Nagarik News - कला/साहित्य http://nagariknews.nagariknetwork.com/feed/arts https://staticcdn.nagariknetwork.com/images/default-image.png https://staticcdn.nagariknetwork.com/images/default-image.png Nagarik News - कला/साहित्य http://nagariknews.nagariknetwork.com/feed/arts np Wed, 17 Dec 2025 17:37:53 +0545 <![CDATA[चलचित्र ‘ममी’ अब युट्यूबमा हेर्न पाइने]]> https://nagariknews.nagariknetwork.com/arts/the-movie-mummy-is-now-available-to-watch-on-youtube-66-75.html https://nagariknews.nagariknetwork.com/arts/the-movie-mummy-is-now-available-to-watch-on-youtube-66-75.html

गत वर्ष माघमा रिलिज भएको चलचित्र ममी युट्यूबमा सार्वजनिक भएको छ । अभिनेत्री प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको चलचित्र ‘ममी’ अब युट्यूबबाटै हेर्न मिल्नेछ ।

चलचित्र पारिवारीक कथामा निर्माण भएको सिनेमाले एक परिवारमा छोरी र कुकुरको दुखद निधन पश्चात् रहस्यमय कालो बिरालो अपनाएसँगै निम्तने विपत्तिलाई देखाएको छ।

चलचित्रमा प्रियंका र दीयासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

समर निरौलाको लेखन तथा निर्देशन रहेको फिल्मको लोकराज जोशी र पूर्णिमा जोशी निर्माता अनि सुमन कोइराला कार्यकारी निर्माता रहेका छन् ।

]]>
नागरिक Wed, 17 Dec 2025 17:37:53 +0545
<![CDATA[भ्रष्टाचार र बेथितिविरुद्धको ‘विद्रोही’ कथा: ‘झरीपछिको इन्द्रेणी’]]> https://nagariknews.nagariknetwork.com/arts/a-rebel-story-against-corruption-and-injustice-the-rainbow-after-the-rain-br-53-68.html https://nagariknews.nagariknetwork.com/arts/a-rebel-story-against-corruption-and-injustice-the-rainbow-after-the-rain-br-53-68.html

पर्दामा दर्शकलाई हसाएर मनोरञ्जन दिँदै आएका हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ यसपटक भने समाजका गम्भीर मुद्दा लिएर दर्शकमाझ आउने भएका छन्।

उनको निर्देशनमा बनेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले मनोरञ्जन मात्र नभई भ्रष्टाचार र सामाजिक बेथितिविरुद्धको विद्रोही आवाज बोल्ने निर्माण पक्षले जनाएको छ।

नागराज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र यही पुस ४ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक घिमिरेले चलचित्रको कथावस्तु समसामयिक राजनीतिक र सामाजिक परिवेशसँग ठ्याक्कै मेल खाने दाबी गरे।

‘हामीले जेन्जी आन्दोलन सुरु हुनु अगाडि नै छायाङ्कन सकेका थियौँ, तर संयोगले चलचित्रले अहिलेको सडकको आवाज र युवाहरूको आक्रोशलाई नै बोकेको छ,’ घिमिरेले भने, ‘भ्रष्टाचार, बेथिति र विसङ्गतिविरुद्धको आवाजलाई चलचित्रमार्फत् उजागर गर्ने प्रयास गरेका छौँ।’

उनले चलचित्रकर्मीको दायित्व केवल हसाउनु मात्र नभई समाजलाई सही बाटो देखाउनु पनि रहेको जिकिर गरे। ‘देशभक्त नागरिकले सोच्ने कोणबाट यो चलचित्र तयार पारिएको छ। यसलाई ‘झरीपछिको इन्द्रेणी’ अर्थात् अध्यारोपछिको उज्यालोको बिम्बका रूपमा बुझिदिन आग्रह गर्दछु,’ उनले थपे।

चलचित्रमा यसपटक पुराना स्टारदेखि नयाँ पुस्तासम्मको समिश्रण छ। लामो समयपछि ठूलो पर्दामा देखिएका अभिनेता रमेश उप्रेतीले चलचित्रले अहिलेको समग्र देशको अवस्था चित्रण गरेको बताए।

‘आम नागरिकको कथालाई न्याय गरिएको महसुस भएपछि मैले यो चलचित्रमा काम गरेको हुँ,’ उनले भने।

यस्तै, नव–कलाकार विमोचन दवाडीले चलचित्रमा आफ्नो पुस्ताको कथा समेटिएको बताए। ‘अहिले युवाहरूका लागि नेपाल बस्नु रहर नभई बाध्यता जस्तो भएको छ। साथीहरू विदेश पलायन भइरहेको यो अवस्था र त्यसको समाधानको पाटोलाई चलचित्रले उजागर गरेको छ,’ दवाडीले भने।

चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा लगायतका अनुभवी कलाकारका साथै विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी) लगायतका नयाँ कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा निर्देशक घिमिरे स्वयंले लेखेका हुन् भने पटकथा गणेश कार्की र विशाल घिमिरेको तथा छायाङ्कन बुद्ध थापाको रहेको छ।

]]>
नागरिक Wed, 17 Dec 2025 16:18:56 +0545
<![CDATA[सम्बृद्धिले जितिन १४औँ कपिलवस्तु डान्स आइडलको ताज]]> https://nagariknews.nagariknetwork.com/arts/sambriddhi-wins-the-14th-kapilvastu-dance-idol-title-81-91.html https://nagariknews.nagariknetwork.com/arts/sambriddhi-wins-the-14th-kapilvastu-dance-idol-title-81-91.html

१४औँ कपिलवस्तु डान्स आइडलको ताज सम्बृद्धि पन्तले पहिरिएकी छन्। कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा सम्पन्न १६औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको डान्स आइडल प्रतियोगितामा उनले उपाधि जितेकी हुन्।

उपाधिसँगै सम्बृद्धिले चाँदीको टोपीसहित नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेकी छन्। मंगलबार राति सम्पन्न फाइनल चरणको प्रतिस्पर्धामा उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।

यसैगरी खुशी थारु, अप्रिता पोखरेल र गीताञ्जली मगरले क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका छन्। उनीहरूले क्रमशः ८१ हजार १८१ रुपैयाँ, ६१ हजार १६१ रुपैयाँ र ३१ हजार १३१ रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र तथा आकर्षक उपहार प्राप्त गरेका छन्।

दर्शकको भोटिङ र निर्णायकहरूको मतका आधारमा नतिजा तय गरिएको आयोजक बाणगंगा बेलफेयर सोसाइटीका अध्यक्ष तथा महोत्सव संयोजक राजकुमार खाणले जानकारी दिए। प्रतियोगिताका उत्कृष्ट चार जनाले राष्ट्रियस्तरको म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत पाउने छन्।

डान्स आइडल प्रतियोगितामा १५ जना प्रतियोगीहरू सहभागी भएका थिए। होराइजन इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत सम्बृद्धि सोही नगरपालिकाको वडा नम्बर ४, ठकुरापुरकी निवासी हुन्। विद्यालयका प्रिन्सिपल बासुदेव घिमिरेका अनुसार सम्बृद्धि पढाइसँगै अन्य क्रियाकलापमा समेत उत्कृष्ट विद्यार्थी हुन्।

जितपछि खुशी व्यक्त गर्दै सम्बृद्धिले यो सफलता आफ्ना अभिभावक, गुरुहरू र दर्शकहरूको सहयोगका कारण सम्भव भएको बताइन्। उनले अझै मेहनत गरी भविष्यमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

]]>
किरणमान बज्राचार्य Wed, 17 Dec 2025 14:43:27 +0545
<![CDATA[गीतकार कमलाले ल्याइन् ‘कलम’]]> https://nagariknews.nagariknetwork.com/arts/kamala-brought-the-lotus-98-49.html https://nagariknews.nagariknetwork.com/arts/kamala-brought-the-lotus-98-49.html

गीतकार कमला घिमिरे अधिकारीले सांगीतिक यात्रामा ‘कलम’ लिएर सक्रियताकाे पहिचान बनाएकी छन्।

बलराम समाल मगरको मीठो संगीत र रेयान्स अधिकारीको मधुर स्वरले गीतलाई जीवन्त बनाएको छ।

स्रष्टा घिमिरे अधिकारीकाे आफ्नै युटुब च्यानल हनी बि कमला घिमिरे मार्फत सार्वजनिक भएकाे हाे। रामप्रसाद अधिकारी उक्त गीतकाे संरक्षककाे रूपमा रहेका छन्।

गीतकार घिमिरे शिक्षा क्षेत्रमा आबद्ध छिन्। उनका यसअघि साथी, पुतली र मादलको ताल जस्ता दर्जनाै बालगीत रेकर्ड भएका छन्।

गीत, बालगीत, मुक्तक, हाइकु, लघुकथा, गजल आदिमा कलम चलाउने साहित्यकार घिमिरे लमजुङमा जन्मिएर काठमाडौंमा बसोबास गर्दै आएकी छन्।

हाइकुसङ्ग्रह ‘महको महलमा’ (२०७९), बालकवितासङ्ग्रह ‘मामाघर’ (२०७९) र मुक्तकसङ्ग्रह ‘रश्मि’ (२०८०) उनका प्रकाशित कृति हुन्।

]]>
नागरिक Wed, 17 Dec 2025 11:26:14 +0545
<![CDATA[सुदूरपश्चिम महोत्सवमा ‘आ बाट आमा’ को प्रचार गर्दै विपना र पल]]> https://nagariknews.nagariknetwork.com/arts/bipana-and-pal-promoting-aa-bat-aama-at-the-sudurpaschim-festival-br-89-63.html https://nagariknews.nagariknetwork.com/arts/bipana-and-pal-promoting-aa-bat-aama-at-the-sudurpaschim-festival-br-89-63.html

आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार थालिएको छ। सोमबार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’ रिलिज गरिएको थियो भने मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना थापाले फिल्मको प्रचार गरे। साथै यही गीतको भिडियो समेत रिलिज गरिएको थियो।

उक्त गीतमा अभिनेता पल शाह र विपना थापाले अभिनय गरेका थिए। ‘धर्तीमा आँखा खोली, मैले बोलेको त्यो बोली, सृष्टिकै पहिलो नाम ‘आ बाट आमा’ मा अभिनय गरेपछि दर्शकलाई निकै भावुक बनेका समेत देखिन्थे।

यस महोत्सवमा गाउँ गाउँबाट हजारौ दर्शकको उपस्थिति रहेको थियो। पल शाह र विपना थापालाई देखेपछि दर्शकले आइ लभ यु पल शाह र विपना थापा भन्दै हुटिङ गरेका थिए।

उक्त महोत्सवमा दर्शकको माया पाएकी अभिनेत्री विपना थापा औधी खुशी भएकी थिइन्। हजारौ दर्शकमाझ देखिएका पल र विपनाले फिल्म प्रचारका लागि केही बाँकी नराख्ने मुडमा देखिन्छन्।

यस फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको संगीतमा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहेका छन्। फिल्मका गीतको भिडियोमा कोरियोग्राफी गम्भीर विष्ट र दिलिप ओखेडाले गरेका छन्। साथै फिल्मको डिओपीमा नवराज उप्रेतीको छ।

अभिमन्यू निरवीले लेखेको यो फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्।

यस फिल्मको कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्। फिल्मलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन्। फिल्मको ट्रेलर टिजर साहिल खानले काटेका छन्।

नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। यसअघि निर्देशक चन्द्र पन्तले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गरेका थिए।

]]>
नागरिक Wed, 17 Dec 2025 10:42:28 +0545
<![CDATA[चलचित्र क्षेत्रमा कहिले आउँदै ‘शिरजरा?]]> https://nagariknews.nagariknetwork.com/arts/how-to-headstart-in-the-film-industry-br-90-38.html https://nagariknews.nagariknetwork.com/arts/how-to-headstart-in-the-film-industry-br-90-38.html

नेपाल, अमेरिका र पोल्याण्डलेको संयुक्त निर्माणमा चलचित्र ‘शिरजरा - सङ अफ ग्रान्डमदर’ बन्ने भएको छ।

चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका हुन्।

विकास सुवेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुसाल (नेपाल) ले निर्माण गर्नेछन्। चलचित्रको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोस्ट –प्रोडक्सनको काम हुने जनाइएको छ।

मेटा–मोर्डन फिलोसोफिकल ड्रामा जनारामा निर्माण हुने जनाइए पनि चलचित्रको कथा भने खुलाइएको छैन। हाल प्रि–प्रोडक्सन भइरहेको चलचित्रको छायांकन फेब्रुअरी २०२६ देखि शुरू हुनेछ। चलचित्रका कलाकार तथा प्राविधिकबारे केही दिनमा जानकारी दिइने निर्माता भुषालले जनाएका छन्।

]]>
नागरिक Wed, 17 Dec 2025 09:36:36 +0545
<![CDATA[गीतकार नारायण खतिवडाले काेरे सांगीतिक ‘लक्ष्मण रेखा’]]> https://nagariknews.nagariknetwork.com/arts/lyricist-narayan-khatiwada-s-musical-laxman-rekha-br-68-72.html https://nagariknews.nagariknetwork.com/arts/lyricist-narayan-khatiwada-s-musical-laxman-rekha-br-68-72.html

गीतकार नारायण खतिवडाको ‘लक्ष्मण रेखा’ गीत सार्वजनिक भएको छ।

नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको उक्त गीतले जीवनका हरेक पक्षमा निश्चित सीमा र मर्यादा आवश्यक हुने सन्देश प्रस्तुत गरेको छ।

केही विषयमा सीमा नाघ्दा गम्भीर परिणाम भोग्नुपर्छ भन्ने भाव गीत मार्फत प्रभावकारी रूपमा व्यक्त गरिएको छ।

रामायणमा वर्णित माता सीताको सुरक्षाका लागि कोरिएको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि रावणद्वारा उनको हरण भएको प्रसङ्ग प्रतीकात्मक रूपमा समेटिएको छ। यही प्रसङ्ग मार्फत गीतले वर्तमान समाज र मानव व्यवहारप्रति गहिरो संकेत गरेको देखिन्छ।

यस गीतमा जीवनोपयोगी सन्देश समावेश छन्। गीतका केही पंक्ति यस्ता छन्,

“नराम्रोभित्र पनि राम्रो हुन सक्छ, विचार गर्नु है,

राम्रोभित्र पनि नराम्रो हुन सक्छ, खोजी गरे है।”

यी पंक्तिहरूले मानिसलाई कुनै विषय सतही रूपमा मात्र नभई गहिराइमा पुगेर मूल्याङ्कन गर्न प्रेरित गर्छन्। देखिने कुरा सधैं सत्य नहुन सक्ने र राम्रोभित्र नराम्रो र नराम्रोभित्र राम्रो पक्ष पनि हुन सक्ने सन्देश गीतमा अभिव्यक्त छ।

त्यस्तै विचार नै सबैभन्दा ठूलो शक्ति हो र विचार शुद्ध नभएसम्म अन्य शुद्धताको अर्थ नरहने आत्मानुभूति गीतकारले यसरी प्रस्तुत गरेका छन्,

“विचार हो ठूलो कुरा, जस्तो सोच्यो त्यस्तै बन्छ,

आफैँ ठीक, अरू बेठीक सधैँ हुँदैन है।”

समग्रमा ‘लक्ष्मण रेखा’ गीतले सांस्कृतिक सन्दर्भ, सामाजिक यथार्थ र दार्शनिक चेतनालाई एकैसाथ प्रस्तुत गर्दै श्रोतामाझ गहिरो सन्देश प्रवाह गरेको छ।

]]>
नागरिक Wed, 17 Dec 2025 08:14:14 +0545
<![CDATA[अभिनेता आर्यनको ‘बानी’ सिनेमाको टिजर सार्वजनिक]]> https://nagariknews.nagariknetwork.com/arts/teaser-of-hero-aryan-sigdel-s-bani-movie-released-br-88-28.html https://nagariknews.nagariknetwork.com/arts/teaser-of-hero-aryan-sigdel-s-bani-movie-released-br-88-28.html

चकलेटी नायक आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ आउँदैछ। उक्त फिल्मको टिजर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक टिजरमा आर्यन फरक अवतारमा देखिएका छन्। फिल्ममा आर्यनसँगै करुणा श्रेष्ठको पनि अभिनय छ।

बानीमा नेपालको एक युवा र सिक्किमकी एक युवतीको वियोगान्त कथा देख्न सकिन्छ। भिडिओमा नेपालको युवा आर्यन हुन् भने उनको सिक्किमकी युवती करुना श्रेष्ठसँग प्रेम बस्छ। प्रेम पछि आउने उतारचढाव रोचक ढंगबाट प्रस्तुत गरिएको छ। बानीका यसअघि दुई पोस्टर सार्वजनिक भइसकेका छन्। दुई पोस्टरमा आर्यनलाई एंग्रि ब्वाई र लभर ब्वाई दुवै क्यारेक्टरमा प्रस्तुत गरिएको छ।

फिल्ममा दिनेश क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ। भिडिओ कन्सेप्ट नै दिनेशको हो। भिडिओमा सम्वाद पनि दिनेशसँगै केशव भट्टराईले लेखेका छन्। भिडिओमा आर्यन र करुनासँगै सबिन कट्टेल र सुस्मिता श्रेष्ठको पनि अभिनय देख्न पाइनेछ।

उत्सव दाहालको छायांकन रहेको भिडिओलाई विकास दाहालले सम्पादन गरिरहेका छन्। भिडिओको निर्देशन भने सुब्रत आचार्यले गरेका हुन्। याे फिल्म यही पुस १० गते रिलिज हुने तयारीमा छ।

]]>
नागरिक Tue, 16 Dec 2025 13:46:36 +0545
<![CDATA[बाँसुरीकाे धुनसँगै ‘कल्प काव्य साँझ’ मा गुन्जिए डा. लम्साल]]> https://nagariknews.nagariknetwork.com/arts/dr-lamsal-resonates-with-the-melody-of-the-flute-in-poetry-evening-kalpa-70-55.html https://nagariknews.nagariknetwork.com/arts/dr-lamsal-resonates-with-the-melody-of-the-flute-in-poetry-evening-kalpa-70-55.html

महाकाव्यकार डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ।

ए क्युब प्रमोसनले आयोजना गरेकाे कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’ का हरफहरू सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरीमा साथ दिएका थिए। डा. भण्डारी ललितकला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन्।

कल्प महाकाव्य प्रकृति, संस्कृति र मानवताको त्रिवेणी मानिन्छ। वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको कल्पका हरफहरूसँग दर्शकहरू झुमेका थिए।

डा. लम्सालले काव्यका केही र केही निजी सन्दर्भ सुनाइरहँदा दर्शकहरू निकै प्रफुल्ल भएका थिए।

महाकाव्यकार लम्साल बाँसुरी लिएर मञ्चमा पहिलोपटक प्रस्तुत भएका हुन्। आफैं पनि लामो समय रेडियो प्रसारणमा बिताएका डा. लम्सालले कविता वाचिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका दिनको याद गरेका थिए।

ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेसा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। डा. लम्साल साहित्य र आधुनिक सञ्चारका अगुवा मानिन्छन्। उनका १४ पुस्तक प्रकाशित छन्।

]]>
नागरिक Tue, 16 Dec 2025 12:50:45 +0545
<![CDATA[‘आ बाट आमा’ को ‘सृष्टिकै पहिलो नाम’ रिलिज]]> https://nagariknews.nagariknetwork.com/arts/aa-baat-aama-s-first-name-of-creation-released-br-61-60.html https://nagariknews.nagariknetwork.com/arts/aa-baat-aama-s-first-name-of-creation-released-br-61-60.html

चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ को ‘सृष्टिकै पहिलो नाम’ रिलिज भएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गीत रिलिज गरिएको हो।

गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित विष्ट लगायतलाई देख्न सकिन्छ।

परदेशिएको छोराको विलाैना र आमाको मायालाई गीतको भिडियोमा दर्शाइएको छ। यस मार्मिक गीतमा शब्द रचना तथा संगीत बाबुल गिरीको छ भने गायन रबी ओडको छ।

गीतको भाव अनुसार नै भिडियो निर्माण निर्माण पक्षले गरेको देखिन्छ। जहाँ सन्तानप्रतिको मायाममता तथा स्नेहको कथा फिल्मले बोल्ने प्रष्ट छ।

गीत रिलिज कार्यक्रममा फिल्मका निर्देशक चन्द्र पन्तले आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए।

‘यो मेरो ड्रिम प्रोजेक्ट हो’, उनले गीत रिलिज कार्यक्रममा भने,‘जुन हामीले धेरै सफलताका साथ सम्पादन गरेका छौं। आज यो टाइटल सङ आ बाट आमा जनु मैले सुटिङ गर्नुभन्दा पहिलेदेखि नै मेरो ड्रिम प्रोजेक्ट हो भन्थेँ। सोही गीत आज हामीले रिलिज गर्यौँ। आशा गछौँ, यो गीत सबैले मन पराइदिनु हुनेछ।’

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपाली लगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती छन्। फिल्मको संगीतमा कोसिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम रहेका छन्। फिल्मका गीतको कोरियोग्राफी गंभिर बिष्ट र दिलिप ओखेडाको रहेको छ।

अभिमन्यू निरवीले लेखेको यो फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्। यस फिल्मको कार्यकारी निर्माता करण सिंह रसाली छन्। फिल्मलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन्। फिल्मको ट्रेलर टिजर साहिल खानले काटेका छन्।

यसअघि यो फिल्मको टिजर तथा फिल्मका पोस्टरले दर्शकमाझ फिल्मप्रति कौतुहल जगाइसकेको छ। नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। फिल्म आगामी माघ १६ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

]]>
नागरिक Tue, 16 Dec 2025 11:46:19 +0545
<![CDATA[‘नेपाल स्रष्टा समाज’ ले गर्‍याे दुई सम्मानकाे घाेषणा]]> https://nagariknews.nagariknetwork.com/arts/nepal-creators-society-to-honor-creators-pralhad-pokharel-and-anita-panthi-br-34-54.html https://nagariknews.nagariknetwork.com/arts/nepal-creators-society-to-honor-creators-pralhad-pokharel-and-anita-panthi-br-34-54.html

‘नेपाल स्रष्टा समाज’ ले आफ्नो स्थापना दिवसको अवसर पारेर दुई साहित्यकारलाई सम्मान अर्पिने भएको छ।

वरिष्ठ कवि प्रल्हाद पोखरेललाई सुभद्रा- विश्वराज सम्मान-२०८२ सम्मान अर्पिने भएकाे छ। उक्त पुरस्कार २१ हजार एक सय ११ नगद राशि रहेकाे छ।

त्यस्तै युवा साहित्यकार अनिता पन्थीलाई प्रसिद्ध कडेल युवा स्रष्टा सम्मान- २०८२ अर्पिने भएकाे छ। उक्त पुरस्कारकाे राशि १५ हजार एक सय रुपैयाँ रहेको छ।

उक्त सम्मान समाजको १९औं स्थापना दिवसको अवसर पारेर आउँदाे पुस १६ गते स्रष्टाहरूलाई अर्पिने अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिए।

]]>
नागरिक Tue, 16 Dec 2025 10:34:11 +0545
<![CDATA[‘इन्टरनेशनल नेपाली फिल्म फेस्टिभलमा प्रतिस्पर्धाको आह्वान]]> https://nagariknews.nagariknetwork.com/arts/call-for-competition-at-the-international-nepali-film-festival-57-21.html https://nagariknews.nagariknetwork.com/arts/call-for-competition-at-the-international-nepali-film-festival-57-21.html

इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड्सको पहिलो संस्करण दिल्लीमा हुने भएको छ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र सम्मानलाई लक्ष्य गर्दै आयोजना गर्न लागिएको अवार्ड फेब्रुअरी १ देखि ३ सम्म भारतको नयाँ दिल्लीमा हुनेछ ।

आयोजक संस्थाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार फेस्टिभलको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको पहुँच विस्तार गर्नुका साथै सिर्जनात्मक र व्यवसायिक सहकार्यका लागि साझा मञ्च निर्माण गर्नु हो।

फेस्टिभलमा सन २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरू प्रतिस्पर्धाका लागि आह्वान गरिएको छ। सहभागी हुन चाहने फिल्महरूले जनवरी ७ भित्र आवेदन दिनुपर्नेछ।

कार्यक्रमका प्रमुख आकर्षणअन्तर्गत उत्कृष्ट फिल्म, निर्देशन, अभिनय तथा विभिन्न प्राविधिक विधामा अवार्ड प्रदान गरिनेछ। साथै रेड कार्पेट अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मी र समीक्षकको सहभागिता, प्रिमियर शो, विशेष प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिने आयोजकले जनाएको छ।

फेस्टिभलको निर्णायक मण्डलको अध्यक्षमा लोकप्रिय अभिनेता तथा चलचित्रकर्मी कृष्ण मल्ल रहनेछन्। निर्णायक सदस्यमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनील थापा, अभिनेत्री बिपना थापा र भारतका चर्चित थिएटर कलाकार अवतार साहनी छन्।

INFFA का अध्यक्ष राजेन्द्र घिमिरेले फेस्टिभल नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा छवि विस्तार गर्ने महत्वपूर्ण अवसर हुने बताए। “यस कार्यक्रममार्फत नेपाली प्रतिभालाई विश्व मञ्चसम्म पुर्‍याउने हाम्रो दृढ संकल्प छ,” उनले भने।

फेस्टिभल निर्देशक (नेपाल) जनक दीप पराजुलीका अनुसार INFFA–२०२६ ले भारत–नेपाल सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै भारतस्थित नेपाली समुदाय र अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रलाई लोकप्रिय बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

त्यसैगरी INFFA की प्रवक्ता तथा चिमचुली फाउन्डेशन फर आर्ट एण्ड कल्चर की संस्थापक आकांक्षा शाहले फिल्म प्रदर्शनसँगै प्यानल छलफल, अन्तर्वार्ता र टक शो आयोजना गरिने जानकारी दिइन्। उनका अनुसार कार्यक्रमको उद्देश्य नेपाललाई छायांकन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु, संयुक्त निर्माणका सम्भावना खोज्नु र नेपाल–भारतबीच सांस्कृतिक कूटनीतिलाई सशक्त बनाउनु हो।

आयोजकले फेस्टिभलमा हजारौँ दर्शक र फिल्मकर्मीको सहभागिता रहने अपेक्षा गरेको छ। यसले उदाउँदा प्रतिभा र चलचित्र उद्योगबीच सहकार्यका लागि प्रभावकारी मञ्च प्रदान गर्ने विश्वास लिइएको छ।

सहभागी हुन चाहने फिल्महरू FilmFreeway (INFFA) मार्फत अपलोड गर्न सकिनेछ। साथै नेपालस्थित चलचित्र निर्देशक समाजको कार्यालयमा बुझाउन वा infaa.filmsubmission@gmail.com मा गुगल ड्राइभ लिंकमार्फत पनि पठाउन सकिनेछ।

]]>
नागरिक Mon, 15 Dec 2025 17:40:19 +0545
<![CDATA[निर्देशक पौडेललाई साेधाइ, ‘सिन्दुरे जात्रा’ को कथा के हो?]]> https://nagariknews.nagariknetwork.com/arts/sindure-jatra-is-not-a-movie-that-tells-the-story-of-sindure-jatra-29-29.html https://nagariknews.nagariknetwork.com/arts/sindure-jatra-is-not-a-movie-that-tells-the-story-of-sindure-jatra-29-29.html

निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरिसकेका छन्। ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरे पनि यसको विषयबारे अझै केही जानकारी दिएका छैनन्।

चलचित्र घोषणा गरे पनि उनले अहिलेसम्म विषय र कलाकारबारे जानकारी दिएका छैनन्।

जेठमा छायांकनमा जाने तयारी रहेको भनिएको सिनेमाको टाइटलले संकेत गरे अनुसार अनुमान लगाइए के हुन्छ भन्ने साेधाइमा निर्देशक सरोज भन्छन्, “करिबकरिब गलत हुन्छ। तपाईंको दिमागमा के छ त्यो त मैले जान्ने कुरा भएन तर नुवाकोटमा हुँदै आएको सिन्दुरे जात्रा नै सिनेमाको विषय हो भनेर बुझ्नुभएको हो भने त्योचाहिँ पूर्णतया गल्ती नै हो।”

टाइटल अनाउन्समेन्ट टिजरमा ‘सिन्दुरे जात्रा’ कै विषय सिनेमाको मुख्य कथानक छ जस्तो देखिन्छ नि भन्ने प्रश्नमा निर्देशक पौडेल भन्छन्, “सत्य हो, छनक त्यही देखिन्छ। सिन्दुरे जात्रासँग कहीँ कतै सिनेमा जोडिएला पनि तर नढाँटीभन्दा यो सिन्दुरे जात्राको कथा भन्ने सिनेमा होइन।”

निर्देशक पौडेलले कथा र कलाकारबारे केही समयपछि जानकारी दिने बताए।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेलकै छ। सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन्।

आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल छ। चलचित्रको रिलिज मितिबारे निर्देशक पौडेलले अहिले तय भइनसकेको बताए।

केही महिनाअघि निर्देशक पौडेलको लेखन र निर्देशन रहेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो।

]]>
नागरिक Mon, 15 Dec 2025 13:18:16 +0545
<![CDATA[‘च्वाप्प मोइ’ सार्वजनिक]]> https://nagariknews.nagariknetwork.com/arts/ashman-kc-s-new-song-released-br-60-46.html https://nagariknews.nagariknetwork.com/arts/ashman-kc-s-new-song-released-br-60-46.html

गायक तथा र्‍यापर आश्मान केसीको ‘च्वाप्प मोइ’ गीत सार्वजनिक भएको छ। काठमाडाैंमा सार्वजनिक गरिएकाे गीत गायिका विन्दुकै विन्दु परियार नामक युट्युब च्यानलमा हेर्न सकिन्छ।

गीतमा आश्मानकै शब्द र संगीत छ। गीतमा आश्मानसँग गायिका विन्दु परियार पनि देखिएकी छन्। परियारले आफ्नो गीतमा देखिने सपना यस पटक पूरा भएको बताइन्।

उनले भनिन्, ‘आफ्नो गीतमा नाचौंनाचौं लागेको थियो। यसपटक त्यो सपना पूरा भयो। यस पटक नाच्ने शैलीकाे गीत तयार गरेको छु। आश्मानसँगको सहकार्यले पृथकता दिएको महसुस भएको छ। गीत सबै वर्गलाई हुने किसिमले तयार गर्ने कोसिस गरेका छौं।’ उनले गीतमा पहिलोपटक मोडलिङकाे अनुभव सँगालेको बताइन्।

उक्त गीत डाइनामिक स्टुडियोमा तयार गरिएको हो भने विमल छिनालले एरेञ्ज गरेका हुन्।

गीतको भिडिओमा मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स र सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ भने र्‍यापर आश्मानले निर्देशन गरेका हुन्।

]]>
नागरिक Mon, 15 Dec 2025 12:31:42 +0545
<![CDATA[नागरिककर्मी देवेन पुरस्कृत]]> https://nagariknews.nagariknetwork.com/arts/civic-worker-awarded-by-deven-br-62-10.html https://nagariknews.nagariknetwork.com/arts/civic-worker-awarded-by-deven-br-62-10.html

नागरिक दैनिक (नेपाल रिपब्लिक मिडिया) का कार्टुनिस्ट/इलस्ट्रेटर देवेन्द्र पाण्डे ‘देवेन’ ‘केके बालवाङमय चित्रकला सम्मान-२०८२’ बाट सम्मानित भएका छन्। बालवाङमय तथा अनुसन्धान केन्द्रको तेह्रौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा देवेन पुरस्कृत भएका हुन्।

यसैगरी साहित्य-सृष्टि बालवाङमय साधना सम्मान २०८२ बाट कलाकार कृष्णभक्त महर्जन, राकुपा बालवाङमय बालपुस्तक २०८१ बाट आर्या त्रिपाठी र जयहिरा बालवाङमय किशोर आख्यान पुरस्कार २०८१ बाट रोशन पोखरेल सम्मानित भए।

तीन दशकदेखि बालसाहित्यको विकास, विस्तार र प्रवर्द्धन, चित्रांकन कलायात्राको उच्च कदर गर्दै वरिष्ठ कलाकार नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले यो पुरस्कार स्थापना गरेका थिए।

]]>
नागरिक Mon, 15 Dec 2025 12:05:14 +0545
<![CDATA[जनमत वाङमय प्रतिष्ठानले वार्षिकाेत्सवमा सम्झियाे स्रष्टा]]> https://nagariknews.nagariknetwork.com/arts/janmat-literary-foundation-nepal-honors-eight-writers-15-92.html https://nagariknews.nagariknetwork.com/arts/janmat-literary-foundation-nepal-honors-eight-writers-15-92.html

जनमत वाङ्मय प्रतिष्ठान, नेपालले ४२ औं वार्षिकोत्सवका अवसरमा साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गरेका छ।

जनमत वाङ्मय प्रतिष्ठानले बर्सेनि प्रदान गरिँदै आएका ती सम्मानहरू धेरै भएकाले यस वर्ष विभिन्न स्रष्टालाई दुई पटक (मङ्सिर र चैत्र) मा प्रदान गरिने अध्यक्ष मोहन दुवालले बताए।

आआफ्नो विधामा लामो समयदेखि निरन्तर रूपमा संलग्न रही योगदान पुर्‍याउँदै आएका स्रष्टाहरूलाई यो सम्मान अर्पिएको पनि अध्यक्ष दुवालले बताए।

विभिन्न विधामा सम्मानित हुने स्रष्टाहरूमा नियात्राकार तथा लेखक निर्मोही व्यासलाई २०८१ सालको ‘दीपा-जनमत सम्मान’ अर्पिएको थियो।

त्यसैगरी ‘जनमत-महेन्द्रलाल कलाकार सम्मान’ ज्ञानेन्द्र विवश, गणेश (खिलकुमारी दुवाल-जनमत सम्मान’ श्याम तमोट, ‘केवलपुरे-जनमत सम्मान’ खेमराज निरौला, ‘कमला सैंजू-जनमत सम्मान’ मोतिशोभा श्रेष्ठ, ‘जनमत-राजभाइ सहयात्री सम्मान’ कृष्णप्रसाद आचार्य, ‘भारती-जनमत साहित्यिक पत्रकारिता सम्मान’ बाजुराम पौडेल र जनमत-केदार-सुदर्शना बालसाहित्य सम्मान’ ज्योति अधिकारीलाई अर्पिएको थियो।

उक्त कार्यक्रममा सम्बन्धित विधाका अग्रजहरूले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र अर्पिएको थियो। यसरी सम्मान प्रदान गर्नेहरूमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के सुन्दर, उपसभामुख इन्दिरा राना मगर, वरिष्ठ कलाकार राधेश्याम मुल्मी, साहित्यकार रामप्रसाद पन्त, कवि कृष्ण प्रधान र इन्दिरा श्रेष्ठ रहेका थिए।

दायित्व वाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले सम्मानित ८ स्रष्टाको परिचयात्मक टिप्पणी प्रस्तुत गरेका थिए।

कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानका सदस्य सिर्जना दुवालले स्वागत मन्तव्यसँगै स्वागतगान बजाएर सबैको स्वागत गरेकी थिइन्।

]]>
नागरिक Mon, 15 Dec 2025 11:30:38 +0545
<![CDATA[मुक्तकार ‘सोराडी’ को ‘उथलपुथल’ लाेकार्पण]]> https://nagariknews.nagariknetwork.com/arts/muktkar-soradi-s-upheaval-presentation-br-78-99.html https://nagariknews.nagariknetwork.com/arts/muktkar-soradi-s-upheaval-presentation-br-78-99.html

हामी र हाम्रो कृति समाजले मुक्तककार कर्ण दयाल ‘सोराडी’ को मुक्तकसङ्ग्रह ‘उथलपुथल’ लाेकार्पण गरेकाे छ।

काठमाडौं, बालुवाटारस्थित लीलाध्वज थापा साहित्य प्रतिष्ठानकाे कार्यालय भएकाे हाे। लोकार्पण कार्यक्रमकाे सञ्चालन हामी र हाम्रो कृति समाजकी संस्थापक सदस्य सुभद्रा अधिकारी र साहित्यकार बृन्दा ढुङ्गानाले गरेका थिए।

हामी र हाम्रो कृति समाजका विशिष्ट आजीवन सदस्य गोविन्दराज पौडेलले शब्द मार्फत अतिथिहरूलाई स्वागत गरेका थिए।

समाजका आजीवन सदस्य मीरा न्यौपाने गजुरेलको अध्यक्षता र समालोचक प्राडा गोविन्द मानसिंह कार्कीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

त्यस्तै विशिष्ट अतिथिमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा, डा. देवी क्षेत्री दुलाल (लेखक संघका केन्द्रीय अध्यक्ष), त्रिभुवनचन्द वाग्ले (मधुपर्क मासिक प्रत्रिकाका प्रधानसम्पादक), शेरबहादुर विश्वकर्मा (जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष ) र कुशल बोकटी (जनसास्कृतिक महासंघका केन्द्रीय महासचिव) रहेका थिए।

प्रमुख अतिथि प्राडा गोविन्द मानसिंह कार्कीले लाेकार्पित कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए।

कृतिकार कर्ण दयाल सोराडीले छोटो समयमा पुस्तक तयार पारेर लोकार्पण गरिदिएकोमा समाजप्रति हार्दिक आभार व्यक्त गरेका थिए।

बधाई तथा शुभकामना सहित सुरु गरेको आफ्नो मन्तव्यमा संस्थाका अध्यक्ष मदनप्रसाद नेपालले संस्थाले आगामी दिनमा १२ स्रष्टाका कृति हरेक महिनाको तेस्रो हप्ता पालैपालो गर्दै जाने र हाम्रो संस्थालाई विश्वास गर्ने सर्जकहरूको कृति लाेकार्पणका लागि पनि संस्था सधैं तयार रहेको विश्वास दिलाए।

संस्थाका सचिव बद्री उप्रेतीको कुशल व्यवस्थापनमा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि प्राडा गोविन्द मानसिंह कार्की र विशिष्ट अतिथि विजयध्वज थापाले हामी र हाम्रो कृति समाजले साहित्यको उन्नयनका निम्ति गरेको कार्यप्रति प्रशंसा गरेका थिए।

टिप्पणीकार अतिथिहरूले कर्ण दयालकाे उथलपुथल मुक्तकसङ्ग्रह एक उत्कृष्ट कृतिको रूपमा रहेकाे बताए।

राजेशमान केसी, प्रमुना पौडेल, मन भुजेल, नानु राना थापा, शिव हरि थापा, बद्री उप्रेती, बृन्दा ढुङ्गाना, शशिश्री आचार्य, कुमार नेपाल, प्रधुन्न अधिकारी र निरा श्रेष्ठले विमोचित कृतिबाट र आफ्ना रचना वाचेका थिए।

कार्यक्रमका सभाध्यक्ष मीरा न्यौपाने गजुरेलले आजको कार्यक्रम ऐतिहासिक भएको र विमोचित कृति नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजको रूपमा बताइन्।

]]>
नागरिक Mon, 15 Dec 2025 10:46:07 +0545
<![CDATA[‘विभेदीकरणबाट मुक्ति पाउन वाक्कलाको महत्त्वपूर्ण भूमिका’]]> https://nagariknews.nagariknetwork.com/arts/the-role-of-wakkala-in-getting-rid-of-discrimination-br-57-81.html https://nagariknews.nagariknetwork.com/arts/the-role-of-wakkala-in-getting-rid-of-discrimination-br-57-81.html

पोखराकाे बुद्धचोकस्थित सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला सम्बन्धी दुईहप्ते तालिम भएको छ।

तालिममा अनुपम म्युजिक तथा कास्की मल्टिमिडियाका प्रबन्ध निर्देशक अनुराग अधिकारीले सहजीकरण गरेका थिए।

अधिकारीले आफूले विद्यार्थीको चाहना, आवश्यकता र क्षमताकाे ख्याल गर्दै प्रशिक्षण गरेको अनुभव सुनाए।

विद्यालयका संस्थापक तथा निर्देशक खिमबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्रकी प्रमुख शान्ति गुरुङले सोसल पब्लिकले विद्यार्थीलाई जीवन सिकाउने अभियान सञ्चालन गरेको भनाइ राखिन्।

विद्यार्थीको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै गुरुङले सही ठाउँमा सही कुरा सही तरिकाले प्रयोग गर्न भाषणकलाले सिकाउने धारणा राखिन्।

बोल्ने कला जीवनको आधारभूत सिप भएकामा उनले जोड दिइन्। आफूभित्रको प्रतिभा चिन्न आग्रह गर्दै गायिकासमेत रहेकी सञ्चारकर्मी गुरुङले विभेदीकरणबाट मुक्ति पाउन वाक्कलाको भूमिका रहने बताइन्।

विद्यालयको निर्देशक खिमबहादुर गुरुङले विद्यालयले विद्यार्थीको चौतर्फी प्रतिभा उजागर गर्न विविध गतिविधि सञ्चालन गर्दै आएको बताए।

उनले विद्यालयले किताब मात्र नभई जीवन पढाउने अभियान सञ्चालन गरेको भन्दै विद्यार्थी केन्द्रित गतिविधिमा विद्यालयले जोड दिएको बताए।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सिद्धार्थ शर्मा, साहित्यकार रुपिन्द्र प्रभावी, अभिभावक रियाज गुरुङ र प्रज्वल भित्रकोटीले शुभकामना दिएका थिए।

प्रशिक्षार्थीहरू आरूषी बानिया र दीपिका क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा निस्मा केसी, श्रीयाज गुरुङ, ग्रीष्मा शर्मा, अस्मिता सुनार, प्रियङ्का गुरुङ, रीति बरुवाल र दीक्षा थापाले प्रशिक्षणको अनुभव सुनाएका थिए। तालिममा ६ देखि १० कक्षाका ४५ विद्यार्थी सहभागी थिए।

]]>
नागरिक Mon, 15 Dec 2025 09:51:05 +0545
<![CDATA[आजै जन्मिएका थिए राज कपुर,बलिउडमा राज गरेका उनले के-के गरे ?]]> https://nagariknews.nagariknetwork.com/arts/raj-kapoor-was-born-today-what-did-he-do-while-ruling-bollywood-94-80.html https://nagariknews.nagariknetwork.com/arts/raj-kapoor-was-born-today-what-did-he-do-while-ruling-bollywood-94-80.html

आज राज कपुरको जन्मदिन । यदी उनी जीवित थिए भने आज १०१औँ जन्मदिन मनाइरहेका हुन्थेँ । उनलाई भौतिक रुपमा दर्शकले २ जुन सन् १९८८ मा बिदा गरे । तर अझै पनि धेरै दर्शकको मनमुटुमा राज कपुरको उपस्थिति उस्तै छ ।

उनकै जन्मदिनमा आज हामी उनीबारेका केही रोचक प्रसंगको चर्चा गर्नेछौँ । बलिउड अभिनेता, चलचित्र निर्देशक, निर्माता इतिहासका सबैभन्दा प्रभावकारी निर्माता मध्ये एक मानिने राज कपुरको पुरा नाम रणबीर राज कपुर हो । जसले ११ वर्षकै उमेरमा चलचित्रको संसारमा यात्रा सुरु गरे। उनले कैयौँ सुपरहिट चलचित्रमा काम गरे। उनले तीन राष्ट्रिय पुरस्कार र ११ फिल्मफेयर पुरस्कार पाएका छन्।

पाकिस्तानको पेशावरमा १४ डिसेम्बर ९२४ मा जन्मेका राज कपुरको निधन २ जुन सन् १९८८ मा भयो। उनलाई ‘द शो म्यान’ नामले पनि चिनिन्छ ।

उनका बुवा आमा चलचित्र क्षेत्रैबाट प्रतिनिधित्व गर्थे । बुवा अभिनेता पृथ्वीराज कपुर र आमाको रामशर्नी देवी कपुर हुन्। छ सन्तान मध्ये राज कपुर सबै भन्दा जेठो थिए। पछि उनी परिवारसहित भारतको पन्जाबमा बसाइसराइ गरे।

११ वर्षदेखि चलचित्रमा यात्रा

चलचित्र ‘इंकलाब’ सन् १९३५ मा बालकलाकारदेखि चलचित्रमा यात्रा सुरु गरेका राज कपुरले ५ दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा काम गरे।

२४ वर्षको उमेरमा आफ्नै चलचित्र निर्माण उद्योग स्थापना

‘आरके फिल्म’ नामले राज कपुरले २४ वर्षकै उमेरमा आफ्नै चलचित्र निर्माण उद्योगको स्थापना गरे। १९४८ देखि निर्देशनमा सुरुवात गरे। चलचित्र ‘आग’ देखि कपुरले निर्देशनमा डेब्यु गरे । उनी त्यतिबेला २४ वर्षका मात्र थिए। त्यो उद्योग अन्तर्गत कपुरले चलचित्र ‘आग’, ‘बरसात’, ‘आवारा’ जस्ता चलचित्र निर्माण गरे। जसकारण उनलाई ‘यंगेस्ट फिल्म मेकर डाइरेक्ट अ म्यान’ को उपाधी दिइयो।

१२ मे १९४६ मा कपुरले कृष्णा मल्होत्रासँग वैवाहिक जीवनको यात्रा सुरु गरे। यो विवाहबाट उनका पाँच सन्तान भए । छोरा रणधीर कपुर, ऋषि कपुर र राजीव कपुर , छोरी रितु कपुर, रीमा कपुर।

‘मेरा नाम जोकर’

सन् १९७० डिसेम्बर १८ मा प्रदर्शनमा आएको चलचित्र उनले बनाए जसमा उनलाई छ वर्ष लामो समय लाग्यो। यो उनको जीवनको सबभन्दा ठुलो प्रोजेक्ट थियो। यो चलचित्र त्यही समयमा लगभग ७० करोड भारुको लागतमा बनेको थियो। तर चलचित्र आलोचनात्मक रह्यो जसकारण चलचित्र नराम्रोसँग फ्लप भयो। यो चलचित्र कपुरको जीवनको सबै भन्दा ठुलो व्यापारिक हिसाबले फ्लप चलचित्र बन्यो।

उनले ७१ चलचित्रमा अभिनय गरे, १० चलचित्र निर्देशन गरे र १८ चलचित्र निर्माण गरेका छन्।

उनी लेखकको रूपमा चलचित्र ‘राम तेरी गंगा मैली’ मा काम गरे साथै उनले छ चलचित्र एडिटरको काम गरेका छन्।

राज कपुरले पाएका यी पुरस्कार

सन् १९८७ मा कपुरले पाए दादा साहेब फल्के अवार्ड यो सम्मान भारतीय सिनेमालाई आजीवन योगदान दिने व्यक्तिलाई दिइन्छ।

भारतको तेस्रो सबै भन्दा ठुलो सम्मान उनले भारत सरकारद्वारा सन् १९७१ मा पदम भूषण पाए । फिल्म फेयर अवार्ड ११ पटक उनले पाएका छन्।

नेशनल अवार्ड ३ पटक पाए। अन्य २६ अवार्ड पनि उनले पाए ।

]]>
अमृता कुशवाहा Sun, 14 Dec 2025 18:24:35 +0545
<![CDATA[पहिलो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सुरु]]> https://nagariknews.nagariknetwork.com/arts/first-himalayan-rim-regional-film-exhibition-begins-63-24.html https://nagariknews.nagariknetwork.com/arts/first-himalayan-rim-regional-film-exhibition-begins-63-24.html

पहिलो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी आजदेखि काठमाडौंमा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयमा ‘२०२५ प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी’को औपचारिक सुरुवात गरिएको हो ।

‘सभ्यताबीच आपसी सिकाइ, प्रविधिगत नवप्रवर्तन’ भन्ने नारासहित आयोजना गरिएको यस प्रदर्शनीमा एनिमेटेड फिल्म प्रदर्शन, हस्तकला कार्यशाला, सांस्कृतिक तथा सिर्जनात्मक प्रदर्शनी र सिनेम्याटिक संवादजस्ता विविध कार्यक्रम समेटिएका छन्।

परम्परागत चिनियाँ संस्कृतिलाई आधुनिक प्रविधिसँग संयोजन गरेर प्रस्तुत गरिएका श्रव्य–दृश्य सामग्रीले नेपाली युवा विद्यार्थीहरूलाई विशेष रूपमा आकर्षित गरेको देखिन्थ्यो।

कार्यक्रमको उद्घाटन एआई (कृत्रिम बुद्धिमत्ता) द्वारा निर्माण गरिएको प्रवर्द्धनात्मक छोटो चलचित्रबाट गरिएको थियो। त्यसपछि एआईजीसी (AI-Generated Content) प्रविधिबाट पूर्ण रूपमा तयार गरिएको एनिमेटेड छोटो चलचित्रद स्पिरिट अफ द माउन्टेन्स प्रदर्शन गरियो। चिनियाँ अमूर्त सांस्कृतिक सम्पदा ‘छ्वानसिङ तुओ’ (पूर्ण-आकार रबिङ) प्रविधिबाट प्रेरित यस चलचित्रले परम्परागत संस्कृतिसँग कृत्रिम बुद्धिमत्ताको अनौठो संयोजन प्रस्तुत गरेको थियो।

प्रदर्शनपछि चलचित्रका निर्देशक पाङ जियाले भिडियो लिंकमार्फत प्रत्यक्ष रूपमा एआई दृश्य–निर्माण प्रक्रियाको प्रदर्शन गरे। निर्माता जुन्यान हुआङले पनि विद्यार्थीहरूसँग अन्तरक्रियात्मक प्रश्न–उत्तर सत्रमा सहभागी भई दर्शकहरूलाई चकित पारे।

आजको प्रदर्शनमा कलाकार तथा फिल्मकर्मी अनिल यादव, बुद्धि तामाङ, पवित्रा शंकी, केपी पाठक तथा प्राध्यापक कुन्दन आर्याललगायतको उपस्थिति थियो । सहभागी कलाकार, प्राध्यापक र विद्यार्थीहरूबीच चलचित्र, संस्कृति र प्रविधिका विषयमा जीवन्त छलफलसमेत भएको थियो।

दिउँसोको सत्रमा एनिमेटेड फिल्मद लिजेन्ड अफ हेइ २प्रदर्शन गरियो, जसले ठूलो संख्यामा विद्यार्थीहरूको ध्यान तानेको थियो। यस चलचित्रले आफ्नो विशेष डायनामिक स्टोरीबोर्ड प्रि–भिजुअलाइजेसन प्रविधिमार्फत मानव र ‘दानव’-पहाड, पानी, काठ, ढुंगा र जनावरका प्रतीकात्मक पात्रहरू-बीचको सहअस्तित्वको हृदयस्पर्शी कथा प्रस्तुत गर्छ। प्रकृति र मानवको एकता तथा सबै जीवको सहअस्तित्व भन्ने पारिस्थितिक सन्देशले दर्शकलाई गहिरो रूपमा प्रभावित बनाएको थियो।

त्यसपछि आयोजना गरिएको ‘ब्लाइन्ड बक्स इन्टरएक्सन’ कार्यक्रमले माहोललाई चरमोत्कर्षमा पुर्यातयो, जहाँ विद्यार्थीहरूले प्रश्नावली र विभिन्न गतिविधिमा सहभागी भई सीमित संस्करणका चलचित्र सामग्री जित्न उत्साहपूर्वक भाग लिए।

त्रिभुवन विश्वविद्यालयमा सम्पन्न यस भ्रमणशील प्रदर्शनीको पहिलो चरणलाई शिक्षक र विद्यार्थीहरूले व्यापक रूपमा स्वागत गरेका छन्। धेरै विद्यार्थीहरूले चलचित्र प्रदर्शन र अनुभव आदान–प्रदानका सत्रमार्फत चिनियाँ एनिमेसनको विशिष्ट सौन्दर्यशास्त्र र उत्कृष्ट निर्माण प्रविधि नजिकबाट बुझ्न पाएको प्रतिक्रिया दिएका छन्। साथै, डिजिटल सिर्जनाको क्षेत्रमा द्विपक्षीय सहकार्यका सम्भावनाप्रति उनीहरू आशावादी देखिएका छन्।

हिमाली क्षेत्रमा आयोजित यो पहिलो छवि–आधारित सांस्कृतिक आदान–प्रदान कार्यक्रम रहेको आयोजकहरूले बताएका छन्। यो प्रदर्शनी आगामी दिनमा काठमाडौं विश्वविद्यालय (KU) र लुम्बिनी बौद्ध विश्वविद्यालयमा पनि आयोजना गरिनेछ, जसले चीन र नेपालबीच मात्र नभई सम्पूर्ण हिमालयन क्षेत्रमै सांस्कृतिक अन्तरक्रिया र आपसी समझदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

]]>
नागरिक Sun, 14 Dec 2025 16:10:21 +0545