Nagarik News - Home http://nagariknews.nagariknetwork.com/feed https://staticcdn.nagariknetwork.com/images/default-image.png https://staticcdn.nagariknetwork.com/images/default-image.png Nagarik News - Home http://nagariknews.nagariknetwork.com/feed np Mon, 15 Dec 2025 17:54:50 +0545 <![CDATA[भारतीय दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने]]> https://nagariknews.nagariknetwork.com/economy/indian-200-and-500-denomination-notes-can-be-transported-up-to-25-000-61-53.html https://nagariknews.nagariknetwork.com/economy/indian-200-and-500-denomination-notes-can-be-transported-up-to-25-000-61-53.html

भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ।

सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

]]>
नागरिक Mon, 15 Dec 2025 17:54:50 +0545
<![CDATA[शिक्षा मन्त्रीले सार्न मानेनन् ‘क्रिसमस डे’ को दिक्षान्त]]> https://nagariknews.nagariknetwork.com/education/education-minister-refuses-to-postpone-christmas-day-convocation-32-34.html https://nagariknews.nagariknetwork.com/education/education-minister-refuses-to-postpone-christmas-day-convocation-32-34.html

शिक्षा मन्त्री महाविर पुनले ‘क्रिसमस डे’का दिन पुस १० मा तय भएको दिक्षान्त समारोहको मिति सार्न अस्वीकार गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको आगामी दिक्षान्त समारोहको मिति स्थगित गर्न आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरीले शिक्षा मन्त्री पुनलाई दबाब दिएका थिए ।

क्रिसमसको दिन अर्थात पुस १० गते दिक्षान्त समारोह तय गरिएपछि अध्यक्ष गिरीले क्रिस्चियन समुदायका विद्यार्थीहरूको पर्वमाथि हस्तक्षेप भएको भन्दै कार्यक्रमको मिति सार्न अनुरोध गरेका थिए। तर, मन्त्री पुनले भने यो प्रस्ताव अस्वीकार गरेका छन्।

आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष तथा चर्चका पास्टरसमेत रहेका भरत गिरीले करिब ५० वटा चर्चहरूको छलफलपछि शिक्षा मन्त्री पुनलाई भेटेर दिक्षान्त समारोह पुस १० गते (क्रिसमस डे) मा परेकाले स्थगित गर्न अनुरोध गरेका थिए।

​गिरीले मन्त्री पुनलाई फोन संवादमा भनेका छन्, ‘पुस १० मा क्रिसमस परेको हुँदा पर्व मनाउने लाखौं विद्यार्थी छन् । सिङ्गो समुदाय मारमा परेको छ । त्यसैले उक्त कार्यक्रम स्थगित गरिदिनुस।’

No description available.
भरत गिरी, अध्यक्ष , आमूल परिवर्तन रिपब्लिकन पार्टी

​तर, शिक्षा मन्त्री महाविर पुनले भने उक्त प्रस्ताव अस्वीकार गरेका छन्। `दिक्षान्त समारोह पुस १५ मा राख्ने भनिएको थियो तर नोबेल पुरस्कार बिजेता जापानी नागरिक प्रमुख अतिथि हुने र पुस १० बाहेकको अन्य दिन प्रमुख अतिथिको समय नमिल्ने भएपछि यो कार्यक्रम स्थगित गर्न सकिदैन,’ पुनले जवाफ फर्काएका छन् ।

मन्त्री पुनको जवाफपछि अध्यक्ष भरत गिरीले भनेका छन्, ‘एकजना व्यक्तिको लागि लाखौं विद्यार्थीले क्रिसमस मनाउन नपाउने भए नि मन्त्री ज्यु। हाम्रा लाखौं नानिबाबुहरु मर्कामा परे, तपाईं मन्त्री हुदा सम्बोधन हुन्छ भन्ने लागेको छ। यसमा के गर्न सकिन्छ मन्त्री ज्यु?’

​जवाफमा शिक्षा मन्त्री पुनले भने , ‘दिक्षान्त समारोह पुस १० मा हुन्छ। तपाईंको समुदायले क्रिसमस माने पनि नमाने पनि त्यहि हो कार्यक्रम स्थगित हुदैन ।’

त्रिभुवन विश्वविद्यालयले पुष १० मा आफ्नो ५१ दिक्षान्त समारोह गर्न लागेको हो ।

]]>
नागरिक Mon, 15 Dec 2025 17:52:58 +0545
<![CDATA[कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर: कृषिमन्त्री]]> https://nagariknews.nagariknetwork.com/politics/government-ready-to-solve-problems-in-agriculture-sector-agriculture-minister-pariyar-68-42.html https://nagariknews.nagariknetwork.com/politics/government-ready-to-solve-problems-in-agriculture-sector-agriculture-minister-pariyar-68-42.html

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताएका छन्।

ललितपुरमा सोमबार आयोजित ‘नेपाल फुड फोरम–२०२५’ को उद्घाटन सत्रमा उनले व्यवसायीकरण र प्रतिस्पर्धी बजारको विकासमा देखिएका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताए।

उनले कृषि व्यवसायलाई संस्थागत गर्ने, ग्रामीण अर्थतन्त्रलाई पुनरुत्थान गर्ने र नेपालभर दिगो विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘कृषि लगानी दशक (२०२४–२०३४) को घोषणा मार्फत प्रदर्शित सरकारको प्रतिबद्धतालाई पनि दोहोर्‍याउन चाहन्छु, जसको उद्देश्य कृषि वित्तपोषण बढाउने र संरचनात्मक आर्थिक रूपान्तरणलाई तीव्र पार्ने हो, यस दशकको दृष्टिकोण र उद्देश्यहरूलाई अगाडि बढाउन सरकार तयार छ।’

मन्त्रालयले प्रभावकारी स्रोत परिचालन र लगानी बढाउन बलियो अन्तर एजेन्सी सहकार्य र साझेदारीको महत्त्वमा जोड दिँदै उनले कृषि खाद्य प्रणालीमा नवीनता, जलवायु स्मार्ट खेती, उद्यमशीलता, र प्रविधि सञ्चालित रूपान्तरण मार्फत, हामी कृषिलाई नेपालको आर्थिक विकासको मुख्यधारामा दृढतापूर्वक ल्याउन सक्ने प्रतिबद्धता पनि व्यक्त गरे।

]]>
नागरिक Mon, 15 Dec 2025 17:46:35 +0545
<![CDATA[योजना आयोगको उपाध्यक्षमा डा श्रेष्ठ नियुक्त]]> https://nagariknews.nagariknetwork.com/politics/dr-shrestha-appointed-as-vice-chairman-of-planning-commission-40-42.html https://nagariknews.nagariknetwork.com/politics/dr-shrestha-appointed-as-vice-chairman-of-planning-commission-40-42.html

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा डा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णयसमेत गरेको उनले बताए ।

]]>
नागरिक Mon, 15 Dec 2025 17:45:15 +0545
<![CDATA[‘इन्टरनेशनल नेपाली फिल्म फेस्टिभलमा प्रतिस्पर्धाको आह्वान]]> https://nagariknews.nagariknetwork.com/arts/call-for-competition-at-the-international-nepali-film-festival-57-21.html https://nagariknews.nagariknetwork.com/arts/call-for-competition-at-the-international-nepali-film-festival-57-21.html

इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड्सको पहिलो संस्करण दिल्लीमा हुने भएको छ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र सम्मानलाई लक्ष्य गर्दै आयोजना गर्न लागिएको अवार्ड फेब्रुअरी १ देखि ३ सम्म भारतको नयाँ दिल्लीमा हुनेछ ।

आयोजक संस्थाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार फेस्टिभलको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको पहुँच विस्तार गर्नुका साथै सिर्जनात्मक र व्यवसायिक सहकार्यका लागि साझा मञ्च निर्माण गर्नु हो।

फेस्टिभलमा सन २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरू प्रतिस्पर्धाका लागि आह्वान गरिएको छ। सहभागी हुन चाहने फिल्महरूले जनवरी ७ भित्र आवेदन दिनुपर्नेछ।

कार्यक्रमका प्रमुख आकर्षणअन्तर्गत उत्कृष्ट फिल्म, निर्देशन, अभिनय तथा विभिन्न प्राविधिक विधामा अवार्ड प्रदान गरिनेछ। साथै रेड कार्पेट अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मी र समीक्षकको सहभागिता, प्रिमियर शो, विशेष प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिने आयोजकले जनाएको छ।

फेस्टिभलको निर्णायक मण्डलको अध्यक्षमा लोकप्रिय अभिनेता तथा चलचित्रकर्मी कृष्ण मल्ल रहनेछन्। निर्णायक सदस्यमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनील थापा, अभिनेत्री बिपना थापा र भारतका चर्चित थिएटर कलाकार अवतार साहनी छन्।

INFFA का अध्यक्ष राजेन्द्र घिमिरेले फेस्टिभल नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा छवि विस्तार गर्ने महत्वपूर्ण अवसर हुने बताए। “यस कार्यक्रममार्फत नेपाली प्रतिभालाई विश्व मञ्चसम्म पुर्‍याउने हाम्रो दृढ संकल्प छ,” उनले भने।

फेस्टिभल निर्देशक (नेपाल) जनक दीप पराजुलीका अनुसार INFFA–२०२६ ले भारत–नेपाल सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै भारतस्थित नेपाली समुदाय र अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रलाई लोकप्रिय बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

त्यसैगरी INFFA की प्रवक्ता तथा चिमचुली फाउन्डेशन फर आर्ट एण्ड कल्चर की संस्थापक आकांक्षा शाहले फिल्म प्रदर्शनसँगै प्यानल छलफल, अन्तर्वार्ता र टक शो आयोजना गरिने जानकारी दिइन्। उनका अनुसार कार्यक्रमको उद्देश्य नेपाललाई छायांकन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु, संयुक्त निर्माणका सम्भावना खोज्नु र नेपाल–भारतबीच सांस्कृतिक कूटनीतिलाई सशक्त बनाउनु हो।

आयोजकले फेस्टिभलमा हजारौँ दर्शक र फिल्मकर्मीको सहभागिता रहने अपेक्षा गरेको छ। यसले उदाउँदा प्रतिभा र चलचित्र उद्योगबीच सहकार्यका लागि प्रभावकारी मञ्च प्रदान गर्ने विश्वास लिइएको छ।

सहभागी हुन चाहने फिल्महरू FilmFreeway (INFFA) मार्फत अपलोड गर्न सकिनेछ। साथै नेपालस्थित चलचित्र निर्देशक समाजको कार्यालयमा बुझाउन वा infaa.filmsubmission@gmail.com मा गुगल ड्राइभ लिंकमार्फत पनि पठाउन सकिनेछ।

]]>
नागरिक Mon, 15 Dec 2025 17:40:19 +0545
<![CDATA[चार महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो]]> https://nagariknews.nagariknetwork.com/economy/nearly-700-billion-remittances-arrived-in-four-months-56-72.html https://nagariknews.nagariknetwork.com/economy/nearly-700-billion-remittances-arrived-in-four-months-56-72.html

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब सात खर्ब रेमिट्यान्स भित्रिएको छ।

गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई छ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।

गत कात्तिक महिनामा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड बराबर विप्रेषण आप्रवाह भएको छ। केन्द्रीय बैङ्कका अनुसार यही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) सात खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ।

चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८३७ रहेको बैङ्कले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

]]>
नागरिक Mon, 15 Dec 2025 17:29:16 +0545
<![CDATA[सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन]]> https://nagariknews.nagariknetwork.com/politics/government-forms-high-level-political-dialogue-committee-93-35.html https://nagariknews.nagariknetwork.com/politics/government-forms-high-level-political-dialogue-committee-93-35.html

सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा समिति गठन गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

समितिको सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्।

]]>
नागरिक Mon, 15 Dec 2025 17:25:51 +0545
<![CDATA[मदरल्याण्ड साहित्य मेलामा ‘मामु–छोरी’ ब्राण्डको लिटोको कथा]]> https://nagariknews.nagariknetwork.com/economy/lito-s-story-of-the-mamu-chhori-brand-at-the-motherland-literature-fair-88-22.html https://nagariknews.nagariknetwork.com/economy/lito-s-story-of-the-mamu-chhori-brand-at-the-motherland-literature-fair-88-22.html

व्यापार सुरु गर्दा कति लगानी गर्ने? धेरैलाई व्यावसाय थाल्ने सोचाइ पलाउँदै गर्दा सुरुवाती लगानीको आकारबारे अन्योल सिर्जना हुन सक्छ। लगानीयोग्य रकम नहुँदा कतिपयले त व्यावसाय नै सुरु नगर्ने पनि हुन्छन, व्यावसायको योजना यत्तिकै थाति राख्छन। तर, पोखराकी बिञ्जुल श्रेष्ठ, जसले आफुसँग पर्याप्य रकम नहुँदानहुँदै थालेको व्यावसायले अहिले सर्वत्र चर्चा दिलाएको छ।

बिञ्जुल खासमा पढाईको हिसाबले नर्स हुन । उनले केहीवर्ष नर्सिङ पेसा पनि गरिन। त्यो पेसाले उनलाई आर्थिक रुपमा खासै उभो लगाएको त थिएन, तैपनि घरपरिवार धानिएको थियो। सांगीतिक क्षेत्रका पति र नर्सिङ पेसाले जेनतेन घर चलेको थियो। त्यहीबेला कोरोना भाइरस संक्रमण फैलियो। त्यसपछि त आम्दानीको आकार खस्कियो। सांगीतिक क्षेत्रका पतिले पनि कोरोनाका कारण आम्दानी गुमाएपछि त आर्थिक अवस्था झनै कमजोर बन्दै गयो।

उनकै शब्दमा कोभिडको बेला आर्थिक अवस्था कमजोर भएपछि मिठो मसिनो खाने अवस्था पनि उनमा थिएन। जागिरताका बचेखुचेको केही रकम पनि कोभिडताका सकिएपछि आर्थिक अवस्था शुन्यमा झरिसकेको थियो।

यतिसम्मकी एककिलो चामल किन्ने पैसा पनि उनीसँग थिएन। त्यही बेला हुर्किदै गरेकी छोरीका लागि पनि पर्याप्त पोषिलो खाना जुटाउन उनलाई धौधौ परेको थियो।

के र कसो गर्ने भनेर सोचिरहँदा उनले एकदिन छोरीलाई खुवाएको लिटोबारे सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरिन। छोरीलाई खुवाएको घरेलु लिटोबारे केही चिनजानका महिलाले टिकटकबाटै थाहा पाए। त्यसपछि बिञ्जुललाई उनकै छोरीले खाएजस्तै लिटो बनाईदिन ती महिलाहरुले आग्रह गरे। तर, बिडम्बना, बिञ्जुलसँग ती महिलाले अर्डर गरेको लिटो बनाइदिनका लागि चाहिने खाद्यान्न किन्ने पैसा पनि थिएन। त्यसपछि लिटो अर्डर गरेका तिनै महिलासँगै पैसा मागेर खाद्यान्न किनेर लिटो बनाइदिइन।

घरकै भान्साबाट उनले सामान्य मिक्सरमा पिनेर उनले लिटो बनाइदिइन। उनले बनाइदिएको लिटो ती महिला र उनका बच्चाले निकै नै रुचाए। त्यो कुरा पनि सामाजिक सञ्जालमै साझा गरियो। बिञ्जुलले पनि लिटो बनाउँदै सामाजिक सञ्जालमा पोष्ट गर्न थालिन। दिनदिनै लिटोका लागि नयाँनयाँ ठाउँबाट अर्डर आउन थाल्यो। लकडाउनको त्यो अवस्थामा उनको ब्यापारले गति लिँदै गयो। व्यापारको त्यो गति यति तिब्र थियो की बुढाबुढीले मात्र व्यापार धान्न नसक्ने अवस्था भएपछि उनले सहयोगी कर्मचारी राख्न थालिन।

यो अवधिमा उनले १९ जनालाई रोजगार दिन सक्षम भएकी छिन। उनको ‘मामु छोरी’ ब्राण्डको लिटोले धेरै बालबालिकाको पेट भरिएको छ। ‘लिटो बनाउने सोच गर्दैगर्दा मेरा खातामा जम्मा एकरुपैयाँ ५० पैसा मात्र थियो। अरुले अर्डर गरेको लिटोको लागि आवश्यक पर्ने खाद्यान्न किन्नका लागि पैसा नभएपछि लिटो अर्डर गर्ने महिलासँग अग्रिम रकम मागेर खाद्यान्न किनेर लिटो बनाइदिएकी हुँ,’ पोखराको मासवारस्थित मदरल्याण्ड माविमा आयोजित साहित्य मेलामा विद्यार्थी अपिल बरालसँग अनुभव साट्दै बिञ्जुलले भनिन,‘व्यावसाय गर्न धेरै रकम नचाहिने रहेछ। मेहनत भने गर्नुपर्ने रहेछ। हुन त उद्यमशिल बन्न सहज छैन। तर, उद्यमशिल बन्ने रहर जाग्दा थाक्नु भने हुँदैन।’

बिञ्जुलसँग अहिले ५ हजार भन्दा बढी सन्तुष्ट ग्राहक छन। जसले नियमित रुपमा मामुछोरी ब्राण्डको लिटो सहितको खानेकुरा उपभोग गर्छन। पोखराबाट सुरु भएको व्यावसाय पाँचवर्षभित्र नेपालभरि फैलिएको छ। अहिले लिटो मात्र नभई अरु व्यावसायमा पनि उनले फड्को मार्न सकेकि छिन।

बिञ्जुल भन्छिन, ‘म पढाईको हिसाबले नर्स हुँ। लिटो व्यावसाय सुरु गरेपछि पनि एकपटक बिदेश जाने सोच पलाएर प्रयास पनि गरे। तर, त्यसमा असफल भए। सायद यही सफलता हात पार्नका लागि त्यो असफलता पाएकी रहेछु। भान्सामा प्रयोग भईरहेको मिक्सरबाट सुरु गरेको व्यावसायले अहिले निकै नै आकार बढाएको छ। त्यसैको परिणामस्वरुप अहिले उनले उद्योग नै खोलिसकेकि छिन।

‘महिनामा लाखौं रुपैयाँको कारोबार हुन्छ। तर, मैले अहिलेसम्म ऋण लिएकी छैन। यतिसम्मकी कुनै वित्तीय संस्थामा ऋण चाहियो भनेर हात थाप्न पनि गएकी छैन। जति कमाई हुन्त, त्यत्ति नै लगानी गर्दै जाने हो,’ उनले भनिन, ‘अभावैअभावले थालेको व्यावसायले अहिले नाम, दाम दुवै दिएको छ। अहिले घर धान्न सकस छैन।’

व्यावसायको यो अवधिमा उनले चूनौती नखेपेकी होईनन। तर, कामप्रतिको लगावले उनलाई कहिल्यै पछाडि फर्किन पारेन, बरु अगाडि मात्र सर्दै गईन। ‘मैले हरेक पाइलामा आइपरेका चूनौतीसँग हार मानिन। त्यसले गर्दा सफल भएकी हुँ। खुट्टा नतान्ने नभएका होईनन। तर, ती अप्ठेरा पार लगाउँदै यहाँसम्म आएकी छु,’ उनले भनिन, ‘लगानीको लागि ठूलो आकारको रकम पर्खदै गएको भए अहिले यो अवस्था आउने थिएन। यत्तिको सफलता हात पार्न सानो आँटले होइन।’

नर्स भएकोले पनि उनलाई शिशुले खाने लिटोको गुणस्तर, त्यहाँ हुनुपर्ने पौष्टिकताबारे केही हदसम्मको ज्ञान थियो। जसले गर्दा उनलाई सफलता पाउन सहज बनायो। ‘मैले मामुछोरी ब्राण्डका खाद्यान्नमा सतप्रतिशत गुणस्तर कायम गरेकी छु। नेपालका ग्रामीण क्षेत्रमा पाइने पौष्टिकताले भरिएको खाद्यान्न किनेर ल्याएर अहिले लिटो बनाएका छौ। बच्चाको तौल र उमेर अनुसारको खाना तयार पारिदिएका छौ,’ उनले भनिन, ‘अहिलेसम्म गुनासो सुन्नुपरेको छैन। बरु प्रतिश्पर्धा भने बढ्दै जाँदा चूनौती थपिँदै गएका छन।’

विद्यार्थीमा व्यावसायिकताको भावना विकास गराउन र व्यवासाय थाल्दाका अप्ठेरा र सहजताबारे अनुभव सुनाउनका लागि विद्यालयले व्यवासायमा संघर्ष गरेकी बिञ्जुललाई ल्याएको विद्यालयका प्राचार्य डा. नारायण बरालले बताए। ‘व्यावसामा भन्नेवित्तिकै सफल नहुन पनि सकिन्छ। तर, हार मान्नु हुँदैन,’ उनले भने, ‘१२ कक्षासम्मको पढाई सक्नासाथ विदेश हानिने सोच भएका छोराछोरीलाई उद्यमशिलताको कथाले केही फरक अनुभूति दिलाउन सकिन्छ भनेर साहित्य महोत्सवमा व्यवासायिकताको अनुभव साट्ने पहल थालेका हौ।’

]]>
सन्तोष पोखरेल Mon, 15 Dec 2025 17:23:54 +0545
<![CDATA[मरिकले जित्यो सिरिजङ्गा गोल्डकपको उपाधि]]> https://nagariknews.nagariknetwork.com/sports/marik-wins-srijanga-gold-cup-title-30-45.html https://nagariknews.nagariknetwork.com/sports/marik-wins-srijanga-gold-cup-title-30-45.html

ताप्लेजुङको तेल्लोकमा सम्पन्न पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधि मरिक फुटबल क्लव धरान सुनसरीले जितेको छ ।

चौथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपबिजेता रहेको मरिकले तेस्रो संस्करणको उपबिजेता न्यू स्टार फुटबल क्लव झापा माथि ३–१ को जीत दर्ता गर्दै उपाधि आफ्नो हातमा पारेको हो ।

बिजयी टिमका लागि दुई गोल बिदेशी खेलाडी नानाले गरेका छन् भने अर्को गोल फोफोनाले गरेका छन् । फाइनल खेलमा भएका चारवटै गोल बिदेशी खेलाडीले गरे । खेलको सुरुआतमै सुशिल राईको कर्नर प्रहारलाई हेडमार्फत पोष्टमा गोलको दिशा दिएका नानाले पहिलो गोल गरेर टिमको अग्रता १–० बनाए ।

मध्यान्तर पछि न्यू स्टार खेलमा फर्कियो । न्यू स्टारका लागि अजय मार्टिनले उत्कृष्ट गोल गर्दै टिमलाई बराबरीमा ल्याए । बराबरीको स्थिति पछि मैदानमा आक्रामक लयमा उत्रिएको मरिकका लागि नानाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रतामा ल्याए । सुशील राईको पासलाई सदुपयोग गर्दै नानाले दोस्रो गोल गरेका थिए ।

खेलको निर्धारित समय सकिन अन्तिम मिनेट बाँकी रहँदा मरिकका लागि फोफोनाले उत्कृष्ट गोल गर्दै टिमको जीत सुनिश्चित गर्दा खेल मरिकले ३–१ ले जित्यो । जितसँगै मरिक चौथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपमा उदयपुर बेलकाको बद्रर हुड फुटबल क्लवसंग व्यहोरेको हारको नमिठो अनुभवलाई मेट्दै जीतको सुख बोकेर घर फर्कने छ ।

बिजेता टिमले नगद ३ लाख ३२१ रुपैयाँका साथ सिरिजंगासिंह थेबेको प्रतिमा रहेको तीनबर्षे रनिङ ट्रफी तथा उपबिजेताले नगद १ लाख ५० हजार रुपैयाँका साथ ट्रफी पाएका छन् । सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहितको उपस्थितिमा बिजेताहरुलाई पुरस्कार तथा ट्रफी प्रदान गरिएको छ ।

]]>
खगेन्द्र अधिकारी Mon, 15 Dec 2025 17:23:34 +0545
<![CDATA[भृकुटीमण्डपमा देखिएको रौनक]]> https://nagariknews.nagariknetwork.com/photo-feature/the-splendor-seen-in-bhrikuti-mandava-79-93.html https://nagariknews.nagariknetwork.com/photo-feature/the-splendor-seen-in-bhrikuti-mandava-79-93.html

यतिबेला काठमाडौंको भृकुटीमण्डपमा एक खालको रौनक छ । जहाँ एमालेले नयाँ नेतृत्व चयन गर्न दुई समूहमा विभाजन भएर मत माग्नेसहित नेता कार्यकर्ताबीचको नयाँ सम्बन्ध देखिन्छन् ।

]]>
विजय राई Mon, 15 Dec 2025 17:17:23 +0545
<![CDATA[मोहनमायाको राजनीतिः उपमेयरबाट मेयर, केन्द्रीय सदस्यबाट पोलिटव्यूरोमा नजर]]> https://nagariknews.nagariknetwork.com/politics/mohan-maya-s-politics-from-deputy-mayor-to-mayor-from-central-member-to-politburo-member-73-56.html https://nagariknews.nagariknetwork.com/politics/mohan-maya-s-politics-from-deputy-mayor-to-mayor-from-central-member-to-politburo-member-73-56.html

नेकपा (एमाले)को जारी ११औं महाधिवेशनमा आजदेखि बन्दसत्रको कार्यक्रम सुरु भएको छ। नेतृत्व छान्ने महाधिवेशन भएकाले आम नेताकार्यकर्ता र जनताले यो महाधिवेशनलाई चासोपूर्वक हेरेका छन्।

यो महाधिवेशनमा कोही दोहोरिन लागि परेका छन् भने कोही नयाँ भित्रन लागिपरेका छन्। यसै मध्येकी एक हुन् १० औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेकी मोहनमाया ढकाल।

उनी कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख हुन्। केन्द्रीय सदस्यमा डेब्यू गर्दा उनी उपमेयर थिइन्। अनेरास्ववियुको राजनीतिबाट एमालेसँग नजिकिएकी उनले छोटो समयमा नै आफ्नो व्यक्तित्व र नेतृत्व विकासको अवसर पाइन्। त्यति मात्र नभइ संसदीय मोर्चाको रूपमा रहेको स्थानीय सरकारको उपप्रमुख हुँदै प्रमुख भएर कार्यसम्पादन गर्दै आएकी उनी पार्टी काममा पनि उत्तिकै सक्रिय छिन्।

कुनै पनि जनप्रतिनिधि सफल हुनका लागि उसका राजनीतिक चेतना, पार्टीप्रतिको लगाव निरन्तरता, पार्टीको मुल एजेण्डा, नेतृत्वको लाइन जस्ता विषयहरूको आधारभूत जानकारी हुनुपर्दछ। ढकाल यस्ता विषयमा संवेदनशील छिन्। ‘हामीलाई समाजमा चिनिन सक्ने पार्टीले नै बनाएको हो ’ ढकाल भन्छिन्, ‘जनप्रतिनिधि पार्टीले नै बनायो। यो गरिमालाई बुझ्नका लागि पार्टीका आधारभूत मान्यता र सिद्धान्तको जानकार हुनै पर्दछ।’

२०७७ पुष ५ को घटनापछि एमालेको केन्द्रीय राजनीतिमा पाइला राखेकी ढकाल यो महाधिवेशन मार्फत दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा दाबी गरेकी छिन्। नेतृत्व विकासका लागि निरन्तरता आवश्यकता रहेको बताउने उनी पार्टीले आफ्नो कामको मूल्यांकन गर्ने कुरामा ढुक्क छिन्। त्यसमा पनि कर्णाली भूगोलबाट राजनीतिक आकासमा उदाउँदै गरेकी उनी पार्टीले कर्णालीका जुनसुकै जिल्लाको जिम्मेवारी दिए पनि निर्वाह गर्न तयार रहेको बताउँछिन्। ‘पार्टी र सामाजिक फोरममा महिलाका मुद्धा उठाउन,कर्णालीका मुद्धा उठाउन मेरो उम्मेदवारी जरुरी छ,’ ढकालले भनिन्, ‘अघिल्लो कार्यकालको अनुभवले मलाई पार्टीले अंगालेका जनजीविकाका सवाल, राजनीतिक, सामाजिक विषय आदिलाई नजिकबाट जान्ने मौका पाएकी छु। त्यो अनुभवलाई आगामी कार्यकालमा पूर्ण रूपमा कार्यान्वयन गर्नेछु।’

पार्टीले सञ्चालन गरेका महाअभियानहरू मिसन ग्रासरुट, समृद्धिका लागि मध्यपहाडी यात्रा, वडा केन्द्रित अभियान आदिमा ढकालको भूमिका महत्वपूर्ण थियो। यस अवधीमा कहिले सुर्खेतको सहइन्चार्ज त कहिले क्षेत्र नं २ को इन्चार्जको भूमिकामा उनी रहिन्। एघारौं महाधिवेशनका प्रतिनिधि छनौट गर्ने विषयमा पनि अन्यतिर विवाद हुँदा उनको जिम्माको क्षेत्रमा निर्विरोध भयो। ‘म पार्टीको मुल लाइन बचाउदै समन्वयकारी भूमिका निर्वाह गर्न सक्छु,’ ढकाल भन्छिन्, ‘कार्यकर्ताले खोजेको नेतृत्व पनि यस्तै हो।’

भदौ २४ को विध्वंस र तोडफोडमा ढकालको घर पनि निशानामा पर्यो। उनलाई केपी ओलीको कार्यकर्ता र नगरप्रमुख भएकै आरोपमा अराजक समूहले घर जलाउने र सम्पत्ति लुट्ने काम गरे। त्यस अराजकताले निम्त्याएको विचलनबाट तत्काल सहलिएर उनी नगरपालिकाका काममा सक्रियतापूर्वक लागिन्। जलेको नगर भवन सफा गरिन्। खरानी बढारिन्। उजाडिएका वडा कार्यलयहरुलाई तत्काल विकल्प दिएर जनताका काम गरिन्। अहिले डेरामा बसिरहेकी उनी भन्छिन्, ‘राजनीतिमा यस्ता उतारचढाव आउँछन्। जान्छन्। तर आफ्नो मूल जिम्मेवारीबट तलमाथि गर्न मिल्दैन।’

केपी शर्मा ओलीको नेतृत्वमा नै पार्टी अघि बढ्नु पर्दछ भन्ने धारणा पार्टीका फोरममा राख्दै आएकी ढकाल आफ्नो उम्मेदवारीले ‘मेरो उम्मेदवारीले समग्र कर्णालीका महिलाको राजनीतिक वृत्तिविकासमा सहयोग पुग्छ,’ उनी भन्छिन्।

]]>
नागरिक Mon, 15 Dec 2025 17:11:14 +0545
<![CDATA[हुलाक सेवालाई आधुनिक र प्रतिस्पर्धी बनाइनुपर्छ: सञ्चारमन्त्री]]> https://nagariknews.nagariknetwork.com/politics/postal-service-should-be-made-modern-professional-and-competitive-communications-minister-kharel-95-29.html https://nagariknews.nagariknetwork.com/politics/postal-service-should-be-made-modern-professional-and-competitive-communications-minister-kharel-95-29.html

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिएका छन्।

डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यलयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले बदलिदो परिस्थितिलाई आत्मसात गरी हुलाक सेवालाई व्यावसायिक कार्ययोजनासहित अगाडि बढाइनुपर्ने बताए।

सञ्चारमन्त्री खरेलले भने, ‘हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक छ।’

उनले ‘स्मार्ट हुलाक’ को कामलाई तीब्रताका साथ अगाडि बनाउन पनि निर्देशन दिए।

सञ्चार सचिव राधिका अर्यालले स्मार्ट हुलाकका लागि नीतिगत र संरचनागत सुधारका पक्षमा पहल भइरहेको जानकारी दिँदै भने, ‘स्मार्ट हुलाकको मापदण्ड स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव आइसकेको छ, यो छिट्टै स्वीकृत भएर कार्यान्वयनमा जान्छ। यसवर्ष ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाक बनाउने गरी बजेट व्यवस्था भइसकेको छ।’

]]>
नागरिक Mon, 15 Dec 2025 17:09:57 +0545
<![CDATA[उच्चस्तरीय संवाद समिति गठन गर्ने सरकारको निर्णय]]> https://nagariknews.nagariknetwork.com/politics/government-s-decision-to-form-a-high-level-dialogue-committee-93-92.html https://nagariknews.nagariknetwork.com/politics/government-s-decision-to-form-a-high-level-dialogue-committee-93-92.html

सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषद बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल छन् ।

]]>
नागरिक Mon, 15 Dec 2025 17:07:47 +0545
<![CDATA[कांग्रेस जुम्लाद्वारा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस]]> https://nagariknews.nagariknetwork.com/politics/congress-jumla-recommends-candidates-for-direct-proportional-and-national-assembly-elections-br-66-58.html https://nagariknews.nagariknetwork.com/politics/congress-jumla-recommends-candidates-for-direct-proportional-and-national-assembly-elections-br-66-58.html

नेपाली कांग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिले प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभातर्फका आकांक्षीहरूको नाम केन्द्रमा पठाएको हो।

प्रत्यक्षतर्फ जिल्ला सभापति कर्णबहादुर शाही, निवर्तमान सांसद कान्तिका सेजुवाल, पूर्णप्रसाद आचार्य र खड्गबहादुर सेजुवालको नाम सिफारिस गरिएको छ।

पार्टी प्रवक्ता मेघराज गिरीका अनुसार आकांक्षीहरूबीच सर्वसम्मतिको प्रयास गर्दा पनि टुङ्गो नलागेपछि सबैको नाम समेटेर लामो सूची प्रदेश हुँदै केन्द्रमा पठाइएको हो।

यसैगरी, समानुपातिकतर्फ पूर्वमन्त्री दिनबन्धु श्रेष्ठ, धनबहादुर बस्नेत, गोविन्द शाही, पुरीचन्द्र देवकोटा, लक्ष्मीप्रसाद आचार्य, परेक्लाल घर्ती, गोरखबहादुर सुनार, माया नेपाली, नत्रकला शाही, कर्णजंग हमाल, नविना केसी बडुवाल, जयलक्ष्मी आचार्य, लालबहादुर जिसी र रज्जब अलिमनिहारको नाम सिफारिस गरिएको छ।

राष्ट्रिय सभातर्फ नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही, पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया, भीमनिधि हमाल र सुमन बुढा बस्नेतको नाम सिफारिस गरिएको छ।

पार्टीको आन्तरिक छलफल तथा मापदण्डअनुसार उम्मेदवारहरूको नाम तय गरिएको जिल्ला कार्यसमिति सदस्य महेन्द्र कार्कीले जानकारी दिए।

उनका अनुसार सिफारिस सूची केन्द्रमा पठाइसकिएको र उम्मेदवारको अन्तिम टुङ्गो भने पार्टीको केन्द्रीय तहबाट लाग्नेछ।

]]>
गोल्डेन बुढा Mon, 15 Dec 2025 17:00:03 +0545
<![CDATA[यु–१९ एसिया कपः बङ्गलादेशसँग नेपाल पराजित]]> https://nagariknews.nagariknetwork.com/sports/u-19-asia-cup-nepal-defeated-by-bangladesh-56-35.html https://nagariknews.nagariknetwork.com/sports/u-19-asia-cup-nepal-defeated-by-bangladesh-56-35.html

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई सात विकेटले हराएको हो ।

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । एक सय ३१ रनको विजयी लक्ष्य बङ्गलादेशले २४ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । बङ्गलादेशका लागि जावाद अब्रारले ६८ बलमा सात चौका र तीन छक्काको मद्दतमा अविजित ७० रन बनाए । यस्तै कलाम सिद्दिकीले ६६ बलमा ३४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि अभिशेख तिवारी र युवराज खत्रीले समान एक एक विकेट लिए ।

त्यसअघि नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । त्यस्तै आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए ।

बलिङतर्फ बङ्गलादेशका लागि एमडी सोबुजले तीन तथा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले दुई दुई विकेट लिए । नेपाल यसअघि आफ्नो पहिलो खेलमा यही मङ्सिर २७ गते टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।

]]>
नागरिक Mon, 15 Dec 2025 16:46:21 +0545
<![CDATA[जुम्लामा यसवर्ष १७ हजार ५ सय ५८ मेट्रिक टन स्याउ उत्पादन]]> https://nagariknews.nagariknetwork.com/economy/jumla-produces-17-558-metric-tons-of-apples-this-year-40-65.html https://nagariknews.nagariknetwork.com/economy/jumla-produces-17-558-metric-tons-of-apples-this-year-40-65.html

स्याउको राजधानी भनेर चिनिने जुम्लामा पछिल्लो दुई वर्षयता उत्पादन र निर्यात दुवै घटेको छ । खेतीको क्षेत्रफल र कृषकको संलग्नता बढे पनि मौसमजन्य क्षति र उत्पादकत्व घट्दा आम्दानीमा गिरावट आएको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कले देखाउँछ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष जुम्लामा १७ हजार ५ सय ५८.७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ । यसमध्ये ५ हजार ५ सय ९१ मेट्रिक टन मात्रै जिल्ला बाहिर निर्यात भएको छ । निर्यातबाट ४१ करोड २९ लाख ८९ हजार २ सय ७० रुपैयाँ आम्दानी भएको कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए ।

यो तथ्याङ्क अघिल्ला दुई वर्षको तुलनामा कम हो । गत आर्थिक वर्ष २०८१/०८२ मा १९ हजार ८ सय ४० मेट्रिक टन स्याउ उत्पादन भई ९ हजार ३ सय ३१ मेट्रिक टन निर्यात भएको थियो । त्यसबाट ६१ करोड २ लाख ४७ हजार ४ सय रुपैयाँ जिल्लामा भित्रिएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा त २० हजार ५ सय ११.४६ मेट्रिक टन उत्पादन भई हालसम्मकै उच्च ६६ करोड रुपैयाँ बराबरको स्याउ निर्यात भएको थियो । कृषि कार्यालयका अनुसार यस वर्ष कुल उत्पादनको करिब ३० प्रतिशत मात्रै स्याउ निर्यात भएको छ । ४ हजार ४ सय १४.६० मेट्रिक टन जिल्लाभित्रै खपत भएको छ भने नासो र कोसेलीका रूपमा २ हजार ६ सय ४८.८१ मेट्रिक टन बाहिरिएको छ ।

कुल उत्पादनको १५ प्रतिशत चाना, जुस, जाम, साइडर र ब्रान्डी जस्ता प्रशोधनमा प्रयोग भएको छ । १० प्रतिशत (१ हजार ७ सय ६५.८८ मेट्रिक टन) भण्डारण गृहमा रहेको छ भने करिब १० प्रतिशत उत्पादन क्षतिग्रस्त भएको छ ।उत्पादकत्वमा पनि गिरावट आएको छ । गत वर्ष प्रतिहेक्टर ९.९२ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष घटेर ८.३१ मेट्रिक टनमा सीमित भएको छ ।

'असिना र बेमौसमी वर्षाका कारण झन्डै १७ करोड रुपैयाँ बराबरको क्षति आकलन गरिएको छ' कार्यालय प्रमुख अधिकारीले भने, 'नयाँ बिरुवाले पूर्ण उत्पादन दिन समय लाग्नु र बाली व्यवस्थापनका चुनौतीले पनि असर पारेको छ ।'

उत्पादन घटे पनि स्याउको मूल्य भने बढेको छ । अघिल्लो वर्ष प्रतिमेट्रिक टन ६५ हजार ४ सय रुपैयाँ रहेको बिक्री मूल्य यसवर्ष बढेर ७० हजार रुपैयाँ पुगेको छ । बगैँचामै प्रतिकिलो ६५ रुपैयाँ ५० पैसादेखि ७० रुपैयाँसम्म बिक्री भएको छ । इटालियन फुजी स्याउ भने १ सय ७५ रुपैयाँभन्दा माथिको मूल्यमा कारोबार भएको छ । 'मूल्य वृद्धिले केही राहत दिएको छ,' अधिकारीले भने ।

जुम्लाको स्याउ सुर्खेत हुँदै काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरान, महेन्द्रनगर र धनगढीसम्म पुग्छ । सिंजा–५ फुङ्ग गाउँका अगुवा कृषक नर्वजंग रोकाया हरेक वर्ष ५ देखि ७ लाख रुपैयाँ आम्दानी गर्छन् । 'खेति विस्तार हुँदैछ, तर कहिलेकाहीँ मौसमले साथ दिँदैन' उनले भने । अर्का कृषक रामचन्द्र रोकायाले खेति विस्तार गरेर १० लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन् ।

तथ्याङ्कले पनि स्याउ खेतीतर्फ आकर्षण बढ्दै गएको देखाउँछ । गत वर्ष ४ हजार ३ सय २५ हेक्टरमा सीमित स्याउ खेती यस वर्ष बढेर ४ हजार ४ सय ४५ हेक्टर पुगेको छ । फल दिने क्षेत्रफल २ हजार हेक्टरबाट २ हजार १ सय २५ हेक्टरमा विस्तार भएको छ । स्याउ खेतीमा संलग्न घरधुरी संख्या १९ हजार १ सय २५ बाट बढेर १९ हजार १ सय ५० पुगेको छ । त्यस्तै बिक्री वितरणमा पनि कृषकहरूको संलग्नता उल्लेख्य मात्रामा बढेको छ । बिक्री वितरणमा लाग्नेको संख्या ७ हजार ३ सय २५ बाट बढेर ७ हजार ३ सय ५० पुगेको छ ।

यस्तै व्यापारमा संलग्न कृषक ५ सय २५ बाट बढेर ६ सय ३ पुगेको तथ्याङ्क कृषि कार्यालयसँग छ। बिक्री–वितरण र व्यापारमा संलग्न कृषकको संख्या पनि बढ्दो छ ।पछिल्ला वर्षहरूमा जुम्लामा फुजी, गालाजस्ता उच्च घनत्व र सुधारिएका प्रजातिका स्याउ खेती हुन थालेका छन् । कर्णालीका जुम्ला, कालिकोट, मुगु र डोल्पा किसानको मुख्य आयस्रोतकै रूपमा स्याउ खेती रहँदै आएको छ । तर जुम्लाबाहेक अन्य जिल्लाको उत्पादन र निर्यातको व्यवस्थित अभिलेख छैन । डोल्पामा यस वर्ष करिब १ सय मेट्रिक टन स्याउ निर्यात भई २ करोड २० लाख रुपैयाँभन्दा बढी आम्दानी भएको कृषि कार्यालयले जनाएको छ । देशभर उत्पादन हुने स्याउमध्ये ४१.२ प्रतिशत कर्णाली प्रदेशमै उत्पादन हुन्छ । त्यसमा पनि जुम्ला अग्रस्थानमा छ ।

]]>
गोल्डेन बुढा Mon, 15 Dec 2025 16:44:46 +0545
<![CDATA[ओलीलाई फेरि अध्यक्ष बनाउन बादलको प्रस्ताव, पौडेलको समर्थन]]> https://nagariknews.nagariknetwork.com/politics/badal-s-proposal-to-make-oli-the-chairman-again-poudel-supports-it-19-27.html https://nagariknews.nagariknetwork.com/politics/badal-s-proposal-to-make-oli-the-chairman-again-poudel-supports-it-19-27.html

एमालेको जारी महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराउँदा दुई उपाध्यक्षका उम्मेदवारले प्रस्ताव र समर्थन गरेको छ ।

ओलीको सचिवालयका अनुसार, रामबहादुर थापा बादल ओलीको प्रस्तावक रहेका छन् भने समर्थक विष्णुप्रसाद पौडेल रहेका छन् ।

अर्का अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

]]>
नागरिक Mon, 15 Dec 2025 16:36:50 +0545
<![CDATA[ओलीको प्यानलबाट उपाध्यक्षमा प्रदीप ज्ञवालीको असन्तुष्टि]]> https://nagariknews.nagariknetwork.com/politics/pradeep-gyawali-s-dissatisfaction-with-the-vice-chairmanship-from-oli-s-panel-86-18.html https://nagariknews.nagariknetwork.com/politics/pradeep-gyawali-s-dissatisfaction-with-the-vice-chairmanship-from-oli-s-panel-86-18.html

नेकपा (एमाले)को आगामी नेतृत्वका लागि मनोनयन दर्ताको क्रम चलिरहँदा नेता प्रदीप ज्ञवाली भने महाधिवेशनस्थलबाट बाहिरिएका छन्।

केपी शर्मा ओलीले उपाध्यक्षका लागि आफ्नो प्यानलमा नाम राखेपछि असन्तुष्टि जनाउँदै उनले महाधिवेशनस्थल छाडेका हुन् । आफू उपाध्यक्षको उमेदवार नबन्ने बताउँदै उनले उम्मेदवारी दर्ता पनि गराएका छैनन्।

उनले महासचिवको आकांक्षा राखेका थिए। ओली प्यानलबाट महासचिवमा शंकर पोखरेललाई अघि सारिएको छ।

]]>
नागरिक Mon, 15 Dec 2025 16:29:50 +0545
<![CDATA[योगेश भट्टराईले भनेः अब पुरानो नेतृत्वले पार्टीलाई सम्हाल्न सक्दैन]]> https://nagariknews.nagariknetwork.com/politics/yogesh-bhattarai-said-the-old-leadership-cannot-handle-the-party-anymore-92-42.html https://nagariknews.nagariknetwork.com/politics/yogesh-bhattarai-said-the-old-leadership-cannot-handle-the-party-anymore-92-42.html

नेकपा (एमाले) नेता योगेश भट्टराईले देशको आवश्यकताअनुसार एमालेमा नयाँ नेतृत्व आउनु पर्ने बताएका छन् ।

पार्टीको ११औं महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले 'जेनजी' विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएकाले पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने दाबी गरे। भदौंमा भएको आन्दोलनपछि नेतृत्वप्रति धेरै प्रश्नहरू उठेको चर्चा गर्दै उनले नेतृत्व हस्तान्तरण गर्दै नयाँ टिमका साथ नेकपा एमाालेलाई अगाडि बढाउनु पर्ने उल्लेख गरे।

नेता भट्टराईले वर्तमान नेतृत्वले जनताको आकांक्षा अनुसार काम गर्न नसकेको र नेताहरुकै वरिपरी घुमेको आरोप पनि लगाए। पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आफूहरू प्रतिस्पर्धामा रहेको उनको भनाइ छ ।

भट्टराईले ईश्वर पोखरेलको प्यानलबाट उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन्।

]]>
नागरिक Mon, 15 Dec 2025 16:09:43 +0545
<![CDATA[अबको एमाले अध्यक्ष को ? ओली र पोखरेल दुवैको उम्मेदवारी दर्ता]]> https://nagariknews.nagariknetwork.com/politics/who-will-be-the-next-uml-president-both-oli-and-pokharel-file-candidacies-38-14.html https://nagariknews.nagariknetwork.com/politics/who-will-be-the-next-uml-president-both-oli-and-pokharel-file-candidacies-38-14.html

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौंको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष ओलीले अपराह्न ३:३० बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब ३ बजे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्य जारी छ । उम्मेदवारी मनोनयनको समय यसअघि ३:३० बजेसम्म कायम गरिएकामा उम्मेदवारको लाइन कायम रहेकाले केही समय लम्बिने देखिएको छ । एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

]]>
नागरिक Mon, 15 Dec 2025 16:09:35 +0545