७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विद्यालयमा भेन्डिङ्ग मेसिन जडान

जिल्लाको पञ्चदेव माध्यमिक विद्यालयमा स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको छ। महिनावारी भएका छात्राले विद्यालयबाट सजिलै प्याड लिनका लागि मेसिनको प्रयोग गरिएको हो।

रेड इन्टरनेशनलले उत्पादन गरेको स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिले विद्यालयमा जडान भएपछी अब महिनावारी हुने छात्रालाई सहजता हुने भएको छ। 

भेन्डिङ्ग मेसिनको  उद्घाटन  गर्दै खाडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले महिनावारी भएपछी छात्राहरु विद्यालयमा नआउने भएकाले छात्रालाई विद्यालयमा नियमित बनाउनका लागि स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको बताए।

सानो व्याकअपमा पनि सजिलै कार्ड प्रयोग गरेर प्याड निकाल्न सकिने र छात्रालाई मागि रहनु नपर्ने आफुलाई चाहिएको बेला सहजै प्राप्त गर्न सक्ने भएकाले मेसिन जडान गरिएको उपप्रमुख शाहीले जनाए।

उनले अहिले प्रविधिको युग भएकाले खाडाचक्र नगरपालिकाले पनि प्रविधिको प्रयोग गर्दै आइरहेको बताए। उनले पञ्चदेव माविमा मात्र नभएर नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन प्रयोगमा ल्याउने प्रतिवद्धता गरे।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका ब्यवास्थापक कटकबहादुर महतले महिनावारी हुँदा छात्राले विचमै कक्षा छोड्नुपर्ने समस्याको समाधान हुने बताए।

‘सामान्य तया ११ वर्षको उमेरदेखि महिनारी समय सुरु हुने भएकाले कतिपय छात्रा लाजले विद्यालय नआउने हुँदा अव छात्रालाई नियमित विद्यालय आउनमा टेवा पुग्ने उनको भनाइ छ।’ कार्यक्रमका सहभागिलेहरुले मेसिनको दिर्घकालीन व्यवस्थापनका लागि सवै लाग्नुपर्ने भनाइ राखेका थिए।  

प्रकाशित: २ आश्विन २०७९ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App