Nagarik News - धर्म/संस्कृति
बलादानीको पर्वका रूपमा मुस्लिम समुदायले मनाउने मुर्हरमप्रति हिन्दु समुदायको समेत आस्था बढ्दै गएको छ।
मुस्लिमहरूको पर्व भए पनि हिन्दुहरूले समेत बर्षो देखि अङ्गीकार गर्दै आए पछि जिल्लामा यो पर्वले धार्मिक सद्भाव छर्दै आएको हो।
मुस्लिम समुदायको महान् पर्व तराईका हिन्दुहरूले पनि धूमधामसँग मुर्हरम मनाउन थालेपछि यसप्रति आस्था बढ्दै गएको छ। मुस्लिमहरूको तेस्रो महान् पर्व भए पनि हिन्दुहरूको यो पर्वप्रति आस्था बढ्दै गएको हो।
हिन्दु समुदायको समेत आस्था बढ्दै गएपछि मुर्हरम सद्भावको पर्व बन्दै गएको छ। यो पर्वको अहिले तराईमा रौनक समेत बढ्दै गएको छ। तराई मुलका हिन्दु र थारु समुदायमा समेत यो पर्व मनाउन थाले पनि यसको रौनक अहिले जिल्लाको दक्षिणी भेगमा बढेको छ।
एक महिना अघि देखि यो पर्व मनाउन हिन्दु मधेसी समुदायले आफ्नो गाउँ घरमा ढोलक तासा बजाउँदै नाच गान गरेर मनाउने गरेका छन्। हिन्दुहरूले समेत मनाउन थालेपछि यो धार्मिक सद्भाव पर्वको रुपमा विकसित हुँदै गएको हो। तराईका हिन्दु मधेसी, थारुहरूले समेत यो पर्व धूमधामले मनाउन थालेपछि छुट्टै रौनकता थपिएको छ।
भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संवृद्धि तथा मनोच्छा पुरा हुने गरेको भक्तजनहरू बताउँछन्। साथै यो पर्व श्रद्धा पूर्वक मनाउनाले पारिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक विश्वास रहेको छ।
असार १२ गते शुक्रबार मनाइने मुर्हरमका लागि तौलिहवाको मस्जिद टोलमा तहाजिया किन्न बुधवार आएका यशोधरा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा मर्यादपुरका राम कुमार मौर्यले ७ वर्ष अघि देखि मुर्हरम मनाउन थालेको बताए। ५ वर्ष अघि नै आफ्नो मनोकामना पुरा भएको उनले बताए।
‘यो पर्व मनाउनाले पारिवारिक सुख र मनोकामना पुरा हुने भएकाले आँगालेका हौ’ उनले भने। ताहाजिया किनेका उनले पुरै परिवार मिलेर यो पर्व मनाउने तयारी गरेको बताए। मुस्लिम दाजुभाईहरुसँगै यो पर्व मनाउन पाउँदा आफूलाई निकै खुसी लागेको उनले खुसी व्यक्त गरे।
मायादेवी गाउँपालिकाको डुमराका झिन्कु यादवले आफ्नो बुवाको पाला देखि नै यो पर्व मनाउँदै आएकाले आफूले पनि त्यसको निरन्तरता दिएको बताए। उनले यो पर्व मनाउँदा फलिफाप भएकाले आफ्नो जीवनकाल भरी मनाउने उनले बताए।
कपिलवस्तु नगरपालिका– ९  निग्लिहवाका रामरति थारुले बाजेकै पालादेखि मनाउँदै आएकोले आफूले पनि त्यसलाई निरन्तरता दिएको बताए। ‘बाजेकै पाला देखि मुर्हरम मनाउँदै आएका छौ, मलाई पनि राम्रो लागेकोले अँगालेको हुँ’, उनले भने।
मुस्लिम समुदायले मात्र मनाउने यो पर्व मनाउने हिन्दुहरूको संख्या बढ्दै गएको छ। अहिले यो पर्वलाई मधेसका हिन्दु समुदायले समेत अँगालेकोले सद्भाव कायम गर्न यसले निकै मद्दत मिलेको अधिकारकर्मी रामदयाल ठाकुरले बताए।
‘देशमै मुस्लिमहरूको दोस्रो ठुलो बाहुल्यता रहेको जिल्लामा दुवै समुदायले सामुहिक रुपमा यो पर्व मनाएकोले एक आपसमा भाइचारा कायम गरेको छ ’,उनले भने। मुस्लिम समुदाय भन्दा हिन्दुहरूको मुर्हरम प्रति आस्था बढ्दै गएको उनले बताए।
आफ्ना धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झना स्वरूप यो पर्व मनाइने गरिन्छ। हुसैनको प्रतीक स्वरूप तहाजियाको पूजा गरिने प्रचलन रहेको छ। इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भए पछि यो एक देखि १० तारेख सम्म मनाइने गरिन्छ घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुर्हरमका दिन करबलामा लगेर सेलाइने चलन छ।
हिन्दुहरूले घरमा पूजा गर्दा ढोल, तासा लगायत बाजा बजाउने गर्दछन्। मुस्लिम समुदायले भने मुर्हरमका दिन साहसिक प्रदर्शन गर्ने गर्छन्। १४ सय वर्ष पहिले ईमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफू सहित ७२ जना पूरै परिवारले प्राणको आहुति दिएको सम्झना स्वरूप मुहर्रम मनाउँदै आएको मुस्लीम धर्म गुरुहरु बताउँछन्।
मुस्लिम समुदायले भने यो पर्वलाई मातमका रुपमा मनाउने गर्छन्। इस्लामलाई बचाउन सहादत र बलिदान, आहुति दिएकाले हुसेनको सम्झनामा यो पर्व मनाइने गरिएको मुस्लिम मौलाना बताउँछन्।
अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ। इस्लामिक नयाँ वर्ष हिजरी संबत्को एक देखि १० दिन सम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउँछन्। मोहर्रमको १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै मस्दिजमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए।
यो पर्वको प्रतिकका रुपमा कागज र बासबाट बनेको ताहाजियाको पुजा गर्ने गरिन्छ । रंगीविरगी कागजलाई हस्तकलाको माध्यम बाट मन्दिरको आकारमा सजाई बाँस काठको सहायताले तहजीया निर्माण गरिन्छ। व्यापारीहरूले ताहजिया बनाएर बिक्री गर्ने गर्छन्।
मुर्हरम पर्वमा ४ पालिकाले दिए स्थानीय बिदा
कपिलवस्तुका४ पालिकाले मुर्हरम पर्वलाई लक्षित गरी असार १२ गते बिदा दिएका छन्। यशोधरा, शुद्धोदन गाउँपालिका तथा कृष्णनगर र कपिलवस्तु नगरपालिकाले मुर्हरम पर्वमा बिदा दिएका हुन्। गाउँपालिकाले सूचना जारी गरी शुक्रवारका लागि बिदा दिएको जनाएका छन्।
वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन्।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ।
यस वर्ष अधिकमासका कारण सौरमासअनुसारको ज्येष्ठ शुक्ल एकादशीमा तुलसी रोप्न नहुने भएकाले शुद्ध ज्येष्ठ एकादशीका दिन आज तुलसीको दल राख्न लागिएको हो।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास पनि भनिन्छ।
चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए। आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ। तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ। रासस
पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ। धेरै स्थानीय सामग्रीको प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका संरचना धमाधम निर्माण भइरहेका छन्।
मेची राजमार्ग नजिकै दृश्यावलोकनका लागि उपयुक्त यस स्थानमा आकर्षक संरचनासहितको माङहिम र अग्निकुण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ। माङहिम परिसरमा सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमासमेत स्थापना भएपछि यो स्थान धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको हो।
यसै साता इलामको माङ्सेबुङबाट महागुरु फाल्गुनन्दको साढे सात फिटको प्रतिमा ल्याई स्थापना गरिएको हिलिहाङ–६ का वडाध्यक्ष गणेशप्रसाद योङहाङले बताए।
एकै ढुङ्गाबाट बनेको उक्त प्रतिमा वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको आज्ञाअनुसार स्थापना गरिएको वडाध्यक्ष योङहाङले बताए। प्रतिमा निर्माणमा मात्रै १५ लाख खर्च भएको र माङहिममा स्थापित गर्न थप तीन लाख रुपैयाँ लागेको उनको भनाइ छ।
स्थानीय ढुङ्गा काटेर माङहिम र अग्निकुण्डका संरचना निर्माण गरिएको छ। “यहाँ पाइने विशेष प्रकारका ढुङ्गा काटेर प्रयोग गरेका कारण निर्माणमा लामो समय लागेको हो”, वडाध्यक्ष योङहाङले भने, “जसले लागत पनि बढेर गएको हो।”
आत्मा पवित्र गुराँसे माङहिम नौ वर्षदेखि निर्माण भइरहेको छ। वडाध्यक्ष योङहाङका अनुसार २०७३ सालमा भारपा गाविस हुँदै २५ हजार बजेटबाट माङहिम निर्माण सुरुआत भएको थियो। माङहिम निर्माण गर्न स्थानीयवासी काजीमान योङहाङका छोरा कविन्द्र योङहाङले चार रोपनी, राजकुमार योङहाङले चार रोपनी र श्रीप्रसाद योङहाङले आठ आना जग्गा उपलब्ध गराएको वडाध्यक्ष योङहाङले बताए।
माङहिम निर्माणमा हालसम्म करिब एक करोड रुपैयाँ लगानी भएको तर कुल एक करोड ५० लाखको लागतमा माङहिमका संरचना निर्माण गर्ने डिपिआर बनेका कारण अझै धेरै रकम आवश्यक रहेको उनले बताए। माङहिममा भित्री संरचना, सिँढीमार्ग, घेराबारा तथा ढलानका काम बाँकी रहेको वडाध्यक्ष योङहाङको भनाइ छ।
माङहिम निर्माणाधीनस्थल नजिकै लिम्बूवानका अन्तिम राजा हिलिहाङका फौज बस्ने गरेको स्थान पुलुथुम्कीसमेत रहेको छ। पुलुथुम्कीमा पनि पर्यटकीय आवश्यक संरचना निर्माण गरी यस स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ।
माङहिम निर्माणमा धेरै लगानी विभिन्न सङ्घसंस्था, दानवीर व्यक्ति, विदेशमा रहेका तथा वैदेशिक रोजगारीमा नेपालीले दिएको दानबाट भइरहेको र हिलिहाङ गाउँपालिकाले समेत केही लगानी गर्दै आएको वडाध्यक्ष योङहाङले जानकारी दिए। वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देन तथा गुरुआमा पवित्रहाङ्मा लिङ्देनबाट प्रतिमा अनावरण र माङहिम उद्घाटन गर्ने तयारी गरिएको उनको भनाइ छ।
हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले गाउँपालिकाले माङहिमको विकासमा सक्दो लगानी गरिरहेको बताए। प्रदेश र सङ्घीय सरकारबाट थप लगानी प्राप्त हुन नसक्दा माङहिममा सोचेअनुसारका संरचना निर्माण गर्न नसकिएको अधिकारीको भनाइ छ।
आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसङ्ख्यक समुदाय दरैको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको चुड्का नाच संरक्षणमा जुटेको छ। ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस्तौँदेखि दरै समुदायको पहिचानसँग जोडिएको चुड्का नाचलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले लोपोन्मुख बन्दै गएका अभौतिक सम्पदाको संरक्षणमा जुटेको हो।
चुड्का नाच दरै समुदायको परम्परागत लोकनृत्य हो, जसमा सामूहिक रूपमा गीत गाउँदै र तालबद्ध रूपमा नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादर दरैले बताए। “व्यास नगर प्रज्ञाप्रतिष्ठानको सहयोगमा प्रतियोगिता गरिएको हो।
विशेषगरी विवाह, पर्व, उत्सव तथा सामुदायिक कार्यक्रममा प्रस्तुत गरिने यो नाच दरै समुदायको सांस्कृतिक पहिचानका रूपमा महत्त्वपूर्ण रहेको छ”, उनले भने, “पठनपाठन, सहरीकरणले अहिले समुदायको युवापुस्ता रोजगारीलगायतका कार्यले चुड्का नाच हराउँदै गएको छ। यसको संरक्षणका लागि प्रतियोगिता गरिएको हो।”
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा दरै समुदायको कुल जनसङ्ख्या १८ हजार ६९५ रहेको छ। गण्डकी प्रदेशका तनहुँ, गोरखा र नवलपुर जिल्लामा दरै समुदायको उल्लेख्य बसोबास छ। जनसङ्ख्या कम हुनु र युवापुस्ता वैदेशिक रोजगारी तथा अध्ययनका लागि बाहिरिनुले चुड्का नाच संरक्षणमा चुनौती थपिएको समाजका सचिव विजय दरैले बताए।
तनहुँको व्यास नगरपालिका उद्गम थलो मानिएका यस समुदायको बाक्लो बासोबास रहेको छ भने ऋषिङ र घिरिङ गाउँपालिकामा पनि बसोबास गर्दै आएका यी समुदायको पछिल्लो समय युवालाई लक्षित गरी चुड्का नाच प्रतियोगिता कार्यक्रम सञ्चालन गरिएका विजयले बताए। “दरै समाज तथा सांस्कृतिक समूहले ज्येष्ठ पुस्ताबाट गीत र नृत्य सिकाएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास थालिएको हो”, उनले भने।
दरै समाज तनहुँका उपाध्यक्ष विमल दरैले पहिले गाउँका अधिकांश युवा चुड्का नाचमा सहभागी हुने गर्थे तर अहिले मोबाइल, इन्टरनेट र आधुनिक मनोरञ्जनका साधनको प्रभाव बढेसँगै परम्परागत संस्कृतिप्रतिको आकर्षण घट्दै गएको छ”, उनले भने, “त्यसैले समुदायस्तरमै संरक्षणका कार्यक्रम आवश्यक बनेका छन्।”
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले चुड्का नाच मनोरञ्जनको माध्यम मात्र नभई दरै समुदायको इतिहास, सामाजिक सम्बन्ध, जीवनशैली र सामूहिक भावनाको अभिव्यक्ति भएको बताए। “गीतका शब्दमा प्रकृति, प्रेम, श्रम, कृषि र सामाजिक जीवनका विविध पक्ष समेटिएका हुन्छन्”, उनले भने, “समुदायका ज्येष्ठ नागरिकसँग रहेका पुराना चुड्का गीत सङ्कलन गर्ने कामलाई प्रोत्साहन गर्नेछ।”
मौखिक रूपमा पुस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा लिखित र डिजिटल अभिलेखमा राख्नुपर्ने आवश्यकता महसुस गरिएको नगरप्रमुख न्यौपानेले बताए।
लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षणका लागि बजेट विनियोजन गर्दै आएका उनले बताए। दरै समुदायका युवाले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत चुड्का नाचको प्रचारप्रसार बढाउन थालेका छन्। संरक्षण अभियान दिगो बनाउन आर्थिक स्रोत, प्रशिक्षण, अनुसन्धान तथा अभिलेखीकरणमा थप लगानी आवश्यक रहेको सरोकारवाला बताउँछन्। विद्यालय तहदेखि स्थानीय पाठ्यक्रममा दरै समुदायको संस्कृति समावेश गर्न सके संरक्षण अभियान अझ प्रभावकारी हुने उनीहरूको सुझाव छ।
प्रतियोगितामा व्यास–१० स्थित दुम्सी दरै समाज प्रथम, बैरेनी दरै समाज द्वितीय र दुम्सीचौर दरै समाज तृतीय भएका छन्। सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार वितरण गरिएको समाजले जनाएको छ। व्यास–११ स्थित पोल्याङ दरै समाज चौथो र साँखर दरै समाज पाँचौँ भएका छन्।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षण राष्ट्रिय दायित्वसमेत हो। दरै समुदायले आफ्नो पहिचानसँग जोडिएको चुड्का नाच जोगाउन थालेका प्रयासले सांस्कृतिक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।
चुड्का नाच एउटा नृत्य मात्र होइन, दरै समुदायको इतिहास, पहिचान र अस्तित्वसँग जोडिएको अमूल्य सम्पदा हो। त्यसैले यसको संरक्षणमा समुदाय, स्थानीय सरकार र सम्बन्धित निकायको साझा प्रयास आवश्यक देखिएको छ।
तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजित तिलिचो ताल भक्ति यात्रा, २०८३ सम्पन्न भएको छ। श्री १००८ स्वामी ऋषि प्रपन्नचार्यको सङ्कल्पमा आयोजना गरिएका यात्रा आज सकिएको हो।
विभिन्न स्थानबाट सहभागी भक्ति यात्रामा सहभागी भक्तजनहरुले मुस्ताङको जोमसोम, ठिनी हुँदै तिलिचो तालको भक्ति यात्रा तय गरेको थियो।
मुस्ताङ हुँदै तिलिचो पदमार्गमा पर्ने प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली क्षेत्रको अवलोकन गर्दै भक्ति यात्रा टोली धार्मिक तथा सांंस्कृतिक गतिविधिमा सहभागी भएका थिए।
प्रपन्नाचार्यसहित सहभागीहरु भक्ति यात्रा टोलीले तिलिचो तालमा वाल्मीकीय रामायण पाठपरायण तीर्थ पूजा आराधना, भजन कीर्तन तथा सत्सङ्ग कार्यक्रम सञ्चालन गरेका यात्रामा सहभागी गुरु ईश्वर रेग्मीले जानकारी दिए।
भक्तजनहरुबीचको धार्मिक आस्था, आपसी सद्भाव तथा आध्यामिक चेतनाको विकास गर्न भक्ति यात्राले महत्वपूर्ण योगदान पुर्‍याएको गुरु रेग्मीले उल्लेख बताए।
यसअघि तिलिचो भक्ति यात्राका लागि मुस्ताङ आएको टोली मुस्ताङको घरपझोङ गाउँपालिका यात्रासम्बन्धी अन्तरक्रिया गरेको थियो।
टोलीले तिलिचो भक्ति यात्रा पूरा गरेसँगै व्यवस्थापनका लागि सहयोग पुर्‍याएको प्रतिघरपझोङ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायलगायत सरोकारवाला निकायलाई धन्यवाद व्यक्त गरेको छ।
यात्रा टोलीले यसप्रकारको धार्मिक तथा आध्यात्मिक यात्रा आगामी वर्षहरुमा पनि निरन्तरता दिँदै जाने उल्लेख गरेको छ। यात्राका लागि तिलिचो पुगेको भक्तजनसहितको टोलीले सुख, शान्ति र समृद्धिको कामना गरिएको थियो।
पौराणिककालमा काग भुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरेर कागबेनी धाममा स्नान गरेको जनविश्वास छ।
भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौमाताको प्रतिमा अनावरण गरिएको छ।
धार्मिक किंवदन्तीअनुसार पाँचथुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउँदै गरेको प्रतीकात्मक आकृतिमा उक्त प्रतिमा निर्माण गरिएको हो। एउटै शिलाबाट तयार गरिएको यो गाईको मूर्ति नेपालकै ठूलो भएको दाबी गाउँपालिकाले गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार करिब १२ लाख  रुपैयाँ लागतमा उक्त प्रतिमा निर्माण गरिएको हो। पञ्चकन्या मन्दिर निर्माणका लागि आयोजना गरिएको महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर निर्माण समितिमार्फत गौमाताको प्रतिमा स्थापना गरिएको उनले बताए।
मूर्ति दीर्घकालीन रूपमा सुरक्षित रहोस् भन्ने उद्देश्यले बलियो र गुणस्तरीय शिलाबाट निर्माण गरिएको भट्टराईले बताए। साथै गाउँपालिकाको करिब तीन लाख लागतमा शिव, गणेश, नाग र पञ्चकन्याका अन्य शिलामूर्तिहरू पनि मन्दिर परिसरमा स्थापना गरिएको छ।
पञ्चकन्या क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित संरक्षण र पूर्वाधार निर्माणका काम अघि बढाइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन्। उनका अनुसार यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष राईले पञ्चकन्या मन्दिरलाई ‘पूर्वको पशुपति’ का रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। किंवदन्तीअनुसार यस क्षेत्रमा गाई आएर पञ्चकन्या देवीलाई दूध चढाउने विश्वास रहेकाले सोही आधारमा गौमाताको प्रतिमा निर्माण गरिएको उनले स्पष्ट पारे।
स्थानीयवासी निरप्रसाद फुँयालका अनुसार पञ्चकन्या देवी शक्तिशाली मानिन्छिन् र यहाँ दर्शन गरेमा मानिसका चिताएका इच्छा पूरा हुने जनविश्वास छ। मन्दिरको किंवदन्तीलाई आधार बनाएर गाउँपालिकाले थालेको संरक्षण र विकासको काम प्रशंसनीय रहेको उनले बताए। साथै मन्दिर परिसरमा रहेको च्याङ्ग्रे पोखरीको पानी कहिल्यै नसुक्ने उनको भनाइ छ।
यहाँ गजुरसहित करिब ३१ फिट अग्लो पञ्चकन्या देवीको मन्दिर निर्माण भइरहेको छ। पुरातात्विक शैलीमा निर्माण गरिने मन्दिरको छाना तामाको बनाइने योजना छ। मन्दिर निर्माणको अनुमानित लागत एक करोड ८४ लाख रुपैयाँ छ। मन्दिर निर्माणका लागि २०८३ वैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको विराट महायज्ञबाट एक करोड सङ्कलन गरिएको थियो। त्यसपछि पनि दाताहरूबाट थप सहयोग जुट्ने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ।
करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ।
ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ।
वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसैक्रममा रथलाई जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको वडाध्यक्ष खड्काले जानकारी दिए।
संस्कृतिविद्हरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक हो। राजतन्त्रकालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छ्न्।
भोटो देखाउने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा रहेको वडाध्यक्ष खड्काले उल्लेख गरे।
उनले यस वर्षको जात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको बताउँदै भोटो जात्रामा सहभागी हुन आउने भक्तजन तथा दर्शकलाई आवश्यक सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे। साथै उनले जावलाखेल क्षेत्रमा फुटपाथमा व्यापार नर्गन सम्बन्धित सबैलाई आग्रह गरे। रासस
नवदुर्गा जात्रा अन्तर्गत भक्तपुरमा बिहीबार दानव र देवगणबीचको संघर्षलाई सांस्कृतिक रूपमा प्रदर्शन गरिने भएको छ। शताब्दीयौँदेखि सञ्चालन हुँदै आएको यो जात्रा नवदुर्गा द्योछें मा दिनभर सञ्चालन हुने आयोजकले जनाएको छ।
नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था का अनुसार वार्षिक देवाली पूजा (स्वं छा) को अवसरमा आयोजना हुने कार्यक्रममा विशेषगरी साँझदेखि रातिसम्म मुख्य सांस्कृतिक प्रस्तुति हुनेछ।
संस्थाका प्रमुख सल्लाहकार नारायणमान वनमाला का अनुसार जात्रामार्फत सत्यको विजय र असत्यमाथि सत्यमार्फत स्थापित हुने सन्देश प्रवाह गरिन्छ। यस वर्ष अतिरिक्त महिना ९मलमास० का कारण देवाली पूजा असार महिनामा परेको उनले जानकारी दिए।
देवाली पूजाका अवसरमा नवदुर्गा मन्दिरमा विशेष पूजा, फूलमाला सजावट, बलि अर्पण तथा विभिन्न धार्मिक अनुष्ठान गरिने कार्यक्रम रहेको छ। पूजाका क्रममा देवताको मुकुण्डो सार्वजनिक रूपमा राखेर बाजागाजासहित पूजा गर्ने परम्परा रहेको जनाइएको छ।
संस्थाले जात्रा तथा देवाली पूजाको अवलोकन गर्न भक्तजन तथा सर्वसाधारणलाई उपस्थित हुन आग्रह गरेको छ।
आयोजकका अनुसार यस वर्षको नवदुर्गा जात्रा अन्तर्गत आगामी असार ११ गते इछुटोलमा ङालाकेगु जात्रा, असार २१ गते तलेजु मूलचोकमा अन्तिम भोज तथा कालरात्रि नाच र असार २३ गते नगर परिक्रमा तथा ब्रह्मायणी पीठमा मुकुण्डो दहन गरेपछि जात्रा औपचारिक रूपमा सम्पन्न हुनेछ।
सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ।
सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ। अधिक ज्येष्ठ कृष्ण औँसी आज (सोमबार) परेको हो।
सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँसी पर्ने गरेको बताउँछन्।
सोमबारे औँसी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको उनले बताए। औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ। सोमबार औँसी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ। प्रत्येक महिनामा आउने औँसीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रही आएको छ।
माता, पिता नहुनेले भने औँसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन्। यसका लागि पनि सोमबार परेको औँसी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् भट्टराईले बताए। यस अवसरमा विभिन्न तीर्थमा स्नान गर्नेको भीड लागिरहेको छ।
आजै जेठ ३ गतेदेखि सुरु भएको अधिकमासअर्थात् मलमास पनि सकिने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ। अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ। यस अवसरमा काठमाडौंको दक्षिण पश्चिमस्थित मत्स्यनारायण मन्दिरमा मेला लागिरहेको छ। मेलाको आज अन्तिम दिन हो।
यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको नृसिंहधाममा पनि एक महिने मेला लागिरहेको छ।
सम्पूर्ण मिथिलाञ्चलमा विवाहपञ्चमी, रामनवमी र जानकीनवमी महोत्सव प्रतिवर्ष उल्लास एवं उमङ्गपूर्वक मनाउने लामो परम्परा अद्यावधि प्रचलित छ। विवाहपञ्चमी मङ्सिर महिनाको शुक्लपक्षको पञ्चमीतिथिका दिन धुमधामसित मनाइन्छ। यस शुभअवसरमा मर्यादापुरुषोत्तम रामचन्द्र र जगज्जननी जानकीको शुभविवाह मिथिलाको प्रचीन राजधानी जनकपुरमा सुसम्पन्न भएको थियो। अतः आज पनि विवाहपञ्चमी जनकपुरधाममा उल्लासपूर्ण वातावरणमा मनाइन्छ। जानकीनवमीको सुखद मुहूर्तमा राजर्षि जनककी आत्मजाका रूपमा जगज्जननी जानकीको प्रदुर्भाव भएको कुरा पनि सारप्रसिद्ध नै छ। यी तीनवटै महोत्सव अध्यापि जनकपुरमा बडो उत्साह र उमङ्गसाथ मनाइन्छन्। यसमा हिन्दु धर्मावलम्बीहरू अत्यधिक सङ्ख्यामा सहभागी हुनु सर्वथा स्वाभाविक हो किनभने रामचन्द्र हिन्दुहरूका आराध्यदेव र इष्टदेव हुन् भने सतीशिरोमणि सीता इष्टदेवी।
राजर्षि जनकको गृहनगरी जनकपुरमा माता जानकीको जन्म जेठ सुदी नवमी तिथिमा भएको थियो। उनलाई अयोनिजा पनि भनिन्छ किनभने उनको जन्म आमाको कोखबाट नभएर धरती माताको कोखबाट भएको थियो। तसर्थ उनलाई भूमिजा भनिन्छ। जानकीको अर्को नाम मैथिली पनि हो किनभने मिथिलामा उनको जन्म भएको थियो। विदेह राजर्षि जनकका दरबारमा सीताको जन्म भएकाले उनलाई वैदेही पनि भन्ने गरिन्छ। राजा नजककी सुपुत्री भएकाले उनलाई जानकी भनिन्छ भने हलो जोत्दा भेटिएकीले उनलाई सीता पनि भनिन्छ।
एकचोटि राजा जनकको राज्य मिथिलामा भयङ्कर अनिकाल परेको थियो। राजा र प्रजा दुवैलाई घोर विपत्तिको सामना गर्नुपरेकाले राजालाई ऋषिमुनिहरूले के सल्लाह दिए भने यदि राजा जनकले आफ्ना हातले हलो जोत्नुभयो भने यस अनिकालबाट राजा र प्रजा दुवैलाई त्राण मिल्नेछ। अर्थात् वर्षा हुनेछ र जग्गाजमिन बन्जर भइसकेका अवस्थामा तिनमा उब्जनी हुन थाल्नेछ र चारैतिर हरियालीयुक्त वातावरण व्याप्त हुनेछ। यही सल्लाहअनुसार राजा जनकले भूमिपूजा गरेर हलेष्टि यज्ञको अनुष्ठान गर्नुभयो। राजा जनकले आफ्ना हातले हलो जोत्दा धरती माताका गर्भबाट एउटी सुन्दरी कन्या प्रकट भइन्। राजा जनकले ती कन्यालाई राजदरबारमा ल्याएर पालन–पोषण गर्न थाल्नु भयो। जानकीको यो जन्मकथा आज पनि मिथिलावासीहरूका जनजिब्रोमा जीवित छ।
जानकीलाई पाएर राजा जनक साह्रै खुसी हुनु स्वाभाविकै थियो। प्रजाको रक्षाका लागि हलो जोत्नेजस्तो प्रजातन्त्रको अनुपम उदाहरण राजा जनकले पेस गर्नुभयो। संसारमा प्रजातन्त्रको यस्तो उत्कृष्ट उदाहरण विरलै पाइन्छ। सम्पूर्ण मिथिलाञ्चल पूर्ण प्रजातान्त्रिक वातावरण पुरातनकालदेखि या भनूँ पौराणिक कालदेखि नै प्रचलित रहेको प्रत्यक्ष प्रमाण यसबाट प्राप्त हुन्छ। प्रजाको कल्याणार्थ राजाले जस्तोसुकै कष्ट पनि सहन सक्ने स्थिति स्वतः सृजित हुनु सर्वथा सराहनीय कुरो हो।
जगज्जननी जानकीको जन्मस्थल भएकाले जनकपुर संसारप्रसिद्ध तीर्थस्थल हुन पुगेको छ। तदुपरान्त राम र सीताको सम्पूर्ण वैवाहिक कार्यक्रम यहाँ सम्पन्न भएकाले जनकपुर आज संसारमा प्रसिद्ध पावन तीर्थधामका रूपमा पूजित एवं सम्मानित भएको छ। सीताको स्वयंवर पनि यहाँस्थित वरबिघा मैदामा सम्पन्न भएको थियो भने धनुषयज्ञसमेत यहीं सम्पन्न भएको थियो।
मिथिलानरेश जनक तथा कोशलनरेश दशरथका बिचमा सम्धीमिलन स्थलका रूपमा पनि जनकपुरले नै सौभाग्य प्राप्त गरेको थियो। राम र सीताको विवाहस्थल जनकपुर भएकाले यो ठाउँ नेपाल र भारतका बिच घनिष्ठ मित्रताको सेतुका रूपमा आज पनि सुपरिचित छ। यति मात्र होइन, राजर्षि जनकका चार सुपुत्रीहरूको शुभ विवाह राजा दशरथका चार भाइ सुपुत्रहरूसँग यहीं सम्पन्न भएको थियो। यो वैवाहिक सम्बन्ध संसारप्रसिद्ध छ। कविवर माधव घिमिरेले राम र सीताको वैवाहिक सम्बन्धलाई आफ्नो काव्यमय भाषाशैलीमा लिपिबद्ध गरेर मिथिलाको प्राचीन महत्त्वको लोभलाग्दो वर्णन यसरी गर्नुभएको छ–
जन्मिन् यहीं जानकी
मञ्जरीजस्तै धानकी
माण्डवी, कीर्ति, उर्मिला
बहिनी बालचञ्चला
लावण्यमयी जानकी
गहुँ र गोरी ज्यानकी
अर्पित भइन् राममा
यही हो मेरो मिथिला
धरती शस्यश्यामला।
भक्तहरू जानकीनवमीका शुभअवसरमा जनकपुरमा अवस्थित सरोवरमा एकाबिहानैदेखि स्नान गरी माता जानकीको पूजाआजा एवं शुभदर्शन गरेर आफूलाई धन्य ठान्छन्। जानकीको पावन स्मृतिमा निर्मित जानकी मन्दिरमा दर्शनार्थीहरू जगज्जननी जानकीको दर्शन गर्न आउँछन्। त्यहाँ पूजाआजा गरेर आफ्नो मनोवञ्छित फल प्राप्तिहेतु भाकल गर्छन्। यस अवसरमा विशेष रूपमा जानकी मन्दिरको परिसरलाई सजाइएको हुन्छ। यहाँ प्रसादका लागि फलफूल र मिठाईका पसलहरू पङ्क्तिबद्ध रूपमा राखिएका हुन्छन्।
व्रतालुहरू विशेष गरेर महिला दर्शनार्थीहरूको सहभागिता सराहनीय ढङ्गबाट भएको देखिन्छ। माता जानकी शक्तिको केन्द्रका रूपमा पूजित भएकाले निःसन्तान महिलाहरू सन्तानप्राप्तिका लागि यस अवसरमा विशेष उत्साहित र उमङ्गित देखिन्छन्। जानकीको दर्शनपछि सन्तान प्राप्त गरेका धेरै उदाहरण छन्। भारतको टिकमगढकी महारानीलाई पनि सन्तानप्राप्ति भएकाले नै उनले नौ लाख भारतीय रुपियाँ खर्च गरेर यस मन्दिरको निर्माण गराएकी थिइन्। तसर्थ यस मन्दिरको नाम नै नौलखा मन्दिर हुन गएको छ। यसलाई शीशमहल पनि भनिन्छ।
जानकीनवमीको अवसरमा विशेषतः माता जानकीको पूजाआराधना हुने भएकाले यस दिनमा महिलाहरू दिनभरि उपवास बसी यथासम्भव पूजनसामग्री लिएर जानकी मन्दिरमा पूजाआजा गर्छन्। जानकी मन्दिर परिसरमा महिलाहरूको विशेष भिड हुन्छ। यिनीहरू जानकीप्रति असीम श्रद्धा र अनुपम प्रेम सहज रूपमा प्रकट गर्छन्। यहाँ महिलाहरू आफ्नो अटल सौभाग्यप्राप्तिका लागि पनि वरदान मान्छन्। महिलाका निम्ति आदर्श र अनुकरणीय माता जानकीको श्रद्धा र भक्तिपूर्वक पूजाआराधना गर्दा उनीहरूको मनोकाङ्क्षा पूरा नहुने कुरै छैन। आदिशक्ति र भक्तिकी साक्षात् प्रतिमूर्ति जानकी सधैं पूजनीय अनुकरणीय रहँदै आएकाले उहाँको शक्ति र भक्तिमा सम्पूर्ण मिथिलाञ्चलाका महिलाहरू अटल विश्वास राख्छन् र आफ्नो सौभाग्य, सुखसमृद्धि र उन्नतिका लागि अहर्निश जानकनन्दिनी जानकीको भक्ति आराधना गर्छन्।
सीताको अविर्भाव र अवसान
सीता अयोनिजा हुन्, भूमिजा हुन् र कृषिकी देवी हुन्। वैदिक साहित्यमा जुन देवताहरूको उल्लेख पाइन्छ, तिनीहरू प्रकृतिका देवता हुन्। त्यहाँ सीता र उर्वराको उल्लेख पाइन्छ। तैत्तरीय उपनिषद्मा सीता–सावित्री, सूर्यकी सुपुत्री र सोम राजाको उल्लेख गरिएको छ। वैदिक साहित्यमा सीताका दुइटा भिन्नाभिन्नै रूपको उल्लेख भएको पाइन्छ। पहिलो कृषिकी अधिष्ठात्री देवी र दोस्रो राजा सोमसँगको सम्बद्धता। ऋग्वेद (मण्डल–१) मा सीता शब्द अग्नि शिखाको गुणको द्योतकका रूपमा प्रयुक्त छ। ऋग्वेददेखि गुह्य–सूत्रसम्म सीताको वर्णन आर्यजातिमा सीमित रहेको छ। सीताको मानवीकरण कहीं पनि गरिएको छैन। उनमा व्यक्तित्वको आरोपण असम्भव छ। सीता अयोनिजा र भूमिजा तथा कृषिकी देवीका रूपमा पूजित सम्मानित रहेको तथ्य स्वयम्सिद्ध छ।
सीताको लौकिक जन्म र व्यक्तित्वसित सम्बन्धित एउटा तालिका फादर कामिल बुल्केले आफ्नो रामकथामा प्रस्तुत गर्नुभएको छ:
क) जनकात्मजा
महाभारत, हरिवंश, कूर्मपुराण, पउमचरित्रम्, बाल्मीकि रामायण आदि।
ख) भूमिजा
१. प्रचलित वाल्मीकि रामायण तथा अधिकांश रामकथाहरू
२. दशरथ र मेनकाकी मानसपुत्री वाल्मीकीय रामायण
३. देववती अथवा लक्ष्मीकी अवतार
ग) सीता र लङ्का
रावणात्मजा
१. वसुदेव हिन्डी, गुणभद्रकृत उत्तरपुराण, महाभागवत पुराण
२. काश्मीरी रामायण, पाश्चात्य वृत्तान्त नं. १६१
३. तिब्बती तथा खोतानी रामायण
४. सेरत काण्ड, सेरीरामको पातानी पाठ
५. रामकियेन
६. रामजातक, पालक पालाम
पद्मजा
१. दशावतार चरित (११ औं शताब्दी ई.), तोखे रामायण
२. गोविन्दराजको वाल्मीकि रामायण
रत्क्लजा
१. अद्भुत रामायण (१५ औं शताब्दी ई.)
२. सिंहल द्वीपको रामकथा, विविध भारतीय वृत्तान्त
अग्निजा
१. आनन्द रामायण (१५ औं शताब्दी ई., भावार्थ रामायण)
फल अथवा वृक्षबाट उत्पन्न
१. पाश्चात्य वृत्तान्त नं. १९१
२. पाश्चात्य वृत्तान्त नं. ११
दशरथात्मजा
१. दशरथ जातक
२. जावाको रामकेलिंग, मलयको सेरीराम तथा हिकायत महाराज रावण, सीताको जन्मसम्बन्धी दुईवटा पुराकथा
१. भनिन्छ– एकचोटि राजर्षि जनकको राज्यमा भीषण अनिकाल प¥यो। अनावृष्टिले धरती फाट्यो। प्रजाजन त्राहि–त्राहि भए। आफ्ना ऋषिमुनि सल्लाहकारका सल्लाहअनुसार जनक आफैंले हलो चलाउनुभयो। हलो चलाउने क्रममा उहाँले एउटी अलौकिक कन्याको क्रन्दन सुन्नुभयो। जनकको वात्सल्य भावना जन्मियो। उहाँले ती कन्यालाई उठाएर कोखमा राख्नुभयो। त्यस दिनदेखि सीता जनकतनया कहलाउन थालिन्। राजर्षि जनकको राज्यमा चारैतिर राम्रो उब्जनी भयो। यो क्षेत्र मिथिलाञ्चलको नामले प्रसिद्ध भयो। राजर्षि जनकलाई मिथिलेश्वरको नामले बोलाइन्थ्यो र सीतालाई मैथिलीको नामले।
२. अर्को पुराकथाअनुसार मिथिलाञ्चल क्षेत्रका ऋषिमुनिहरूको हत्या गरी उनीहरूको रगतलाई जम्मा गरेर एउटा घैंटामा राखी त्यसलाई भुइँमा गाडिएको थियो। हलो जोत्ने क्रममा त्यो घैंटो फुट्यो र त्यसबाट एउटी अलौकिक बालिकाका रूपमा सीता जनकलाई प्राप्त भइन्।
३. संस्कृत साहित्यमा सीता: रामायण र महाभारतमा सर्वप्रथम सीताको जन्मबारे उल्लेख पाइन्छ। वाल्मीकि रामायणमा उहाँलाई ‘जनकात् जाता’ भनिएको छ तर यसबाट सीता जनककी सुपुत्री हुनुहुन्थ्यो भन्ने कुरा प्रस्ट हुँदैन। वायु र पद्मपुराणमा सीताका पिताको नाम ‘शिरध्वज’ भनिएको छ। यस पुराकथाको पुष्टि ‘सीतायन’मा यसरी गरिएको छ–
‘अब राजा लांगल्ल फिरावे, तब सुदल परजा सुख पावे
महि–पूजा अज बहु विधि करई, तबहिं प्रजा दुख संशय लरई’
–स्वामीश्री रामप्रियाशरणजी: सीतायन, पृ. ६
‘पावन भूमि सोहावन भयउ। रानी राय तहाँ तब गयउ,
भूमि पूजि बहुविधि अनुरागे। धरि लांगल्ल चलावन लागे
प्रगट भइँ सीता तेहि काला। सिया र रस मुद मंगल मला।’ –ऐजन पृ. ६
महाकवि भवभूतिले ‘उत्तररामचरित’मा शीरध्वज शब्दको प्रयोग जनकको पर्यायको रूपमा गरेका छन्। यसबाट के सिद्ध हुन्छ भने त्यस बखतसम्म सीता जनककी सुपुत्रीका रूपमा प्रसिद्ध भइसकेकी थिइन्।
वाल्मीकि रामायणमा सीता: वाल्मीकि रामायणमा सीताको चरित्राङ्कन महाकाव्यकी नायिकाका रूपमा गरिएको पाइन्छ। उनको चरित्रको गरिमाको कारणले गर्दा कदाचित् अनेक ठाउँमा लक्ष्मीका साथ उनको सौम्यको वर्णन गरिएको छ। कालान्तरमा जसरी रामको व्यक्तित्वको ईश्वरीकरण हुँदै गयो र उनी विष्णुको अवतारको रूपमा प्रसिद्ध हुँदै गए।
त्यसरी नै सीतालाई पनि विष्णु पत्नी लक्ष्मीको अभिन्न अंग सम्झिन थालियो। वाल्मीकि रामायणको प्रक्षिप्त अंशमा लक्ष्मी र सीतामा कुनै भेदभाव देखाइएको छैन। पुराणहरूमा त उनलाई साक्षात् लक्ष्मीको अवतार मानिएको छ। ‘रघुवंश’ महाकाव्यमा पनि उनको दैवी रूपको प्रतिष्ठा कायम नै छ। राम र सीताको व्यक्तित्वको दैवीकरणको क्रममा उनमा प्रकृतिको संज्ञा प्रदान गरिएको छ। स्कन्द पुराणमा बह्म विद्याको साक्षात् अवतार भनिएको छ। बौद्ध र जैन साहित्यमा सीतासम्बन्धी अनेक उल्लेख पाइन्छन्।
विदेशी रामकथाहरूमा सीता: विदेशमा प्रचलित रामकथाहरूमा पनि सीतासम्बन्धी यस्तै प्रकारको विकृत कल्पना भेटिन्छ। कहीं उनलाई मन्दोदरी पुत्री, कहीं रामकी बहिनी र कहीं माता बताइएको छ। संस्कृत काव्यमा सीता अनेक चारित्रिक विशेषतालाई चित्रित गरिएको छ। कालिदासद्वारा रघुवंशमा सीतालाई रामकी आदर्श पत्नीका रूपमा प्रस्तुत गरिएको छ। कालिदासले उनलाई अयोनिजा नै बताएका छन्।
आठौं शताब्दीमा रचित कुमारदास कृत ‘जानकीहरण काव्य’मा उनको चरित्रको करुण पक्षको चित्रण भएको छैन। अभिनवकृत रामचरित, क्षेमेन्द्रकृत ‘रामायणमञ्जरी’ आदि काव्यहरूमा सीताको चरित्रचित्रण पौराणिक परम्पारअनुरूप नै भएको छ। सीताको व्यक्तित्वमा पतिव्रता धर्मका साथसाथ उनको लक्ष्मीको अवतारको कल्पना बद्धमूल हुँदै आयो, जसबाट सबै परवर्ती काव्य अनिवार्य रूपबाट प्रभावित हुँदै गयो। सत्रौं शताब्दीको चक्रकविकृत ‘जानकी परिणय’मा पनि उनलाई अनन्त सौन्दर्यशालिनी महालक्ष्मीको स्वरूपमा चित्रण गरिएको छ।
संस्कृत नाट्य–साहित्यमा पनि रामका साथै सीताको व्यक्तित्वमा उत्तरोत्तर गौरव–गरिमाको वृद्धि र दैवी स्वरूपको प्रतिष्ठा हुँदै आएको देखिन्छ। भासकृत ‘प्रतिमा’ र ‘अभिषेक’ नाटकहरूमा सीतालाई साक्षात लक्ष्मी मानिएको छ। अग्नि परीक्षाको समयमा स्वयं अग्निदेवता प्रकट भएर सीतालाई ‘इमा भगवती लक्ष्मी’ भनेर सम्बोधित गर्छन्। सीताको करुण व्यक्तित्वको सबैभन्दा धेरै प्रभावशाली चित्र भवभूतिको ‘उत्तररामचरित’मा पाइन्छ। ‘हनुमन्नाटक’मा सीता स्वयंवर, रामसीता विवाह र सीताहरणको चित्रणमा सीताको अप्रतिभ सौन्दर्य, रतिविलास र विरह–व्याकुलताको सरस चित्रण पाइन्छ। सीतासम्बन्धी यिनै निर्देशहरू र चित्रणहरूका आधारमा हिन्दीका महाकवि तुलसीदासले उनको व्यक्तित्वको परम विकसित रूप आफ्नो ‘रामचरित मानस’मा प्रस्तुत गरे। तुलसीदासले सीताको चरित्रचित्रण गर्दा आदर्श पत्नीको रूपमा प्रस्तुत गर्दै उनलाई माता, अम्बा, जगज्जननी आदि सम्बोधनबाट विभूषित गर्दा थाक्दैनन्।
‘सीतायन’मा सीताको चरित्रकथा लिपिबद्ध गरिएको छ। यस ग्रन्थको रचना मिथिला निवासी शृङ्गारी रामोपासक रामप्रिया शरणले १७०३ मा गर्नुभएको थियो। सीताको चरित्रकथामा आधारित यो ग्रन्थ हिन्दीको एक मात्र प्रबन्ध काव्य हो भनिन्छ।
मैथिली भाषामा चन्दा झाले सीतालाई प्रमुख पात्र बनाएर रामायण लेख्नुभएको छ। यसलाई चन्दा झाको रामायण भनिन्छ। उहाँका अनुसार–
भूमि विशुदि यज्ञ करवाक,
नृपतिहुँ काँ भेल हर घरबाह।
देखल ततय हम जोतइत भूमि,
बहराइलि कन्या काँ धूमि।
हरक अग्र सँ उखरलि जानि,
सीतानाम अर्थसंभामि।
(महाकवि चन्दा झा, रामायण, बालकाण्ड)
नेपालीका आदिकवि भानुभक्तले वाल्मीकिकृत आध्यात्म रामायणको अनुवाद गरेर राम र सीताको अलौकिक व्यक्तित्वको निरूपण गरी एउटा उदाहरणीय काम गर्नुभएको छ। भानुभक्तले सीताको महिमामय र गरिमामय व्यक्तित्वको वर्णन भानुभक्तीय रामायणमा गर्नुभएको छ। नेपाली भाषामा रचित रामायणमा पनि उहाँले सीताको व्यक्तित्वलाई अनुकरणीय बनाउनुभएको छ।
विद्वान्हरूले ‘सीता’ शब्दको अर्थ भिन्नाभिन्नै किसिमबाट गरेका छन्–
१. सूयते (चराचरम् जगत्) इति सीता अर्थात् जसले जगत्को उत्पत्ति गर्छ, उसको नाम सीता हो।
२. सवति इति सीता अर्थात् जो ऐश्वर्ययुक्त हुन्छ, उसको नाम सीता हो।
३. स्यति इति सीता अर्थात् जो संहार गर्छ अथवा भक्तहरूको क्लेशको हरण गर्छ, उसको नाम सीता हो।
४. सयति–इति सीता अर्थात् भक्तहरूको सद्बुद्धिको प्रेरणाद्वारा कल्याण गर्ने भएकाले सीता नाम सार्थक भयो।
५. सिनोति इति सीता अर्थात् आफ्ना दिव्य गुणहरूले परापर ब्रह्म श्रीरामलाई बाँध्ने (वशमा गर्ने) भएकाले सीता नाम रहेको हो। केही विद्वान्हरूका अनुसार सीताभक्त रक्षणार्थ सर्वत्र गमन गर्छ र सर्वगत अर्थात् व्यापक छ अथवा चिन्मयी ज्ञान स्वरूपिणी छ। रामायणका प्रसिद्ध विद्वान् पं. श्रीकातशरणले ‘सीता’ शब्दको अर्थको व्याख्या गर्दै भनेका छन्– सृष्टि विस्तार रूप उत्पत्ति, स्थिति, संहारकारिणी। श्रीरामलाई जीवहरूको प्रार्थना सुनाएर रक्षा गर्नमा क्लेशहरिणी र चराचर जगत् मात्रबाट सेवित भएर जगत्को कल्याण गर्ने सर्वश्रेयस्करी।
परमात्मा श्रीरामको पराशक्तिका जति पनि नाम छन्, तिनमा सीताप्रधान नाम हो। यी भगवान् श्रीरामकी महामाया हुन्। यी ब्रह्मस्वरूपिणी एवं समस्तमायाहरूकी परम कारण हुन्। श्री रामचरितमानसमा पनि गोस्वामी श्रीतुलसीदासले सीताजीको वन्दना गर्दै भन्छन्–
‘उद्भव स्थिति संहारकारिणी कलेशहारिणीम्
सर्वश्रेयस्करी सीतां नतोऽहं रामवल्लभाम्।’
(म उत्पत्ति, पालन, संहार गर्ने, क्लेशहरूलाई हरण गर्ने र जगत्को सम्पूर्ण कल्याण गर्ने श्रीरामचन्द्रकी प्रिया सीताजीलाई प्रणाम गर्छु।)
सबै शास्त्रहरूमा के पाइन्छ भने सर्वत्र श्रीरामभन्दा पूर्व सीताजीको वन्दना गरिन्छ। यस्तै नामभेदले अन्य देव कृष्ण, विष्णु अथवा शङ्करभन्दा पहिला क्रमशः तिनका शक्ति राधा, लक्ष्मी अथवा गौरीको उपासना गरिन्छ। श्रीराम नै कृष्ण, विष्णु अथवा शङ्कर रूपमा विराजमान हुनुहुन्छ र सीताजी नै राधा, लक्ष्मी, अथवा गौरीको रूपमा प्रतिष्ठित हुनुहुन्छ।
काठमाडौंस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटाैं0डा उपमहानगरपालिका-४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई यहाँको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा अघि बढाइएको छ।
पशुपतिनाथ मन्दिरकै स्वरुपमा निर्माण गरिएको १० कठ्ठा सात धुर क्षेत्रफलको मन्दिर परिसरमा नवग्रहदेखि हनुमान, सरस्वतीलगायतका देवीदेवताका मूर्तिहरूसँगै अतिथि गृहसमेत छ।
विसं २०४२ मा निर्माण गरिएको उक्त मन्दिरमा पशुपतिनाथको जस्तै पूजाविधि तथा परम्परा रहेको मन्दिरका पूजारी पवन घिमिरेले जानकारी दिए।
उनका अनुसार मन्दिरमा दर्शनार्थीलाई पशुपतिमा जस्तै भित्र मूर्तिसम्म नपुगी मूल प्रवेशद्वार बाहिरबाट नै पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ।
मन्दिरमा सामान्य हरेक दिन नै भक्तजन आउने गरेको बताउँदै उनले शिवरात्री लगायतका विशेष तिथि र पर्वमा भने एकै दिनमा २० हजारभन्दा बढी भक्तजन आउने गरेको जानकारी दिए।
भक्तजनको सुरक्षालाई दृष्टिगत गर्दै मूल मन्दिरको बरण्डामा दीप तथा धुप प्रज्वलन गर्ने विगतको व्यवस्थालाई परिवर्तन गरी मन्दिरको पश्चिम दक्षिण भागमा व्यवस्था मिलाइएको छ।
विशेष पर्वका दिनमा भक्तजनको सुविधाका लागि मन्दिर प्रवेश गर्न पश्चिमद्वार र बहिर्गमनका लागि पूर्वीद्वार खुला राख्ने व्यवस्था मिलाइएको छ। अन्य दिनका हकमा भने पूर्वीद्वार आवश्यकताअनुसार मात्र खोल्ने गरिएको छ।
मन्दिर विशेष पर्वका दिनमा आवश्यकताअनुसार खुल्ने भए पनि मङ्सिर, पुस र माघ महिनामा बिहान ५ बजे देखि १० बजेसम्म खुल्ने तथा बेलुका ४ बजेदेखि ६ बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ।
यी तीन महिनाबाहेक अन्य महिनामा बिहान ४ बजेदेखि १० बजेसम्म र बेलुका ५ः३० बजेदेखि ७ः०० बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ।
भक्तजनबाट सङ्कलित भेटी र मन्दिर परिसरमा रहेका सटरको भाडा नै यहाँको दीगो सञ्चालनको प्रमुख स्रोत भएका कारण परिसरको उपयोगसँगै विशेष पूजाआजाका लागि सेवा शुल्क निर्धारण गरिएको छ।
समितिले मन्दिर परिसरको संरचना एवं पूर्वाधार उपयोगअन्तर्गत खुला चौर (पूर्व र दक्षिण) ५००, भजन कृतन हल एक हजार, यज्ञ मण्डप एक हजार ५००, अन्य सानो काठो ५००, विशेष पूजा एवं लघु रुद्री गर्न चाहेमा दुई हजार १११, लाखबत्ती बाल्न, पास्नी तथा स्वयम्वरका लागि रु एक हजार १११ जस्ता शुल्क निर्धारण गरिएको छ।
मन्दिर परिसरलाई व्यवस्थित बनाउन भूवनेश्वर सेवा समितिले २०६८ सालयता विभिन्न ११ बुँदे नागरिक बडापत्र टाँसेको छ।
भौतिक पूर्वाधार विकासका माध्यमबाट टाढाटाढाबाट आउने दर्शनीलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ आवासको व्यवस्था गरिएको समितिका अध्यक्ष जगन्नाथ पाण्डेले बताए।
बस्न चाहने दर्शनार्थीका लागि बेडको सरसफाइ प्रयोजनका लागि प्रति व्यक्ति २०० लिने गरिएको उनले जानकारी दिए।
उक्त भवन निर्माणका लागि २० लाख र भित्रका बेड विस्तारा व्यवस्थापनका लागि १० लाखसमेत ३० लाख बागमती प्रदेश सरकारबाट सहयोग प्राप्त भएको अध्यक्ष पाण्डेले जानकारी दिए।
मन्दिर परिसरमा नै प्रत्येक सोमबार, शुक्रबार, शनिबारका साथै एकादशीमा विशेष भजन कीर्तन गर्ने गरिएको छ। भजनकीर्तन गर्ने परिसरमा ठूलै सङ्ख्यामा दर्शनार्थी जम्मा हुने भएकाले उक्त स्थानमा केही कुर्ची थप आवश्यक भएको सल्लाहकार हरि रिजालले जानकारी दिए।
विसं २०७४ मा मन्दिर परिसरमा स्थापना गरिएको पशुपति सदन तत्कालीन समयमा स्थानीयवासील निर्माण गरिएको स्थानीयवासी बताउँछन्।
यस भवनका कतिपय कोठा व्यक्तिगत रुपमा साथै नगरपालिका आदिबाट सहयोग मिलेको अध्यक्ष पाण्डेले बताए। ‘पूर्वाधार विकासले भुवनेश्वर महादेव (पशुपति) मन्दिर यस क्षेत्रकै महत्वपूर्ण धार्मिक गन्तव्यका रुपमा विकास भएको छ’, उनले भने, ‘विगतमा दुर्व्यसनीको अखडा जस्तै बनेको यो स्थल हाल एउटा महत्वपूर्ण धामका रुपमा विकास भएको छ।‘
मन्दिर परिसरमा इन्टरनेट लगायतको सहज सुविधाका लागि नेपाल टेलिकमले फ्रि वाइफाइको व्यवस्थापन गर्दैछ। बढ्दो बजारीकरणसँगै हेटौँडामा बाक्लिदै गरेका घरको बीचमा रहेको पशुपति मन्दिर धार्मिक आस्था विश्वास मात्र नभएर आध्यात्मिक जागरको केन्द्रसमेत बनिरहेको उनको भनाइ छ।
मन्दिरमा प्रत्येक दिन बिहान ४ः३० बजेदेखि ६ः०० बजेसम्म पतञ्जली योग र जीवन विज्ञानका कक्षा सञ्चालन भइसकेका छन्।
आठ जना पूर्वकुमारीलाई चन्द्रागिरि भालेश्वर महादेवको दर्शन तथा अवलोकन गराइएको छ। चन्द्रागिरि नगरपालिकाको समन्वयमा प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको विधि विधानअनुसार पूजा, दर्शन तथा त्यस आसपास क्षेत्रका पर्यटकीयस्थलको आइतबार अवलोकन गराइएको हो।
त्यस क्रममा कुमारी जात्रा व्यवस्थापन समिति, इन्द्र जात्रा व्यवस्थापन समिति, भैरव जात्रा व्यवस्थापन समितिका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो। भ्रमण अवलोकनका साथै धार्मिक तथा आन्तरिक पर्यटनको विकासका विषयमा छलफलसमेत गरिएको थियो।
उक्त प्रतिनिधिमण्डललाई चन्द्रागिरि केवलकार स्टेशनमा स्थानीयवासीले स्वागत गरेका थिए। यस वर्षको इन्द्रजात्रामा ऐतिहासिक इन्द्र दहमा लाग्ने मेलामा सहभागिता जनाउन कुमारीहरूलाई निमन्त्रणासमेत गरिएको कुमारी जात्रा व्यवस्थापन समितिका संयोजक गौतम रत्न शाक्यले जानकारी दिए। यस किसिमको भ्रमणले स्थानीय संस्कृति तथा मूल्यमान्यताको ज्ञान अभिवृद्धि र पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
प्रत्येक वर्ष इन्द्रजात्राका अवसरमा दहमा लाग्ने मेलामा इन्द्रको पूजा गरिन्छ भने वसन्तपुरमा जीवित देवीका रूपमा कुमारीको पूजा तथा गणेश, कुमारी र भैरवको रथ जात्रा गरिन्छ।
सांस्कृतिक महत्त्वका सम्पदाका प्रतीकका साथ नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी भएको छ।
सांस्कृतिक विविधता, मित्रता र मानवीय एकताको भावना प्रवर्द्धन गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको प्रतिनिधिमण्डलका जीवनसाथीको क्लब (युएनडिएससी) ले आज न्युयोर्कमा आयोजना गरेको वार्षिक युएन इन्टरनेशनल बजारमा संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले नेपालका समृद्ध सांस्कृतिक सम्पदा तथा मौलिक पहिचानका प्रतीकात्मक सामग्री प्रस्तुत गरेको छ।
उक्त नियोगका अनुसार बजारमा नेपालले परम्परागत कला, हस्तकला तथा विभिन्न सांस्कृतिक सामग्रीको आकर्षक प्रदर्शनीमार्फत आफ्नो सिर्जनशीलता, सीप र राष्ट्रिय पहिचान झल्काएको थियो। नेपाली स्टलमा राखिएका सामग्रीले आगन्तुकको ध्यान आकर्षित गरेको थियो।
बजारमा  विश्वका विभिन्न मुलुकले आआफ्ना मौलिक उत्पादन, परिकार, संस्कृति र परम्परासँग सम्बन्धित सामग्री प्रदर्शन गरेका थिए।
उक्त नियोगले संस्कृति, मित्रता र सहानुभूतिमार्फत अझ समावेशी, एकताबद्ध र आपसी सम्बन्धयुक्त विश्व निर्माणमा यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेको छ।
धर्म र आस्थाको क्षेत्रमा जब-जब अन्योल बढ्छ, तब कुनै न कुनै रूपमा सत्यको उद्घाटन हुने गर्दछ। ज्योतिषशास्त्रमा पनि 'अयनांश' यस्तै एउटा कसी हो, जसलाई सही ढङ्गले नबुझ्दा समाजमा अनेकौँ भ्रम र तथाकथित 'प्रायोजित' सिद्धान्तहरूको खेती भइरहेको छ। वास्तवमा अयनांश कुनै काल्पनिक कुरा नभएर एक शाश्वत, प्राकृतिक र ईश्वरीय बदलावको व्यवस्था हो।
के हो अयनांश?
संस्कृतमा 'अयन' को अर्थ हुन्छ, जानु वा स्थान परिवर्तन गर्नु। हाम्रो पृथ्वीको भ्रमणवृत्त र आकाशीय मध्यवृत्त (भूमध्यरेखाको आकाशीय विस्तार) जुन बिन्दुमा काटिन्छन्, त्यसलाई वसन्त सम्पात भनिन्छ। यो सम्पात बिन्दु स्थिर नभई प्राकृतिक कारणले हरेक वर्ष करिब ५०।३ विकलाको गतिले पश्चिमतिर सरिरहेको हुन्छ। सायन मेष (चलायमान बिन्दु)देखि निरयण मेष (स्थिर बिन्दु) बीचको यही दूरी नै 'अयनांश' हो।
सायन र निरयणको सन्तुलन
ज्योतिषमा दुई प्रकारका राशिचक्र मानिन्छन्: १. सायन: जुन अयन गतिसँगै निरन्तर परिवर्तनशील हुन्छ। २. निरयण: जुन स्थिर वा अचल हुन्छ।
हाम्रा ऋषिमुनिहरूले 'चलाचलासः' को सिद्धान्त अनुसार वैदिक र व्यावहारिक प्रयोजनका लागि निरयण चक्रलाई नै मुख्य आधार मानेका छन्। यदि हामीले सायन पद्धति मात्रै अपनाउने हो भने हजारौँ वर्षपछि नक्षत्र र राशिहरूको तालमेल पूर्णतया बिग्रिनेछ। उदाहरणका लागि, वर्तमान अयन गतिको कारण सन् २४२५ सम्ममा निरयण मेष सरेर सायन मीनमा पुग्नेछ। यस्तो 'खगोलीय दुर्घटना' बाट बच्नका लागि नै स्थिर नक्षत्र (जस्तै: चित्रा) लाई आधार बनाएर निरयण गणना गर्ने पद्धति सर्वश्रेष्ठ मानिएको हो।
अयन गतिको वैज्ञानिक मापन
अयन गतिको बारेमा प्राचीन आचार्यहरू र आधुनिक वैज्ञानिकहरू बीच गहन शोध भएका छन्, जसलाई निम्नानुसार बुझ्न सकिन्छ:
• सूर्यसिद्धान्त: यसले अयन गतिलाई ५४ विकला प्रतिवर्ष मानेको छ र अधिकतम २७ अंशसम्मको दोलन हुने तर्क अघि सारेको छ।
• भास्कराचार्य: उहाँले यसलाई 'विषुवत्क्रान्तिपात चलन' भन्दै यसको गणितीय महत्त्व स्पष्ट पार्नुभएको छ।
• आधुनिक विज्ञान: सन् १८५० मा वैज्ञानिक न्यूकम्बले प्रतिपादन गरेको सूत्र आज पनि विश्वभर मान्य छ। जस अनुसार २१ औँ शताब्दीको सुरुमा अयन गति ५०।२७८ विकला थियो, जुन व्यावहारिक रूपमा ५०।३ विकला मानिन्छ।
यसका साथै, पृथ्वीको अक्षमा हुने मामूली विचलन, जसलाई 'न्यूटेशन' वा अक्ष-विचलन भनिन्छ, त्यसलाई समेत संस्कार गरेपछि मात्र 'स्पष्ट अयनांश' प्राप्त हुन्छ।
चित्रापक्षीय अयनांश: एक प्रामाणिक आधार
अश्विनी आदि नक्षत्र समूहहरूमा 'चित्रा' नक्षत्रको एउटा विशेष तारालाई आधार मानेर गरिएको गणना नै चित्रापक्षीय अयनांश हो। सन् १८९० मा वेङ्कटेश केतकरले आफ्नो ग्रन्थ 'ज्योतिर्गणितम्' मार्फत यसलाई पुनर्जीवित गर्नुभयो। पछि लोकमान्य बाल गङ्गाधर तिलक र अन्य मूर्धन्य विद्वान्हरूले पनि यसको शास्त्रीय र तार्किक पक्षलाई स्वीकार गरे।
सन् १९५६ मा भारत सरकारले निर्मलचन्द्र लाहिडीको नेतृत्वमा गठन गरेको 'क्यालेन्डर रिफर्म कमिटी' ले सन् २८५ लाई 'शून्य अयनांश वर्ष' मान्दै चित्रापक्षीय अयनांशलाई नै सबैभन्दा सटिक र वैज्ञानिक ठहर गरेको थियो। आज नासाका निष्कर्षहरू र आधुनिक वेधशालाका तथ्याङ्कहरूले पनि यसैलाई अकाट्य रूपमा पुष्टि गर्दछन्।
हाम्रा पञ्चाङ्ग र अयनांशको विषमता
सूर्यसिद्धान्तसम्मत भनेर प्रचार गरिएका हाम्रा चलनचल्तीका वि.सं. २०८२ सालका पात्रोहरूमा अयनांश २४ अंश ३३ कला तथा २१ विकला र यस वर्ष वि.सं. २०८३ सालको पात्रोमा २४।३५।१८ लेखिएको छ। जबकि चित्रापक्षीय अयनांशमा आधारित पात्रोहरूमा वि.सं. २०८२ वैशाख १ गते २४ अंश १२ कला तथा लगभग ३८ विकला रहेको प्रस्ट बुझिन्छ। वास्तविक सूर्यसिद्धान्तको अयनांश २२ डिग्री देखि २३ डिग्री बिचको आसपास हुनुपर्ने देखिन्छ।
गम्भीर विरोधाभास: विचार गर्दा हाम्रा प्रचलित पात्रोहरूमा वास्तवमा चित्रापक्षीय अयनांशमा हुनुपर्ने भन्दा २० देखि २१ कलाको अन्तर देखिन्छ। यो भनेको अबको २५ वर्षपछि मात्र हुनुपर्ने अयनांश हो। हाम्रा चलनका पात्रोहरूमा उल्लेख भएका अयनांशको वास्तविक सिद्धान्त र वार्षिक गति कति हो भन्ने कुरा गणितीय रूपमा बुझ्न सकिँदैन। वि.सं. २०४३ सालअघिका नेपाली पञ्चाङ्गहरूमा अयनांशको उल्लेख गर्ने गरिएको समेत पाइँदैन।
अहिले छिमेकी मुलुक भारत सरकारका आधिकारिक निकाय लगायत सबै राज्यहरूबाट प्रकाशन हुने अधिकांश पञ्चाङ्गहरू चित्रापक्षीय अयनांशको आधारमा गणना गरिएको भनी प्रस्ट उल्लेख गरिएका हुन्छन्। उदाहरणका लागि: वाराणसीबाट प्रकाशन हुने श्रीहृषिकेश पञ्चाङ्ग, श्रीअन्नपूर्णा काशी विश्वनाथ पञ्चाङ्ग, त्यसैगरी दिल्ली, महाराष्ट्र, गुजरात, पञ्जाब, राजस्थान, देहरादून, र लखनऊबाट प्रकाशन हुने सबैजसो प्रामाणिक पात्रोहरू चित्रापक्षीय अयनांशमै आधारित छन्।
वि.सं. २०८२ र २०८३ सालको पात्रोहरूमा सूर्य र चन्द्रमा बाहेकका ग्रहहरूको उदयास्त लगायतका गणनाहरू धेरै हदसम्म चित्रापक्षीय अयनांशमा आधारित पञ्चाङ्गहरूसँग मेल खान्छन्। तर चित्रापक्षीय अयनांशानुसार वर्ष २०८२-२०८३ सम्मका हाम्रा रैथाने पात्रोहरूमा हरेक महिनाका सूर्य सङ्क्रान्तिहरूको समय भने अक्षम्य मानिने गरी निकै गडबड भएको देखिन्छ।
नेपाली पञ्चाङ्ग र दृग्गणितको आवश्यकता
नेपालमा पनि पञ्चाङ्ग परिमार्जनको बहस चलिरहँदा 'दृग्गणित' (दृश्य गणित) को भूमिका महत्त्वपूर्ण हुन्छ। जब आकाशमा प्रत्यक्ष देखिने ग्रहस्थिति र हाम्रो पञ्चाङ्गको गणनामा भिन्नता आउँछ, तब त्यो ज्योतिषशास्त्र नरहेर केवल 'कागजको खेल' मात्र बन्न पुग्दछ।
अतः अयनांशमा हुने कला वा विकलाको सामान्य अन्तरले पृथ्वीमै कुनै ठूलो विपत्ति नआए पनि, व्यक्तिगत स्वार्थ वा सस्तो नामका लागि गरिने 'मानवकृत फेरबदल' ले शास्त्रको मर्यादा गिराउँछ। हामीले अपनाउने अयनांश वैज्ञानिक उपकरणबाट प्रमाणित, शास्त्रीय रूपमा तर्कपूर्ण र व्यावहारिक रूपमा सटिक हुनुपर्दछ।
समयसापेक्ष सुधारको अपरिहार्यता
वि.सं. २०८२ सालका सङ्क्रान्तिहरूको सूक्ष्म विश्लेषण गर्दा आधुनिक 'दृक् पञ्चाङ्ग' र हाम्रो चलनचल्तीको परम्परागत पञ्चाङ्गबिचको समयान्तर निकै फराकिलो र गम्भीर देखिएको छ। वि.सं. २०८२ को भदौ सङ्क्रान्ति र वि.सं. २०८३ को असोज सङ्क्रान्तिमा १५ घण्टाभन्दा बढीको अन्तर देखिनु यसैको प्रमाण हो:
२०८२ को सिंह (भदौ) सङ्क्रान्ति: भारतको राजधानी दिल्लीबाट प्रकाशन हुने ज्योतिषाचार्य डा. सुरेशचन्द्र मिश्र गुरुजीको दृक् पञ्चाङ्गमा (भारतीय समय अनुसार) सूर्य सिंह राशिमा प्रवेश गर्ने समय शनिबार राति १:५१ बजे देखिन्छ भने काठमाडौँको देशान्तर अनुसारको अनलाइन दृक् पञ्चाङ्गमा राति २:१५ बजे हुन्छ। तर, हाम्रो नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रचलित पञ्चाङ्गहरूमा आइतबार साँझ ५:१५ बजे मात्र सङ्क्रान्ति उल्लेख गरियो। यहाँ १५ घण्टाको गम्भीर अन्तराल देखियो। वि.सं. २०८२ का अन्य प्रमुख सङ्क्रान्तिहरूमा पनि यस्तै अवस्था रह्यो।
विडम्बनाको कुरा के छ भने, सम्बन्धित निकाय र आधिकारिक विद्वान्हरूले यस वर्ष वि.सं. २०८३ को पात्रो पनि यही अशुद्ध पद्धतिबाटै प्रकाशन गरेको बुझिएको छ। जब कि, लगभग तीन वर्षअघि नै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८३ सालबाट पात्रोको सम्पूर्ण गणना 'केतकी' अर्थात् 'दृग्गणित' अनुसार गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको थियो। यस वर्ष पात्रोको सम्पादकीयमा वि.सं. २०८२ मा जस्तै सूर्य र चन्द्रमा बाहेकका सबै ग्रहहरूको गणना केतकीय गणित अनुसार गरिएको भनिएको छ। यहाँ गम्भीर वैज्ञानिक प्रश्न खडा हुन्छ, तिथि भनेको सूर्य र चन्द्रमाको कोणीय अन्तर हो। जब तिथिको मुख्य आधार मानिने 'सूर्य' को गणना नै शुद्ध छैन (पुरानै अशुद्ध पद्धतिमा छ) भने, चन्द्रमासँगको त्यसको अन्तर शुद्ध हुने कुरै भएन। तसर्थ, त्रुटिपूर्ण सूर्य स्पष्टका आधारमा निकालिएका चाडपर्वका तिथिहरू कसरी शास्त्रसम्मत र शुद्ध हुन सक्छन्?
पुर्खाप्रतिको सम्मान र युगसापेक्ष दायित्व
हाम्रो अतीत र पुर्खाहरूको अमूल्य योगदानप्रति हामी नतमस्तक छौँ। त्यो समय, जतिबेला बिजुलीबत्तीको सुविधा थिएन, टुकीको धिपधिपे उज्यालोमा बाँसको कलम र झारपातको मसीले कागजमा कोर्नुपर्ने बाध्यता थियो। कागजको उपलब्धता पनि युद्ध जितेसरह दुर्लभ मानिने त्यस कालखण्डमा उहाँहरूले गरेको साधना र प्रयास सर्वथा अतुलनीय छ।
क्याल्कुलेटर र कम्प्युटरको परिकल्पनासम्म नभएको युगमा, चाहे आफैँले कठिन गणना गरेर होस् वा काशी (वाराणसी) पुगेर त्यहाँका पञ्चाङ्गसँग मिलान गरेर होस्, उहाँहरूले समाजलाई काल–गणना र मुहूर्तको निरन्तर मार्गनिर्देश गरिरहनुभयो। लगभग २-३ दशक अघिसम्म पनि नेपाली पात्रो वाराणसीबाटै प्रकाशन हुँदै आएको इतिहास साक्षी छ। उहाँहरूको त्यो अथक परिश्रम र समाजलाई देखाएको बाटोको हामीले कदापि अवमूल्यन गर्न मिल्दैन।
आज हामी उहाँहरूकै मार्गदर्शनमा यहाँसम्म आइपुगेका छौँ। पुर्खाहरूले खनिदिएको गोरेटोमा बामे सर्दै हुर्किएका हामीले आज त्यही बाटोको प्राविधिक समीक्षा गरिरहेका छौँ। तर, मनन गर्नुपर्ने कुरा के हो भने, पुर्खाले कोरेको गोरेटोलाई समयसापेक्ष फराकिलो, पक्की र सुरक्षित बनाउनु नै सच्चा सन्तानको वास्तविक दायित्व हो। बाटोको मर्मत र सुधार गर्दा नै भावी पुस्ताको यात्रा सहज र सुरक्षित हुन्छ।
जसरी उहाँहरूले महिनौँ लगाएर हातैले गणना गर्नुहुन्थ्यो, आज हामी आधुनिक प्रविधि र सिद्धान्तको प्रयोगले सोही कार्य क्षणभरमै, अझ बढी सूक्ष्मता र अकाट्य शुद्धताका साथ गर्न सक्षम छौँ।
वर्षौँदेखि वैज्ञानिक र वेधका प्रमाणहरू हाम्रा सामु छर्लङ्ग हुँदाहुँदै पनि आत्मसमीक्षा नगर्नु र सुधारमा पछि हट्नु विडम्बनापूर्ण छ। पुर्खाको सच्चा सम्मान अन्धो भएर पुराना गणितीय त्रुटिहरूलाई दोहोर्याइरहनुमा होइन, बरु उहाँहरूको रैथाने ज्ञानलाई आधुनिक विज्ञान र वेधको कसीमा माझेर अझ परिष्कृत, शुद्ध र लोकहितकारी बनाउनुमा निहित छ।
संषिप्तमा केही शास्त्रीय भनाइहरू यसप्रकार छन् - 'ज्योतिर्विवरण' मा भनिएको छ कि यात्रा, विवाहादि कार्यहरूमा वेधतुल्य स्पष्ट ग्रहहरूको नै साधन (गणना) गर्नू। यदि कुनै सिद्धान्तबाट दृक्तुल्य ग्रह प्राप्त नभएमा, कुनै एक सिद्धान्तको मात्र अन्धभक्त नभएर गणनालाई प्रत्यक्ष वेध अनुकूल (दृक्तुल्य) नै बनाउनुपर्छ।
महर्षि वशिष्ठले पनि भन्नुभएको छ कि जुन समयमा जुन सिद्धान्तले दृक्तुल्य स्पष्ट ग्रह प्राप्त हुन्छ, त्यसै पक्षद्वारा साधित ग्रहहरूबाट तिथि, नक्षत्र आदिको निर्णय गर्नू भनिएको छ। 'ब्रह्मसिद्धान्त' मा पनि भनिएको छ कि प्रत्यक्ष वेध वा ध्यान-ग्रहोपदेशद्वारा बीज संस्कारलाई थाहा पाएर, दैवज्ञ (ज्योतिषी)हरूले ती संस्कार गरिएका ग्रहहरूबाट नै फल र ग्रहस्थितिको निर्णय गर्नुपर्दछ।
'ज्योतिर्विवरण' मा पुनः भनिएको छ कि पैतामह (पितामह) सिद्धान्तादि प्राचीन पद्धतिबाट प्राप्त ग्रहस्थिति आदिमा सद्यन्त्र (उत्कृष्ट यन्त्र) द्वारा उपलब्ध प्रत्यक्ष वेधसिद्ध बीज संस्कार गरेर तिनलाई जन्मसमयको दृक्तुल्य बनाउनु पर्दछ। यस्तो सुनको के लाभ, जसले आफ्नै कानलाई चोट वा कष्ट पुर्‍याउँछ ? त्यसै गरी, यस्तो शास्त्रको पनि के प्रयोजन, जुन प्रत्यक्ष रूपमा स्पष्ट र प्रमाणित नै छैन? 'वशिष्ठ सिद्धान्त' मा पनि भनिएको छ कि युग-युगमा सूर्य, चन्द्र आदिको स्पष्ट गणना र प्रत्यक्ष स्थितिमा अन्तर आउन थाल्दछ; अतः वेधसिद्ध ग्रहहरूलाई नै स्वीकार गर्नुपर्दछ।
मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ। यहाँको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुँदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर्वक समुद्घाटन गरिएको हो।
मुक्तिनाथ दर्शनका लागि आएका दक्षिण भारत कर्नाटक राज्यको शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजद्वारा विशाल शालिग्रामको समुद्घाटन गरिएको हो। शालिग्राम शिलाको समुद्घाटन गरिएकाले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
घरपझोङ गाउँपालिका र एकीकृत सामाजिक विकास कार्यालयको संयुक्त आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा तीन हप्ताअघि मुस्ताङको मूर्तिकला कार्यशाला चलाइएको थियो। प्रज्ञा प्रतिष्ठानमा आबद्ध तीन दर्जन मूर्तिकारले कालीगण्डकी नदीका विशाल ढुङ्गाहरूमा विभिन्न स्वरूपमा मूर्तिका आकार भरेका थिए। सोही निर्माण गरिएका मूर्तिमध्ये कालीगण्डकी नदी तटमा निर्माण गरिएको विश्वकै ठुलो आकारको शालिग्राम शिला मूर्तिको भारतीय जगद्गुरुद्वारा धार्मिक विधिपूर्वक उद्घाटन भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए।
राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकमार्ग हुँदै विशेष सुरक्षा निगरानीसहित बुधबार दिउँसो मुक्तिनाथ दर्शन गर्न पुगेका भारतीय जगद्गुरु शंकराचार्य महास्वामी विधुशेखर भारतीसहितको टोली त्यहाँबाट फर्किएलगत्तै जोमसोममा निर्मित शालिग्राम शिलाको उद्घाटन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।
कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकालीसहित पालिकाका जनप्रतिनिधि र कर्मचारी, प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, जोमसोम गाउँ समाज, महिला समूह र स्थानीय नागरिकको उल्लेख्य सहभागिता थियो। यसअघि मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किएका जगद्गुरु शंकराचार्य महाराजको ठुलो सङ्ख्यामा स्वागत तथा नागरिक अभिनन्दन गरिएको थियो।
भारतीय जगद्गुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजसहितको टोलीले मुक्तिनाथ मन्दिरको दर्शन गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। मन्दिरमा करिब एक घण्टा दर्शन तथा पूजाअर्चनामा बिताएका महाराजले १०८ धारा र मन्दिर परिसरको कुण्डमा स्नान गरेको व्यवस्थापक भुसालले जानकारी दिए।
नेपाल सरकार गृह मन्त्रालयको विशेष सुरक्षा व्यवस्थासहित मुस्ताङ आएका भारतीय जगद्गुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ।
धर्मगुरु जगद्गुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजको आगमनले मुस्ताङको धार्मिक पर्यटन प्रवर्द्धनमा निकै ठुलो योगदान पुग्ने विश्वास गरिएको छ। मुस्ताङमा विदेशी पर्यटकको आगमनमध्ये ८० प्रतिशत पर्यटक भारतीय रहने गरेका छन्। मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन बर्सेनि वृद्धि हुने गरेको छ। अब जोमसोम निर्मित शिला उद्घाटनले थप भारतीय दर्शनार्थी बढ्ने अपेक्षा गरिएको छ। रासस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइमा बकर इदको शुभकामना व्यक्त गरेका छन्।
इदको शुभकामना व्यक्त गर्दै उनले 'हाम्रो देश विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि हो यहाँका मन्दिरको शङ्खनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वर एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुञ्जिएका छन्। हाम्रो शक्ति यहाँका विविधताबीचको एकतामा छ। यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छ,' भनेका छन्।
सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्तिको कामना गरेका छन्।
इदका अवसरमा उनले आज शुभकामना सन्देश जारी गर्दै सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधतायुक्त हाम्रो मुलुकमा यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनले यस्ता चाडपर्वका माध्यमबाट सबै धर्मावलम्बी, जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धिमा सहयोग पुग्ने सन्देशमा उल्लेख गरेका छन्।
नेपालगन्ज–३, एकलैनीकी साहिदा साहको घरमा बकरिदको रौनक छ। ‘इद–उल–अजहा’ अर्थात् बकरिद मनाउन आफन्तहरू घरमा जम्मा भइसकेका छन्। अल्लाह (भगवान्) लाई कुर्बानी (बलि) दिने खसी पनि तयार गरिएको छ। टोलछिमेकमा पनि बेग्लै खालको रौनक देखिन्छ। बकरिदका लागि आफन्त र साथीहरुलाई उनको परिवारले निम्तो (दावत्) दिइसकेको छ।
हरेक वर्ष बकरिदमा साहिदाले गैरमुस्लिम समुदायका साथीहरुलाई पनि घरमा बोलाउँछिन्, र उनी पनि दसै, दिपावली, होली जस्ता चाडपर्वमा हिन्दु समुदायका साथीहरुको घरमा निम्ता मान्न जान्छिन्। सामाजिक अगुवा साहिदा यस्ता चाडपर्वले आपसमा सद्भाव बढाउने विश्वास गर्छिन्। ‘हरेक दसैं, तिहार र होली जस्ता चाडमा हिन्दु समुदायका साथीहरूले मलाई निम्ता दिनुहुन्छ, इद, बकरिद र मोहर्रम जस्ता चाडपर्वमा हिन्दु समुदायका साथीहरूलाई मैले निम्ता दिन्छु, हामीहरू आपसमा मिलेर चाडहरु मनाउँछौं,’ उनी भन्छिन्, ‘चाडपर्व भनेको आपसी सद्भाव बढाउने माध्यम पनि हो।’
मुस्लिम अगुवाका अनुसार ‘इब्राहिम अले सलाम’ जसलाई सपनामा अल्लाह (भगवान्) बाट एउटा सन्देश आयो। अल्लाहले सपनामा उनलाई ‘आफ्नो सबैभन्दा प्रिय वस्तु मलाई कुर्बानी (बलि) देऊ भनेका थिए। त्यसपछि इब्राहिमले सपनामै आफ्ना छोरालाई कुर्बानी दिन शरीरमा छुरा रोपेका थिए। भोलिपल्ट विपनामा भने उनका छोरालाई केही भएन तर आफूसँग घरमा रहेको भेडा मर्‍यो। सोही घटनाको सम्झनामा मुस्लिम समुदायले बकरिद मनाउन थालेको बताइन्छ।
मुस्लिम समुदायमा यही पर्वको अवसरमा खसी, भेडा लगायत विभिन्न जनावरको बलि दिइन्छ र सेवईलगायतका परिकार बनाइन्छ। तीन दिनसम्म मनाइने बकरिदको अघिल्लो दिन ‘चाँद’ अर्थात् चन्द्रमा हेरिन्छ। त्यसपछि साँझ रोजा (ब्रत) बसिन्छ। भोलिपल्ट बकरिदका दिन बिहानै उठी नुहाएर शुद्ध भई शुद्ध कपडा लगाएर इदगाह वा मस्जिदमा पुगी सामूहिक नमाज पढिन्छ। नमाज पढेपछि आपसमा अंकमाल गरेर शुभकामना आदनप्रदान गरिन्छ। सामूहिक नमाज पढेर घरमा आइसकेपछि खसी, भेडा लगायतलाई बलि दिइन्छ। मुस्लिम समुदायले प्रयोग गर्ने उर्दु भाषामा खसीलाई ‘बक्रा’ भन्ने गरिन्छ। सोही आधारमा यस पर्वको नाम बकरिद रहन पुगेको मुस्लिम अगुवा बताउँछन्।
बलि दिएको खसीको मासुलाई तीन भागमा बाँडिन्छ। तीन भागमध्ये एक भाग घरमा अर्को भाग आफन्त तथा इष्टमित्र र अर्को भाग गरिब तथा असहायलाई बाँड्ने चलन छ। ‘घरमा खसीको कुर्बानी (बलि) दिएपछि आफन्त, इष्टमित्र, छोरीचेलीलाई बोलाएर खुवाउँछौं, यो चाड मनाउने क्रम तीन दिनसम्म चल्छ, तीन दिनसम्म हामी खसीको कुर्बानी दिन्छौं,’ नेपालगन्ज–११ का ८४ वर्षीय रसिद खाँले भने।
बकरिद मनाउने क्रममा आफूहरू आफन्त, इष्टमित्र, साथीकहाँ जाने र उनीहरुलाई पनि घरमा बोलाएर खुवाउने चलन रहेको खाँ सुनाउँँछन्। ‘बकरिद हाम्रो समुदायको दोस्रो ठुलो (तिउहार) चाड हो, यो कुर्बानीको पर्व पनि हो,’ उनले थपे।
उनका अनुसार इस्लाम धर्मशास्त्रमा बकरिदमा जो व्यक्ति आर्थिक रुपले सक्षम र सबल छ अर्थात् जसको बलियो हैसियत छ, उसलाई मात्र कुर्बानी गर्न छुट दिइएको छ तर गरिब तथा असहायका लागि कुर्बानी बाध्यकारी छैन। मुस्लिम समुदायका अनुसार अल्लाहलाई खुसी पार्नका लागि कुर्बानी गर्न थालिएको हो। ‘पछिल्लो समयमा कुर्बानी दिने नाममा आपसमा प्रतिस्पर्धा र देखासिकी गर्ने प्रवृित्त बढेको छ, सबैले घमण्ड त्याग्नुपर्छ, यो आत्मशुद्धिको पर्व पनि हो,’ नेपालगन्ज–११ का ६० वर्षीय मोहम्मद हुसेन भन्छन्, ‘आफूसँग भएका नराम्रा कुरालाई छाड्नुपर्छ भन्ने सन्देश यो पर्वले दिन्छ।’
मुस्लिम समुदायले बिहीबार बकरिद मनाउँदै छ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समर्पण, मानवता, सहिष्णुता र परोपकारको सन्देश बोकेको बकर इद (इद–उल–अजहा)ले धार्मिक तथा सांस्कृतिक सद्भावलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन्।
इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इद (इद–उल–अजहा)का अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले आपसी एकता, भ्रातृत्व र सामाजिक सहकार्यको भावना अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।
अध्यक्ष दाहालले नेपालको संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषतासहितको राष्ट्रका रूपमा परिभाषित गरेको उल्लेख गर्दै विविधताबीचको एकता राष्ट्रिय शक्ति र सभ्यताको पहिचान भएको बताएका छन्।
'यस्ता पर्वले नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहअस्तित्वको संस्कृतिलाई अझ सशक्त बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास लिएको छु,' शुभकामना सन्देशमा उनले भनेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम भइरहेको बताएका छन्।
बकर इद (ईद–उल–अज्हा) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको र यहाँ रहेका चाडपर्वले समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम रहँदै आएको बताएका हुन्।
'बकर इद पर्व नेपालीहरूबीच आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अभिवृद्धि गर्दै सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु,' सभापति थापाले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।