coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

एसीइइका विद्यार्थीलाई भक्तपुरमा गरियो मार्गनिर्देशन

एसइइ दिएर बसेका काठमाडौं उपत्यकाका विभिन्न स्कुलका विद्यार्थीहरुलाई शनिबार भक्तपुरको एउटा स्कुलले मागनिर्देशन दिएको छ। ओपन हाउस २०२२ नामाकरण गरिएको उक्त कार्यक्रममा एसइइ दिएर बसेका उपत्यका र उपत्यकाबाहिरका विभिन्न स्कुलका करिव एक हजार विद्यार्थीलाई मार्गनिर्देशन दिइएको हो।

काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले एकदिने ओपन हाउस २०२२ कार्यक्रममा एसइइ दिएर बसेका विभिन्न स्कुलका विद्यार्थी जानकारी पाउनुका साथै मनोरञ्जनमा पनि रमाएका थिए। एसइइ दिएर वसेका विद्यार्थीलाई लक्षित गर्दै गरेको कार्यक्रममा विद्यार्थीहरु आफूलाई चाहिने जाकनकारी लिनुका साथै विशेष गरेर कन्सर्टमा रमाएका थिए। एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछिको दिशानिर्देश दिनुका साथै मनारञ्जन दिलाउन कार्यक्रमको आयोजना गरिएको थियो।  

काठमाडौ वल्र्ड स्कुलकी मार्कटिंग एण्ड एडमिसन प्रमुख आरती आचार्यले कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यका बाहिरका विभिन्न जिल्लाका विद्यार्थीहरु सहभागी भएको बताइन्। उनका अनुसार विहान १० बजेदेखि साँंझ पाँंच बजेसम्म गरेर पुननपुग एक हजार विद्यार्थी सहभागी भएका छन्। एसइइ दिएर बसेका विद्यार्थीलाई प्रवेश पत्रको आधारमा निःशुल्क प्रवेश गराइएको थियो।    

कार्यक्रममा सहभागी हुन काठमाडौ, ललितपुर र भक्तपुरबाट आउन चाहने एसईई दिएर बसेका विद्यार्थीलाई निःशुल्क बसको व्यवस्था स्कुलले गरेको थियो। काठमाडौंको लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमि भक्तपुरको लागि थिमि चोकमा विहान १० बजे गाडीको व्यवस्था रहेको थियो। साथै भक्तपुरको पाण्डुबजारबाट भने दिनभरि नै प्रत्येक आधाआधा घण्टाको फरकमा स्कुलले गाडीको व्यवस्था गरेको थियो।  

कार्यक्रममा सहभागी विद्यार्र्र्थीलाई एसईईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारी गराइएको थियो। साथै उनीहरुलाई विभिन्न तरिकाबाट मनोरञ्जन दिलाइएको थियो।  

कार्यक्रममा सहभागी हुन भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय माध्यामिक विद्यालयबाट एइइ दिएर बसेकी क्रिष्टिना घोरसाइनीले कार्यक्रममा सहभागी भएर आफू लाभान्वित भएको बताइन्। आफूले अव विज्ञान संकाय लिएर वल्र्ड स्कुलमै पढ्ने निर्णय गरेको उनले सुनाइन्। आफूलाई त्यहाँंको वातावरण रमाइलो लागेको उनले सुनाइन्।

काठमाडौ वल्र्ड स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा रहेको जंगलकोवीचमा रहेको छ। यहाँंको वातावरण शान्त छ। सवैतिर हरियो रुख विरुवा रहेको यो ठाउँंमा चराचुरंगीको आवाज सुनिनुका साथै सवैतिर हरियाली छाएको छ। भीडमा रहेकोले तलको भ्यु हेर्न अझै मनमोहक छ।

यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकबाट करिव दुई किलोमिटर दक्षिण गुण्डु चोक जाने बाटैमा रहेको छ। यहाँं पुग्न कालोपत्रेसहितको फराकिलो बाटो छ। ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँंमा स्कुलका दर्जनौ भव्य भबनहरु रहेका छन्।  

कार्यक्रममा सहभागी हुन तराईको महोतरीबाट आएका बताउने मनिकलाल महतो गाउँंमै एसइइ दिएको र अव यो स्कुलमा पढन चाहेको बताए। यसैका लागि आफू कार्यक्रममा सहभागी हुन आएको उनले बताए। आफूले मनोरञ्जनमा भन्दा पनि कलेजको पढाईकोबारेमा बुझेको उनले सुनाए। आफूले यहाँं विज्ञान संकाय लिएर पढन चाहेको उनले जनाए। स्कुलमा विज्ञान, व्यवस्थापन र ए लेभलको कक्षाहरु सञ्चालन हुन्छन्।

प्रकाशित: ११ असार २०७९ १५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App