coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विद्यार्थीमा कोरोना देखिएपछि विद्यालयहरु बन्द

तुलसीपुर क्षेत्रका स्कुले विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि तुलसीपुर उपमहानगरपालिकाले माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

तुलसीपुरका केही विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। उपमहानगरले स्कुले बालबालिकाहरुमा कोरोना संक्रमण फैलँदै गएकाले भौतिक उपस्थितीमा पठनपाठन बन्द गर्न विद्यालयहरुलाई भनेको हो।

साथै तुलसीपुर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयहरुको पठन पाठन बन्द गर्नुका साथै आन्तरिक परीक्षा स्थगित गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित: २३ पुस २०७८ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App