Nagarik News - धर्म/संस्कृति
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राको सम्पूर्ण साइत सार्वजनिक गर्दै भाद्रपद शुक्ल द्वितीयाबाट सुरु हुने परम्पराअनुसार भदौ आज २८ गते आइतबार वनयात्रा र रुख कटान गरी इन्द्रजात्राको विधिवत् प्रक्रिया सुरु भएको थियो।
इन्द्रजात्राको लिङ्गोका लागि भक्तपुरको चित्तपोलस्थित वनबाट रुख काटेर तयार पारिएको लिङ्गोलाई असोज ३ गते शनिबार बिहान ८ः०५ बजे नगर प्रवेश गराई आज असोज ७ गते बुधबार बिहान ७ः४७ बजे हनुमानढोकामा विधिवत् रूपमा इन्द्रध्वजोत्थान गरिएको छ।
आजबाट  विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ।
विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। रथ निर्माण, सरसफाइ तथा आवश्यक तयारीका काम भइरहेका छन्।
दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव-पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ।
'इन्द्रजात्रालाई सव्य र भव्य तरिकाले सञ्चालनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँग ३१ गुठी खलः आबद्ध छन्। उनीहरूसँग हामीले पटक-पटक बैठक बसिसकेका छौँ। शान्ति सुरक्षाका लागि नेपाल प्रहरी निकायसँग छलफल गरिसकेका छौँ', अध्यक्ष शाक्यले भने, 'इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले जात्रा हेर्ने अन्तर्राष्ट्रिय पर्यटक धेरै हुनुहुन्छ। उहाँहरूको लागि व्यवस्थापन गरेका छौँ। इन्द्रजात्राका लागि आवश्यक पर्ने तयारी अहिले तीव्र गतिका अघि बढाइरहेका छौँ।'
विशेष गरेर नेवार समुदायमा विशेष महत्त्व राख्ने इन्द्रजात्रा काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा परम्परागत रूपमा मनाइन्छ। जात्राका क्रममा हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने गरिन्छ। लिङ्गो ठड्याउने धार्मिक विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ भने लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ।
शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरिएको धार्मिक तथा सांस्कृतिक मान्यता छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा इन्द्रजात्राको विशेष महत्त्व रहेको छ। इन्द्रजात्राको अवसरमा हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा पुजिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहिआएको अध्यक्ष शाक्यले बताए।
इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा विभिन्न परम्परागत नाच प्रस्तुत गरिन्छ। भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक मानिने पुलुकिसी नाच इन्द्रजात्राका प्रमुख आकर्षण रहेका अध्यक्ष शाक्यले बताए।
लिङ्गो ठड्याइएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्राको विधिवत् समापन गरिने परम्परा रहेको उनको भनाइ छ।
प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ।
यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ। यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन्। यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास समेत रहेको छ।
श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधि समेत रहेको छ। गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जन विश्वास रहेको छ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देशविदेशबाट लाखौँ भक्तजनको भीड लाग्छ। कागे अष्टमी समेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिका-१ मा पर्ने यो मन्दिर क्षेत्रमा आउनेलाई सहज सुविधा दिन लागिएको छ।
मन्दिर जान यातायात सहज बनाउने व्यवस्था गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए। मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ। यो नेपालकै ठूलो कागको मूर्ति हो। यहीको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण भएको छ।
एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन्। यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ। यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ।
नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ। भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ।
कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, चितवनलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ। देशका विभिन्न जिल्लाबाट आई काठमाडौं उपत्यकामा बसोवास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन्।
कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन्। देशका अन्य स्थानमा रहेको कागेश्वर मन्दिरमा पनि आज पूजा, आराधना गर्न भक्तजन पुग्ने गर्छन्।
आज डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ। धार्मिक विश्वासअनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्ने प्रयास गर्ने राक्षसी ‘पुतना’ लाई भगवान् श्रीकृष्णले वध गरको खुसीयालीमा डोटी जिल्लामा यो पर्व मनाउने चलन छ।
पौराणिक किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले पुतनाको ‘बध’ गरेपछि सत्यको विजयको स्मरणार्थ यसपर्वको सुरुआत भएको हो। प्रत्येक वर्ष असोज १ गते मनाइने यो पर्व स्थानीय मौलिक संस्कृति र परम्परासँग जोडिएको छ। साथै सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा पनि आज परम्परागत ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ।
भाद्र सङ्क्रान्तिदेखि सङ्कलन गरेर राखिएका काठ, हाँगा तथा झ्याङलगायत सामग्रीबाट बनाइएको ‘बुढी’ को प्रतीकलाई साँझपख सामूहिक रुपमा आज असोज १ गते बुढी पोलिने र सोही ठाउँमा काँक्रो खाँदै चारै दिशातर्फ लुतो फाल्ने प्रचलन छ।
स्थानीय जनविश्वासअनुसार ‘बुढी पोल्ने’ परम्परा भगवान् श्रीकृष्णसँग सम्बन्धित पुतना बधको कथासँग जोडिएको मानिन्छ। पुतनालाई बुढीको प्रतीकका रूपमा लिएर उनको अन्त्यको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ।
साथै यस पर्वसँग जोडिएका स्थानीय कथा, मान्यता र मनाउने विधिमा केही भिन्नता पाइन्छ। पशुचौपायामा कुनै रोग नलाग्ने विश्वास गरिन्छ।
‘बुढी पोल्ने’ परम्परा भगवान् श्रीकृष्णसँग सम्बन्धित पुतना बधको कथासँग जोडिएको ठूलाकेदार धामका मुख्य पुजारी सिद्धराज बिराडीले बताए।
उनले पुतनाको स्वरुप तयार गरी सिँगारिएको बाबियोलगायत सामग्रीलाई आज बिहान गोठबाट निकालेर दिनभर घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने चलन छ।
आधुनिक जीवनशैली र बढ्दो बसाइँसराइका कारण परम्परागत संस्कृतिमा परिवर्तन आइरहेको भए पनि ‘बुढी पोल्ने’ पर्वले  डोटीका समुदायलाई आफ्नो मौलिक परम्परा र सांस्कृतिक पहिचानसँग जोड्दै आएको छ।
स्थानीयस्तरमा पर्वको संरक्षण र पुस्तान्तरणका लागि नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताउनुभयो।
कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन्।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ।
कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन्।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद  द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन्।
सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन्। पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ। सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन्।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ। चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ। लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ। यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ।
रसुवा बाढीयता मिथिला क्षेत्रमा धेरै सांस्कृतिक उत्सव र पारम्परिक चाडपर्व आए–गए तर त्यस बाढीमा बेपत्ता भएका यहाँका परिवारमा भने ती चाडबाड आएको महसुस भएन। सधैँ बाबुको मुख हेर्ने दिन बिहानै फोन गर्ने तथा कुनै वर्ष अनुकूल समय मिलाएर आफ्नै हातले विभिन्न परिकार छोराले खुवाएको सम्झने बर्दिबास–३ गौरीडाँडाका ध्रुव विष्टको त्यो दिन रुँदै बित्यो।
तीजमा सधैँ भाइको स्नेह र सम्झना पाउने ध्रुवकी छोरी सिर्जनाले पनि यसपालिको पर्व रुँदै बिताइन्। “प्रत्येक वर्ष भाइ तीज आउन पाँच/सात दिन पहिले नै फोन गरेर लिन आउने कुरा गर्थ्याे, सोधखोज गर्थ्याे, यसपालि भने उसकै पछिल्लो खबर सुन्न नपाएर पर्व बित्यो। अझै उसको केही पत्तो लाग्न सकेन”, सिर्जना रुँदै वेदना पोख्छिन्।
यस परिवारका सौभाग्य विष्ट भदौ १० को भोटेकोशी बाढीसँगै सम्पर्कविहीन भएपछि घरमा न चाडवाड आएको कसैलाई हेक्का छ। न आँखा नै ओभाउन पाएका छन्। भाइ सम्पर्कविहीन भएको खबरले हतास भएर दौड्दै माइतीघर आएकी सृजनालाई आफू जन्मी हुर्केको घर अहिले बिरानोझैँ लाग्दैछ। “जसले खोजी गर्थ्याे उही छैन, उसको दिदी भन्ने एक वचन सुन्न पाए मन हलुङ्गो हुने थियो”, उनी भन्छिन्, “अब त तीन साता बितिसके,  कहिले पाइएला भाइको खबर ?” अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियर रहेका सौभाग्य बाढी आएसँगै सम्पर्कविहीन भएपछि परिवार गहिरो पीडामा छ।
“कैयाै पटक रसुवा र नुवाकोटका डाँडापाखा आफैँ गएर पनि खोजियो, रसुवादेखि चितवनसम्मका अस्पताल चहारिसकियो, सौभाग्यबाबुको कहीँ केही पत्ता लागेन”, पिता ध्रुव रुँदै भन्छन्, “मैले उसकी आमा, पत्नी, बहिनी र परिवारजनलाई अब कसरी सम्हाल्ने होला?”
यस्तै बर्दिबास–९ पशुपतिनगरको गोमस्ताटोलका खिलबहादुर रानाको परिवार छोरी जोया रानाको खबर पाउन बेचैन छ। रानाले आफैँ हेलिकप्टर भाडामा लिएर पनि धेरै खोजी गरे तर जोयाको कहीँ अत्तोपत्तो लागेन। रसुवास्थित जलविद्युत् आयोजनामा कम्प्युटर इन्जिनियर रहेकी जोयाले रक्षाबन्धन पर्वमा घर आउने बताएकी पिता राना सम्झिन्छन्। “रक्षाबन्धनमा आउँछु भन्थी, दुई दिन पहिले आफैँ हराई”, पिता खिलबहादुर भक्कानिदै भन्छन्। त्यसयता परेका चाडपर्व राना परिवारले केही सम्झेका छैनन्। “चाडपर्वमा घरमा सबैसँग रमाउने नै उही थिई, अब के चाडवाड आउँलान् यो घरमा?” करिब ७५ वर्षीया जोयाकी हजुरआमा रुँदै भन्छिन्।
मधेसको मिथिला क्षेत्रमा चौरचन पर्व श्रद्धा निष्ठापूर्वक मनाइन्छ। भर्खरै यो पर्व सम्पन्न भएको छ तर रसुवा बाढीमा सम्पर्कविहीन भएका मैथिल परिवारमा यसपालि चौरचन आएन। राखी, कृष्णजन्माष्टमी र चौरचन पर्व सकिए तर मेरो छोराको केही खबर आएन पिपरा–३ की ६० वर्षीया विणादेवी यादव विह्वल हुँदै भन्छिन्, “चाडपर्वमा ऊ खुब रमाउँथ्यो, यसपालि रोएरै दिन बित्दैछन्।”
जलेश्वर–१० सारीका १० वर्षीय बिटुलाल दास जतिखेर पनि पिता खोजिरहन्छन्। “कृष्णाष्टमी मेलामे बाबुसँगे मेला जायब कहैत झगडा करैछल, मुदा बिटुके बाबु त ओम्हरे हेरागेल”, अर्थात् कृष्णअष्टमी पर्वमा बाबुसँग मेला जाने भन्दै झगडा गर्थ्याे तर उसको बाबु त उतै हरायो नाति बिटुतिर देखाउँदै रसुवा बाढीमा परेर हराएका छोरा सम्झँदै सुशीलदासकी आमा भन्छिन्।
नेपाली सेनाको जागिर छाडेर पर्यटक ओसार्ने काम थालेका सुशील यसपालि यसै क्रममा रसुवाबाट सम्पर्कविहीन भएका हुन्।
रसुवाबाढीसँगै सम्पर्कविहीन एका मटिहानी–७ का गङ्गाराम मण्डलकी ६५ वर्षीय आमा ललितादेवी मण्डल बुहारी र चार नातिनातिना देखाउँदै अब यिनीहरूको चाडपर्वको रउस नफर्कने हो कि भन्ने चिन्ता गर्छन्। यसपालिको विनाशकारी रसुवा बाढीले धन सम्पत्ति र भौतिक संरचनामात्र नभएर मान्छेको मन पनि बगाएको छ।
भोटेकोशी बाढी रसुवा नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन छिचोल्दै भारत पस्यो। आफ्नो गृह जिल्लाबाट सयौँ कोष टाढाको त्यो बाढीले अहिले महोत्तरीका कैयन बस्तीमा रुवाबासी मच्चाएको छ।
एकपछि अर्को गर्दै चाडपर्व आइरहेका बेला सम्पर्कविहीन परिवारको छटपटी झन्झन् बढ्दो छ। परिवारको प्रतिपालको मुख्य जिम्मेवारी सम्हालेकाहरू नै हराएपछि यहाँ कुनै चाडपर्व भित्रिन सकेका छैनन्। रसुवा बाढीमा परी महोत्तरीका १० जना सम्पर्कविहीन छन्। सिङ्गो जिल्लामै अहिले जताततै तीनै १० सम्पर्कविहीनबारे चिन्ता र चासो पाइन्छ। सम्पर्कविहीन परिवारले सरकार, खोज, उद्धारमा कार्यरत जनशक्ति र सम्बद्ध पक्षसँग आफ्ना मान्छेको एकिन अवस्था स्पष्ट पारिदिन अनुनयविनय गरिरहेको छ।
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व मंगलबार परम्परागत विधिअनुसार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाइएको छ।
यस धार्मिक अनुष्ठान सम्पन्न भएसँगै नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीज पनि औपचारिक रूपमा समापन भएको छ।
मंगलबार बिहानैदेखि महिलाहरूले नजिकका नदी, खोला, ताल र पोखरीमा पुगेर ३६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाएर विधिपूर्वक स्नान गरेका छन्।
विशेषगरी काठमाडौं उपत्यकाका बागमती, मनोहरा र रुद्रमतीलगायत नदी किनारका स्वच्छ मुहान क्षेत्रमा स्नान गर्ने श्रद्धालु महिलाहरूको उल्लेख्य घुइँचो लागेको थियो।
धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा अन्जानवश भएका छाइछुइजन्य त्रुटिबाट मुक्ति पाउन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ (सप्तऋषि) को पूजा गरिन्छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार रजस्वलाका समयमा हुने संक्रमणबाट जोगिन र शारीरिक शुद्धता कायम राख्न पूर्वजहरूले सुरु गरेको यो परम्परा स्वास्थ्य र सरसफाइका दृष्टिले समेत वैज्ञानिक रहेको छ।
पूजाआजापछि महिलाहरूले हलो नजोती उब्जिएका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो खाएर एक छाक हविष्य बस्ने व्रतविधि पूरा गरेका छन्।
ऋषिपञ्चमीका अवसरमा काठमाडौंको टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरलगायत मुलुकभरका शिवालय तथा ऋषि आश्रमहरूमा बिहानैदेखि दर्शनार्थी महिलाहरूको भीड लागेको थियो।
दर खाने दिनबाट सुरु भएको चार दिन लामो तीज उत्सव ऋषिपञ्चमीको पूजासँगै आज सकिएको हो।
गणेश चतुर्थीको अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित गुप्तेश्वर मन्दिरको प्राङ्गणमा मङ्गलबार ३०८ कुमारको पूजा गरिएको छ।
पनौती बोलबम परिवार सङ्घको आयोजनामा भएको कार्यक्रममा काभ्रे, ललितपुर, भक्तपुर र काठमाडौंका कुमारलाई देवस्वरूप मानी पूजा गरिएको हो।
भाद्र शुक्ल चतुर्थीका दिन गणेशको पूजा गर्ने परम्परासँगै कुमारलाई देवस्वरूप मानी पूजा गर्ने चलन रहेको छ।
कुमार पूजाले बालकको सुख, शान्ति, स्वास्थ्य तथा दीर्घायुको कामना गर्नुका साथै समाजमा सुख–समृद्धि र शान्तिको कामना गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ।
कार्यक्रममा कुमारको पूजा गर्न आउने महिलाको उल्लेख्य भीड लागेको थियो। पनौती बोलबम परिवार सङ्घले विसं २०६८ देखि प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन कुमार पूजा गर्दै आएको सङ्घका अध्यक्ष महेश धाजुले बताए।
उनका अनुसार एक वर्षदेखि पाँच वर्षसम्मका बालकलाई कुमारका रूपमा पूजा गर्ने गरिएको छ।
‘कुमार पूजा केवलकुमार बालकको व्यक्तिगत पूजा होइन, सामूहिक मङ्गल कामनासँग पनि जोडिएको छ। विभिन्न ठाउँबाट बालकहरूलाई बोलाएर सामूहिक रूपमा पूजा गर्नुको उद्देश्य समाजमा सुख, शान्ति र समृद्धिको कामना गर्नु तथा धार्मिक–सांस्कृतिक परम्परालाई निरन्तरता दिनु हो’, अध्यक्ष धाजुले भने।
मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताएका छन्।
गणेश चतुर्थीको अवसरमा आज धनुषाको औरही गाउँपालिका-१ परनदेहियामा गणेश मन्दिरको उद्घाटन गर्दै सभामुख यादवले धर्म, संस्कृतिले एक  सामाजिक सद्भाव, सहिष्णुता र एकता प्रवर्धन गर्ने भएकाले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण हुनुपर्ने बताए।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठमन्दिर र पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन तथा विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सभामुख यादवले धार्मिक स्थललाई व्यवस्थित गर्दै पर्यटनसँग जोड्न सके स्थानीयस्तरमा आर्थिक गतिविधिसमेत बढाउन सकिन्छ भने।
मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त मन्दिरको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवीलगायतको उपस्थिति थियो।
काठमाडौं महानगरपालिका-१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा आज बिहानदेखि विशेषगरी महिला भक्तजनको घुइँचो लागेको छ।
ऋषि पञ्चमीका दिन उक्त मन्दिरमा महिलाजन ठूलो सङ्ख्यामा पूजाअर्चनाका लागि त्यहाँ पुग्ने भएकाले घुइँचो लागेको हो। प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन त्यहाँ मेला लाग्ने भएकाले आवश्यक सुरक्षाका लागि नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाबाट सुरक्षाकर्मी खटाइएको छ।
मेलालाई दृष्टिगत गरी स्थानीय वडाले मन्दिर तथा आसपास क्षेत्रका सम्पदास्थलसमेत सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन गरेको छ। पञ्चमीको पूजा गर्न आउने भक्तजनको सहजता र सुविधाका लागि वडाले विभिन्न ५० वटा धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरेको जनाइएको छ।
नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, महानगरपालिकाको स्वास्थ्य विभागसँग समन्वय गरी स्वास्थ्य जाँचका लागि शिविर सञ्चालन गरिएको छ।
पूजाअर्चना र दर्शका लागि आउने भक्तजनलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएको खण्डमा तत्काल उपचारका लागि निःशुल्क स्वास्थ्य सेवासहित एम्बुलेन्सको व्यवस्था गरिएको वडाध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिए।
उनका अनुसार दर्शनका लागि बिहान सबेरै देखिनै मन्दिर खुला गरिएको तथा मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मीका अतिरिक्त स्वयंसेवकसहित खटाइएको छ। मेलामा हुने भिडभाडका कारण सडक यातायात व्यवस्थापनका लागि टेकु, कुलेश्वर र सानेपा  क्षेत्रमा विशेष व्यवस्था गरी वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ।
ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।
यस वर्ष चौथी तिथि टुटी तीज व्रतको भोलिपल्ट नै ऋषिपञ्चमी पर्व परेकाले व्रत पारायण सकेपछि पञ्चमी स्नानलगायत कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत छ।
हरितालिका (तीज) को व्रत एवं पूजा आजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
महिलामा रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ। यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उनले बताए।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो।
ऋषि पञ्चमीको पृष्ठभूमि
महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ। प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो। यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए। इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए।
यसैकारण उब्जनी नहुने उषरभुमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले बताए।
रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने एवं जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो। रज भनेको फोहर हो। जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ। यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ। यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उनले जोड दिए।
आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल  र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ।
यस अवसरमा आज काठमाडौंको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ। यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्तऋषिको पूजा लगाउने गर्छन्। मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा, आराधना गर्ने गरेका छन्।
काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राका लागि हनुमानढोकामा ठड्याइने परम्परागत लिङ्गो (इन्द्रध्वजा) का लागि रूख काठमाडौंतर्फ ल्याइएको छ।
भक्तपुरको नालास्थित वनबाट तान्त्रिक तथा परम्परागत विधिपूर्वक काटेर ल्याइएको उक्त रूखलाई सूर्यविनायक हुँदै राजधानी भित्र्याइएको हो।
इन्द्रजात्राको सबैभन्दा महत्त्वपूर्ण अनुष्ठान मानिने इन्द्रध्वजोत्थानका लागि यो रूख हनुमानढोका दरबार क्षेत्रमा लगिनेछ।
विधिवत पूजाआजा गरी हनुमानढोका परिसरमा इन्द्रध्वजाका रूपमा यो लिङ्गो ठड्याएपछि मात्रै ऐतिहासिक इन्द्रजात्राको मुख्य पर्व औपचारिक रूपमा सुरु हुने धार्मिक परम्परा छ।
नालाको जङ्गलबाट बाजागाजासहित स्थानीय समुदाय र गुठियारहरूको सहभागितामा सूर्यविनायकसम्म ल्याइएको रूखलाई आज काठमाडौंतर्फ पठाइएको हो।
भाद्र शुक्ल पक्षको शुभसाइतमा हनुमानढोकामा उक्त लिङ्गो ठड्याउने तयारी गरिएको छ।
तस्बिरः प्रविन पौडेल/रासस
मिथिला क्षेत्रमा यस वर्ष हरितालिका तीज र चौरचन (चौठचन्द्र) पर्व एकै दिन परेपछि यहाँको धार्मिक, सांस्कृतिक तथा आर्थिक गतिविधिमा दोब्बर रौनक थपिएको छ।
दुई ठूला पर्वको दुर्लभ संयोगले घर-घरमा पूजाको तयारी तीव्र बनेको छ भने लामो समयदेखि सुस्ताएको परम्परागत माटोको भाँडा बनाउने पेसा र स्थानीय बजार एकाएक चलायमान भएका छन्।
पर्वको विशिष्ट महत्त्वलाई ध्यानमा राख्दै मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न जिल्लाका स्थानीय तहले भदौ २९ गते सोमबार अत्यावश्यक सेवाबाहेक आफ्ना मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिएका छन्।
धार्मिक तथा सांस्कृतिक पर्वमा सर्वसाधारणलाई सहज रूपमा सहभागी हुने वातावरण बनाउन बिदाको निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले जानकारी दिए।
दुई पर्वको संगमले धनुषाका कुम्हाले बस्तीहरूमा यतिबेला भ्याइनभ्याइ छ। आधुनिक प्लास्टिक र स्टिलका भाँडाका कारण वर्षभरि जीविका चलाउन कठिन हुने कुम्हाले समुदायका लागि चौरचन वरदान सावित भएको छ।
धार्मिक विधिमा माटाकै भाँडा अनिवार्य हुने भएकाले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-४, हरैयाका रामप्रबोध पण्डितजस्ता कालिगडहरू बिहानैदेखि चाका घुमाउन व्यस्त छन्।
‘अरू बेला फुर्सद नै हुन्छ, तर चौरचन आएपछि माटोले पनि बोलाउन थाल्छ,’ पण्डितले भने, ‘जति बनाए पनि माग धान्नै गाह्रो भइरहेको छ।’ आम्दानी राम्रो नहुँदा नयाँ पुस्ता यो पेसाबाट विमुख भए पनि पर्वको समयमा माटाका भाँडा घरघरमा पुग्दा आफ्नो पुख्र्यौली पहिचान जोगिएको अनुभूति हुने उनको भनाइ छ।
चौरचन र हरितालिका तीज एकै दिन परेपछि स्थानीय महिलाहरूको व्यस्तता पनि दोब्बर भएको छ। क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयाकी अनिता यादवका अनुसार एकातिर हरितालिका तीजको निराहार व्रत र देवाधिदेव महादेव-पार्वतीको आराधना, अर्कोतिर साँझ चन्द्रमालाई अर्पण गरिने चौरचनको विशेष परिकार र पूजा सामग्रीको व्यवस्थापन एकसाथ गर्नुपरेको छ।
मिथिला संस्कृतिमा पारिवारिक सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै साँझ उदाउँदो चन्द्रमालाई फलफूल, दही र विशेष परिकार अर्पण गरी चौरचन मनाउने पुस्तौँ पुरानो परम्परा छ। अर्कोतर्फ, तीजले महिलाहरूको सामाजिक भेटघाट, गीत–सङ्गीत र आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै आएको छ।
पर्वको यो दोहोरो संयोगले मिथिलाका बजारमा समेत ठूलो आर्थिक कारोबार बढाएको छ। महेन्द्रनगर धनुषाका स्थानीय व्यापारी दिनेश गुप्ताका अनुसार फलफूल, मिठाई, पूजा सामग्री तथा नयाँ कपडाको माग उच्च भएको छ। चाडपर्वका कारण दुई-तीन दिनयता बजारमा उपभोक्ताको बाक्लो भीड लागेको छ।
आधुनिकताको तीव्र प्रभावबीच पनि तीज र चौरचनको यो संगमले मिथिलाको रैथाने संस्कृतिलाई पुनर्जीवन दिएको छ। यसले एकातिर कुम्हालेको पुख्र्यौली चाका घुमाएको छ भने अर्कोतिर बजारको व्यापार उकास्दै सम्पूर्ण मिथिलाञ्चललाई सांस्कृतिक एकता र उल्लासमा बाँधेको छ।
हरितालिका तीजको अवसरमा प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्।
सोमबार पशुपतिनाथ पुगेकी पौडेलले भगवान् शिवको विधिपूर्वक पूजा गरिन्। पूजापछि उनले मन्दिरका पुजारीबाट टीका तथा फूलप्रसाद ग्रहण गरिन्।
नेपाली हिन्दु महिलाहरूले विशेष श्रद्धाका साथ मनाउने हरितालिका तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। तीजमा महिलाहरूले शिव–पार्वतीको पूजा गर्दै सुख, शान्ति र पारिवारिक समृद्धिको कामना गर्ने धार्मिक परम्परा रहँदै आएको छ।
हिन्दू धर्मावलम्बी महिलाहरूले विशेष श्रद्धा र उत्साहका साथ मनाउने हरितालिका तीज धार्मिक आस्था, पारिवारिक सुख–शान्ति र सामाजिक संस्कृतिसँग जोडिएको पर्व हो ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा विवाहित महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य तथा परिवारको सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ । अविवाहित महिलाले भने आफूले चाहेजस्तो योग्य जीवनसाथीको कामना गर्दै व्रत बस्ने धार्मिक मान्यता रहिआएको छ ।
तीजमा व्रत बस्ने परम्परा भगवान् शिव र माता पार्वतीसँग सम्बन्धित धार्मिक कथनमा आधारित छ । ज्योतिष पण्डित मुकुन्द नेपालका अनुसार माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्ने उद्देश्यले लामो समय कठोर तपस्या गरेकी थिइन् । पार्वतीको त्यही तपस्या र शिवप्रतिको समर्पणको स्मरण गर्दै तीजमा महिलाहरूले शिवको आराधना र उपासना गर्ने परम्परा बसेको हो ।
‘हरितालिका तीजको धार्मिक सम्बन्ध भगवान् शिव र माता पार्वतीसँग जोडिएको छ । माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न लामो समय कठोर तपस्या गर्नुभएको धार्मिक कथन छ । उहाँको त्यही तपस्या र शिवप्रतिको समर्पणको स्मरण गर्दै तीजमा महिलाहरूले भगवान् शिवको आराधना र उपासना गर्ने परम्परा बसेको हो,’ नेपालले भने ।
उनका अनुसार तीज महिलाका लागि मात्र सीमित पर्व होइन । पुरुषले पनि आफ्नो जीवनसाथी तथा परिवारको सुख, शान्ति र समृद्धिका लागि प्रार्थना तथा साधना गर्न सक्छन् । यद्यपि माता पार्वतीसँगको धार्मिक सम्बन्धका कारण तीज महिलाका लागि विशेष महत्वको पर्वका रूपमा स्थापित भएको हो ।
दरदेखि ऋषिपञ्चमीसम्म
हरितालिका तीजको धार्मिक प्रक्रिया मुख्यतः भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म जोडिन्छ । तीजको अघिल्लो दिन अर्थात् द्वितीयामा ‘दर’ खाने परम्परा छ । परम्पराअनुसार महिलाहरूले राति १२ बज्नुअघि विभिन्न परिकार तथा मिष्ठान्न ग्रहण गर्छन् र त्यसको भोलिपल्ट तृतीयाका दिन व्रत बस्ने चलन छ ।
तर पछिल्लो समय तीजको दर खाने परम्परा महिनौँअघिदेखि विभिन्न कार्यक्रमका नाममा मनाउने प्रवृत्ति बढेको छ । पण्डित नेपालले यसलाई पर्वको मौलिक धार्मिक भावनाभन्दा फरक हुँदै गएको प्रवृत्तिका रूपमा लिनुपर्ने बताएका छन् ।
उनका अनुसार व्रत केवल खानपान त्याग्ने कर्म मात्र होइन, आत्मसंयम, साधना र उपासनासँग जोडिएको अभ्यास हो । व्रत बसेर अरूको आलोचना गर्ने वा नकारात्मक गतिविधिमा संलग्न हुने हो भने त्यसको आध्यात्मिक उद्देश्य पूरा नहुने उनको भनाइ छ ।
‘व्रत भनेको सामीप्यता, साधना र उपासना हो,’ नेपालले भने, ‘निस्वार्थ भावले भगवान्‌को आराधना गर्ने र आफूभित्र सकारात्मक भाव विकास गर्ने विषयलाई व्रतसँग जोड्नुपर्छ ।’
तपाईंको व्रत निराहार हो ?
तीजको व्रत धार्मिक आस्थासँग जोडिए पनि स्वास्थ्यलाई बेवास्ता गर्न नहुने पण्डित नेपालको सुझाव छ । शारीरिक रूपमा कमजोर वा बिरामी व्यक्तिले अनिवार्य रूपमा निराहार व्रत बस्नुपर्ने धार्मिक बाध्यता नरहेको उनी बताउँछन् ।
‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् शरीर नै धर्मसाधनाको पहिलो माध्यम भएकाले शरीरलाई कमजोर बनाएर गरिने साधनाको अर्थ नहुने उनको तर्क छ ।
उनका अनुसार आफ्नो स्वास्थ्य र क्षमताअनुसार निराहार, फलाहार वा जलाहारमध्ये उपयुक्त विधि अपनाउन सकिन्छ । निराहार व्रतमा कुनै पनि खानेकुरा तथा पेय पदार्थ नलिने, फलाहारमा फलफूललगायतका आहार लिने र जलाहारमा पानी ग्रहण गर्ने परम्परा छ ।
‘तीजको व्रत बस्दा स्वास्थ्यलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । शारीरिक रूपमा कमजोर वा बिरामी हुनुहुन्छ भने अनिवार्य रूपमा निराहार व्रत बस्नुपर्छ भन्ने छैन । शरीर नै धर्मसाधनाको पहिलो माध्यम भएकाले आफ्नो स्वास्थ्यअनुसार निराहार, फलाहार वा जलाहारमध्ये उपयुक्त विधि अपनाएर व्रत बस्न सकिन्छ,’ उनले भने ।
स्वास्थ्यका दृष्टिले लामो समयसम्म खाना र पानी दुवै त्याग्दा शरीरमा पानीको कमी, कमजोरी, चक्कर लाग्ने तथा रक्तचिनी घट्नेजस्ता समस्या देखिन सक्ने भएकाले विशेष स्वास्थ्य अवस्था भएका व्यक्तिले सावधानी अपनाउनुपर्ने हुन्छ । मधुमेह, गर्भावस्था, स्तनपान, दीर्घरोग वा नियमित औषधि सेवन गरिरहेका व्यक्तिले चिकित्सकको सल्लाहबिना कठोर निराहार व्रत बस्नु उपयुक्त नहुन सक्छ । धार्मिक आस्था कायम राख्दै स्वास्थ्यअनुकूल विधि अपनाउनु नै सुरक्षित मानिन्छ ।
ऋषिपञ्चमीको धार्मिक महत्व
हरितालिका तीजसँगै ऋषिपञ्चमीको पनि विशेष धार्मिक महत्व छ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमीमा महिलाहरूले स्नान गरी सप्तऋषिको पूजा गर्ने परम्परा छ ।
रजस्वलासँग सम्बन्धित धार्मिक दोषबाट मुक्ति पाउने उद्देश्यले ऋषिपञ्चमीको व्रत तथा पूजा गर्ने शास्त्रीय मान्यता रहेको पण्डित नेपाल बताउँछन् ।
‘हरितालिका तीजसँगै ऋषिपञ्चमीको पनि विशेष धार्मिक महत्व छ । भाद्र शुक्ल पञ्चमीका दिन महिलाहरूले स्नान गरी सप्तऋषिको पूजा गर्ने परम्परा छ । रजस्वलासँग सम्बन्धित धार्मिक दोषबाट मुक्ति पाउने उद्देश्यले ऋषिपञ्चमीको व्रत तथा पूजा गर्ने शास्त्रीय मान्यता रहिआएको छ,’ उनले भने ।
तीजको अघिल्लो दिन दर, तृतीयाका दिन हरितालिका तीज तथा त्यसपछिको पञ्चमीमा ऋषिपञ्चमी मनाउने भएकाले यी पर्वहरू धार्मिक रूपमा एकअर्कासँग जोडिएका छन् ।
तीजको क्रमसँगै भाद्र शुक्ल चतुर्थीमा मङ्गल चौथी मनाउने परम्परा पनि कतिपय स्थानमा रहेको छ । यस दिन चन्द्रदर्शनसँग सम्बन्धित धार्मिक मान्यता प्रचलित छ ।
चन्द्रमाको दर्शन गरेमा चोरीको झुटो आरोप लाग्ने धार्मिक विश्वासका कारण यस दिन चन्द्रदर्शन नगर्ने चलन कतिपय समुदायमा अझै कायम छ ।
धार्मिक आस्थासँगै सामाजिक र सांस्कृतिक पर्व
नेपालमा तीज धार्मिक पर्वका रूपमा मात्र नभई महिलाहरूको सामाजिक भेटघाट, माइती–घरको सम्बन्ध, दुःख–सुख साटासाट र सांस्कृतिक अभिव्यक्तिको अवसरका रूपमा पनि स्थापित छ । तीजका गीत, नृत्य, पूजा, व्रत र दर खाने परम्पराले यसलाई नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व बनाएको छ ।
पछिल्लो समय रोजगारी तथा अध्ययनका कारण नेपालीहरू विश्वका विभिन्न मुलुकमा पुगेपछि तीज नेपालबाहिर पनि नेपाली समुदायको पहिचान र संस्कृतिसँग जोडिएको पर्वका रूपमा मनाइन थालेको छ । विदेशमा रहेका नेपाली महिलाहरूले आफ्नो अनुकूलताअनुसार पूजा, व्रत, सांस्कृतिक कार्यक्रम तथा भेटघाटमार्फत तीज मनाउने गरेका छन् ।
तर तीज मनाउने क्रममा देखिने भड्किलोपन, अनावश्यक खर्च र लामो समयसम्म चल्ने भोज तथा मनोरञ्जनात्मक कार्यक्रमले पर्वको मौलिक धार्मिक तथा सांस्कृतिक पक्ष ओझेलमा पर्न सक्ने चिन्ता पनि व्यक्त हुँदै आएको छ । त्यसैले तीजलाई आस्था, आत्मसंयम, पारिवारिक सद्भाव र सांस्कृतिक पहिचानको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिइन्छ ।
पण्डित नेपालले तीज मनाउँदा आफ्नो स्वास्थ्य र परिस्थितिलाई ध्यान दिन आग्रह गरेका छन् । विशेषगरी बिरामी, उपचाररत, शोकमा रहेका वा किरियामा बसेका व्यक्तिले आफ्नो अवस्थाअनुसार धार्मिक कर्म गर्नुपर्ने उनको सुझाव छ ।
वर्षको दुई दिन मात्र खुल्ने भक्तपुर दरबार स्क्वायरस्थित ऐतिहासिक केदारनाथ मन्दिर इतिहासमै पहिलो पटक हरितालिका तीजको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको छ।
मन्दिर खुला भएसँगै आजै साँझ यहाँस्थित प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य महाआरती समेत आयोजना गरिँदै छ।
संस्कृति अध्येता गणेश रञ्जितकारका अनुसार तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित यो मन्दिर तीजमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएको यो पहिलो पटक हो।
तीजको व्रत बसेका श्रद्धालु महिलाहरूलाई दर्शन गर्न सहज होस् भन्ने उद्देश्यले बिहानैदेखि मन्दिरको ढोका खोलिएको हो। आज दिनभर दर्शनको व्यवस्था मिलाइएको छ।
यसअघि यो मन्दिर वर्षमा दुई पटक मात्रै खुल्ने परम्परा रहेको मन्दिरका पुजारी प्रमिलराज सुवेदीले जानकारी दिए। उनका अनुसार केदारनाथको जन्मोत्सव (बुद्धजयन्ती अर्थात् वैशाख पूर्णिमा) र महाशिवरात्रिका दिन मात्र मन्दिर खोल्ने गरिन्थ्यो। पहिलो पटक तीजमा मन्दिर खुला गरिएपछि दर्शनार्थी महिलाहरूको उल्लेख्य र बाक्लो उपस्थिति देखिएको छ।
मन्दिरभित्रै प्रवेश गरेर पूजा गर्न पाएपछि भक्तजनहरू उत्साहित छन्। स्थानीय सबिना बोहजुले पहिलो पटक मन्दिरभित्रै पुगेर दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरिन्।
वि.सं. २०७२ सालको भूकम्पमा मन्दिर क्षतिग्रस्त भएपछि बाहिरबाटै महादेवको दर्शन गर्दै आएको स्मरण गर्दै उनले आज गर्भगृहमै पुगेर पूजा गर्ने दुर्लभ अवसर मिलेको सुनाइन्।
यसैबीच, हरितालिका तीज २०८३ को अवसरमा दरबार स्क्वायर परिसरमा रहेको प्रसिद्ध चारधाम क्षेत्रमा आज साँझ एकैसाथ भव्य तथा दिव्य महाआरती गरिने भएको छ।
भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालका अनुसार चारधाम क्षेत्रमा एकैपटक र एउटै समयमा महाआरती सञ्चालन गर्न लागिएको हो।
उच्च धार्मिक तथा आध्यात्मिक महत्त्व बोकेको यस महाआरतीमा तीजका ब्रतालु तथा दर्शनार्थीहरूको ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ।
संयोजक सुवालले साँझ आयोजना हुने विशेष महाआरतीमा सहभागी भई कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा निमन्त्रणा समेत गरेका छन्।
हरितालिका तीजका दिन भगवान् शिवको पूजा–आराधना गर्न पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। बिहानैदेखि लामो लाइन, दर्शनका लागि घण्टौँको प्रतीक्षा र मन्दिर परिसरमा हुने चहलपहल तीजको नियमित दृश्यजस्तै बनिसकेको छ। यसपटकको तीजमा भने पशुपतिनाथ मन्दिर परिसरको दृश्य विगतका वर्षभन्दा निकै फरक देखिएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि देश शोकमा रहेका बेला आएको यस वर्षको तीजमा धार्मिक आस्था र परम्परा भने कायम छ। विगतका वर्षमा जस्तो अत्यधिक भीड र उत्सवको रौनक भने कम देखिएको भक्तजनको अनुभव छ।
पशुपतिनाथ मन्दिरमा दोस्रोपटक तीजका अवसरमा पुगेकी विनिता शर्माले यसपटक दर्शन गर्न विगतको तुलनामा निकै कम समय लागेको बताइन्। ‘अघिल्लो पटक आउँदा करिब दुई घण्टा जति लागेको थियो। यसपटक भने आधा घण्टा पनि लागेन,’ शर्माले भनिन्।
७२ वर्षीया सावित्रा न्यौपानेको अनुभव भने अझ फरक छ। तीजका अवसरमा मात्रै पशुपतिनाथमा करिब २० देखि २५ पटक आइसकेकी न्यौपानेले आफ्नो जीवनकालमा यसपटकजस्तो खल्लो तीज कहिल्यै अनुभव नगरेको बताइन्।
तीजमा पशुपतिनाथ आउँदा विगतमा देखिने भीड र चहलपहलको तुलनामा यसपटक मन्दिर परिसर निकै खुला रहेको उनको अनुभव छ।
हरेक वर्ष तीजका दिन पशुपतिनाथ पुग्ने ४५ वर्षीया आशा थापाको अनुभव पनि उस्तै छ। सिनामंगलबाट पशुपतिनाथ आएकी थापाले विगतका वर्षमा दर्शनका लागि चार घण्टासम्म लाइनमा बस्नुपरेको सम्झिइन्। तर यसपटक भने आधा घण्टा पनि नलागी दर्शन गर्न पाएको उनले बताइन्।
थापाका अनुसार यसपटक पनि विगतमा जस्तै पशुपतिनाथमा दर्शनका लागि चारै ढोका खुल्ला गरिएको छ।
उनले विगतका वर्षको कठिनाइसमेत सम्झिइन्। उनका अनुसार पहिले तीजका दिन पशुपतिनाथमा एकैपटक तीन-चारवटा लाइनसम्म हुने गरेको थियो। तीमध्ये कुन लाइनबाट दर्शन छिटो हुन्छ भन्ने अन्योलसमेत हुने गरेको र घण्टौँसम्म उभिएर पालो कुर्नुपर्ने अवस्था रहेको उनले बताइन्।
‘पहिले त एकपटकमा तीन-चारवटा लाइनसम्म हुन्थे। दुई-तीन घण्टा त लाइनमै बित्थ्यो। कहिलेकाहीँ चार घण्टासम्म पनि कुर्नुपर्थ्यो,’ थापाले आफ्नो अनुभव सुनाइन्।
उनका अनुसार लामो समय लाइनमा उभिँदा व्रतालु महिलालाई निकै कठिन हुने गरेको थियो। गर्मी, भीड र लामो प्रतीक्षाका कारण शारीरिक रूपमा समेत समस्या हुने गरेको उनले सम्झिइन्। यसपटक भने व्यवस्थापनका कारण दर्शन सहज भएको उनको भनाइ छ।
विनिता शर्मा, सावित्रा न्यौपाने र आशा थापाको अनुभवले यस वर्षको तीजमा पशुपतिनाथमा देखिएको फरक अवस्थालाई झल्काउँछ। उमेर र अनुभव फरक भए पनि तीनै जनाको अनुभवमा एउटा समानता छ-विगतका वर्षको तुलनामा यसपटक दर्शन सहज र छिटो तथा यसपटकको तिज विपद्का कारण केही खल्लो र फिका भएको छ।
पशुपतिनाथमा तीजका अवसरमा भक्तजनको उपस्थिति ठिकठाक मात्र रहेको छ। बिहानैदेखि व्रतालु महिला तथा अन्य भक्तजन दर्शनका लागि पुगेका छन्। विगतका वर्षमा जस्तो लामो समयसम्म लाइनमा उभिनुपर्ने अवस्था धेरै कम भएको र व्रतालुको संख्या पनि कम रहेको भक्तजन बताउँछन्।
तीज नेपाली महिलाको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। यस दिन महिलाहरू व्रत बसेर भगवान् शिवको पूजा तथा आराधना गर्छन्। परिवारको सुख-शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै शिवालय पुग्ने परम्परा छ।
तीजको मुख्य दिन पशुपतिनाथमा विशेष भीड हुने गर्छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै उपत्यका बाहिरबाट समेत भक्तजन दर्शनका लागि आउने गरेका थिए। त्यसैले तीजका दिन पशुपति क्षेत्रको व्यवस्थापन चुनौतीपूर्ण हुने गर्थियो।
तस्बिर: द्वारिका काफ्ले/नागरिक
यस वर्षको अवस्था विगतभन्दा फरक देखिएको छ। मन्दिर परिसरमा भक्तजनको उपस्थिति रहे पनि लामो र अस्तव्यस्त भीडको अवस्था कम छ। लाइन व्यवस्थापन पनि तुलनात्मक रूपमा सहज देखिएको भक्तजनको अनुभव छ।
यस वर्षको तीजको माहोल फरक हुनुमा रसुवाको भोटेकोशी बाढीको प्रभावलाई पनि जोडेर हेर्न थालिएको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएपछि देशभर शोकको वातावरण बनेको छ। विपद्मा परेका परिवार र प्रभावित क्षेत्रका नागरिकको पीडाले चाडपर्वको उत्सवमा समेत प्रभाव पारेको छ।
विगतका वर्षमा तीज आउनुभन्दा धेरै दिनअघिदेखि नै दर खाने कार्यक्रम, सांस्कृतिक कार्यक्रम र नाचगानले काठमाडौंका विभिन्न क्षेत्र भरिन्थे। तीजका दिन महिलाहरू समूह बनाएर शिवालय जाने, पूजा गर्ने र उत्सव मनाउने गर्थे। यसपटक पनि यस्ता गतिविधि भए पनि धेरैको ध्यान विपद् प्रभावित परिवारतर्फ गएको देखिन्छ।
पशुपतिनाथ पुगेका केही भक्तजनले भगवान् शिवसँग आफ्ना परिवारको सुख-शान्तिसँगै भोटेकोशी बाढीमा प्रभावित भएका परिवारको उद्धार, सुरक्षा र पुनःस्थापनाको कामना समेत गरेका छन्।
भोटेकोशी बाढीको पीडाबीच आएको यस वर्षको तीजले धार्मिक आस्थासँगै सामाजिक संवेदनशीलताको सन्देश पनि दिएको छ। चाडपर्व मनाइरहँदा विपद्मा परेका परिवारलाई सम्झनु, उनीहरूको पीडाप्रति संवेदनशील बन्नु र आवश्यक सहयोग गर्नु अहिलेको आवश्यकता बनेको छ।
पशुपतिनाथमा भेटिएका भक्तजनका अनुभवले यस वर्षको तीजलाई एउटा फरक कोणबाट देखाएको छ। कसैका लागि दर्शन सहज भयो, कसैका लागि मन्दिर परिसर अस्वाभाविक रूपमा खुला देखियो भने कसैका लागि विगतको चार घण्टे प्रतीक्षाको तुलनामा आधा घण्टामै दर्शन पूरा भयो। तर उनीहरूको अनुभवको साझा भाव एउटै छ-यसपटकको तीज विगतका वर्षजस्तो छैन।
रसुवाको भोटेकोशी बाढीले दिएको पीडाको प्रभावबीच मनाइएको यस वर्षको तीजमा पशुपतिनाथमा घण्टी बजिरहे, पूजा-आराधना चलिरह्यो र भक्तजनले शिवको दर्शन गरे। तर त्यो धार्मिक उत्सवसँगै धेरैको मनमा विपद्मा परेका परिवारका लागि प्रार्थना पनि जोडिएको छ। यही कारण यस वर्षको तीज धेरैका लागि केवल पर्व नभई पीडाबीचको श्रद्धा र सहानुभूतिको दिन बनेको छ।
यस वर्षको तीजमा काठमाडौंभित्रका शिवालयमा मात्रै होइन, अन्य शिवालयमा समेत विगतको तुलनामा तीजको माहोल त्यति धेरै नरहेको पाइएको छ। यस वर्ष नाच गान लगायतका गतिविधी समेत ठप्प जस्तै रहेको छ ।
पशुपतिनाथ मन्दिरमा हरितालिका तीजको अवसरमा दिउँसोसम्म २४ हजार जनाले दर्शन गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवं प्रवक्ता दानबहादुर थापाका अनुसार दिउँसो १२ बजेसम्म २४ हजारले पशुपतिनाथको दर्शन गरेका हुन्।
पशुपति क्षेत्रका विभिन्न स्थानमा दुईदेखि तीन हजार महिला नाचगान गरिरहेका छन् भने चारवटै ढोकातर्फ गरी दुई हजारदेखि दुई हजार ५०० दर्शनार्थी लाइनमा छन्।
उनका अनुसार हालसम्म कुनै अप्रिय घटना वा दुर्घटना भएको छैन। दर्शन, सुरक्षा, स्वास्थ्य, खोजी तथा पुनर्मिलनका लागि आवश्यक व्यवस्थापन भइरहेको थापाले बताएका छन्।
प्रहरीले पशुपतिनाथ दर्शन गर्न आउने श्रद्धालुलाई आफ्ना आफन्त र साथमा रहेका सामानको सुरक्षा गर्न तथा कुनै समस्या भए नजिकैको प्रहरी हेल्प डेस्कमा सम्पर्क गर्न आग्रह गरेको छ।
साथै तीज पर्वलाई सभ्य, सुरक्षित र व्यवस्थित रूपमा मनाउन प्रहरीले आग्रह गरेको छ।
आज हरितालिकाका तीजको अवसरमा देशभरिका शिवालयहरूमा व्रतालुहरूको बिहानैदेखि  भिड लागेको छ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायु होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ।
यस वर्ष भोटेकोसी बाढीमा भएको ठुलो मानवीय एवं भौतिक क्षतिका कारण शिवालयहरूमा आउने भक्तजन गत वर्षहरूको भन्दा निकै कमी रहेको छ। यस वर्ष नाचगान लगायतका गतिविधि समेत ठप्प जस्तै रहेको छ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए। आज दिउँसो महाकवि देवकोटा सङ्ग्रहालय मैतीदेवीमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी गर्न लागिएको उनले बताए। कार्यक्रममा उनका छोरा पद्म देवकोटाले स्मृतिपत्र र महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते अर्थात् कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा)का दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनको निधन भने २०१६ साल भदौ २९ गते भएको हो।
दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ। नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा उनले महत्त्वपूर्ण योगदान दिएका थिए। महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे।
विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए। वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकैदिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो। देवकोटाको कवि-प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ।
चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो।
महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे। उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन्। विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’, ‘सुन्दरी प्रोजर्पिना’जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन्।