१६ चैत्र २०८० शुक्रबार
शिक्षा

समानता र छोरी शिक्षामा जनप्रतिनिधिहरूको जोड

सर्लाही, रौतहट र बाराका जनप्रतिनिधिहरुले छोरी शिक्षा र समाजको समानतामा जोड दिएका छन्। कानु समाज कल्याण समिति रौतहटले शनिवार शिवनगरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रममा वक्ताहरुले जातीय गौरव बढाउन पारस्परिक सहयोगको आवश्यकता रहेझैँ समाजलाई अगाडि बढाउन छोरीलाई पढाउनु पर्ने कुरामा जोड दिएका छन्।  

पूर्वमन्त्री ज्वालाकुमारी साह, प्रदेश साँसद बाबुलाल साह, गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, बाराको महागढीमाई नगरपालिकाकी उपप्रमुख गीतादेवी साहसहित अल्पसंख्यक कानु जातिबाट स्थानीय तहमा सर्लाही, रौतहट र बारामा निर्वाचित जनप्रतिनिधिहरुले एकै स्वरले छोरी शिक्षामा जोड दिएका हुन्।  

नेपालमा अल्पसंख्यक समुदायमा रहेको कानु जातिका वडा सदस्यदेखि पूर्वमन्त्रीसम्मका करिब पाँच दर्जन जनप्रतिनिधिलाई समाजले सम्मानित गरेको हो।  

कार्यक्रममा सम्बोधन गर्ने क्रममा गरुडा नगरपालिका ५ का वडाध्यक्ष विनोदप्रसाद कलवारले दुई लाख र गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले मन्दिर निर्माणका लागि दश लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसै गरी देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बिस हजार इँटा र दुई सय बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गौरका नगर प्रमुख शम्भु साह र प्रदेश साँसद बाबुलाल साहले आफूहरुले पहिलेदेखि नै सहयोग गर्दै आएको र आवश्यकताअनुसार सबै किसिमले सहयोग गर्दै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: ११ असार २०७९ १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App