७ वैशाख २०८१ शुक्रबार
शिक्षा

कक्षा ९–१२ को रजिष्ट्रेशन एउटै बनाउँदै राष्ट्रिय परीक्षा बोर्ड

विद्यालयको कोड पनि एउटै कामय गरिने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तहको शिक्षा एउटै रजिष्ट्रेशनबाट पूरा गराउने तयारी सुरु गरेको छ। चालु शैक्षिक सत्रदेखि नै कार्यन्वयन हुने गरी बोर्डले कक्षा ९ मा विद्यार्थीले रजिष्ट्रेशन गरिसकेपछि विद्यालय तहको अन्तिम शिक्षा १२ सम्म कायम गरिने बोर्डको तयारी भइरहेको छ।  

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार हाल  माध्यमिक तहमा विद्यार्थीले दुई पटक रजिष्ट्रेशन फारम भर्नुपर्ने व्यवस्थाले विद्यार्थीलाई दोहोरो आर्थिक भार थपिएको छ भने अर्को तर्फ पटक पटक रजिष्ट्रेशन फारम भर्दा जन्ममिति, नाम र थर समेतमा निकै त्रुटि हुने गरेको छ। हालको व्यवस्था अनुसार विद्यार्थीले माध्यमिक तहमा कक्षा ९ र कक्षा ११ मा गरी दुई पटक राजिष्ट्रेशन फारम भर्नुपर्ने व्यवस्था छ। रजिष्ट्रेशन पनि एउटै तहको लागि दुई पटक तिर्नु पर्छ। अब कक्षा ९मा रजिष्ट्रेशन गरेपछि एसइई, कक्षा ११ र कक्षा १२ पूरा हुने बोर्डले जनाएको छ।  

‘बोर्डले प्राविधिक समिति नै गठन गरीसको छ। सबै प्राविधिक विषयवस्तुहरु मिलाइरहेको छ,’ अध्यक्ष शर्माले नागरिकसँग भने ‘यस पटकदेखि नै लागु हुने गरी विद्यार्थीले कक्षा ९ मा रजिष्ट्रेशन भरेपछि कक्षा १२ सम्म सोहि कायम गरिने व्यवस्था बोर्डले गर्दै छ।’, उनले थपे ‘बोर्डले कक्षा १० र ११ मा सोहि रजिष्ट्रेशनमा भरेका तथ्याँक अरुलाई नै आधार मानेर निरन्रता दिन्छ। यसले विद्यार्थी र अभिभावको आर्थिक भार पनि कम हुन्छ। नाम, थर र जन्ममितिमा हुने त्रुटि पनि कम हुन्छ।’ उनका अनुसार रजिष्ट्रेशन नम्बरसँग विद्यार्थीको जिल्ला, ,प्रदेश, पालिका, विद्यालयको नाम समेत जोडिएको हुने भएकोले यसलाई छोटो बनाउन तर्फ बोर्डले काम गरिरहेको छ।  

विगतमा कक्षा ११ रु १२ को व्यवस्थापन उच्च माध्यमिक शिक्षा परिषदले गर्ने गरेको थियो। हाल संविधानले नै शिशु कक्षादेखि ८ कक्षासम्मलाई आधारभूत र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह कायम गरिसकेको छ। यसले विद्यालय संरचना दुई तहको मात्र कामय गरेकोले यही अनुसार बोर्ड अघि बढेको उनको भनाई छ।  

यति मात्र होइन हाल एसइईमा सहभागिता जनाउने विद्यालयहरुको समेत थरि थरि निकायबाट थरिथरि कोड नम्बर कायम हुने व्यवस्थाले निकै अन्योल उत्पन्न गरेकोले परीक्षामा सहभागिता जनाउने विद्यालयहरुको कोडमा समेत एकरुपता कायम गर्ने बोर्डले तयारी गरिरहेको छ। ‘एउटै विद्यालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले कायम गर्ने र बोर्डले कायम गर्ने कोड नम्बर फरक फरक हुन्छ। यसले विद्यालय पहिचान गर्न समस्या आयो।’ उनले थपे ‘अब बोर्ड र केन्द्रले संयुक्त रुपमा विद्यालयको एउटै कोड नम्बर कायम गर्ने व्यवस्था गरिने छ।’

साथै बोर्डले नेपालमा एसईई सुरु भएको बखत अर्थात विसं १९९० देखिको तथ्याँकहरुको ऐतिहासिक दस्तावेदज डिजिटलाइजेशन गर्ने तयारी गरिरहेको छ। ‘एसईईका सुरुवाती बखतदेखिको तथ्य प्रमाणहरु बोर्डले अनलाइन व्यवस्थापन गर्ने काम सुरु गरेको छ। यो वर्ष सबै काजगाज अनलाइन व्यवस्थापन हुन्छ ,’ उनले भने ‘साथै कक्षा ११ र १२ को शैक्षिक प्रमाणपत्रका सबै काम अनलाइन नै गगर्ने गरी बोर्ड अघि बढेको छ। चालु आर्थिक वर्षमै सम्पन्न हुन्छ।’ उनका अनुसार रजिष्ट्रेशन नम्बर लामो हुने भएकोले यसलाई समेत छोटो बनाउन तर्फ बोर्डले काम गरिरहेको छ। रजिष्ट्रेशन नम्बरले जिल्ला, प्रदेश, पालिका, विद्यालय लगाएतको समेत कोड गर्ने भएकोले यसलाई छोट्याउन तर्फ बोर्डले प्राविधिक समिति मार्फत काम अघि बढाएको छ। अब परीक्षाको इतिहास लगायतका सबै विषयवस्तुहरु सेवाग्राहीले अनलाइनबाटै थाहा पाउने उनको ठहर छ।  

‘एसईईको परीक्षाको सवालकम शिक्षा ऐनले व्यवस्था गरे अनुसार बोर्डले नै प्रश्नपत्र छाप्ने र नतिजा प्रमाणिकरण गर्ने काम गर्छ,’ अध्यक्ष शर्माले भने ‘बाकी परिक्षा संचालनदेखि नतिजा तयारी गर्ने कामको जिम्मेवारी बोर्डले नियमावली संशोधन गरी प्रदेशलाई दिएको छ। एसईईको सम्पूर्ण जिम्मेवारी प्रदेशलाई दिने व्यवस्थाको लागि शिक्षा ऐनमा संशोधन गर्नु पर्छ। त्यो नगरि हुदैन।’

प्रकाशित: २ कार्तिक २०७९ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App