coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सहिद स्मृति विद्यालय बन्द

सहिद स्मृति आवासीय विद्यालय बन्द।

पलाँता गाउँपालिकाले २ वर्षअघि तामझामका साथ सहिद स्मृति आवासीय आधारभूत विद्यालय घोषणा गर्‍यो। द्वन्द्वकालमा आमाबाबु गुमाएर टुहुरा, बेसाहार, अशाय तथा अनाथ बालबालिकालाई पालिकाले निःशुल्क गाँस बास, शिक्षा, स्वास्थ्य दिने उद्देश्यले सुरु गरिएको सहिद स्मृति आवासीय विद्यालय पुराना जनप्रतिनिधिको विस्थापनसँगै बन्द भएको छ।

पालिकाले सुरुमा ३० जना  विद्यार्थि र ११ जना शिक्षक राखेर सहिद स्मृति आवासीय विद्यालय सञ्चालन गरेको थियो। विद्यालय सञ्चालनमा कर्णाली प्रदेश सरकारको दुई करोड २५ लाख खर्च भएको छ। करोडौं खचेर अघिल्लो सरकरले सञ्चालनमा ल्याएको विद्यालय नयाँ जनप्रतिनिधिले बन्द गरेका हुन्। आमाबाबु गुमाएर सहिद स्मृति आवासीय विद्यालयको संरक्षणमा आएका कैयौँ बालबालिकाहरु अहिले शिक्षाबाट वञ्चित भएका छन्।

गाउँपालिका अध्यक्ष विष्णु रोकायाले राज्यको पैसा दुरुपयोग गर्ने कुनै पनि निति, नियम, कार्यविधि नभएर कागजिरुपमा पालिकाको बजेट ल्याएको बताए। उनले भने ‘राज्यको पौसा चलाउन कानुन चाकिन्छ। बच्चा छन् २४ जना कर्मचारी १४ जना राखेका छन्। पालिकामा आयश्रोत पनि छैन। कार्यविधि पनि छैन्। आवासीय भनेको त अनाथ बेसाहार र आमा बुबाको पहिचान नभएकाको लागि होला तर त्याहाँ पढाउने शिक्षकका छोरा छोरी छन्। हामीले कलेक्सन गरेर ल्याउन भनेका छौं।’

उनले थपे ‘बिसुद आमाबुबा नभएका, आमाबुबा गुमाएर वेवारिसे अवस्थामा रहेका बालबालिकालाई काटछाट गरेर ल्याउन भनेको हुँदा अवको केही दिनमा आवासीय विद्यालय सञ्चालन हुने छ। गाउँपालिकामा पहिलेका जनप्रतिनिधिले बेथिति रोक्न यस्तो गरेको अध्यक्ष रोकायाल बताए।

प्रकाशित: १० भाद्र २०७९ ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App