५ वैशाख २०८१ बुधबार
शिक्षा

इस्लिङ्टन कलेजले गर्‍याे आफ्ना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत

इस्लिङ्टन कलेजले शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ।

कलेजले (ए.ए.ए) छात्रवृत्ति समारोह २०२२ को आयोजना गर्दै आफ्ना उत्कृष्ट ६४ विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएको छ।

कलेजका अनुसार (ए.ए.ए) छात्रवृत्ति को उद्देश्य शैक्षिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति पुरस्कारका मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन अध्यापन गर्न प्रोत्साहित गर्नु हो। विद्यार्थीहरूको प्राज्ञिकता, (शिक्षा) उपस्थिति (हाजिरी) र आचरणलाई यसले एकै सूत्रमा बाँध्ने कलेजले विश्वास लिएको छ। 

यस छात्रवृत्ति पुरस्कारको प्रथम संस्करणमा कुल २७८ जना आवेदकहरूको सहभागिता रहेको थियो। २ करोड बराबरको यस पुरस्कारका लागि कलेजका प्राज्ञिक सदस्यहरूद्वारा विद्यार्थीहरूको योग्यताका आधारमा ६४ विद्यार्थीहरू मात्र छनोट गरिएको थियो ।

विद्यार्थीहरूको सम्मानमा आयोजित गरिएको सो समारोहमा कलेजका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीहरूलाई पुरस्कृत गरेका थिए। कलजले छात्रवृत्ति कार्यक्रमबाट विद्यार्थीहरूले उत्कृष्टता प्रदर्शन गर्ने एक अद्भुत अवसर बन्न सफल भएको बताएको छ।  

कलजले विद्यार्थीहरूको समग्र विकासमा महत्त्वपूर्ण टेवा पुर्याउन सक्रियरूपले विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन प्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताएको छ।

प्रकाशित: २ आश्विन २०७९ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App