८ वैशाख २०८१ शनिबार
शिक्षा

विद्यार्थीले गरे डेंगी रोगविरुद्धको सचेतनामूलक कार्यक्रम

भक्तपुरको एउटा स्कुलका विद्यार्थीले डेंगी रोगविरुद्धको सचेतनामूलक प्रभातफेरि कार्यक्रम गरेका छन्।

अक्सफोर्ड प्राक्टिकल स्कुलको आयोजनामा बालमैत्री समाजको आधार; जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ बाल दिवससँंगै डेंगी रोगविरुद्धको सचेतनामूलक प्रभातफेरि कार्यक्रम एवं विविध सांस्कृतिक कार्यक्रम गरिएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम दुवालले समाजमा फैलिदै गएको डेंगी रोगबाट वच्न सजक र सर्तक हुनुपर्ने कुरा जोड दिए। विद्यालयले डेंगी रोगविरुद्ध सचेतनामूलक र्‍याली, पुलुकिसी जात्रा, इन्द्र जात्रा जस्ता नमूना कार्यक्रमहरु विद्यालयमै सञ्चालन हुँदै आएका छन्।

कार्यक्रममा विद्यालयमा आयेजना गरिएको विविध अतिरिक्त क्रियाकलापहरुमा विजयी विद्यार्थीहरुलाई पदक, पुरस्कार प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। कार्यक्रममा शिक्षक र विद्यार्थीहरुबाट नृत्य, गीत, नाटक तथा बालदिवस विषयक कविता प्रस्तुत गरिएको थियो।

प्रकाशित: ३० भाद्र २०७९ १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App