Nagarik News - कला/संस्कृति http://nagariknews.nagariknetwork.com/feed/arts https://staticcdn.nagariknetwork.com/images/default-image.png https://staticcdn.nagariknetwork.com/images/default-image.png Nagarik News - कला/संस्कृति http://nagariknews.nagariknetwork.com/feed/arts np Mon, 31 Mar 2025 11:44:53 +0545 <![CDATA[दुर्गेश थापाले गाए चलचित्र ‘कर्मा’ को गीत]]> https://nagariknews.nagariknetwork.com/arts/1470322-1743400793.html https://nagariknews.nagariknetwork.com/arts/1470322-1743400793.html

चर्चित गायक दुर्गेश थापाले चलचित्र 'कर्मा' का लागि गीत गाएका छन् ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र 'कर्मा' का लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेश स्वयंले आफूले कर्माको गीत गाएको जानकारी दिएका छन् ।

केही दिनअगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशको गीत चलचित्रभित्रै समावेश हुने बताइएको छ ।

दुर्गेशकले गाएको गीतमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय देखिनेछ । निर्माणपक्षका अनुसार केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ ।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र 'कर्मा' आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ रिलिज हुँदैछ ।

यस्तै, निर्माणपक्षले आज साँझ गायक सुशान्त केसीको आवाजमा रहेको ुपागल पागल जस्तैु बोलको गीत सार्वजनिक गर्दैछ ।

गायक केसीले 'कर्मा' मार्फत पार्श्व गायनमा डेब्यु गरेका हुन् । केही दिनअघि निर्माणपक्षले भिडियो छायांकन गरेको थियो । यस गीतमा उनकै शब्द, संगीत र स्वर छ ।

]]>
नागरिक Mon, 31 Mar 2025 11:44:53 +0545
<![CDATA[कला, संस्कृति संरक्षणका लागि महोत्सव]]> https://nagariknews.nagariknetwork.com/arts/1470218-1743323358.html https://nagariknews.nagariknetwork.com/arts/1470218-1743323358.html

कला, संस्कृति संरक्षणका लागि दैलेखमा महोत्सव आयोजना गरिने भएको छ। जिल्लामा उत्पादित कृषिजन्य वस्तुको बजारीकरण, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सव–२०८१ को आयोजना हुने भएको हो।

दैलेख सदरमुकाममा पत्रकार सम्मेलन गरी धार्मिक तथा ऐतिहासिक दैलेख जिल्लामा चैत्र २६ गतेदेखि वैशाख ५ गतेसम्म महोत्सव सञ्चालन हुने मूल आयोजक समितिका संयोजक भुपेन्द्रन शाहीले बताए। उनले दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सव २०८१ संचालन हुने महोत्सव मूल समारोह समितिका संयोजक भुपेन्द्र शाहीले जानकारी दिए। संयोजक शाहीले यही चैत २६ गते महोत्सवको उद्घाटन भएर वैशाख ५ गते समापन हुने बताए।

महोत्सवमा जिल्लाका स्थानीय तहमा उत्पादन हुने कृषि वस्तुहरूको बजारीकरणका साथै स्थानीय कला संस्कृति झल्कने लहरेपैसरी नाच, ढाल तरवार नाच, देउडा तथा रत्यौली नाच, हुड्के नाच, मयुर नाच, टप्पा नाच, गर्रा नाच प्रदर्शनी एवं प्रवर्द्धन गरिने संयोजक शाहीले बताए। त्यस्तै महोत्सवबाट हुने फाइदाबाट नारायण नगरपालिका –७ किमुगाउँमा सञ्चालित वेद विद्याआश्रम र दैलेखको नाभिस्थानमा संचालित वेद विद्याआश्रममा आवश्यक पर्ने एक वर्षभरी पुग्ने खाद्यान्न सहयोग गर्नुका साथै सामाजिक उत्तरदायी अन्तरगत नारायण नगरपालिका –६ मा रहेको शहिद मयाराम स्मृति प्रतिष्ठान पार्कमा सार्वजनिक शौचालय निर्माण गरिने महोत्सवका संयोजक शाहीले बताए।

उनले जिल्लामा लोप हुन लागेका साँस्कृतिक सम्पदा र परम्परागत जीवन शैलीलाई प्रतिनिधित्व गर्ने प्रविधि र संशाधनहरूको जगेर्ना गरिने तथा स्थानीय परम्परागत सीप, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिने बताए।

दैलेख सदरमुकामको काँडाचौरमा नौ दिन संचालन हुने महोत्सवमा जिल्लाको विविधता झल्किने सांस्कृतिक झाँकी, संस्कृति र भेषभुषा, धार्मिक तथा पर्यटकिय स्थलको अवलोकन तथा प्रचारप्रसारका साथै स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूको साँगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सव स्थलभित्र स्थानीय उत्पादन, कला, संस्कृति, पेसा–व्यवसाय र रैथाने परिकार प्रदर्शन तथा व्यापारिक प्रायोजनका लागि एक सयभन्दा बढी स्टल राखिने आयोजक संस्थाहरूले जनाएका छन्।

रेडियो मातृभूमि एफ.एम. ९६.५ मेगाहर्ज दैलेख र स्वच्छ शहर निर्माण केन्द्र दैलेख मुख्य आयोजक रहेको दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सवको सहआयोजकमा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दैलेख र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दैलेख रहेका छन्।

]]>
गोविन्द केसी Sun, 30 Mar 2025 14:14:18 +0545
<![CDATA[‘वनिता’ बाट विभिन्न पुरस्कारको घोषणा]]> https://nagariknews.nagariknetwork.com/arts/1470208-1743320383.html https://nagariknews.nagariknetwork.com/arts/1470208-1743320383.html

‘वनिता’ साहित्यिक पत्रिकाले एक विज्ञप्ति प्रकाशित गरी साहित्य, सङ्गीत, रङ्गमञ्च र सञ्चारका क्षेत्रमा दिइने विभिन्न पुरस्कारको घोषणा गरेको छ।

प्रत्येक वर्ष वनिताद्वारा विविध विधामा नगद राशि, सम्मानपत्र, माला, दोसल्लासहित प्रदान गरिने अभिनन्दन तथा सम्मान २०८२ र २०८३ सालकाे एकैसाथ प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ।

वनिताश्री रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल- २०८२ विशेष अभिनन्दन कवि, नाट्यकर्मी अशेष मल्ललाई, वनिता विशेष रन्जुश्री-दामोदर नियात्रा सम्मान -२०८२ नियात्राकार चन्द्रप्रसाद भट्टराईलाई, वनिताश्री देवकुमारी थापा बालसाहित्य सम्मान - २०८२ बालसाहित्यकार डा. देवी नेपाललाई, वनिताश्री देवकुमारी थापा बालसाहित्य सम्मान- २०८३ बालसाहित्यकार ललिता दोषीलाई प्रदान गरिने भएकाे छ।

त्यस्तै वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचना शिरोवर्ती सम्मान-२०८२ समालोचक ज्ञानु अधिकारीलाई, वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचना शिरोवर्ती सम्मान- २०८३ समालोचक डा. शैलजा पोखरेललाई प्रदान गरिने भएकाे छ।

त्यस्तै वनिता देवकुमारी थापा कथा विशिष्ट सम्मान- २०८२ कथाकार गोविन्द गिरी प्रेरणालाई डायस्पोरा, वनिता देवकुमारी थापा कथा विशिष्ट सम्मान कथाकार सीता पाण्डे डायस्पोरा -२०८३, वनिताश्री व्यथित काव्य सम्मान कवि कृष्ण बजगाई डायस्पोरा २०८२ प्रदान गरिने भएकाे छ।

वनिताश्री व्यथित काव्य सम्मान- २०८३ कवि प्रदुम्न जोशीलाई, वनिता रन्जुश्र- दामोदर नियात्रा पुरस्कार-२०८२ नियात्राकार श्रीओम श्रेष्ठ रोदनलाई, वनिता रन्जुश्री- दामोदर नियात्रा पुरस्कार-२०८३ नियात्राकार जय छाङ्छालाई र वनिता विशेष वसुश्री–मधु सम्मान र पुरस्कार २०८२ कवि मीनकुमार श्रेष्ठ नवाेदितलाई प्रदान गरिने भएकाे छ।

त्यस्तै वनिता विशेष वसुश्री–मधु सम्मान र पुरस्कार-२०८३ साहित्यकार ओम रिजाललाई, वनिताश्री पुरुषोत्तमराज पाण्डेय विशेष सम्मान-पत्रकार-२०८२ शरद सुवेदीलाई, वनिताश्री पुरुषोत्तमराज पाण्डेय डायस्पोरा बालसाहित्य सम्मान साहित्यकार विमला निरौलालाई, डायस्पोरा २०८३, वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार, काठमाडौं विद्याकुञ्ज स्कुलका ४/५ कक्षाका नानीहरू सिर्जना धामी, आहाना महर्जन र निलिमा तामाङ छन्।

त्यस्तै यज्ञमाया वनिताशुभ स्मृति सम्मान-आगफुटी शेर्पा, डा. हर्ष स्मृति वनिता शुभ सम्मान २०८२ , ईश्वर सिटौलालाई वैशाख ५ गते शुक्रबार समर्पण गर्ने विज्ञप्तिमा उल्लेख छ।

]]>
नागरिक Sun, 30 Mar 2025 13:24:43 +0545
<![CDATA[बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान]]> https://nagariknews.nagariknetwork.com/arts/1470190-1743315355.html https://nagariknews.nagariknetwork.com/arts/1470190-1743315355.html

राप्ती साहित्य परिषद् दाङ शाखाले घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान गरेकाे छ।

बहुभाषिक काव्य उत्सवमा नेपाली, संस्कृत, अवधि, कुसुण्डा, नेवारी, मगर र थारू भाषाका १४ काव्य रचना वाचन गरिएका थिए। उत्सवमा साहित्यकार एवम् कविहरू नारायण नेपाल र शारदा शर्माले नेपाली भाषा, उत्तम खतिवडा र जनक पोखरेलले संस्कृत भाषा, नारायणप्रसाद श्रेष्ठ र योगमाया श्रेष्ठले नेवारी भाषा, जगतराम यादव र वसन्तप्रकाश यादवले अवधि भाषा, छविलाल कोपिला र राजकुमार कान्छाले थारू भाषा, क्षितिज मगर र कमलप्रसाद गौतमले मगर खाम भाषा र उदय आले र निर्मला कुसुण्डाले कुसुण्डा भाषाका विभिन्न विषयवस्तु समेटिएका रचना प्रस्तुत गरिएका थिए।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको काव्य उत्सव कार्यक्रममा साहित्य तथा गीत संगीत क्षेत्रको उन्नयनमा योगदान पुर्‍याउने ६ साहित्यकारलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो।

कार्यक्रममा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट कवि एवम् समालोचक डा. कृष्णराज डिसी, वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट गायक प्रकाश रेग्मी र कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट कवि एवम् समालोचक, अनुसन्धानकर्ता डा. कृष्णराज सर्वहारीलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा साहित्यकार एवम् समाजसेवी विनोद पोख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा ‘समीर’ लाई सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष एवम् वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा पुरस्कार प्रदान गर्दै शर्माले एउटै मञ्चमा विभिन्न भाषाका कविता प्रस्तुत गरेर साहित्यमा भएको विविधतालाई एकतृत गर्ने काम गरेको बताए। परिषद्ले भाषा संरक्षणसँगै साहित्य उत्थानका लागि गरेको यो प्रयास अनुकरणीय रहेको भन्दै भाषा, कला र संस्कृति जोगाउन यस्ता कार्यक्रमले सहयोग गर्ने बताए।

बहुभाषिक काव्य उत्सवले विभिन्न भाषाको संरक्षण र स्रष्टालाई मातृभाषामा रचना सिर्जना गर्न उत्प्रेरित गर्ने काम गरेको भन्दै उनले परिषद् दाङ शाखाको प्रशंशा व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्ने अन्य वक्ताले एउटै मञ्चमा विभिन्न भाषाका कवितालाई स्थान दिएर नयाँ अभ्यासको थालनी गरिएको भन्दै यस प्रकारको कार्यक्रमले ओझेलमा परेका भाषा, साहित्य र संस्कृतिको विकासमा सहयोग गर्ने बताएका थिए।

वक्ताहरूले नेपालको बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक पहिचान उजागर गर्न कार्यक्रमले सघाएको भन्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। साथै आगामी दिनमा सबै भाषा समेट्दै कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाले भाषा, साहित्य र कला संस्कृतिको विकासका लागि सबै भाषालाई समेट्दै कार्यक्रमहरू गर्न आवश्यक रहेको बताएका थिए।

राप्ती साहित्य परिषद्का केन्द्रीय निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार दीपक शर्मा ‘समिर’, पुरस्कृत व्यक्तित्व प्राज्ञ सदस्य कृष्णराज सर्वहारी, सम्मानित व्यक्तित्व पदमप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य तथा पत्रकार शरद अधिकारी, साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरका अध्यक्ष डिल्लीराज श्रीधर, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च एवम् नागरिक समाज दाङका संयोजक निमबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व कालाकार प्रकाश रेग्मीले गीत गाएका थिए। परिषद्को वार्षिक साधारणसभा समेत रहेको उक्त कार्यक्रममा सचिव घनश्याम केसीले सांगठनिक तथा कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। राप्ती साहित्य परिषद् दाङ शाखा उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए।

]]>
नागरिक Sun, 30 Mar 2025 12:00:55 +0545
<![CDATA[कवि छविरमण सिलवालको ‘डोरम्याट’ कवितासंग्रहकाे परिचर्चा]]> https://nagariknews.nagariknetwork.com/arts/1470188-1743314556.html https://nagariknews.nagariknetwork.com/arts/1470188-1743314556.html

सुनकोसी वाङमय प्रतिष्ठानले कवि तथा सञ्चारकर्मी छविरमण सिलवालको कवितासंग्रह ‘डोरम्याट’ काे परिचर्चा गरेको छ।

उत्पला क्याफे बौद्धमा भएको कार्यक्रममा वरिष्ठ कवि कृष्ण बाउसेले डोरम्याटलाई नेपाली जनताको बिम्बको रूपमा कविता बुनिएको बताए। उनले भने, ‘कृतिमा केही थान सुन्दर पर्या कविताहरू पनि छन्। पर्यावरणीय दृष्टिचेतका कविता हुनु राम्रो हो।’

उनले आगामी संस्करणमा कृतिको आवरण प्रतिकात्मक होस भन्ने सुझाव पनि दिए।

कवि एवं सम्पादक विमल भौकाजीले डोरम्याट आयातित शब्द हो तर यसलाई नेपाली बोलीचाली र भाषा साहित्यले ग्रहण गरिसक्यो भन्दै यो वर्ष पढेका कविता कृतिमध्ये डोरम्याट सरल, सुललित भाषा, सरल बिम्बहरू प्रयोग गरी समसामयिकतालाई ध्यान दिएको कविता कृति भएको बताए।

कवि आरएम डंगोलले कृतिमाथि चर्चा गर्दै सामान्यतया कथ्य एउटै भए पनि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कविको आफ्नै शैली हुने बताए। उनले भने, ‘समकालीन नेपाली कविताको मूलमै लेखिएका कविताहरू भएको बताउँदै कथ्यको हिसावले प्रचलित शैलीमै कविताहरू रहेका छन्।’ उनले कविता लेखन प्रतिक्रियात्मक नहुनु राम्रो भन्दै शीर्षक प्रतिकात्मक हुँदा कविता बलशाली हुने आशय व्यक्त गरे।

कवि तथा साहित्यकार नवराज रिजालले पाठकीय टिप्पणी प्रस्तुत गर्दै भने, ‘कविता जीवनसँग जोडिनुपर्दछ। गलत कुराहरूकाे सपना देखाइ जनताको भावनामा शोषण हुने गरी गलत क्रियालापप्रति कविको व्यंग छ। कविताहरूले परिवर्तन र पहिचानप्रति खवरदारी गरेका छन्।’ उनले अगाडि भने, ‘हरेक कविता जीवनसँग जोडिएको छ।’

कृतिकार एवं सभाध्यक्ष छविरमण सिलवालले लेखकीय मन्तव्य व्यक्त गर्दै समाजका अवयवहरूले कविता कोर्न आफूलाई प्रेरित गरेको बताए। विभिन्न घटनाहरूले प्रभाव पारेर कविता सिर्जना हुने बताउँदै परिष्कृत र परिमार्जित रूपमा ल्याउन आफू तत्पर भएको बताए।

यसअघि कवि विष्णु थापा, विश्व सिग्देल र पूर्णबहादुर श्रेष्ठले कवि सिलवालका कवितासंग्रह डोरम्याटका कविताहरू वाचन गरेका थिए।

होमशंकर बास्तोलाले स्वागत गरेको उक्त कार्यक्रममा केशव पराजुली, बाेधराज पौडेल, लगायतले आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव साहित्यकार प्रदीप सापकोटाले गरेका थिए।मिडिया पार्टनर इखवर नेट डटकम रहेको उक्त कार्यक्रम आफूविरुद्धको आफैंको सहकार्यमा भएको हो।

उक्त डोरम्याट कृति भुँडीपुराण प्रकाशनद्धारा प्रकाशित भएको हो।

]]>
नागरिक Sun, 30 Mar 2025 11:47:36 +0545
<![CDATA[तपाईंहरूको शासन शैलीले नै पुराना राजाको माग बढायो : कलाकार गिरी]]> https://nagariknews.nagariknetwork.com/arts/1470174-1743308008.html https://nagariknews.nagariknetwork.com/arts/1470174-1743308008.html

कलाकार दीपकराज गिरीमाथि राजतन्त्रको समर्थक भएको आरोप छ। केही दिनअघि उनले ३२ जनासँगै राजावादीहरूले गर्ने भनिएको आन्दोलनको समर्थनमा अपिल निकालेको चर्चा चलेको थियो। शुक्रबार हिंसात्मक प्रदर्शन पनि भयो। त्यसपछि आइतबार गिरीले आफ्नो बयान सार्वजनिक गरेका छन्।

उनले लेखेका छन्, ‘सबैभन्दा पहिला म राजावादीहरूको तर्फबाट यहाँहरूलाई नमस्कार गर्छु। २०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के-के उपद्रो गरियो, यहाँ उल्लेख गर्दिनँ। मेरो राजावादी यात्रा ठोस रूपमा २०४६ पछि सुरु भयो। मुलुकमा प्रजातन्त्र आएपछि राजनीति गर्ने रहर जाग्यो। कुन विचार र दल अँगाल्ने भनेर अध्ययन गरें। अन्ततः अहिलेका चर्चित शेरबहादुर “राजा” को पार्टी रोजें। यो क्रममा गाउँ सचिवदेखि नेविसंघ काठमाडौं जिल्ला सदस्यसम्म भएँ। करिब एक दशक शेरबहादुरकै पछि लागें। त्यसपछि मेरो यात्रा राजनीतिबाट कलाकारितातर्फ मोडियो र राजनीतिक क्रियाकलापमा पूर्णविराम लगाएँ। कुनै पनि राजनीतिक गतिविधिमा लागिनँ।’

‘त्यसपछि २०६२/६३ आयो। त्यतिबेला मुलुक संकटमा परेको महसुस भयो। प्रचण्ड “राजा” को क्रान्तिकारी तेजबाट प्रभावित भएँ। उनले र अरू नेताहरूले गरेको आह्वानलाई साथ दिएँ। तत्कालीन राजसत्ताविरुद्ध लेखें, बोलें, हिँडें पनि। त्यतिबेला फेरि एकपटक राजावादी भएँ,’ उनले थपे।

‘त्यसपछि केपी “राजा” को पालो आयो। उनको तार्किक शक्ति र शैलीको फ्यान भएँ। धेरै ठाउँमा उनको तारिफ गरें। चुच्चे नक्साको सवालमा त पटक-पटक उनको समर्थन गरेर राजावादी भएँ। अहिले कुनै दलसँग नजिक नभए पनि आफ्नो लोकतान्त्रिक विचारलाई कहिल्यै मर्न दिएको छैन,’ गिरीले लेखे।

‘अस्तिको कुरा गरौं। आन्दोलनको एक दिनअघि एउटा कल आयो। एउटा बौद्धिक भेला हुँदैछ, जसले हालको राजनीतिक ध्रुवीकरणबारे छलफल गर्नेछ। तपाईंको विचार राख्नुहोला भनियो। त्यहाँ गएँ। आफ्नो स्वभावअनुसार स्पष्ट र सकारात्मक विचार राखें। देशमा समस्या त छ तर प्रचार गरेजस्तो बिग्रिएको पनि छैन भन्ने विचार पोखें। चिया खाएँ र फर्किएँ। भोलिपल्ट बिहान थाहा भयो, म फेरि एकपटक राजावादी भइसकेछु,’ उनले उल्लेख गरे।

‘पछिल्लो समय बालेन आए, निर्वाचनमा उनलाई समर्थन गरें। रवि आए, उनलाई पनि समर्थन गरें। तर यहाँ नयाँ विचार र नयाँ मान्छे आउनासाथ गणतन्त्रलाई पखाला लाग्छ, प्रजातन्त्र खतरामा पर्छ। यहाँ शासन व्यवस्था सञ्चालन गर्ने शैली राम्रो भएन भन्दा त्यो मान्छे गणतन्त्रविरोधी वा राजावादी हुन्छ। तपाईंहरूको अस्वस्थ प्रतिस्पर्धाले नै जनतामा निराशा आएको हो। यहाँ पुराना राजाको माग बढ्नुमा तपाईंहरूकै शासन शैली जिम्मेवार छ,’ उनले जोड दिए।

‘अन्त्यमा, तपाईंहरूले नै राम्ररी राजकाज चलाउनुस्। तपाईंहरूलाई नै राजा मानेको छु र मानिरहन पाऊँ। सधैं राजावादी भइरहन पाऊँ। शुभदिन!’ गिरीले लेखेका छन्।

]]>
नागरिक Sun, 30 Mar 2025 09:58:27 +0545
<![CDATA[सिड्नीमा नेपथ्यको विशाल फड्को दोस्रो शो आज]]> https://nagariknews.nagariknetwork.com/arts/1470160-1743301688.html https://nagariknews.nagariknetwork.com/arts/1470160-1743301688.html

पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ 'होर्डन पभिलियन' मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो।

कन्सर्टका लागि तीन साता अगावै टिकट बिक्री भइसकेको थियो। शनिबार शो सुरु हुनुभन्दा निकै अघि हल खचाखच भइसकेको थियो। जब मञ्चमा कलाकार उपस्थित भए, चर्को आवाज र उफ्राइका साथ दर्शकले स्वागत गरे। उनीहरूका लागि नेपथ्यले पूर्वी नेपालको पदयात्रामा संकलित गीत 'कोशीको पानी' बाट प्रस्तुति थालनी गर्‍यो।

शो दुई घण्टा चलिन्जेलसम्मै सिंगो हल नेपथ्यसँग नाचेको थियो। कुनाकाप्चामा समेत दर्शकका टाउकै टाउका देखिन्थे। भीड व्यवस्थापनमा जताततै सुरक्षाकर्मी खटिएका थिए। कुनै अप्रिय स्थिति ननिम्तियोस् भनेर उनीहरू हरदम चनाखो देखिन्थे।

हलमा कोही सपरिवार थिए, कोही युवकयुवतीको जोडी। गीतैपिच्छे एक अधबैंसे महिला र एक जोडी युवकयुवती कुर्सीबाट उठेर एकले अर्कालाई समात्दै नृत्य गरिरहेका भेटिए।

'आफू तन्नेरी छँदा नेपथ्यको कन्सर्ट असाध्यै मन पर्थ्यो,' छोरा सुशान्त र बुहारी जस्मिनासँग नाच्दै गरेकी सरिता दाहाल भनिरहेकी थिइन्, 'अहिले छोरा बुहारीसँग आउँदा पनि उस्तै रमाइलो लागिरहेको छ।'

काठमाडौँ कोटेश्वरकी सरिता छ महिनापहिले परिवार भेट्न सिड्नी आएकी रहिछन्। 'नेपथ्यको शो झन्डै २८ वर्षपहिले काठमाडौँमै हेरेकी थिएँ,' उनले भनिन्, 'अहिले अस्ट्रेलिया आएको बेला पनि शो हुँदै छ र त्यसमा छोराबुहारी जाँदै छन् भन्ने थाहा पाएपछि म पनि साथ लागेँ।'

आफ्नो समयमा देखेको नेपथ्य र अहिले छोराबुहारीको समयमा हेर्दै गरेको नेपथ्यका बीच धेरै अन्तर आइसकेको उनले बताइन्। 'पहिलेका गीतहरू पनि अहिले सुन्न पाउँदा रमाइलो लागिरहेको छ,' उनले भनिन्, 'तर थुप्रै नयाँ गीत अनि प्रस्तुतिमा नवीनताले अहिलेका युवा पनि उत्तिकै रमाएको देखेँ।'

'होर्डन पभिलियन' हलमा नेपथ्य दोस्रो पटक प्रस्तुत भएको हो। त्यसभन्दा पहिले यहाँकै लुना पार्कमा नेपथ्यको कन्सर्ट आयोजना हुने गरेको थियो। छ वर्षअघि लुना पार्कमा कन्सर्ट आयोजना गर्दा सबै टिकट इन्टरनेटबाटै बिक्री भइदियो। त्यसपछि अझ फराकिलो हल होर्डन पभिलियनमा नेपथ्यले प्रस्तुति दिएको थियो। यसपाला यस हलमा शनिबारका लागि निर्धारित शोमा पनि पहिल्यै टिकट 'सोल्ड आउट' भएपछि शो थपिएको छ। यही हलमै नेपथ्यले आइतबार पनि प्रस्तुति दिनेछ।

'सिड्नीमा लगातार भइरहेको दर्शकको वृद्धिले उत्साहित छौं,' नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, 'यसले आगामी दिनमा अझ आकर्षक योजना बनाउन हामीलाई उत्प्रेरित गरेको छ।'

हरेकपटक एउटा नयाँ मानक उभ्याउने सिड्नीका नेपथ्यप्रेमी सधैँजस्तै शनिबार पनि आफू मात्र रमाएनन्, मञ्चमा प्रस्तुति दिइरहेका कलाकारहरूलाई पनि व्यापक ऊर्जा प्रदान गरिरहे। त्यस्तो गर्नेमा नेपाली अनुहार मात्र थिएनन्।

त्यहाँ आमा जेसिन्टाका साथमा छोरी रुथ र छोराहरू म्याडी अनि ह्याट्रिकको टोली बेग्लै पाराले रमाइरहेका देखिन्थे। घुमफिरमा रमाउने जेसिन्टा तीनपटक नेपाल पुगेकी रहेछिन्। आफ्ना सन्तानलाई पनि एक–एकपटक नेपाल घुमाइसकेकी रहिछन्।

ह्याट्रिक हाल क्यानबेरास्थित 'नेसनल कन्भेन्सन सेन्टर' मा काम गर्दा रहेछन्, जहाँ केही साताअघि नेपथ्यले प्रस्तुति दिएको थियो। त्यो कन्सर्टका बेला ह्याट्रिकले 'फ्रन्ट अफ हाउस अडियो' सम्हालेका थिए।

'कामको सिलसिलामा नेपथ्यको शो हेरेपछि म असाध्यै प्रभावित भएँ,' ह्याट्रिकले भने, 'नेपाल भनेपछि हुरुक्क हुने मेरी आमालाई यो कन्सर्ट सिड्नीमा हुन लागेको सुनाएँ अनि तपाईंले छुटाउन हुँदैन पनि भनेँ।'

छोराको कुरा सुनेपछि आफू यो शो हेर्न तारे सहरदेखि पाँच घण्टा गाडी हाँकेर सिड्नी आइपुगेको जेसिन्टाले बताइन्। 'जीवनमा पहिलोपटक यसरी नेपाली शो हेर्न आइरहँदा छोराछोरीले पनि मलाई पछ्याए,' उनले भनिन्, 'असाध्यै रमाइलो लागिरहेको छ।'

छोरी रुथले भने शोमा आउनुअघि स्पोटिफाईबाट नेपथ्यका केही गीत सुनेको जानकारी गराइन्।

यो कन्सर्टका साथ नेपथ्यले अस्ट्रेलियाकै यस व्यापारिक राजधानीमा सातौंपटक सफलताका साथ आफूलाई उभ्याएको छ। अस्ट्रेलियाभरमै सबैभन्दा बढी नेपाली बसोबास गर्ने सिड्नीमा नेपथ्यले सन् २००९ मा पहिलोपटक प्रस्तुति दिएको थियो।

'नेपालकै पनि सर्वाधिक प्रस्तुत भएको ठाउँको हाराहारीमा उभिने सिड्नी मेरो निम्ति घरजस्तै आत्मीय सहर भइसकेको छ,' नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, 'यो सहरबाट पाउने हौसलाले हामीमा हरेकपटक आत्मबल थप्ने गरेको छ।'

कन्सर्टका बेला अमृतले आफ्ना सन्तानमा पनि नेपाली भाषाको विस्तार गर्न अनि नेपालमा पढ्न नपाएका केटाकेटीको शिक्षामा गच्छेअनुसार थोरै भए पनि योगदान गर्न दर्शकलाई अनुरोध गरेका थिए।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकामा सिड्नीका स्थानीय आयोजक प्रदीप पाठकले सबैप्रति आभार प्रकट गरेका छन्। 'सिड्नीको पहिलो कन्सर्ट भव्य रूपले सम्पन्न भयो,' उनले थपे, 'थोरै समयको तयारीमा घोषणा गरिए पनि आइतबार यसै हलमा आयोजित दोस्रो शोमा पनि उल्लेख्य दर्शक जुट्ने अपेक्षा राखेका छौं।'

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए। कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ।

सिड्नीमा आइतबार प्रस्तुति दिएर ब्यान्ड भोलिपल्टै स्वदेश फर्कने कार्यक्रम छ।

]]>
नागरिक Sun, 30 Mar 2025 08:13:08 +0545
<![CDATA[नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष : सिछुआन-नेपाल व्यापार आदानप्रदान महिना सुरु]]> https://nagariknews.nagariknetwork.com/arts/1470158-1743301204.html https://nagariknews.nagariknetwork.com/arts/1470158-1743301204.html

चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ।

सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो।

त्यस अवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताए।

छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता चीन र नेपालबीचको सामाजिक–सांस्कृतिक आदानप्रदान पनि वृद्धि भएको उनले बताए।

चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा हुने व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानले अझ मजबुत तुल्याएको बताए।

महिनाभरि सञ्चालन हुने सिछुआन शृङ्खलामा सिछुआन प्रान्तका विभिन्न सहरमा स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रमले नेपाल र चीनबीचको सुदृढ सांस्कृतिक, व्यापारिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास महावाणिज्य दूतावासले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्त गरिएको छ। रासस

]]>
नागरिक Sun, 30 Mar 2025 08:05:04 +0545
<![CDATA[‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत]]> https://nagariknews.nagariknetwork.com/arts/1470146-1743297217.html https://nagariknews.nagariknetwork.com/arts/1470146-1743297217.html

सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गरेको पहिलो चलचित्र ‘वसन्त’ आउँदो शुक्रबार अर्थात् चैत २२ मा प्रदर्शन हुँदै छ। गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्रमार्फत आफ्नो भोगाई र विसं २०६० देखि हालसम्मको समाजलाई चित्रण गर्न खोजेका छन्।

विशेषगरी माओवादी द्वन्द्व, वर्गीय र जातीय विभेदका विषयलाई चलचित्रमा समेटिएको सपूतले बताए। 'यो मेरो स्कुल जीवन र त्यो समयको ग्रामीण समाजको चित्रण हो। यस चलचित्रमा मेरो देखाइ, भोगाई र अनुभवलाई समेटेको छु। यसले कुनै विधि वा पद्धतिलाई राम्रो वा नराम्रो देखाउनेभन्दा पनि उक्त समयको एउटा वसन्त नामक पात्रको कथा भनेको छ,' उनले भने।

गायक सपूतले ‘वसन्त’ नामक पात्र आफूसँग धेरै नजिक रहेकाले उक्त पात्रको भोगाइले आफ्नो जीवनको महत्वपूर्ण समय चित्रण गरेको उल्लेख गरे। 'मैले सिर्जना गर्ने कृतिमा समाजकै पात्र र अवस्थालाई चित्रण गर्ने गरेको छु। जे भइरहेको छ, त्यसकै विम्ब चलचित्रमा प्रस्तुत गरेको छु। मेरा गीत झैँ चलचित्रमा पनि आफ्ना भावनालाई प्रस्तुत गरेको छु, गीतको तुलनामा चलचित्रमा ती झनैँ परिपक्क भएर आएका छन्,' उनको भनाइ छ।

सपूतका अनुसार चलचित्रमा एउटा पात्रले लेखक बन्न गरेको सङ्घर्षलाई देखाइएको छ। त्यो सङ्घर्षमा घट्ने घटनाक्रम, सामाजिक परिवेश, वर्गीय विभेद, जातीय अस्तित्वलाई समेटेर सामाजिक चेतनालाई प्रश्न गरिएको छ।

चलचित्रमा उनको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्का छिन्। सपूतले दलित समुदाय र अभिनेत्री खड्काले ब्राह्मण समुदायको पात्रको भूमिका निर्वाह गरेका छन्। अन्तरजातीय मित्रता र प्रेमले निम्त्याउने असरलाई पनि चलचित्रमा देखाइएको अभिनेत्री खड्काले बताइन्।

'मैले बाचेको जीवनभन्दा मैले चलचित्रका लागि निर्वाह गरेको शान्ति शर्मा नामक पात्रको जीवन फरक छ। गाउँ, त्यो समयले ममा भिन्न दृष्टिकोण निर्माण गरेको छ। त्यो परिवेश मेरो लागि नितान्त नयाँ थियो, उक्त पात्रले नयाँ जीवन बाँचेको अनुभूतिसमेत दिएको छ,' उनले भने।

गीतमार्फत आफ्नो अनुभवलाई प्रस्तुत गरिरहेका सपूतले आफ्ना कथा सकिने डर र आफ्नो सिर्जनालाई न्याय गर्न सक्छु भन्ने लागेर निर्देशक बनेको बताए। 'आफैँ निर्देशक र अभिनेता बन्दा सहज त पक्कै भएन तर मेरो भोगाइलाई मैले नै पर्दामा ल्याउनुपर्छ भन्ने लाग्यो किनकि यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो। यसले सामाजिक चेतनालाई प्रश्न गर्दै समतामूलक समाजको कल्पना गरेको छ,' उनले भने।

सपूतले निर्देशन गर्न हतारिएको प्रश्नको सामना गरेका छन् किनकि उनी गीतसङ्गीतमै व्यस्त थिए। केही समयपछि निर्देशनमा आउँदा परिपक्वता बढेता पनि चलचित्रमा उठाइएको विषयसँग नयाँ पुस्तालाई जोड्न समय लाग्ने भएकाले यो समय चलचित्र निर्देशन गर्न उपयुक्त लागेको उनले सुनाए।

'मैले जुन समयको कथा उठाएको छु, त्यहाँ परिवेश देखाउन पनि त्यस बेलाको अवस्थालाई चित्रण गर्नै पर्थ्यो, त्यहि गरेँ। मैले सिर्जनामार्फत समाजलाई गरेको प्रश्न सही छ भने म त्यहाँ डराउनु हुँदैन, मैले एउटा सर्जकका हिसाबले मनबाटै अनुभूति गरेका कुरालाई चलचित्रमा समेटेको छु,' सपूतको कथन छ।

अभिनेत्री खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताइन्। उनले भनिन्, 'गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ। उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ। वर्षौँसम्म सम्झिने पात्र चलचित्रमा निर्वाह गरे जस्तो लागेको छ।'

चलचित्रमा प्रभातपाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन्।

]]>
नागरिक Sun, 30 Mar 2025 06:58:37 +0545
<![CDATA[खर्क]]> https://nagariknews.nagariknetwork.com/arts/1470076-1743233826.html https://nagariknews.nagariknetwork.com/arts/1470076-1743233826.html

देख्नेसुन्ने धेरै यहाँ नक्कले नि धेरै

यताउता गुणगान सुनाउँछु मेरै

बिदेसिने धेरै भए अल्छी पनि धेरै

ठगी खाने लुकी खाने स्वभाव हो मेरै।

पर्खपर्ख जनता हो हक खोज्नु हुन्न

पद-पैसा मात्रै लिन्छु काम छुँदै छुन्न

साथीसँगी हिजो थियौँ आज पालो दिन्नँ

आजीवन रजाइँ गर्छु भकारो छोडिन्न

कस्तो मजा मजै मजा यो राजस्व घिच्न

कर्तव्यको टाउको ठोकी अधिकार खोस्न

म देशको राम्रो मान्छे खानपिउन जान्ने

गैरी फाँट उर्वर खर्क बाँझै राखौं भन्ने।

श्रमशक्ति बिदेस्याउने गाउँ रित्याउने

उत्पादन रोकिदिँदा कमिसन आउने

जनशक्ति बिदेसिए हक माग घट्यो

जति धेरै आयात भो भागबिलो बढ्यो

दुवै हातभरि लड्डू कति मिठो स्वाद

आफ्नै दुनो नसोझ्याई के गर्नु खै राज?

सीमापारि पानी परे छाता ओढ्छु यहाँ

म त साँच्चै बाठो मान्छे लाज मान्छु कहाँ?

कराउने हो सत्ताबाहिर भित्र मोज चैन

घर- बाघ बाहिर म्याउ अर्को रूपै छैन

बोल्न जान्ने ढाँट्न सक्ने सिपकला भाको

यै सिप हो मेरो शक्ति यसैले हो खाको

गणेश र हनुमान दुवै मेरा शक्ति

किन चाहियो कूटनीति किन देशभक्ति

पेट भर्न दिए पुग्छ दालभाते थाली

भाउ मिले स्वाद परे हस्ते लाग्छ थाली।

]]>
डा. छायादत्त न्याैपाने (बगर) Sat, 29 Mar 2025 13:22:06 +0545
<![CDATA[सरोगेसी]]> https://nagariknews.nagariknetwork.com/arts/1470073-1743232148.html https://nagariknews.nagariknetwork.com/arts/1470073-1743232148.html

रमेश र सीताको जोडी भगवानले नै माथिबाट बनाएर पठाए जस्तो थियो। समाजमा उनीहरूको मानइज्जत, धनदौलत केही कुराको पनि कमी थिएन। त्यति भएर पनि उनीहरू दुवैमा घमण्ड कत्ति पनि थिएन। एउटै कुराले उनीहरू दुखी थिए। सन्तानको अभाव।

रमेशले दुई वर्षका लागि कामबाट अर्को शहरमा सरुवा लिएर पत्नी सीतासहित गयो। सन्तान हुनका लागि विविध वैज्ञानिक उपचारहरू पनि गरि नै रहे। नयाँ ठाउँ सरुवा भएको एक वर्षपछि उनीहरूको छोरा जन्मियो। अर्को एक वर्ष त्यहाँ बसेपछि उनीहरू तीन जना पुरानै ठाउँमा फर्किए।

छोरा जन्मिएकोमा नातेदार, टोलछिमेक, साथीभाइ बोलाएर भव्य पार्टी गरे। सबभन्दा खुशी त रमेशकी आमा भएकी थिइन्। रमेश एउटै छोरा। उसकाे छोरा नभए आफ्नो वंश नै नासिन्छ भन्ने सुर्ता उनलाई थियो। ढिलै भए पनि नाति जन्मियो भनेर उनी हर्षित थिइन्। उनीहरू घर फर्किएको केही दिनपछि आमाले एकदिन छोरो एक्लै भएको बेला सोधिन् ‘बाबू, म एउटा कुरा सोध्छु। मैले बुझ्ने गरी नढाँटीकन बताइदिन्छौ?’

सानो छोरा बोकिरहेको रमेशले भन्यो, ‘के कुरा भन्नुस् न। म भनिहाल्छु नि।’

‘हाम्रो यो नाति सरोगेसीबाट जन्मिएको रे भन्ने हल्ला सुनें। त्यसो भनेको के हो?’

]]>
रञ्जुश्री पराजुली Sat, 29 Mar 2025 12:54:08 +0545
<![CDATA[दृष्टिपथ]]> https://nagariknews.nagariknetwork.com/arts/1470069-1743229548.html https://nagariknews.nagariknetwork.com/arts/1470069-1743229548.html

१) दृष्टिपथ

‘रमा, एक कप चिया देऊ न!’ पत्रिका पढिरहेका उनका श्रीमानले आखैँ नउठाई फर्माए।

उनी मोबाइलमा केही पढिरहेकी थिइन्। उनलाई हतारो र चटारो थियो। देशका चर्चित अन्तर्वार्ताकारले लघुकथासम्बन्धी अन्तरवार्ताका लागि केही प्रश्न लेखेर पठाएका रहेछन्। उत्तर लेख्ने क्रममा श्रीमानको कुरा नसुनेझैँ एकोहोरो लेखिरहिन्।

श्रीमान् फतफताउन थाले, ‘पोथी बासे घर बिग्रिन्छ भन्थे, बुढापाकाले! घरव्यवहार भुलेर एकोहोरो लघुकथामा लागेर के पो गर्छु भन्ने सुर होला?’

उनले असन्तोष भावले श्रीमानतिर हेर्दै भनिन्, `हातखुट्टा भएका मान्छेले एक कप चिया पकाएर खान सक्नु हुन्न र मलाई घोचपेच गरिराको?´

बुढीका कुरा सुनेर रन्थनिदै उनले भने, ‘मैले पकाएर खाने भए यो घरमा तेरो के काम? कहिले भात डढाएको छ कहिले तरकारी! लघुकथा भनेपछि यसको सुर पनि कता जान्छ कुन्नि? केके न गरेको भन्ठान्दी हो।’

उनले पनि झोँकै झोकमा जवाफ फर्काइन्, ‘जीवनमा सबैले आआफ्नो रुचिको काम गर्छन्। मैले पनि त्यही गरेर के बिराएँ?’

श्रीमानले झर्किदै भने,`घरकी मूलीलाई घरको पो चिन्ता हुनुपर्छ अनि पो घर स्वर्ग बन्छ।’

‘मूर्खसँग दैव डराउनुपर्छ’ भन्ने सोचेर उनले काम रोकिन्। जसै चिया उम्लिदै थियो। उनका मनमा विगतका ज्वारभाटाहरू उम्लिदै थिए। लेखनमा तगारो, हिँडाइमा तगारो! मन अमिलो भयो तर पनि चियो मीठो पकाएर दिइन्। चिया पिउनुको सट्टा श्रीमान जुरुक्क उठे र उनलाई अँगालोमा बाँधेर भने, `मैले मेरी श्रीमतीलाई चिनिनछु। हार्दिक बधाई छ बुढी!’

उनी तीन छक्क परेर श्रीमान महोदयको अनुहार पढन थालिन्। उनले पत्रिकामा छापिएको एउटा समाचार देखाए।

समाचारपत्रमा उनको फोटोसहित लेखिएको थियो, ‘लघुकथाको सर्वोत्कृष्ट सम्मान, रमा कार्कीलाई प्रदान गरिने!´

२) अन्तर्ध्वनि

‘तिमी शक्तिशाली कि म?’ अप्रत्यासित आवाज उसको कानमा ठोक्कियो।

उत्तर दिनको सट्टा उसले प्रतिप्रश्न गर्‍याे, `तिमी को हौ?’

सन्की पारामा उत्तर आयो, ‘अरे, मलाई चिनेनौ? म विज्ञान र प्रविधि हुँ। संसार जित्ने म एक्लो बृहस्पति हुँ। आज विश्व मेरो शक्तिमा टिकेको छ।’

उसले तर्क गर्‍याे, `चेतनशील र विवेकशील प्राणि मानवभन्दा तिमी कसरी ठूलो भयौ?’

हाँसोको अट्टहासभित्र आवाज घन्कियो, ‘मैले चाहे भने संसारका हर सुखसुविधा र सहजता प्रदान गरेर तिम्रो जीवनलाई स्वर्गसरी बनाउन सक्छु। मलाई जिस्क्यायौ भने पलभरमै तिम्रा शान र सभ्यता सबै निमिट्यान्न पार्न सक्छु।’

ऊ झसङ्ग भएर बिउँझियो। आँखा मिच्यो। घडी हेर्‍याे, रातको २ बजेको रहेछ।

‘हैट! सपना पो रहेछ´ भन्दै फेरि निदाउने प्रयत्न गर्दै थियो।

उसको मस्तिष्कभरि एकनासले कुरा खेलिरह्यो, ‘आखिर ऊ पनि त मानिसकै चेतनाको उपज न हो।’

]]>
लता केसी Sat, 29 Mar 2025 12:10:48 +0545
<![CDATA[मन]]> https://nagariknews.nagariknetwork.com/arts/1470067-1743228429.html https://nagariknews.nagariknetwork.com/arts/1470067-1743228429.html

आमाको नाममा पूजा गरियो। धेरै खुसी भएको छु। कस्तो बत्ती पनि बाल्न नसक्ने म। तिमीले कति सजिलै बत्ती बालेकी, म त हेरेको हेरै भएँ। मक्ख पर्दै मेरो तारिफ गर्दै छ। मभित्रको म खुसी नभएको पनि होइन। केही जवाफ नदिई मुसुक्क मुस्कुराए।

होइन कति डर नभएको भन्या जे पनि गरेकी म त सक्दिन है केही गर्न। म चुपचाप सुनिरहेकी छु। जवाफ दिइन।

सम्बन्धको गाठो बलियो हुँदैछ सुस्तरी।

हामी होटलको कोठामा आयौँ। रातभरिको यात्रामा थाकेका थियौँ। गर्मीमा बसेको उसलाई जाडो भइरहेको थियो।

हेर न, मलाई कति जाडो भइहेको छ। सुटकेस खोलेर ज्याकेट निकाल्नुपर्छ होला। मैले झुकेर आफ्नो ओढ्ने ओढाइदिएँ।

थाकेर लखतरान भए पनि मलाई दाजुभाउजू भेट्नु थियो। तिमी र प्रकाश दाइ मेरा लागि उस्तै हो। म आज जे छु त्यसमा दुवैको महत्त्वपूर्ण योगदान छ। म तिमी र प्रकाश दाइलाई छोड्न सक्दिनँ।

- प्रकाश दाइको किताब नलिई म जान्न नि। तिमी दाजुभाउजू भेटेर कति बजे आउँछ्यौ, बोलिरहेको छ।

एघार बजे आउँछु अनि सँगै खाना खाएर किताब किन्न जाउँला हुन्न? चिन्ता नलिनु न म समयमा आउँछु। उसको प्रश्नको जवाफमा मैले भने, हुन्छ, किन नहुनु म एकछिन आराम गर्छु। तिमी दाजुभाउजूकहाँ पुगेर आउँ। उनले प्रेमले मेरो हातमा हात राखेर भने।

म बेलुकाको कपडा पनि नफेरि म हतारहतार ट्याक्सी चढेर साढे सात बजे दाजुको घरमा गएँ।

एक घण्टाको बाटो ट्याक्सीले साढे एक घण्टा लगायो। ट्राफिक मेरो बसमा थिएन। मलाई देखेर सबै खुसी भए।

खाना खाएर जानु फुपू सानो भदा काँखमा बसेर मलाई फकाउँदै थियो। मनभरिको मायालाई पोको पारेर एक कप चिया पिए। दाजुको आँखाबाट प्रेम तप्पतप्प खसिरहेको थियो।

एक घण्टा पनि नबसी म ट्याक्सी चढे अनि फर्के।

उनको फोन ट्याक्सी चढ्नेबित्तिकै आयो। म हिँडिसकेँ। अब एक घण्टामा आइपुग्छु भनेर राखेँ।

फोन आइरह्यो। उठाएर अब आइपुग्छु। धेरै छैन, सात सय मिटरभन्दा भन्दै दुई घण्टा लाग्यो। सात पटकको फोनमा मलाई त्यो समयमा झर्किएका उनका नमिठा धेरै कुरा सुन्नु परेको छ।

केही गर्न सकेकी थिइन।

म किन मान्छे भएर जन्मे भन्ने लागिरहेको थियो। चरा भएकी भए उडेर पुग्थे। भोक र ढिलो भएको पीडाले रन्थनिएर पुगेँ।

दौडिएर माथि जान लागेकी थिए। उनले रिसाएर भने, तिमीले गर्दा मेरो सबै कुरा चौपट्ट भयो। बेकारमा तिम्रो भर परे। म अघि नै गएर किताब ल्याउँथे।

प्रकाश दाइको आस तिमीले गर्दा पूरा गर्न सकिन। म भोकै छु। किन आउँछु भनेकी? उनी बोलिरहेका थिए। तिमी त खाएर आएकी होला। रिसाइरहेका थिए।

हिजोदेखि लगाएको कपडा फेर्नु थियो तर उनले रिसाएर माथि जान दिएनन्।

म चढेर आएको ट्याक्सीको पैसा नदिएकाले पर्खेर बसेको थियो। फेरि चढेँ। सामान ट्याक्सी ड्राइभरले राखिदियो।

उनी मसँगै आएर सिटमा बसेँ। ट्याक्सी ड्राइभरलाई मैले किताब किन्ने ठाउँको ठेगाना भनेपछि पनि उनी रिसाइरहेका थिए।

म छक्क परेकी छुँ।

मलाई सम्मान गर्छन् भन्ने भ्रम मनबाट हटेपछि मेरो आँखाबाट अनायास आँसु बग्न थाल्यो। भरोसाका कुरा सम्झेँ।

म रोएको देखेर उसले मेरो पासपोर्ट र टिकट मेरो हातमा राखे। मैले समाइन्। मैले नसमाएपछि फेरि आफैले राखे।

आफूले गरेका कर्म सम्झेँ, अनि उनले मलाई गरेको बेवास्ताले बेकार आए भन्ने लागिरहेको थियो। भरोसाको पर्खाल भत्किन समय लागेन्। मलाई पनि अब रिस उठिरहेको छ। मुखमा एउटा कुरा व्यवहार फरक भइरहेको छ।

मनमा उठेको ज्वारभाटा रोक्न सकिन्। बगेको आँसुले धेरै कुरा मनलाई भनिरह्यो।

मनलाई सम्झाउन पटकपटक कोसिस गरेँ तर सकिन। मैले गर्दा ढिलो भएको पनि त थिएन। ट्राफिक जाम हुनु मेरो गल्ती पनि थिएन। नबुझ्न चाहने पुरुषवादी समाजमा जन्मेर म पनि हुर्केकी हो।

ट्याक्सी किताब पसलको एरियामा आएर रोकियो। उनी ट्याक्सीबाट ओर्लेर किताब पसल भएतिर गए।

ट्याक्सी ड्राइभरले मलाई सानो स्वरमा भन्यो। दिदी मन सानो नबनाउनु माया गर्ने मान्छेसँग रिसाउँछ। सर टेन्सनमा हुनुहुन्छ। मैले के भन्ने जवाफ भेटिन्।

चुपचाप बसेको देखेर उसले फेरि भन्यो तपाईहरू एयरपोर्टको समयमा पुग्नुहुन्छ। तर किन हो सर टेन्सनमा हुनुहुन्छ।

मलाई थाहा छ भाइ हामी पुग्छौँ। मेरो गल्ती नै छैन। अब म यो मान्छेसँग बोल्दिनँ भाइ, मलाई पटक्कै नबुझ्ने मान्छेसँग म किन बोल्नु, मैले शान्त भएर भने।

एकछिनपछि उनी हातमा मोटामोटा किताब बोकेर आए। मलाई उसँग बोल्न मन पटक्कै लागेन्।

ट्याक्सी फेरि हुइकियो। एयरपोर्ट पुगेपछि ट्याक्सीबाट सामान उसले ड्राइभरसँग मिलेर निकाल्न थाल्दा मैले ब्यागबाट पन्ध्र सय निकालेर ड्राइभरलाई दिएँ।

विमानस्थलमा पुगेपछि मैले सुटकेस खोले। एकजोर कुर्थासुरवाल झिकेँ। सुटकेस र अरू ब्याग चुपचाप उनका अगाडि छोडेर बाथरुममा गए। बाथरुममा गएर कुर्थासुरवाल लगाए कपाल मिलाए। ब्यागमा भएको लिपिस्टिक लगाएर बाहिर आए।

भारी मन लिएर छोडेर आएको मान्छेको छेउमा गए। मेरो हातको सामान ब्यागमा राखेँ। हामी अन्तरार्ष्ट्रिय विमानस्थलमा पसिसकेका थियौँ। सबै चेकजाँच सकियो।

अब हातमा सानो लेडिज पर्स मात्र थियो। प्रतीक्षा गर्ने ठाउँमा पुग्नु अगाडि मैले सोचेँ। जोसँग हिँड्नु छ उसैसँग नबोलेर सम्भव हुँदैन होला। मलाई केही सामान किन्नु छ। मैले भने।

फर्क पछाडि मलाई भोक लागेको छ केही खानुपर्छ। मलाई बल्ल ख्याल आयो म पनि त भोकै छु नि।

म पनि त भोकै छु नि, मैले भारी आवाजमा भने।

हो नि काली, तिमी रिसाएर ठुस्स परेपछि मेरो भोक हरायो।

हामीले खानेकुरासँगै क्याटवरी चकलेट किन्यौँ। मैले उसलाई भाँचेर सानो सानो टुक्रा दिँदै गए। टुक्रा पारेर खान दिएको चक्लेटले मनको तितो बगाएर गुलियो बनाउँदै छ।

हामीले एउटा चक्लेट सकेपछि मैले भने। यता आउनुस तपाईंलाई कपडा हेर्न लैजान्छु। उनी मसँगसँगै आए।

मैले छानिदिएको सर्ट र बेल्ट हेरे। निलो सर्ट लगाउन मैले कर गरेँ। उनले लगाएर ऐना हेरे। कति राम्रो देखियो है।

मन पर्‍याे मेरो प्रश्नमा फिस्स हाँसेर भने भो यो धेरै महँगो छ। तीस हजारको सर्ट र पन्ध्र हजारको पेटी म लिन्न।

मेरो पचास हजारको एउट र तीस हजारको चार वटा सारी छ। तपाईं किन आफूलाई लिनु हुन्न। कहिलेकहीँ लगाउनुपर्छ मन सानो नपारी किन्नुस्। उनले किन्ने मन नगरेपछि मैले सम्झाउँदै भने। फेरि मैले जिद्दी गरेपछि किने। कपडाको झोला उनको हातमा दिएर भने यो मेरो होइन। हस म्याम भनेर मजाले हाँसे।

हामी गेट नं ४ मा पुग्यौँ। मैले फेरि पैसा मागेँ। उनले पर्स खोलेर मतिर बढाए। मैले सात सय झिकेर क्यान्टिङमा आएँ। दुई कप चिया र एक बोतल पानी किने फिर्ता चालिस रुपियाँ पर्समा राखेँ। मेरो हातको चिया हातमा लिएर उनले मेरो अनुहारमा हेर्दै भने, ‘कहाँ भेट्यौ चिया। कति मिठो।’

अघिको रिस कता गयो? मेरो प्रश्नमा खुसी हुँदै भन्यो- छोड न यार तिमी पनि।

मैले दबाएर राखेको मनभित्रको ज्वालाले उचालिन खोज्दै भन्यो तेरो तुलना अब प्रकाश दाइसँग हुँदैन। उसले फेरि हेप्छ। अनि भन्छ म तिम्रो सहयोग नभएको भए सफलताको शिखर चढ्दिन थिए।

तिमीसँगै बसे पनि अब म मेरो टाउकोमा चढेर उक्लिने खुड्किलो बन्ने छैन। आफ्नो मुटुमा अर्को खाल्टो खन्ने छैन न त म तिम्रो साधन बन्छु न साधना।

]]>
ममता मृदुल Sat, 29 Mar 2025 11:52:09 +0545
<![CDATA[न्याउरी मारी पछुताे]]> https://nagariknews.nagariknetwork.com/arts/1470064-1743226704.html https://nagariknews.nagariknetwork.com/arts/1470064-1743226704.html

एकादेशमा एउटा घरमा न्याउरी मुसो थियो। आफ्नो बच्चालाई न्याउरीको जिम्मा लगाएर घरका दम्पती मेलापात गए। साँझ फर्किंदा न्याउरीको मुख रगताम्मे देखे। उनीहरूले न्याउरीले बच्चा मारेको ठानेर हतार हतार रिसले चुर भई न्याउरीलाई मारे। जब उनीहरू कोठाभित्र छिरे, बच्चा त आनन्दले खेलिरहेको थियो। भुइँमा टुक्राटुक्रा परेर मरेको सर्प देखेपछि मात्र उनीहरूलाई वास्तविकता थाहा भयो– न्याउरीले त बच्चालाई जोगाउन सर्पलाई मारेको रहेछ। अब पछुताउनुको अर्थ थिएन।

न्याउरीको महत्त्व

यो कथा सत्य हो वा कल्पना, तर न्याउरीको भूमिका वैज्ञानिक रूपमा महत्त्वपूर्ण छ। न्याउरी विशेषगरी मुसा नियन्त्रणमा प्रभावकारी हुन्छ। यसले अन्नबाली जोगाउने मात्र होइन, घर र वरपर सफा राख्न पनि मद्दत गर्छ। अझ रोचक कुरा, न्याउरीले सर्पसँग लड्ने क्षमता राख्छ। विषालु सर्पलाई भगाउने वा मार्ने हुनाले अप्रत्यक्ष रूपमा मानव जीवन सुरक्षित राख्छ।

तर, हाम्रो समाजमा न्याउरीलाई हेर्ने दृष्टिकोण सधैं सकारात्मक छैन। कतिपयले अझै पनि न्याउरीले बाटो काटे साइत पर्दैन भन्ने धारणा राख्छन्। यही गलत सोचका कारण धेरै ठाउँमा न्याउरीहरू अनावश्यक रूपमा मारिन्छन्। तर जब मुसाको बिगबिगी बढ्छ, न्याउरी मार्ने मानिसहरू पश्चात्ताप गर्छन्। त्यति बेलासम्म धेरै ढिला भइसकेको हुन्छ। यही परिवेशबाट ‘न्याउरी मारी पछुतो’ भन्ने उखान जन्मिएको हो।

कथाबाट सिक्ने शिक्षा

यस कथाले हामीलाई गहिरो पाठ दिन्छ– जसको मूल्याङ्कन हामीले बेलैमा गर्न सक्दैनौं, त्यसलाई गुमाएपछि पछुताउनुको कुनै अर्थ रहँदैन। चाहे त्यो कुनै जीव होस्, व्यक्तिको योगदान होस्, वा कुनै अवसर। समयमै बुझ्न सकिएन भने पछि गुमाउनुपर्छ।

त्यसैले, निर्णय गर्ने बेला धैर्य, विवेक र सूचनाको सही प्रयोग आवश्यक हुन्छ। गत शनिबार, मैले लाजिम्पाटस्थित रानीबारी सामुदायिक वनमा न्याउरीको तस्बिर खिच्दै थिएँ, यही कथा मेरो मनमा आयो। आखिर, प्रकृतिले दिएका प्रत्येक जीवको आफ्नै महत्त्व छ। आवश्यक छ त केवल हामीले त्यसलाई बुझ्ने, मूल्याङ्कन गर्ने र सम्मान गर्ने !

]]>
सुप्रदीप्त न्यौपाने Sat, 29 Mar 2025 11:23:23 +0545
<![CDATA[अधुरो मुहारचित्र]]> https://nagariknews.nagariknetwork.com/arts/1470061-1743224535.html https://nagariknews.nagariknetwork.com/arts/1470061-1743224535.html

‘सानी !’ उनी मलाई पुलुक्क हेर्छिन्।

‘तिमीलाई कस्तो छ ?’ म सकी नसकी सोध्छु।

‘ठिकै छ साहेब,’ उनी सासैले मात्रै बोल्छिन्।

‘तिमीलाई केही हुन्न, म छु नि !’ म उनको सुकिसकेको हात समातेर भन्छु।

उनको हातको हड्डीले मलाई मुटुमै घोचिरहेको भान हुन्छ। उनको हात समात्नु त मेरो कल्पना मात्रै थियो बस्।

उनी आँखा चिम्लिन्छिन्। म उनको मुहार हेर्छु। निधारमा रातो टीका खुलिरहेको थियो। मुटु चिसो भयो। ‘साहेब, हाम्रो छुट्टिने समय आएको जस्तो छ। सपनाहरू बिग्रिएका छन् आजकाल,’ सानीले बिस्तारै भनिन्।

‘नहुने कुरा नगर है सानी,’ घाँटीमा अल्झियो शब्द। सानीका आँखाबाट खसेका आँसुले मेरा हातगोडा थरर काँपे।

‘खाली मन कमजोर बनाएकी छिन्, यसो सम्झाइदिनुपर्‍यो र सर। हजुरको कुरा पक्कै काट्दिनन् सानीले,’ सानीका श्रीमान् हातमा तातो चियाको कप बोकेर क्याबिनमा पसे। सानी अलिकति हाँसिन्, म सम्हालिएर बसँे।

‘मन कमजोर बनायो भने त रोगले च्याप्ने हो, तिमीलाई केही हुन्न सानी,’ म बिस्तारै भन्छु।

‘सर, चिया लिऊँ न,’ उनका श्रीमान्ले मेराअघि चियाको कप राखिदिँदै भने।

चियाबाट बाफ उडिरहेको थियोे, बाफसँगै मेरो मन पनि उडिरह्यो। ‘तिमीलाई केही खान मन छ ?’ सानीलाई श्रीमान्ले सोध्छन्। ‘नाइँ’ भन्दै टाउको हल्लाउँछिन्। म सानीलाई नियाल्छु, मुखभित्रको चिया घाँटीबाट निलिँदैन। तातो चियाले मुख पोलिरहन्छ।

म यताउता गर्छु। सानी निदाएकी छन् तर उनको परेलीमा आँसु रसाएको छ। ‘सधैंभरि हाँसिरहने सानीले हाँस्न भुलेको पनि धेरै भइसकेको छ सर। सँगै मेरो नि हाँसो हराएको छ,’ उनका श्रीमान् बिस्तारै बोल्छन्।

‘बिस्तारै ठिक हुन्छ उनलाई। कस्ता कस्ता रोग लागेर त मान्छे ठिक भएका छन्। अलि सानीलाई सम्झाउनुपर्छ। केही पिर नगर्नुस् हामी छौं नि सर !’ म सानीका श्रीमान्को हात समातेर सान्त्वना दिन्छु।

म अफिस फर्कनुपर्ने हुन्छ। सानीको मुहार हेर्छु, आँखा त्यसै रसाउँछ। सानीका श्रीमान्सँग बिदा मागेर आफ्नो अफिस फर्कन्छु।

सादा पानामा पेन्सिलले कोरिरहन्छु। एक्कासी ठुल्ठुला आँखा आकार आउँछ। मिलेका परेली अनि अव्यक्त प्रेम बोलिरहेका आँखा! अनायासै कोरिन्छ ठुलो निधार अनि निधारमा रातो टीका। सुन्दर मुहारमा छरपस्ट भएका ती मुलायम केशराशि। उनको त्यो ठुलो निधारमा गहिरो चुम्बन गर्न मन लाग्छ हटाएर केशराशि तर बिचैमा कोरिन्छ सिउँदो अनि सिउँदो भरिएर छरिएको सिन्दूर।

झसङ्ङ हुन्छु। एक्कासी त्यो उनको सिउँदोको हकदार भएको निर्दोष मान्छेप्रति आरिस लाग्छ। आफैंप्रति, समयप्रति बेसरी गुनासो लाग्छ। सानीको कोरिएको अधुरो तस्बिर पूरा गर्न हात थरर काँप्छन्। टेबलमा राखेको रेडियो सेट (नेपाल प्रहरीको आन्तरिक सञ्चार सेट)को सिग्नल बज्छ, आँखा त्यसै रसाउँछ।

म नर्भिक अस्पतालको क्याबिन नं. ७ मा छु। केही समयदेखि मेरी प्रिय लेखक सानी बिरामी छन्। ‘सानी, तिमीलाई कहाँ जान मन छ?’

उनको झरेर सिद्धिन लागेको केशराशि यसो मिलाइदिँदै सोध्छु। ‘मलाई साँझ वसन्तपुर पुगेर चिया खान मन छ,’ उनी बिस्तारै बोल्छिन्।

‘तिमी चाँडै निको हुने अनि जाने है त?’ सानी टाउको हल्लाउँछिन्। ‘उठेर बस्छ्यौ?’

‘अँ’को भावमा फेरि टाउको हल्लाउँछिन्। म उनलाई सिरानी तानेर सजिलोसँग बसाइदिन्छु। सानीको कपाल अनुहारमा छरिएको देखेपछि मलाई चन्द्रमालाई ग्रहण लागे जस्तो लाग्छ। ‘कपाल मिलाइदिन्छु है,’ भन्दै म उनको कपाल मिलाइदिन्छु। मेरा हातका औंलामा सानीको कपाल उखेलिएर आउँछ, म हत्तपत्त लुकाउँछु।

‘साहेब, कपाल झरेर सिद्धिन लाग्यो है?’

‘छैन,’ म उनलाई सान्त्वना दिँदै भन्छु। उनी अँध्यारो अनुहार लगाउँछिन्। सधैंभरि रातो टीकाले खुलेको निधार आज खाली थियोे। उनको खाली निधारमा रातो टीका लगाइदिन मन लाग्छ। ‘तिमीलाई रातो टीकाले बेसरी सुहाउँछ मेरी प्रिय लेखक’ भन्न मन लाग्छ तर सक्दिनँ।

अस्पतालमा उनका पाठक, शुभचिन्तक भेट्न आउँदा सबैसँग उस्तै निश्चल र प्रेमिल सम्बन्ध। म सानीलाई नै हेरिरहन्छु। आँखा उनकै सिन्दुर लतपतिएको सिउँदोमा अडिरहन्छन्। बिस्तारै आँखा पुग्छन् भर्खरै औषधीको झोला राखेर उनको छेउमा निराश भई बसिरहेका उनका श्रीमान्मा।

यस्तैमा नर्स आएर औषधी ल्याउने नयाँ चिट समातेर भनिन्, ‘बिरामीको भिजिटर को हुनुहुन्छ ?’

‘हजुर म,’ सानीका श्रीमान् कुर्सीबाट उठ्दै भन्छन्।

‘यो औषधी ल्याउनुहोला,’ यति भनेर उनी अर्को कोठातर्फ लागिन्। सानीका श्रीमान् सानीलाई एकैछिन हेरिदिन आग्रह गर्दै फार्मेसीतिर लागे।

म सानीको नजिकै उभिरहन्छु। ‘बस्नु न साहेब,’ उनी अलिकति हाँस्न खोज्दै भन्छिन्। म थपक्क उनीअगाडिको कुर्सीमा बस्छु।

‘साहेब, अब हाम्रो छुट्ने समय भएको होला,’ सानीले अक्सिजन मास्क हटाएर बिस्तारै भनिन्।

‘नहुने कुरा नगर है सानी ! रोग कसलाई लाग्दैन? बिस्तारै सबै ठिक हुन्छ,’ मैले उनलाई सान्त्वना दिँदै भने। उनले आँखा चिम्लिन्, आँसुका थोपा त्यसै खसे उनका आँखाबाट।

‘तिमी नै नभए म कसरी बाँचौला, कसरी हाँसौला !’ भन्न मन थियो तर सकिनँ। केही समय बसेपछि म आफ्नो अफिस फर्कन्छु। सादा पानामा कोरिएको उनको अधुरो चित्र हेर्छु, कताकता हृदयमा हिमपहिरो खसेजस्तै हुन्छ।

उनको र मेरो भेट एक संयोग थियोे, शब्द र सम्मानले गराएको। उनी सबैले मन पराएकी कथाकार, उनको कथाको पात्र म नै हुँ जस्तो लाग्ने। ‘बारुदको धुवाँमा’ कथा पढेपछि मैले सानीलाई चिनेको। कथाको पात्रमा ठ्याक्कै मैले आफूलाई नै पाएको थिएँ। छोटो कपाल, ठुलो निधार, सिनिक्क परेको नाक, पातलो ओठ, ओठमाथि अलि अलि राखेको जुँगा अनि चिउँडाको कोठी भएको त्यो कथाको पात्र र म। आफूलाई ऐनामा हेर्छु। कस्तो हुबहु वर्णन गरेकी? उनको कथाको पात्र र मेरो शारीरिक बनावट, पेसा सबै मिलेको थियोे। म कथा पढेर अचम्मित बनेको थिएँ।

‘नागरिक दैनिक’मा प्रायः जसो शनिबार उनको कथा प्रकाशित हुने गर्थ्याे। त्यहीं कथा पढेपछि उनका अन्य कृति खोजीखोजी पढेर उनको जबर्जस्त फ्यान बनेको थिएँ।

म उनको शब्द मायाजालमा परिसकेको थिएँ। प्रत्येक शनिबार उनकै कथाको प्रतीक्षामा बित्ने गर्थ्याे। उनका शब्द सँगसँगै म उनीबारे उत्सुक बनेको थिएँ। उनी अनिवार्य भेट्नैपर्ने व्यक्ति भित्र परिन्। म उनको खोजतलासमा लागें। अन्ततः फेसबुकमा उनको आइडी फेला पार्न सफल भएँँ।

बिस्तारै उनको शब्द सँगसँगै म उनीप्रतिको मोहमा चुर्लुम्म डुबेँ। शब्दको महासागरमा गहिरिएर अब पौडनै नसक्ने भइसकेको थिएँ। बिस्तारै हामीमा आत्मीय बढ्दै गयो। पहिला कथाको पात्रलाई अहिले मलाई भन्थिन्, कति प्रिय लाग्थ्यो उनको सम्बोधन ‘साहेब’।

अस्पतालमा उनका पाठक, शुभचिन्तक भेट्न आउँछन्। सबैसँग उस्तै निश्चल र प्रेमिल सम्बन्ध। म सानीलाई नै हेरिरहन्छु। आँखा उनकै भरिएको सिउँदोमा मात्रै अडिरहन्छन्। म उनीसँग बिदा मागेर अफिस फर्कन्छु।

उनको तस्बिर हेरिरहन्छु। ‘साँच्चै भनेको, तिम्रो माया बेहद लाग्छ। हरपल सम्झन्छु। बतास बनेर जाऊँ अनि बेसरी छातीमा टाँसूँ, तिम्रो कपाल हल्का बाटेर चुल्ठोअगाडि लर्काइदिऊँ, निधारमा रातो टीका थपिदिऊँ। तर, तिम्रो तस्बिर हेर्छु, असम्भव रहेछ। तिम्रो सिउँदोमा हाम्रा सीमारेखा कोरिएका रहेछन्।

‘सानी, तिमीलाई छुनु छैन, पाउनु छैन। तिमी र मबिचको लक्ष्मणरेखा पनि थाहा छ। तिम्रो भौतिक उपस्थितिको मलाई लालच पटक्कै छैन,’ मन बोलिरहन्छ।

म उनको मुहारचित्र कोरिरहन्छु। फुर्सद त छैन तर पनि समय निकाल्छु उनका लागि, पूरा गर्न नसकेको उनको अधुरो मुहार चित्रका लागि।

सानीको मुटुको भल्भको अपरेसन सफल भएको छ। अब उनी धेरै ठिक भइसकेकी छन्। ‘अब फेरि लेख्न सक्छु नि साहेब,’ उनले हिजो हाँस्दै भनेपछि मलाई पनि ढुक्क भएको थियो। अब मैले उनलाई फेरि देख्न पाउँथेँ, बोल्न पाउँथेँ, सबैभन्दा ठुलो कुरा उनका कथा पढ्न पाउँथेँ। मलाई उनको शब्दसँग बेहद प्रेम छ।

‘अब एउटा कथासङ्ग्रह निकाल्नुपर्ला साहेब,’ सानीले एउटा रहर मेरा सामु राखेकी थिइन्। मलाई खुसी लाग्यो, उनले मलाई आफ्नो सम्झेकीमा। ‘मैले केही सहयोग गर्न सक्छु भने भन है,’ मैले उनलाई भनेँ।

‘हवस्’ उनले टाउको हल्लाइन् स्वीकृतिमा। म उनको साथमा बसेर एक कप ग्रिन टी पिएर फर्केको थिएँ। सानी र उनका श्रीमान् इलाम फर्कने तयारी गर्दै थिए। मन तितो बनाएर मैले बिदा गर्नैपर्थ्याे। सानीका श्रीमान्ले मप्रति आभार व्यक्त गरिसकेका थिए। म उनीहरूसँग बिदा मागेर अफिस फर्किएँ भोलि एयरपोर्टमा भेट्ने बाचासहित।

सानी इलाम फर्केपछि मलाई काठमाडौं शून्य लाग्यो। पटकपटक म नर्भिक अस्पतालअगाडि पुगेँ सानीको झल्को मेटाउन तर किन किन उनको झल्को पटक्कै मेटिएन। परपर हेरिरहँदा उनको निधारको रातो टीका भएको सुन्दर मुहारचित्र कोरिन्थ्यो अनि उनले झट्ट ‘साहेब’ भनेजस्तो लागिरहन्थ्यो।

म किन यसरी बहकिएको छु? आफैंलाई प्रश्न गर्छु। जवाफ पटक्कै पाउँदिनँ। साँझबिहान फुर्सद हुनसाथ सुन्धारा पुगेर टोलाउन मन लाग्छ। किनकिन रातभरि छटपटी भइरह्यो, निन्द्रा पर्दै परेन। यसो झ्यालबाट बाहिर हेर्छु झलमल्ल काठमाडौं, फेरि आँखा चिम्लन्छु त्यही रातो टीका लगाएकी सानीको मुहार मुसुक्क हाँसिरहेको देख्छु। कस्तो बेचैनी?

आँखा झिमिक्क नगरी रात बित्यो। म अल्छी मान्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयको क्वाटरबाट निस्कन्छु। रत्नपार्क, टुँडीखेल, सुन्धारा हुँदै सहिदगेट एक फन्को लगाउँछु। क्वाटरमा पुगेर बसेपछि सहयोगी भाइले चिया टेबलमा राखिदियो। म चिया पिउँदै फेसबुक खोल्छु।

‘बिर्तामोड–चारआली सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी साहित्यकार सानीको मृत्यु’

हात थरर काँपे। सानी नाम भएका यो दुनियामा कति छन् कति मान्छे ! मनलाई सान्त्वना दिएँ। मोबाइलमा नोटिफिकेसनको घण्टी बज्यो। हत्तपत्त हेरेँ, कसैले सानीलाई ट्याग गरेर सानीकै तस्बिर हालेर लेखेको रहेछ– हार्दिक श्रद्धाञ्जली सानी !

म बसेको धर्ती फाट्यो, आकाश खस्यो, मुटु फुट्यो। ‘सानी !’ स्तब्ध भएँ म। हत्तपत्त उनले लेखेका किताब हेर्छु। हातमा लिन्छु। हात थरर काँप्छन्। लल्याकलुलुक हुन्छु। हातबाट किताबहरू खस्छन्। म धुरुधुरु रुन्छु। घाँटीमा केही अड्केर सास फेर्न गाह्रो भएजस्तो लाग्छ। दुवै हातले छाती बेसरी अँठ्याउँछु। मुटुमा सानी दुखिरहन्छिन्। ‘सर, मलाई एक्लै बनाएर गई नि पापिनी !’

सानीका श्रीमान् आँखा पुछ्दै मेराअघि बोलिरहेका थिए। ‘सायदै भगवान्लाई यही मर्जी थियो होला सर !’ म सकिनसकी बोलिरहेको थिएँ। ‘भगवान्लाई पनि राम्रै मान्छे चाहिन्छ क्यारे !’

उनी सास लिँदै बोल्छन् अनि अर्कातिर फर्केर आँखा पुछ्छन्।

सानीको हाँसिरहेको तस्बिरमा माला चढाइएको थियो। दियो बलिरहेको थियोे तस्बिरअगाडि। धूपको सुगन्धले वातावरण झन् विरहलाग्दो बनाएको थियो। म एकोहोरो सानीको तस्बिरमा हेरिरहन्छु, आँखाबाट नचाहँदा नचाहँदै आँसु खस्छन्। टेबलभरि समवेदना लेखिएका सानीका तस्बिर लहरै राखिएका थिए। त्यो लहरमा मैले पनि एउटा तस्बिर राखेँ, धूप सल्काएँ, फूल चढाएँ। उनको तस्बिरलाई मेरो आँसु चढाएँ। उनी तस्बिरमा उसैगरी हाँसिरहेकी थिइन्।

‘मसँग केही रहेन सर। मेरो त दुनिया उजाडियो !’ सानीका श्रीमान् पीडा पोखिरहेका थिए। मसँग पनि अब कहिल्यै पूरा हुन नसक्ने सानीको अधुरो मुहारचित्र मात्रै थियोे। सिमसिम पानी परेजस्तै हुस्सु लागेको इलाम अनि सानीको गाढा सम्झना दुवैले मलाई बेसरी रुझाएको थिए, रुवाएका थिए। म मन तितो बनाएर सानीका आफन्तहरूसँग बिदा मागेर काठमाडौं फर्कने तयारीमा लाग्छु।

इलामे हुस्सुले मलाई घर्लप्पै अँगाल्छ सानीका यादहरूले झैं। मलाई झापा, चन्द्रगढी एयरपोर्टसम्म पुर्‍याउन सानीकै आफन्त एक जना भाइले मोटरसाइकल ठिक पार्छन्।

‘सरलाई कन्यामको सिरेटो लाग्छ, एउटा टोपी भए हुन्थ्यो,’ कोही भनिरहेको थियो। म चुपचाप उभिरहन्छु। टोपी नभेटेपछि एउटा पछ्यौरी लिएर मेरा अगाडि उभिन्छन् सानीका श्रीमान्। म पुलुक्क उनको अनुहारमा नियाल्छु। ‘सानीलाई काठमाडौंमा बिरामी हुँदा कोही शुभचिन्तकले ल्याइदिनुभएको थियो।’

सानीका श्रीमान्ले पछ्यौरी मलाई गलामा राखिदिँदै बोले। हिरिक्क भयो मुटु। बोल्न सकिनँ। गला अवरुद्ध भयो।

‘अस्पतालमा तपाईंले लगाउनुभएको गुनको सधैं कुरा गर्थिन् सानी। तपाईंको कुरा गरिरहन्थिन् सर !’ सानीका श्रीमान्ले मेरो चिसो हात समातेर भनिरहेका थिए। मलाई उसको काँधमा टाउको राखेर क्वाँ क्वाँ रुन मन लाग्छ तर सक्दिनँ। एकअर्कालाई मौन भाषामा सम्झाइरहेका थिए आँखाले। म सानीका श्रीमान्लाई रुँदै गरेको अवस्थामा छोडेर मोटरसाइकल चढेँ।

सानीको खरानी रङको पछ्यौरीले टाउको छोपेँ। मोटरसाइकल इलामे हुस्सुसँग हात मिलाउँदै झापातर्फ लाग्यो। म मुटु रित्तो बनाएर फर्किरहेको थिएँ, आँखाबाट आँसु खसिरहेको थियो। इलामे सिरेटोले पनि सेलाउन नसक्ने गरी मुटुमा आगो बलिरहेको थियो। म सानीका अनगिन्ती सम्झना लिएर फर्कंदै थिएँ।

म खाली मन लिएर अफिसबाट भिज्दै सुन्धाराको आकाशे पुलमा उभिएर धरोहरा हेरिरहन्छु। पानी परिरहेको छ, म भिजिरहेको छु।

मानिसहरू छाता ओढेर पुलमा हिँडिरहेका छन्। कसै कसैलाई म त्यसरी मुसलधारे पानीमा भिज्दै उभिएको देखेपछि अनौठो लाग्दो रहेछ क्यारे, मलाई पुलुक्क हेर्छन् अनि नमिठो अनुहार बनाएर आफ्नो गन्तव्यतर्फ लाग्छन् हतार हतार।

म गन्तव्य हराएको मान्छे कहाँ पुग्नु छ र ? त्यहाँ उभिइरहँदा, धरोहरा देखिरहँदा मलाई सानीको यादले बेसरी अँठ्यायो। आँखाबाट बरर आँसु खसे तर म रोएको कसैले देखेनन्, कसैले छुट्याउन सकेनन् परिरहेको पानी र मेरो आँसुलाई। म पूरै भिजिसकेको थिएँ। यसो फर्केर हेर्छु, सानी कलेजी रंगको सारी लगाएर मुसुमुसु हारेर उभिरहेकी छिन् जस्तो लाग्छ।

उनी प्रगतिशीलहरूको साहित्यिक कार्यक्रममा सहभागी हुन इलामबाट काठमाडौं आएकी थिइन्। त्यही मौकामा मैले उनलाई भेटेको थिएँ। बल्लबल्ल उनको समय मलाई मिलेको थियोे त्यस दिन। उनी पनि मलाई भेट्न चाहन्थिन् त? सोधूँला भन्थेँ तर अब यो प्रश्नको जवाफ कहिल्यै मिल्ने छैन।

पहिलोपटक उनलाई देख्नेबित्तिकै आफ्नोपनको आभास भएको थियो। उनका ठुलाठुला आँखा, ठुलो निधारमा रातो टीका, लामो कपाल, मिलेका दन्तलहर, मिलेको शरीर, लामा खिरिला हातका औंला। मुटुभित्र बसेकी थिइन् उनी। आफूलाई मनपर्ने लेखकलाई आफ्नो अगाडि पाउँदा मन बेचैन भएको थियो।

मनमनै उनी मेरो नजिक थिइन् तर म उनको सिन्दूर लतपतिएको सिउँदोमा पुगेर भित्ताबाट खसेर फुटेको ऐनाझैँ झर्‍याम्म फुटेको थिएँ। अझ आत्मीयता, आदर, सम्मान झन् बढ्दै गयो। ‘हेप्पी एनिभर्सरी सानी’ धरहरा हेरेर मैले भनेँ। हिरिक्क भयो मुटु।

म रोइरहेको थिएँ। आँखैअगाडि उनी हाँसिरहेकी छिन् जस्तो लाग्यो। बिहानैदेखि मौसम खराब थियो। पानी परिरहेको थियोे। बिजुली चम्केर आकाश गर्जिरहेको थियो।

‘साहेब! यसरी किन भिज्या? ज्वरो आउँछ यो बेमौसमी झरीले!’ नजिकै आएर सानीले भनेजस्तो लाग्यो। सानीको भौतिक अवशेष अब यो दुनियामा छैन भन्ने सोचाइ झट्ट दिमागमा आयो। हातगोडा फतक्क गले।

पानी झन्-झन् बढ्दै गयो। म भिजिरहेँ।

]]>
तारा राई ‘अनमोल’ Sat, 29 Mar 2025 10:47:14 +0545
<![CDATA[घोडेजात्राको आदिम गाथा]]> https://nagariknews.nagariknetwork.com/arts/1470047-1743218392.html https://nagariknews.nagariknetwork.com/arts/1470047-1743218392.html

चाडपर्वले आआफ्नै किसिमको महत्त्व बोकेर आएका हुन्छन्। घोडेजात्रा काठमाडौंमा मनाइने पर्व हो। घोडेजात्राको इतिहास काठमाडौं उपत्यकामा बसोबास गर्ने समुदायको जनविश्वासमा आधारित छ। यस जात्रामा गरिब कृषकले पनि जंगबहादुरको घोडा किन्छ भन्ने कथन आएको छ। नेपाली सेनाले घोडेजात्रामा घोडा दौडलगायतका कार्यक्रम गर्दै आएको देखिन्छ।

पुरानो संस्कृति बोकेको घोडेजात्रा प्रत्येक वर्ष चैत कृष्ण औंसीका दिन मनाइन्छ। यो जात्रा विशेष गरी टुँडिखेलमा आयोजना गरिन्छ। सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्त्व बोकेको यो पर्वको मुख्य आकर्षण नेपाली सेनाद्वारा टुँडिखेलमा गराइने घोडा दौड हो।

घोडेजात्रामा नेपाली सेनाका घोडचढी फौजले विशेष प्रस्तुति दिन्छन्। त्यस सन्दर्भमा विभिन्न प्रतिस्पर्धात्मक खेलसमेत आयोजना गरिन्छ। घोडेजात्राको इतिहास मल्लकाल तथा लिच्छवि कालसम्म लम्बिन्छ। यो जात्रा काठमाडौँ उपत्यकाको सुरक्षासँग पनि जोडिएको छ।

नेपाली सेनाले यो जात्रालाई राजकीय परम्पराका रूपमा राजा वा राष्ट्रप्रमुखको उपस्थितिमा मनाउन थालेको शाह वंशको सुरुवाती काल (प्रशासकीय रूपमा पृथ्वीनारायण शाहको पालादेखि) भएको अनुमान गरिन्छ। नेपालमा आधिकारिक रूपमा घोडचढी पल्टन तत्कालीन राजा सुरेन्द्रवीर विक्रम शाहको राज्यकाल र जंगबहादुर राणाको प्रधानमन्त्रीत्व काल अर्थात् १९०६ साल मंसिर ७ गतेबाट सुरु गरेको देखिन्छ।

हाल नेपाल बंैक लिमिटेड रहेको भूगोल पार्कमा ‘रिसल्ला पल्टन’ घोडा तबेला स्थापना गरिएको थियो। त्यस रिसल्ला पल्टनले १९११ सालदेखि १९१२ सालसम्मको नेपाल तिब्बत युद्धमा भाग लिएको थियो। त्यसपछि हाल ट्राफिक प्रहरी प्रधान कार्यालय रहेको बग्गीखानामा रिसल्ला पल्टन राखियो।

२००९ सालमा भएको नेपाली सेनाको पुनर्गठनपश्चात् रिसल्ला पल्टनको नाम ‘किंग्स हाउस होल्ड क्याभलरी’ राखियो। सो नामलाई परिमार्जन गर्दै २०६५ साल जेठ २३ गतेबाट ‘नेपाल क्याभलरी’ नामकरण गरियो। सिंहदरबारमा अवस्थित नेपाल क्याभलरी २०७४ वैशाख १३ गतेबाट नारायणहिटी ब्यारेकमा सारिएको छ।

सैनिक मञ्च, टुडिखेलमा मनाइने घोडेजात्रा समारोहमा जीवित कुमारी भवानीबाट समेत अवलोकन गर्ने परम्परा छ। नेपाल क्याभलरीबाट घोडा पठाई जीवित देवी कुमारीलाई कुमारीघर नै पुगी आमन्त्रण गर्ने परम्परा छ।

पाहाँ चःहे्रको अवसरमा भद्रकालीमा हुने पूजा तथा घोडेजात्रा नजर गर्ने जीवित कुमारीलाई भद्रकाली मन्दिरमा श्री शार्दूलजंग गुल्म र भद्रकाली गुठीबाट विधिपूर्वक पूजा र इन्फिल्डनाल हतियारबाट बढाइँपश्चात् घोडेजात्रा कार्यक्रम सुरु हुने प्रचलन रहेको छ।

घोडेजात्राको दिन दिउँसो टुँडिखेलमा घोडा र घोडसवारको कलाकौशल प्रदर्शनी सुरु हुन्छ। कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन हुन्छन्। घोडे जात्रा हेर्न राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई टुँडिखेलमा डाँक्ने गरिन्छ।

कुनै दिन काठमाडौंवासीमा मात्र सीमित यो जात्राले अहिले राष्ट्रिय महत्त्व पाउन थालेको छ। घोडेजात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ। विश्वमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर २०७६ सालमा भने घोडेजात्रा स्थगित गरिएको थियो। अपवादबाहेक प्रत्येक वर्ष नै घोडेजात्रा हुँदै आएको छ।

घोडेजात्रा किन मनाइन्छ?

परापूर्वकालमा टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा (टुण्डी) नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरू खाइदिने गर्थ्याे। यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नका लागि अनेक उपाय खोज्न थाले। त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चिएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडेजात्रा मनाउने परम्पराको सुरुवात भएको किंवदन्ती रहेको छ।

अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ। यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउन सक्ने भनाइ छ। साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी घोडेजात्राकै दिनको रात्रिकालमा त्यही रुखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ।

अर्कातर्फ प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने मान्यता छ। त्यही आधारमा अघिल्लो दिन चैत कृष्ण औंसीमा अश्व यात्रा गरेर अर्थात् घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ।

नेवार समुदायको संस्कृति

घोडेजात्राको अघिल्लो दिन मनाइने पाहाँ चःह्रे नेवार समुदायको ठुलो चाड हो। यस दिन लुकु महादेवको धुमधामसँग पूजा गरिन्छ। नाचगान, बाजागाजा र परम्परागत भेषभुषामा नेवार समुदायले यस पर्वलाई उल्लासमय वातावरणमा मनाउँछन्।

यस दिन काठमाडौंको टुँडिखेल नजिकै रहेका लुकु महादेव वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ। यिनै लुकु महादेवलाई पिशाच चतुर्दशीका दिन जमिनमुनिबाट झिकी मद्यमांस आदि तामसी भोग चढाइन्छ।

यस भोगमा छ्यापी, लसुनजस्ता उत्तेजक भोजनको प्राचुर्य हुन्छ भन्ने किंवदन्ती छ। यो जात्रामा विशेष गरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवार समुदायमा कायमै छ। असनको अन्नपूर्ण मन्दिरछेउमा खट जुधाउने चलन छ।

चर्तुदशीको दिन साँझ अजिमाका प्रतिमाहरूलाई सहर परिक्रमा गराउने चलन पनि छ। पाहाँ चःह्रेको उपलक्ष्यमा भोलिपल्ट घोडेजात्राका दिन विवाहित छोरी र दिदीबहिनीहरूलाई माइतमा बोलाउने र नखत्या भोज खुवाउने चलन छ। त्यस दिन टुँडिखेलमा घोडा दगुराउने जात्राका साथै अरू विभिन्न अजिमाहरूको खटजात्रा हुन्छ।

यो चाड तीन दिनको भए पनि अन्तिम दिन अर्थात् चैत शुक्ल पक्षको दिन अजिमाका खटहरू सहरमा परिक्रमा गराई ६ वटा गल्लीबाट ल्याई असन चोकमा सात वटा खट घुमाउने कामलाई सप्त मातृकाको आपसमा ढोगभेट भएको पनि भनिन्छ।

उपत्यकाका तीन जिल्लामा घोडेजात्रा

मल्ल राजा जयप्रकाश मल्लको पालामा यो जात्रा विशेष रूपमा अघि बढेको पाइन्छ। काठमाडौंमा मल्ल राज्य भएको बेला टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा रहेको थियो र काठमाडौं तथा ललितपुरका मल्लराजाबिच विवाद परेर प्रतिस्पर्धीका रूपमा ललितपुरको बालकुमारीमा पनि एकल घोडाको एउटा आँखा छोपेर दौडाई घोडेजात्रा परम्परा बसालेको मान्यता छ। यसबाट ललितपुरवासी घोडेजात्रा हेर्नका लागि काठमाडौंसम्म पुग्न नपरोस् मन्ने उद्देश्य थियो।

ललितपुरको यो जात्रा नेपाल संवत् ७७७ देखि चलेको हुनसक्ने स्थानीयवासीको अनुमान छ। पाटनको बालकुमारी क्षेत्रमा घोडेजात्राका दिन स्थानीय घोडालाई मदिरा खुवाएर चढ्ने चलन पनि थियो। यसरी मदिराको नसामा रहेका घोडा हिँडेको अनि कुदेको हेरेर रमाइलो मान्ने चलन छ। ललितपुरको घोडेजात्राका लागि नारायणहिटी ब्यारेक हाताभित्र रहेको नेपाल क्याभलरीबाट नै एउटा घोडा लैजाने गरिन्छ।

ललितपुरको बुङमतीमा पनि घोडेजात्राको दिन कृत्रिम घोडा बनाई घोडेजात्रा मनाइन्छ। यता, भक्तपुरको पचपन्न झ्याले दरबार परिसरमा सिँगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ। हाल घोडे जात्रा काठमाडौंमा मात्रै सीमित नरहेर राष्ट्रिय महŒव बोकेको जात्राका रूपमा देशभर मनाउने गरिन्छ।

घोडेजात्राको दिन भद्रकाली, लुमडी, नीलबाराही, कंकेश्वरी अजिमा र भैरवहरूको प्रतिमालाई उठाएर असन चोकमा ल्याइन्छ। घोडेजात्राको दिन मात्र सबै भैरव प्रतिमाहरूले एकअर्कालाई भेट्छन्। टुँडिखेलमा सेनाले घोडेजात्रा बढाइँ गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सीजस्ता तरकारीको बिउ रोप्ने चलन पनि कायमै छ।

घोडाको महिमा

महाभारत युद्ध होस् वा नेपोलियन बोनापार्टको घोडसवार फौज मस्कोसम्म पुगेको इतिहास होस्, अलेक्जेन्डरले युरोपबाट एसियासम्म गरेको विजय होस् वा भारतीय वीर राजा मानिने महाराणाप्रतावले ‘चेतक’ नामको घोडामा सवार भई मुगल फौजविरुद्ध हमला गरेको इतिहास होस्, घोडाको प्रयोग भएको पाइन्छ। नेपाल–अंग्रेजयुद्ध, नेपाल–भोट युद्ध, प्रथम र द्वितीय विश्वयुद्धमा भाग लिएको नेपाली सेनाको इतिहासमा पनि घोडाहरूको प्रयोग गरिएको पाइन्छ।

वैदिक सनातन संस्कारमा घोडा अर्थात् ‘अश्व’लाई अत्यन्त महŒवपूर्ण जीवका रूपमा लिइएको छ। वैदिक संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ ‘अश्वमेघ यज्ञ’ हो, जसमा सयौंको संख्यामा घोडालाई स्वतन्त्र छाडिन्छ। ती घोडा जहाँसम्म पुग्छन्, त्यहाँ शान्ति, सौहार्द र आनन्द रहने विश्वास गरिन्छ।

‘वेग भक्ति सेवा’ आदर्श वाक्य रहेको नारायणहिटी ब्यारेक हाताभित्रको नेपाल क्याभलरीमा २५ वटा बग्गी घोडा, ६७ वटा राइजिङ घोडा र २२ वटा पोनी घोडा गरी विभिन्न जातका एक सय ४४ घोडाघोडी छन्।

विगतमा अस्ट्रेलिया, स्पेन, भारत र पाकिस्तानबाट विभिन्न प्रजातिका घोडाघोडीहरू आयात गरिन्थ्यो भने हाल ९० प्रतिशतभन्दा बढी घोडा चितवनस्थित इक्वाइन बृडिङ सेन्टरबाट नै उत्पादन गरी प्रयोग गर्दै आइरहेको छ। सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ।

विगतको जात्रा

पहिला घोडेजात्रा आजका रूपमा हुँदैनथ्यो। तबेलाबाट घोडा ल्याएर मत्याई दौडाइने गरिन्थ्यो र राजाहरूले भद्रकाली दर्शन गर्ने प्रथा थियो। दर्शन गर्न जाँदा राजा घोडामा जाने गर्थे। राजाका पछिपछि मन्त्रीहरू र दरबारियाहरूको ताँती छुट्थ्यो। राजाको दर्शनयात्राको शोभा हेर्न टुँडिखेलमा जनता भेला हुन्थे। यसरी राजाको घोडेजात्राले पछि गएर औपचारिक घोडेजात्राको रूप लिएको अनुमान गर्न सकिन्छ। यस जात्राको पहिलाको रूप पाटनस्थित बालकुमारीको चौरमा अहिले पनि देख्न पाइन्छ।

]]>
ईश्वरी सुवेदी Sat, 29 Mar 2025 09:04:52 +0545
<![CDATA[डर]]> https://nagariknews.nagariknetwork.com/arts/1470042-1743216631.html https://nagariknews.nagariknetwork.com/arts/1470042-1743216631.html

डरैडरको गोरेटोमा जिन्दगी हिँड्ने रहेछ। कहिलेकाहीं डर शासक हामी शासित जस्तो लाग्छ। डररूपी शासकले हामीलाई अनेक अवतार वरण गरेर सधैं शासन गरिरहन्छ। डर रोग, गरिबी, शिक्षा, खानपान, इज्जत, परिवार, सम्बन्धजस्ता अनेक आवरणमा अवतरण गर्छ र हामीमाथि निर्मम शासन जमाउँछ।

रोगको डर, मृत्युको डर, भुतको डर, चोरको डर, हार्नुको डर, श्रीमतीको डर, असफलताको डर, अस्वीकृतिको डर, असुरक्षाको डर, उचाइको डर, भविष्यको डर, समाजले के भन्छ भन्ने डर। कुकुर, बिराला, किरा, भ्यागुतालाई मान्छेले पाल्छ। यी जन्तुलाई प्रेमिल वातावरण दिने बेलासम्म डरको पारो अलि न्यून भएको महसुस हुन्छ। प्रेमिल वातावरण सधैँ रहँदैन। प्रेमिल वातावरणको अभाव हुनासाथ यी सबै एकअर्काका शत्रु बन्छन्। डरको पारो उच्च भइहाल्छ। त्यसपछि त सर्पलाई देखेर मान्छे डराउँछ, मान्छेलाई देखेर सर्प डराउँछ। कुकुर मान्छे देख्दा तर्सेर भाग्छ, मान्छे कुकुर देख्नासाथ डराउन थाल्छ। यस्तै छ डरको सन्तुलन !

त्यति सजिलै बुझ्न सकिने चिज रहेनछ डर। मेरो सानैदेखिको एउटा कमजोरी– डराउनुपर्ने कुरामा नडराउने, नडराउनुपर्ने कुरामा डराउने। पुरानो काठको भर्‍याङ चढेर गाउँले घरको माथिल्लो तला (आँटी)मा जानुपथ्र्यो। आँटीमा काठको अप्ठ्यारो भर्‍याङ चढेर जानुपथ्यो, धान, मकै, घिउ, चिनी, प्याज, लसुन, आलु, पाकेका काँक्रा–फर्सी, डोका–थुन्से, मौरीको घारलगायत सबै सामान राखिन्थ्यो। तल्लो तलामा आगोमा खाना पकाउने हुनाले आँटी ध्वाँसे हुन्थ्यो। हजुरआमाले आँटीमा डरलाग्दी आँटीबुढी बस्छे, जानुहुँदैन भन्नुहुन्थ्यो। आँटीमा एक्लै जाँदा मलाई सधैँ आँटीबुढीको डर लाग्यो। त्यतिबेला मनमा बसेकी आँटीबुढी आजसम्म पनि निस्केकी छैन। आजसमेत घरको आँटीमा जाँदा झल्यास्स आँटीबुढीको याद आउँछ, डरले आङ सिरिङ्ङ हुन्छ।

यतिबेला मनमा अनेक प्रवृत्तिका डरका स्मृति आइरहेका छन्। पोखरामा एक साथीको डरको प्रवृत्ति देख्दा म चकित हुन्थेँ। ऊ सर्प देख्नासाथ हातले नै समात्न जान्थ्यो। तर, भित्तामा कहीं माकुरा हिँडेको देख्यो भने डरले कोठामा नै छिर्दैनथ्यो। अर्को एक साथीको डरको प्रकृति भिन्न थियो। ऊ गाउँमा रुख चढ्न माहिर थियो।

बाँसको टुप्पामा पुगेर घाँस झाथ्र्यो। खल्लुको रुखको टुप्पामा पुगेर दाना टिप्थ्यो। तर, उसलाई लिफ्ट चढ्न निकै डर लाग्थ्यो। साँघुरा गल्लीमा हिँड्नै मान्दैनथ्यो डराएर। उसको डर उकुसमुकुस वा साँघुरो ठाउँमा थियो। अर्को एक साथीको डरको प्रकृति फेरि भिन्नै थियो। ऊ कुनै एक राजनीतिक दलको साहसी कार्यकर्ता थियो। ऊ मान्छेसँग कहिल्यै डराएन। लडभिडमा पनि सधैँ अगाडि सर्ने। कतिपटक त ऊ अन्य राजनीतिक दलको कार्यक्रम बिथोल्न हजारौं मान्छेबिच गएर दुःसाहसपूर्ण बबन्डर समेत मच्याएको थियो। ऊसँग म कैयौं रात सँगै सुतेको छु। रमाइलो कुरा, ऊ बत्ती निभाएर अँध्यारोमा सुत्न भने निकै डराउँथ्यो। म बत्ती ननिभाई सुत्नै नसक्ने, ऊ बत्ती निभाएर सुत्नै नसक्ने। दिउँसो अजिब साहस भएको मान्छे राति किन यसरी डराउँछ भन्ने कुरा मैले अहिले पनि बुझ्न सकेको छैन।

सन् २००४ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता अस्ट्रियाकी नारीवादी लेखिका अल्फ्रिडे जेलनिक पुरस्कार सम्मान कार्यक्रममा सहभागी भइनन्। उनी भिडबाट निकै हडबडाउँथिन्। वास्तवमा उनी सामाजिक डरको सिकार थिइन्। उनी लेखनमा सिद्धहस्त थिइन्, तर अरूको अगाडि बोल्न भनेपछि डरको भुत तत्कालै सवार हुन्थ्यो।

भन्नेजस्तो व्यवहार हुँदैन। सिकाउन सजिलो हुन्छ, व्यवहारमा सोही कुरा परिपालन गर्न कठिन हुन्छ। २०७२ वैशाख २९ गते पुनः ठुलो भूकम्प गयो। त्यतिबेला भूगर्वविद्ले भूकम्पबाट कसरी बच्ने भनेर प्रशिक्षण दिइरहेका रहेछन्। भूकम्प आउनासाथ पाँचौं तलाबाट हाम फाल्दा उनै विद्वान् प्रशिक्षकको मृत्यु भएको समाचार हामीले पढेका थियौं। डरले मान्छेको विद्वता, नियम सबै खारेज गरिदिँदो रहेछ।

एक कैदीको कथा हामी सबैले सुनेकै छौं। भोलि ठिक १२ बजे विष खुवाएर मारिँदैछ भनेपछि रातभरि बेचैन भएको कैदीलाई ठिक त्यही समयमा एक गिलास पानी दिइयो। उसले त्यो पानी पियो र मर्‍यो। परीक्षणमा शरीरभरि विष फैलिएको पाइयो। यसले वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खान्छ भन्ने उखान चरितार्थ गर्छ। डरका यस्ता अजिबका दृष्टान्त अनेक छन्।

मलाई गाडीको लामो यात्रा गर्नु छ भने दुई दिन अगाडिदेखि नै मुखमा अमिलो पानी आउन थाल्छ, रिँगटा लागेजस्तो हुन्छ। आज नै गाडी चढ्नु त छैन, फेरि आजैदेखि किन गाडी लाउँछ ? डरले मस्तिस्क र शरीरमा अजिब प्रभाव पार्दो रहेछ। खाना नरुच्ने, टोलाउने, टाउको दुख्ने, शरीर काम्ने, मुटु हल्लेजस्तो हुने, बर्बराउने, हतास हुने, छिटो रिस उठ्ने जस्ता समस्या देखियो भने उसमा कुनै कुराको डर छ भन्ने अनुमान लगाउन सकिने रहेछ।

वैज्ञानिक तथ्यले यस सम्बन्धमा के भन्छ, थाहा छैन तर अनुभवले यस्तै बताउँछ। डराएको मान्छेले तिललाई पहाड र पहाडलाई तिल बनाउन थाल्छ। हरेक काम जति अप्ठ्यारो छ भन्ने अनुमान गरिन्छ, यथार्थमा अनुमानित अप्ठ्यारोभन्दा काम सजिलो नै हुन्छ। परीक्षा दिनुभन्दा पहिला हामी जति डराउँछौं, परीक्षा सुरु भएपछि त्यति डर लाग्दैन। किनभने हामीले कामलाई व्यवहारमै प्रयोग गर्न थालिसकेका हुन्छौं। डररूपी शासक हाम्रो घरमा निमन्त्रणापछि आउँछ कि बिनानिम्तो आउँछ? डर जीवनफूल फुलाउन आउँछ कि जीवनफूल चुँड्न आउँछ? डरको स्थायी बसोबास कहाँ हो र कुन बाटो हुँदै आइपुग्छ ? डररूपी शासक हाम्रो मनभित्र छिर्ने ढोका कुन हो, आँखा, मुख, नाक, कान वा छाला ? हामीलाई थाहा छैन डर कसरी आउँछ, कुन बाटो भएर आउँछ तर हाम्रो मनमा डरको सवार भइ नै रहन्छ।

प्लेटो भन्छन्– ‘अन्धकारसँग डराउने बालकलाई सजिलै क्षमा दिन सकिन्छ तर वास्तविक जीवनको त्रास त्यो हो जो उज्यालोसँग डराउँछ।’

नेल्सन मन्डेला भन्छन्– ‘साहस भनेको डरको अनुपस्थिति होइन, डरमाथिको विजय हो। जसले डरको महसुस गर्दैन, त्यो मानिस बहादुर होइन, जसले डरलाई जित्छ, त्यो बहादुर हो।’

हाम्रो मनमा प्रश्न उठ्छ– डर हानिकारक छ कि फाइदाजनक ? के हामी डराउनु नै हुँदैन त ? डराएर जितिने ठाउँ अनेक छन्। साहसी छु, डराउँदिन भन्दै हामी अनैतिक काम गर्न अगाडि सर्नु वाञ्छनीय हुँदैन। बलात्कार, चोरी, ठगी जस्ता कुकर्म गर्न मान्छे डराउनैपर्छ।

यस्ता कर्ममा साहस देखाउन थाल्यो भने त्यही साहसीपनले उसको जिन्दगी बरबाद पारिदिन्छ। मधुमेयका बिरामीलाई जेरी खान मन लाग्यो भन्दैमा नडराइकन पेटभरि जेरी खान मिल्छ त ? शरीरलाई शुभ नहुने खाना खान डराएकै राम्रो। डरले मान्छेलाई अनैतिक, अपराधी, ठग बन्नबाट जोगाउँछ। त्यसैले उचित ठाउँमा डराउनु नै पर्छ।

यो गन्थनको निष्कर्ष हो– सदुपयोग गर्‍यौं भने डर अमृत बन्छ, दुरूपयोग गरे विष। ठिक बाटो भएर पदार्पण गर्‍यो भने डर सद्गन्तव्यमा पुग्छ, गलत मार्गमार्फत आएको छ भने डरले सबैलाई दुर्घटनामा पुर्‍याउँछ। डर बहुरङ्गी हुन्छ। समय, परिस्थिति, चरित्र, स्थान र मनस्थितिअनुरूप डरले आफ्नो रङ बदल्छ। रङ बुझेर डरलाई दाउन जान्नुपर्छ। परिस्थितिअनुरूप डरलाई स्वीकार्न पनि जान्नुपर्छ, डरलाई तर्साउन पनि जान्नुपर्छ।

डरबाट बच्न यसलाई प्रतिरोध नगरी स्विकारेर तर्कसंगत विश्लेषण गर्दै उपयोग गर्नुपर्छ। मनमनै गीताको वचन पनि महसुस गर्नुपर्छ– जे भयो राम्रै भयो, जे हुँदै छ राम्रै हुँदै छ र जे हुनेछ राम्रै हुनेछ। हामीमा उत्पन्न हुने सबैभन्दा ठुलो डर आखिर मृत्यु नै हो। परिस्थितिअनुरूप मृत्युलाई समेत स्वीकार गर्ने मन पालौं त, अन्य सहायक डरको मात्रा आफै कम भएर जान्छ। कुनै पनि कुरालाई अति गम्भीर रूपले नसोचौं, बरु त्यसरी सोच्ने समयमा काम गरौं। कर्मसँगै डर कम भएर जान्छ। राम्रोसँग र सावधानीपूर्वक गरिएका कामले आफैंलाई डरमुक्त बनाउँछन्। महान् प्रयासहरूमा हार पनि गर्विलो हुन्छ। त्यसैले हार्नदेखि नडराऔं। कैयौं डरका घर भत्काउन एउटै साहसिक पाइला पनि पर्याप्त हुन्छ।

]]>
दिलीप ढकाल Sat, 29 Mar 2025 08:35:31 +0545
<![CDATA[उत्कृष्ट दशमा पुग्नेलाई पनि तीन–तीन लाख पुरस्कार दिने घोषणा]]> https://nagariknews.nagariknetwork.com/arts/1469906-1743144447.html https://nagariknews.nagariknetwork.com/arts/1469906-1743144447.html

मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको टप १० मा पुग्ने हरेक प्रतिभालाई तीन–तीन लाख रुपैंया पुरस्कार दिने घोषणा गरिएको छ ।

नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्ने कार्यमा उल्लेख्य योगदान पुर्‍याएकोमा गायन र नृत्य विद्यालयका शिक्षक शिक्षिकाको अन्तर्क्रिया कार्यक्रममा इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले सो घोषणा गरेका हुन् ।

विश्वभरका नेपाली जातिका १२०–१२० प्रतिभाका बिच अन्तिम प्रतिष्पर्धा हुने यी दुबै शोहरुमा टप १० सम्म पुग्ने प्रतिभा नेपाली समुदायका लागि सम्मानित व्यक्तित्व बनिसक्ने हुँदा उनीहरुलाई सम्मान गर्न हरेकलाई तीन–तीन लाख रुपैंयाले पुरस्कृत गर्ने निर्णय गरिएको अधिकारीले जानकारी दिए ।

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को काठमाडौं अडिसनको पूर्व सन्ध्यामा बिहीबार साँझ काठमाडौंमा सो कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली संस्कृतिको पुस्तान्तरणमा गायन र नृत्यका प्रशिक्षण केन्द्रहरू तथा विद्यालयहरूले उल्लेख्य योगदान गरेको सन्दर्भलाई उल्लेख गर्दै आयोजक संस्था इन्ट्रा फाउन्डेसनका अध्यक्ष अधिकारीले सांस्कृतिक राष्ट्रवादलाई मुलुकको सीमाले बाँध्न नसक्ने उल्लेख गरे।

नेपाली संस्कृतिमाथि विदेशी अतिक्रमणको क्रम तीव्र भएको सन्दर्भ उल्लेख गर्दै उनले आफ्‌नो माटोको सुगन्धसहितको मौलिक संस्कृतिलाई भावी पुस्ताहरूमा पुर्‍याउने अभियानले नेपाली जातिको सांस्कृतिक राष्ट्रवाद अझ मजबुत हुने धारणा राखे । आफू भुटानमा जन्मेर आफ्‌नै पितृ भूमि नेपालमा १७ वर्षसम्म शरणार्थी शिविरमा कष्टकर जीवन बिताउनु परे पनि नेपाली जातिको पहिचान अझ सशक्त बनाउन र संस्कृतिका माध्यमबाट नेपाली जातिलाई एकताबद्ध बनाउन आफ्‌नो संस्थाले गायन र नृत्यका दुई रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सञ्चालन गरिरहेको बताए ।

नेपाली संस्कृतिका प्रतिभाहरू जन्माउने र उनीहरुलाई प्रशिक्षित गरी तिखार्ने अभियानमा लाग्नु हुने सम्पूर्ण प्रशिक्षकहरूमा अभार व्यक्त गर्दै यो पुनित कार्यमा राज्यले साथ सहयोग निरन्तर दिनु पर्ने उनको धारणा थियो । नेपाली संस्कृतिको पुस्तान्तरणका लागि इन्ट्रा फाउण्डेसनले अमेरिकाका सात वटा शहरहरुमा नेपाली लोक, शास्त्रीय सङ्गीत र नृत्यका कक्षाहरू अनवरतरुपमा सञ्चालन गरिरहेको र ती कक्षाहरूका ११ सयभन्दा बढी नेपाली मूलका बालबालिकाहरू अध्ययनरत रहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानका उपकुलपति शम्भु राईले नेपाली संस्कृतिको जगेर्नाका लागि फाउण्डेसनले गरेको योगदान उल्लेख्य रहेको बताए । आफूहरूले पनि यसरी नै गर्ने सोचाइ बनाएको भए पनि विविध कारणले यो हालसम्म सम्भव नभएको बताउँदै आफूले कमाएको सम्पत्ति नेपाली कला, संस्कृतिको विकासका लागि लगाउने फाउन्डेसनको कार्यप्रति आफूले नमन गर्न चाहेको सुनाए ।

यी दुबै शोले विश्वभरका नेपाली जातिका प्रतिभाहरुलाई एक ठाउँमा ल्याउने उद्देश्य राखेको छ । कार्यक्रममा दिइएको जानकारीअनुसार, अमेरिका, बेलायत, पोर्चुगल, अस्ट्रेलिया, जापान, हंगकंग, थाइल्याण्ड, दुवाई, कतार, सिलगुडी, मुम्बई, पोखरा, नेपालगन्ज, बिर्तामोडलगायतका ठाउँहरूमा दुबै शोका अडिसनहरू सम्पन्न भइसकेका छन् ।

फाउन्डेसनका नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीको सभापतित्वमा सम्पन्न भएको सो अन्तरक्रियात्मक कार्यक्रममा फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराई विश्वका विभिन्न स्थानमा भएका अडिसनहरूमा संसारका ६० भन्दा बढी देशमा बसोबास गर्ने नेपाली जातिका प्रतिभाहरूले सहभागिता जनाएको जानकारी दिएका थिए।

नेपाल टेलिभिजनबाट प्रसारण हुने दुबै शोहरुको काठमाडौं अडिसन यही चैत्र १६ र १७ गते सामाखुसीस्थित नवोदित कलेजमा हुने र त्यसबाट छनौट भएपछि संसारभरका विभिन्न देशहरूबाट आउनेसमेत १२० जना गायनमा र १२० जना नृत्यका प्रतिभाहरूले टेलिभिजनमा प्रदर्शन हुने प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।

कार्यक्रममा सहभागी गायन र नृत्यका प्रशिक्षकहरूका तर्फबाट नृत्य निर्देशक संघका अध्यक्ष वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ र महेश गोदारले विश्वमा छरिएका नेपाली प्रतिभाहरुलाई नेपालसँग जोड्ने उद्देश्यमा दुवै रियालिटी सोहरूलाई सफलता मिलोस् भन्ने कामना गरेका थिए । उनीहरुले नृत्य र गायन सिकेर पढेर आफ्‌नो जातिका लागि ठूलो प्लेटफर्ममा पुग्न पाइने आशालाई साकार पार्न यी दुई सोहरूले योगदान दिएकोमा खुसी व्यक्त गरेका थिए ।

दुबै शोका विजेताहरूले एक एक करोड पुरस्कार पाउने छन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउने छन् । यसबाहेक समूह नृत्य प्रतिष्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले ५ लाख पाउने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

]]>
नागरिक Fri, 28 Mar 2025 12:32:27 +0545
<![CDATA[जेठ २३ गतेदेखि ‘जन्ते बाख्रो’ फिल्म प्रदर्शन]]> https://nagariknews.nagariknetwork.com/arts/1469869-1743125619.html https://nagariknews.nagariknetwork.com/arts/1469869-1743125619.html

अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘जन्ते बाख्रो’ को फर्स्लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। सार्वजनिक पोस्टर मार्फत सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शनमा जानकारी दिइएको हो। यो मितिमा अहिलेसम्म अन्य कुनै पनि सिनेमाले प्रदर्शन मिति घोषणा गरेका छैनन्।

हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा उनीहरूलाई हेरिरहेका छन्। उनीहरूको बीचमा चस्मा लगाएको बाख्रीलाई देखाइएको छ। निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रूपमा चित्रण गर्न खोजेको बुझिन्छ। सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित छ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण सिनेमामा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय रहनेछ।

मुइन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ। प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन्।

सिनेमा हरि हुमागाईको डिओपी, उत्तम हुमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन छ। टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स स्वंयम निर्माण कम्पनी मुइन इन्टरटेनमेन्टले नै राखेको छ।

]]>
नागरिक Fri, 28 Mar 2025 07:18:39 +0545
<![CDATA[अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ : कलाकार आचार्य]]> https://nagariknews.nagariknetwork.com/arts/1469864-1743123379.html https://nagariknews.nagariknetwork.com/arts/1469864-1743123379.html

कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ। तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा प्रस्तुत गर्दै आइरहेका छन्।

६७ वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई उनले गम्भीरतापूर्वक लिन्छन् र नयाँ कलाकारझैँ मेहनत गरेर आफ्नो कर्म गर्छन्। हालै आयोजना गरिएको एक अन्तरक्रियामा अभिनेता आचार्यले अनुशासनले सफलतालाई दीर्घायु बनाउने बताए।

उनले भने, 'चलचित्रमा अभिनय गर्दा होस् वा प्रहसन गर्दा अहिले पनि मेरो मुटु ढुकढुक हुन्छ, मनमा डर उत्पन्न हुन्छ। त्यो डर भनेको मेरा लागि अनुशासन हो। त्यसले मलाई मेहनत गर्न प्रेरित गर्छ, त्यही कारण मेरो कलाकारिताको यात्रा यहाँसम्म आइपुगेको होजस्तो लाग्छ।'

स्वास्थ शरीर, शान्त मानसिक अवस्थासँगै आफ्नो सोच ३७ वर्षको युवाजस्तो भएका कारण काम गर्ने ऊर्जा उनलाई प्राप्त हुन्छ। नकारात्मकता आफूमा रहन नदिएकै कारण उनले गर्ने कर्मले कलाकारितासँगै समाजमा एउटा स्थान बनाएको छ। उनीसँगै मह जोडीका म अर्थात् मदनकृष्ण श्रेष्ठ कलाकारितासँगै सामाजिक रूपमा समेत उच्च स्थान बनाएका कलाकार हुन्।

रङ्गमञ्चमार्फत आफ्नो कलाकारिता सुरु गरेका अभिनेता आचार्यले नाटक नगरेको लामो समय भइसकेको छ। यद्यपि मञ्चमा गरिने प्रहसन र नाटक उस्तै भएको अभिनेता आचार्यले बताए। 'नाटक र प्रहसन उस्तै हो, खासै अन्तर छैन। किनकि दुवैमा दर्शकको अगाडि मञ्चमा कलाकारले आफूलाई प्रस्तुत गर्छन्, मैले यसै वर्ष पनि केही प्रहसन गरेँ। त्यस कारण म आफूलाई नाटकबाट टाढा रहेको जस्तो लाग्दैन,' उनले भने।

उनले कला क्षेत्रका लागि रङ्गमञ्च आमाको काखझैँ भएकाले यहाँ सिकिने कलाकारिता दिगो हुने अनुभव सुनाए। राष्ट्रिय नाचघरमा गुरु हरिप्रसाद रिमालसँग नाटक, कलाकारले बोल्ने संवादको शैली सिकेको स्मरण गर्दै अभिनेता आचार्यले अभिनयमा रूचि राख्नेले आफूलाई रङ्गमञ्चमा प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे।

'मैले गुरु रिमालसँग आँखाले अभिनय गर्छ भन्ने सिकेँ, त्यहाँ मैले मदन दाइसँग गरेको नाटक विज्ञापनलाई नेपालसँगै विदेशमा समेत प्रस्तुत गरेँ। हामीले त्यो नेपालमा मात्र चार सयको हाराहारीमा मञ्चन गरेका थियौँ। हाम्रो अभिनयको सुरुआत नै रङ्गमञ्चबाट भएको हो,' उनले भने।

उनले अभिनय गरेको पहिलो चलचित्र ‘कुमारी’ हो। उक्त चलचित्रमा कलाकार चाहिएको सूचना गोरखापत्र दैनिकमा देखेपछि अभिनेता आचार्यले आफू अभिनय गर्न इच्छुक रहेको निवेदन दिएका रहेछन्। उक्त चलचित्रका निर्देशकको अगाडि एउटा चलचित्रको दृश्यलाई राम्रोसँग प्रस्तुत गरिएता पनि आफू उक्त भूमिकाका लागि छनोट नभएको अभिनेता आचार्यले बताए।

स–साना भूमिकामा देखिए पनि उनले ‘जीवनरेखा’ र ‘बासुदेव’ पछि राम्रो र बढी समय पर्दामा देखिने भूमिका प्राप्त गरे। त्यसपछि अभिनयमा सक्रिय रहेका अभिनेता आचार्यले अहिले पनि उस्तै रूपमा निरन्तर काम गरिरहेका छन्। आफैँ लेखक र निर्देशकसमेत रहेका अभिनेता आचार्य अरूका चलचित्रमा कलाकारका काम गर्न रुचाउँछन्।

'अरूले निर्माण गरेको पात्रमा कलाकार भएर काम गर्न पाउँदा मलाई सहज महसुस हुन्छ, आफैँले लेखन वा निर्देशन गरेको पात्रलाई निर्वाह गर्दा अलि बढी मेहनत गर्नुपर्छ,' उनले भने। उनले अभिनय गरेको चलचित्र ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ आउँदो वर्ष विसं २०८२ मा प्रदर्शन हुनेछ। रासस

]]>
नागरिक Fri, 28 Mar 2025 06:41:19 +0545