१६ चैत्र २०८० शुक्रबार
शिक्षा

जाडो विदाको सदुपयोग गर्दै विद्यार्थी

जाडो विदाको सदुपयोग गर्दै भक्तपुरमा विद्यार्थीले जीवन उपयोगी सीप सिकेका छन्। विद्यार्थीले चित्रकला, माटोको भाँडा बनाउने, हस्तकलाका सामान बनाउने, पेपर क्राफ्टलगायतका सीप सिकेका हुन्।  

भविष्य नेपाल भक्तपुरले उनीहरुलाई पाँंच दिनसम्म यस्तो जीनव उपयोगी सीप सिकाइएको हो। पाँंचदिने विन्टर क्याम्प २०७८ नाम दिइएको उक्त कार्यक्रम बिहीबार सम्पन्न भएको छ। समापनको अवसरमा सहभागी विद्यार्थीहरुलाई आयोजक भविष्य नेपाल भक्तपुरका अध्यक्ष रमेश प्रधानले प्रमाणपत्र वितरण गरे।  

माघ २ गतेबाट सुरु भएको क्याम्पमा भक्तपुर जिल्लाका तीन वटा स्कुलका २० जना छात्रछात्राहरु सहभागी थिए। आदर्श आजाद मावि भेलुखेल, मेधा मावि तेखाचो र बासु मावि कालिघाट व्यासीका कक्षा पाँंचदेखि सातसम्मका छात्राछात्रा सहभागी थिए।  

सहभागी छात्रछात्राहरुलाई विभिन्न कलाहरु सिकाइएको थियो। विद्यार्थीलाई चित्रकला, माटोको भाँडा बनाउने, हस्तकलाका सामान बनाउने, पेपर क्राफ्टलगायतका शिप सिकाइएको थियो। साथै त्यस क्रममा उनीहरुलाई हात धुने, ब्रस गर्ने तरिकासमेत सिकाइएको थियो।  

विद्यार्थीको जाडो विदाको समयको सदुपयोगका लागि क्याम्प गरिएको आयोजक भविष्य नेपाल भक्तपुरका अध्यक्ष रमेश प्रधानले बताए। सरकारी स्कुलका विद्यार्थीहरुको पहुँंच कम हने भएकाले निजी स्कुलमा नभई सरकारी स्कुलमा अध्ययनतर विद्यार्थीलाई मात्रै क्याम्पमा सहभागी गराइएको कार्यक्रम आयोजक संस्थाका कार्यक्रम संयोजक श्रद्धा प्रजापति कवांले बताइन्।

प्रकाशित: ६ माघ २०७८ १५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App