coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

भक्तपुरको चुनावी एजेन्डा: ख्वप विश्वविद्यालय सञ्चालन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकामा कार्यभार सम्हिालिरहँंदा अन्तिम पटक पत्रकार सम्मेलन गरी भनेका थिए, हामीले पाँंचवर्ष अगाडि घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धतापत्रहरुमध्ये तीन वटा कामहरु गर्न नसकेकाहरुमध्ये गर्न नसकेको एउटा काम हो, ख्वप विश्वविद्यालयको सञ्चालन। अहिले त्यही ख्वप विश्वविद्यालयको सञ्चालन प्रतिवद्धताको एक नम्वरमा राखी उनले फेरि उही नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट मेयरमा उम्मेदबारी दिएका छन्।  

चार दशक अघिदेखि एकछत्र जित्दै आएको नेमकिपाको भक्तपुर नगरपालिकाकाको निर्वाचनका लागि दिइएको प्रतिवद्धता पत्रको पहिलो नम्वरमा छ, ख्वप विश्वविद्यालय। ख्वप विश्वविद्यालयलाई पूर्णता दिन संघर्षरत रहने प्रतिवद्धता पहिलो नम्बरको बुँंदामा उल्लेख छ।  

उक्त पार्टीबाट मेयरमा उम्मेदबारी दिएका प्रजापतिले भनेका छन्, ‘हाम्रो एजेन्डा शिक्षामा हो। ख्वप विश्वविद्यालयलाई अगाडि बढाउने कोसिस गर्छौ। सरकारले स्वीकृति दियो भने मेडिकल पनि कलेज खोलेर सस्तोमा डाक्टर उत्पादन गर्छौ।’  

२०७४ सालको स्थानीय निकायको निर्वाचनमा पनि उक्त पार्टीबाट प्रजापति नै विजयी बनेका थिए। उक्त समयमा नेपाली कांग्रेसबाट रामप्रसाद कासुला मेयरमा उम्मेदबारी दिएका थिए। त्यतिबेला उनी निकटम प्रतिद्धन्दी भएका थिए। उनले ६ हजार ५६० मत ल्याएका थिए। अहिले पनि उनी नै सतारुढ नेकपा एससँंगको सहकार्यमा मेयरमा उम्मेदबारी परेको छ।  

कसुला मेयरको उम्मेदबारी भएको गठबन्धनको प्रतिवद्धता पत्रमा पनि ख्वप विश्वविद्यालयलाई नै प्राथमिकतामा राखिएको छ। शिक्षा शीर्षकमा राखिएका बुँंदाहरुमध्येमा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने योजना रहेको उल्लेख छ। प्रमुख दल नेमकिपा, निकटम प्रतिद्धन्द्धी कांग्रेसको गठबन्धन दलसहित नगरपालिकामा उम्मेदबारी दिएका  प्रतिस्पर्धी दलहरुले पनि ख्वप विश्वविद्यालय सञ्चालन गर्नेलाई प्रतिवद्धतापत्रमा प्रतिवद्धता जनाएका छन्।  

हाल भक्तपुर नगरपालिका अन्तर्गत तीन ठाउँंहरुमा गरी सात वटा कलेजहरु सञ्चालित छन्। ती कलेजहरुमा देशभरका विद्यार्थीहरु अध्ययनरत छन्। यही कारण यी सवै कलेजहरुलाई मिलाएर ख्वप विश्वविद्यालयको रुप दिने योजना भक्तपुर नगरपालिकाले राख्दै आएको छ। तर पनि यो सपना पूरा हुन सकेको छैन। २०५४ सालको निर्वाचन घोषणापत्रमा उल्लेख भए अनुसार नगरपािलकाकाले पहिलो पटक २०५६ सालमा ख्वप मावि सञ्चालन थालेर अहिले त्यो संख्या सात वटामा पुयाएको हो। आफूहरु नगरपालिकामा विजयी भएर आए ख्वप कलेजको योजना पूरा गर्ने प्रतिवद्धता सवै दलहरुले राखेका हुन्।  

यसअघिको निर्वाचनमा यस नगरभित्र कुल ५२ हजार ९३० मतदातामध्ये नेमकिपाबाट उम्मेदवार बनेका सुनिल प्रजापतिले २५ हजार ७३० मत र उपमेयरमा रजनी जोशीले २५ हजार ७११ मत ल्याएर विजयी भएका थिए। यस्तै काँग्रेसका मेयर रामप्रसाद कासुलाले ६ हजार ५६० र उपमेयर गंगालक्ष्मी अवालले ६ हजार ५६० मत ल्याएर दोस्रो भएका थिए। यस्तै एमालेबाट मेयरमा उम्मेदवार भएका विष्णुप्रसाद सुवालले ४ हजार २१८ मत र उपमेयर कृष्णमाया त्वायनाबासुले ४ हजार ६३१ मत ल्याएर तेस्रो भएका थिए। माओवादी केन्द्रबाट मेयरका उम्मेदवार सत्यलाल मुल २ हजार ३१३ मत र उपमेयरका उम्मेदवार इन्द्रमाया सुवाल २ हजार १७० ल्याएका थिए।

कुन पार्टीबाट को–को उम्मेदवार?  

मेयरतर्फ  

अनिल लवजू– स्वतन्त्र

कृष्णराम प्रजापति– मौलिक जरोकिलो पार्टी  

गोपालदास बनेपाली– नेपाः राष्ट्रिय पार्टी  

तुल्सीभक्त सुवाल– नेकपा (माओवादी केन्द्र)

नीलनारायण कोजू– स्वतन्त्र

बलराम प्रजापति– स्वतन्त्र

रवीन्द्र लाछिमस्यू– नेकपा एमाले

राजाराम ढुकुछू– जनता समाजवादी पार्टी  

रामप्रसाद कासुला– नेपाली कांग्रेस  

रामभक्त किजू– राष्ट्रिय जनमोर्चा

रामसुन्दर धुसू– स्वतन्त्र  

बद्री लाखाजू– राष्ट्रिय प्रजातन्त्र पार्टी  

सत्यराम त्वायना– स्वतन्त्र  

सुनील प्रजापति– नेमकिपा  

उपमेयरतर्फ  

अमिता बाहजु (गोसाईं)– राष्ट्रिय जनमोर्चा  

इन्द्रमाया सुवाल– नेकपा (माओवादी केन्द्र)

ओमचरण अमात्य– नेकपा एकीकृत समाजवादी  

कमला दुवाल –जनता समाजवादी पार्टी

मीरा दुगुजू– स्वतन्त्र

रजनी जोशी– नेमकिपा  

रञ्जना खर्बुजा– नेकपा एमाले  

लक्ष्मी छुस्याबाग– राष्ट्रि प्रजातन्त्र पार्टी  

सुस्ना कोजु– मौलिक जरोकिलो पार्टी

प्रकाशित: २६ वैशाख २०७९ १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App