४ वैशाख २०८१ मंगलबार
शिक्षा

शिक्षक समायोजन प्रक्रियामा ढिलाई

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघका महासचिव खेमराज सुवेदीले समायोजन प्रक्रियामा ढिलाई हुँदा सुदूरपश्चिम क्षेत्रका १५ क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीको भविष्य अन्यौल भएको बताएका छन्। १५ वटै क्याम्पसका प्राध्यापक संघका ईकाई सभापति करार तथा आँशिक करार शिक्षक प्रतिनिधि र क्याम्पस प्रमुख सम्मिलित भर्चुअल मिटिङमा बोल्दै सुवेदीले समायोजन प्रक्रियाको ढिलाइका कारण क्याम्पसको पठनपाठन समेत प्रभावित भएको बताए।

आफूले विगत १७ वर्षदेखि आँशिक करारमा निरन्तर अध्यापन गर्दै आएता पनि समायोजन प्रक्रियामा समावेश नगरिँदा निर्णय प्रक्रिया नै त्रुटिपूर्ण रहेको जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका सहायक प्राध्यापक मानबहादुर चन्दले दुःखेसो पाखे। उनीजस्तै  करिब  ७५ जना आँशिक प्राध्यापकहरुले दैनिक ४ देखि ५ कक्षा सम्म पढाउदै आएता पनि समायोजनको प्रक्रियामा सहभागी हुन नसक्दा पढाउने वातावरण नै नभएको २०४९ साल देखि सेवारत पाटन बहुमुखी क्याम्पस बैतडीका सहायक प्राध्यापक धनबहादुर बिष्टले बताए।

क्याम्पसमा कार्यरत करिव ७५ जना आँशिक शिक्षकका लागि समायोजन कार्यविधि नबन्दा प्राकृतिक कानूनको समेत उपहास भएको अधिवक्ता कर्णदत्त भट्ट बताउँछन्। जग्गा जमिन भवन लगायत विद्यार्थी समायोजन गर्ने विश्व विद्यालयले स्थापना कालदेखि क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीलाई उपहास गरेको उनको दुखेसो छ।

समायोजन मितिसम्म कार्यरत रहेका शिक्षक कर्मचारीलाई प्रक्रिया पु¥याई स्थायी, अस्थायी र करार भित्र अटाउनु पर्ने जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए।

२०७४ साल पुस २९ गतेको सुदूरपश्चिम विश्वविद्यालय विशेष सभाको निर्णय अनुसार त्रिभुवन विश्व विद्यालयका सामुदायिक क्याम्पसका रुपमा रहेका सुदूरपश्चिमका १५ वटा क्याम्पसलाई विश्वविद्यालयको आँगिक क्याम्पसको रुपमा समायेजन गर्ने निर्णय गरेको थियो।

सोही विशेष सभाले तत्काल कार्यरत रहेका शिक्षक कर्मचारीकोे गणना गरि कुल ४ सय ४४ वटा दरबन्दी समेत स्वीकृत गरेको थियो।

समायोजन प्रकृयाको ढिलाइका बारेमा जानकारी माग्दा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.अम्मराज जोशीले अबको २ हप्ताभित्र समायोजन प्रक्रिया अगाडि बढाइने अभिव्यक्ति दिँदै आएका छन् भने सेवा आयोगका अध्यक्ष डा.पूर्णबहादुर चन्दले समायोजनका लागि सिनेटबाट कार्यविधि तयार भइसकेता पनि प्रक्रिया अगाडि बढाउन आफूले कुनै जिम्मेवारी नपाएको गुनासो गरेका छन्।

तर रजिष्ट्रार प्राध्यापक यज्ञराज पाठक भने प्राध्यापक भाष्कर जोशीको संयोजकत्वमा गठित ३ सदस्यीय समितिको सिफारिसमा समायोजन प्रक्रिया टुङ्गयाइने बताए।

प्रकाशित: ११ पुस २०७८ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App