१६ चैत्र २०८० शुक्रबार
शिक्षा

शिक्षक चुनावी प्रचारमा हिँडे कारबाही

शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ।

एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु आचारसंहिता विपरीत हुने बताए। शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धी ऐन, कानूनले पनि नदिने उनको भनाइ छ।

एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिताविरुद्ध हुने कुनै पनि कार्य नगर्न/नगराउन भनेको छ। प्रचलित ऐन, नियम र आचारसंहिता विपरीत कार्य भएमा नियमानुसार कारबाही हुने एकाइले जनाएको छ।  

दलका चुनावी अभियानमा शिक्षक प्रत्यक्षरुपमै संलग्न भएका गुनासा आएपछि त्यसलाई निरुत्साहित पार्न पहल लिइएको एकाइ प्रमुख उपाध्यायले बताए। रासस

प्रकाशित: २२ वैशाख २०७९ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App