३१ श्रावण २०७९ मंगलबार
शिक्षा

‘जति कलेजमा गए पनि हाम्रै राम्रो छ भन्छन्, छुट्टाउन गाह्रो भइसक्यो’

भरपर्दो आधार नहुँदा विद्यार्थी र अभिभावक अन्योलमा

प्लसटुकाे लागि कलेजमा इन्ट्रान्स दिनेहरूकाे भीड। तस्बिर साैजन्य: गजेन्द्र मन्डल

झापा जिल्लामा १० कक्षाको अध्ययन पुरा गरी उच्चशिक्षा हासिल गर्न काठमाडौं आएका सुजन तिमल्सेनाले अहिलेसम्म कलेजको टुङगो लगाउन सकेका छैनन्। उनी काठमाडौंका नाम चलेका लगभग सबै कलेजहरुमा पुगिसकेका छन्। तिमल्सेना अझै अन्योलमा छन्।  

उनी अहिलेसम्म जेभियर, युनाइटेड, युनिग्लोबल, ट्रिनिटी, साउथ वेस्टनलगायतका कलेज पुगिसकेका छन्। तिमल्सेना आफूलाई पाएक पर्ने र परिवारलाई खर्च समेत धान्न मुस्किल नपर्ने हिसाबले एउटा कलेज छान्ने बताउँछन्।  

‘काठमाडौंमा अरु थुप्रै कलेजहरू पनि छन् सबै बुझ्न सम्भव पनि हुँदैन, मलाई चाहीं सानैदेखि होटल म्यानेजमेन्ट सम्बन्धी विषयमा रुचि भएकोले साथीहरू र मम्मीको सल्लाह बमोजिम आफ्नो लागि कलेज रोज्नेछु’, उनले भने। तिमल्सेनासँगै उनकी आमा तुलसा पनि कलेजहरु पुगिरहेकी छिन्। 

तुलसा भन्छिन्, ‘कलेजहरूको भीडमा बाबुलाई सबैभन्दा राम्रैमा भर्ना गरौं भन्ने हो, तर कस्तो कलेज राम्रो हुने हो? धेरै नै राम्रोमा पनि खर्च उत्तिकै हुन्छ, परिवारको अवस्था पनि हेर्नुपर्‍याे, महिनाकै लाखौं रुपैयाँ तिरेर पनि पढाउन सकिँदैन, जति कलेजमा बुझ्न गयौँ, हाम्रै राम्रो छ भन्छन्, विद्यालय मात्र राम्रो भएपनि हुँदैन पढाइको गुणस्तर पनि राम्रो हुनुपर्छ। कुन राम्रो कुन नराम्रो छुट्टाउन गाह्रो भइरहेको छ।’

यो एउटा उदाहरण मात्र हो। माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजा (एसईई) सार्वजनिक भएपछि राजधानीका प्लसटुहरूमा अभिभावक र विद्यार्थीहरू भिड लाग्न थालेको छ। छोराछोरीको शैक्षिक भविष्यप्रति संवेदनशील अभिभावकहरु कलेजहरु खोज्दै भौतारिरहेका छन्। कलेजहरूको शैक्षिक स्तर र शुल्क अभिभावकहरुको सबैभन्दा ठूलो  समस्या भएको छ। कलेजको शैक्षिक स्तरबारे सही सुचना प्रवाह नहुँदा अभिभावकहरु तीनले गरेका विज्ञापन र प्रचारलाई कलेज छनौटको आधार मान्न बाध्य छन्। अभिभावक र विद्यार्थी दुवैका लागि कलेज छनौट गर्ने जिवनको महत्वपूर्ण निर्णय पनि हो।  

माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजा (एसईई) सार्वजनिक भएपछि राजधानीका प्लसटुहरूमा अभिभावक र विद्यार्थीहरू भीड लाग्न थालेको छ। छोराछोरीको शैक्षिक भविष्यप्रति संवेदनशील अभिभावकहरु कलेजहरु खोज्दै भौतारिरहेका छन्। कलेजहरूको शैक्षिक स्तर र शुल्क अभिभावकहरुको सबैभन्दा ठूलो  समस्या भएको छ। 

सिरहा लहानका विपिन ठाकुर र सुरेन्द्रकुमार यादवले काठमाडौंको एक होस्टेलमा बसेर विगत दुई महिनादेखि कलेज बुझ्न हिँडिरहेका छन्। विपिनले आफू विज्ञान विषय लिएर पढ्ने बताए, उनले भर्खरै काठमाडौंको सेन्ट जेभियर कलेजमा इन्ट्रान्स परीक्षा दिएका छन्। आफूलाई पढाउने सिरहाका एक शिक्षकले उनलाई सेन्ट जेभियर कलेजको बारेमा बताएका थिए। 'सरहरुले राम्रो छ भन्नुभयो र आंफै पनि बुझ्न गए इन्ट्रान्स परीक्षा दिने विद्यार्थीहरूको भीड एकदमै लामो थियो, भीड देखेर यो राम्रो रैछ भनेर थाहा पाएँ।' विपिनले भने।  

प्लसटुकाे लागि कलेजमा इन्ट्रान्स दिनेहरूकाे भीड। तस्बिर साैजन्य: सगुन डाेटेल

त्यस्तै सुरेन्द्र इन्जिनियर बन्न इच्छुक छन्, उनले आफू पुल्चोक इन्जिनियरिङ कलेज, युनाइटेड एकेडेमी, गोल्डेन गेट, ग्लोबल कलेज बुझेको बताए। उनका अनुसार युनाइटेडका वार्षिक १ लाख ८० हजार फि छ, प्रसादीमा १ लाख ७० हजार, ग्लोबलमा २ वर्षको ५ लाख भन्दा बढी छ। उनले सरकारी कलेजहरुमा विद्यार्थीहरुलाई बढी प्राथमिकता नदिने, खर्च कम भएपनि पढाई राम्रो नहुने भएकाले निजी क्षेत्रका कलेजहरु रोज्न बाध्य भएको बताए। उनका बुवाआमा कृषक हुन्। 'हामी दुख गर्छौं, पढाइमा ध्यान दिनु' उनको बुवाको यस शब्दले थप उर्जा दिइएको सुरेन्द्र बताउँछन्।

एसइई पछि कुन विषय पढ्ने भन्ने कुराले पछि गएर के बन्ने भन्ने निर्धारण गर्छ। तसर्थ उनीहरूको कलेजको पठनपाठनका बारे अभिभावक चिन्तित हुनु सामान्य नै हो। एसइई परीक्षा पछिको उच्च माध्यमिक तहको शिक्षा एउटा त्यस्तो विन्दु हो जहाँबाट करियरको आधार तयार गर्न सकिन्छ। अर्थात् उच्च माध्यमिक तहलाई करियरको प्रवेश विन्दु पनि मान्न सकिन्छ।

केही विद्यार्थीहरु आफ्नो रुची अनुसारको विषय भन्दापनि अरुको सुझाव अनुसार विषय र कलेज छान्ने ध्याउन्नमा छन्। धरानको पुलिस स्कुलमा आफ्नो १० सम्मको अध्ययन पूरा गरी काठमाडौँ पढ्न आएका ताप्लेजुङका अनुप लिम्बू आन्टीको सुझाव बमोजिम र कलेजको ड्रेस पनि राम्रो भएको हुनाले साउथ वेस्टर्न कलेजमा भर्ना भएको बताए। उनले सो कलेजमा होटल म्यानेजमेन्ट संकाय अध्ययन गर्ने र पछि गएर लाहुरे बन्ने बताए।

त्यस्तै क्यानभास कलेजमा बुझ्न आएका ओखलढुंगाका गगन भन्छन्,‘अरुले रिकमेण्ड गरेर पढ्नु भन्दा पनि आफ्नो लागि आंफैले उपयुक्त कलेज खोज्नुपर्दछ, बुवाले गाडी चलाउनुहुन्छ, परिवारलाई पनि आर्थिक भार नपर्नेगरी कुन कलेज ठिक हुन्छ बुझ्दै हिँडेका छौं।’ उनी आफ्नो तीन जना साथीहरुसँग कलेजहरू बुझ्दै हिँडेका थिए।

काठमाडौंको बसुन्धरामा अवस्थित क्यान्भास इन्टरनेशनल कलेजका सहायक प्रमुख विष्णु प्रसाद पाण्डे भन्छन्, ‘विद्यार्थीहरू पढाइमा केन्द्रित भएर कहाँ पढाइ राम्रो छ भनेर खोज्नुभन्दा कलेजको भौतिक संरचना, र नाम चलेकै आधारमा कलेज छान्ने गर्दछन्। शिक्षक कहाँ राम्रो छ भनेर खोज्दैन बरु फुटसल, फुटबल भलिबल जस्ता खेलहरु कहाँ छ भन्ने कुरामा बढी चासो देखाउँछन्।’

काठमाडौंको बसुन्धरामा अवस्थित क्यान्भास इन्टरनेशनल कलेजका सहायक प्रमुख विष्णु प्रसाद पाण्डे भन्छन्, ‘विद्यार्थीहरू पढाइमा केन्द्रित भएर कहाँ पढाइ राम्रो छ भनेर खोज्नुभन्दा कलेजको भौतिक संरचना, र नाम चलेकै आधारमा कलेज छान्ने गर्दछन्। शिक्षक कहाँ राम्रो छ भनेर खोज्दैन बरु फुटसल, फुटबल भलिबल जस्ता खेलहरु कहाँ छ भन्ने कुरामा बढी चासो देखाउँछन्।’

उनले अभिभावकहरूमा शैक्षिक गुणस्तर भन्दापनि सहुलियत कति छ, कतिको सस्तो छ भनेर खोजी गर्ने बताए। उनले हालको शिक्षा व्यापार भएको र राष्ट्रिय परीक्षा बोर्डले कोटा सिस्टम राख्नुपर्ने बताएका छन्। '४ सय विद्यार्थीहरुलाई मात्र शिक्षा दिनसक्ने विद्यालयले वार्षिकरुपमा ४ हजार विद्यार्थी राखेर कस्तो गुणस्तर दिनसक्छन्?’ उनले प्रश्न गरे।

नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष डिके दुड्डानाका अनुसार अभिभावकले आफ्ना बालबालिकालाई पढाउन चाहेको विद्यालयको बारेमा भरपूर जानकारी लिनु पर्दछ। विगतका विद्यार्थीहरुको अनुभव लिने, उनीहरू अहिले के गर्दै छन्, के कस्ता प्रगति गरे भनेर जानकारी लिनु पर्दछ। 

संघ/प्रदेश, जिल्ला हरुको शिक्षा निकाएहरुसँग पनि बुझ्नु पर्दछ, विज्ञापन कै भरमा मात्र भर्ना गराउँदा सबै सत्य नहुन पनि सक्छ। कलेज रोज्दा कलेजको पृष्ठभूमि हेर्न सकिन्छ, कलेजको व्यवस्थापन कस्तो छ, शिक्षकहरु कत्तिको दक्ष छन्, पछिल्लो समय कलेजको नतिजा कस्तो छ, कलेजको शुल्क पाएक पर्ने छ कि छैन, भन्ने कुराहरुमा ध्यान दिनुपर्छ।

एटलान्टिक एन्टरनेशनल कलेजमा अध्ययनरत विद्यार्थी प्रवेशले आफ्नो अनुभव सुनाउदै भन्छन्, ‘विद्यार्थीहरुलाई व्यवहारिक कुराको धेरै ज्ञान हुँदैन। सुरुमा मलाई पनि यस्तै भएको थियो। कुन विषय पढ्ने भन्दापनि कुन विषय लिएर पढ्दा मलाई राम्रो हुन्छ, मलाई पछि गएर के बन्ने इच्छा छ, मेरो भविष्य के ठिक हुन्छ भनेर विद्यार्थी आंफैले सोच्नुपर्छ। आफूलाई मन लागेको विषय पढ्दा, पढ्न पनि रमाइलो हुन्छ। तसर्थ कुन विषय पढ्ने भनेर विद्यार्थीको इच्छाअनुसार अभिभावकले सहयोग गर्न सक्छन् तर हस्तक्षेप भने गर्नुहुँदैन विद्यार्थीको इच्छा आकांक्षा बुझेर, उनीहरूलाई बुझाउनुपर्छ। विद्यार्थीको इच्छा र अभिभावकको समर्थनले विद्यार्थीको भविष्य उज्जल हुन सक्छ।’

प्लसटुकाे लागि कलेजमा इन्ट्रान्स दिनेहरूकाे भीड। तस्बिर साैजन्य: अनिश बन्जारा

उच्च मध्यमिक शिक्षाका लागि अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाइ काठमाडौं हो। तर यहाँका कलेजहरुको शैक्षिक स्तर, सुविधा र शुल्कबारे जानकारी प्राप्त गर्ने भरपर्दो आधार नभएकाले अभिभावक  र विद्यार्थीहरु अन्यौलमा छन्। कलेजहरुको भटकिलो प्रचार प्रसारलाई आधार मानेर कलेज छान्न विवश छन्। कतिपय अभिभावकहरुले ऋण खोजेर भएपनि नाम चलेका कलेजहरु रोज्न थालेका छन्। यतिखेर अधिकांश कलेजहरु कसरी विद्यार्थीहरुलाई आफ्नो कलेजमा तान्ने भन्ने होडबाजीमा छन्। आफ्नो कलेजको प्रचारप्रसारका लागि देशका विभिन्न ठाउँहरुमा पुगेर, होडिङ बोर्ड व्यानर लगाउने, सामाजिक संजालमा प्रचार प्रचार गर्ने प्रवृत्ति छ।  

उच्च मध्यमिक शिक्षाका लागि अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाइ काठमाडौं हो। तर यहाँका कलेजहरुको शैक्षिक स्तर, सुविधा र शुल्कबारे जानकारी प्राप्त गर्ने भरपर्दो आधार नभएकाले अभिभावक  र विद्यार्थीहरु अन्यौलमा छन्। कलेजहरुको भटकिलो प्रचार प्रसारलाई आधार मानेर कलेज छान्न विवश छन्। कतिपय अभिभावकहरुले ऋण खोजेर भएपनि नाम चलेका कलेजहरु रोज्न थालेका छन्। यतिखेर अधिकांश कलेजहरु कसरी विद्यार्थीहरुलाई आफ्नो कलेजमा तान्ने भन्ने होडबाजीमा छन्। 

यसपालि पाँच लाखभन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा एसइईका लागि फारम भरेका थिए। तीमध्ये करिब ४ लाख ९५ हजार परीक्षामा सहभागी भएका थिए। यसपालिको एसइई नतिजा अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७, २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ। २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेको परीक्षणा बोर्डले जनाएको थियो।

प्रकाशित: १९ श्रावण २०७९ १९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App