Nagarik News - Home
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषी र कृषी विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। जसमध्ये हाम्रो नयाँ कृषी सहकारीको १२ जना र कृषी विकास बहुउदेश्यीय सहकारीका १२० जना ऋणीहरू छन्।
समितिले २०८३ वैशाख २३ गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ।
समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ।
त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ।
नक्कली सरकारी कार्यालय संचालन गरी ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा नक्कली सिंचाई कार्यालय संचालन गरेको आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–३ का २४ वर्षीय घनश्याम न्यौपाने र दाङ लमही नगरपालिका–५ का २३ वर्षीया कृपा चौधरी रहेकी छन् । ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा ‘प्रगन्ना तथा बड्कापथ सिंचाई विभाग, टिकापुर लम्की नामले कार्यालय खोलेर ठगी गरेको उनीहरुमाथि आरोप लागेको छ ।
उक्त कार्यालयमा काममा लगाईदिन्छु भनी स्थानीय व्यक्तिहरुलाई कर्मचारीमा नियुक्ती दिएको र मजदुरी काममा लगाई ज्यालासमेत नदिएको र कार्यालय संचालन गरेको घर धनीलाई घरको तल्ला थप्न लगाई रकम भुक्तानी नदिई ठगी गरेको आरोप छ । आफैंले सरकारी कागज तथा छाप बनाई हस्ताक्षर, नियुक्ती पत्रमा छाप हानेको र रकम निकासा पश्चात भुक्तानी दिने भनि रकम समेत लिई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उक्त कार्यालयको आफु सातौं तहको अधिकृत ९कार्यालय प्रमुख० भनी न्यौपानेले झुठा विवरण दिई ठगी तथा कागजात किर्ते गरेको भनी घर धनीले प्रहरीमा जाहेरी दिएका थिए ।
दुवै जनालाई नियन्त्रणमा लिई ठगी तथा लिखत सम्बन्धी कसुर किर्तेमा अनुसन्धान भईरहेको डिएसपी रेशम बोहराले जानकारी दिए ।
नेपालमा  घण्टाभित्र जन्मेका १०० जना  शिशु मध्ये स्तनापान गर्ने अवसर पाउने शिशु ३८ जना मात्र छन। युनिसेफ तथा राष्ट्रिय तथ्यांक कार्यालयले सन २०२५ मा गरेको बहुसूचक सर्वेक्षण सर्वेक्षण २०२५ अनुसार नेपालमा सय जना नवजात  शिशु मध्येमा ३८ जनाले मात्र एक घण्टाभित्र स्तनपान गर्ने गरेको पाइएको हो। प्रति सय जनालाई आधार बनाएर तथ्यांक बिश्लेषण सर्वेक्षणले गरेको हो।
यो संख्या अहिले पनि नवजात शिशुमा स्तनपान हुन नसकेको देखिएको सम्वन्धित पोषणविद्हरु बताउँछन। युनिसेफले नेपालमा बालबालिकामा हुने पोषणको स्थिति बारे पछिल्लो सर्वेक्षण प्रस्तुति गर्दै नवजात शिशु र अन्य बालबालिकाको पोषण स्थितिको बिषयमा छलफल गरेको हो।
सन् २०१९ मा ४२ प्रतिशत रहेको यो संख्या ४ प्रतिशत मात्र घटेर ३८ प्रतिशत पुगेको हो । तसर्थ स्तनपान गर्ने शिशुको संख्या बढ्नु पर्नेमा घटेको देखिन्छ। तर राष्ट्रियदर भन्दा प्रदेशगत रुपमा  जन्मेको एक घण्टाभित्र स्तनपान गर्ने शिशुको  संख्या फरक छ। जसमा सबै भन्दा बढी कर्णालीमा ६१ प्रतिशत, सुदुरपश्चिमममा ५८ र कोशीमा ४२ जना छन। सुुदुरपश्चिम र कर्णालीको तुलनामा अन्य प्रदेशहरु बाग्मती, गण्डकी, लुम्विनी र मधेशमा २७ जनाले स्तनपान गर्न पाएको तथ्याकं छ।
एक घण्टाभित्र स्तनपान गराउने आमामा सबै  भन्दा बढी आधारभुत शिक्षा लिएका महिला छन। उनीहरु एक सय जनामा ४१ जना छन। माध्यमिक, उच्च र निरक्षर महिलाहरुको एक घण्टाभित्र स्तनपान गराउने अनुपात समान रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पोषण शाखाका प्रमुख लिला विक्रम थापाको अनुसार आमाको बिगौती दुधमा अति पोषिलो तथा सुष्म पोषक तत्वहरु हुन्छ। जुन जन्मेको एक घण्टाभित्र शिशुले सेवन गरेमा शरिरमा प्रतिरक्षा क्षमताको विकास हुन्छ । त्यही भएर एक घण्टाभित्र गरिने स्तनपानलाई पहिलो खोप पनि भनिने गरेको थापा बताउँछन।
थापाको अनुसार जन्मेको एक घण्टाभित्रको बिगौती दुधमा इमुनोग्लोविन, प्रोटिन लगायतका अन्य शुष्म पोषकतत्वहरु हुन्छन। जुन तत्वले शिशुमा आजिवन रोगसंग लड्ने प्रतिरक्षा प्रणाली बलियो बन्छ।
पोषणको कमीको कारण पाँच मुनिका २६ जना बालबालिकामा पुड्कोपना रहेको तथ्याकंले औल्याएको छ। आमाको शिक्षाको स्तर अनुसार पुड्कोपना कम हुने गरेको सर्वेक्षणले औल्याएको छ। अहिले पनि सय जनामा २६ जनामा पुड्को हुनुमा बालस्वास्थ्य तथा पोषणमा अपेक्षित सुधार हुन नसकेको सूचक रहेको युनिसेफका पोषणविज्ञ फुल्गेन्द्र सिंहले बताए। फुडेकापना हुने बालबालिकाको सिकाइदेखि जीवनका अन्य क्षेत्रमा उचित प्रस्तुति दिन नसकिने बताए ।
एक सय मध्येमा ५२ प्रतिशत बालबालिकाले विविध खाद्य पोषण पाउँछन
एक सय जना बालबालिका मध्येमा ५२ जनाले मात्र विविध खाद्यान्न पाएको सर्वेक्षण सूचकले औल्याएको छ। विविध खाद्यान्न सवावेश खान पाउने बालबालिका सबैभन्दा बढी बाग्मती र गण्डकीमा क्रमश बढी देखिएका छन।
बाग्मतीमा ७० र गण्डकीमा ६४ जना छन। अन्य प्रदेशहरुमा पचासदेखि ५२ जना बालबालिकाले यस्तो खाद्यपदार्थ पाएका छन। विविध अर्थात बहुखाद्यान्न समावेश भएका खानाहरुले मात्र बालपोषण तत्व पुरा हुने सर्वेक्षणले सुझाएको छ। उच्च शिक्षा हाँसिल गरेका ७० प्रतिशत बालबालिकाले बिविध खाद्यपदार्थ सहितका पोषण पाएका छन।
विराटनगर स्थित कोशी अस्पतालको जग्गा खोज्न थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन पनि अस्पतालले  जग्गाको खोजी सुरु गरेको हो ।
कोशी अस्पतालका सूचना अधिकारी नवराज लुईटेलका अनुसार ५ विघा ९ कठ्ठा ८ धुर जग्गाको मालपोत बुझाइरहेको छ । तर, अस्पतालको जग्गा विभिन्न संघ संस्था तथा मन्दिरले बर्षौंदेखि भोगचलन गरिरएका छन् ।
उनका अनुसार स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले आफ्नो जग्गा नापजाँच गरी अन्य संस्थाले अतिक्रमण गरेको भए सोको बिबरण तीन दिन भित्र बुझाउन अस्पताल प्रशासनलाई निर्देशन दिए पछि जग्गाको खोजी थालिएको हो । लुईटेलले मन्त्रालयको निर्देशन अनुसार जग्गाको नापजाँच गरी चारकिल्ला प्रमाणीत गरि मन्त्रालयलाई पठाइएको जानकारी दिए ।
उनका अनुसार नापजाँचका क्रममा गणेश मन्दिर, क्षयरोग निवारण संस्था, नेपाल रेडक्रसको ब्लडबैंक र देवकोटा पुस्तकालयले   कोशी अस्पतालको जग्गा भोगचलन गरिरहेको पाइएको छ ।
बाँकेको बैजनाथ गाउँपालिकामा अतिक्रमित सरकारी जग्गा खाली गराउने क्रममा प्रहरीमाथि धारिलो हतियार प्रहार भएको छ।
बैजनाथ गाउँपालिका-६ एच गाउँस्थित ईश्वरी माध्यमिक विद्यालयको जग्गामा बनाइएका अवैध संरचना भत्काउन डोजर चलाउँदा स्थानीय एक महिलाले प्रहरीमाथि आक्रमण गरेकी हुन्।
उक्त जग्गामा घरटहरा निर्माण गरी बस्दै आएकी अन्दाजी ३६ वर्षीया शाबित्री कुमारी शाहीले सुरक्षार्थ खटिएका प्रहरी टोलीमाथि दाउ प्रहार गरेकी हुन्।
आक्रमणबाट प्रहरी चौकी सम्झना बाँकेमा कार्यरत प्रहरी हवल्दार सुनिल कुमार चौधरी घाइते भएका छन्। हवल्दार चौधरीको दाहिने काँध पछाडिको भागमा सामान्य निलडाम देखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीमाथि आक्रमण भएलगत्तै घटनास्थलबाट शाबित्री कुमारी शाहीलाई प्रहार गरिएको दाउसहित प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकी शाहीमाथि आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ।
पटक-पटकको सूचना अटेर गरेपछि डोजर
ईश्वरी माध्यमिक विद्यालयले आफ्नो नाममा रहेको उक्त जग्गा लिजमा दिएको थियो। लिज अवधि सकिएपछि र सर्त उल्लङ्घन भएपछि विद्यालय र गाउँपालिकाले पटक-पटक सूचना जारी गर्दै जग्गा खाली गर्न आग्रह गरेका थिए।
तर, सम्बन्धित व्यक्तिले संरचना हटाउन अटेर गरेपछि स्थानीय सरकार र प्रहरीको संयुक्त टोली आज डोजर लिएर त्यहाँ पुगेको थियो।
जग्गा ओगटेर बस्नेहरूले गाउँपालिकाको सूचनालाई बेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जेठ २७ गते पत्र काट्दै अतिक्रमित संरचना हटाउने कार्य अघि बढाउन निर्देशन दिएको थियो।
सोही पत्रको आधारमा आज संरचना भत्काउने काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि हुने उडानका लागि टिकट समेत बुकिङ खुला भएको छ।  पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुँदैछ।
प्रारम्भिक रुपमा एकमहिनाका लागि यो रुटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट अनुमति लिएको छ। २३ सेप्टेम्बरबाट सुरु हुने पहिलो उडान एकमहिनापछि २४ अक्टोबरमा सकिनेछ।
दुबईबाट पोखरा आउँदा यात्रुले कम्तिमा ४० हजार ६ सय ७८ रुपैयाँ भाडा तिर्नुपर्नेछ। त्यसैगरि पोखराबाट दुबई जाँदा भने यात्रुले ५७ हजार ४ सय ४४ रुपैयाँ भाडा तिर्नुपर्नेछ। ‘यो सुरुवाती चरणको हवाई भाडा हो। यसलाई प्रवद्र्धनात्मक उडानको रुपमा प्रयोग गरेर भाडादर घटाउने प्रयासमा छौं,’ पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष समेत रहेका पर्यटन व्यावसायी पोमनारायण श्रेष्ठले भने, ‘प्रवर्द्धनात्मक भाडालाई कम गर्न सकेमा यो उडानले यात्रुलाई आकर्षित गर्न सक्नेछ।’
फ्लाई दुबईले पनि यूएइबाट नेपालसम्मको लागि पहिलो व्यावसायिक उडान गर्न थालेको भनेको छ। पर्यटकीय सहरसम्मको पहुँच बिस्तार गर्न थालेको एयरलाइन्सले बताएको छ।
पहिलो चरणमा हरेक दिन यो रुटमा उडान हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको बोइङ ७३७ जहाजले यो रुटमा उडान गर्नेछ। १ सय ६६ सिट क्षमताको यो जहाजले एकमहिनाका लागि सेड्यूल फ्लाईटको अनुमति दिएको प्राधिकरणका प्रवक्ता भूलले जानकारी दिए। पोखराबाट उडेको जहाज सिधै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
‘प्रारम्भिक चरणमा एकमहिनाका लागि उडान अनुमति लिएको छ । हरेक दिन पोखरा–दुबई रुटमा उडान गर्नेछ,’ भूलले भने, ‘पोखरालाई सिधै मध्यपूर्वको आकाशमा जोड्ने गरि हुने यो उडानले पर्यटन क्षेत्रमा विशेष अर्थ राख्नेछ ।’ उनका अनुसार हरेक दिन बेलुकी सवा ६ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण जहाज गर्नेछ र पोखराबाट बेलुकी सवा ७ बजे दुबईका लागि उडान भर्नेछ । पोखरा– दुबइको यो उडानको समय करिब ५ घण्टा रहनेछ ।
कृषि सामग्री कम्पनी लिमिटेडका विभिन्न जिल्लास्थित वितरण व्यवस्था महाशाखाहरूमा झण्डै १० करोड केजी रासायनिक मल मौज्दात रहे पनि वितरण हुन नसकेको पाइएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार कम्पनीका जिल्ला शाखा कार्यालयहरूमा ९ करोड ८२ लाख ३५ हजार ४५० केजी रासायनिक मल मौज्दात रहेको छ। केन्द्रबाट मल पठाइए पनि शाखा कार्यालयबाट समयमै वितरण हुन नसक्दा किसानले आवश्यक समयमा मल प्राप्त गर्न नसकेको देखिएको छ।
कम्पनीको तथ्यांकअनुसार कोशी प्रदेशका शाखा कार्यालयहरूमा १ करोड १९ लाख ५४ हजार ५०० केजी युरिया, २० लाख ९२ हजार ६०० केजी डीएपी र ३२ लाख ४८ हजार ८५० केजी पोटास मौज्दात छ। तर ती मलसमेत पूर्ण रूपमा वितरण हुन सकेको छैन।
मधेश प्रदेशका शाखा कार्यालयहरूमा ३ करोड ११ लाख ३१ हजार २०० केजी युरिया, १ करोड १४ लाख ५६ हजार २०० केजी डीएपी र ५५ लाख ८४ हजार ६०० केजी पोटास मौज्दात रहेको छ।
त्यस्तै, बागमती प्रदेशमा ४० लाख ९३ हजार ३०० केजी युरिया, ५ लाख ९९ हजार १५० केजी डीएपी र २ लाख ५१ हजार ७५० केजी पोटास मौज्दात रहेको कृषि सामग्री कम्पनीको तथ्यांकले देखाएको छ।
गण्डकी प्रदेशका जिल्ला शाखाहरूमा ४ लाख ६ हजार ६५० केजी युरिया, १ लाख ३० हजार ८०० केजी डीएपी र ६१ हजार ८०० केजी पोटास मौज्दात छ। यहाँबाट पनि मल वितरण अपेक्षाअनुसार हुन सकेको छैन।
यसैगरी, लुम्बिनी प्रदेशका जिल्ला कार्यालयहरूमा १ करोड ५० लाख ३५ हजार ८५० केजी युरिया, ४६ लाख ४३ हजार ९०० केजी डीएपी र ४४ लाख १२ हजार ४०० केजी पोटास मौज्दात रहेको छ।
कर्णाली प्रदेशका शाखा कार्यालयहरूमा २ लाख १२ हजार २५० केजी युरिया, ७४ हजार ६५० केजी डीएपी र ४८ हजार ९५० केजी पोटास मौज्दात रहेको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशस्थित शाखा कार्यालयहरूमा २४ लाख ५४ हजार १०० केजी युरिया, २ लाख ९३ हजार २५० केजी डीएपी र ४ लाख २३ हजार २०० केजी पोटास मौज्दात रहेको मन्त्रालयले जनाएको छ।
किसानहरूलाई आवश्यक समयमा मल उपलब्ध गराउने उद्देश्यले केन्द्रबाट पर्याप्त परिमाणमा मल पठाइए पनि जिल्ला तहबाट प्रभावकारी वितरण हुन नसक्दा मल गोदाममै थन्किएको देखिएको छ।
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन गइरहेको सन् २०२६ को फिफा विश्वकपमा कीर्तिमानी १ हजार २४८ खेलाडी सहभागी हुँदै छन्। तीमध्ये ८९१ खेलाडी विश्वकपमा पहिलो पटक खेल्दै छन्।
प्रिमियर लिग र स्कटिस प्रिमियरसिप बाहिरका क्लबहरूमा रहेर उत्कृष्ट प्रदर्शन गरिरहेका तर आम दर्शकमाझ त्यति परिचित नभएका २० युवा खेलाडीहरूलाई यसपटक विशेष रुपमा हेरिएको छ।
बीबीसी स्पोर्टका प्रतिष्ठित फुटबल कमेन्टेटर र विश्लेषकहरूले यी उदीयमान प्रतिभाहरूले यस विश्वकपमा बलियो प्रभाव छाड्ने दाबी गरेका छन्।
यी हुन् २० नयाँ अनुहार
गिल्बर्टो मोरा (मेक्सिको)
उमेर: १७ वर्ष
पोजिसन: मिडफिल्डर
क्लब: तिजुआना
यस विश्वकपकै सबैभन्दा कान्छा खेलाडीको रूपमा गिल्बर्टो मोरा मैदानमा उत्रने सम्भावना छ। बीबीसीका फुटबल संवाददाता जोन मरेका अनुसार गत वर्षको गोल्ड कपमा उनलाई वन्डरकिडको रूपमा हेरिएको थियो।
मात्र १६ वर्षको उमेरमा मेक्सिकोको सिनियर टोलीबाट डेब्यु गर्दै उनले सबैभन्दा कम उमेरको खेलाडीको कीर्तिमान बनाएका थिए।
प्रशिक्षक हाभियर अग्विरेले ह्युस्टनमा माउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको अमेरिकी टोलीविरुद्धको फाइनल खेलमा उनलाई सुरुवाती ११ मै उतारेका थिए। सो खेलमा मेक्सिको २-१ ले विजयी भएको थियो।
विश्लेषक स्टिभ विल्सनले मोरा मेक्सिकोको लिगा एमएक्स इतिहासकै सबैभन्दा कम उमेरका गोलकर्ता भएको बताउँछन्। अगस्ट २०२४ मा १५ वर्षको छँदै उनले तिजुआनाका लागि गोल गरेका थिए।
मेक्सिकोले एज्टेका स्टेडियममा दक्षिण अफ्रिकाविरुद्ध उद्घाटन खेल खेल्दा घरेलु समर्थकको आशा मोरामाथि हुनेछ। यद्यपि, स्पेनिस मूलका अल्भारो फिडालगोले मेक्सिकोबाट खेल्ने निर्णय गरेपछि मोराले सुरुवाती खेलहरूमा बेन्चमा बस्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ।
रिकार्डो पेपी (संयुक्त राज्य अमेरिका)
उमेर: २३ वर्ष
पोजिसन: स्ट्राइकर
क्लब: पीएसभी आइन्डहोभेन
सह-आयोजक अमेरिकामाथि समूह चरण पार गरेर अघि बढ्ने ठूलो दबाब छ। कमेन्टेटर जोनाथन पियर्सका अनुसार यस दबाबबीच पीएसभी आइन्डहोभेनका स्ट्राइकर रिकार्डो पेपी अमेरिकी टोलीका चम्किला तारा बन्न सक्छन्।
गत सिजन डच लिगको उपाधि जित्ने क्रममा पेपीले उत्कृष्ट प्रदर्शन गर्दै १९ गोल गरेका थिए। सो मा अन्तिम पाँच खेलमा ६ गोल सामेल थियो।
अन्तर्राष्ट्रिय स्तरमा ३५ खेल खेल्दै १३ गोल गरिसकेका भए पनि नोभेम्बर २०२४ देखि अप्रिल २०२५ को बीचमा उनले मात्र ३६ मिनेट खेल्न पाउनुलाई पियर्सले अनौठो मानेका छन्।
मे महिनामा सेनेगलविरुद्धको ३–२ को जितमा सुरुवाती टोलीमा फर्किएका उनले एक असिस्ट प्रदान गरेका थिए भने जर्मनीविरुद्धको खेलमा पनि मैदान प्रवेश गरेका थिए।
आर्मान्डो गोन्जालेज (मेक्सिको)
उमेर: २३ वर्ष
पोजिसन: स्ट्राइकर
क्लब: ग्वाडालाहारा
गत सिजन ग्वाडालाहाराका लागि २५ गोल गरेका आर्मान्डो गोन्जालेजलाई मेक्सिकोको भविष्यको प्रमुख हतियार मानिएको छ। जोन मरेका अनुसार नोभेम्बरमा पहिलो क्याप जितेका उनले फेब्रुअरीमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।
उनलाई मेक्सिकोका महान् स्ट्राइकर जाभियर ‘चिचारितो’ हेर्नान्डेजसँग तुलना गरिएको छ। म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी चिचारितोले ग्वाडालाहाराबाटै सन्यास लिँदै गर्दा गोन्जालेजले उनीबाट धेरै कुरा सिकेको बताइएको छ।
जोनाथन पियर्सले मेक्सिकोको अग्रपंक्तिको भार फुलहमका राहुल जिमेनेजमाथि भए पनि गोन्जालेज भविष्यको बलियो सम्भावना भएको बताउँछन्। लिगा एमएक्सको प्लेअफ सेमिफाइनलसम्म पुर्‍याउन निर्णायक भूमिका खेलेका उनले राष्ट्रिय टोलीबाट सात खेल खेल्दै आइसल्यान्डविरुद्ध एक गोल गरेका छन्।
ब्रायन गुटिएरेज (मेक्सिको)
उमेर: २२ वर्ष
पोजिसन: मिडफिल्डर
क्लब: चिभास दे ग्वाडालाहारा
अमेरिकाको इलिनोइसमा जन्मिएका गुटिएरेजले सन् २०२५ मा अमेरिकाका लागि दुई खेल खेलेका थिए। तर, गत नोभेम्बरमा उनले आफ्ना आमाबुबाको देश मेक्सिकोबाट खेल्ने निर्णय लिए।
जोनाथन पियर्सका अनुसार जनवरीमा शिकागो फायर छाडेर ग्वाडालाहारा पुगेका उनले क्लबलाई लिगा एमएक्सको सेमिफाइनलसम्म पुर्‍याएका थिए।
सन् २०२६ मा मेक्सिकोले खेलेका आठमध्ये सात खेलमा उनी मैदानमा उत्रिसकेका छन्। ४–१–४–१ को संरचनामा उनको ऊर्जा र सिर्जनशीलताले घरेलु समर्थकलाई निकै उत्साहित बनाउन सक्ने पियर्सले बताएका छन्।
जोहान मान्जाम्बी (स्विट्जरल्यान्ड)
उमेर: २० वर्ष
पोजिसन: मिडफिल्डर
क्लब: एससी फ्राइबर्ग
स्विट्जरल्यान्डले ठूला प्रतियोगितामा सधैं युवा खेलाडीलाई स्थापित हुने मञ्च दिने गरेको छ। स्टिभ बावरका अनुसार विगतमा ब्रिल एम्बोलो र ड्यान एन्डोयले पाएको यो अवसर यसपटक जोहान मान्जाम्बीको पोल्टामा पर्न सक्छ।
फ्राइबर्गलाई युरोपा लिगको फाइनलसम्म पुर्‍याउन उनको भूमिका महत्त्वपूर्ण थियो। मिडफिल्डका विभिन्न पोजिसन र अट्याकिङ थर्डमा प्रभावशाली मान्जाम्बीलाई स्विस कप्तान ग्रानिट झाकाले समेत खुबै प्रशंसा गरेका छन्।
भिकी स्पार्क्सका अनुसार उनी स्विट्जरल्यान्ड टोलीका सबैभन्दा कान्छा खेलाडी हुन्। प्रशिक्षक मुराट याकिनले उनमा गोल गर्ने असाधारण भोक रहेको टिप्पणी गरेका छन्।
स्टिभ विल्सनले मान्जाम्बीलाई युरोपा लिगको ‘रेभिलेसन अफ द सिजन’ को रूपमा व्याख्या गरेका छन्। गत सिजन मिडफिल्डबाट ७ गोल गरेका उनले सेमिफाइनलमा ब्रागाविरुद्ध उत्कृष्ट गोल गरेका थिए।
समग्र युरोपेली अभियानमा उनले ३३ पटक गोलको प्रयास गरेका थिए। यो आफ्ना अन्य सहकर्मीभन्दा ११ ले बढी हो। जेनेभामा हुर्किएका उनले अमेरिकाविरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका थिए।
इयान डेनिसले युरोपा लिग फाइनलमा एस्टन भिल्लाविरुद्ध उनलाई फ्राइबर्गको उत्कृष्ट खेलाडीका रूपमा औंल्याएका छन्। गत जुनमा डेब्यु गरेयता उनले लगातार ११ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् र छिट्टै उनलाई प्रिमियर लिग वा जर्मनीका ठूला क्लबले भित्र्याउन सक्ने दाबी गरिएको छ।
कान उजुन (टर्की)
उमेर: २० वर्ष
पोजिसन: मिडफिल्डर
क्लब: आइन्ट्राख्ट फ्रान्कफर्ट
जर्मनीमा जन्मिएका तर टर्कीको प्रतिनिधित्व गर्ने उजुनले फ्रान्कफर्टका समर्थकको मन जितिसकेका छन्। दुई वर्षअघि न्युरेम्बर्गबाट आएका उनले गत सिजन बुन्डेसलिगाका सुरुवाती पाँच खेलमै पाँच गोल र तीन असिस्ट गरेर सनसनी मच्चाएका थिए।
स्टिभ विल्सनका अनुसार जाडोयाममा ह्यामस्ट्रिङ चोटका कारण उनको खेल प्रभावित भए पनि उनी उत्कृष्ट प्लेमेकर हुन्। प्रशिक्षक भिन्सेन्जो मोन्टेलाले उनलाई ओर्कुन कोक्चु वा केनान यिल्डिजको विकल्पका रूपमा बेन्चबाट प्रयोग गर्न सक्ने विश्लेषण गरिएको छ।
केरिम अलाजबेगोभिच (बोस्निया–हर्जेगोभिना)
उमेर: १८ वर्ष
पोजिसन: विंगर
क्लब: रेड बुल साल्जबर्ग
भिकी स्पार्क्सका अनुसार साल्जबर्गमा अलाजबेगोभिचले उत्कृष्ट प्रदर्शन गरेपछि उनको पूर्व क्लब बायर लेभरकुसेनले एक सिजनपछि नै बाइ-ब्याक क्लज प्रयोग गरेर उनलाई फर्काउने निर्णय गरिसकेको छ।
कलिलै उमेरमा उनले ठूलो मञ्चमा दबाब झेल्ने क्षमता देखाइसकेका छन्। वेल्सविरुद्धको प्लेअफ सेमिफाइनलमा उनले निर्णायक पेनाल्टी गोल गरेका थिए भने फाइनलमा इटालीविरुद्धको सुटआउटमा पनि गोल गर्न सफल भए।
जर्मनमा जन्मिएका यी विंगरलाई बोस्नियाली फुटबलको नयाँ पोस्टर ब्वाईका रूपमा हेरिएको छ। अन्तर्राष्ट्रिय स्तरमा वैकल्पिक खेलाडीका रूपमा प्रयोग हुँदै आए पनि विश्वकपअघिका दुवै मैत्रीपूर्ण खेलमा उनले सुरुवाती मौका पाएका थिए।
लुका भुस्कोभिच (क्रोएसिया)
उमेर: १९ वर्ष
पोजिसन: सेन्टर–ब्याक
क्लब: टोटनहम (२०२५–२६ मा ह्याम्बर्गमा ऋणमा)
स्टिभ विल्सनले टोटनहमले ट्रान्सफर बजारमा गरेका थोरै मात्र उत्कृष्ट निर्णयमध्ये भुस्कोभिचको अनुबन्धन एक रहेको बताए। गत सिजनमा हाजडुक स्प्लिटबाट उनलाई भित्र्याउने सम्झौता १८ महिनाअघि नै तय भइसकेको थियो।
१६ वर्षमै हाजडुकबाट डेब्यु गरेका उनले बेल्जियमको वेस्टरलोमा ऋणमा रहँदा उत्कृष्ट सिजन बिताए र क्रोएसियाको यू–२१ टोलीमा तीव्र गतिमा स्थान बनाए।
गत सिजन ह्याम्बर्गमा ऋणमा रहँदा उनले बलियो सेन्टर–ब्याकका रूपमा मात्र पहिचान बनाएनन्, ६ गोल समेत गरेर आफ्नो बहुआयामिक क्षमता प्रदर्शन गरे। विश्वकप सकिएलगत्तै उनी टोटनहम फर्किएर पहिलो टोलीमै स्थान बनाउने अपेक्षा गरिएको छ।
गेसिम यासिन (मोरक्को)
उमेर: २० वर्ष
पोजिसन: दायाँ विंगर
क्लब: स्ट्रासबर्ग
लियाम म्याक्लियोडका अनुसार यासिन मोरक्कोका वाइल्ड कार्ड हुन्। बार्सिलोनाको नजरमा परिसकेका उनलाई फ्रेन्च क्लब स्ट्रासबर्गले जनवरीमा करिब ७० लाख युरो तिरेर दोस्रो डिभिजनको डन्कर्कबाट अनुबन्ध गरेको थियो।
नयाँ प्रशिक्षक मोहम्मद औहाबीको नेतृत्वमा मोरक्कोलाई यू-२० विश्वकप जिताउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। मार्चमा इक्वेडरविरुद्ध डेब्यु गरेका उनी कतार विश्वकपमा सेमिफाइनल पुगेको टोलीमा स्थायी स्थान बनाउन संघर्षरत छन्।
इयान डेनिसका अनुसार देब्रे खुट्टाले खेल्ने उनी दायाँ विंगमा निकै खरो उत्रिन्छन्। बललाई नजिकबाट नियन्त्रण गर्ने र उत्कृष्ट ड्रिब्लिङ गर्ने क्षमता उनमा छ। जनवरीमा साढे चार वर्षको सम्झौता गरेका उनी स्ट्रासबर्गको साझेदार क्लब चेल्सीको पनि राडारमा रहेको दाबी गरिएको छ।
अय्युब बुआद्दी (मोरक्को)
उमेर: १८ वर्ष
पोजिसन: मिडफिल्डर
क्लब: लिल
स्टिभ बावरले बुआद्दीलाई फ्रान्सको यू-२१ टोलीबाट खेल्दा नजिकबाट नियालेका थिए। तर, फ्रान्सको सिनियर टोलीमा स्थान नपाएपछि गत महिना उनले मोरक्कोबाट खेल्ने निर्णय गरे।
१६ वर्ष पूरा भएको तीन दिनपछि नै लिलबाट कन्फरेन्स लिगमा डेब्यु गरेका उनीसँग च्याम्पियन्स लिग र युरोपा लिग खेलेको यथेष्ट अनुभव छ।
यान डियोमान्डे (आइभरी कोस्ट)
उमेर: १९ वर्ष
पोजिसन: विंगर
क्लब: आरबी लाइपजिग
स्टिभ विल्सनका अनुसार डियोमान्डे युरोपेली ट्रान्सफर बजारमा सबैभन्दा बढी माग भएका किशोर विंगर हुन्। यद्यपि जर्मन क्लब लाइपजिग उनलाई बेच्न तयार छैन। बुन्डेसलिगाको ‘रुकी अफ द सिजन’ अवार्ड जितेका उनलाई जुलाई २०२५ मा स्पेनिस क्लब लेगानेसबाट २ करोड युरोमा भित्र्याइएको थियो।
पहिलो सिजनमै ३३ लिग खेलमा १२ गोल र ९ असिस्टसहित २१ गोलको योगदान दिँदै उनले क्लबलाई च्याम्पियन्स लिगमा पुर्‍याएका थिए।
१५ वर्षको उमेरमा अमेरिका पुगेका डियोमान्डेले फ्लोरिडामा तीन वर्ष बिताएका थिए। मार्चमा काँधको चोटका कारण दक्षिण कोरिया र स्कटल्यान्डविरुद्धको खेल गुमाए पनि गत हप्ता फ्रान्सविरुद्धको खेलमा पुनरागमन गर्दै उनले आफ्नो स्थान पक्का गरेका छन्।
बाजुमाना टुरे (आइभरी कोस्ट)
उमेर: २० वर्ष
पोजिसन: बायाँ विंगर
क्लब: होफेनहाइम
स्टिभ विल्सनका अनुसार आइभरी कोस्टसँग डियोमान्डे मात्र होइन, बाजुमाना टुरे जस्ता रोमाञ्चक युवा खेलाडी पनि छन्। जनवरी २०२५ मा स्विडेनको हामार्बीबाट होफेनहाइम पुगेलगत्तै समर्थकहरूमाझ बाजुमानिया शब्द नै लोकप्रिय बन्यो।
यस सिजन ३० लिग खेलमा उनले १२ असिस्ट प्रदान गरेका छन्। अफ्रिका कप अफ नेसन्समा वैकल्पिक खेलाडीका रूपमा तीन खेल खेल्दै दुई गोल गरेपछि प्रशिक्षक एमर्स फाएमाथि उनलाई सुरुवाती टोलीमा राख्न चर्को दबाब परेको छ।
यद्यपि डियोमान्डे र अमाद डियालो जस्ता खेलाडीका कारण विंग्समा स्थान बनाउन उनलाई सहज भने छैन।
हुसेम आउआर (अल्जेरिया)
उमेर: २७ वर्ष
पोजिसन: मिडफिल्डर
क्लब: अल–इत्तिहाद
जोनाथन पियर्सले चार वर्षअघि मोरक्कोले जस्तै यसपटक अल्जेरियाले सनसनीपूर्ण प्रदर्शन गर्न सक्ने दाबी गर्दै तीन खेलाडीलाई औंल्याएका छन्। लियोनबाट किशोर खेलाडीका रूपमा उदाएदेखि नै पियर्सले आउआरलाई नजिकबाट नियाल्दै आएका छन्।
साउदी प्रो लिगमा अल–इत्तिहादका लागि यस सिजन १५ गोल गरेका यी प्रतिभाशाली प्लेमेकरले युरोपकै उत्कृष्ट मिडफिल्डरका रूपमा बनाएको आफ्नो पुरानो लय पुनः फेला पारेका छन्।
मोहम्मद अमोउरा (अल्जेरिया)
उमेर: २६ वर्ष
पोजिसन: स्ट्राइकर/विंगर
क्लब: वोल्फ्सबर्ग
पियर्सको दोस्रो छनोटमा अमोउरा परेका छन्। उनले विश्वकप छनोटका पछिल्ला ६ खेलमा १० गोल गरेर सनसनी मच्चाएका छन्। यद्यपि जर्मन क्लब वोल्फ्सबर्ग यस सिजन रेलिगेसनमा पर्‍यो, तर अन्तर्राष्ट्रिय फुटबलमा उनको प्रदर्शन अत्यन्तै उत्कृष्ट रह्यो। अल्जेरियाको अग्रपंक्तिको नेतृत्व गर्ने उनले बायाँ विंगमा पनि उत्तिकै सशक्त भूमिका खेल्न सक्छन्।
इब्राहिम माजा (अल्जेरिया)
उमेर: २० वर्ष
पोजिसन: मिडफिल्डर
क्लब: बायर लेभरकुसेन
२० वर्षीय माजाले यस सिजन बायर लेभरकुसेनका लागि उत्कृष्ट प्रदर्शन गरेका छन्। अफ्रिका कप अफ नेसन्समा अल्जेरियाका लागि दुई गोल गरेका यी युवा खेलाडीलाई प्राविधिक रूपमा अत्यन्तै दक्ष मानिन्छ।
स्टिभ बावरका अनुसार मिडफिल्ड र रक्षापंक्तिबीचको खाली स्थानमा रहेर खेल्न रुचाउने माजालाई अल्जेरियामा राष्ट्रिय टोलीका लेजेन्ड रियाद महरेजसँग तुलना गर्न थालिएको छ।
यस सिजन क्लबका लागि ४० भन्दा बढी र राष्ट्रिय टोलीबाट १५ खेल खेलिसकेका उनी आफ्नो उमेरभन्दा निकै परिपक्व देखिन्छन्। विश्वकपमा मौका पाएको खण्डमा उनले विश्व फुटबलमा आफ्नो दह्रो छाप छोड्ने पक्का छ।
निको पाज (अर्जेन्टिना)
उमेर: २१ वर्ष
पोजिसन: मिडफिल्डर
क्लब: कोमो
स्टिभ बावरका अनुसार सेस्क फाब्रेगासको प्रशिक्षणमा इटालियन क्लब कोमोलाई सफलता दिलाउन निको पाजको ठूलो भूमिका रह्यो। अर्जेन्टिनामा उनको लोकप्रियता चुलिएको छ। बायाँ खुट्टाले खेल्ने र नम्बर १० पोजिसनमा रहने भएकाले उनलाई लियोनेल मेस्सीसँग तुलना गरिन्छ। यद्यपि उनी अझै परिपक्व हुन बाँकी रहेको बावरले टिप्पणी गरेका छन्।
स्टिभ विल्सनका अनुसार उनी अर्जेन्टिनाका पूर्व रक्षक पाब्लो पाजका छोरा हुन्। सन् २०२४ मा रियल मड्रिडले कोमोलाई बेच्दा सन् २०२७ सम्म लागू हुने गरी बाइ-ब्याक क्लज राखेको थियो। सिरी ‘ए’ मा यस सिजन सर्वाधिक ड्रिबल पूरा गरेका उनले १३ गोल र ८ असिस्ट गरेका थिए।
मार्चमा मौरिटानियाविरुद्ध उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। प्रशिक्षक लियोनेल स्कालोनीले उनलाई महत्त्वपूर्ण खेलहरूमा प्रयोग गर्न सक्ने आकलन गरिएको छ।
लुइस सुवारेज (कोलम्बिया)
उमेर: २८ वर्ष
पोजिसन: स्ट्राइकर
क्लब: स्पोर्टिङ
लियाम म्याक्लियोडका अनुसार उरुग्वेका लिजेन्ड लुइस सुवारेजको जस्तो चर्चा नपाए पनि कोलम्बियाका यी स्ट्राइकरले पोर्चुगलमा सनसनीपूर्ण प्रदर्शन गरेका छन्। भिक्टर ग्योकेरेस आर्सनल गएपछि उनको स्थान लिन स्पेनको दोस्रो डिभिजन क्लब अल्मेरियाबाट स्पोर्टिङ लिस्बन पुगेका सुवारेजले पहिलो सिजनमै अविश्वसनीय रूपमा ३८ गोल गरेका छन्। यसका साथै ९ असिस्ट पनि प्रदान गरेका उनी विश्वकपको मञ्चमा तहल्का मच्चाउन पूर्ण रूपमा तयार देखिएका छन्।
अलेसान्द्रो सिर्काती (अष्ट्रेलिया)
उमेर: २२ वर्ष
पोजिसन: सेन्टर-ब्याक
क्लब: पार्मा
भिकी स्पार्क्सका अनुसार इटालियन सिरी ए मा पार्माको रक्षापंक्तिका नियमित सदस्य अलेसान्द्रो सिर्काती आफ्नो पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा छन्।
इटालीको युवा टोलीबाट खेलिसकेका उनी एक वर्षको उमेरमै अष्ट्रेलिया पुगेका थिए। गत सेप्टेम्बरमा न्युजिल्यान्डविरुद्ध कप्तानी सम्हालेका उनी सन् १९८१ यताकै अष्ट्रेलियाका सबैभन्दा कम उमेरका कप्तान बनेका छन्।
लुकास हेरिङ्टन (अष्ट्रेलिया)
उमेर: १८ वर्ष
पोजिसन: सेन्टर–ब्याक
क्लब: कोलोराडो र्यापिड्स
ब्रिस्बेनमा जन्मिएका हेरिङ्टनलाई जोन मरेले अष्ट्रेलियाको ठूलो सम्भावनाको रूपमा हेरिएको छ। जनवरीमा कीर्तिमानी रकममा अमेरिकी क्लब कोलोराडो र्यापिड्समा आबद्ध भएका उनले मेजर लिग सकर (एमएलएस) मा गरेको उत्कृष्ट प्रदर्शनकै कारण विश्वकप टोलीमा स्थान पक्का गरेका हुन्।
अली जासिम (इराक)
उमेर: २२ वर्ष
पोजिसन: बायाँ विंगर
क्लब: कोमो (२०२५–२६ सिजनमा अलऔनज्मामा ऋणमा)
स्टिभ विल्सनका अनुसार सन् २०२४ को सुरुवातमा भएको यू–२३ एसियन कपका सर्वाधिक गोलकर्ता अली जासिमले इटालियन क्लब कोमोको ध्यान खिचेका थिए।
इराक छाडेर टर्कीमा असफल भइसकेका जासिममाथि कोमोले जोखिम उठाउँदै अनुबन्ध गर्‍यो। त्यसपछि नेदरल्यान्ड्स र साउदी अरेबियाको अल–नज्मामा ऋणमा पठाइएका उनी त्यहाँ पूर्ण रूपमा स्थापित भएका छन्।
इराकका अष्ट्रेलियाली प्रशिक्षक ग्राहम अर्नोल्डले पछिल्लो १२ महिनादेखि उनलाई लगातार टोलीमा स्थान दिँदै आएका छन्। समूह ‘आई’ मा नर्वे, फ्रान्स र सेनेगल जस्ता शक्तिशाली टोलीहरूविरुद्ध खेल्ने क्रममा जासिमले सबैको ध्यान तान्न सक्ने दाबी गरिएको छ।
यी २० उदीयमान खेलाडीहरूको क्षमता र प्रतिभालाई हेर्दा सन् २०२६ को विश्वकप केवल दिग्गज खेलाडीहरूको अन्तिम मञ्च मात्र नभई नयाँ युगका सुपरस्टारहरूको उदय हुने ऐतिहासिक प्रतियोगिता बन्ने पक्कापक्की देखिएको छ।
विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न सिफारिस गरिएको छ।
सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनाको बुँदा ७४(ख) बमोजिम विद्युत् विकास विभागबाट जारी भएका अनुमतिपत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमतिपत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो।
समितिले उत्पादन अनुमति प्राप्त गरेको पाँच वर्षको अवधिमा समग्र प्रगति ५० प्रतिशतभन्दा माथि रहेका २२० मेगावाट क्षमताका १५ वटा आयोजनालाई प्राथमिकता सूचीमा राखेको छ। त्यस्तै, पाँच वर्षको अवधिमा ५० प्रतिशत हाराहारीमा प्रगति गरेका ५ हजार ६४२ मेगावाट क्षमताका १३१ वटा आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा समावेश गरेको छ।
यस्तै, काम गरिरहेका तर विभिन्न कारणले लक्ष्यअनुसार प्रगति गर्न नसकेका मिश्रित अवस्थाका १ हजार १२४ मेगावाट क्षमताका ३८ वटा आयोजनालाई छिटो सम्पन्न गराउन सहजीकरण गर्नुपर्ने सूचीमा राखिएको छ। तर, सोही अवधिमा अत्यन्त कमजोर प्रगति भएका ४ हजार १२१ मेगावाट क्षमताका ७५ वटा आयोजनालाई समस्याग्रस्त आयोजनाको सूचीमा राख्दै कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा पीपीए भइसकेका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमतिपत्र रद्द गरिने उल्लेख छ। यसअनुसार अनुमति लिएर लामो समयसम्म काम नगर्ने आयोजनामाथि कारबाही गर्ने बाटो खुलेको छ।
उता, २०७६ सालभन्दा अघि उत्पादन अनुमति लिएका तर हालसम्म कुनै प्रगति नभएका १६९ मेगावाट क्षमताका ११ वटा आयोजनालाई पनि विद्युत् विकास विभागले खारेजी प्रक्रियामा लैजान सिफारिस गरेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ। ती आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गर्दाका सर्त पालना नगरेको तथा विद्युत् नियमावली, २०५० को नियम २१ बमोजिम कार्य नगरेकाले विद्युत् ऐन, २०४९ को दफा ८ अनुसार खारेजी प्रक्रिया अगाडि बढाउन सिफारिस गरिएको छ।
‘लाइसेन्स राज’को अन्त्य गर्दै राष्ट्रिय लक्ष्य प्राप्तिका लागि प्राथमिकताका आधारमा प्रतिस्पर्धात्मक ढंगले सर्वेक्षण अनुमतिपत्र जारी गर्न पनि समितिले सुझाव दिएको छ। प्रतिवेदनले अनुमतिपत्र वितरण प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धात्मक तथा राष्ट्रहितअनुकूल बनाउन विभिन्न नीतिगत सुधारका प्रस्ताव अघि सारेको छ।
समितिले विद्युत् ऐन, २०४९, विद्युत् नियमावली, २०५०, जलविद्युत् विकास नीति, २०५८ तथा अनुमतिपत्रसम्बन्धी निर्देशिकामा रहेका बाझिने र द्विविधापूर्ण प्रावधानहरूको पुनरावलोकन गरी आवश्यक कानुनी संशोधनमार्फत एकरूपता कायम गर्नुपर्ने औँल्याएको छ।
यस्तै, विद्युत् आयोजनाको अनुमतिपत्र तथा लगानी स्वीकृतिसम्बन्धी विषयमा लगानी बोर्ड, उद्योग मन्त्रालय र ऊर्जा मन्त्रालयबीच रहेको कार्यक्षेत्रको दोहोरोपन हटाई स्पष्ट जिम्मेवारी निर्धारण गर्नुपर्ने सुझाव दिइएको छ। अनुमतिपत्र संशोधन, आयोजना बैंकको व्यवस्थापन तथा अनुमतिपत्र बिक्री वा हस्तान्तरणजस्ता महत्वपूर्ण विषयलाई निर्देशिकाभन्दा माथिल्लो कानुनी तहमा समेटी नियमावलीमै व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, सर्वेक्षण अनुमतिपत्रको पाँचवर्षे अवधिभित्र प्रवर्द्धक कम्पनीको शेयर संरचना उत्पादन अनुमति प्राप्त गरेपछि मात्र परिवर्तन गर्न पाउने व्यवस्था गर्न सुझाव दिइएको छ। यसले वास्तविक लगानीकर्तालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
समितिले ऊर्जा क्षेत्रको एकीकृत विकासका लागि पाँचवर्षे विद्युत् विकास योजना तर्जुमा गरी त्यसअनुसार खपत, निर्यात, प्रसारण, वितरण तथा उत्पादनका योजना निर्माण गर्न सुझाव दिएको छ। साथै, उत्पादन अनुमतिपत्रको अवधि समाप्तिपछि आयोजनाको स्वामित्व हस्तान्तरण, सञ्चालन व्यवस्थापन तथा राजस्व प्राप्तिको प्रक्रियासम्बन्धी विद्यमान अस्पष्टता हटाई राष्ट्रिय हितअनुकूल कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिव मोहन शाक्यको संयोजकत्वमा डा. दिवसबहादुर बस्न्यात, निकुञ्ज भण्डारी, शालिकराम भण्डारी र जीवन राना मगर सदस्य रहेको पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो। समितिले आफ्नो प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसमक्ष पेश गरेको थियो।
समितिले बजेटमा उल्लेख भएअनुसार १० मेगावाटभन्दा कम क्षमताका तत्काल पीपीए गर्नुपर्ने १७६ वटा आयोजनाको समेत पहिचान गरेको छ। ती आयोजनाको कुल क्षमता १ हजार १६४ मेगावाट रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट बुद्धिप्रसाद पन्त (हरि) ले सुशीलकुमार साह कानुलाई ४८ मतले हराउँदै जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
पन्त पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का सांसद हुन् भने कानु भने पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सांसद हुन्। यसअघि पन्त रास्वपाका पर्सा जिल्ला सभापति भएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश समितिको निर्वाचन काठमाडौंमा हुने भएको छ । हेटौंडामा हुने भनिएको निर्वाचनमा विवाद उत्पन्न भएपछि स्थगित भएको निर्वाचन   काठमाडौंमा हुने भएको हो।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै बागमती प्रदेशको निर्वाचन जेठ ३० गते काठमाडौंको धुम्बाराहीमा हुने जनाएको हो। आयोगका अनुसार मतदान बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ।
यसअघि हेटौंडामा निर्वाचनका क्रममा मतदाता नामावली विषयमा विवाद उत्पन्न भएपछि निर्वाचन  स्थगित गरिएको थियो।
प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको अप्रत्याशित पराजयपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव संगठन सुदृढीकरण अभियानमा सक्रिय भएका छन्। चुनावी हारपछि शिथिल बनेको पार्टी संगठनलाई पुनर्जीवित गर्न र कार्यकर्तालाई एकताबद्ध बनाउन उनी स्वयं जिल्ला–जिल्लामा पुग्न थालेका हुन्।
पार्टीको केन्द्रीय समन्वय समितिले सञ्चालन गरेको देशव्यापी अभियानअन्तर्गत यादवले पहिलो चरणमा बर्दिया, बाँके र सुर्खेतमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेका छन्। जेठ २५ गते गुलरिया, २६ गते नेपालगञ्ज र २७ गते सुर्खेतमा आयोजित कार्यक्रममा उनले कार्यकर्तालाई चुनावी हारबाट निराश नहुन र नयाँ उत्साहका साथ संगठन निर्माणमा जुट्न आग्रह गरेका थिए।
अब अभियान मधेस र कोशी प्रदेशमा केन्द्रित हुने भएको छ। पार्टी नेतृत्व जेठ ३० गते पर्सा र ३१ गते बारामा आयोजना हुने भेलामा सहभागी हुनेछ भने असार १४ गतेसम्म मोरङ, सुनसरी, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, सिराहा र रौतहटमा जिल्लास्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
अध्यक्ष यादवको सचिवालयका अनुसार अभियानमा पार्टीका विभिन्न तहका सदस्य, भ्रातृ संगठनका प्रतिनिधि तथा निर्वाचित जनप्रतिनिधिको सहभागिता रहनेछ। साथै पार्टीका संरक्षक महन्थ ठाकुरलगायत शीर्ष नेताहरू पनि कार्यक्रममा सहभागी हुनेछन्।
अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले अभियानको उद्देश्य चुनावी पराजयको समीक्षा, आन्तरिक गुटबन्दीको अन्त्य, संगठन सुदृढीकरण तथा पार्टीको गुमेको साख पुनःस्थापित गर्नु रहेको बताए। उनका अनुसार शीर्ष नेतृत्व स्वयं कार्यकर्तामाझ पुगेर गुनासा सुन्ने र संगठनलाई पुनर्गठन गर्ने प्रयासमा जुटेको छ।
पहिचान, सामाजिक न्याय, संघीयता र समावेशिताका मुद्दाबाट स्थापित जसपा नेपाल पछिल्ला वर्षहरूमा आन्तरिक विभाजन र नेतृत्वको सत्ता–केन्द्रित राजनीतिका कारण कमजोर बनेको विश्लेषण गरिन्छ। गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न नसकेपछि संगठन पुनर्निर्माणलाई प्राथमिकता दिएको हो।
बागलुङ  नगरपालिकाले अतिक्रमण भएको जग्गा र संरचना खोज्न थालेको छ। बागलुङ बजारसहित वडाभर सार्वजनिक जग्गा मिचिएको र अवैध संरचना निर्माण गरिएको विषयमा नगरपालिकाले चासो दिएको हो।
बागलुङ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए।  अतिक्रमण गरी निर्माण गरिएको संरचना र अतिक्रमण जग्गा खाली गर्न निर्देशन दिँँदै समयभित्र खाली नगर नगरपालिकाले भत्काउन र खाली गर्न सुरु गर्ने बताए।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ति जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि लगत सङ्कलन गरिरहेको छ।
सडक, खोला तथा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना नगरपालिकाले खाल गर्न आग्रह गरेको हो। मुलुकी देवानीसंहिता, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाअनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकाले तत्काल  अतिक्रमण गरिएको जग्गा तथा संरचना हटाउन सूचना जारी गरेको हो।
नगरपालिकाका अनुसार विभिन्न स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा, पसल, पर्खाललगायत संरचना निर्माण गरिएका कारण सवारी आवागमन, सडक सुरक्षा तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा समस्या  भएको भन्दै नगरपालिकाले सूचना जारी गरेको हो।
पन्ध्र दिनभित्र स्वःस्फूर्त रूपमा अतिक्रमित जग्गा खाली तथा संरचना हटाउन सम्बन्धित सबै व्यक्ति, संस्था तथा घरधनीलाई अनुरोध गरिएको र त्यसो नभएमा नगरपालिका आँफैले संरचना हटाउन थाल्ने शर्माको भनाइ छ।
तोकिएको अवधिभित्र अतिक्रमण हटाइएमा नगरपालिकाले प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइ त्यस्ता संरचना हटाउने, भत्काउने वा व्यवस्थापन गर्ने कार्यमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने बागलुङ नगरपालिकाकाले जनाएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपरसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठले खेलमैदानबाट खेलकुद क्षेत्रको विकास गर्ने स्थानमा पुग्दा थप जिम्मेवारीवोध महसुस भएको बताएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा स्वागत तथा पदभार ग्रहण कार्यक्रमका अवसरमा नवनियुक्त उपाध्यक्ष श्रेष्ठले खेलमैदानमा खेल्दै यसै क्षेत्रको विकासका लागि काम गर्न पाउनु ठूलो अवसर रहेको बताएका हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर श्रेष्ठले विगत दुई दशकदेखि खेलकुदमा रहेर देशको प्रतिनिधित्व गर्ने शौभाग्यपछि यसै क्षेत्रको विकासमा काम गर्न यो जिम्मेवारी दिएकोमा सरकारलाई धन्यवाद र आभार व्यक्त गरे । यो पदमा रहँदा सम्पूर्ण खेलकुद संघसँग समन्वयन गरी खेल विकासका लागि नेपाल सरकारसँग सहकार्य गरी अगाडि बढ्ने उनको विश्वास छ ।
खेल मैदानबाट खेल विकासमा आउँदा धेरै खुसी रहेको र आफूले गर्नुपर्ने काम पनि धेरै रहेको उपाध्यक्ष श्रेष्ठले बताएका छन् । उपाध्यक्ष श्रेष्ठले समग्र खेलविकासका लागि लागि पर्ने र त्यो सबै सरोकार पक्ष एकभएर मात्र सम्भव हुने विश्वास व्यक्त गरेका छन् । सबै एक भएर नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा उनको जोड थियो ।
नेपाल सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धि विशेष व्यवस्था अध्यादेश २०८३ जारी गरेपछि एकैपल्ट एक हजार चार सय ९४ जना पदाधकारी एकमुष्ट पदमुक्त भएका थिए । यससँगै राखेपको कार्यकारी समितिसहित बोर्ड नै रिक्त भएको थियो । सोही पदमा बुधबार मात्र शिक्षा तथा खेलकुद मन्त्रालयले उपाध्यक्षमा विशाल श्रेष्ठसहित चार जना बोर्ड सदस्य नियुक्त गर्‍यो । चार सदस्यमा पूर्वक्रिकेटर शक्ति गौचन, बुद्धिचालकी पूर्वराष्ट्रिय च्याम्पियन मोनालिसा खुम्बु, टेबल टेनिसकी सिक्का सुवाल र जेनजी प्रदर्शनका क्रममा घाइते भएका पवन शाहीलाई राखेपको बोर्ड सदस्य नियुक्त भएका हुन् ।
उक्त नवनियुक्त पदाधिकारी र सदस्यले बिहीबार त्रिपुरेश्वरस्थित राखेपमा कार्यालयमा पदभार समालेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव रामचरित्र मेहता र कर्मचारीहरू बधाई दिँदै स्वागत गरेका थिए । सदस्यसचिव मेहताले विशेष घडीमा र अवस्थामा नयाँ पदाधिकारीको आगमन भएकाले खेलकुदको गरिमा बढाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले खेलकुदमा धेरै राम्रो छ भन्ने वातावरण सिर्जना गर्न सरकार लागिरहेकाले त्यसमा नयाँ पदाधिकारीले राम्रो काम गर्ने आशा व्यक्त गरेका छन् । खेलकुदका समस्यालाई समाधान गर्न मन्त्रालयले पनि ध्यान दिएको उनी बताउँछन् । खेललाई व्यावसायिक बनाउन नजनियुक्त पदाधिकारी भूमिका महत्त्वपूर्ण रहेको उनले बताएका छन् । अहिले खेलकुदमा देखिएको समस्या हटाउँदै लैजाने प्रयासमा खेलकुद परिषद् रहेको उनको भनाइ छ ।
पूर्वराष्ट्रिय खेलाडी विशाल श्रेष्ठले बिहीबार राखेपको उपाध्यक्षमा नियुक्त भएसँगै सामाजिक सञ्जालमार्फत व्यावसायिक फुटबल करियरबाट संन्यास घोषणा गरेका थिए । पछिल्लो समय उनी मच्छिन्द्र क्लबबट खेल्दै आएका थिए । उनले उक्त जानकारी दिएका हुन् । उनले ७ पुस २०८० सालमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका थिए ।  ३३ वर्षे विशालले मनाङ मस्र्याङ्दी, नेपाल पुलिस र मच्छिन्द्रबाट घरेलु लिग खेलिसकेका छन् । बुटबल लुम्बिनी एफसी र एफसी चितवनबाट उनले नेपाल सुपर लिग (एनएसएल) खेलेका छन् ।
नयाँ राजनीतिक शक्तिका रूपमा तीव्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै संगठनभित्रको शक्ति संघर्ष, गुटबन्दी र नेतृत्वको टकरावका कारण चर्चामा आउन थालेको छ ।
अहिले कोशी प्रदेश सभापतिको निर्वाचनपछि देखिएको विवादले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र भविष्यको दिशामाथि प्रश्न उठाएको छ ।
कोशी प्रदेश सभापतिमा पराजित भएपछि वर्तमान सभापति गोमा तामाङ (सरिन)ले सामाजिक सञ्जालमार्फत राजनीति छाड्ने घोषणा गरे ।
उनले लेखेका छन्न्, ‘आजबाट राजनीतिक बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
उनको अर्को अभिव्यक्तिले भने पार्टीभित्रको असन्तुष्टिको गहिराइ देखाएको छ । उनले आफूलाई ‘ह्विप’ लगाएर हराइएको आरोप लगाउँदै केही नेताहरूमाथि ‘सेटिङ प्यानल’ र गुटबन्दीको संकेत गरेका छन् । ‘राजनीति गर्नै जानिन, मेरो कमजोरी भयो’ भन्ने उनको भनाइले व्यक्तिगत हारभन्दा बढी संगठनभित्रको शक्ति समीकरणप्रति असन्तुष्टि झल्काएको छ ।
कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई २८० मतसहित विजयी हुँदा तामाङले १४१ मत पाए । चार जनाको उम्मेदवारी परेको निर्वाचनमा देखिएको प्रतिस्पर्धाले रास्वपाभित्र नेतृत्व चयन अब केवल सहमतिको विषय नभई प्रभाव र समूह निर्माणको प्रतिस्पर्धामा परिणत हुँदै गएको संकेत गरेको छ ।
किन हुँदैछ रास्वपामा पदको लडाइँ ?
रास्वपा छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्ति बनेको दल हो । पुराना दलप्रतिको असन्तुष्टि, नयाँ अनुहारको खोजी र वैकल्पिक राजनीतिको नाराले यसले ठूलो जनसमर्थन पायो । तर निर्वाचनको सफलता पछि संगठन विस्तारको चरणमा पुगेपछि पार्टीभित्र पद, पहुँच र प्रभावको प्रतिस्पर्धा स्वाभाविक रूपमा बढ्न थालेको देखिन्छ ।
नयाँ दलहरूमा एउटा चुनौती हुन्छ, निर्वाचन जित्ने ऊर्जा र संगठन चलाउने संरचनाबीच सन्तुलन कायम गर्नु । रास्वपाले पनि अहिले त्यही परीक्षणको सामना गरिरहेको छ । केन्द्रदेखि प्रदेशसम्म नेतृत्व चयन हुँदा को नजिक, को प्रभावशाली र कसको समूह बलियो भन्ने प्रश्नले महत्व पाउन थालेको छ ।
किन लाग्दैछ घात–प्रतिघातको आरोप ?
रास्वपाको प्रारम्भिक राजनीतिक छवि ‘गुटविहीन’ र ‘नयाँ संस्कारको राजनीति’ गर्ने दलका रूपमा बनेको थियो । तर संगठन विस्तारसँगै विभिन्न क्षेत्र, समूह र नेतृत्वबीच प्रतिस्पर्धा बढ्दा पुराना दलमा देखिँदै आएको शक्ति संघर्षको स्वरूप यहाँ पनि देखिन थालेको आलोचना हुन थालेको छ।
गोमा तामाङको आरोप केवल एउटा निर्वाचन हारको प्रतिक्रिया मात्र होइन, पार्टीभित्र निर्णय प्रक्रिया कति पारदर्शी छ भन्ने बहस पनि हो । कुनै उम्मेदवार हार्दा त्यसलाई सामान्य प्रतिस्पर्धाको परिणामका रूपमा स्वीकार गर्ने संस्कार बन्ने हो वा आन्तरिक असन्तुष्टि बढ्दै जाने हो भन्ने विषयले रास्वपाको राजनीतिक संस्कार निर्धारण गर्नेछ ।
दुईतिहाइ नजिकको जनमत पाएको पार्टी किन खुम्चिने जोखिममा ?
रास्वपाले छोटो समयमै ठूलो जनसमर्थन हासिल गरे पनि जनमतलाई दीर्घकालीन राजनीतिक शक्तिमा रूपान्तरण गर्न संगठन बलियो हुनुपर्छ । केवल लोकप्रियता, सामाजिक सञ्जालको प्रभाव र नेतृत्वको आकर्षणले मात्र पार्टी टिक्दैन ।
यदि पार्टीभित्र अवसर वितरण, नेतृत्व चयन र असन्तुष्टि व्यवस्थापन कमजोर भयो भने समर्थकमा निराशा आउन सक्छ । नयाँ दलप्रति आशा राखेका मतदाताले पनि पुरानै शैलीको गुटबन्दी देखे भने त्यसको राजनीतिक मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ ।
तर अर्कोतर्फ, आन्तरिक प्रतिस्पर्धा हुनु आफैंमा कमजोरी होइन । लोकतान्त्रिक दलमा प्रतिस्पर्धा र असहमति स्वाभाविक प्रक्रिया हुन् । प्रश्न यति मात्र हो, रास्वपाले यसलाई स्वस्थ लोकतान्त्रिक अभ्यासमा बदल्छ कि व्यक्तिगत शक्ति संघर्षमा ?
कोशी प्रदेशको घटना एउटा प्रदेश अधिवेशनको परिणाम मात्र होइन, रास्वपाको संगठनात्मक यात्राको प्रारम्भिक परीक्षा पनि हो । अब पार्टीले कसरी असन्तुष्ट आवाजलाई समेट्छ, नेतृत्व चयनलाई कति पारदर्शी बनाउँछ र पुराना दलभन्दा फरक राजनीतिक संस्कार स्थापित गर्छ भन्ने जटिल प्रश्नको सामना रास्वपाले गर्नुपर्ने देखिएको छ ।
यहाँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको ‘उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम’ अन्तर्गत २१ लाख भन्दा बढी रकम वितरण गरेको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिकको अवधिमा २१ लाख ५५ हजार एक सय ४२ कृषकलाई वितरण गरेको हो।  गाउँपालिकाभित्रका कृषकले यस अवधिमा कूल तीन लाख ५९ हजार १९० लिटर दूध उत्पादन गरेका छन्। उत्पादनका आधारमा प्रति लिटर रु छ का दरले कूल २१ लाख ५५ हजार १४२ गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषकलाई हस्तान्तरण गरे।
अध्यक्ष चुमानले कृषकलाई उत्पादनसँग जोडेर प्रत्यक्ष लाभ दिने नीतिअन्तर्गत अनुदान वितरण गरिएको बताए। उनले कृषि तथा पशुपालन क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको प्रमुख आधारका रूपमा लिइएको उल्लेख गर्दै उत्पादन बढाउने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताए।
अध्यक्ष चुमानले कृषकले उत्पादन गरेअनुसार प्रत्यक्ष लाभ पाउने व्यवस्था गरिएकाले यसले दुग्ध उत्पादन वृद्धि गर्न थप प्रेरणा दिएको बताए। उनले रकम कृषकहरूको हातमा पुगेको  र उनीहरूको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास लिएको बताए।
उनले आगामी दिनमा उत्पादनमुखी र कृषकमैत्री कार्यक्रमलाई प्राथमिकता दिइने बताए।
सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा भित्रयाइएका  छ लाख १४ हजार बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न प्रहरी एकाइबाट खटिएको टोलीले बुधबार र बिहिबार सञ्चालन गरेको विशेष अभियानका क्रममा ती अवैध रुपमा भित्रयाइएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
जिल्लाका छ वटा स्थानबाट छ लाख १४ हजार बराबरको भन्सार छलीका लत्ताकपडा, किराना सामग्री र सामान ओसारपसारमा प्रयोग भएको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसमध्ये इनरुवा–१ बाट चार लाख २७ हजार मूल्य बराबरको  लत्ताकपडा बरामद गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । बर्जु–४ बाट एक लाख पाँच हजार, रामधुनी नगरपालिका–५ बाट  ३० हजार ९१०, इनरुवा–६ बाट ३० हजार, दुहबी–३ र कोशी–५ बाट क्रमश : १० हजार ६९७ र  १० हजार ५०० मूल्य बराबरको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सामानलाई कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको छ। सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक केशवकुमार थेबेले बताए।
रास्वपा कोशीको सभापतिमा पराजित भएपछि वर्तमान प्रदेश सभापति गोमा तामाङ सरिनले पार्टी त्यागको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
कोशीको सभापतिमा चन्द्रबहादुर राई विजयी भएका छन् ।  बुधबार राति सम्पन्न निर्वाचनको  मतगणना परिणाम अनुसार सभापतिका उम्मेदवार राईले २८० मत ल्याएर विजयी भएका हुन् । राईका प्रतिष्पर्धी वर्तमान कोशी प्रदेश सभापति गोमा तामाङ(सरिन)ले १४१ मत ल्याएका छन् । कोशी प्रदेश सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका थिए । यस्तै प्रदेशसदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको थियो  । रास्वपाको विधान अनुसार कोशी प्रदेश कार्यसमिति कुल ६१ सदस्यीय हुनेछ । मतदानबाट सभापति र सदस्यहरू चयन भएपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता चयन गरिने व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्यले संसदको शून्य समयलाई केवल औपचारिकतामा सीमित नगरी जनताका आवाज सुनिने र कार्यान्वयन हुने बनाउनु पर्ने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै उनले सांसदहरूले उठाएका विषय सुनिने, टिपोट गरिने र कार्यान्वयन गरिने हो भने यसलाई ‘पूर्ण समय’  भन्न सकिने बताए।
‘यदि हामीले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयन हुन्छन् भने यसलाई पूर्ण समय भनौं। यदि जनताका पीडा, देशका समस्या र देशका मुद्दाहरू जति बोले पनि शून्यमा शून्यझैँ बिलाएर जाने हो भने यसको नाम शून्य समय होइन, ‘ब्ल्याकहोल समय’ राखौं,’ उनले भने।
उनले ब्ल्याकहोलमा प्रकाश समेत हराएझैँ संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी हराउन नहुने बताए। शून्य समय केवल बोल्ने औपचारिकता नभई जनताका पीडा संसदमा प्रस्तुत गर्ने संवैधानिक ढोका भएको भन्दै उनले  ढोका खुलेपछि त्यसले परिणाम दिने बाटोसमेत हुनुपर्ने बताए।
सांसद आचार्यले शून्य समयमा उठाइएका विषयहरू संसदको अभिलेखमा मात्र सीमित नराखी तत्काल सम्बन्धित मन्त्रालय तथा निकायमा पठाउनुपर्ने माग गरे।
‘सांसद बोल्ने, सरकार नसुन्ने, जनता कराउने, व्यवस्था नसुन्ने — यो परम्परा अब अन्त्य हुनुपर्छ,’ उनले भने।
आचार्यले शून्य समय वास्तवमै जनताको आवाज, गुनासा र अपेक्षाहरू सरकारसम्म पुर्‍याउने प्रभावकारी माध्यम बन्नुपर्नेमा जोड दिँदै शून्य समयलाई ‘शून्य’ नभई ‘जनताको आवाजको समय’ बनाउनु पर्ने बताए।
अन्तर्राष्ट्रिय समुदायले –जुन १२ मा बालश्रम विरुद्धको विश्व दिवस मनाउँदै गर्दा, लाखौं अफगान बालबालिकाहरूले चरम गरिबीको कारण  विद्यालय छोडेर इँटा भट्टी, बजार, निर्माण लगाउएका स्थलहरूमा बालश्रम गरिरहेको जनाइएको छन ।
लााखौँ अन्य अफगान बालबालिकाको सफा लुगा लगाउने र हरेक दिन विद्यालय जाने सपना देख्छन् । तर जिवन बचाउनका लागि  काम गर्न बाध्य भएको सिन्ह्वाले जनाएको छ ।
अफगानिस्तानका चलेको दशकौं लामो युद्ध र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले अर्थतन्त्रलाई सिथिल बनाउनुका साथै चरम गरिबी र बेरोजगारी बढेको जनाइएको छ । संकटले बालबालिकासहित लाखौं अफगानहरूलाई आफ्नो घर शिक्षा त्यागी परिवारलाई बचाउन  इँटा भट्टी सडक मर्मत लगायतका उपलब्ध काम गर्न बाध्य पारेको जनाएको छ ।
ग्लोबल च्यारिटीका अनुसार सेभ द चिल्ड्रेनले मार्चमा जारी गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) को तथ्याङ्कमा लगभग हरेक तीन जना मध्ये एक, अफगान बालबालिका गम्भीर भोकमरीको सामना गरिरहेका छन् । यसैगरी पाँच वर्ष मुनिका ३७ लाख बालबालिका उच्च कुपोषणमा छन् । एजेन्सीले सर्वेक्षण गरेका दुई तिहाइ बच्चाहरूमा पातलोपन र न्युन वृद्धि विकास लक्षणहरू देखापरेका थिए ।
अफगानिस्तानमा बालबालिकाहरू जुत्ता सफा गर्ने, कार धुने, सामान बेच्ने, धातुको कार्यशालाहरू, गार्मेन्ट कारखानाहरू, निर्माण–कार्य जस्ता खतरनाक खानीमासमेत काम गर्न बाध्य भएको उल्लेख गरिएको छ ।
श्रम तथा सामाजिक मामिला मन्त्रालयले राजधानी काबुलसहित अफगानिस्तानका ३४ वटा प्रान्तमा कठिन काममा संलग्न अनाथ र कमजोर बालबालिकाका लागि प्रशिक्षण केन्द्र स्थापना गरेको मन्त्रालयको प्रवक्ता सामिउल्लाह इब्राहिमीले बताउनु भएको छ ।
गत वर्ष, मन्त्रालयले अनाथ तथा एकल बच्चाहरूसँग सम्बन्धित करिब १३ हजार ५०० वटा सवालहरुलाई सम्बोधन गरी उनीहरूको कल्याण र रक्षा गर्न आवश्यक सहयोग र  प्रदान गरेको  इब्राहिमीलाइृ उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।
शिक्षाबाहेक तालिम केन्द्रहरूले बालबालिकाको स्वास्थ्य, खाना, कपडा र आवास लगायत सबै आवश्यकताहरूमा ध्यान दिएको उहाँले बताउनु भएको छ ।