४ वैशाख २०८१ मंगलबार
शिक्षा

नयाँ रूप पाउँदै ७० वर्ष पुरानो विद्यालय

सत्तरी वर्ष पुरानो जनकपुरधाम उपमहानगरपालिकास्थित सरस्वती माविले नयाँ स्वरूप पाउने भएको छ। उक्त विद्यालयपरिसरको भौतिक पूर्वाधारसहित सडक नाला, पोखरी सौन्दर्यीकरण तथा वातावरण सुधार आयोजनाका पूर्वविद्यार्थीसमेत रहेका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट शिलान्यास भएको छ। 

शिक्षा क्षेत्रका अगुवाइ रामस्वरूप साह, रामसागर साह, पण्डित ठाकुरप्रसाद रेग्मीलगायतको पहलमा २००४ वैशाख १ गते स्वीकृति पाई २००४ साउन २८ गते जनकपुर हाईस्कुलका नामबाट विद्यालय स्थापना भई सञ्चालनमा आएको थियो। यस विद्यालयले सात दशक पार गरिसकेको छ। यो स्कुल २०११ सालमा सरस्वती हाईस्कुल हुँदै हाल सरस्वती नमुना माविका रूपमा सञ्चालनमा रहेको छ। 

उक्त कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर सत्येन्द्र प्यारा श्रेष्ठ, पूर्व आइजिपी प्रदीपशमशेर राणा, सहरी विकास सचिव डा. रमेशप्रसाद सिंहलगायतका व्यक्तिले यस विद्यालयमा अध्ययन गरेका थिए।

विगतमा यस विद्यालयमा विशेषतः संस्कृत भाषा पढाइका लागि महोत्तरी, सर्लाही, उदयपुर, सिन्धुली, रामेछाप, ओखलढुंगादेखि विद्यार्थी आउने गरेका थिए। देशभरिमै उत्तम नजिता ल्याउने गरेको थियो। 

प्रकाशित: ६ आश्विन २०७९ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App