coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

आइओएम अन्तर्गतका सोमबारदेखि हुने सबै परीक्षा स्थगित

चिकित्यसाशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गरिएको छ। कोरोना महामारीको उच्च जोखिम बढ्दै गएपछि आइओएमले माघ १० गतेदेखि सुरु हुने डेन्टल अन्तिम वर्षको परीक्षालगाएत स्वास्थ्य तर्फका सबै कार्यक्रमका परीक्षाहरु स्थगित गरेको सूचना सार्वजनिक गरेको छ।

आइतबार विहान आइओएम अन्तर्गतका परीक्षा नियन्त्रण महाशाखाले सूचना सार्वजनिक गरी माघ १० गतेदेखि संचालन हुने भनिएको सम्पूर्ण तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको नियमति तथा पुनःपरीक्षाहरुको सम्पूर्ण सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षाहरु स्थगित गरेको जनाएको छ।

आएओएमकी डिन डा.दिब्या सिंहले कोरोनाको जोखिम उच्च भएको अवस्थामा सिरियसनेसलाई मूल्यांकन गरी डिन कार्यालयले हाललाई परीक्षा संचालन गर्न उपयुक्त नभएकोले परीक्षा स्थगित गर्ने निर्णय गरेको बताइन्। उनले विद्यार्थीको स्वास्थ्यलाई ख्याल राख्दै डिन कार्यालयले परीक्षा स्थगित गरेको बताइन्।  

‘विश्वब्यापी महामारी कोभिड १९ को उच्च संक्रमणदरलाई मध्येनजर गरी अर्को सूचना प्रकाशित नहुन्जेललाई परीक्षाहरु स्थगित गरिएको हो,’ , डिन डा सिंहले भनिन्, ‘साथै स्थगित परीक्षाहरुको छोटो सूचनाका आधारमा परीक्षा तालिका प्रकाशन गरी परीक्षाहरु संचालन हुने छ।’

उनी थप्छिन्, ‘डिन कार्यालयले सबै सम्बन्धित निकायहरुलाई यही सूचनाको आधारमा परीक्षा स्थगित गर्न निर्देशन गरेको छ।’ डिन सिंहका अनुसार कोरोना जोखिम केही कम भएपछि परीक्षाको तालिका सार्वजनिक हुने छ।

डिन कार्यालयले समयमै सही निर्णय अर्थात परीक्षा स्थगित गरी विद्यार्थीलाई मानसिक तनावबाट मुक्त गरेकोमा डेन्टलका परीक्षार्थीहरु खुसी व्यक्त गरेका छन्। हालको अवस्थामा धेरै परीक्षार्थीहरुमा रुघाखोकी र ज्वरोको समस्या छ।  

‘म दुई दिनदेखि रुघाखोकी र ज्वरोले थला परेकि छु, परीक्षाकै त्रासमा रातभरि निदाउन पनि सकेकी थिएन’, क्षेत्रपाटीमा रहेको पिपुल्स डेन्टल कलेजकी एक छात्राले नागरिकसँग भनिन्, ‘तर आज आइओएम डिन कार्यालयले सबै परीक्षाहरु स्थगित गरी विद्यार्थीको समस्या सम्बोधन गरेकोमा खुसी लागेको छ।’

उनी थप्छिन्,‘कोरोना कहरबीच परीक्षा दिने अवस्थानै छैन। धेरै साथीहरु बिरामी हुनुहुन्छ। यस्तो अवस्थामा परीक्षा स्थगित गरेर डिन कार्यालयले सबै विद्यार्थीलाई राहत दिएको छ।’

यो पनि पढ्नुहोस्

त्रिवि अन्तर्गतको आइओएमका सोमबार हुने परीक्षा स्थगित भएन, परीक्षार्थीमा मानसिक तनाव

प्रकाशित: ९ माघ २०७८ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App