coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

‘विज्ञान र प्रविधिमा लगानी र लगाव दुवै बढाउन आवश्यक’

ताप्लेजुङका सरोकारवालाहरुले विज्ञान र प्रविधिमा लगानी र लगाव दुवै बढाउन आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङले शनिबार यहाँस्थित भानुजन माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा विज्ञानको महत्व अनुसार लगानी वृद्धिको खाँचो औंल्याएको हो। निमित्त प्रमुख जिल्ला अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले विज्ञान र प्रविधिले संसार नजिक बनाइरहेको अवस्थामा यसमा लगानी वृद्धि अपरिहार्य रहेको बताए। विज्ञान र प्रविधिलाई चुनौती दिने हिम्मत कसैको नभएको भन्दै उनले फस्टाईरहेको विज्ञान र प्रविधि क्षेत्रलाई संस्थागत र गुणात्मक प्रवद्र्धनको आवश्यकता रहेकोमा जोड दिए। शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले प्रविधिमैत्री शिक्षा सम्मुनत समाजको आधार बन्ने बताए। उनले विज्ञान र प्रविधिको उच्चतम् र व्यवहारिक प्रयोग आवश्यक र अनिवार्य रहेकोमा जोड दिए।  

भानुजन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोरकुमार राईले विज्ञान र प्रविधिमा लगानी र लगाव दुवै अपरिहार्य हुनेमाज जोड दिए। विज्ञानबाट प्रविधि र प्रविधिबाट संसारमा आएको चमत्कारले प्रकृतिलाई नै चुनौती दिएको स्मरण गर्दै राईले तर यसको सहि सदुपयोग हुनुपर्ने बताए। यसको गलत उपयोगले जोखिम निम्त्याउने खतरा समेत उनले औंल्याए। वीरेन्द्र माध्यमिक विद्यालय देवलिङ्गेका प्रधानाध्यापक कुलराज पौडेलले विज्ञान र प्रविधिले ल्याएको परिवर्तनबाट पाठ सिकेर यसको सहि उपयोगमा लाग्न आवश्यक रहेको बताए। भानुजन माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत रुपेश सुनुवारले विज्ञानको महत्व अनुसारको लगानीले मात्र प्रतिफल दिने दावी गरे।

‘विज्ञान र प्रविधिमा लगानी विस्तार,सम्मुनती र समृद्धिको आधार’भन्ने नारासहित मनाइएको राष्ट्रिय विज्ञान दिवसका अवसरमा भानु र वीरेन्द्र मावि बाहेक लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुल,जनता मावि हाङ्देवा,युवाबर्ष मावि कैंजले,सिद्धकाली मावि दोखु र मयाम मावि फुरुम्बु सहितका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।

प्रकाशित: १ आश्विन २०७९ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App