१५ चैत्र २०८० बिहीबार
शिक्षा

स्वदेश फर्किएर देश निर्माणमा सहभागी बन्न शिक्षामन्त्री पौडेलको आव्हान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडलेले विदेशमा रहेका नेपालीहरुलाई राष्ट्र निमार्णमा सहभागी बन्न आव्हान गरेका छन्। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बुधवार अल्डरशटमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले गैरआवासीय नेपाली समुदायसँग देशले ठूलो अपेक्षा राखेको बताए।

मन्त्री पौडेलले नेपाली जनताले राजनीतिक अधिकारको यात्रा पुरा गरिसकेको भन्दै अब समृद्धिको यात्रामा निस्कनु पर्नेमा जोड दिए। मन्त्री पौडेलले भने, ‘हामीलाई यस्तो लोकतन्त्र चाहिएको छ त्यसले जनतामा समृद्धि आओस्। यो यात्रा एनआरएनएले पूरा गर्नसक्छ।’

मन्त्री पौडेलले नेपालको पूर्वाआधार क्षेत्रमा लगानीको लागि आव्हान गर्दै राष्ट्र निमार्णको यात्रामा एनआरएनएको भूमिका महत्वपूर्ण हुने बताए।  

उनले भने, ‘नेपालमा लगानी गर्नुहोस्। सरकारले दोहोरो नागरिकताको व्यवस्थापन गर्न सरकार तयार छ। मन्त्री पौडेलले बेलायतमा रहेका भूपू गोर्खाहरू इमान्दारिताको प्रतिक भएको बताउँदै उनीहरूको माग वार्तामार्फत समाधान गर्न सरकार सकरात्मक रहेको बताए। 

मन्त्री पौडेलले नेपाललाई प्रकृतिले सुन्दरता दिए पनि देश बनाउन राजनीतिज्ञहरू असफल भएको भन्दै  देश निर्माणका लागि स्वदेश फर्किन विदेशमा रहेका नेपालीहरूलाई आग्रह गरे।  

उनले भने दृढ संकल्प लिए देश बनाउन सकिन्छ आवश्यक कानुनहरू निर्माणका लागि ढोका ढोकढकाउनुहोस्  सरकारले कानुन निर्माणका लागि सहयोग गर्छ।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का अन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विदेशमा बस्ने नेपालीहरुले नेपालका राजनीतिज्ञहरुलाई दवाव नदिएसम्म देश नबन्ने तर्क गरे।

उनले विदेशमा सिकेको सिप र ज्ञानलाई नेपालमा लागू गर्न दवाव सृजना गर्न आग्रह गरे। उनले विदेशमा रहेका नेपालीसँग छुँदा पनि गर्व र साहस आउने बताए। तर उनले देश बनाउन विदेशमा रहेका नेपालीहरुको भूमिका  निर्वाह गर्नुपर्ने बताए ।  

पाैडेलले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलालाई देश बनाउन आग्रह गर्दै उनले भने, 'एफडिआईको मात्र कुरा गर्न थालियो भने देश बन्दैन विदेशमा हरेका नेपालीहरुको देशप्रति सामिप्यता भयाे भने मात्रै देश बन्न सक्छ।'

कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारी लगायत भूपूगोर्खाहरुको उपस्थिति थियो। मन्त्री पौडेल बेलायतमा आयोजना भएको शिक्षासम्बन्धी एक अन्तराष्ट्रिय शैक्षिक सम्मेलनमा भाग लिन बेलायत आएका हुन्। 

गत आइतवारदेखि ४ दिनसम्म चलेको विश्वका १ सयभन्दा बढी मन्त्रीहरु सहभागित सम्मेलन मन्त्री पौडेलले नेपालमा शैक्षिक क्षेत्रमा भएका प्रगतिको बारेमा आफ्ना भनाइहरू राखेका थिए।  उनी भोलि शुक्रवार नेपाल फर्किने कार्यक्रमतय भएको उनका स्वीकीय सचिव राजन पौडेलले जानकारी दिए।

प्रकाशित: १२ जेष्ठ २०७९ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App