coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

एमसीसी सम्झौंता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढ्छ: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठवन्धन कायमै रहने दावी गरेका छन्। सत्तारुढ माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठवन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि बताए।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताए। मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठवन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठवन्धन दलका शिर्ष नेताहरुबीच पनि सोही सहमती भएको बताए।

उनले एमसीसी सम्झौंता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढ्ने बताए। उनले त्यसका लागि सत्तारुढ दलहरुले कार्य दल बनाएर छलफल अघि बढाएको र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि निरन्तर छलफल अघि बढाइएको बताए। मन्त्री पौडेलले आफूले सार्वजनिक शिक्षालाई सवलीकरण गरेर अघि बढाउन जोड दिएको बताए।

प्रकाशित: २९ माघ २०७८ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App