७ वैशाख २०८१ शुक्रबार
शिक्षा

आफ्नो सरूवामा राजनीति गरेर डिन कार्यालयले दु:ख दिएको सहप्राध्यापक गौतमको गुनासो

त्रिभुवन विश्वविद्यालयका सहप्रधयापक वसन्त गौतमले राजनीतिक भागबण्डामा पारेर आफूलाई ७ महिनादेखि पुलचोकस्थित डिन कार्यलयले दुःख दिइरहेको गुनासो गरेका छन्। 

काज फिर्ताको लागि निवेदन दिएको सात महिना बितिसक्दा पनि कार्यलयले पुलचोक इन्जिनियरिङ क्याम्पसमा दरबन्दी कायम गर्न नमानेको बताएका छन्। उनले भने, ‘काज फिर्ताको लागि निवेदन दिएको ७ महिना भयो तर पनि 'अहिलेसम्म आफ्नो दरबन्दी भएको ठाउँमा जान पाएको छैन'। राजनीतिक भागबन्डामा पारेर दुःख दिने काम भईरहेको छ।’

गौतमले आफू बढुवा भएर सहप्राधयापक भइ सक्दा पनि डिन कार्यलयले पुलचोक इन्जिनियरिङ क्याम्पसमा दरबन्दी नदिएको बताए। ‘२०७६ साल साउन ७ गते म बढुवा भएर पुलचोक क्याम्पसमा सहप्रधयापक भएँ, मैले पोखरा क्यामपस छोड्न खोजे तर त्रिभुवन विश्वविद्यालयले मालाई अहिलेलाई  त्यहीँको विद्यालयमा बस्नु पछि यहाँ आउनु भनेपछि म त्यहीँ बसेँ, अहिले आउँन खोज्दा डिन कार्यलयले मलाई फिर्ता बोलाएन म त्रिभुवन विश्वविद्यालय नै उपस्थित भइनँ', उनले थपे,‘ त्यहाँबाट मलाई त्रिभुवन विश्वविद्यालयको हकमा डिनको कार्यलयबाटनै जनशक्ती व्यवस्थापन गर्ने अधिकार रहेको हुदाँ आवश्यकता र औचित्यको आधारमा निजको काज फिर्ताको प्रकृया त्यसै कार्यलयबाट गर्न अनुरोध गरेको थियो तर उहाँहरुले मान्नु हुँदैन।’

गौतमले डिनको कार्यलयले कुनै पनि लिखित जवाफ नदिएको बताए। ‘मैले बाराम्बार अनुरोध गर्दा पनि मेरो मागको सुनुवाइ भएन, डिन कार्यलयले  पनि वास्ता गरेन।’ उनका अनुसार पुलचोक इन्जिनियरिङ क्याम्पसमा सहप्रधयापक चाहिएको छ तर, डिन कार्यलयले सुनुवाइ नै गर्दैन।  

गौतमले भने, ‘डिन कार्यलयले मलाई रजिस्टार महाशाखा प्रमुखले लेखेको चिठी हामी मान्दैनौं भनिरहेको छ। त्रिभुवन विश्वविद्यालयकै चिठी चाँहिन्छ यस्ले मान्दैनौं भनेको छ। त्यसैले म बाध्य भएर मिडियामा आएको हुँ, भएन भने अदालत पनि जाने निर्णय गरेको छु’ उनका अनुसार पश्चिमाञ्चल क्याम्पसले सरुवाको लागि सहमति दिएको छ। पुलचोक इन्जिनियरिङ क्यामपसले दरबन्दी खाली छ भनिरहेको छ। तर डिन कार्यलयले मान्दै मान्दैन।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कार्यलयका डिन प्रा।डा।शसीधर राम जोशीले भने, ‘हामीबीच कुनै पनि राजनीतिक र व्यक्तिगत कारण छैन। हामीले उहाँलाई भनेको यति मात्र हो तपाईँ जुन व्यक्तिसँग काजमा जानुभयो त्यही व्यक्तिसँग आफ्नो काजको पत्र लिएर आउनुहोस।’

आफूले उनलाई आफू त्रिभुवन विश्वविद्यालयको एक विभाग प्रमुख भएको र आफू भन्दामाथिको कार्यलय विश्वविद्यालय भएको हुनाले विश्वविद्यालयको नै हस्ताक्षर पत्र लिएर आउन भनेको बताए। ‘तर उहाँले रजिष्टार महाशाखा प्रमुखको हस्ताक्षर लिएर आउनु भएको थियो त्यसैले हामीले उहाँलाई फिर्ता पठाइदिएका हौँ।’

उहाँलाई आफू भन्दा ठूलो मातहतको कार्यलयबाटन जानु भयो पश्चिमञाचल क्याम्पस र अहिले पनि उहाँहरुसँग नै आउनुस् भनेर भनेका हौँ। तर, उनले त्रिभुवन विश्वविद्यालयको रजिष्टार महाशाखा प्रमुखको हस्ताक्षरमात्र लिएर हामी कहाँ आउनु भएको हो' उनले भने।  

‘उनलाई मैले हामी त्रिभुवन विश्वविद्यालयको एक विभागमात्र भएकोले तपाईँले काजको पत्र लिदाँ त्रिभुवन विश्वविधालयबाटै लिनु भएको र त्यहाँबाट नै लिएर आउँनुस भनेका हो।’ उनले भने, ‘तर उहाँले पश्चिमाञ्चल क्याम्पसमा जाँदा पनि पुलचोक क्यामपसमा हाजिरनै नगरि त्रिभुवन विश्वविद्यालयबाट काजमा जानु भयो। त्यसले गर्दा पनि समस्या आएको हो। तर मैले उहाँलाई तपाईँ विश्वविद्यालयमा नै भन्नुस म सहयोग गर्छु भन्दा पनि उहाँ मालाई वेवास्ता गरेर चलिरहनु भएको हो। उहाँ नियम विपरित जानु भएको छ। त्यसको लागि हामी भोलि पत्र काटछौ,' उनले थपे।

जोशीले भने,‘ उहाँ पारिवारीक कारण लिएर ठाँउ सार्ने गरिरहनु भएको छ। उहाँ ४ वर्ष पहिला पनि पारिवारीक कारण देखाएर पोखरा जानुभएको हो। र अहिले पनि उहाँ पारिवारीक कारण देखाएर नै पुलचोक क्याम्पस आउन चाहनु भएको छ।'  

जोशीका अनुसार एउटा कुनै पनि अफिसमा काम गर्दा पारिवारिक हिसाबले नहेरी कामको हिसाबले काम गनुपर्ने हुन्छ। 'उहाँ जहिले पनि पारिवारीक कारण मात्र देखाएर ठाँउ सार्न खोजनु हुन्छ। उहाँले भन्नुहुन्छ उहाँ अदालत जानुहुन्छ भने हामी पनि अदालत जान तयार छौँ।’ 

 

 

 

 

 

 

 

प्रकाशित: ६ भाद्र २०७९ १६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App