Nagarik News - Home http://nagariknews.nagariknetwork.com/feed https://staticcdn.nagariknetwork.com/images/default-image.png https://staticcdn.nagariknetwork.com/images/default-image.png Nagarik News - Home http://nagariknews.nagariknetwork.com/feed np Mon, 31 Mar 2025 23:27:17 +0545 <![CDATA[म्यानमारका भूकम्प पीडितलाई नेपालले सहयोग पठाउने]]> https://nagariknews.nagariknetwork.com/politics/1470403-1743442937.html https://nagariknews.nagariknetwork.com/politics/1470403-1743442937.html

सरकारले म्यानमारमा हालै गएको भूकम्पबाट प्रभावितहरूलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्यानमारका पीडितहरूको सहयोगका लागि तत्काल राहत पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

मन्त्री गुरुङका अनुसार, भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको म्यानमारलाई मानवीय सहायताको रूपमा आवश्यक राहत सामग्री पठाइनेछ।

म्यानमारमा गएको भूकम्पको क्षतिको पूर्ण विवरण अझै प्राप्त भइनसके पनि नेपालले प्रारम्भिक सहयोगको प्रतिबद्धता जनाएको हो।

]]>
नागरिक Mon, 31 Mar 2025 23:27:17 +0545
<![CDATA[संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय]]> https://nagariknews.nagariknetwork.com/politics/1470402-1743442457.html https://nagariknews.nagariknetwork.com/politics/1470402-1743442457.html

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिने र उनको स्वीकृतिपछि औपचारिक रूपमा अधिवेशन समापन हुनेछ।

यसैगरी, मन्त्रिपरिषद्ले म्यानमारमा हालै गएको भूकम्पबाट प्रभावितहरूलाई राहत सामग्री उपलब्ध गराउने निर्णय पनि गरेको छ।

म्यानमारका पीडितहरूको सहयोगका लागि नेपालले तत्काल राहत पठाउने मन्त्री गुरुङले बताए।

]]>
नागरिक Mon, 31 Mar 2025 23:19:17 +0545
<![CDATA[राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको सिइओमा श्रेष्ठ]]> https://nagariknews.nagariknetwork.com/social-affairs/1470401-1743441983.html https://nagariknews.nagariknetwork.com/social-affairs/1470401-1743441983.html

सरकारले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा इन्जिनियर सागर श्रेष्ठलाई नियुक्त गरेको छ।

ऊर्जा , जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको नियमावली, २०७२ (पाँचौँ संशोधन सहित) को नियम ३६ (१) बमोजिम सिइओ नियुक्त गरेको हो।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य अध्यक्ष रहेको सञ्चालक समितिले श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो। श्रेष्ठ जनकपुर इन्जिनियरिङ क्याम्पसका प्रमुखको रुपमा कार्यरत थिए।

सिइओका लागि १२ जनाले आवेदन दिएकोमा ७ जना सर्ट लिष्टमा परेका थिए। सागर श्रेष्ठ सहित रोहिणी पौडेल, केदारराज सिलवाल, जितेन्द्र चौधरी, महेन्द्र पौडेल, राजी भण्डारी, रोशन अग्रवाल पहिलो चरणको छनोटमा परेका थिए।

उम्मेदवारको शैक्षिक योग्यता, कार्य अनुभव, विजनेश प्लान, प्रस्तुति, अन्तर्वार्ता समेतको कुल अङ्कको आधारमा श्रेष्ठलाई सिइओ नियुक्त गरिएको सञ्चालक समितिले जनाएको छ।

]]>
नागरिक Mon, 31 Mar 2025 23:11:23 +0545
<![CDATA[महिला उद्यमी व्यापार मेला समापन, ६० हजारले गरे अवलोकन]]> https://nagariknews.nagariknetwork.com/economy/1470400-1743441456.html https://nagariknews.nagariknetwork.com/economy/1470400-1743441456.html

नेपाली महिला उद्यमीका उत्पादनलाई प्रवर्द्धन र बजारीकरण गर्ने मुख्य उद्देश्यसहित पाँच दिनअघि सुरु भएको आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सोमबार विधिवत् तवरले समापन भएको छ।

सोमबार ललितपुरमा आयोजित समापन कार्यक्रममा बोल्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले आठौं महिला उद्यमी मेलाबाट महिला उद्यमीको उत्पादन बजारीकरण र बिक्री वितरणमा सहजता थपिएको बताए।

महिला उद्यमीहरू व्यावसायिकतातर्फ उन्मुख भएकोमा आफू खुसी भएको बताउँदै उनले भने ‘जबसम्म महिलाको समृद्धि तथा विकास हुँदैन, त्यस बेलासम्म देशमा समृद्धि आउन सक्दैन।’

महिला उद्यमीलाई उद्यमशीलता तथा स्वावलम्बन बनाउन महिला उद्यमी महासङ्घले गरेको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले यस वर्ष पाँच सय उद्यमीलाई बिना धितो ऋण प्रवाह गर्ने कार्यक्रम रहेको बताउँदै उक्त कार्यक्रमबाट महिला उद्यमी लाभान्वित हुनेमा आफू विश्वस्त भएको बताए।

देशको विकास र देश निर्माणमा महिला उद्यमीको भूमिका ठूलो रहेको उनको भनाइ थियो।

कार्यक्रममा महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमी व्यापार मेलाबारे जानकारी गराउँदै पाँच दिनसम्म चलेको मेलामा ६० हजार व्यक्तिले अवलोकन गरेको बताइन्।

मेलामा तीन करोड रुपैयाँसम्मको व्यापार भएको अनुमान गर्दै उनले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि विकास तथा बजार विस्तारमा प्रेरित गर्न यस्तो मेला आयोजना गरेको बताइन्।

उनका अनुसार मेलामा एक सय ४४ वटा स्टल राखिएका थिए। जसमा अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको लागि १० वटा स्टल छुट्टाइएका थिए। मेलामा देशभर ७२ जिल्लाका महिला उद्यमीहरूले स्टल राखेर स्थानीय उत्पादन बिक्री वितरण तथा प्रवर्द्धन गरेका थिए।

स्टलमा महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरूको प्रदर्शनी गरिएको थियो। मेलामा स्टल राख्ने उत्कृष्ट तीन जिल्लाको प्रतिनिधित्व गर्ने सहभागीलाई कार्यक्रममा पुरस्कार दिइएको थियो।

अध्यक्ष ज्ञवालीको व्यक्तिगत पहलबाट उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो जिल्लालाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँको पुरस्कार राशि मन्त्री साह सुडीले दिएका थिए।

पुरस्कृत हुने पहिलो जिल्ला मोरङ र दोस्रो जिल्ला इलाम भएको थियो। साथै सुडीले कृषिजन्यतर्फ उत्कृष्ट स्टल सञ्चालन गरेकी बोज स्टोर प्रालिकी पानिला राई तथा हस्तकलातर्फ लाली इन्टरप्राइजेजकी सोलनी राजभण्डारीलाई पुरस्कार प्रदान गरेका थिए।

साथै मन्त्री साहले मेला आयोजना गर्न उत्कृष्ट योगदान पुर्‍याएका अन्य व्यक्तिलाई सम्मान गरेका थिए।

मेलामा हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तर्राष्ट्रिय गरी १० प्रकारका स्टलहरू राखिएका थिए। गत चैत १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमबिच मेलाको उद्घाटन गरेका थिए।

]]>
नागरिक Mon, 31 Mar 2025 23:02:35 +0545
<![CDATA[दुर्गा प्रसाईंले भने: म सिंह हुँ, एक कदमपछि हटेर, आक्रमण गर्छु]]> https://nagariknews.nagariknetwork.com/politics/1470399-1743437617.html https://nagariknews.nagariknetwork.com/politics/1470399-1743437617.html

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले आफू नेपालमै लुक्ने ठाउँ भेटेको बताएका हुन्। शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं भारत पुगेको हल्ला फैलिएको थियो।

तर, उनले आफ्नो फेसबुकमार्फत नेपालमै लुकेर भावी रणनीति तयार गरिरहेको बताएका हुन्। प्रसाईंले आफूलाई ‘सिंह’ को संज्ञा दिँदै आगामी कदमको तयारीमा जुटेको उल्लेख गरे।

“सिकार गर्नुअघि सिंह एक कदम पछि हट्छ, अनि आक्रमण गर्छ। म सिंह नै हुँ, छिट्टै भ्रष्टाचारीको मलामी लिएर आउँछु,” उनले फेसबुकमा लेखेका छन् “मैले नेपालमै लुक्ने ठाउँ भेटेको छु, तर नेताहरूले भविष्यमा त्यस्तो ठाउँ पाउने छैनन्।,”

तीनकुने प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेपछि प्रहरीले प्रसाईंको खोजी तीव्र पारेको छ। उनी भूमिगत बनेको चर्चाबिच उनको यो दाबीले थप तरङ्ग ल्याएको छ।

प्रहरीले उक्त घटनामा संलग्न अन्य व्यक्तिलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ। प्रसाईंको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ।

]]>
नागरिक Mon, 31 Mar 2025 21:58:37 +0545
<![CDATA[प्रहरीको अपिल: भ्रामक सूचना नफैलाउनु]]> https://nagariknews.nagariknetwork.com/social-affairs/1470398-1743436602.html https://nagariknews.nagariknetwork.com/social-affairs/1470398-1743436602.html

काठमाडौं प्रहरी परिसरले चैत १५ गते (शुक्रबार) तीनकुनेमा भएको तोडफोड, आगजनी, लुटपाट र प्रहरी कारबाहीको घटनाबारे सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता गतिविधि नगर्न अपिल गरेको छ।

प्रहरी परिसरका सूचना अधिकारी अपिलराज बोहराले सामाजिक सञ्जालमा पछिल्लो समय फैलिएका केही सूचनाले जनमानसमा गलत धारणा सिर्जना गरेको बताए।

उनले सविन महर्जनलाई पछाडिबाट गोली लागेको दाबीसहित भाइरल भिडियोबारे प्रहरीको ध्यानाकर्षण भएको उल्लेख गरे। “यो भिडियो एकतर्फी छ र घटनाको पूर्ण तथ्य खुल्न बाँकी छ। हामीले यसको गहिरो अध्ययन गरिरहेका छौँ,” बोहराले भने।

उनले प्रहरी छतमा बन्दुक लिएर बसेको, मृतक पत्रकारको शरीरमा गोली भेटिएको जस्ता आधारहीन कुराहरू फैलाइएको भन्दै यस्ता भ्रामक प्रचारले समाजमा अन्योल, भय र गलत धारणा उत्पन्न गर्ने जोखिम रहेको औँल्याए।

तीनकुने घटनापछि सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले अनर्गल सामग्री पोस्ट र शेयर गरेको पाइएको प्रहरीको भनाइ छ। “यस्ता गतिविधिले शान्ति सुरक्षामा चुनौती थपिन्छ र अनुसन्धान प्रक्रियालाई समेत प्रभावित पार्छ,” बोहराले भने।

प्रहरीले यस्ता भ्रामक सूचनाको स्रोत र प्रभावबारे पनि निगरानी बढाएको छ। घटनाको सत्य–तथ्य स्थापना गर्न प्रहरीले तथ्यमा आधारित अनुसन्धान गरिरहेको उनको दाबी छ।

साथै, प्रहरीले अनुसन्धानमा सहयोग पुर्‍याउन आम नागरिकलाई आह्वान गरेको छ। यदि कसैसँग तीनकुने घटनासँग सम्बन्धित कुनै सूचना, फोटो, भिडियो वा अन्य प्रमाण छ भने जिल्ला प्रहरी परिसर काठमाडौँको इमेल ठेगाना, फेसबुक पेज वा प्रवक्ताको सम्पर्क नम्बर मार्फत उपलब्ध गराउन अनुरोध गरिएको छ।

प्रहरीले शान्ति सुरक्षा कायम राख्न संयतता, धैर्यता र जिम्मेवारीपूर्ण व्यवहार आवश्यक रहेको उल्लेख गर्दै आधारहीन अफवाह र गलत सूचनाको पछि नलाग्न सबैलाई सचेत गराएको छ।

“सामाजिक सञ्जालमा देखिएका हरेक सामग्री सत्य नहुन सक्छन्। नागरिकले सत्य पुष्टि नभएसम्म यस्ता कुरालाई विश्वास नगर्न र फैलाउनबाट जोगिन आग्रह गर्छौँ,” प्रहरीको विज्ञप्तिमा भनिएको छ।

]]>
नागरिक Mon, 31 Mar 2025 21:41:42 +0545
<![CDATA[पूर्वराजालाई जरिवाना गर्ने निर्णय फिर्ता नलिए कानुनी कारबाहीमा जान्छौं: जनआन्दोलन समिति]]> https://nagariknews.nagariknetwork.com/social-affairs/1470397-1743434490.html https://nagariknews.nagariknetwork.com/social-affairs/1470397-1743434490.html

संयुक्त जनआन्दोलन समितिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले लगाएको जरिवाना तत्काल फिर्ता लिन माग गरेको छ।

जरिवाना फिर्ता नलिए कानुनी कारबाहीमा जाने समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चेतावनी दिएका छन्।

सोमबार जारी विज्ञप्तिमा डा. गुरुङले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन पूर्वराजाले नभई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारको स्वीकृतिमा आयोजना गरेको स्पष्ट पारे।

“वातावरण प्रदूषणको आरोपमा महानगरले पूर्वराजालाई जरिवाना तोकेर भ्रम र अनास्था फैलाउने कुत्सित उद्देश्य राखेको छ,” विज्ञप्तिमा भनिएको छ। समितिले यो निर्णय महानगरको आफ्नै पूर्वनीतिविपरीत र दुर्भावनायुक्त भएको ठहर गरेको छ।

विज्ञप्तिमा कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाले लिने उल्लेख गर्दै प्रहरी र जिल्ला प्रशासनको अभिलेखमा समेत प्रदर्शनको अनुमति प्रमाणित भएको दाबी गरिएको छ।

“यसअघि त्रिभुवन विमानस्थलको स्वागत कार्यक्रममा आयोजकलाई पत्राचार गरेको महानगरले अहिले फरक नीति अपनाएको छ,” डा. गुरुङले आरोप लगाए। जरिवाना फिर्ता नभए कानुनी र अन्य बाटो अपनाइने समितिले जनाएको छ।

]]>
नागरिक Mon, 31 Mar 2025 21:06:30 +0545
<![CDATA[पेट्रोलको मूल्य यथावत्, डिजेल/मट्टितेलमा २ रुपैयाँ घट्यो]]> https://nagariknews.nagariknetwork.com/economy/1470396-1743433289.html https://nagariknews.nagariknetwork.com/economy/1470396-1743433289.html

नेपाल आयल निगमले पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राखेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ।

निगमका अनुसार नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरिएको हो।

यसैगरी, हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले मूल्य घटाइएको छ।

पोखरा र भैरहवामा भने ब्रेक इभेन प्वाइन्टअनुसार मूल्य कायम गरिएको निगमले जनाएको छ।

]]>
नागरिक Mon, 31 Mar 2025 20:46:29 +0545
<![CDATA[त्रिवि स्ववियु सभापतिमा नेविसंघका जोशी ८ भोटले विजयी]]> https://nagariknews.nagariknetwork.com/politics/1470395-1743429875.html https://nagariknews.nagariknetwork.com/politics/1470395-1743429875.html

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दीपक राज जोशी विजयी भएका छन्।

सोमबार सम्पन्न निर्वाचनमा उनले ७८९ मत प्राप्त गरी सभापतिमा निर्वाचित भए।

कुल ३,११८ मत खसेको निर्वाचनमा जोशीले अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतको झिनो अन्तरले पराजित गरे।

भट्टले ७८१ मत प्राप्त गरे। क्रान्तिकारीका प्रवीण दाहालले ७२७, स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ र अर्का स्वतन्त्र उम्मेदवार पद्मा भुसालले १६६ मत पाए।

]]>
नागरिक Mon, 31 Mar 2025 19:49:35 +0545
<![CDATA[बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी]]> https://nagariknews.nagariknetwork.com/politics/1470394-1743429601.html https://nagariknews.nagariknetwork.com/politics/1470394-1743429601.html

मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली भोलि थाइल्याण्ड भ्रमणमा जाँदैछन्।

]]>
नागरिक Mon, 31 Mar 2025 19:45:01 +0545
<![CDATA[दुर्गा प्रसाईं निकट थप दुई जना पक्राउ]]> https://nagariknews.nagariknetwork.com/social-affairs/1470393-1743429235.html https://nagariknews.nagariknetwork.com/social-affairs/1470393-1743429235.html

काठमाडौंको तीनकुनेमा हिंसा भड्काएको आरोपमा दुर्गा प्रसाईं समूहका थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका सचिवालय सदस्य विष्णुजंग बस्नेत र सहयोगी सितादेवी राईलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार बस्नेतलाई ललितपुर र राईलाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिइएको हो।

यसैगरिक आजै दुर्गा प्रसाईंका अर्का सहयोगी देवी संग्रौला पनि पक्राउ परेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा अराजक गतिविधि गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिको खोजी तीव्र पारेको छ।

]]>
नागरिक Mon, 31 Mar 2025 19:38:55 +0545
<![CDATA[सिस्नेरी खोलामा पौडी खेल्न गएका तीन दाजुभाइको डुबेर मृत्यु]]> https://nagariknews.nagariknetwork.com/social-affairs/1470392-1743429116.html https://nagariknews.nagariknetwork.com/social-affairs/1470392-1743429116.html

पौडी खेल्न गएका तीन बालकका डुबेर मृत्यु भएको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३स्थित सिस्नेरी खोलामा पौडी खेल्ने क्रममा इन्द्रसरोबर मामाघर गएका काभ्रेका दुई र स्थानीय एक बालकको डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनी तथा सिस्नेरी डोडारेका १४ वर्षीय सुशान्त आचार्यको मृत्यु भएको हो । घोरासैनी दाजुभाइ हुन भने आचार्य उनीहरुका मामाका छोरा हुन् ।

उनीहरु अपराह्न सिस्नेरी बजार पछाडि रहेको खोलामा पौडी खेल्न गएको र करिब साढे ४ बजे डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

]]>
नागरिक Mon, 31 Mar 2025 19:36:56 +0545
<![CDATA[‘राजा आऊ देश बचाउ’ भन्नु सज्जनको काम होइन: मन्त्री गुरुङ]]> https://nagariknews.nagariknetwork.com/politics/1470391-1743428162.html https://nagariknews.nagariknetwork.com/politics/1470391-1743428162.html

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘राजा आउ, देश बचाउ’ भन्नु सज्जन व्यक्तिहरूको काम नभएको बताएका छन्।

रेडियो नेपालको ७५औँ वार्षिकोत्सव (हीरक महोत्सव) को अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजावादी आन्दोलनको आलोचना गरे।

मन्त्री गुरुङले पूर्वराजा ज्ञानेन्द्रले पार्टीहरूको अगाडि थाकेर जनतालाई सार्वभौमसत्ता सुम्पेको इतिहास स्मरण गर्दै हराइसकेको राजकीय सत्ता फर्काउन खोज्नु मूर्खता भएको बताए।

“गणतान्त्रिक शासनमा यस्तो नारा सामन्ती प्रवृत्तिको उपज हो। रेडियो नेपालले यस्ता आचरण हटाएर जनतालाई गणतन्त्रको महत्त्व बुझाउनुपर्छ,” उनले भने।

उनले मुलुकको राष्ट्रिय एकता बलियो बनाउन रेडियो नेपालको भूमिका अहम् हुने पनि उल्लेख गरे।

साथै, उनले रेडियो नेपालजस्ता सार्वजनिक सेवा प्रसारण (पिएसबी) संस्थानले सरकारको प्रशंसा गर्नुभन्दा सत्य–तथ्य सूचना जनतासम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

]]>
नागरिक Mon, 31 Mar 2025 19:21:01 +0545
<![CDATA[तीनकुने घटना : हालसम्म ११२ जना पक्राउ]]> https://nagariknews.nagariknetwork.com/Aparadh/1470390-1743427440.html https://nagariknews.nagariknetwork.com/Aparadh/1470390-1743427440.html

काठमाडौंको तीनकुनेमा गत शुक्रबार भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ११२ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार दुर्गा प्रसाईं निकट मानिने देवी संग्रौलालाई काठमाडौंबाट नियन्त्रणमा लिएसँगै उक्त संख्या ११२ पुगेको हो । पक्राउ परेकाहरुलाई राज्यविरुद्धका कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रदर्शनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले तीनकुनेमा केही निजी घरमा आगजनी तथा तोडफोड गरेका थिए । सोही समूहले नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा आगजनी गर्नुका साथै नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा प्रवेशको प्रयास गरेको थियो ।

यस्तै उक्त समूहले कोटेश्वरमा रहेको भाटभटेनीमा तोडफोड तगा लुटपाट गरेको थिया भने अर्को समूहले जडिबुटीमा रहेको प्रशोधन केन्द्र भवन र पार्किङमा राखेका गाडीमा आगजनी गरेको थियो । केही स्थानमा सडकमा गुडिरहेका गाडीमा समेत प्रदर्शनकारीले आगो लगाएका थिए ।

प्रदर्शनका क्रममा गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने पत्रकार सुरेश रजगलाई घरभित्र जिउँदै जलाइएको थियो ।

राज्यविरुद्धको कसुरमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणासहितका नेतालाई र प्रदर्शनकारीलाई भने अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । शुक्रबार तिनकुनेमा व्यवस्थाविरोधी समूह राजावादीले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो ।

]]>
नागरिक Mon, 31 Mar 2025 19:09:00 +0545
<![CDATA[लागूऔषध सहित देशका विभिन्न स्थानबाट १९ जना पक्राउ]]> https://nagariknews.nagariknetwork.com/Aparadh/1470389-1743426941.html https://nagariknews.nagariknetwork.com/Aparadh/1470389-1743426941.html

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट प्रहरीले १९ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं, काठमाडौं महानगरपालिका-२२ महाकाल मन्दिर नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १५ ट्याब्लेट सहित सोही महानगरपालिका-२० बस्ने २४ वर्षीय अनिश थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका-२२ कालिमाटीखोलाबाट नियन्त्रित लागूऔषध ब्रुर्फिन २८ एम्पुल, डाईजेपाम २८ एम्पुल र फेनारगन २६ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१९ लामापटन बस्ने ३३ वर्षीय सुबास विक र २६ वर्षीय राजन गिरी रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले स्याङ्जाबाट कास्कीतर्फ आउँदै गरेको ग.२६ प १३४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ८० मिलिग्राम सहित दमक नगरपालिका-८ बस्ने ३४ वर्षीय अंकित कार्की समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट सिटी सफारी नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

झापा, अर्जुनधारा नगरपालिका-११ नँया बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित ताप्लेजुङ मेरिङदेन गाउँपालिका-२ बस्ने १९ वर्षीया वर्षा केदेमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने २७ वर्षीय सुरेश राना र सोही उपमहानगरपालिका-१५ उर्मी बस्ने २६ वर्षीय बलबुध राना रहेका छन्।

प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले सु.प.प्र ०१-०१० प ९००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र नाइट्राभेट १ ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने ३७ वर्षीय पुर्ण दिप शर्मा उपाध्याय र ३२ वर्षीय नारायण कार्की रहेका छन्। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-१ हिमालीपुर बस्ने २३ वर्षीय पारस थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-८ भगत चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २५ वर्षीय चंचल कुमार राना समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरी, धरान उपमहानगरपालिका-१४ गणेश चोक बस्ने १८ वर्षीया किशोरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १७ ट्याब्लेट र स्पास्पेन १ सय १७ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय ५० मिलिग्राम सहित केराबारी गाउँपालिका-६ बस्ने ३५ वर्षीय युवराज कटुवाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

स्याङ्जा, वालिङ नगरपालिका-१० फुलबारीचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-२९ बस्ने २७ वर्षीय सुजन गुरूङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको प्र.३-०१-००५ ख ९९०४ नम्बरको हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

कपिलवस्तु, मायादेवी गाउँपालिका-३ बर्गदहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-१ बैरिया बस्ने २५ वर्षीय प्रकाश थारू र २४ वर्षीय रिजन पुन रहेका छन्।

प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले पडसरवाबाट बर्गदहवातर्फ जाँदै गरेको लु.९ प २७७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

दाङ, तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय खड्क बहादुर घर्तीमगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको होर

उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

]]>
नागरिक Mon, 31 Mar 2025 19:00:41 +0545
<![CDATA[रारामा नेविसंघकी रावल विजयी]]> https://nagariknews.nagariknetwork.com/politics/1470388-1743426190.html https://nagariknews.nagariknetwork.com/politics/1470388-1743426190.html

मुगुको रारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघकी जयलक्ष्मी रावल विजयी भएकी छन् । सोमबार सम्पन्न मतगणनामा रावलले ७२ मत प्राप्त गरिन् ।

निर्वाचन समितिका अनुसार १५४ मत खसेको थियो । रावलले ७२ मत पाउँदा निकटम प्रतिद्वन्द्वी अनेरास्ववियूका रविन मल्लले ४८ मत प्राप्त गरे ।

यस्तै स्वतन्त्र उम्मेदवार सुशीलकुमार मल्लले १५ मत प्राप्त गरे ।

]]>
नगेन्द्र उपाध्याय Mon, 31 Mar 2025 18:48:10 +0545
<![CDATA[गणतन्त्रको पक्षमा कालिकोटमा एमालेको विरोधसभा र र्‍याली]]> https://nagariknews.nagariknetwork.com/politics/1470387-1743425915.html https://nagariknews.nagariknetwork.com/politics/1470387-1743425915.html

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सत्तारूढ नेकपा (एमाले)ले सोमबार कालिकोटको मान्ममा विरोधसभा र र्‍याली गरेको छ।

राजावादीहरू सलबलाएको र गणतन्त्रविरूद्ध धावा बोलेको भन्दै एमालेले र्‍यालीसहित विरोधसभा गरेको हो ।

र्‍याली बजार परिक्रमा गरेर प्रतिमा चोकमा पुगेर कोणसभामा परिणत भएको छ। र्‍यालीमा गणतन्त्रको पक्षमा नाराबाजी गरिएको हो।

विरोधसभालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज नगेन्द्र शाही नेशनलले गणतन्त्रलाई संस्थागत रूपमा विकास गर्न सबै सचेत नागरिकको भूमिका रहेको बताए । राजतन्त्रको औचित्य समाप्त भइसकेका बेला फेरि राजाले शासक बन्ने सपना देख्नु व्यवस्थाविरोधी कार्य भएको उनले बताए ।

युवा नेता राजेन्द्र थापाले राजावादीले गरेका विभिन्न गतिविधि गणतन्त्रमा सैय नहुने बताएका छन् । उनले अराजक गतिविधि गर्ने जो कोहीलाई सरकार छोड्न नमिल्ने बताएका छन् ।

]]>
ललित विष्ट Mon, 31 Mar 2025 18:43:35 +0545
<![CDATA[सभामुख घिमिरेले प्रमाणित गरे पाँच ओटा विधेयक]]> https://nagariknews.nagariknetwork.com/politics/1470386-1743425804.html https://nagariknews.nagariknetwork.com/politics/1470386-1743425804.html

सभामुख देवराज घिमिरेले पाँच ओटा विधेयकहरू प्रमाणित गरेका छन्। साेमबार सभामुख घिमिरेले पाँच ओटा विधेयकहरू प्रमाणित गरेका हुन्।

घिमिरेले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ र निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रमाणित गरेका छन्।

सभामुखले विधेयक प्रमाणित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिने छ।

]]>
नागरिक Mon, 31 Mar 2025 18:41:44 +0545
<![CDATA[चुनावमा आउन दुर्गा प्रसाईलाई दुर्लभ थापाको चुनौती]]> https://nagariknews.nagariknetwork.com/politics/1470385-1743425595.html https://nagariknews.nagariknetwork.com/politics/1470385-1743425595.html

नेपाली काग्रेस भक्तपुरका सभापति एवं संघीय सांसद दुर्लभ थापाले भक्तपुर निवासी राजतन्त्रवादी नेता दुर्गा प्रसाईलाई निर्वाचनको प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् । २०८४ सालको निर्वाचनमा आफूसँंग भिडेर देखाउन उनले चुनौती दिएका हुन् । थापा र प्रसाई भक्तपुर निवासी हुन् ।

जिल्लामा रहेका गणतन्त्रबादी राजनीतिक दलहरुले सोमबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले चुनावमा आफूसँग लडे, जितेर देखाइदिने चुनौती दिए । थापा पछिल्लो निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट संघीय संसद बनेका हुन् । उनले एमाले नेता महेश बस्नेतलाई हराएका हुन् ।

गणतन्त्रलाई जोगाउन भक्तपुरका राजनीतिक दलहरु एकमत प्रदर्शनसहितको कार्यक्रम भएको थियो । कार्यक्रममा संयुक्त हस्ताक्षरसहितको एक्यवद्धतापत्र पनि सार्वजनिक गरिएका थियो । एक्येवद्धता पत्र चारबुँंदे छ । कार्यक्रममा नेकपा एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले एक्यवद्धतापत्र पढेर सुनाएका थिए ।

एक्यवद्धतापत्रमा जिल्लाका ६ वटा राजनीतिक दलका प्रमुखहरुले हस्ताक्षर रहेका छन् । नेपाली कांग्रेसका सभापति दुलर्भ थापा, नेकपा एमालेका अध्यक्ष वचन देउजा, नेकपा माओवादी केन्द्रका संयोजक सुनिल गोठे बासु, नेकपा एसका अध्यक्ष श्याम वस्नेत, नेपाल समाजवादी पार्टीका नेता श्रीराम खाइजू र नेकपाका सेक्रेटरी आर्यान सीले हस्ताक्षर गरेका छन् ।

]]>
नागरिक Mon, 31 Mar 2025 18:38:15 +0545
<![CDATA[आगलागी हुँदा १५ किसानको २ सय क्विन्टल गहुँ जलेर नष्ट]]> https://nagariknews.nagariknetwork.com/social-affairs/1470384-1743425084.html https://nagariknews.nagariknetwork.com/social-affairs/1470384-1743425084.html

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ ठुलो सिसहानियामा सोमबार दिउँसो आगलागी हुँदा ७ बिघामा लगाइएको गहुँबाली जलेर नष्ट भएको छ ।

कम्बाईनले गहुँ स्याहार्ने क्रममा एक्कासी गहुँ खेतमा आगलागी भएको थियो । आगोले स्थानीय १५ किसानको १ सय ९८ क्विन्टल गहुँबाली नष्ट भएको ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ । कम्बाईनले गहुँ स्यहार्नेक्रममा खेतमा एक्कासी आगो लागेको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए ।

ठुलोसिसनिया र महतिनीया बस्ने महिबुदीन मुसलमान, नैतुल्ला मुसलमान, हकिकुल्ला मुसलमान, मैगुल्ला मुसलमान, ईनामुल्ला मुसलमान, कलाम मुसलमान, कनैया चमार, गम्मा पासी, भुसई पासी, घरभरन पासी, बिनोद पासी, गोबिन्द हरीजन र रामलगन पासी को अन्दाजी ७ बिघा खेतमा लगाएको गहुँ जलेको हो ।

गोविन्द हरिजनको खेतमा कम्पाईन मेसिनले गहुँ काटिरहेको अस्थामा एक्कासी आगलागी भएको हो । कपिलवस्तु नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनामा सोधपुछका लागि कम्बाईन धनी र चालक तथा एक जना कृषकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

]]>
किरणमान बज्राचार्य Mon, 31 Mar 2025 18:29:44 +0545