Nagarik News - Home
पाँच वर्षअघिसम्म जुम्लाको पातारासी गाउँपालिका-७ पटमारा गाउँका ३७ वर्षीय शंकर बुढाको जीवन निकै सक्रिय थियो। गाउँमा भेडा र खच्चर पाल्थे, दक्ष मिस्त्रीका रूपमा काठमाडौंसम्म पुगेर पसिना बगाउँथे। छ जनाको परिवार पाल्ने मुख्य खम्बा उनै थिए।
तर, एक्कासि मेरुदण्डमा देखिएको समस्याले उनको जीवनलाई यसरी उल्ट्याइदियो कि आज उनी आफ्नै घरको ओछ्यानमा थुनिएर अरूको सहाराबिना कोल्टेसमेत फेर्न नसक्ने अवस्थामा पुगेका छन्।
कम्मरमुनिको भाग नचल्ने भएपछि शंकरको उपचारका लागि गोठका १० लाख रुपैयाँ बराबरका भेडा र खच्चर बिक्री भए। खेतबारी र भएको जायजेथा सकियो।
आफन्त र साथीभाइबाट ऋण लिँदै नेपालगन्ज, काठमाडौं हुँदै भारतको लखनउसम्म पुगेर उपचार गराए। तर रोग निको हुनुको साटो झन् बल्झिँदै गयो। पाँच वर्षको अवधिमा करिब २० लाख रुपैयाँ सकिँदासमेत रोगको सही पहिचान हुन सकेको छैन।
‘उपचार गर्दागर्दै भएको सबै सम्पत्ति सकियो, अहिले म हिँडडुल गर्न सक्दिनँ,’ शंकरले भने, ‘कृषिमा निर्भर परिवारको बिचल्ली भएको छ। म अलपत्र अवस्थामा केवल मृत्यु पर्खेर बसिरहेको छु।’
परिवाको मुख्य कमाउने मान्छे थलिएपछि उनको घरको आर्थिक अवस्था डामाडोल छ। पत्नी विनकली बुढाको सानोतिनो कमाइले परिवारको लालनपालन धान्न धौधौ परेको छ। गाउँका १ सय ८५ घरधुरीले २० देखि ५०० रुपैयाँसम्म उठाएर गरेको सहयोग पनि लामो उपचारका अगाडि अपुग भयो।
गाउँपालिकाले उनलाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र दिएर मासिक ४ हजार रुपैयाँ भत्ता त दिन्छ, तर नियमित औषधि र जीवनयापनका लागि त्यो रकम हात्तीको मुखमा जिराजस्तै बनेको छ।
पटमारा गाउँकै अर्को घरमा ५३ वर्षीय दीपराज रावतको व्यथा पनि शंकरको भन्दा फरक छैन। विगत साढे दुई वर्षदेखि ओछ्यानमै थलिएका दीपराजको पनि मेरुदण्डमै समस्या छ। उनका दुवै खुट्टा चल्दैनन्। दिसा-पिसाब कतिखेर खस्छ, उनलाई पत्तो हुँदैन।
दीपराज आफ्नो उपचारका लागि भारतको सिम्लादेखि नेपालगन्ज र काठमाडौंका ठूला अस्पतालसम्म पुगे। अस्पतालमा नशा च्यापिएको भन्दै शल्यक्रिया गरिएपछि खुट्टा झनै चल्न छाडेको उनको गुनासो छ।
रोगसँगै शरीर सुन्निने र श्वासप्रश्वासको समस्या थपिएको छ। भएको सम्पत्ति सकिएर ऋणको भारी बोकेका ६ जनाको परिवारका मुली दीपराजसँग आज एउटा ह्वीलचियर वा टेक्ने वैशाखीसमेत छैन।
कमोड भएको कुर्सी नहुँदा उनले कपडामै दिसा-पिसाब गर्नुपर्ने बाध्यता छ। घरभित्र-बाहिर गराउन तीन-चार जनाको सहारा चाहिन्छ। उनकी श्रीमतीले रुँदै भनिन्, ‘म बाँचुन्जेल त यिनको दिसा-पिसाब स्याहार्छु, तर म मरेपछि यिनलाई कसले हेर्ला ? सरकारले यिनको भविष्यका लागि केही गरिदिए हुन्थ्यो।’
दीपराजले गाउँपालिकाबाट ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र मात्र पाएका छन्।
दुर्गम गाउँका यी दुई नागरिकको दयनीय अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाले स्थलगत अनुगमन गरेको छ।
कार्यालय प्रमुख कल्पना नेपाल (आचार्य) ले उनीहरूको घरमै पुगेर अवस्था बुझ्दै तत्काल राहत, संरक्षण, सुरक्षा, पुनःस्थापना र दीर्घकालीन अभिभावकत्वका लागि पातारासी गाउँपालिकालाई पत्राचार गरेकी छन्।
आयोगले जिल्ला प्रशासन कार्यालय र सामाजिक विकास कार्यालय जुम्लालाई समेत बोधार्थ पठाउँदै उपचारसँगै जीविकोपार्जनमा साथ दिन आग्रह गरेको छ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाले उनीहरूको समस्या हेरेर कार्यालयबाट ह्वीलचियरसम्म सहयोग गर्न सकिने बताएका छन्।
नेपालको संविधानको धारा १८, ३५ र ४२ ले अपाङ्गता भएका नागरिकलाई मर्यादापूर्वक बाँच्न पाउने, भेदभावविरुद्धको हक, सामाजिक न्याय र निःशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी मौलिक हकका रूपमा गरेको छ। तर, जुम्लाका शंकर र दीपराजको अवस्थाले संविधानका यी अक्षरहरूलाई गिज्याइरहेको छ।
हरितालिका तीज पर्व-२०८३ का अवसरमा पशुपतिनाथ मन्दिर तथा आसपासको क्षेत्रमा दर्शनार्थीहरूको सुरक्षाका लागि करिब २ हजार ५ सय प्रहरी जनशक्ति परिचालन गरिएको छ।
भक्तजनको ठूलो भीडलाई मध्यनजर गर्दै समग्र सुरक्षा व्यवस्थापन तथा आवश्यक तयारी पूरा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन कुल जनशक्तिलाई दुई सिफ्टमा विभाजन गरिएको छ। प्रत्येक सिफ्टमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा करिब १ हजार २५० जना प्रहरी खटिने व्यवस्था मिलाइएको छ।
सुरक्षा व्यवस्थापन तथा प्रहरी परिचालनको प्रभावकारी अनुगमन, निर्देशन र समन्वयका लागि आइतबारदेखि नै पशुपति क्षेत्रमा छुट्टै कमान्ड पोस्ट स्थापना गरिएको छ।
समग्र सुरक्षा परिचालन तथा व्यवस्थापनको कमान्ड जिल्ला प्रहरी परिसर, काठमाडौंका अपरेसन कमान्डर प्रहरी नायब उपरीक्षकले सम्हाल्नेछन्। सुरक्षा व्यवस्थाको उच्चस्तरीय अनुगमन तथा आवश्यक निर्देशन भने प्रहरी उपरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकबाट हुने व्यवस्था गरिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले सम्बन्धित तालुक कार्यालयहरूको समन्वय र सहकार्यमा यो विशेष सुरक्षा योजना लागू गरेको हो।
दर्शनार्थीहरूको सहज आवागमन, भीड व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, चोरी तथा पाकेटमारी नियन्त्रण, ट्राफिक व्यवस्थापन, आकस्मिक उद्धार तथा विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिएको छ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन कमान्ड पोस्टबाट चौबीसै घण्टा निगरानी गरिनुका साथै संवेदनशील स्थानहरूमा सीसीटीभी क्यामरा जडान गरिएको छ।
सूचना प्रवाहका लागि पब्लिक सर्भिस अनाउन्समेन्ट (पीएसए), हराएका व्यक्ति तथा बालबालिकाको खोजतलास गरी पारिवारिक पुनर्मिलन गराउने डेस्क तथा प्राथमिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य शिविरको समेत व्यवस्था मिलाइएको छ।
भीडभाडमा हुन सक्ने सम्भावित चोरी, पाकेटमारी तथा अन्य आपराधिक गतिविधि रोक्न उल्लेख्य संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
सुरक्षा अवस्थाको निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार थप मद्दत टोलीसमेत परिचालन गर्न सकिने प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले पशुपतिनाथ दर्शन गर्न आउने सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई आफ्नो, आफन्तजन तथा साथमा रहेका सामान-सामग्रीको सुरक्षामा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
दर्शनका क्रममा कुनै समस्या आइपरेमा नजिकैको प्रहरी हेल्प डेस्कमा सम्पर्क गर्न आग्रह गर्दै प्रहरीले सभ्य, सहयोगी र सौहार्दपूर्ण वातावरणमा तीज पर्व मनाउन सम्पूर्णमा अपिल गरेको छ।
नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि जन्मभूमिको पीडामा नेपाली समुदाय पनि एकजुट भएको छ। बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै अमेरिकाको म्यासाचुसेट्सस्थित नरउडमा हिमालयन लायन्स क्लब, डिस्ट्रिक्ट ३३के, म्यासाचुसेट्सले शोकसभा तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको छ।
नरउड टाउन कमनमा आयोजित कार्यक्रममा नेपालमा भएको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै पीडितहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रार्थना गरिएको थियो।
कार्यक्रममा क्लबले विपत्तिमा परेका नेपालीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै २ हजार अमेरिकी डलर नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा पठाउने घोषणा गरेको छ।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर क्रिष्टिन, डिस्ट्रिक्ट डिग्नेटरिज स्टिभन तथा डा. उषा शर्मा, पूर्व डिस्ट्रिक्ट गभर्नर म्याथु र नरउड टाउन मेनेजर टोनीको विशेष उपस्थिति थियो।
त्यस्तै, प्याबफोनका संस्थापक अध्यक्ष विष्णुमणि आचार्य, निवर्तमान अध्यक्ष विरोचन नेपाल, बोस्टन मेट्रोवेस्ट नेपाली कम्युनिटीका अध्यक्ष सुरेश ढकाल, बीडीए म्यासाचुसेट्स स्टेट कमिटीका अध्यक्ष राम थापा, क्रिएटिभ वुमन ग्रुपकी अध्यक्ष सानु बर्मा, हिमालयन लायन्स क्लबका उपाध्यक्ष विजय शर्मा तथा क्लबका अन्य पदाधिकारी र सञ्चालक समिति सदस्यहरूको सहभागिता थियो। स्थानीय नेपाली तथा अमेरिकी समुदायका विभिन्न व्यक्तित्वको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको नरउड टेलिभिजनले विशेष कभरेज गरेको थियो।
कार्यक्रमको सहजीकरण बीडीए अमेरिकाका केन्द्रीय अध्यक्ष तथा हिमालयन लायन्स क्लबका चार्टर प्रेसिडेन्ट महेश्वर पन्तले गरेका थिए।
शोकसभामा हिमालयन लायन्स क्लबका अध्यक्ष थानीरत्न कँडेलले सहभागी सबैलाई धन्यवाद दिँदै नेपालमा भएको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाएकोमा आभार व्यक्त गरे। उनले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।
सोही अवसरमा अध्यक्ष कँडेलले क्लबका सदस्यहरूबाट संकलित रकममा थप सहयोग जुटाएर कुल २ हजार अमेरिकी डलर प्रधानमन्त्री राहत कोषमा पठाउने घोषणा गरे। उनले जन्मभूमिमा परेको विपत्तिको पीडामा सहयोग र ऐक्यबद्धता जनाउने प्रतिबद्धतासहित दीप प्रज्ज्वलन कार्यक्रमको शुभारम्भ गरे।
दीप प्रज्ज्वलनका क्रममा सहभागीहरूले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै पीडितहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रार्थना गरे।
नेपालमा आएको विपत्तिको पीडा सातासमुद्रपारि पनि उत्तिकै अनुभूत भइरहेको सन्देश दिँदै नरउडमा आयोजित कार्यक्रमले नेपाली समुदायको जन्मभूमिप्रतिको आत्मीयता, मानवीय संवेदना र विपत्तिको घडीमा एकजुट हुने भावनालाई उजागर गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जन्मदिनको शुभकामना दिँदै हिजो सडकमा गरिएको संघर्ष र जनअपेक्षा नबिर्सन आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै सांसद शाहीले १८२ सिट र दुई-तिहाइको जनमत सत्ता उपभोगका लागि मात्र नभई सुशासन दिनका लागि भएको स्मरण गराएका हुन्।
पार्टी र राजनीतिक विचार फरक भए पनि भ्रष्टाचारविरुद्धको लडाइँ साझा भएको उल्लेख गर्दै शाहीले लेखेका छन्, ‘आज तपाईंको पछाडि हजारौं-लाखौं जनता उभिएका छन्। जनताले तपाईंलाई दुई-तिहाइको सरकार चलाउने ऐतिहासिक जिम्मेवारी दिएका छन्, १८२ सिटको जनमत दिएका छन्। यो केवल सत्ता होइन, जनताको ठूलो विश्वास र आशा हो।’
विगतमा चितवन, पोखरा र काठमाडौंका सडकमा ज्यानसमेत बाजी राखेर भ्रष्टाचार र गलत प्रवृत्तिविरुद्ध सँगै उत्रिएको स्मरण गराउँदै शाहीले लामिछानेलाई ‘हिजो हामीले किन लडेका थियौं भन्ने कुरा आज पनि नबिर्सनुहोस्’ भन्दै सचेत गराएका छन्।
सरकार सञ्चालन भएको करिब छ महिना बितिसक्दा पनि नागरिकले सुशासनको अनुभूति गर्न नपाएको शाहीको टिप्पणी छ। ‘छ महिना भइसक्दा पनि ठूला भ्रष्टाचारका फाइलहरू खुलेका छैनन्, भ्रष्टाचारीहरू जेल परेका छैनन्, अपराधीहरू खुलमखुला घुमिरहेका छन्,’ उनले लेखेका छन्, ‘जनताले सरकार परिवर्तन मात्र खोजेका होइनन्, शासन गर्ने शैली र व्यवस्था परिवर्तनको अनुभूति खोजेका हुन्।’
देशमा अझै पनि ग्यास, अस्पतालको उपचार र राहदानीका लागि नागरिकले घन्टौं लाइन बस्नुपरेको र सुरुङभित्र फसेका नागरिकहरूको अझै उद्धार हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।
जन्मदिनको अवसरमा आग्रह गर्दै सांसद शाहीले ठूला भ्रष्टाचारका फाइल खोल्न सरकारलाई सही मार्गनिर्देशन गर्न, बेथितिविरुद्ध कठोर कदम चाल्न दबाब दिन र सुशासन दिने दिशामा दृढतापूर्वक सरकारलाई डोर्‍याउन सभापति लामिछानेलाई अपिल गरेका छन्।
नेपाल आयल निगम लिमिटेडले बजारमा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको बताउँदै उपभोक्ताहरूलाई नआत्तिन र अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।
मुख्य राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक मार्गमार्फत काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा दैनिक औसत ४० हजार सिलिन्डर ग्यास नियमित आपूर्ति भइरहेको निगमले जनाएको छ।
निगमका अनुसार भदौ २८ गतेसम्म ५२ हजार ७३७ मेट्रिक टन अर्थात् ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबरको एलपी ग्यास नेपाल आयात भइसकेको छ।
यसका साथै इन्डियन आयल कर्पोरेसन (आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टहरूबाट सेप्टेम्बर १० सम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोड भइसकेको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको पहिरोले मुख्य सडक ठप्प भएपछि निगमले वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगहरूमा ग्यास रिफिल गरी काठमाडौं पठाइरहेको छ।
भदौ १८ देखि २७ गतेसम्म त्रिभुवन राजपथ र विपी राजमार्ग हुँदै करिब ३ लाख ५९ हजार ५२९ वटा सिलिन्डर भित्र्याएर उपभोक्तालाई वितरण गरिसकिएको जनाएको छ।
गत भदौ १० गतेको विनाशकारी बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई प्राथमिकतामा राखेर ग्यास वितरणको समन्वय गरिएको निगमले बताएको छ।
कृष्णभीरको बाटो खुलाउन गृह मन्त्रालयलगायतका निकायसँग समन्वय भइरहेको र सडक सुचारु हुनासाथ नियमित रुटबाटै ग्यास बुलेटहरू आउने भएकाले आपूर्ति झनै सहज हुने निगमको भनाइ छ।
साथै, सिलिन्डर लुकाउने र कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध गृह मन्त्रालयसँग मिलेर उच्च निगरानी थालिएको छ। अनुगमनका क्रममा लुकाएर राखिएका करिब १ हजार २०० वटा सिलिन्डर नियन्त्रणमा लिएर उपभोक्तालाई वितरण गरिएको र अनियमितता गर्ने बिक्रेताहरूलाई दण्ड-जरिवाना गरिएको निगमले जनाएको छ।
ग्यास वितरणलाई थप पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली विकासको समेत भइरहेको छ। निगमको तथ्याङ्कअनुसार गत वर्षको भदौ महिनामा कुल ३३ लाख ५५ हजार ९६० सिलिन्डर बिक्री भएकोमा यस वर्ष भदौ २७ गतेसम्ममै ३७ लाख १३ हजार ८९४ सिलिन्डर बिक्री भइसकेको छ।
आपूर्ति प्रणाली चुस्त राख्न उच्चस्तरीय समन्वय टोली गठन गरिएको जानकारी दिँदै निगमका सह-प्रवक्ताले भनेका छन्, ‘आत्तिएर अतिरिक्त सिलिन्डर सञ्चय नगर्नुहोस्। तपाईंले खरिद गर्ने अतिरिक्त सिलिन्डर कुनै अर्को व्यक्तिलाई जरुरी परेको हुन सक्छ, तसर्थ आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न हार्दिक अनुरोध गर्दछौं।’
सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९ लाख ३० हजार ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसरबाट परिचालन भएको टोलीले पक्राउ गरेको छ ।
टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेष्ट हाउसबाट निजलाई शनिबार पक्राउ गरिएको हो । करणी कसुरमा नक्खु कारागारमा सजाय भोगिरहेका अभियु्क्त पोहोर भदौ २४ गते त्यहाँबाट भागेका कैदी हुन् ।
यसैबीच,स्रोत नखुलेको रु १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ का युवराज घतानी पनि पक्राउ परेका छन् । स्कुटरमा केशरमहलतर्फ गइरहेका उनलाई शङ्का लागेर खानतलास गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गरेका छन् ।
व्यावसायिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले सिजन मिडियाको प्रस्तुतिमा आज ललितपुरमा आयोजित ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ को ग्रान्ड अवार्ड समारोहमा पूर्वराष्ट्रपति यादवले नेपालसहित विभिन्न एसियाली मुलुकका व्यक्तित्वलाई सम्मान गर्ने अवसर महत्वपूर्ण भएको बताए ।
नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद साफिकुर रहमानले एसियाली समाजमा उत्कृष्टता, समर्पण र योगदानको सम्मान गर्दै युवासहित सबैलाई समाजसेवाका लागि प्रेरित गर्ने तथा नेपाल–बङ्गलादेशबीच जनस्तरको सम्बन्ध र सांस्कृतिक सहकार्य सुदृढ गर्ने मञ्चका रूपमा अवार्ड कार्यक्रमको प्रशंसा गरे ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफलता निरन्तरको लगनशीलताबाट प्राप्त हुने बताउँदै विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले सम्मानित व्यक्तित्वलाई समाजप्रति जिम्मेवार भएर क्रियाशील रहन आग्रह गरे ।
बढ्दो आन्तरिक तथा बाह्य बसाइँसराइका कारण युवाशक्ति पलायन हुँदा नेपालमा श्रमशक्तिको अभाव बढ्दै गएको जनसङ्ख्या क्षेत्रका विज्ञहरूले बताएका छन्। उनीहरूले उत्पादनशील क्षेत्रमा जनसाङ्ख्यिक लाभको अधिकतम उपयोग गर्न राज्यले प्रभावकारी नीति बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचनालाई उचित नीतिगत सम्बोधन गर्न सके समृद्धि र समाजवाद निर्माणको आधार बलियो हुने विज्ञहरूको निष्कर्ष छ। घट्दो जन्मदर, बढ्दो ज्येष्ठ नागरिकको सङ्ख्या, युवा जनसङ्ख्याको बाहुल्य र आश्रित जनसङ्ख्यामा आएको परिवर्तनलाई चुनौती मात्र नभई अवसरका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको भनाइ छ।
नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान (इन्स्पायर) को बहस शृङ्खलाअन्तर्गत सोमबार आयोजित कार्यक्रममा ‘बसाइँसराइले नेपाली समाजमा ल्याएको संरचनागत परिवर्तन र यसले नेपालमा समाजवाद निर्माणमा पार्ने प्रभाव विश्लेषण’ तथा ‘नेपाली समाजवादी दृष्टिकोणमा बदलिँदो जनसाङ्ख्यिक संरचना’ विषयक कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरूले यस्तो धारणा राखेका हुन्।
त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक पद्मप्रसाद खतिवडाले बसाइँसराइको बृहत्तर र बहुआयामिक सम्बन्ध नबुझी समाजवादको आगामी दृष्टिकोण निर्माण गर्न कठिन हुने बताए।
समाजवादले रोजगारी, समानता, सामाजिक स्वामित्व तथा उत्पादनका साधनमा पहुँच सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उनले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा राज्यको भूमिका प्रभावकारी बनाउनुपर्ने बताए।
‘असमानता, भ्रष्टाचार, सिन्डिकेट, सार्वजनिक सेवाको व्यापारीकरण तथा वातावरणीय र राजनीतिक विषयलाई नीतिगत रूपमा सम्बोधन नगरेसम्म समाजवादको आधार निर्माण हुन सक्दैन,’ कार्यपत्रमा उल्लेख छ।
खतिवडाले स्वेच्छिक र बाध्यकारी बसाइँसराइका कारण नेपालको जनसाङ्ख्यिक सन्तुलनमा असर परेको बताए। रोजगारी, सुरक्षित आवास, प्राकृतिक प्रकोप तथा द्वन्द्वलगायत कारणले नेपालमा बसाइँसराइका प्रवृत्ति विकसित भएको उनको भनाइ छ।
उनका अनुसार तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्दा विसं २०५२ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३ हजार २५९ थियो। द्वन्द्वको एक दशकमा यो सङ्ख्या बढेर १ लाख ६५ हजार १०३ पुगेको थियो।
विसं १८१६ को सुगौली सन्धिपछि नेपालको वैदेशिक बसाइँसराइ औपचारिक रूपमा सुरु भएको उल्लेख गर्दै खतिवडाले वैदेशिक रोजगारीमा भारतको हिस्सा क्रमशः घट्दै गएको बताए। उनका अनुसार विसं २०३८ सम्म वैदेशिक रोजगारीमा भारतको हिस्सा ९५ प्रतिशत रहेकामा २०७८ सम्म आइपुग्दा ३७.५ प्रतिशतमा झरेको छ। खाडी मुलुक र मलेसियातर्फ नेपाली श्रमिक आकर्षित हुनु यसको प्रमुख कारण रहेको उनले बताए।
नेपालभित्र कुल जनसङ्ख्याको करिब ३७ प्रतिशत मानिस आफू जन्मेको स्थानमा नरहेको तथ्य प्रस्तुत गर्दै खतिवडाले महिलाको बसाइँसराइ विवाहका कारण बढी देखिए पनि पुरुषहरू रोजगारी, अध्ययन र सहज जीवनयापनका लागि पहाडबाट तराई तथा सहरतर्फ जाने क्रम बढेको बताए।
‘पहाड र हिमालबाट युवा जनशक्ति अन्यत्र पलायन हुँदा त्यहाँको उत्पादन सम्बन्धमा समेत उथलपुथल भएको छ, जसले समाजवादको लक्ष्य प्राप्तिमा अवरोध सिर्जना गरेको छ,’ उनले भने।
खतिवडाका अनुसार बसाइँसराइले समाज, अर्थतन्त्र तथा विकासका साथै स्थानीय समुदाय, आप्रवासी व्यक्ति र उनीहरूका परिवार गरी मुख्यतः तीन तहमा प्रभाव पारिरहेको छ।
जनसाङ्ख्यिक परिवर्तनलाई अवसरमा बदल्नुपर्ने
त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुख योगेन्द्रबहादुर गुरुङले ‘नेपाली समाजवादी दृष्टिकोणमा बदलिँदो जनसाङ्ख्यिक संरचना’ विषयक कार्यपत्र प्रस्तुत गर्दै बदलिँदो जनसाङ्ख्यिक संरचनालाई राज्यले नीतिगत रूपमा सम्बोधन गरी समृद्धि र समाजवाद निर्माणको आधार बनाउनुपर्ने बताए।
जनसङ्ख्यालाई केवल सङ्ख्याका रूपमा नभई स्रोत, साधन र साध्यका रूपमा हेर्नुपर्ने उनको भनाइ छ। कार्यपत्रमा जनसङ्ख्याको आकारभन्दा समाज, भौगोलिक अवस्था र उत्पादन सम्बन्धले यसको उपयोगिता निर्धारण गर्ने उल्लेख छ।
सन् १९९४ सम्म विश्वमा जनसङ्ख्यालाई मुख्यतः सङ्ख्याका रूपमा हेर्ने गरिएकोमा कायरो सम्मेलनपछि मानिसका रूपमा हेर्न थालिएको कार्यपत्रमा उल्लेख छ।
नेपालमा तीव्र भौतिक तथा सामाजिक विकाससँगै जनसाङ्ख्यिक सङ्क्रमण भइरहेको जनाउँदै कार्यपत्रमा प्रजनन दरमा गिरावट, मृत्युदरमा सुधार, युवा उमेर समूहको बाहुल्यता तथा आन्तरिक र अन्तर्राष्ट्रिय बसाइँसराइले जनसङ्ख्याको संरचनामा परिवर्तन ल्याएको उल्लेख छ।
नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर एक प्रतिशतभन्दा कम हुनु, प्रजनन दर प्रतिस्थापन तहभन्दा तल झर्नु, आर्थिक रूपमा सक्रिय जनसङ्ख्या करिब ६५ प्रतिशत हुनु, ज्येष्ठ नागरिकको जनसङ्ख्या १० प्रतिशतभन्दा माथि पुग्नु तथा औसत आयु ७१ वर्ष पुग्नु महत्वपूर्ण जनसाङ्ख्यिक उपलब्धि भएको गुरुङले बताए।
‘जनसङ्ख्याको यो सुनौलो अवसरलाई राज्यले समाजवादी बाटो फराकिलो बनाउने उपयुक्त अवसरका रूपमा ग्रहण गर्नुपर्छ,’ उनले भने।
भोटेकोशी बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ।
भदौ १० गते आएको विनाशकारी बाढीका कारण जहरेखेतस्थित सबस्टेसनमा करिब १० फिटसम्म लेदोसहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो।
नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गरी सबस्टेसनको मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको थियो। प्राधिकरणका अनुसार भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा आएको हो।
सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडरअन्तर्गतका २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गत किरान्चोक–मिलनटारलगायत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको छ।
प्राधिकरणले सबस्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको जनाएको छ। नियमित र भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणको भनाइ छ।
रौतहटमा सशस्त्र प्रहरीले भारतीय तस्करीको आशंकामा नियन्त्रणमा लिएका तीन पिकअप बोइलर कुखुरा गौर भन्सार कार्यालयले व्यवसायीकै जिम्मा लगाएको छ।
फार्मको बिलबिजकमा समस्या देखिए पनि जीवित पक्षीको क्षति रोक्न वडा कार्यालयको सिफारिसमा कुखुरा व्यवसायीलाई जिम्मा लगाइएको हो।
गौर भन्सार कार्यालयका प्रमुख बिकास रजकका अनुसार कागजात परीक्षणका क्रममा पोल्ट्री फार्मको बिलबिजकमा कैफियत देखिएको थियो।
‘कागजात जाँच गर्दा पोल्ट्री फार्मको बिलबिजकमा समस्या देखिएको हो,’ भन्सार प्रमुख रजकले भने, ‘तर कुखुरा मर्ने जोखिम, कुखुरा व्यवसायी र वडा कार्यालयको सिफारिस बमोजिम कुखुरा व्यवसायीकै जिम्मा लगाइएको छ। बिलबिजकको विषयमा थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय सिमराको जिम्मा लगाइएको छ।’
यसअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटको टोलीले परोहा नगरपालिका–९ स्थित अरमान एग्रो पोल्ट्री फार्मबाट काठमाडौंतर्फ लैजान लागिएका बागमती प्रदेश ०१–०२७ च ८४८३, ना ५ च १८९८ र प्रदेश २–०३–००१ च ०६७७ नम्बरका तीन वटा पिकअप नियन्त्रणमा लिएर भन्सार बुझाएको थियो।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रबाट शंकास्पद रूपमा ओसारपसार भइरहेको आधारमा नियन्त्रणमा लिएको बताएको थियो भने किसानहरूले आफ्नै फार्ममा उत्पादित कुखुरालाई भारतीय भन्दै नियन्त्रणमा लिएको आरोप लगाएका थिए।
व्यवसायीहरूले फार्म दर्ता, अनलाइन इन्ट्री, चल्ला तथा दाना खरिदको बिल र भेटेरिनरी प्रमाणपत्रलगायत आवश्यक सबै कागजात साथमै रहेको दाबी गर्दै आएका थिए।
जीवित कुखुरा धेरै समय नियन्त्रणमा राख्दा निसास्सिएर मर्ने र लाखौंको क्षति हुने भन्दै जिल्ला कुखुरा व्यावसायिक किसान संघले विरोध जनाएको थियो।
संघका सचिव राधेश्याम साहले खुला सीमाबाट हुने भारतीय कुखुराको अवैध आयात रोक्न किसानहरू तीन सातादेखि आन्दोलनमा रहेको स्मरण गराउँदै स्वदेशी उत्पादनलाई अनावश्यक दुःख नदिन आग्रह गरेका थिए।
भन्सार कार्यालयले व्यावहारिक पक्ष र स्थानीय तहको सिफारिसलाई हेरेर कुखुरा व्यवसायीलाई फिर्ता गरेपछि तत्कालका लागि किसानको सम्भावित आर्थिक क्षति टरेको छ।
यद्यपि, बिलबिजक र करसम्बन्धी अनियमितताको विषयमा भने आन्तरिक राजस्व कार्यालय सिमराले थप अनुसन्धान अघि बढाउने भएको छ।
जनस्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव सँगालेका पिताम्बर अर्यालले विद्यावारिधि उपाधि हासिल गरेका छन्।
उनले भारतको राजस्थान, नवईस्थित डा. के.एन. मोदी विश्वविद्यालयबाट ‘विपद्को सामाजिक-आर्थिक प्रभाव’ विषयमा विद्यावारिधि पूरा गरेका हुन्।
डा. अर्यालले यसअघि युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र र नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गरिसकेका छन्।
उनीसँग विपद् जोखिम न्यूनीकरण, जनस्वास्थ्य, आपत्कालीन व्यवस्थापन तथा संकट प्रतिकार्यका क्षेत्रमा तीन दशकभन्दा बढी समय नीतिगत र स्थलगत तहमा काम गरेको अनुभव छ।
आफ्नो व्यावसायिक यात्राका क्रममा डा. अर्यालले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आईएफआरसी), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), डेनिस रेडक्रस तथा क्यानेडियन रेडक्रस लगायतका प्रमुख अन्तर्राष्ट्रिय निकायहरूमा एक दशकभन्दा बढी समय विभिन्न प्राविधिक तथा व्यवस्थापकीय नेतृत्व सम्हालेका छन्।
नेपाल रेडक्रसको महासचिवको जिम्मेवारीसमेत पूरा गरिसकेका अर्यालले सो संस्थाको स्वास्थ्य सेवा विभाग, विपद् व्यवस्थापन विभाग तथा युवा रेडक्रस विकास विभागको समेत नेतृत्व गरेका थिए। सामुदायिक विकास, आपत्कालीन प्रतिकार्य र पुनर्स्थापनामा उनको विशेष दक्षता रहेको छ।
डा. अर्याल हाल ‘नेपाल युनाइट्स’ का वरिष्ठ सल्लाहकार तथा ‘डीपीनेट नेपाल’ का सल्लाहकारका रूपमा कार्यरत छन्। यसका साथै उनी जाइका एल्युम्नाई एसोसिएसन अफ नेपाल (जान) र प्रेस एसोसिएसन अफ नेपाल (प्यान) का आजीवन सदस्यसमेत हुन्।
जलमग्न सुरुङभित्र घोर अन्धकार, पिउने सफा पानीको अभाव र बाहिरी दुनियाँसँगको पूर्ण विच्छेद। रसुवामा आएको भीषण बाढीपछि सुरुङभित्र थुनिएका ३० वर्षीय सञ्जय साहले त्यही कालकोठरीमा लगातार १० दिन बिताए।
धमिलो लेदो पानी पिएर र मृत्युसँग पलपल लडेर अन्ततः उनी जीवितै बाहिर निस्कन सफल भए।
गत भदौ १९ मा विपद् उद्धार टोलीले सुरुङको भग्नावशेष पन्छाएर बाहिर निकाल्दा सञ्जयले समयको सम्पूर्ण होस गुमाइसकेका थिए। बाहिर निस्कनासाथ उनले उद्धारकर्तालाई सोधेको पहिलो प्रश्न थियो, ‘म थुनिएको कति दिन भयो ?’
‘उद्धारकर्ताले १० दिन भयो भन्दा म छाँगाबाट खसेजस्तै भएँ, मलाई त केही दिन मात्र बितेको जस्तो लागिरहेको थियो,’ आइतबार सप्तरीस्थित आफ्नो घर फर्कने क्रममा सञ्जयले आफ्नो त्रासदीपूर्ण अनुभव सुनाए।
गत भदौ १० मा नेपाल-चीन सीमा क्षेत्रमा हिमपर्वत खसेर आएको विनाशकारी बाढीले जलविद्युत् आयोजनाहरूमा काम गरिरहेका सयौं मजदुरलाई बगाएको थियो। कम्तीमा १ हजार ४२९ जनाको ज्यान लिने र ५ हजार ६४० भन्दा बढी बेपत्ता बनाउने गरी आएको सो प्रलयकारी विपत्तिमा सञ्जयको यो जीवन रक्षा एउटा दुर्लभ र चामत्कारिक किरण बनेको छ।
गृहजिल्ला सप्तरी पुग्दा सञ्जयलाई स्वागत गर्न गाउँ नै ओइरिएको थियो। घरलाई बेलुन र रंगीचंगी ध्वजापताकाले सजाइएको थियो भने आफन्त र छिमेकीहरूले अबिर, माला र केक काटेर उनको पुनर्जन्मको खुसी मनाए।
भावविह्वल बनेकी ६० वर्षीया आमा कपुरदेवी साहले सञ्जयलाई अँगालो हालेर आँसु खसालिन र शुभसाइत भन्दै छोराको गोडा धोइदिइन्। ‘मेरो छोरो कालको मुखबाट फर्कियो, म संसारकै भाग्यमानी आमा भएँ,’ उनले भनिन्।
तस्बिर: दिपेश जोशी/एएफपी
आँसु रोक्न संघर्ष गर्दै सञ्जयले त्यो कालो दिन सम्झिए, जब उनी नियमित ड्युटीमा थिए। ‘अचानक सुनामीजस्ता अग्ला छालहरूसहित अकल्पनीय बाढी हामीमाथि बज्रियो,’ उनले भने, ‘ठूलो बाढी आउँदैछ, सतर्क रहनू भन्ने सूचना त पाएका थियौं। हामीले प्लान्ट बन्द गरेर साथीहरूलाई बाहिर निकाल्ने प्रयास गर्दागर्दै पानीले कुनै मौका नै दिएन। केही मिनेटमै सुरुङभित्र बाढी पस्यो।’
सुरुङभित्र साथीहरूबाट छुट्टिएपछि सञ्जय पूर्ण रूपमा एक्लिएका थिए। कसैले उद्धार गर्ला भन्ने कुनै निश्चित थिएन। त्यो भयावह अन्धकारमा उनलाई हिन्दु धर्मप्रतिको आस्था र आत्मबलले बचायो।
‘मैले केवल आफ्नै विश्वास र आत्मविश्वासका भरमा सास धानेँ। म सुरुङभित्र लगातार महामन्त्र जपिरहन्थेँ,’ उनले भने, ‘त्यसबाट प्राप्त ईश्वरीय ऊर्जाले मलाई डर र निराशाबाट टाढा राख्यो। त्यहाँ पिउने पानी थिएन, भुइँमा जमेको धमिलो लेदो पानी पिएरै मैले १० दिन कटाएँ।’
त्यो कालकोठरीमा सञ्जय एक्लै भने थिएनन्। केही पर अर्का कामदार ४५ वर्षीय कबीर महर्जन पनि जीवितै अड्किएका थिए। उनीहरूले एक-अर्कालाई देख्न नसके पनि आवाज सुन्न सक्थे।
विपत्तिको त्यो घडीमा अर्को मानिसको आवाज सुन्न पाउनु नै बाँच्ने सबैभन्दा ठूलो संजीवनी बनेको सञ्जय बताउँछन्। धेरै दिनको कठिन उत्खननपछि उद्धार टोलीले ती दुवै जनालाई सकुशल बाहिर निकालेको थियो।
सञ्जयकी पत्नी लक्ष्मीकुमारी साहले आफ्नी सानी छोरीलाई काखमा च्याप्दै भनिन्, ‘मैले आफ्नो सिन्दूर फर्किने आशा कहिल्यै मारिनँ। भगवान्‌ले हाम्रो पुकार सुन्नुभयो।’
तस्बिर: दिपेश जोशी/एएफपी
काठमाडौंको अस्पतालमा केही दिनको उपचारपछि घर फर्किएका सञ्जयको मनमा भने खुसीसँगै गहिरो पीडा पनि छ। ‘मैले दोस्रो जीवन त पाएँ, तर मसँगै काम गर्ने धेरै साथीहरू त्यहीँ अस्ताए,’ उनले गहभरि आँसु पार्दै भने।
सञ्जयको उद्धार भएको भोलिपल्ट भदौ २० मा एक चिनियाँ कामदारलाई पनि जीवितै निकालिएको थियो, तर त्यसपछि सुरुङबाट कुनै जीवित संकेत फेला परेको छैन।
सञ्जयले सुरुङभित्र उद्धार कार्य नरोक्न सरकारसँग अपिल गरेका छन्। ‘म सरकारलाई खोजी कार्य जारी राख्न आग्रह गर्छु, अझै पनि कोही साथी जीवितै पो अड्किएका छन् कि ? वा ज्यान गुमाएका साथीहरूको शव नै फेला पारेर परिवारलाई बुझाउन सकियोस्,’ उनले भने।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनमा सहभागी हुने १४औँ महाधिवेशनका निवर्तमान केन्द्रीय सदस्यलाई वर्तमान केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको छ।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई आह्वानसमेत गरेको छ।
महामन्त्री प्रदीप पौडेलका अनुसार १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका तर गत पुसको विशेष महाधिवेशनपछि बनेको कार्यसमितिमा नरहेका नेताहरू वडा अधिवेशनमा सहभागी भए उनीहरूलाई केन्द्रीय समितिमा समेटिनेछ।
कांग्रेसको संशोधित विधानअनुसार अब केन्द्रीय सदस्य पनि सम्बन्धित वडाबाट निर्वाचित भएर आउनुपर्नेछ। उनीहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छैन।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा नसमेटिएका १४औँ महाधिवेशनका १११ जना केन्द्रीय सदस्यलाई पुनः केन्द्रीय समितिमा ल्याउन सभापति गगन थापासँग आग्रह गरेका थिए।
कांग्रेसका एक पदाधिकारीले भने सबै निवर्तमान केन्द्रीय सदस्यलाई स्वतः समेट्ने निर्णय नभएको स्पष्ट पारे।
‘जो वडा गएर १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन्छन्, उनीहरूलाई केन्द्रीय समितिमा समेट्ने निर्णय भएको हो,’ उनले भने।
प्रवक्ता देवराज चालिसेले पनि विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान केन्द्रीय सदस्यलाई पुनः प्रक्रियामा आउने बाटो खुला गरिएको बताए। उनका अनुसार अद्यावधिक सदस्यता विवरण निर्वाचन समितिलाई बुझाइसकिएको छ र अब वडा तहमा पठाइनेछ।
पार्टीभित्रको एकता कायम गर्दै १५औँ महाधिवेशन प्रक्रियामा अघि बढ्न यस्तो निर्णय गरिएको कांग्रेसले जनाएको छ।
विश्वका प्रमुख उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सको नयाँ दिल्ली शिखर सम्मेलन भूराजनीतिक शक्ति सन्तुलन, आपसी कटुता र नयाँ विश्व व्यवस्थाको बहसबीच सम्पन्न भएको छ।
विश्वका शक्तिशाली नेताहरूलाई स्वागत गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स राष्ट्रहरू अब विश्व नियमहरूको पालनाकर्ता मात्र नभई नियम निर्माता बन्नुपर्ने उद्घोष गरे।
सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, अबुधाबीका क्राउन प्रिन्स शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यान र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा सहभागी थिए।
आपसमा लामो सीमा विवाद र सैन्य मुठभेडको इतिहास बोकेका यी देशहरू स्वभाविक मित्र भने होइनन्। सन् २०२० मा भारत र चीनबीच सीमामा घातक सैन्य झडप भएको थियो।
त्यस्तै, मध्यपूर्व युद्धमा इरान र संयुक्त अरब इमिरेट्स (यूएई) परस्पर विरोधी मोर्चामा छन्, जहाँ तेहरानले प्रहार गरेका क्षेप्यास्त्र र ड्रोनहरूले यसै ब्रिक्स साझेदारलाई समेत प्रभावित पारेका छन्। यस्ता कटु प्रतिद्वन्द्वीहरूलाई एउटै मञ्चमा आमनेसामने जुटाउनुलाई कूटनीतिक वृत्तमा भारतको ठूलो सफलताका रूपमा हेरिएको छ।
यद्यपि, नयाँ विश्व व्यवस्थाको स्वरूप कस्तो हुने र ठोस परिणाम कसरी हासिल गर्ने भन्ने विषयमा सदस्य राष्ट्रहरूबीचको मतभेद भने सम्मेलनभर प्रस्टै देखियो।
चीन, रुस र इरानका लागि ब्रिक्स अमेरिका र पश्चिमी युरोपको भूराजनीतिक प्रभाव घटाउने मुख्य औजार बनेको छ। तर, भारत भने ब्रिक्सलाई पश्चिमा विरोधी गठबन्धनका रूपमा चित्रित गर्न तयार छैन। प्रधानमन्त्री मोदीले शिखर सम्मेलनमै यो समूह कसैको विरुद्धमा नरहेको प्रस्ट पारेका छन्।
अमेरिकासहितका शक्ति राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्न चाहने नयाँ दिल्लीका लागि यो भिन्नता निकै महत्त्वपूर्ण छ। भारतीय पूर्वराजदूत एवम् अनुभवी कूटनीतिज्ञ अनिल त्रिगुणायत भन्छन्, ‘समूहभित्रका केही देश यसलाई पश्चिमा विरोधी बनाउन चाहन्छन्, तर ब्रिक्स त्यो होइन। भारतले युद्धको यस युगमा ‘रणनीतिक स्वायत्तता’ र आपसी सहकार्य विस्तारलाई मुख्य जोड दिएको छ।’
यस वर्ष मन्त्रीस्तरीय दुईवटा बैठकहरू साझा वक्तव्य जारी गर्न असफल भए पनि शिखर सम्मेलनको पहिलो दिन नै नयाँ दिल्ली घोषणापत्र पारित हुन सफल भयो। तर, यस घोषणापत्रमा के लेखियो भन्दा पनि के लेखिएन भन्ने पक्ष बढी चर्चामा छ।
मध्यपूर्वको युद्धबारे घोषणापत्रले अधिकतम संयम अपनाउन आह्वान गर्दै नागरिक पूर्वाधार तथा शान्तिपूर्ण आणविक केन्द्रहरूमा भएका आक्रमणको निन्दा गरेको छ, तर कुनै पनि देशको नाम तोकिएको छैन।
त्यस्तै, संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुकूल दुई-राज्य समाधानको समर्थन गर्दै प्यालेस्टिनीहरूको जबर्जस्ती विस्थापनको विरोध गरिएको छ। घोषणापत्रमा रुस-युक्रेन युद्धबारे कुनै उल्लेख गरिएको छैन।
व्यापारका सवालमा घोषणापत्रले ‘अविवेकपूर्ण ढंगले बढाइएका भन्सार महसुल’ (ट्यारिफ) र एकपक्षीय प्रतिबन्धप्रति चिन्ता व्यक्त गरेको छ। तर, यसमा पनि अमेरिकाको नाम उल्लेख नगरी वासिङ्टनलाई चिढ्याउनबाट जोगिने रणनीति अपनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि ब्रिक्सको सीमापार डिजिटल मुद्रा कारोबार योजनालाई अमेरिका विरोधी भन्दै चेतावनी दिएका थिए। त्यसैले ब्रिक्सका धेरै सदस्यहरू ट्रम्पको थप आक्रोश निम्त्याउन चाहँदैनथे।
इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक प्रवीण दोन्थीका अनुसार कुनै पनि देशको नाम नतोकी मध्यपूर्व संकटको निन्दा गरिनुमा भारतको कूटनीतिक छाप देखिन्छ। ‘ट्यारिफबारे कडा भाषा प्रयोग हुनु मेरा लागि सुखद आश्चर्य थियो, सायद भारतले आफ्नो असन्तुष्टि व्यक्त गर्ने यो उपयुक्त अवसर ठानेको हुन सक्छ,’ दोन्थीले भने।
सम्मेलनले केही महिनाअघिसम्म असम्भव प्रायः मानिएका उच्चस्तरीय द्विपक्षीय संवादहरूको ढोका खोलिदिएको छ। मध्यपूर्वमा युद्ध सुरु भएयता इरानी राष्ट्रपति पेजेस्कियान र अबुधाबीका क्राउन प्रिन्सबीच पहिलोपटक प्रत्यक्ष वार्ता भएको छ।
अमेरिका र इजरायलको सैन्य आक्रमण, नाकाबन्दी र वासिङ्टनको अपरेसन इकोनोमिक आउटकास्टको दबाब झेलिरहेको तेहरानका लागि यो सम्मेलन आफू विश्वमा एक्लो नरहेको देखाउने अवसर बन्यो। राष्ट्रपति पेजेस्कियानले भारत, मलेसिया र इथियोपियाजस्ता ब्रिक्स सदस्यहरूसँग आर्थिक सम्बन्ध थप बलियो बनाउन जोड दिए।
अर्कातर्फ, चिनियाँ राष्ट्रपति सी चिनफिङ सात वर्षपछि पहिलोपटक भारत भ्रमणमा आए। सन् २०२० को गलवान झडपपछि दुई देशबीच अविश्वास र ठूलो व्यापार असन्तुलन कायम छ।
मोदी र सीबीच विगतको जस्तो आत्मीय अङ्गालो नदेखिए पनि शिष्टाचारपूर्ण हात मिलाइएको थियो। राष्ट्रपति सीले शनिबारको रात्रिभोज बहिष्कार गरी २४ घण्टाभित्रै दिल्ली छोडे तापनि दुई देशबीच व्यापार अवरोध हटाउने, यातायात सम्पर्क विस्तार गर्ने र व्यावसायिक सम्बन्ध सुधार्ने सहमति भएको छ।
नयाँ दिल्ली शिखर सम्मेलनले पश्चिमा नियन्त्रणभन्दा बाहिर रहेर कटु प्रतिस्पर्धीहरूलाई पनि संवादको साझा थलो दिन ब्रिक्स सक्षम रहेको देखाएको छ।
यद्यपि, वर्तमान विश्व व्यवस्थाको विकल्प के हुने र त्यहाँसम्म कसरी पुग्ने भन्ने प्रश्नमा सदस्य राष्ट्रहरूबीचको गहिरो विरोधाभास अझै कायमै छ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय एक बालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका-८ ‘क’ गाउँका १४ वर्षीय क्रिस गोतामेको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका-८ का २२ वर्षीय दिनेश थापाको उपचार भइरहेको छ।
चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००८ प ५९५९ नम्बरको मोटरसाइकललाई मिलनचोकमा बाटो पार गर्ने क्रममा अटोरिक्साले ठक्कर दिएको थियो।
ठक्कर दिने सुदूरपश्चिम प्रदेश ०१-००२ स ६११ नम्बरको अटोरिक्सा धनगढी उपमहानगरपालिका-२ आदर्श टोलका १८ वर्षीय अङ्कित गुप्ताले चलाएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
कास्कीका बालगृहहरूले भोटेकोशी बाढीबाट प्रभावित भई अभिभावकविहीन भएका बालबालिकाहरूलाई संरक्षण गर्न आफूहरू तयार रहेको जनाएका छन्।
कास्कीका बालगृहहरूको साझा संस्था बालगृह सञ्जाल कास्कीले आइतबार पोखरामा पत्रकार पत्रकार सम्मेलन गरेर राज्यले अनुमति दिएको खण्डमा भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका १७० जना बालबालिकाहरूको संरक्षण गर्न तयार रहेको जनाएको हो।
कास्कीमा २५ वटा बालगृहमा तत्काल १०८ जना र केही पछि थप ६२ जना गरेर १७० जना बालबालिकाको दीर्घकालीन संरक्षण गर्न आफूहरू तयार रहेको सञ्जाल कास्कीकी अध्यक्ष शोभा पहारीले बताइन्।
राज्यले दिन्छ भने हामी ती अभिभावकविहीन बालबालिकाको दीर्घकालीन संरक्षण गर्न तयार छौँ, उनले भनिन्, ‘त्यसका लागि हामीसँग बजेट, बालगृहमा ठाउँ र डोनरको प्रतिबद्धता छ, त्यसैले ती बालबालिका उपलब्ध गराउन राज्यलाई आग्रह गर्छौँ।’
अध्यक्ष पहारीका अनुसार कास्कीका २५ बालगृहहरूमध्ये एसओएस दिदीबहिनी बचाऔँ संस्थाले १० जना, बालकल्याण संस्थाले २ जना बालक र २ जना बालिका गरेर ४ जना, रेन्वो चिल्ड्रेन होमले ५ जना बालिका, हिमाली बाल कल्याण संरक्षण मञ्चले ३ जना बालक र ७ जना बालिकासहित १० जना, दयाको सेवा नेपालले ३ जना बालक र ७ जना बालिकासहित १० जना, एशोसियसन अन्नपूर्ण नेपालले ५ जना बालिका, कोपिला बालगृहले १ जना बालक र ८ जना बालिकासहित ९ जनालाई संरक्षण गर्न तयार छन्।
त्यस्तै, हिमाली लाइफ नेपालले १० जना बालक र १० जना बालिका, सृजनशील बाल विकास संस्थाले ८ जना बालक र ३ जना बालिकासहित ११ जना, असहाय:उपकार संघले २ जना बालक र २ जना बालिकासहित ४ जना, ओम शिव शक्तिले २ जना बालक १ जना बालिका, आत्मनिर्भर बालआश्रमले ५ जना बालक र ३ जना बालिकासहित ८ जना, साना हातहरू नेपालले ८ जना बालक र ८ जना बालिकासहित १६ जना, समन्वय नेपालले २ जना बालिका संरक्षण गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष पहारीले जानकारी दिइन्। तत्काललाई १०८ जनाको प्रतिबद्धता रहेको भन्दै उनले भनिन्, ‘तर राज्यले १७० जना दिने प्रतिबद्धता जनायो भने आकस्मिक कोटाका लागि राखिएका थप ६२ जना पनि राख्न हामी तयार छौँ।’
गैसस महासंघका केन्द्रीय सदस्य तथा प्रादेशिक बाल अधिकार समिति सदस्य विजयकुमार प्रधानले बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षणका लागि आग्रह गर्ने बालगृहहरू मापदण्ड पूरा गरेर सञ्चालित बालगृहहरू भएको बताए।
उनले भने, ‘अहिले संरक्षणको जिम्मा लिन तयार बालगृहहरू आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ लाई पूर्ण रूपमा लागु गरेर सञ्चालित हुन्।’ उनका अनुसार कास्कीमा रहेका बालगृहहरूमा हाल ४४० जना बालक र ५०४ जना बालिका गरेर ९४४ जना बालबालिका संरक्षित छन्।
हालसम्म एक हजार ३ सयभन्दा बढी बालबालिकाहरू भने परिवार र समाजमा पुनर्स्थापित भइसकेको उनले जानकारी दिए। उनले एक जना बालक वा बालिकाको दीर्घकालीन संरक्षण गर्दा कम्तीमा पनि २५ लाखदेखि ३० लाख रुपैयाँसम्म खर्च लाग्ने बताए।
सञ्जालका संस्थापक अध्यक्ष भीष्मराज पौडेलले बालगृहहरूसँगको परामर्श, छलफल र प्रतिबद्धतापछि मात्रै आफूहरूले बाढी पीडित बालबालिकाको संरक्षणका लागि आग्रह गरेको बताए।
उनले भने, ‘हामीले क्षमता अनुसारको माग गरेका हौँ, राज्यले दिएमा तत्काल ती बालबालिकालाई ल्याएर संरक्षण गर्न सक्छौँ।’ उनले बालगृहहरूले ती बालबालिका ल्याउनका लागि आफ्नो बालगृह संस्थाको बैठक बसेर निर्णय गर्नुका साथै त्यसका लागि आवश्यक स्रोत साधनको सुनिश्चितता पनि गरिसकेको जानकारी दिए।
राष्ट्रिय बाल अधिकार परिषद्, गण्डकी प्रदेशका समन्वय अधिकृत बद्री वाग्लेले मापदण्ड पूरा गरेर सञ्चालित बालगृहहरूले आफ्नो क्षमता अनुसार नै बालबालिका संरक्षणका लागि माग गरेको पाइएको बताए। उनले भने, ‘अन्य थप्ने हो भने बुझेर आवश्यक निर्णय गर्नुपर्ने हुन्छ, तर मापदण्ड पूरा गरेर राख्न भने सक्छ।’
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरका १७ हजार बालबालिका शिक्षाबाट वञ्चित भएको पाइएको गैसस महासंघका केन्द्रीय सदस्य प्रधानले जानकारी दिए। प्रभावित १५ गाउँपालिकाका १९७ जना बालबालिका अभिभावकविहीन भएको प्रारम्भिक जानकारीमा आएको उनले बताए।
सञ्जालले त्यहाँ प्रभावित बालबालिका लागि ६ लाख बराबरको आवश्यक सामग्री प्रदान गर्ने पनि जनाएको छ। आफूखुसी सामग्री नलैजाने बताउँदै प्रधानले भने, ‘राज्यले मागेको आवश्यक सामग्री हामी दिन तयार छौँ।’
यसअघि नमस्ते फाउन्डेसनले २० लाख र अन्य बालगृहहरूले ८ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेको पनि सञ्जालका सचिव प्रकाश गिरीले जानकारी दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा (एमाले) ले बागमती प्रदेशमा आफ्ना सांसदहरू खरिद-बिक्री गरेको आरोप लगाएका छन्।
आइतबार राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूलो राजनीतिक परिवर्तनपछि पनि एमालेको प्रवृत्ति नसच्चिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
नेपालको राजनीतिमा सांसद किनबेचको विकृति एमालेले नै भित्र्याएको दाबी गर्दै लिङ्देनले भने, ‘बागमती प्रदेशको कुरा तपाईंहरूले सुन्नुभएकै छ। यत्रो परिवर्तन र विद्रोहपछि पनि, यत्रो चाउरिसकेपछि पनि एमाले सुध्रिएको रहेनछ। फेरि त्यही काम गर्‍यो।’
एमालेको आलोचनासँगै उनले आफ्नै दलका सांसदहरूप्रति पनि चर्को असन्तुष्टि पोखे। पार्टीभित्रको कमजोरी औँल्याउँदै उनले भने, ‘आफ्नै थैलो राम्रो बाँध्न नसकेपछि अरूलाई मात्रै के भन्ने ? आफ्नै मान्छे खसीबाख्रा जस्तो बिक्री हुन तयार भएपछि हामीले के भन्ने ?’
कुनै पनि सांसद व्यक्तिगत हैसियतमा नभई पार्टीको नीति, टिकट र कार्यकर्ताको मतबाट निर्वाचित हुने स्मरण गराउँदै उनले अनुशासनविपरीत हिँड्ने छुट कसैलाई नभएको बताए।
‘पार्टीको नामबाट चुनाव जित्ने अनि आफूखुसी निर्णय गरेर पार्टीविपरीत अरू दलको ओछ्यान तताउन जाने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन,’ उनले भने।
यस्ता विकृतिहरूको अन्त्यका लागि नेता-कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिँदै उनले गलत प्रवृत्तिका कारण जनताको विश्वास गुम्ने खतरा औंल्याए।
अध्यक्ष लिङ्देनले काठमाडौं जिल्ला नेतृत्व चयन सहमतिका आधारमा गर्न निर्देशन दिए। सुरुमा ५ जना आकांक्षी रहेकोमा अहिले ३ जना रहेको उल्लेख गर्दै उनले परिणाम थाहा पाउँदा-पाउँदै अनावश्यक प्रतिस्पर्धा गरेर कार्यकर्तालाई दुःख नदिन आग्रह गरे।
आफू अध्यक्ष वा पूर्वअध्यक्ष जे भए पनि पार्टीको निर्णायक स्थानमै रहने भएकाले कार्यकर्ताको राजनीतिक भविष्य सुरक्षित राख्ने जिम्मा नेतृत्वको हुने उनले बताए।
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन्। संघको ३५ औँ कार्य समितिको अध्यक्षमा साह निर्विरोध चयन भएका हुन्।
नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्यतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी, उद्योगतर्फको उपाध्यक्षमा संजयकुमार श्रेष्ठ र महासचिवमा अमितकुमार सारडा चयन भए।
त्यस्तै, सचिवमा अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित संघानीया तथा सह कोषाध्यक्षमा मनिष मारु चयन भएका छन्। प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाएका छन्। कार्य समिति सदस्यमा राजेशकुमार अग्रवाल, विवेक अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिस गोल्छा, वेदान्त जाजु, डा. वन्दना जैन, लोकेश टिवडेवाल, धिरज मोहत र ओमप्रकाश शर्मा चयन भए।
आमन्त्रित सदस्यमा डा. दीपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाल चयन भएका छन्। संघअन्तर्गतको महिला उद्यम समितिको संयोजकमा साधना झा र सहसंयोजकमा जीना श्रेष्ठ चयन भए।
गृहमन्त्री सुधन गुरुङले विपद् उद्धार सामग्रीको निरीक्षण गरेका छन्।
उनले आइतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा विपद् व्यवस्थापन तथा उद्धारमा प्रयोग हुने सामग्री र उपकरणको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा उनले विपद् व्यवस्थापनको तयारी, स्रोतसाधनको उपलब्धता, उद्धार क्षमता र प्रभावकारी परिचालनबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएका छन्।
तस्बिर : सशस्त्र प्रहरी
वि.सं. २०८० मा गएको विनाशकारी भूकम्पबाट विस्थापित नागरिकले अहिलेसम्म राहत नपाएको भन्दै जाजरकोटका युवाहरूले संघीय राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी युवाहरूले भूकम्पपीडितलाई तत्काल राहत वितरण गर्नुपर्ने र क्षतिग्रस्त ऐतिहासिक जाजरकोट दरबारको पुनर्निर्माण अविलम्ब सुरु गर्नुपर्ने मागसहित विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।
भूकम्प गएको लामो समय बितिसक्दा पनि पीडितहरूको उचित पुनर्स्थापना हुन नसकेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।
विकट जिल्ला भएका कारण सरकारले जाजरकोटको पीडा, विकास र पुनर्निर्माणलाई प्राथमिकतामा नराखेको प्रदर्शनकारी युवाहरूको आरोप छ।
हेराैं तस्बिरहरु। सबै तस्बिर: द्वारिका काफ्ले/नागरिक