजुङमा नयाँ ३९ जना क्षयरोगी पत्ता लागेका छन्। चालु आर्थिक वर्षको ९ महिना अवधिमा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा रहेका छन्।...

ताप्लेजुङमा नयाँ ३९ जना क्षयरोगी पत्ता लागेका छन्। चालु आर्थिक वर्षको ९ महिना अवधिमा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा रहेका छन्।

स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार फुङलिङमा १२ जना क्षयरोगी रहेका छन्।

दुलालका अनुुसार मेरिङदेन गाउँपालिकामा ८, आठराई त्रिवेणी गाउँपालिकामा ५, पाथीभरा याङवरक गाउँपालिकामा ४, मिक्वाखोला र सिरिजङ्गा गाउँपालिकामा ३–३ जना र फक्ताङ्लुङ र मैवाखोला गाउँपालिकामा २–२ जना क्षयरोगी भेटिएका छन्। सिदिङ्वा गाउँपालिकामा अहिलेसम्म क्षयरोगी फेला नपरेको स्वास्थ्य कार्यालयले जनाएको छ।

ल्याव टेक्निसियन निरीक्षक दुलालका अनुसार फेला परेका क्षयरोगीमध्ये जन्मदेखि ४ वर्षभित्रका ३ जना, १५ देखि २४ वर्षभित्रका ७ जना, २५ देखि ३४ वर्षभित्रका ६ जना, ३५ देखि ४४ वर्षभित्रका ७ जना, ४५ दखि ५४ वर्षभित्रका ४ जना, ५५ देखि ६४ वर्षभित्रका ८ जना र ६५ वर्षभन्दा माथि उमेर समूहका ४ जना क्षयरोगी रहेका छन्। पाँचदेखि १४ वर्षभित्रका क्षयरोगी नभेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरुवा रोग हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासका माध्यमबाट सर्ने गर्छ। खाना तथा यौनजन्य क्रियाकलापबाट भने यो रोग सर्दैन। क्षयरोगका किटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने यो रोग लाग्दैन।

रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ। दुई साता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु र खासगरी बेलुकापख ज्वरो आउनु, छाति दुख्नु, खाना अरुचि हुनु र खकारमा रगत देखिनु आदि लक्षण भए क्षयरोगको आशंका गर्नुपर्ने हुन्छ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याब टेक्निसियन निरीक्षक दुलालले क्षयरोग नियमित रूपमा औषधि सेवनबाट पूर्ण रूपमा निको हुने भएकाले डराउनु नपर्ने बताए।

उनका अनुसार सरकारले क्षयरोगविरुद्धको अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गर्दै आएको छ। उपचार अवधि भने संक्रमित अंग र रोगको प्रकृतिमा निर्भर रहने उनले जानकारी दिए।

क्षयरोगका बिरामीलाई डट्सअन्तर्गत राखेर उपचार गर्ने गरिएको छ, जसअन्र्तगत बिरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ। औषधिहरुको सेवनबाट पिसाब रातो हुन सक्ने भए पनि यो यो स्वाभाविक र सामान्य भएको दुलालले जानकारी दिए।

]]>
नेपाललाई मेडिकल शिक्षाको ‘हब’ का रूपमा विकास गर्नेतर्फ सरकार तयारीमाः प्रधानमन्त्री https://nagariknews.nagariknetwork.com/health/1433857-1713931426.html Wed, 24 Apr 2024 09:48:46 +0545 https://nagariknews.nagariknetwork.com/health/1433857-1713931426.html प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई मेडिकल शिक्षाको ‘हब’ का रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।...

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई मेडिकल शिक्षाको ‘हब’ का रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले नेपाललाई मेडिकल शिक्षाको हबको रुपमा विकास गर्नेतर्फ सरकार गम्भीर भएर लागि रहेको र विभिन्न परामर्श पनि गरिरहेको बताए।

उनले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने भन्दै स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पु¥यागउनुपर्ने बताए।

‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ।’

नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री दहालले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिए।

स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताए।

सरकारले सबै सार्वजनिक अस्पतालको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ।’

प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको उनले उल्लेख गरे।

प्रधानमन्त्री दाहालले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताए।

‘सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालको क्षमता विकासमा ध्यान दिनै पर्दछ,’ प्रधानमन्त्रीले भने। रासस

]]>
मधुमेहका बिरामी काठमाडौंमा सबैभन्दा बढी https://nagariknews.nagariknetwork.com/health/1433843-1713925254.html Wed, 24 Apr 2024 08:05:54 +0545 https://nagariknews.nagariknetwork.com/health/1433843-1713925254.html मधुमेह र उच्च रक्तचापका बिरामी काठमाडौंमा सबैभन्दा बढी पाइएका छन्।

मधुमेह र उच्च रक्तचापका बिरामी काठमाडौंमा सबैभन्दा बढी पाइएका छन्। ६ महिनाको अवधिमा काठमाडौंभित्रका प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गराएका बिरामीमध्ये धेरैमा मधुमेह देखिएको हो। प्राथमिक स्वास्थ्य केन्द्रमार्फत जिल्ला जनस्वास्थ्य कार्यालयमा संकलित रिपोर्टअनुसार मधुमेहका रोगीको संख्या बढेको पाइएको महानगरले जनाएको छ।

उपचारमा पुगेका बिरामीमध्ये २१ हजार ६ सय ९२ जनामा मधुमेह देखिएको हो। उच्च रक्तचाप १९ हजार ६ सय ९२ जनामा, श्वास–प्रश्वाससम्बन्धी ११ हजार दुई सय ११, दाँतसम्बन्धी १० हजार २६, दाँत दुख्ने नौ हजार दुई सय, ज्वरो आउने आठ हजार दुई सय ४० र पेटसम्बन्धी सात हजार पाँच सय १५ जना छन्।

पिसाब संक्रमण भएका ६ हजार दुई सय सातजना थिए। यो तथ्यांक काठमाडौ महानगरले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत जिल्ला जनस्वास्थ्य सूचना प्रणालीबाट प्राप्त गरेको हो।

मधुमेहका बिरामी धेरै हुनुमा गलत जीवनशैली मुख्य कारण रहेको महानगरकी स्वास्थ्य शाखा इन्चार्ज सजिरा महर्जनले बताइन्। दैनिक व्यायम, अस्वस्थ खानालगायतका कारण रोगीको संख्या बढ्दै गएको उनले बताइन्।

संंघीय सरकारको नसर्ने रोेगको पहिचान र नियन्त्रण निर्देशिकाअनुसार महानगरले सबै वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रमा उपचारमा आउने बिरामीको नसर्ने रोगको परीक्षण गरेको थियो। नेपालको नेपाल स्टेप हेल्थ सर्वेक्षण २०१९ ले पनि नेपालमा नसर्ने रोग बढ्दै गएको देखाएको छ। महानगरपालिकाभित्र पनि सोही तथ्य देखा परेको काठमाडौं महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख महर्जनले बताइन्।

महानगरमा देखिएको नसर्ने रोगको स्थितिलाई नियन्त्रण गर्न महानगरले हालै स्थानीय तहका ७५ जना मेडिकल अफिसर तथा पारामेडिक्सलाई यी रोगको तत्काल उपचार तथा नियन्त्रणसम्बन्धी तालिम दिइसकेको महर्जनले बताइन्।

‘मधुमेह र उच्च रक्तचाप बढिसकेकालाई तालिमप्राप्त मेडिकल अफिसर र पारामेडिक्सले समेत औषधि दिन सक्नेछन्,’ उनले भनिन्। प्राथमिक केन्द्रबाटै औषधि वितरण गरेमा उनीहरूको स्वास्थ्य स्थिर राख्न सकिने उनले बताइन्। यसको साथै हरेक वडामार्फत स्थानीय तहमा नसर्ने रोगको बारेमा अन्तरक्रिया कार्यक्रम गर्ने योजना महानगरले लिएको छ।

कम चिल्लो, कम गुलियो खाना, खानामा फलफूल तथा तरकारी र फाइबरयुक्त खानाको समावेस गरेमा मधुमेहको जोखिमबाट बच्न सकिने भएकाले यो सूत्र हरेक नगरवासीले अपनाउनुपर्ने महर्जनको सुझाव छ।

यसका साथै दैनिक व्यायाम गर्ने अभ्यास गरी स्वस्थ रहन उनले सुझाव दिइन्। ‘मुख्य कुरा स्वस्थ जीवनशैली हो, यो हरेक नागरकले अपनाउनु आवश्यक छ,’ उनले भनिन्।

]]>
वैशाख १६ गते स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै https://nagariknews.nagariknetwork.com/health/1433792-1713861931.html Tue, 23 Apr 2024 14:30:31 +0545 https://nagariknews.nagariknetwork.com/health/1433792-1713861931.html उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाने भएका छन्।...

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाने भएका छन्।

जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन २७ अप्रिल (१६ वैशाख) मा मन्त्री यादव सहितको टोली अमेरिका जान लागेको मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दासले जानकारी दिए।

मन्त्री यादवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा.चुमनलाल दास, जनसंख्या महाशाखा प्रमुख विनोदबहादुर कुँवर, मन्त्री यादवका स्वकीय सचिव भवनाथ खतिवडा र परराष्ट्र मन्त्रालयका सह-सचिव जानेछन्।

सम्मेलनमा जनसंख्या विकास सम्बन्धी नेपालको धारणा प्रस्तुत हुने बताइएको छ। ३ मे सम्म कार्यक्रम हुनेछ। त्यसपछि मात्रै स्वदेश फर्किने कार्य तालिका छ।

]]>
शिशु जन्माएको साढे एक घन्टापछि आमाको मृत्यु https://nagariknews.nagariknetwork.com/health/1433717-1713785335.html Mon, 22 Apr 2024 17:13:55 +0545 https://nagariknews.nagariknetwork.com/health/1433717-1713785335.html हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका– ७ रोडिकोटमा शिशु जन्माएको केही समयपछि सुत्केरीको मृत्यु भएको छ।...

हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका– ७ रोडिकोटमा शिशु जन्माएको केही समयपछि सुत्केरीको मृत्यु भएको छ।

स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रीता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो।

देवकोटाले बच्चालाई जन्म दिएको १ः३० घन्टापछि मृत्यु भएको हो। मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पु¥याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इञ्चार्ज टीका बोहराले बताए।

इन्चार्ज बोहराका अनुसार आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो।

रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमीलगायत सबै स्वास्थ्यकर्मी लागिपरेपछि रातिको १०ः३० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको उनले बताए। उनले भने, ‘बच्चा जन्माउनुअगाडि रगत बग्ने समस्या थियो। बच्चा जन्माएपछि रगत बग्न रोकिए पनि त्यसको केही समयपछि मृत्यु भयो।’

मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनको भनाइ छ। गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा नउठेको उनको भनाइ छ।

यता जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको उनले बताए, दुर्भाग्यवस आमाको मृत्यु भयो। यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको उनको भनाइ छ।

देवकोटाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी छन्। दुर्गम हुम्लाका अधिकांश महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनुपरेको छ।

]]>
स्वास्थ्य बिमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध https://nagariknews.nagariknetwork.com/health/1433435-1713526736.html Fri, 19 Apr 2024 17:23:56 +0545 https://nagariknews.nagariknetwork.com/health/1433435-1713526736.html स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ।...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बिमाप्रति भ्रामक सूचना फैलिएको भन्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो।

सूचनामा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरु प्रसारण गरेको पाइएको छ। यस्ता सूचना÷विज्ञापनमा कुनै सत्यता नभएकाले यस प्रकारका सूचना÷विज्ञापनमा नहेर्नसमेत सम्पूर्ण सर्वसाधारणमा अनुरोध छ।’

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सामाजिक सञ्जालमा आएका गलत तथा भ्रामक सूचना तथा विज्ञापन प्रसारण गर्नेलाई विद्यमान कानुनअनुसार सम्बन्धित निकायमार्फत कारबाही प्रक्रिया अघि बढाइ सकिएको जानकारी गराए।

उनले सर्वसाधारणलाई पनि भ्रामक सामग्री प्रयोग नगरी जानकारीका लागि आधिकारिक निकायमा सम्पर्क गर्न अनुरोध गरेका छन्। –रासस

]]>
सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न आग्रह https://nagariknews.nagariknetwork.com/health/1433410-1713513467.html Fri, 19 Apr 2024 13:42:47 +0545 https://nagariknews.nagariknetwork.com/health/1433410-1713513467.html स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन कार्य गर्नु कानुनविपरीत भएको जनाएको छ।...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन कार्य गर्नु कानुनविपरीत भएको जनाएको छ।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले अपिल जारी गर्र्दै मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी स्वास्थ्य संस्थामा पूर्णकालीन रुपमा कार्य गर्नु प्रचलित कानुनविपरीत भएकाले त्यसो नगर्न आग्रह गरेको छ।

‘मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारी बिदा स्वीकृत गराइ वा नगराइ स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्था तथा विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, अपिलमा भनिएको छ, ‘यसरी काम गर्नु प्रचलित कानुन र विधिको प्रतिकूल हुने हुँदा यससम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई संयमित तथा कानुनसम्मत क्रियाकलाप गरिदिन हुन मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’

]]>
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै https://nagariknews.nagariknetwork.com/health/1433356-1713492149.html Fri, 19 Apr 2024 07:47:29 +0545 https://nagariknews.nagariknetwork.com/health/1433356-1713492149.html आज पनि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै छ।

आज पनि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार र आज गरी २ दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाउन लागेको हो।

मन्त्रालयका अनुसार अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पुर्ण बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाइने छ भने १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ।

बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप पनि लगाउन पनि सरकारले आग्रह गरेको छ।

]]>
सांसद डा.शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग https://nagariknews.nagariknetwork.com/health/1433317-1713437382.html Thu, 18 Apr 2024 16:34:42 +0545 https://nagariknews.nagariknetwork.com/health/1433317-1713437382.html प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गरेका छन्।...

प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गरेका छन्।

शर्माले आज हेपाली हाइटमा रहेको डा.भगवान कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो सहयोग गरेका हुन्। रकम हस्तान्तरण गर्दै डा.शर्माले राज्यले गर्नुपर्ने काम डा कोइरालाले आफैँ गर्न लाग्नुभएको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सो सहयोग उपलब्ध गराएको बताए।

डा.कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ। गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ।

कियोचले राजधानी काठमाडौँमा एक सय शय्याको अस्पताल निर्माण गर्नेछ। त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा.कोइरालाले जानकारी दिए।रासस

]]>
दमौली अस्पतालमा अबदेखि १२ घण्टा ओपिडी सेवा https://nagariknews.nagariknetwork.com/health/1433312-1713434064.html Thu, 18 Apr 2024 15:39:24 +0545 https://nagariknews.nagariknetwork.com/health/1433312-1713434064.html सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरंग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ।

सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरंग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ। बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो।

शनिबार र सार्वजनिक बिदाबाहेक अन्य दिनमा सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ। सेवा विस्तारका समयमा सेवा लिन आउँदा थप शुल्क तिर्न नपर्ने अस्पतालका प्रमुख डा.परिवर्तन बरालले जानकारी दिए।

उनका अनुसार स्वास्थ्य बीमितलाई स्वास्थ्य बीमामार्फत नै सेवा उपलब्ध गराइनेछ। अस्पतालले सेवा विस्तार गरेसँगै सबै वर्गका व्यक्तिले सहज रूपमा उपचार सेवा पाउन सक्ने अस्पतालले विश्वास लिएको छ।

कर्मचारीले आफ्नो दैनिक कार्यालय समयबाहेक सेवा लिन सक्ने, विद्यार्थीले आफ्नो अध्ययन छाड्न नपर्ने गरी सेवा लिन सक्ने, ज्याला मजदुरले आफ्नो दैनिक ज्याला मजदुर छाड्न नपर्ने र व्यापार व्यवसायीले आफ्नो व्यापारमा असर नपर्ने गरी सेवा लिन सक्ने छन्।

‘बिहानै खाली पेटमा परीक्षण गर्नुपर्ने सबै सेवाग्राहीलाई सहज हुनेछु’, उनले भने, ‘भीडभाडमा कमी भई सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने समस्याको अन्त्य हुनेछ।’

यस अस्पतालबाट अन्यत्र अस्पतालमा सिफारिस भई जान चाहने बिरामीका लागि समयमै सिफारिस गर्न सकिने हुँदा जान सहज हुने अस्पताल प्रशासनले जनाएको छ।

]]>