coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

ई.जालान नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ द्वारा सम्मानित

अहिलेको समय भनेको सूचना तथा प्रविधिको समय हो। यसै कुरालाई मध्येनजर गरी हरेक वर्ष मे महिनाको २ तारिखमा नेपालमा राष्ट्रिय सूचना प्रविधि दिवस मनाइन्छ।

नेपालमा सूचना तथा प्रविधिका क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरे वापात लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानलाई नेपाल सरकार सञ्चार तथा सूचना मन्त्रालयद्वारा नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ द्वारा सम्मानित गरिएको छ।

शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेको लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, विगत २३ वर्षदेखि नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ।

एलबीईएफ गु्रपअफ इन्स्टीच्युट अन्तर्गत लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, पाटन कलेज फर प्रोफेशनल स्टडिज, जानकीकलेज फर प्रोफेशनल स्टडिज, जानकीकलेज, जनकपुर, अक्षर विद्यामन्दिर, जनकपुर र इन्टरनेशनल स्कूल फर स्कील्स पर्दछन्।

नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ द्वारा सम्मानित ई.पंकज जालान विगत लामो समेदेखि शैक्षिक क्षेत्रमा कार्यरत हुनुका साथै विभिन्न पदमा रही विभिन्न सामाजिक कार्यहरुमा पनि संलग्न छन्। उनले यो अवार्ड आफ्ना काका तथा लर्डबुद्ध एजुकेशन फाउण्डेशनका संस्थापक स्व.परमानन्द केजरीवाललाई समर्पण गरेको लर्डबुद्धले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: २१ वैशाख २०७९ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App